Replies to this thread:

What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ चौतारी ५१ ~

[Please view other pages to see the rest of the postings. Total posts: 630]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE
[VIEWED 167650 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 32 pages, View Last 20 replies.
Posted on 04-07-07 1:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ चौतारी ५१ ~






 



सयौं थूंगा फूलका हामी,
एउटै माला नेपाली

सार्वभौम भइ फैलिएका, मेची-महाकाली ।




प्रकृतिका कोटी-कोटी सम्पदाको आंचल

वीरहरुका रगतले, स्वतन्त्र र अटल




ज्ञानभूमि, शान्तिभूमि तराई, पहाड, हिमाल

अखण्ड यो प्यारो हाम्रो मातृभूमि नेपाल ।




बहुल जाति, भाषा, धर्म, संस्कृति छन् विशाल

अग्रगामी राष्ट्र हाम्रो, जय जय नेपाल ।










उ को हो म को हो यो जात्रामा

पुरानो हाम्रो चिनजान तर
भेट हुन्छ अनि बिदाई पनि यात्रामा
गन्तब्य काँ हो के ठेगान छ र
आउ ओभाउ पसीना आफ्नै हो फलैंचा
आफ्नै हो चौतारी, आफ्नै हो बगैंचा
आऊ समाहित होउ
मायामा, अनि सदभावको प्यालाहरु,
थप्दैजाऊ हरेकले आ-आफ्नो भावनाहरु
निभ्नै नपाओस यो पानस
थपिरहू यस्तै नै कामना-रुपी तेल
थोपाथोपा बलिरहोस
अनन्तसम्म अक्षुण्ण 'दिप' भएर
हाम्रो चौतारी'!


 

Chautari (Chow-tar-ee)
:
(World's first and finest
internet IMPROV in Nepali language)






 





Running for 590 days (as of 04-07-07) since 7 Sept 2005 with more than 18,600 messages in a total of 50 editions




Meet the world's finest school
teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers,
vacationing revolutionaries, rethinking moderates, instant poets, gifted
story-tellers, smokers, alcoholics, workaholics, home-makers, pretty
damsels, fierce contenders,homelanders, laa-hoo-rays, all on the stage of
Chautari of Sajhaland.

 




सधैंका झैं यस संस्करणमा
पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल
बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो,
Nepesahila
- साहिंला, Poonte - पून्टे दाई, पून्टेदा, Kick -
काका, GautamB. - गोताएँ, गोतामे ज्यू, Shree5 - सिरे, Bhaute
- भउते, भौतेकाजी, Nepalean - नमे, Amazing - झिल्के,
Sandhurst_Lahure
- लाहुरे जेठा, Camoflaged - कुम्ले, Miss_me -
मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty - सान्नानी, Uptowngal
- ठूल्नानी, ठूली, Tyra - तितौरी, तिरू, Nirman - निरे, Ruina
- रूइना, Matrix_rose - पुष्पपुरी, Ocean - मुन्द्रे, Lau_ta_lau
- लाले, Bostonian_nepali - बेंसीथाने नेपाली, Sano_kanchha -
सान्कान्छा, Ishwor - ईश्वर, Floraj - फुलौरे, ज्योतिष महाराज,
World_map
- चित्रे, Echoes - धने, Dalli_Resham - डल्ली फुपू,
Subha - सुभे, शुभ दिदी, Chipledhunga - चिप्ले, Foe_4_Misty
- मिस्टे, Gwanche - ग्वाँचे, Sajha_user - सन्जु, Vata-ta-ta
- भट्टे, Gaalab - गाले, Lootekukur - लुते, Sherpini -
शेर्पिनी, Ma_chameli - चमेली, Ramkisne - रामकिस्ने,
Nepal_ko_chora
- नेप्चे, Cerine - सेरू, Yahoooo - यामे,
Harke_kailo
- काहिंला, Nails - चरिनंग्रे, Bob_dai - बबे दाई,
Deep - दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa
- माने, Kalankisthan - कैले , Hetterika!! - हरि, Regal -
राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai -
राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना
- ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh -
सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu - नानु,
dilute
- दिले, rajaharischandra - हरिश, chana_tarkari - चने,
nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande
- पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple -
थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap
- ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar
- खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली आदि
चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।



 


 
Posted on 04-12-07 9:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राहुल जि र चनाको कथा पढेर मलाई पनि लेख्न मन लाग्यो आफ्नो जीवनकथा, तर के गरु लेख्ने कला अझै सिक्न बाँकि नै छ । पस्किदै जाउ है कथाहरु । मलाई पनि पन प्रेरणा आउछ कि कतै पछि।
 
Posted on 04-12-07 9:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम्! गाम्ले हरु सबै लाई ।
प्रभातकालीन जदौ ।
ज्वाइ सप्, भट्टे, राते, कुम्ले, पूण्टे दा, ठुली, अनि फ्यान्टे
सबै मा धन्यबाद्।
यो राहुले को गनगन मा सामेल् हुनु भयो। धेरै हाल्टीन भरियो आफ्नो पनि । लेख्दै बस्दा धेरै चोटि आफ्नै आँखा रसाए ।
सके सम्म जीवन्त कथा पस्किने प्रयास गरेको छु । यथार्थ लाई बहकिन दिएको छैन। कहाँ सम्म ल्याइ पुर्‍याई बिसाउने हो जस्तो लागि रहेछ। अझै सिङो दु:ख को पहाड् चढ्नु छ।अस्तु!
 
Posted on 04-12-07 9:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुली के छ , खबर? मैले नि तिम्रै साइड लिएको त हो नि । बिचरा कुमलवा को पनि भर्खर ब्या भएको ले माफ गरी दिम भनेको मात्र हो एक पटकलाई, अब जिस्कायो भने त छोड्ने वाला छैन है, भन्देको छु।
 
Posted on 04-12-07 10:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राहुल दाइ थ्यांकु । राहुल दाइ हजुर किन बेहोस् हुनुभाको । राहुल् दाइ हजुर् को सझा मैल् चेक्क् गर्नुस् है। अनि हजुर् को कथा त सरै रम्रो लग्यो। राहुल् दाइ हजुर् सङ धरै कुरा गर्ने मन् थियो तेलिफोन् मा।

पून्ते दै ल ल धरै काम् गर्नुस् अनि पैसो नि धरै कमाउनुस्। तिहार् सम्म त केहि जोग्ला नि। येस् पालि त तिहार् मा राम्रो उपहा पाउला जस्तो च।

चना अनि तपाइ लव इस्तोरि सुनाउनुस् न।
 
Posted on 04-12-07 10:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

क्लोरोफोम सुंघे जस्तो बेहोस् नै कहाँ भएको र, होश गुमाएको मात्र थिएं । भरे सम्म मा अर्को एक इपिसोड लेख्न भ्याइन्छ कि ?
 
Posted on 04-12-07 10:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राहुल दाइ ले हसाउनउ भो खित खित खित ।
फ्यानते नमस्ते के छ हजुरको हाल चाल ? कता गाम बाट आउनु भो कुन्नी ?
 
Posted on 04-12-07 10:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

.Thulnani......!!!!!, BHOK LAAGYO!!!!!! :-(
 
Posted on 04-12-07 10:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 04-12-07 10:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ईफ् यू भोक लागिङ्, देन ईटिङ् राईस, नो? कुम्ले, ह्वाई चिच्याईङ? चि्चयाईङ् वन्लि गिभिङ् हेडएक, नो पुटिङ् राईस् ईन योर ईस्टोमेक!

वाह! गोरा सापको भाषा त बढो मज्जा आम्दो र'च बोल्न, गाँठे!

माई वासरवुमान्स् टोर्न पेटिकोट्स् प्रोमिस्! :D
 
Posted on 04-12-07 10:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुम्ले भोक लाग्यो भने भाउजु लाइ गरा भने । भाउजु नहुँदा पो बुइनिली बनाइ दिन्छ । अब भाउजु हुँदा हुँदै मेरो हात किन दुःèउनु नै ।

पून्ते दाइ muahhhhhhhhhhhhhhhhhhhhhhhhhhhh. i love poonte daai ko english.
 
Posted on 04-12-07 11:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम गाम्लेहरु ! मन्तयेक ला? ह्याप्स दियो ताआआआआआआआ ???

थुलि मो नि त्यहि गामको सेतो घरबाट आधा हात पर तिर हो -

मेरो कथाको तलतल लागीरा' जस्तो लाओ के रे गाम्लेहरलाइ । लु आज अर्को एउटा भाग ले'र आ'को छु के रे - अल्लि ढीलो भो - शायद पहिलाको भाग बिर्सी पनि सकियो होला के रे । त्यहि भ'र पुरानो भागहरु उता बल्खु गाममा राख्दिया छु - रिफ्रेश अर्न मुन लाए उतातिर घुमेर आम के रे । मुन नलाए ह्याँ मुनि आँखा डुलाम के रे ।


भाग - ६
---------------

वार्ता कमिटिमा प्रशासनको तर्फबाट चिनेका नचिनेका सरहरु थिए । आमने सामने बिद्यार्थि प्रतिनिधि र सरहरु, यता दर्शकदीर्घामा अभिभावक, जिल्ला शिक्षा कार्यालयका प्रतिनिधि, संचालक समितिका मेम्बरहरु, अन्य गन्यमान्य र बिद्यार्थिहरु समेत थिए । बिद्यार्थिहरु निकै धेरै थिए । परिचयको क्रममा चनालाइ पनि वार्ता गर्न आएको देखेर हेडसरले भनिहाले -
"चना ! तिमी पनि नेता बनेर वार्ता गर्न पो आएछौ । त्यस्तो राम्रो पढ्ने ज्ञानि बिद्यार्थी भन्ठानेको मैले, हँ, स्कुलमा यत्रो बगैचा सगैचा बनाएको मान्छे । तिमी जस्तो मान्छे पनि यस्तोमा हडताल सडतालमा लाग्ने हो?"

वार्ता शुरु हुनु अगावै देख्ने बित्तिकै यस्तरी बचनवाण हान्दै अज्ञानि र नपढ्नेहरु मात्र हड्तालमा लाग्छन भन्ने अर्थ लाग्ने गरी हेडसरले यस्तो भनेपछि चनाले पनि चर्को स्वरमा जवाफ फर्काइहाल्यो -
"अब हामीले स्कुल राम्रो पार्न बनाएको बगैचालाइ सरहरुले देखिनसहने, उल्टै फी बढाएर हडताल गराएर पुलिस बोलाएर दमन गराउने ‍- बगैचा सप्पै नाश भो हेर्नुस, हामीले त्यत्रो मेहनत गरेर पसिना चुहाएर बनाएको बगैचा तपाइले गर्दा सबै नाश भयो । त्यो देख्न नसकेर नै त्यसको जिम्मा तपाइले लिनु पर्छ भन्न म यहाँ आएको ।" चनाले बोल्न नभ्याउदै ताली बज्यो पर्ररर्ररर ।

"भैगो यो कुरो छोडुम । अब स्कुल खोल्नु पर्यो । कति दिन हड्ताल गर्ने ?"
"बढेको फी फिर्ता लिनुस, हामीमाथि दमन गर्नेलाइ कारवाहि गर्नुस, पुलिस बोलाउनेलाइ कारवाहि गर्नुस। भोलिदेखि नै हड्ताल खत्तम ।" चना फेरि चम्कियो । ताली परर्रर्ररर्रर ।

त्यसपछि विवादको रुपमा हैन बुँदागत रुपमा एक एक जनाले बोल्ने भन्ने कुरा आयो । सबै बिद्यार्थि प्रतिनिधिले पालैपालो बोल्ने भनियो । आ-आफ्नो पालोमा प्रशिक्षणको योजना मुताविक सबै बिद्यार्थि प्रतिनिधिहरुले बोले । अनि सरहरुले बोल्ने पालो आयो, तर सरहरुको पालोमा भने हेडसरले मात्रै बोले - धेरै लामो बोले लगभग सबैजसो बिद्यार्थीले उठाएको सवालहरुको जवाफ दिदै बोले । बाँकि सरहरु टाउको हल्लाएर मात्रै बसे । त्यसपछि चना जुरुक्क उठ्यो ।

"सरहरुबाट पनि सपैको विचार पालैपालो आउनु पर्यो । हामी बिद्यार्थिहरु चै सपैले बोल्नु पर्ने, सरहरुमा चाहि हेडसरले बोलेपछि पुग्ने? के छ ल अरु सरहरुको भनाइ, हामीलाइ त्यो चाहियो ।"
"हैन, हेडसरले भनिसक्नु भयो नि, हामीले फेरी किन भन्नु पर्यो ?"
"अनि हामीबाट चाहि किन सपैले पालै पालो बोल्नु पर्ने? हेडसरले मात्र बोले पुग्छ भने बाँकि सरहरु त्यहाँ नबस्नुस । जानुस दर्शक बसेको ठाउँमा ठाउँ खालि छ, त्यहा बसेर सुन्नुस । केहि नबोल्ने खाली हेडसरले भनेको कुरो सहि हो भनेर टाउको हल्लाएर बस्ने भए ठाउँ ओगटेर त्यहाँ किन बस्ने ?" फेरी ताली परर्ररर्ररर्ररर । बाँकि सरहरु रातो रातो हुन थाले । हेडसर पनि कायल देखिन्थे । वास्तवमा यो कुरा प्रशिक्षणको योजना मुताविक बोलिएको थिएन । तर यति भनिसक्दा अघिसम्म गजक्क परेका सरहरु लुरुक्क परिसकेका थिए । नेपाली बिषय पढाउने बिप्लव सरले भने ।
"हैन ठीकै छ नि । अब बोल्ने बिषयमा पुगेपछि सबैले आ-आफ्नो राय दिऔला, अहिले नै सपैकुरो भइसकेको छैन । अब बुँदागत रुपमा अघि बढौ न ।"
बहसमा चनाले सक्रिय भाग लियो । आक्रामक र धाराप्रवाह रुपमा बोलेर चनाले बिद्यार्थिका मागहरु जायज छन भन्ने पक्षमा सशक्त तर्कहरु राख्दै आफ्नो पक्षबाट राम्रो भुमिका निभायो । लाइब्रेरीको पुस्तक, खेलकुदका सामान, ट्वाइलेट, खानेपानीका समस्या, प्रयोगात्मक कक्षा हुनुपर्ने, प्राथमिक उपचार, भौतिक पुर्वाधारको सुधार र शैक्षिक भ्रमण सम्मका मागहरुमा प्रशासनले नाइनास्ति गर्न सकेन । तर फी को कुरामा भने बहस अड्कियो । प्रशिक्षणको योजना अनुसार फी पटक्कै नबढाउने मागमा दह्रो अडान लिने, र भएन भने ५ - १०% सम्म बढ्न दिने भन्ने थियो । यस्तो गर्दा पनि स्कुल प्रशासनले अन्य नयाँ शुल्कहरु थपेर २५% सम्म बढाउने सम्भावना रहन्छ भनेर बुझाइएको थियो । तर बहसकै क्रममा चनाले सोच्न थाल्यो, तेत्रो अरु माग पुरा गर्दिने भनेको छ, फी नबढाए त कहाँबाट पैसा आउँछ? सरहरुले घरखेत बेचेर ती माग पुरा गर्दै जाने त होइन होला । कि त अरु माग पनि चाइएन, फी पनि नबढाउ भन्नु पर्यो, कि त फी बढ्ने कुरामा सहमत हुन पर्यो । धेरै बढ्ने कि थोरै बढ्ने भन्ने सवालमा पो बहस हुनु पर्यो । यो कुरा गमेर चना बहसमा सुस्तायो । उता बहस गर्दै गरेका सरहरु र बिद्यार्थि प्रतिनिधिहरु भने आ-आफ्नो अडानबाट टसको मस भएनन । बहस जारी थियो तर उपलब्धिहिन ।

*******************************************************************************************
 
Posted on 04-12-07 11:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पून्टे दाई व्हाट्स् अप?

कुम्लेलाइ भोक लाग्यो रे? म त आफैं खाना पकाइरा'छु. :)
ठूली तिमीलाइ नि भोक लाग्यो?

अरू सबै गाम्लेलाइ जदौ!
 
Posted on 04-12-07 11:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 04-12-07 12:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चना सेतो घर बात आधा हात परा भनेको कता तिर परो किन्नी ।
 
Posted on 04-12-07 12:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मध्यान्न को तारेमाम ।
पुण्टे दा र हाम्रो स्कूल एउटै परो कि क्या हो, गाँठे । हाउरो औरेजी सँग काटिकुटी मिल्दो रैछ । बिल्याक अल्फाबेट बफालो इकोल टु भनेर पढाको, पढेको ।
 
Posted on 04-12-07 2:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

किन गाम्लेहरू चूप आज? सबैजना बिजी छन् कि क्या हो?

यो टुक्रा ठूलीको लागि:-

कहिले चल्छ सिरिसिरि हावा
कहिले पर्छ सिमसिम पानी
प्रकृति जस्तै निश्चल छ
तिम्रो त्यो चंचल बानी
;) :)
 
Posted on 04-12-07 3:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

*ख्वाक ख्वाक*
ऐ चित्रे मोरा आयौ आन्ध्रे खोला तरेर!!
आफु त याँ लमतन् पर्या छु! त्यो निशे बज्याले कालो कालो पदार्थ मिसेको के पो खान देको हिजो देखुन जे पनि चार चारटा देखेर बसि नसक्नु छ!! सपनामा नि जिम्माल्नी देख्या चारटा देखेर सातै गो! हे परमेशोरि घराट त निकालीहाली सपनाँ नि चार चारटि आंम्छे! हे पर्भू रक्छे गर!! :(
बिहिबारे जदौ यो बिर्खे माइलाको!! :)
 
Posted on 04-12-07 3:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जोगिले निशे ले दिएको कालो पदार्थ खाए छ, हाहाह्हाहा । संगत भनेको हामी सित गर्नु, शिव बूटी खानु । जिन्दगी तबा पो रंगीन हुन्छ ।
 
Posted on 04-12-07 3:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिहिबारे जदौ यो बिर्खे माइलाको!! :)


--------------------------------------------------------------------------------
 
Posted on 04-12-07 5:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के आज सबै बिर्खे ? भाङ खायो भनुं, शिवा रात्री होली होइन । चिलिम तात्यो भनुम कसैले मागेको छैन ।
मलाई चिलिम बढी भएको कि चौतारीलाई ? आयोग गठन गर्नु पर्ला जस्तो छ ।
सन्ध्याकालीन जदौ, लौ जा बिर्खे माइला को ।
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
TPS Re-registration case still pending ..
Basnet or Basnyat ??
मन भित्र को पत्रै पत्र!
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
TPS Work Permit/How long your took?
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
Travelling to Nepal - TPS AP- PASSPORT
Nepali doctors future black or white usa ?
Doctors dying suddenly or unexpectedly since the rollout of COVID-19 vaccines
Morning dharahara
nrn citizenship
Another Song Playing In My Mind
TPS Renewal Reregistration
WHAT DO YOU GUYS THINK ABOUT THIS?
हेर अमेरिकामा नेपालीहरुको बेज्जत
Informatica consultancy share
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters