nepalean
Replies to this thread:

More by nepalean
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ चौतारी ५० "स्वर्ण बिशेष" ~

[Please view other pages to see the rest of the postings. Total posts: 636]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE
[VIEWED 235238 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 32 pages, View Last 20 replies.
Posted on 03-27-07 10:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ चौतारी स्वर्ण महोत्शब~





सल्क्क परेर लरक्क हिड्नको मज्जा नै अर्को हुन्छ । आलुको तक्मा त ठुलो हुन्छ लर्केर सुनको तक्मा पाउनु त कत्रो सौभाग्य ? आज सबै चौतारीबासीलाइ यहि सुनको तक्मा मिलेको छ ५०औ भागमा आएर। हुन त सधै रमाइलो नै भइराखेको छ तर स्वर्ण महोत्शब मनाउनुको मज्जा नै बेग्लै । काममा थाकेर सुस्ताउने ठाउ त यहि एउटा मात्र हो तर कैले काही कामले थला परेर कति गामले हरु देखा पर्नु भएको छैन । आशा छ यो रमाइलो बेलामा रम्न केहि गरेर भए पनि आउनुहुन्छ होला ।





चौतारी:


(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरु Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu-नानु, dilute - दिले, rajaharischandra -हरिश, chana_tarkari-चने, nvidia-भेडे, nilgiri-निले,chinde-चिन्डे,rpande-पांडे,unfrenrites-फ्यान्टे,npl2us-नेप्ले,thaple-थाप्ले,resaamfiriri-रेस्सम,ramchandra-रामे दाइ,jwai-sap- ज्वाइ,ForEachOther-फरे,IrishSoldier-इरे khabardar-खैरे gundrukkojhol-गुन्द्रुके आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।







((((Go chautari Go))))
((((Go chautari Go))))
((((Go chautari Go))))




Chautari (Chow-tar-ee) : (World's first and finest
internet IMPROV in Nepali language)

Running for 560 days (as of 03-08-07) since 7 Sept 2005 with more than 18,000 messages in a total of 49 editions. Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, smokers, alcoholics,
workaholics, home-makers, pretty damsels, fierce contenders,homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.



ल त अब सुनको चौतारीमा बसेर सितल तापम र रमाइलो गरम ।

उ को हो म को हो यो जात्रामा
पुरानो हाम्रो चिनजान तर
भेट हुन्छ अनि बिदाई पनि यात्रामा
गन्तब्य काँ हो के ठेगान छ र
आउ ओभाउ पसीना आफ्नै हो फलैंचा
आफ्नै हो चौतारी, आफ्नै हो बगैंचा
आऊ समाहित होउ
मायामा, अनि सदभावको प्यालाहरु,
थप्दैजाऊ हरेकले आ-आफ्नो भावनाहरु
निभ्नै नपाओस यो पानस
थपिरहू यस्तै नै कामना-रुपी तेल
थोपाथोपा बलिरहोस
अनन्तसम्म अक्षुण्ण 'दिप' भएर
हाम्रो चौतारी'!

 
Posted on 03-29-07 4:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दिप्, कुम्ले, मास्टर्नि नानि, तिरु, हरे, चित्रे, सिल्के, भौते, राहुल् सुड्डा सबैलाइ टाढै बाट लम्पसार् परेर प्रणाम, नजिक आउ भने रौसि गनाउल भन्ने डर, मेरो Timepass Poems पढेर नहास्नु ल, खायेको बेलामा लेखेको.........ke ke bhayo bhayo........
 
Posted on 03-29-07 4:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:D दिप ब्रो, पेलम पेलम !
तिरु र भान्जी त दशैँमा जस्तो नयाँ नयाँ कपडा लगाएर ठाँटिएर बसेछन, चौतारी महोत्सब हेर्न। तितौरीलाई अस्ति टिना-फलाम-वाले सँग पुरानो प्लास्टिकको चप्पल दिएर किनेको नयाँ फुली कस्तो सुहाएको बाबै ! :p
भावी ज्यु, धेर पुच्छर खाएर पुच्छर पलाउन मात्र बाँकी छ। बानी त मेरो पुच्छरवाले को जस्तै छ नि। :-)
यो कुम्लेलाई त जिस्काउन नि डर लाग्छ। अब त उ नेपे-दा, पुन्टे-दा, भावी, ठुल्दाइहरुको ग्याङमा गयो। हाम्रा ग्याङमा कहिलेकाहीँ मात्र चियाएर हेर्छ। :p
ठुल्दाइ कान्लातिर लडेछन्। गाँजाले घुमायो कि कथाले घुमायो कुन्नि। :-)
रामे, चित्रे, झिल्के, सिल्के,ह्यारि सप्पैलाई नमस्ते !

नेपे-दा शिलोक सुनाउँन आउँछु भन्नु भा'थ्यो। लबेदा-सुर्वालमा ईस्त्री लाउँदै हुनुहुन्छ जस्तो छ।

उचालिँदै रहौँ, पछारिँदै रहौँ। ढाड सड्यो भने डाउटर्नी आउँछिन अहिले ओखति बाँड्न।

:-)
-भउते
 
Posted on 03-29-07 5:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दाइ लाई होस् नि आयो जोश नि आयो । सब ले के के लेख्न थाले सि म मात्र चुप?
दीप ब्रो ले बखान गरेको टोल त हाम्रै गाम को जस्तो लाग्यो । भुतेस्वर्, भीमसेनस्थान त दुई कदम को बाटो हो गाँठे । मरु वरीपरिको हो भने असली परिचय पत्र सहित बिजुली पत्र पाम क्या र । फेरी कहिलेकाहीं बेहोसीमा लात पर्दा आफ्नै वीराअदरी पर्‍यो भने पाप लाग्छ क्या र ।
 
Posted on 03-29-07 5:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गूगलेमा खोज्दैहिन्दा यस्तो पो भेटियो त


 
Posted on 03-29-07 5:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो कथा- भाग १, "दुखद सुख"


कुरा आफ्नै हो । अरुको लेख्न भन्न जान्दिन । कुरो सन २००० र २००१ को हो। अस्थायी ५ बर्ष र स्थायी ४ बर्ष जति गिरे पछि ( जा-गिर्), हात् लाग्यो सुन्य भएको झोंक मा पढ्ने रहर् पलायो। भनुं जहर् पलायो। जिन्दगि मा पढ्ने भनेसि सबै भन्दा झ्याउ काम् लाग्थ्यो। दाम् न भए सि त्यो झ्याउ काम् बाट् भए नि यसो स्याउ झर्ला कि भन्ने आश भो। अनि गएं नेडर्ल्याण्ड् कन्सुलेट् मा एन एफ पी फेलोशिप् को दर्खास्त् हाल्न। २००० को नोभेम्बरमा गएको तहाँको अधिकृतनी ले अहिले देखि फारम् दिन मिल्दैन, अहिले आरम् गर, मे महिनको अन्तिम हफ्ता वा जुन महिनाको सुरुमा आउनु भनेर भनी। अल्छि लाई के चाहियो बहाना, आरम् गरियो, फारम् बर्न भुलियो। २००१ को मे महिना को अन्त तिर् गृह मन्त्रीको तार् आयो, फारम भर्ने बेला भो भनेर । हो त नि भनेर ब्युंझे । हया मसान्त मा पनि कोही शुभ कार्य गर्छ भनेर मे को अन्त मा गैन कन्सुलेट अफिस् । जुन को पहिलो तारिक्, शुक्रबार थियो । शुक्रबार नि कोहि जान्छ, टेन्सन् को काम मा भनेर सोम बार् सम्म को लागि कार्यक्रम् स्थगित् गरेर शनिबार् को खेलकुद् कार्यक्रम् र खेलमैदान् छनौट् गर्न पट्टि गइयो ( साप्ताहिक् २१ पत्ता को खेल)।
समय मा सुतियो, नियमानुसार । रात को २ बजे टेलिफोन को घण्टी अचानक ठुलो स्वर मा बज्यो( रात को समय भएर होला, अटोमेटिक भोलुम हाइ भएको) ।
अर्ध निद्रामा उठि, फोन गर्ने जन्तु लाई हपार्ने उद्देश्य ले ठुलै स्वर मा मैले नि हल्लो भनेर हल्लाई दिएको त स्यालुट मार्नु पर्ने कान्छो ससुरो रैछ । हत्त न पत्त बिनम्र भाव मा नमस्कार के गरेको उता बाट हतास हतास् स्वर मा दुखद समाचार आएछ ।
"ज्वाई साप, टी बी खोल्नुस् त"
क्रमश:
 
Posted on 03-29-07 5:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल भौते गुरूका टुक्राहरू नि उत्पट्याङ् खालका रैछन्, सरले बिचरीलाइ चैं निकै सताएछन्।:)

दीप ज्योको नि सँधै झैं हड्डी हँसाउने खालको।:)

झिल्केको रौसीको सुरको कविता रमाइलो रैछ। ए झिल्के तिमी अहिले ईउरोपतिर फर्किसक्यौ कि क्या हो? तिमी कोलोब गाको ट्याम मिलाइ हेर्दा त मलाइ त्यस्तै लाग्यो। केनडाँडामा भए त त्यति चाँडो कोलोब सोलोब जान नपर्ने!

राहुलदाइको कथा नि सस्पेन्स रैछ, अर्को भाग छिट्टै पस्कनुहोला।
 
Posted on 03-29-07 5:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ त अहिलेलाई पुरानै शैलीमा :

गुट नोइट! :)
 
Posted on 03-29-07 6:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबै पढेर मात्रै बुझ्न सकिन्छहोला रुपरेखा। सर्र हेर्दा चौतारी ५० अंकमा पुगेको रहेछ
अहिले लाई मेरो स्वर्ण जदौ !!
 
Posted on 03-29-07 8:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्कार चौतारीका सम्पूर्ण आफ न्तहरुलाइ यो बिबश को ।
 
Posted on 03-29-07 8:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्कार चौतारीका सम्पूर्ण आफ न्तहरुलाइ Jai Nepal
Sabai unicode ma jhyap ka jhyap lekh dai chhan, afu lai aaudaina!
"ज्वाई साप, टी बी खोल्नुस् त"
Aaba, TV kholchhu.

Jai Nepal
 
Posted on 03-29-07 8:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ज्वाई साप, टी बी खोल्नुस् त"
Aaba, TV kholchhu.
के आयो ज्वाइसाप टि भी मा?
 
Posted on 03-29-07 8:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

- http://www.unicodenepali.com/convert/
ज्वाइसाप त्यो माथिको लिन्क्स्को नेपाली अक्षर भएको बक्समा अउरेजीमा लेखिसियोस । उता अर्को बक्समा नेपालीमा आउछ ।
कपि पेस्ट गर्न त हजुरनै माहिर होइसिन्छ :P
 
Posted on 03-29-07 8:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के छ हो बिशे, ज्वाइ साप, ज्योत्स्ना? नमस्ते गरें है। यो थोत्रो टेप भेट्टीयो के अनि एउटा गीत सुनाम भनेर।

बिरानो यो मन्दिरमा
कुनै दियो बल्दैन
न आउ मेरो सामु तिमी
मैले छोएको पानी चल्दैन



कम्पुटराँ झार्नेभा ह्याँटी
 
Posted on 03-29-07 8:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खोइ के मिलेन जस्तो छ, फेरी टराई मारुम है त!

बिरानो यो मन्दिरमा
कुनै दियो बल्दैन
न आउ मेरो सामु तिमी
मैले छोएको पानी चल्दैन



कम्पुटराँ झार्नेभा ह्याँटी
 
Posted on 03-29-07 9:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Jyotsna nani dhanyabad
yo machine ta ramro rahechha.

TV ma chilim tandai gareko sathhi chai dekhe, yo budes kalma aakha pani kamjor, Bikhe Maile jastai ho
Jai Nepal
 
Posted on 03-29-07 9:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल हरिलै धेरै धेरै धन्यवाद् है। अहिले त फर्माइस् नि गर्न परेन ।
मलाइ असाधेइ मन पर्ने गित्----

jyotsna jee ke chha ta ni dherai dinpachhi dekha parnu bho ni .jwaisap ani vivasg ra
aru sabai lai ni namaste hai
 
Posted on 03-29-07 9:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ यहाँ त गज्जब रमैलो पो भइराख्या हैछ । अभिवादन टक्राएँ है
 
Posted on 03-29-07 9:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

where is jhilke ???????????????????????? katai niteclub maa kammar markaai markaai nachiraa ta hoina
 
Posted on 03-29-07 10:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कस्तो रमाइलो भको । मलाइ त चौतारी सुनको होइन हिराको जस्तो पो लाग्न थाल्यो । कस्तो टलक्क टलक्केको , आम्मै नि?


माथी माथी हिमालतिर, हावा चलेछ ।
तलतिर रानीबनमा, पात हल्लेछ ।
गाउ पाखा भिरमा, दिल बल्झेछ ।
पिपलुको पातमा, माया अल्झेछ ।

 
Posted on 03-29-07 10:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यि पनि मन परे ।


सुषुप्त चाहानाभरि
अतृप्त कामनाभरि
दिगो अनुराग बनेर,
सुनसान गोरेटोमा
स्तब्ध यात्रामा
मधुर अवाज बनेर,
अनिस्चित पाइलामा
गन्तब्यरहित यात्रामा
अमिट -अखण्ड पदचाप बनेर,
मेरो जिन्दगीमा
अपार खुशी, र,
हरेक सपनामा
बिहानीको सुनौलो घाम जस्तै
सुटुक्क
उदयमान ‘जीवन’
तलाई मेरो लाख लाख सलाम छ
हत्केलाको रातो रंग
यो पल,यो क्षण,
अनि यो समर्पन साक्षी ,
तलाई मेरो लाख लाख शुभ-कामना छ।


चौतारीमा आईयो मिर्मिरेमै -
अरु त आईसकेछन् पैलै
मनमा खुसी झै पुर्बमा उदाउदा किरण
आकाश स्वर्णिम भो छिनमै

हेर्छु त फेरी आकाश उस्तै छ स्वर्णिम
अल्झेछ कि लाग्यो घाम पूर्बैमा एकछिन
बल्झिन खोज्दो हो यो मन डुब्दो सूर्य मै
मेरो साँझ तर देख्छु कसैको बिहान बन्दै
स्वर्णिम आकाश अब उनीहरुको छिनमै

स्वर्णिम महोत्सब, जिन्दाबाद!


Don’t you feel lonely once in a while?
Feeling down inside but still trying to smile;
But smiles don't work, misery gets worse,
Harsh and selfish world, you try to curse..

As things get so bad you can't think any more,
Yet remember the things that you truly adore;
Good times are brief, scarce in the life,
Memories with friends, husband or wife..

Aroused by hunting dreams and eyes drained,
Insomnia becomes your very good friend;
Depression is best ally and no companion,
World changes shape, everything becomes alien..

The fate is sealed and wounds never healed,
Those voids in life which can never be filled;
Feeling deeply confused and rotten to the core,
Waiting for the day, when the pain is no more...

 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
शीर्षक जे पनि हुन सक्छ।
NRN card pros and cons?
What are your first memories of when Nepal Television Began?
TPS Re-registration
Democrats are so sure Trump will win
TPS Re-registration case still pending ..
Basnet or Basnyat ??
nrn citizenship
Sajha has turned into MAGATs nest
Nas and The Bokas: Coming to a Night Club near you
ChatSansar.com Naya Nepal Chat
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
3 most corrupt politicians in the world
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
if you are in USA illegally and ask for asylum it is legal
Returning to Nepal with us citizenship. Property ownership
Travelling to Nepal - TPS AP- PASSPORT
Top 10 Anti-vaxxers Who Got Owned by COVID
आज बाट तिहारको सेल सकियो
निगुरो थाहा छ ??
Nas and The Bokas: Coming to a Night Club near you
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters