[Show all top banners]

Rahuldai
Replies to this thread:

More by Rahuldai
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 "अनुराधा"

[Please view other pages to see the rest of the postings. Total posts: 275]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 NEXT PAGE
[VIEWED 138043 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 14 pages, View Last 20 replies.
Posted on 09-17-07 12:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अनुराधा! मलाई माफ गर, आज तिम्रो कथा भन्दै छु।

माघ फाल्गुण को महिना, जाडो भए नि के गर्ने रोज बिहे बर्तमनको भोज। दिक्क लाग्छ कहिले काहिं त। चिल्लो पिरो खांदा खांदा अनेक रोगले भोग गरि सके। फल्गुण को महिना पहिलो साता मै न बिराई भोज भतेर धाउंदा बिनोतीको पेट खराब भयो र आज को भोज न जान नसक्ने भयो। उफ्! नगैइ पनि न हुने पार्टी पर्यो। हाकिम साहेबकी कान्छी छोरीको बिहे अनि आफ्नै छोरीकी सहपाठी। जान त मलाई मात्र कहाँ मन लाग्या हो र, चिल्लो दिन दिनै खाएछ। देश बिग्रेको कुरा गरिएछ। कस्ले कति भाग बुझाएर कुन चाहि मालदार अड्डा पड्काएछ। कस्ले कति हसुर्यो, कस्ले कस्लाई कति बुझायो। आदि इत्यादि कुनै उपलब्धीमुलक कुरा हुने हैन।

तै पनि जानै पर्ने भए पछि, छोरी र मात्र जाने निधो गरें।
नयाँ बानेश्वर् घर हकिम साहेबको, घर कम्पाउण्ड ठुलै थियो त्यहीं पार्टी गरे हुनेमा एभरेष्ट होटलमा गरे छ, बुढाले। इज्जतको सवाल भनेका होला बुढाले, अकुट सम्पति जोडेको हल्ला पुष्टी गरेका होलान् भन्दै हामी बाबु छोरी बानेश्वर तिर् लाग्यौं।
भब्य पार्टी माहौल, गन्यमान्य देखि सामान्य सबै देखिन्थे। हाकिम साहेब दम्पती ढोकैमा दुइहात जोडेर बसेका, मानौं चुनावमा भोट माग्न बसे जस्तो। औपाचारिक भलाकुसारी गरेर मुख्य पार्टी हलमा के पसेको थिएं, पछाडीबाट कसैले बोलाएको जस्तो लाग्यो।
"राहुले! ओहे राहुले"
पक्का कुन चाहिँ स्कूले लौका पर्‍यो भन्थाने र फर्केर हेरें।
बोलाउने त लौका होइन "आलु" रैछ। आलु अर्थात रमेश। स्कूलको साथी। डल्ले मोटे भाकोले सबैले उस्लाई आलु नै भन्थे।
ओह आलु !कहाँबाट्?
"आलु न भन न मुला, यस्तो ठाउंमा"
हा हा हा! एक् छिन् हास्यौं, दुबै जना।

एक् छिन हामी दुबै अवाक भयौं। आलु संग भेट न भएको नि जुग बिति सक्यो। काठमाडौंकै साथी भए पनि स्कूल सके पछि बिरलै भेट हुन्थ्यो।
२० बर्ष पछि भेट हुँदा हामी दुबै खुशी त भयौं तर मनमा यसले केही न केही गड्बड् गर्छ कि भन्नेर चिसो पसि सकेकोथ्यो।
कुरा हजार थाह हुने, तर केही पनि पुरा थाह नहुने। अनि कहिले कुन परिस्थितिमा के कुरा गर्नु हुन्छ हुंदैन हेक्का नराख्ने आलुको बानी।
अब २ साथीको पुनर्मिलन कार्यक्रम केही बेर चल्यो, छोरीलाई के गरम् के भै सकेको चाल पाइसकेको थिएं । र मैले परिचय गराइदिने हिसाब ले भनें।
"छोरी, यी हुन रमेश अन्कल, १० सम्म सङै पढेका हामी"
नमस्ते अन्कल- छोरीले आफ्नो संस्कार मुताबिकको अभिबादन गरी।
"ओहो मुला ( त्यो आलुको मुखमा झुंडिने शब्द नै मुला), छोरी पनि कति ठुली भै सकेछ, बिहेको भोज नि खुवाउनु न पर्ने?"

"कस्ती राम्री रैछ छोरी त ठ्याक्कै अनुराधा जस्तै, कस्तो काटिकुटी मिलेको भाउजु सङ? अनुराधा भाउजु खै त मुला?"

अघि जे कुरा को डर थियो त्यही भयो। मेरो को सित बिहे भयो, कस्तो छ दाम्पत्य जीवन केही न बुझी बोली हाले आलु।
मैले कसरी संझाउं अब त्यो आलुलाई। बुझेन् भए पो। बिनोती मेरो जिन्दगी हुन्। अनुराधा मेरो जीवन सङ गाँसिएको नाम त पक्कै हो तर कुन सम्बन्धमा त्यो आलुले बुझ्ने छैनन्।
छोरीको मुखराब्रिन्दमा मैले जिज्ञासाका रेखाहरु पढिसकेको थिएं। हामी दुइको ( बाउ छोरीको) केमिष्ट्री मिल्छ र हामी दुबैले एक अर्काको भाव छिट्टै बुझ्छौ।
"अनुराधा" उनले पनि सुनेको नाम हो। तर आज एक जनाले अनुराधाको छोरी नै भने पछि शंका उपशंकाका ज्वारभाटा चल्नु स्वभाबिक नै हो।
मनमा अनेक पकवान पाके, छोरीले के के सोध्ने हुन, मिस-अन्डर्स्टान्डिङ् हुने चान्स् नै हुने। बडो बेमज्जा भो, हाकिम साहेबको पार्टी।
जसो तसो उम्के र फर्किने बिचार गरें। होटल बाहिर् लहरै ट्याक्सी थिए र एुटा सङ मोलतोल गरी घर तिरे लागें।
मलाई थाह थियो, छोरीलाई नि राम्रो लागेको छैन, आलुको कुराले अझै मथिंगल घुमि राख्या होला। चुपचाप् बस्यौं केही बेर। उकुसमुकुस धेरै बेर लुकाउन सकिन्न र छोरीले मुख खोली ।
ड्याडी! त्यो रमेश (आलु) अन्कलले किन मलाई अनुराधा जस्तै भनेको?
अनुराधा भाउजु किन भनेको?
हाम्रै अनुराधा अन्टी त होइन अन्कल् ले भन्न खोजेको?
ड्याडी ! हजुरलाई अप्ठेरो हुंदैन भने, हाम्रो सुन्दर संसार भँडिदैन भने भनिस्योस न अनुराधा अन्टीको बारेमा।
हो, छोरी, उनै अनुराधा अन्टिको कुरा गरेका हुन आलु अन्कल् ले। अनुराधा र मेरो सम्बन्ध के थियो र के छ , पुरै कथा कसैलाई भनेको छैन। मम्मिलाई जो थाहा छ, त्यो पुरै होइन।
घर भाडिन्छ कि भन्ने डर सधैं हुन्छ मलाई। तर आज म भन्छु पूर्ण सत्य। बोर्ड फस्ट छोरी हो मेरो, बुझ्ने र बिष्लेषण गर्ने क्षमतामा छ तिमीमा।
आज बिसौं बर्ष देखि यो सत्य कसैलाई न भन्नु भन्ने कसम खुवाएकी थीइ अनुराधाले। आज त्यो कसम तोड्दै छु।
अनुराधा! मलाई माफ गर, आज तिम्रो कथा भन्दै छु।
क्रमश:
***********************************************************************
भाग २

ट्याक्सी घर छेउमै रोकियो । छोरी अब ड्रेस चेन्ज गरौं अनि चिया खांदै" अनुराधा " भनौला हुन्न ?
छोरीकोले बाबाको कुरा हुन्न भन्न जानेकै छैन र भावबिभोर् भएर टाउको मात्र हल्लाई।
सन्चो न भएकीले बिनोती निदाइ सकेकीले मलाई केही सजिलो भए जस्तो लाग्यो। हुन त अनुराधा बिनोतीको लागि पनि खुल्ला किताब सरि नै थिई। तै पनि प्रसंग र बिषयनै अलि असहज हुन्थो नै।
चिया पकाई मेरो अध्ययन कक्षमा भेला हुने संकेत गरें।
खाना खाइसके पछि चिया खानै पर्ने अनौठो बानी मेरो। छोरीको हातको चिया, स्वादले भन्दा पनि स्नेहले मीठो हुने हुन्छ।
'चिया तयार भो ड्याडी'
"अब सुनाइस्योस् कथा अनुराधाको"
भाषा र शैली नक्कल गर्छे अचेल मेरो।
लौ सुन कथा अनुराधाको-
अनुराधा संग मेरो कस्तो कुन किसिमको संबन्ध थियो-थिएन,छ छैन तिमी आफै निर्क्यौल गन सक्छौ, यो कथा सुने पछि।
अनुराधा, मेरो बाल्यकाल देखिको सहपाठी।
मैले कक्षा १ पढ्दा देखि चिनेको, देखेको।
निकै जेहेन्दार र प्रतिभाशाली छात्रा।
एक् कक्षा देखि लगातार प्रथम भएकी ७ सम्म। हामी सम्पूर्ण सहपाठीहरु उनको प्रतिभा संग नतमस्तक थियौं। म त क्लास भरिका डेन्जर जोन मा पर्ने, नितान्त कमजोर् र गुमनाम थिएं।
आफू पढाइमा कमजोर भएर हो कि अथवा अलि भावुक भएर हो कि पढ्ने होनहार मित्रहरुमा मेरो आदरयुक्त संबन्ध हुन्थ्यो। मनको कुनामा त्यो बार्षिक उत्सबमा दिइने पुरस्कार आफुले नि थाप्न पाए हुन्छ जस्तो लाग्थ्यो।
५-६ पढ्दा अलि पढाईमा राम्रो जस्तो के भाथ्यो, गरिबी माथी आपत्तिले नमीठो लात हान्यो। भात जोड्न पनि गाह्रो भयो।
"यो कथा त मैले पहिले नै भनी सकें नि याद होला नि?"
""हो ड्याडी याद छ, अहिले पनि पढ्ने गर्छु, पिताजीको सुनको तक्मा, साझा ब्लग मा, प्रेरणाको पुन्ज हो त्यो।"
(http://sajha.com/guild/read.cfm?guildid=440, http://sajha.com/guild/read.cfm?guildid=441)
म फेरि अगाडि बढें।
त्यो स्कूलमा पढ्ने अधिकांस बिद्यार्थीहरु त्यही टोल् वरिपरिका नै हुन्थे। अनुराधा पनि हाम्रै टोलका।
एउटै क्लासका।
तै पनि कुनै खास संबन्ध थिएन। मात्र मेरो लागि फस्टगर्ल, भयन्कर पढन्चे।

७ सम्म पुरानो टोलको स्कूलमा पढियो, कहिलेइ स्याबासी पाउने बिद्यार्थी हुन सकिन। अनुराधा हमेसा झै पहिला नै भइन।
अब माध्यमिक तह पढ्न अर्को स्कूल भर्ना हुने क्रममा परम्परा अनुसार बिश्वनिकेतन जाने मैले नि निधो गरेको थिएं। दाइले अन्तै भर्ना गरिदिने सूर कसे नि मैले त्यो स्कूल झूर छ भनेर बिश्व निकेतन रोजें। संयोग बस भर्ना हुने क्रम:मा मैले आफ्नो नाम दर्ता गराउंदा म भन्दा ठिक अगाडी अनुराधा भर्ना भएकी । मलाई थाह थिएन।
नयाँ स्कूल नयाँ साथीहरु, अनि पुराना केही मित्रहरु। पहिलो दिन को पहिलो हाजिर् पछि थाहा पाएं अनुराधा ७२, म ७३ रोल क्रम मा।
पाप न लुकाई भन्नु पर्छ, मैले। म अलिकति यसमाने मा खुशी थिएं कि हाम्रो स्कूलको सबै भन्दा पढ्न सक्नेको पछाडी बसेर जाँच दिंदा म जस्तो चानचुने स्टुडेन्टलाई बम्पर् उपहार परे जस्तो हुने भो भनेर।
भयो त्यसतै। त्रैमासिक परीक्षाहरु देखि फाइनल सम्म जांचको सीट प्लानमा म उन्कै पछाडी परें। मैले "अनु" ( सबै जनाले नौ मात्र भन्ने गर्थे अनुराधालाई), मलाई त्यो आएन देखाउ न भन्थें। देखाउंथी, म सार्थें।
के गर्नु, भात जोड्ने उपक्रममा पढ्ने फुर्सद बिरल्लै पाउनु अनि त्यसमाथी महा गोबरगणेश मार्का बिद्यार्थि। सार्नै पर्यो। चीट चोरेको चाहिँ होइन नि फेरि।
छोरी हास्छे, एकै छिन।
यस्तो मार्मिक कुरालाई नि कति सहज पाराले भनिसिन्छ, ड्याड्डिले।
"यो सबै तिम्रो मम्मिको कमाल् हो"
अर्को कुरा त्यो क्लास भरि बिभिन्न स्कूलबाट प्रथम द्वीतिय भएर आएका होनहारको भरमार उपस्थिती थियो। तर ती मध्ये "अनु" लाई नै सबै मास्टरहरुले प्रथम हुने भबिष्यबाणी गरेका थिए।
रिजल्ट भो। अचम्म भो। "अनु" यसपल्ट प्रथम भइनन्।
क्रमश:
***********************************************************************
भाग ३

यसपाली "अनुराधा" प्रथम भइनन्। एक अंकको झिनो अन्तरले राहुले प्रथम भयो। सात बर्ष सम्मको लगातार प्रथम हुने क्रम रोकियो। दुखित पक्कै भइन होली, म बुझ्न सक्थें। कहिं न कहिंको झारपात अघि बढ्यो। मैले दाइको तर्फबाट एक् जोर सुट हात पारें।

नयाँ सत्र सुरु भयो। हिजो को राहुले आज
फस्टब्वाय भयो। भाउ बढ्यो। हिजोको निर्बाचित मनिटर अब आजीवन मनिटर भयो। सबै सर् मिस् हरुको केन्द्र बन्यो।

हेडसर् बाट् बोलावट भयो, तिनै सेक्सनका प्रथम र द्वितीय हुने सबैलाई। ज्ञान गुणका कुरा गर्नु का साथै सक्दो सहयोग गर्ने वचन दिनु भयो। स्कूलको इज्जतको लागि र आफ्नो भबिष्यको लागि अझ मेहनत गर्नु पर्ने सुझाब दिनु भयो।

स्कूल भरि हामी दुइ को चर्चा हुन थाल्यो। चर्चा यस मानेमा हामी कि दुइजनाले आर्जित अंकको परिमाण अरु सेक्सनका प्रथम द्वितीय हुनेहरु भन्दा निकै भारी थियो र बोर्ड हान्न सक्ने प्रारम्भिक आंकलन गरियो। तर मलाई भने त्यो प्रथम पदवी बोझ हुन थाल्यो। पहिलो कुरा त म आफूलाई त्यो प्रथम स्थानको लागि योग्य मानेको थिएन। अनुराधा मेरो अगाडि धेरै नै योग्य र प्रथम हुने प्रतिभा भएकी एक मात्र थिइन। उनैको सहयोगमा परीक्षा पार गरेको मात्र न भई अन्तर पनि १ अंकको झिनो थियो। त्रास, भयले आक्रान्त थिएं। भोलिको प्रथम पद सुरक्षित छैन । यसरी अनिश्चित मन र अध्यारो भबिष्यका साथ दिनहरु बिते। आफ्नो इज्जत जोगाउने प्रयास गर्दै रहें। तै पनि पर्याप्त समय म संग थिएन। लाग्थ्यो दिन २४ घण्टाको होइन, ४८ घण्टा को भए कति जाती हुंदो हो। भात जोर्नलाई हात जोड्ने बाध्यता थियो। त्यो जिम्मेवारीबाट उम्किन सकिन्नथ्यो र मिल्दैनथ्यो।

सोचेको थिएं, अनुराधा म संग चिढिएकी हुनु पर्दछ, अजय यात्रामा पूर्ण बिराम लगाउने ध्रिष्टता जो म बाट भयो।
तर मेरो सोचाइ बिपरीत अनुराधा निकै शालिन र सहयोगी भेट्टाएं। उन्मा कुनै किसिम को बैर भाव देखिन। प्रथम गुमाएकिमा कुनै किसिम को नैराश्यता देखिन। डर् थियो, प्रतिस्पर्धी को रुपमा अझ बढी आक्रमक हुने हो कि भनेर। निश्चय पनि उनको बौद्धिक क्षमता म भन्दा अब्बल दर्जाकै थियो। मेरा कम्जोर पक्षहरुलाई उघारि दिन्थी र यसो गरे राम्रो होला भनेर सुझाब् दिन्थी। यसरी हामी प्रतिस्पर्धी होइन कि सहयोगीको रुपमा अघि बढ्यौं।

शैक्षिक सत्र सकियो। पुन: अनुराधा दोस्रा भइन तर उच्च अंकका साथ। यसरी अनुराधा संग घनिष्टता बढ्दै गयो। स्वाभाबिक छ, स्कूलको प्रतिनिधित्व गर्दै कतै जानु पर्‍यो भने हामी दुइ जना नै हुन्थ्यौं। नजिकका प्रतिस्पर्धीहरु हामी भन्दा एक बित्ता पर नै थिए। त्यसले पनि धेरै को मुटु जल्न थालेको थियो। एक अर्कामा सहयोगी भएकोमा पोल्न थालेको थियो। संगै हिड्छन् रे, एक ले अर्कोलाई सिकाउने गर्छन् रे।
चर्चा ले बजार गरम भयो। तर हामी दुइमा त्यसको कुनै असर भएन। पाप चिताए पो पस्चाताप गर्नु?
निस्वार्थ सहयोगीलाई नाम, उपनाम, सर्बनाम धेरै दिए। कसैले यिनीहरुको "लभ" परे भने, कसैले के के?
भन्नेहरुको मुख थुन्न सकिन्न र मनको कालो धुन सकिन्न।
अनुराधाको लक्ष कहाँ सम्म थियो मलाई थाहा थिएन तर मेरो लक्ष एस् एल सीको बोर्ड भैसकेको थियो र त्यही लक्षको प्राप्ति तिर मेरो तन मन थियो। कसै सित मन दिने लिने न त मसंग फुर्सद थियो न त आफ्नो लक्ष थियो।
संभवत एस् एल् सीमा ३ उत्क्रिष्ट छात्राहरुमा अनुराधाको आँखा थियो। त्यसैले यी बाजारु हल्लाहरुलाई बेवास्ता गर्दै हामी सल्लाह गर्दथ्यौं।
तर पकाउने ले अनेक खिचडी पकाइ सकेका रैछन्। बेखबर थियौं हामी। हाम्रै क्लासमा अनुराधाका भाइहरु पनि थिए। घरमा उजुरी हाली सकेका रैछन्। घर टोल एक, स्कूल एक, स्कूल लाग्ने समय एक भए पछि बाटोमा भेट हुनु पनि नियोजित भएछ। सधै भेट हुने अनुराधा त्यो दिन भेटबाटोमा देखिन मैले। सोचें चाँडो गइन होली। स्कूल पुगें, अनुराधा आइनन्। सोचें, सन्चो भएन होला। कहिलेइ अनुपस्थित भएको रेकर्ड न भएकी, उनी क्लासमा नहुंदा सर मिस हरुले मलाई सोध्न थाले। मलाई कुनै जानकारी थिएन।
केही बिषेश पर्‍यो होला भनें। भोलिपल्ट पनि "अनुराधा" स्कूल आइनन्।
क्रमश:

Last edited: 17-Sep-07 12:42 PM

 
Posted on 01-04-08 2:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

प्रभो, एउटा प्रेमपत्र लेख्न्नु थियो, हेल्प गर्ने हो? 

ha ha. .kidding hai..

btw, उत्तम , अती उत्तम - सदा झै.

More pls..


 
Posted on 01-07-08 4:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दीपिका जी,
मैले बहस् गर्न खोजेको होइन। मेरो आशय थियो, निरन्तर सतप्रयास गरे सफल भइन्छ, ढुंगा त मुर्ति बन्छ भने मान्छे को के कुरा ? मात्र भन्ने खोजेको हुं।


बिर्खे जी,
यो भागलाई " बिषेश " को रुपमा हेर्दिनु भएकोमा धन्यबाद। आउदा अंकहरु अझ बिषेश बनाउने प्रयासमा हुन्छु।


झिल्के ब्रो,

 गीत सान्दर्भिक नै लाग्यो। कागजमा लेखिने, तराजुमा जोखिने माया , माया नै होइन, त्रिष्णा हुन्छ।

रिट्ठे ब्रो,
प्रंशसाको लागि आभारी छु। अझ राम्रो लेख्न सकुं, अशिर्बाद चाहिएको छ।

Brain_malfunction जी,
कुन आशयको प्रेम पत्र लेख्नु परो क्या र त्यो नि लेख्नुस् न, म सहयोग गर्न सक्छु कि?
मन पराइ दिनु भयो त्यो नै पुरस्कार भो। धन्यबाद।


 
Posted on 01-07-08 5:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भाग-१६ त नपढीकनै कता लुकेको रे'छ।  आफूलाई चौतारी भेलाले नछोड्दै टाँसेको जस्तो छ।

यस्तो पो लप लेटर। हाम्रा लप लेटर त खलाँसीले मलेखुकी तरुनी जिस्क्याउन लेखेको  जस्तो हुनि के रे। कसैले पत्याएन।

सिरियस्ली, अत्यन्त मार्मिक छ राहुलदा'। हजुरको कथाको उकाली ओराली सँग म पनि चिप्लिँदै पछारिँदै आएको छु। यहाँ आएर "ऐया" भन्ने समय मात्र नमिलेको हो। अर्को भागको प्रतिक्षामा।


 
Posted on 01-10-08 5:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"अनुराधा"
भाग १७

धेरै दिन पछि आएको त्यो पत्रले मुटुको धड्कनले बेग हान्यो। कतै नलेख्नु भन्दा भन्दै लेखेकोमा नमिठो चड्कन पो नत्थी गरेकी छैनन् ?

जे होला होला, असल नियतमा लेखेको पत्र थियो। गाली भए नि स्विकार्य छ ताली भए नि भन्दै पत्र खोलें।

तर त्यो पत्रमा मा कुनै गुनासो थिएन। कुनै रीस राग थिएन। अझ परिवारजन द्वारा खडा गरिएको  एक अनाबश्यक पर्खाल तोड्न सकेकीमा खुशी थिइन्। र आइन्दा पत्र लेख्न संकोच नगर्न आग्रह पो भेटें। मैले लेखेको जीवन जगत र धरातलिय यथार्थलाई बुझ्न खोजेकी जस्तो लाग्यो। पहिले भन्दा आशाबादी र भबिष्यलाई हेर्ने सकरात्मक नजरहरु स्पष्ट देखिन्थे। संघर्ष गर्ने संकल्प खोपेका आक्रितिहरु झल्किरहेकोथ्यो।

म भित्रको डरले लामो सास् फेर्‍यो। मैले जुन उद्देश्यले त्यो पत्र लेखेको थिएं। त्यसमा सफल् भए जस्तो लाग्यो। टुट्न लागेको, फुट्न लागेको मनलाई सम्हालिने वातावरणमा आफु कारक भएको जस्तो लाग्यो।

समय बित्दै गए। यसरी नै पत्रहरु क्रमश आइ नै रहे। हरेक चिट्ठीमा जीवनलाई हेर्ने आँखाहरु फराकिला र फरासिला भएको पाएं। पढाइ पनि राम्रो संगै पूरा गर्न थालिन्।

म भने आफ्नै पढाइ र आफ्नै ब्यक्तिगत जीवनब्रित्तको अस्तब्यस्ततालाई केलाउन अनि मिलाउन ब्यस्त रहें। कहिले काहिं मात्र जवाफ फर्काउंथें। लेख्ने बिषयवस्तु पनि हुंदैनथे, फेरि नाजुक मोडबाट बल्ल तल्ल पार गरेको एक जीवनमा धेरै सोचेर,  गुणेर मात्र लेख्नु पर्थ्यो, त्यो मलाई हेक्का थियो र त्यसैले लेखिन पनि।

"छोरी, बेला मौकामा म्याडम् ले भन्नु हुन्थ्यो- 'तिमीले एक चोटी साच्चैं नै मन पराएको हो होइन, क्लेयर्लि सोध्नु पर्थ्यो अनुराधालाई, भनेर।"

"म कसरी सोधुं, कुन उद्देश्यले सोधुं, के का लागि सोधुं छोरी?"

यी प्रश्नहरुमा कर्णको रथ झै जिन्दगीको अप्ठेरो थलोमा अड्किन्छु म।

"भनिस्योस् न ड्याडी, किन सोधिसिएन?"

"छोरी, मेरो मनले खोजेको रोजेको जीवन साथी तिम्रो मम्मी। मैले सोधेर के गरुं? एक ब्यक्तीको लागि दुइ आत्मा मार्ने जल्लाद म हुन सक्दिन। मेरा आफ्नै रोजाई छ , आफ्नै बुझाई छ। सबै भन्दा ठुलो पाप आफ्नो आत्म मार्नु हो, आत्महत्या भन्दा नि नीच हुन्छ त्यो। अर्को म तिम्रो मम्मीको आत्मिय प्रेम र निर्दोष आत्मामाथि घात कदापि गर्न सक्दिन।"
 
"छोरी, आफ्नो मन मारी मारी अरुको मन राख्ने, आफ्नो खुशी जलाएर अर्क्को घर उजिल्याउने महान ब्यक्तीहरुमा  म परिन। म सधैं साधरण जीवन जिउन चाहन्छु, सरल मरण बरण गर्न चाहन्छु। सिनेमाको हिरो वा उपन्यासको नायक होइन म। खलनायक कहिलेइ बनिन र नायक बन्ने चाहना पनि भएन। त्यसैले मैले सोधिन, सोध्न जरुरी पनि देखिन।"

"वाह! ड्याडी वाह!, यु आर् ग्रेट।"

"ग्रेट" म होइन छोरी, ग्रेट बन्ने सपना पनि देखिन। बिना पाप, बिना कष्ट आफु र आफ्नो परिवारको जीवन रथ हाक्न सके पुग्छ मलाई। ग्रेट त म्याडम् होइसिन्छ। जिन्दगीलाई बुझ्ने क्षमता र परिस्थिति संग जुझ्ने क्षमता ता म्याडम संग मात्र छ। अझ उनको ममता- तिमीले पाएकै छौ।
क्रमश:


 
Posted on 01-10-08 5:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Rahul Dai, it's great..enjoy reading it a lot....

"छोरी, मेरो मनले खोजेको रोजेको जीवन साथी तिम्रो मम्मी। मैले सोधेर के गरुं? एक ब्यक्तीको लागि दुइ आत्मा मार्ने जल्लाद म हुन सक्दिन। मेरा आफ्नै रोजाई छ , आफ्नै बुझाई छ। सबै भन्दा ठुलो पाप आफ्नो आत्म मार्नु हो, आत्महत्या भन्दा नि नीच हुन्छ त्यो। अर्को म तिम्रो मम्मीको आत्मिय प्रेम र निर्दोष आत्मामाथि घात कदापि गर्न सक्दिन।"


 
Posted on 01-10-08 6:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दाइ, सधैं झै लेखाइ उत्तम छ। जिन्दगीको कथालाई पन्नामा उतार्न त कोही हजुर सँग सिकोस। "सबै भन्दा ठुलो पाप आफ्नो आत्म मार्नु हो, आत्महत्या भन्दा नि नीच हुन्छ त्यो।"  यो वाक्य ले चाइ मन नै छोयो। तर यो भाग पनि कती चाडो सकिएको ?? अर्को भाग पनि छिट्टै पढन पाउ।
 


 
Posted on 01-10-08 6:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Rahulvai Dai,    यो कथा पडदा मलाइ पनि जैलेनि अल्झाउन आउने त्यो  "---- एक चोटी साच्चैं नै मन पराएको हो होइन, क्लेयर्लि सोध्नु पर्थ्यो ---" । भन्ने म्याडम भनेको भाउजु हो भने  आइ स्यालुट हर -सि इज रिअल्लि अ ग्रेट पेर्सोन।

अनि फेरि दाइ ले छोरि लाइ दिएको आन्सर ले literally म जस्ता रिडर्स हरुले सोध्ने मुखनै बन्द गरिदियो, तर खुल्दुलि बाकि नै राखेर

त्यहि भएर अब मुख बन्द राखेराइ भए पनि यसरि  सोध्न पर्यो-   कथा को अन्त्य हुदा सम्म, बाइ एनि चान्स, हामिले थाहा पाउचौ कि पाउन्नौ अनुराधा ले हजुर लाइ साचै मन पराएकि थियो कि थिएनन?


 
Posted on 01-10-08 7:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

RahulVai,

दिनहु साझा हेरेर पनि मैलीए तपाईंको लेख नप्देको मा पछुतो गर्नैपर्छ। आज साझा चौतारी हेर्दा तपाईंको ध्हन्तन्नङ दिच्चुक दिच्चुक भाग १७ को एड्भर्टाइजमेन्त देखदा क् रहेछ भनेर तपाईंअको लेख को लिन्क खोलीए ।एसो हेरेअको भाग १७ पुगिसकेको रहेछ तेही पनि अरु साथ्गी हरुको कमेन्टस् हरु हेर्दा मलाई भाग १ देखी पढ्न मन लाग्यो र पढीए पनि। तपाईंअको को yeती सरल लेख को बर्नन अछेर म गर्न सक्दिन। मलाई थाहा छिअन यो कथा र yes कोपIत्र हरु पुअरै कल्पनिक हुन कि होइनन तर पनि तपाईंलीए कथालाई एती मिठो तरिक फ्लोव गराउनु भको छ र कथा वारीपरिको बातावरणलाई तेसमा कती सजिलो तरिक मिक्स गर्नुभको छ एस्तो लाग्छ कि म कुनै मुभि हेरिरहेको छु।पढ्नु को मज हेर्नु म पक्कै हुँदैन तेसैलीए मैलीए तपाईंको पात्र हरुलाई आफ्नो कल्पनामा उतरिसकेको छु। १७ भाग त क् १७० भाग भएपनी म यो कथा अज पदेर सक्थीए। मेरो शुभ कामना तपाईंलाई लेख्दै जानुहोस्।तपैअको कथा को भाग १८ को प्रतिक्षा म बसेको chhu.  I must say that you are the best writer in Sajha.


 
Posted on 01-10-08 8:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राहुलदाइ, गजब छ। जति पछिका भाग आउँछ, त्यति पाठकहरु प्रति अझ जिम्मेबार हुँदै लेखेको स्पष्ट देखिन्छ। तपाईँको लेखाइ डोरीमा हिड्ने चटकेको जस्तो अत्यन्त सन्तुलित देखिन्छ। भाषामा मिठास छ त्यसैले पढ्दा मनोरञ्जन मिल्छ, बिचारमा गहिराइ छ त्यसैले सोँच्न बाध्य बनाउँछ अनि अनुभवी हातहरु चलेकाछन् त्यसैले ज्ञानवर्दक छ। त्यसैले  "अनुराधा" मा मैले मनोरञ्जन, चिन्तन र ज्ञानको अत्यन्त सन्तुलित सञ्योजन देख्छु।

 

अँ साँच्ची, यो  "छोरी, बेला मौकामा म्याडम् ले भन्नु हुन्थ्यो- 'तिमीले एक चोटी साच्चैं नै मन पराएको हो होइन, क्लेयर्लि सोध्नु पर्थ्यो अनुराधालाई, भनेर।"  लाई म्याडमको मुखबाट मैले मेरो आफ्नै कानले पनि सुनेको हुनाले तपाईँको लेखाइको इमान्दारितालाई मेरो सलाम छ।

 

:-)

-भउते

 

 


 
Posted on 01-10-08 8:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राहुलदाइ , तपाईंको हरेक प्रस्तुतिको स्वाद लिएर बस्ने गरेको थिए प्रसम्सा  को दुइटा शब्दहरु पनि लेख्न कजुसयाइ  गर्दै। तपाईंको कथा मा गजब्को मार्मिकअत, बहाव र गहिराइ छ। तपाईंले नेपाली साहित्य लाई राम्रो योगदान गर्न्सक्नुहुने सभावना देखेको छु।  Keep it rolling.


 
Posted on 01-10-08 8:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

anu positive bhako dekhera malai ni khushi lagyo.

छोरी, आफ्नो मन मारी मारी अरुको मन राख्ने, आफ्नो खुशी जलाएर अर्क्को घर उजिल्याउने महान ब्यक्तीहरुमा  म परिन। म सधैं साधरण जीवन जिउन चाहन्छु, सरल मरण बरण गर्न चाहन्छु। सिनेमाको हिरो वा उपन्यासको नायक होइन म। खलनायक कहिलेइ बनिन र नायक बन्ने चाहना पनि भएन। त्यसैले मैले सोधिन, सोध्न जरुरी पनि देखिन।"

manlai choyo yo para le . gahiraima nai pugyo.


 
Posted on 01-10-08 8:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"छोरी, आफ्नो मन मारी मारी अरुको मन राख्ने, आफ्नो खुशी जलाएर अर्क्को घर उजिल्याउने महान ब्यक्तीहरुमा  म परिन।"----राहुलदाइ  एउटा साधारण ब्यक्तिको मनोभाबलाई कस्तो छर्लङ पार्नु भएको। एकदम चित्त बुझ्यो
 
Posted on 01-10-08 8:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दाई! बधाई छ प्रमोशनको यो लहरमा कथाको गहिराइमा पनि प्रमोशन हुनुभाएकोमा!

गजब! झन मिठो पहिले भन्दा! बिशेषत:  साँच्चै मन पराए नपराएको बिषयमा तपाइँले  बयान गर्नुभएका हरफहरु!

माथि कसैले भने जस्तो, अन्तिम भाग सम्ममा त्यो कुरा थाहा पाउन सके हामि पाठकको मन हलुका हुन्थ्यो !

 

 


 
Posted on 01-11-08 9:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दामी छ राहुलदाइ!
अर्को भागको आशामा!


 
Posted on 01-11-08 1:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिबिध कारणले गर्दा यो पटका अनुराधा पढ्न ढिला भयो। अनुराधाले जीवनप्रतीको बित्रिस्णा हटाएकिमा बहुत खुशी लाग्यो। अरु भाग पनि छिट्तै पढ्न पाइयोस है दाई। 
 
Posted on 01-11-08 1:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Badboy4u1000 जी,
तपाईं रम्नु सक्नु  नै मेरो सफलता हो। कथालाई समय दिनु भएको मा आभारी छु।


नेप्चे जी,
हो मित्र, आत्म मारेर त्यागी बलिदानी हुन्छु भन्नेलाई आफ्नो आत्माले कहिलेइ माफ गर्दैन। पढि दिनु भयो, गुणि दिनु भए, धन्न भएको छु।


pjna007 जी,
"---- एक चोटी साच्चैं नै मन पराएको हो होइन, क्लेयर्लि सोध्नु पर्थ्यो ---" । भन्ने म्याडम भनेको भाउजु हो भने  आइ स्यालुट हर -सि इज रिअल्लि अ ग्रेट पेर्सोन।
भउते जीको टिप्पणी पढ्नु होला। She is realy a great person।


waiyat जी,
चौतारीको बिज्ञापनको असरले भए पनि तपाईले पढ्नु भयो, त्यही मेरो लागि पुरस्कार भयो।
ब्याकसायिक लेखक होइन म। मन भाव कहिले काहिं पोख्छु। राम्रो न राम्रो तपाई हरुले छुट्याउने हो। साझामा म भन्दा राम्रा लेख्ने हरु छन्, धेरै प्रसंसा नगर्नु होला, इर्ष्याले जल्यो भने फेरि .......................

भउते जी,
तपाईंले गज्जब छ भन्नु नै मेरो लागि सर्बोच्च पदक हो। समय संगै मान्छेमा परिपक्वता आएन भने जिन्दगीमा उस्ले केही नगरेको ठहर् हुन्छ। दायाँ र बायाँ हातका रेखाहरु उस्तै भए जस्तै।
पुरै काल्पनिक कथा भए पाठकको चाह अनुसार् पात्रको सन्तुलन खलबलाउन मिल्थ्यो। कहि न कहि जिउदा पात्रहरुलाई साभार् गर्दा लेखक र "म" मा सन्तुलन आबश्यक हुदो रैछ। समयले सिकाए, म सिक्दै छु।


एउटा नेपाली जी,
यो कथा पनि अर्को एउटा नेपाली कै हो। त्यसैले मार्मिक भएको हुन सक्छ।

उफ्री जी,
टिप्पणीको लागि आभार्। तपाईबाट मैले सिक्नु पर्ने छ धेरै धेरै। जीवनको अर्थ र आर्तनादहरु तपाईंको रचनामा भेट्नेगर्छु, तिनै संग खेल्ने हास्ने प्रयास गर्छु म।


दीपिका जी,
पुन एक पटक धन्यबाद।
हो। महान हुन्छु, बन्छु भन्ने चाह् राखिन र कोशिश् पनि गरिन। हिप्पोक्र्याटिक जिन्दगी संग घ्रिणा छ। घरमा चुलो बाल्ने चिन्ता झोलामा राखेर स्कूल जान्थे म।जिन्दगीले भोग्न सक्ने अन्तिम बिन्दूको दुख देखेको छु, तिनै संग हुर्के छु। महान् ब्यक्तिको ढोंग गर्ने ब्यभिचारी, अत्याचारी हरु टोल टोल मा देखेको छु र तिनको दर्दनाक अन्त्य पनि देखेको छु। म र मेरो परिवार, साधारण जीवन र सरल मरण मा बिश्वास राख्दछ।

बिर्खे जी,
धन्यबाद, तपाईको टिप्पणी बिना मेरो कथा पुरा नै हुदैन। सिक्दै छु, लेख्दै छु। गल्ती मिस्टेकहरुलाई केलाउदै छु, शब्दहरुलाई खेलाउदै छु। तारेमाम्।

चित्रे भाई,
सदा झै मेरो रचनालाई मायाको आँखाले हेरि दिनु भएको मा आभारी छु।


 
Posted on 01-11-08 1:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सुर् न ताल जी
टिप्पणीहरु माथि टिप्पणी गरि रहदा तपाईको टिप्पणी आएकोले छुटेछ, क्षमा पाम्। तपाइकाइ सदाशयतामा त बांचेका छन्, कथाकार अनि कथाका पात्रहरु।

 
Posted on 01-11-08 4:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Dhikcheek Dhikcheek........dhyantang dhyantang LOL

Rahuldai, ball padhe, sarai ramro tapaiko lekhai....waitin for episode 18


 
Posted on 01-11-08 7:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राहुल दा ,

मिठो साहित्य छ .
मैले त बुझ्न नै तीन चोटि पढ्नु पर्‍यो
(अझै के हो के हो भएको छ )
एक ब्यक्तीको लागि दुइ आत्मा मार्ने जल्लाद म हुन सक्दिन। मेरा आफ्नै रोजाई छ , आफ्नै बुझाई छ।
(घुमाउरो पारा बल्ल बुझें )
तर
"छोरी, आफ्नो मन मारी मारी अरुको मन राख्ने, आफ्नो खुशी जलाएर अर्क्को घर उजिल्याउने महान ब्यक्तीहरुमा  म परिन"
यो त प्रेम मा समर्पण (sacrifice) भएन नि । कहिले काही त नाटक पनि गर्नु पर्छ हैन र ?
 
Posted on 01-12-08 1:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

झिल्के ब्रो ,
अब झिल्के ब्रोले नि राम्रो भने सि राम्रै लेखे कि जस्तो लाग्न थाल्यो हो गाँठे। झिल्के ब्रो को लेखाई प्रति टिप्पणी गर्न म संग शब्दहरु छैनन् र त्यसैले पनि न लेखेको। ब्रो को लेखाईबाट धेरै सिक्दै छु र हिजो भन्दा आज राम्रो लेख्ने गर्छु जस्तो लाग्छ।

पर्बते जी,
सरल आँखाले सरल भाखा हालेर पढे सरल नै हुन्छ। कुनै घुमाउरो घुम्ती थिएन है। समर्पण त्याग आफ्नो मनले रोजेको संग गरिन्छ होइन त?


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
ChatSansar.com Naya Nepal Chat
Basnet or Basnyat ??
TPS Re-registration case still pending ..
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
Do nepalese really need TPS?
कता जादै छ नेपाली समाज ??
Nas and The Bokas: Coming to a Night Club near you
Will MAGA really start shooting people?
Democrats are so sure Trump will win
मन भित्र को पत्रै पत्र!
Top 10 Anti-vaxxers Who Got Owned by COVID
I regret not marrying a girl at least for green card. do you think TPS will remain for a long time?
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
TPS Work Permit/How long your took?
Breathe in. Breathe out.
3 most corrupt politicians in the world
Nas and The Bokas: Coming to a Night Club near you
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters