[Show all top banners]

world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~~चौतारी - ७५ (हीरक अंक!)~~

[Please view other pages to see the rest of the postings. Total posts: 650]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 NEXT PAGE
[VIEWED 199839 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 33 pages, View Last 20 replies.
Posted on 09-06-07 8:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी - ७५


नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम


--चौतारी - भाग ७५ (हीरक अंक!) --



चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)


हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ७५ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।



**********************************************************************

'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************


लौ बसुम यही चौतारीमा


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।




Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)



Running since 7 Sept 2005 in a total of 75 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.

*गोताएँदाइकोब्लग


चौतारी हीरक अंक

समय पंक्षी हो
खुल्ला यसको बंधन
बाँधेर बाँधिदैन
उड्छ हर प्रहर
दिन रातको
पंख सेतो कालो
चालेर आकाशैमा
उड्छ हर प्रहर


साँच्चै समय यति गतिवान् छ कि हाम्रो प्यारो चौतारीको जन्म भएको पनि दुइ वर्ष भैसकेछ, तर हामीलाइ पत्तै भएन। हाँसो, ठट्टा, कथा, कविता, दोहोरीको भाकामा दुइ वर्ष काटेको हामीलाइ दुइ दिन जस्तै लागिरहेको छ। यो समयमा अनेकौं नयाँ गाम्लेहरूको आगमन भयो, नयाँ मित्रता गाँसिए, पुरानो मित्रता अझ कसिए, चौतारी नितान्त आत्मीय लाग्न थाल्यो।

७ सेप्टेम्बर २००५ बाट शुरू भएर दुइ वर्ष पूरा गरी तीन बर्षमा प्रवेश गरेकोमा चौतारी र चौतारीवासीलाइ धेरै धेरै बधाई!!!

यो अंकमा आफ्ना अमूल्य लेख रचना, कथा, कविता, मुक्तक, कहानी र अनेकौं अरू मौलिक सिर्जना पस्केर चौतारीको जन्मदिन भव्यताकासाथ मनाऔं।

 
Posted on 09-10-07 12:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ग्वाँचेको कथामा मानव जीवनको यथार्थताको ज्वलन्त प्रस्तुती पाए र त्यही प्रसँगमा दुई शब्द लेख्न मन लाग्यो  ! देशको बिग्रदो अवस्थाको सिकार बनेर धेरै नेपाली हरू बिदेसिएर यस्तै कथाका पात्र बनिसकेका छन।

साचो मायामा त्यागको ठुलो स्थान हुन्छ भन्छन  ! त अब कूरो आयो कसरी व्याख्या गर्ने त्याग लाई ! कती त्यiग गर्ने? के हो त्यiग को सिमा? शायद यस्को उत्तर ब्यक्ती पिच्छेको भिन्न भिन्न आउछ।

"टाढा रहन त मलाई पनि कहाँ मन छ र तर के गर्ने मैले जे गरिराखेको छु रमा र छोरा छोरी कै लागि त गरिराखेकोछु नि। ........................"

यो मानसिकतामा त्यागको भावना छ कि छैन? छ भने कत्तीको त्याग छ? रमाको लागि महत्वपूर्ण कूरा के थियो त्यो समयमा? ऊन्को मानसिक अवस्था कम्जोर पार्ने तत्व के थियो त्यस्तो?

भौतिक सुख सुबिधा नै मानव जीवनको अपरिहार्य तत्व हुँदैन भन्ने कूराको सही चित्रण गरेको छ यो कथा ले।

हुन त यो प्रसँग सँग गासिएका धेरै कूराहरू छन गर्न लाई, तर समयको अभाबका कारण अहिले यही तुङ्याउदै अरू पाठकहरूको पनि बिचारको प्रतिक्ष्या गर्दै मध्यराते जदौ सबै लाई
Last edited: 10-Sep-07 12:42 AM
Last edited: 10-Sep-07 08:29 AM

 
Posted on 09-10-07 1:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:) 
नमस्ते !
अन्तरेजी, ठयाक्कै मैले नै सोचे जस्तो:)हउरले लेकेको सप्पै जो कुरो मनपर्छ है मुलाइ त। अब कहा के कस्तो किन हुनुपर्ने भन्ने कुरो केहि आम्दैन । बोधो दिमागआँ उस्तै के ‘साउन मा आँखा फुटेको गोरु सधै हरियो देख्छ” त्यस्तै हालत छ। तर नेपेदाजुले दिनु भएको अभिब्यक्तिले भने केहि कुरो पुग्यास्तो लाओ भन्छु र। यो गजल भन्ने कुरो छोटो समयमा नहुनेरे’छ । त्यस्मा पनि मेलापात वनपाका चुलोचऔको सप्पै जो भ्याएर बचे कुछेको समय त झन ‘ गजल ‘ लेख्ने सपना नै होला के रे

नेपेदाजु,
कृतज्ञ भए है हजुरको प्रतिक्रियाले । यसोधाउदै अरे'सि कसो दृष्टि नपर्ला त —सोछेकिम हुनपनि त्यस्तै भओ ।हजुरले दिएको सुझाबहरु सांचेरै राखे। कुनै दिन जसो तसो ‘गजल’ भन्न मिल्ने लेख्न सकिएछ भने हजुरलै देखाउला है। तर हजुरको दर्शन पो पाइने हो कि हैन?यसो झुल्किएको मऔका पा’सि त – यसपटक अस्तै छोपेरै ल कस्तो भयो भन् त भनेर सोध्न हुन्थ्यो:) चौतारीमा बेला बखत बहुमुल्य सुझाव दिन बाहेक अरुबेला हजुरको उपस्थिति त्यै गित छ नि---- ‘ तिन दिन भेट भो ज्यान माया तिन वर्षै हराउने ‘’ ---जस्तो छ । जे होस बेला बेलाआउदै गरे चौतारी’सुनमा सुगन्ध’ हुनेथियो भन्छु र ।बरु त्या मेरो टुक्रा टुक्रिमा मेरो ‘रुमानी साइड‘ले अवाक बनाएछ । खै के पो त्यो भुनेको – जे होस हजुरले भने पछि राम्रै होला भन्छु :) फुरुंग छु

-ग्वाँचे राम्रो गयो है कथा तर म चै झस्किदै पढ्दै अरेकिम है बेला बखत यस्ता सामाजिक कथा कुथुंग्रि पढन पाए हून्त्यो।


 
-अनि हेर हे सुर्नटाल टिम्रो नयावर्ष ले मलाइमेरो वनपाखा याड गराएर ल्यायो –ढन्यवाड होइ

-नेप्चे भाइ राम्रो लायो पोइम अर्को नेपालीमा जावस न त। :)



-देवरजी टेवल हेर्न हतार लाइसक्यो कसरी पो होला टाँस्न मिल्ने?:)
-चित्रभाइ पढे कथा राम्रो रे’छ ॥ हरु पनि लेख ल :)
-रिठ्ठे –अस्लाम वालिकुम!

-अनिखेरि नमे तिजको गित डेलिकट को लागि धन्यावद है । यि तिरु ठूली प्रिति सिसहरु सप्पै जो कता जानुभओ भन्छु र मलै त्यो के जाति नङपालिस लाम्ने ,कपाल काट्ने कुर्ता लाम्ने इउलिस बोल्ने ब्युटिपारलर जाने सप्पै जो सिक्नु पर्ने भओ भन्छुर

Last edited: 10-Sep-07 01:04 AM

 
Posted on 09-10-07 2:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चितवन को गोरेटो बाटोमा साइकलको कैची मा
तिमीलाई राखेर गाउ घर घुमेको याद आयो

तिम्रो पच्योरी ले मेरो मुख डाकिदा
हामी दुबइ खाल्टोमा लडेको याद आयो

म हाँस्दा तिमी रोएको यद आयो
तिमी हाँस्दा म रोएको याद आयो

तिमी साइकल बाट लड्दा तिम्रो घुडामा घाऊ भएको
अनी त्यो घाऊ मा महिले मलम लगाएको याद आयो

दुई चुल्ठो बाटेर तिमी मेरो घर अघाडी हिड्दा
सोर्ह बर्ष को एस्वोर य राएे जस्तो डेखिने
तिम्रो तो रूप याद आयो

कयो बर्ष पछी आज यो साझा को चौतारीमा
तिम्रो याद आयो केबल तिम्रो याद आयो
केबल तिम्रो याद आयो.............!

शुशिल
 
Posted on 09-10-07 7:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Namaste gaamle sathiharu taaaaaaaaaaaaaaaaaaa.

launa hamro gaam maa ta teej ni laagi sake cha. khai tiru ra sanani ni.

Gotame dai hajur ko yatra bhanne real katha sarai ramro lagyo. balla padhne fursad milyo. dai how is bhanji doing?

namele kasto ramro teej ko geet rakheko .

Tiru u better watch ur bhinaju Nis dai hai. yo video maa jastai katai Nis dai pani khit khit khit (just jesting)
 
Posted on 09-10-07 7:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

lu lagehai tarkari bechna. koi chan yo doko ko bhaari mero tauko maa rakhdine.
 
Posted on 09-10-07 7:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तिम्रो मन मैले जितेर पनि आफैंसित म हराउनु पर्छ
कलिला कोमल प्रितीको बेल फूल्नु अघिनै मार्नु पर्छ
म कसरी भनूँ यो संगम हो
न तिमी मेरी न म तिम्रो

जदौ यो सोमबारे बिहानीको। ठुलीले उछिनिचन् आज मलाई। म यो लेख्दा लेख्दै ढिलो भएँ।

आज नि राम्रा राम्रा रचनाहरु पढ्न पाईएला भन्ने आशा छ। भउतेको table कहिले सकिन्छ र के टांस्ने हुन् भन्ने खुल्दुलीले अब काममा मन नलाग्ला। ध्यान यतै हुन्छ अब। पुन्टे दाई र ठुल्दाईको शिखर वार्ता पनि सकियो होला अब दुबैले के हाल्नु हुन्छ भैसको।

म पनि केहि टाँसम्ला फुर्‍यो भने तर के लाग्यो भने मैले लेख्न लाई अरु कसैले लेख्नु पर्नि वा भनौ चुनौती चाहिनि र'च मलाई अनि बल्ल फुर्नि र'च।

यो अंक शुरु हुँदा अब के लेख्नि हो भनेर हैरानै थिएं र यो पालि पढ्ने मा परियो जस्तो छ भनेर लेख्या थिं। तर नेपे दाईले लेख्नु भो, मैले नि एउटा टांस्दिएं। अनि मिस दिदीले लेख्नु भो नेपे दाईको "याद् आयो" लाई आधार मानेर, मैले नि लौ त भनेर चोरिँ त्यै "याद आयो" (दुबैलाई नेपे दाईको गाली बराबरी), र पछिल्ला दुईटा त बिरेकाँ पढेर तुरुन्तै लेखेर टाँसेर हिंड्या हो। यो हिसाबले आफ्नु सिर्जनशीलताका लागि त राम्रो भ'न। आफैँ केहि लेख्न नसक्नि, अरुका रदिफ चोर्नि  अरुले लेखेसि मात्रै लेख्नि जस्तो। तर नि ठिकै छ, पहिले लेख्दै नलेख्या भन्दा त राम्रै भा होला, कम्सेकम केहि लेखिंदै त छ।

त्यसैले लु गाम्ले अरु नि छिटो छिटो लेखम त, अनि बल्ल मेरो नि फुर्‍ने होला। बरु अहिले चाँहि एउडा कथा जस्तो केहि फुर्दै छ।

गालब, नेप्चे, सुन्तले, ग्वाँचे, चित्रेका रचनाहरु नि पढियो। नयाँ हो वा पुरानै शिकारी मीत्रको कविता नि पढियो। सबैका आ-आफ्नै शैली, आ-आफ्नै मीठास, बडो रमाईलो हुनि र'च यो महुसब।

लौ अहिलेलाई यतिनै, दिउंसो तिर आम्ला।
Last edited: 10-Sep-07 08:35 AM
Last edited: 10-Sep-07 08:41 AM

 
Posted on 09-10-07 7:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Antare ke cha? aaj kina dhilo ni
 
Posted on 09-10-07 7:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम् गाम्लेहरु।
के छ ताअाअाअाअाअाअाअाअाअाआ?
ठुली चिया खायौ?
सबैका रचना पढ्न न भ्याकोले केही भन्ने स्थिति न भएकोले धैर्य धारण गरि दिन हुन आग्रह गर्दछु। तारेमाम्।
 
Posted on 09-10-07 7:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एउडा कथा राख्लान र पडुम्ला भनेको हेरि नकचरो बिर्खे
जिम्माल्नीका ब्यथा राख्लान र पडुम्ला भनेको हेरि नकचरो बिर्खे

यस्तो बेलाँ नि गायब हुनि धकेल्दिउं कि भीर बाट?
नलि खुट्टो ठनक्कै होला के गरि बसेको हेरि नकचरो बिर्खे

वाँ भनि चर्क्या छ खुट्टो भन्दै दिनहुँ हल्ला गर्नि
चाउरी पर्‍या गाला नि सर्जरी गरार तरुनो बनेको हेरि नकचरो बिर्खे

काशी जानि बेलाँ नि अब बिहे गर्छु भन्दै हिंड्ने
लाज नभ’का असति, हेरन बे गर्नि पैसो गनेको हेरि नकचरो बिर्खे
Last edited: 10-Sep-07 07:42 AM

 
Posted on 09-10-07 7:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुलीले ठुल्दाईलाई न देखेको? चस्मा लगाउनु परो जस्तो छ।
अन्तरे, पूण्टेदा-ठुलदाई शिखरवार्ता अन्त्यन्त हांसोपूर्ण वातावरणमा सबै चौतारीबासीको कुरा काट्दै सम्पन्न भयो। पूण्टेदा चौतारीको शान आन हो भन्ने कुरामा कुनै मतभेद रहेन। निकै फरासिला, मिजासिला पूण्टे दा परिवार् सङ को भेट गर्नु नै पर्ने र अब लेट नगर्नु भन्ने सल्लाह दिन चहन्छु। तारेमाम्।
 
Posted on 09-10-07 8:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दाई र ठुली दुबैलाई नमस्कार। म त्यो माथिको लेख्दा लेख्दै ढिलो भो नि ठुली।

अनि ठुल्दाई तेसो भे गजब रह्यो New York भ्रमण? अब त्यो घनघस्याको उकालो काट्दा भन्या झैं ज्याक्सन हाईटका गल्ली चहार्दा भनेर लेखु परो नि त।

अनि हाम्रा आदर्णीय पुन्टेदाईलाई भेट्नै पर्नि भो तेसो भे? खै तो मीड् वेस्टाँ भा सुन्तले, कुन्नि कता भा रिट्ठे, केनडाँडाँ भा भउतेले निम्तो पाईसके, आफु नयाँ ओक्राँ बसाई भ'र नि निम्तो पाईएन त। आफैं मपाईँ हु'न भ'न। हुनता अहिले आफु नि केनडाँडा हो तर आ बेलाँ यसो भेटम् लौ है भन्दे त कति हुन्थो भन्नि कुरो नि एउडा। फिरि बुढाले मार्लान् तँलाई पातकी अन्तरे भनेर। यति राम्रो कालो जुल्फीमा रीस पोख्लान र आफ्नै जस्तो एयरपोट बनाईदेलान भन्नि डर बुढाले।

क्यारम् त नि यस्तो भो, अब आफू परियो अन्तरे लप्पन् छप्पन् जानिन्न।
 
Posted on 09-10-07 8:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:)
नमस्ते!
ठूली, तरकारी बेच्न हिडिसकेउ त?चम्चुरको साग छ तिम्रो पसलाआँ?;)

अन्तरे,'...मिस दिदीले लेख्नु भो नेपे दाईको "याद् आयो"लाई आधार मानेर .' मुलाइ मात्रै गाली ख्वाउने सुरसार त हैन भन्चु र।

mrhunter स्वागत छ है

राहुल्दा तारेमाम!!

'यस्तो बेलाँ नि गायब हुनि धकेल्दिउं कि भीर बाट?
नलि खुट्टो ठनक्कै होला के गरि बसेको हेरि नकचरो बिर्खे'


 
Last edited: 10-Sep-07 08:35 AM

 
Posted on 09-10-07 8:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सोमवारे जदौ!

ए राता मकै!! कहिले केइ नहुनि कइले चौतारिको पानो सार्दा सार्दा धम्कि निस्केला भन्ने डर गाँठे!

लु मजाले पढ्न बसेँ म पछि आउँला!

 
Posted on 09-10-07 8:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी हिरक महोत्सवमा सबैलाई फेरी स्वागत अभिवादन यो रिट्ठे को । अन्तरे अनी
नव आगन्तुक हन्टरे, ठुल्दाइ, ठुलि सबै लाई सोम्बारे जदौ मिस दिदी लाई पनि वालेकुम्-अस्लाम


 
Posted on 09-10-07 8:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आम्बो ब्यान्ब्यानै मिस सुड्डिले क्या खोक्स् देकोन्तहो। आफै पैला चोर्न सिकाउने अन्त दोष शुरुमा आफैंले पाउँछन्त हो।

लु मोइले नि माथि चेन्ज गोर्देन्त।
 
Posted on 09-10-07 9:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अनुराधा!  मलाई माफ गर, आज तिम्रो कथा भन्दै छु।
भाग २
अनुराधा र मेरो सम्बन्ध के थियो र के छ , पुरै कथा कसैलाई भनेको छैन। मम्मिलाई जो थाहा छ, त्यो पुरै होइन।
घर भाडिन्छ कि भन्ने डर सधैं हुन्छ मलाई। तर आज म भन्छु पूर्ण सत्य। बोर्ड फस्ट छोरी हो मेरो, बुझ्ने र बिष्लेषण गर्ने क्षमतामा छ तिमीमा।
आज बिसौं बर्ष देखि यो सत्य कसैलाई न भन्नु भन्ने कसम खुवाएकी थीइ अनुराधाले। आज त्यो कसम तोड्दै छु।
अनुराधा! मलाई माफ गर, आज तिम्रो कथा भन्दै छु।




ट्याक्सी घर छेउमै रोकियो । छोरी अब ड्रेस चेन्ज गरौं अनि चिया खांदै" अनुराधा " भनौला हुन्न ?
छोरीकोले बाबाको कुरा हुन्न भन्न जानेकै छैन र भावबिभोर् भएर टाउको मात्र हल्लाई।
सन्चो न भएकीले बिनोती निदाइ सकेकीले मलाई केही सजिलो भए जस्तो लाग्यो। हुन त अनुराधा बिनोतीको लागि पनि खुल्ला किताब सरि नै थिई। तै पनि प्रसंग र बिषयनै अलि असहज हुन्थो नै।
चिया पकाई मेरो अध्ययन कक्षमा भेला हुने संकेत गरें।
खाना खाइसके पछि चिया खानै पर्ने अनौठो बानी मेरो। छोरीको हातको चिया, स्वादले भन्दा पनि स्नेहले मीठो हुने हुन्छ।
'चिया तयार भो ड्याडी'
"अब सुनाइस्योस् कथा अनुराधाको"
भाषा र शैली नक्कल गर्छे अचेल मेरो।
लौ सुन कथा अनुराधाको-
अनुराधा संग मेरो कस्तो कुन किसिमको संबन्ध थियो-थिएन,छ छैन तिमी आफै निर्क्यौल गन सक्छौ, यो कथा सुने पछि।
अनुराधा, मेरो बाल्यकाल देखिको सहपाठी।
मैले कक्षा १ पढ्दा देखि चिनेको, देखेको।
निकै जेहेन्दार र प्रतिभाशाली छात्रा।
एक् कक्षा देखि लगातार प्रथम भएकी ७ सम्म। हामी सम्पूर्ण सहपाठीहरु उनको प्रतिभा संग नतमस्तक थियौं। म त क्लास भरिका डेन्जर जोन मा पर्ने, नितान्त कमजोर् र गुमनाम थिएं।
आफू पढाइमा कमजोर भएर हो कि अथवा अलि भावुक भएर हो कि पढ्ने होनहार मित्रहरुमा मेरो आदरयुक्त संबन्ध हुन्थ्यो। मनको कुनामा त्यो बार्षिक उत्सबमा दिइने पुरस्कार आफुले नि थाप्न पाए हुन्छ जस्तो लाग्थ्यो।
५-६ पढ्दा अलि पढाईमा राम्रो जस्तो के भाथ्यो, गरिबी माथी आपत्तिले नमीठो लात हान्यो। भात जोड्न पनि गाह्रो भयो।
"यो कथा त मैले पहिले नै भनी सकें नि याद होला नि?"
""हो ड्याडी याद छ, अहिले पनि पढ्ने गर्छु, पिताजीको सुनको तक्मा, साझा ब्लग मा, प्रेरणाको पुन्ज हो त्यो।"
(http://sajha.com/guild/read.cfm?guildid=440, http://sajha.com/guild/read.cfm?guildid=441)
फेरि अगाडि बढें।
त्यो स्कूलमा पढ्ने अधिकांस बिद्यार्थीहरु त्यही टोल् वरिपरिका नै हुन्थे। अनुराधा पनि हाम्रै टोलका।
एउटै क्लासका।
तै पनि कुनै खास संबन्ध थिएन। मात्र मेरो लागि फस्टगर्ल, भयन्कर पढन्चे।

७ सम्म पुरानो टोलको स्कूलमा पढियो, कहिलेइ स्याबासी पाउने बिद्यार्थी हुन सकिन। अनुराधा हमेसा झै पहिला नै भइन।
अब माध्यमिक तह पढ्न अर्को स्कूल भर्ना हुने क्रममा परम्परा अनुसार बिश्वनिकेतन जाने मैले नि निधो गरेको थिएं। दाइले अन्तै भर्ना गरिदिने सूर कसे नि मैले त्यो स्कूल झूर छ भनेर बिश्व निकेतन रोजें। संयोग बस भर्ना हुने क्रम:मा मैले आफ्नो नाम दर्ता गराउंदा म भन्दा ठिक अगाडी अनुराधा भर्ना भएकी । मलाई थाह थिएन।
नयाँ स्कूल नयाँ साथीहरु, अनि पुराना केही मित्रहरु। पहिलो दिन को पहिलो हाजिर् पछि थाहा पाएं अनुराधा ७२, म ७३ रोल क्रम मा।
पाप न लुकाई भन्नु पर्छ, मैले। म अलिकति यसमाने मा खुशी थिएं कि हाम्रो स्कूलको सबै भन्दा पढ्न सक्नेको पछाडी बसेर जाँच दिंदा म जस्तो चानचुने स्टुडेन्टलाई बम्पर् उपहार परे जस्तो हुने भो भनेर।
भयो त्यसतै। त्रैमासिक परीक्षाहरु देखि फाइनल सम्म जांचको सीट प्लानमा म उन्कै पछाडी परें। मैले "अनु" ( सबै जनाले नौ मात्र भन्ने गर्थे अनुराधालाई), मलाई त्यो आएन देखाउ न भन्थें। देखाउंथी, म सार्थें।
के गर्नु, भात जोड्ने उपक्रममा पढ्ने फुर्सद बिरल्लै पाउनु अनि त्यसमाथी महा गोबरगणेश मार्का बिद्यार्थि। सार्नै पर्यो। चीट चोरेको चाहिँ होइन नि फेरि।
छोरी हास्छे, एकै छिन।
यस्तो मार्मिक कुरालाई नि कति सहज पाराले भनिसिन्छ, ड्याड्डिले।
"यो सबै तिम्रो मम्मिको कमाल् हो"
अर्को कुरा त्यो क्लास भरि बिभिन्न स्कूलबाट प्रथम द्वीतिय भएर आएका होनहारको भरमार उपस्थिती थियो। तर ती मध्ये "अनु" लाई नै सबै मास्टरहरुले प्रथम हुने भबिष्यबाणी गरेका थिए।
रिजल्ट भो। अचम्म भो। "अनु" यसपल्ट प्रथम भइनन्।
क्रमश:

Last edited: 10-Sep-07 09:03 AM

 
Posted on 09-10-07 9:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नव आगन्तुक हन्टरे

हन के सारो न्वारन गर्न जान्नि यो रिट्ठे? सुन्तले, माकुरे नि रिट्ठेले गर्‍या हैन भन्या? अनि के छ त रिट्ठे आजको पिलान?

लु आयो बल्ल ठुल्दाईको कथा ढ्यान्टर्‍यान...... पढ्न बसें म त।
 
Posted on 09-10-07 9:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ह्या यो झ्याउ भो..... सस्पेन्स माथि सस्पेन्स ठुल्दाई। खुरुक्क सप्पै एकै चोटि राख्नुस् त
 
Posted on 09-10-07 9:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दाइ को "मलाई माफ गर अनुराधा भाग -२" भ्याइसके । मार्मिक कथा, सरल भाषा, उप्युक्त शब्द, १० आउट अफ १०
अनी हन्टरेलाई हन्टरे नभनी के भन्ने ए अन्तरे?
मेरो गाथामi धेरै ब्यथा नभये पनि नट एज गूड् एज यू
 
Posted on 09-10-07 9:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सस्पेन्स माथि सस्पेन्स ठुल्दाई। ठीक छ ठीक छ, अझ रोमान्चक, सन्सनीपूर्ण बनोस


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
मन भित्र को पत्रै पत्र!
TPS Work Permit/How long your took?
Another Song Playing In My Mind
Does the 180 day auto extension apply for TPS?
Travelling to Nepal - TPS AP- PASSPORT
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters