[Show all top banners]
Replies to this thread:

What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ चौतारी ५१ ~

[Please view other pages to see the rest of the postings. Total posts: 630]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE
[VIEWED 166914 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 32 pages, View Last 20 replies.
Posted on 04-07-07 1:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ चौतारी ५१ ~






 



सयौं थूंगा फूलका हामी,
एउटै माला नेपाली

सार्वभौम भइ फैलिएका, मेची-महाकाली ।




प्रकृतिका कोटी-कोटी सम्पदाको आंचल

वीरहरुका रगतले, स्वतन्त्र र अटल




ज्ञानभूमि, शान्तिभूमि तराई, पहाड, हिमाल

अखण्ड यो प्यारो हाम्रो मातृभूमि नेपाल ।




बहुल जाति, भाषा, धर्म, संस्कृति छन् विशाल

अग्रगामी राष्ट्र हाम्रो, जय जय नेपाल ।










उ को हो म को हो यो जात्रामा

पुरानो हाम्रो चिनजान तर
भेट हुन्छ अनि बिदाई पनि यात्रामा
गन्तब्य काँ हो के ठेगान छ र
आउ ओभाउ पसीना आफ्नै हो फलैंचा
आफ्नै हो चौतारी, आफ्नै हो बगैंचा
आऊ समाहित होउ
मायामा, अनि सदभावको प्यालाहरु,
थप्दैजाऊ हरेकले आ-आफ्नो भावनाहरु
निभ्नै नपाओस यो पानस
थपिरहू यस्तै नै कामना-रुपी तेल
थोपाथोपा बलिरहोस
अनन्तसम्म अक्षुण्ण 'दिप' भएर
हाम्रो चौतारी'!


 

Chautari (Chow-tar-ee)
:
(World's first and finest
internet IMPROV in Nepali language)






 





Running for 590 days (as of 04-07-07) since 7 Sept 2005 with more than 18,600 messages in a total of 50 editions




Meet the world's finest school
teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers,
vacationing revolutionaries, rethinking moderates, instant poets, gifted
story-tellers, smokers, alcoholics, workaholics, home-makers, pretty
damsels, fierce contenders,homelanders, laa-hoo-rays, all on the stage of
Chautari of Sajhaland.

 




सधैंका झैं यस संस्करणमा
पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल
बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो,
Nepesahila
- साहिंला, Poonte - पून्टे दाई, पून्टेदा, Kick -
काका, GautamB. - गोताएँ, गोतामे ज्यू, Shree5 - सिरे, Bhaute
- भउते, भौतेकाजी, Nepalean - नमे, Amazing - झिल्के,
Sandhurst_Lahure
- लाहुरे जेठा, Camoflaged - कुम्ले, Miss_me -
मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty - सान्नानी, Uptowngal
- ठूल्नानी, ठूली, Tyra - तितौरी, तिरू, Nirman - निरे, Ruina
- रूइना, Matrix_rose - पुष्पपुरी, Ocean - मुन्द्रे, Lau_ta_lau
- लाले, Bostonian_nepali - बेंसीथाने नेपाली, Sano_kanchha -
सान्कान्छा, Ishwor - ईश्वर, Floraj - फुलौरे, ज्योतिष महाराज,
World_map
- चित्रे, Echoes - धने, Dalli_Resham - डल्ली फुपू,
Subha - सुभे, शुभ दिदी, Chipledhunga - चिप्ले, Foe_4_Misty
- मिस्टे, Gwanche - ग्वाँचे, Sajha_user - सन्जु, Vata-ta-ta
- भट्टे, Gaalab - गाले, Lootekukur - लुते, Sherpini -
शेर्पिनी, Ma_chameli - चमेली, Ramkisne - रामकिस्ने,
Nepal_ko_chora
- नेप्चे, Cerine - सेरू, Yahoooo - यामे,
Harke_kailo
- काहिंला, Nails - चरिनंग्रे, Bob_dai - बबे दाई,
Deep - दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa
- माने, Kalankisthan - कैले , Hetterika!! - हरि, Regal -
राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai -
राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना
- ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh -
सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu - नानु,
dilute
- दिले, rajaharischandra - हरिश, chana_tarkari - चने,
nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande
- पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple -
थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap
- ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar
- खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली आदि
चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।



 


 
Posted on 04-11-07 2:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुम्ले भाई, हाम्रो बुइनी लाई जिस्काउनु भएन नि, भाउजुलाइ खबर गर्देम ? कुमुल्वा पनि पूण्टे दा कै समूह मा पुग्ने हुन्छ ।
भर्खर ब्या भाको लाई एक पटक भाउजु-बुहारी को मुख हेरेर माफ गरी देउ, ठुली ।
 
Posted on 04-11-07 2:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राहुल दाइ उफ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ हजुर ले उस्को कान निमतिदिनुस् न पहिला अनि माफ गरिदिम्ला
 
Posted on 04-11-07 2:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बाफ रे !!! थुलि को हल्ला तल बेंसि सम्मै सुनियो, के भो? लु ठुल्दाइ फकाउन आएछ । हैन के भएछ भनेर धुँइपत्ताल खोज्दा नि केहि पत्तो लागेन - लगाउन सकिएन भनम न । कुम्ले ले थुलि मक्ख परेको देखेरै मक्ख पर्यो भन्यो होला के रे, त्याँट बढी केहि भने जस्स त लाएन के रे - त्यत्तिकैमा १०० डिग्रि त नपुउनु पर्नि ।

चित्रेलाइ यो नरकलोकाँ स्वागत, वरिपरि ठगहरु देखि होशियार ।

दुर्गे - (हे हे कस्तो नाउँ दुर्गे - दुर्गे भन्दा एउटा कुरो याद आयो - ठट्यौलिमा दुर्गेलाइ मुर्गे भन्दा पो मज्जा होला जस्तो छ :P) कथा को अर्को भाग आउदैछ, चक्का जाम भएकोले हिनेर आउदैछ क्या ।

इशे - भउते बे अर्न गा' भन्थो त । संविधान सभाओ चुनाउ पर्चार अर्न पो गा'? लु कत्यौटा करङ भाँच्चियो भन्दै आउने भो अब त्यो ।
 
Posted on 04-11-07 3:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चने के छ हाल खबर ? अब मेरो कथा मा बिश्व निकेतन को कहाँनी आउंदै छ ।( बिज्ञापन गरेको क्या) ।
 
Posted on 04-11-07 3:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दाइको कहानीलाइ क्यार्न बिग्गेपन चाइयो?

गर्भैमा सिक्यो खुकुरी चलाउन
परदैन बनको काँडालाइ तिखार्न

हालखबर ठीकै छ । खै कहिले आउनि हो यतातिर ? दिनांक मिलो ? खबर पाम ।
 
Posted on 04-11-07 4:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन यो चनाले किन मलाई मुर्गे भनेको ह ?

दुर्गेको शक्ति कतिको छ भन्ने बालाकालमा किताबा पढेको बर्स्योकि के हो?

कुम्ले हाम्री ठुलिलाई धेरै नजिस्काउ है भन्द्या छ
 
Posted on 04-11-07 4:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ सुन म भन्छु, मेरो दु:ख को कहाँनी ।

"पिताजी को सुनको तक्मा" -भाग ५

हाम्रा पूरानो स्कूल का दिग्गझरु सँग खास् खुस् गरियो, अहं पत्ता लागेन । ती मध्य अंग्रेजीमा विद्वान कहलिने झा थर का मित्र ले यस्को समाधान निकाले । हरेक कृया (verb) मा एस्(s) थप्ने ।
बडो बिजयि भाव मा हरेक कृयामा एस् थपेर नेगटिभ सेन्टेन्स् बनाएर आइयो ।



लड्डु नै भए पनि म जस्तै धेरै ले नेगटिभ सेन्टेन्स् भन्ने कुना चरो को नाम थाहा न पाएको आबेदक हरु भए पछी भर्ना लिनै पर्यो। आठ् मा ठाँट साथ भर्ना भइयो। नया स्कूल, नया वातावरण, प्रदुशण रहित बागमती को पबित्र किनार थियो, बिश्व निकेतन। आधा जसो साथि भने पुरानै थियो, त्यसैले खासै घुलमिल हुन गाह्रो भएन।
बिश्व निकेतन प्रबेश पछि म मा अचनक धेरै परिवर्तन् देखिए। हाइट् पनि हर्लक्क बढेर साढे पाँच फिट भए छ। शायद् ४० किलो को हुंदो हो, बुख्याँचा जस्तो। अझ भनुम्, सिन्का जस्तो। तर हाइट् ले गर्दा हो कि के ले गर्दा को सत्र को सुरु मै खैरे खैरे जस्तो अनुहार् भाको जय प्रकाश् सर् ले हल्ला ब्यबस्थापन गर्न मनिटर् नियुक्त गरि हाले। राहुले त मख्ख।पहिला पहिला त किलासका फस्ट हुने स्वत्: मनिटर हुन्थे । लड्डु राहुले मनिटर्- घिरौला जत्रो नाक भो । मनिटर भएको केही दिन मै, बिद्रोह भयो । क्लास टिचरलाई उजुरी हाले छ, बिना केही आधार मनिटर बनाएको ले हटाउनु पर्‍यो रे । लौ खत्तम्, मनिटर भएर दण्डा घुमाएको अलि बढी भए छ क्या र । क्लास टिचरले अब चुनाव गराउने भयो । किन छोड्नु आफुले पाएको पद भनेर्, उम्मेदबार बनियो । ७ जना थिए क्या र, राहुलेलाई को टक्कर दिन । १ दिन को प्रचार को टायम का साथ जिन्दगी मा पहिलो चुनाव लडियो ।
महिला साथी हरु म प्रती बढी नै मेहरबान भए छ, अत्याधिक मत ले मनिटर चुनिएं । ४ जना को त जमानत नै जफत भयो ।

अंग्रेजी मा मात्र लड्डु भन्थानेको त नेपाली त महा लड्डु रहेछु । आफ्नो नाम समेत अशुद्ध लेख्ने गर्दो रहेछु अहिलेसम्म । नेपाली पढाउने सम आदर्णिय मिस्, मन्जु अधिकारि ( राष्ट्र कबी, माधव घिमिरे ज्यु का सुपुत्री)
ज्युले तेरो नाम नै अशुद्ध छ, तैले हामी पानी जस्ता सामान्य शब्द नै ह्रस्व लेख्छस्, कसरी एस् एल सी पास् गर्छस्, भनेर नराम्रो झापड दिनु भयो । हुन पनि यो राहुले ले जिन्दगी मा सिरियस् भएर पढेको कहिलेइ थिएन । सधैं हात मुख जोडने कर्म मा लागेको मान्छे । एक मन लाग्यो, अब म पढ्न सक्दिन होला, केही थाहा रैन छ । नेपाली त त्यस्तो झूर , अंग्रेजी त केही आउने होइन । पढेर न खाने रैछ । अब उहि औठिं बनाएर नै बस्नु पर्ला । अर्को मन ले भन्यो"होइन, त्यस्तो दु:ख मा त हरेश न खाई आज यहाँ सम्म आइपुगियो, किन प्रयास न गर्ने?"
हो त नि चरेश खानु तर हरेश न खानु भन्ने उक्ती संझे । नेपाली क ख देखि ह्रस्व दीर्घ के हो सिक्दै गएं । मिस् समक्ष आफ्नी सिक्ने चाहना पोखें । मिस् ले सिकाउदै जानु भयो । क्रमश्: दिन् दुइ गुना रात् चौगुणा भने जस्तो सुधार् हुदै गयो। उता घरमा पिता जी स्वास्थ् जस्तै।
अंग्रेजी मा पनि आधारभूत ब्याकरण देखि सिक्दै गएं। आदर्णिय के बी महर्जन, भूपाल लामिछाने र हेड सर् गम्भिरमान मास्के ज्यु ले यस्तरि अंग्रेजी सिक्ने बाटो देखाइ दिनु भयो कि ६ महिना न बित्दै अंग्रेजी त बुझे बुझे जस्तो भयो। केहि वाक्य लेख्न सक्ने भयो।
त्यति बेला भित्ते पत्रीका निकाल्ने चलन् थियो।
कक्षा आठ् को पनि ३ सेक्सन् थिए। हामीलाई भित्ते पात्रो निकाल्न भन्नु भयो मन्जु मिस् ले र मलाई प्रधान् सम्पादक नियुक्त गर्नु भयो। ( मन् मनै- नाम समेत् शुद्ध न लेख्ने सम्पादक)
लेख रचना साप्ताहिक रुपमा हात ले लेखेर टास्नु पर्थ्यो। अनि भाषा शुद्ध न लेखी धरै भएन। अक्षर पनि क्षर जस्तो थियो। इज्जत को लागि भए नि सुन्दर् बनाउन लागि परियो। यसरि बाध्य भएर पनि होला, भाषा मा सुधार तिब्र गति मा भयो। लेखन मा मात्र होइन, बोली मा पनि सुधार् भयो। पहिला को स्कूल् मा पाढाउने नि नेवार्, पढ्ने नो नेवार्। नेपाली त बिरलै बोलिन्थ्यो। सहपाठि मारवाडि र २-३ जना ब्राम्हण हरु पनि नेवारि नै बोल्थे। टोल् छिमेक् मा नेपाली बोल्ने त "बाल्टीन" बालेर खोज्नु पर्थ्यो।

२ ओटै त्रैमासिक परिक्षामा अपेक्षाकृत राम्रो अंक आए छ। कक्षा भरि को १०३ बिद्यार्थिमा लगभग ८ जना जति कुनै न कुनै स्कूल बाट् फस्ट् भएर आएका, १५ जना जति सेकेण्ड् भएका थिए। आफु पुछार् बाट् राम्रो अंक ल्याउने म परिए पनि, अब ती फस्ट् हुने हरुलाई पछार्न सक्छु कि जस्तो लाग्यो।
फाइनल नि सकियो। राम्रो नै भयो। अब छैथौं सातौं इन्द्रयीले के जनाउ दिए भने"राहुले तं नै फस्ट् हुन्छस्" । सपना देख्न ठाले, फस्ट् भएको।
रिजल्ट् हुने केहि दिन अगाडि घरमा काम गर्दै थिएं। दाइ ले अचानक सोध्नु भयो"तेरो रिजल्ट् कस्तो हुन्छ?" जिन्दगि मा पहिलो पल्ट कसैले मेरो पढाइ को बारे मा म सँग सोध खोज गरेको थियो । मैले नि अलि घुमाउरो पारा ले जवाफ फर्काएं ।
"राम्रो भएको छ तर।।।।।।।।।।।"
तर के? दाई को प्रश्न को जवाफ मा मैले नि प्रश्न नै तेर्साएं । "म यसपाली फस्ट भएं भने के दिनु हुन्छ?" यस्तो हावादारी कुरा सुनेर हास्नु भयो र भन्नु भयो"तं जस्तो लड्डु फस्ट हुनै सक्दैन, ल भए छ भने तैले जे भन्छ त्यही किनी दिन्छु" । त्यसो भए मलाई एक जोर नयाँ लुगा किनी दिनु पर्छ साथमा एउटा जाकेट पनि भनेर भने । दाइ ले यो लड्डु ले दिउसै सपना देखे छ भनेर ल ल पहिला मार्कसीट ल्याउ अनि सपना देख भनेर भने ।
अनि त्यो दिन पनि आयो, रिजल्ट नि आयो । राहुले बेहोस्।।।।।।।।।। । ।
क्रमश:
 
Posted on 04-11-07 4:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

sorry hai . font gadbad bhayo. ahile time chhaina. bhare milaaula.
sorry.
 
Posted on 04-11-07 9:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ सुन म भन्छु, मेरो दु:ख को कहाँनी ।

"पिताजी को सुनको तक्मा" -भाग ५

हाम्रा पूरानो स्कूल का दिग्गझरु सँग खास् खुस् गरियो, अहं पत्ता लागेन । ती मध्य अंग्रेजीमा विद्वान कहलिने झा थर का मित्र ले यस्को समाधान निकाले । हरेक कृया (वेर्ब्) मा एस्(स्) थप्ने ।
बडो बिजयि भाव मा हरेक कृयामा एस् थपेर नेगटिभ सेन्टेन्स् बनाएर आइयो ।



लड्डु नै भए पनि म जस्तै धेरै ले नेगटिभ सेन्टेन्स् भन्ने कुन चरो को नाम थाहा न पाएको आबेदक हरु भए पछी भर्ना लिनै पर्यो। आठ् मा ठाँट साथ भर्ना भइयो। नया स्कूल, नया वातावरण, प्रदुशण रहित बागमती को पबित्र किनार थियो, बिश्व निकेतन। आधा जसो साथि भने पुरानै थियो, त्यसैले खासै घुलमिल हुन गाह्रो भएन।

बिश्व निकेतन प्रबेश पछि म मा अचनक धेरै परिवर्तन् देखिए। हाइट् पनि हर्लक्क बढेर साढे पाँच फिट भए छ। शायद् ४० किलो को हुंदो हो, "बुख्याँचा" जस्तो। अझ भनुम्, सिन्का जस्तो। तर हाइट् ले गर्दा हो कि के ले गर्दा को सत्र को सुरु मै खैरे खैरे जस्तो अनुहार् भाको जय प्रकाश् सर् ले हल्ला ब्यबस्थापन गर्न मनिटर् नियुक्त गरि हाले। राहुले त मख्ख। पहिला पहिला त किलासका फस्ट हुने स्वत्: मनिटर हुन्थे । लड्डु राहुले मनिटर्- घिरौला जत्रो नाक भो । मनिटर भएको केही दिन मै, बिद्रोह भयो । क्लास टिचरलाई उजुरी हाले छ, बिना केही आधार मनिटर बनाएको ले हटाउनु पर्‍यो रे । लौ खत्तम्, मनिटर भएर दण्डा घुमाएको अलि बढी भए छ क्या र । क्लास टिचरले अब चुनाव गराउने भयो । किन छोड्नु आफुले पाएको पद भनेर्, उम्मेदबार बनियो । ७ जना थिए क्या र, राहुलेलाई को टक्कर दिन । १ दिन को प्रचार को टायम का साथ जिन्दगी मा पहिलो चुनाव लडियो ।
महिला साथी हरु म प्रती बढी नै मेहरबान भए छ, अत्याधिक मत ले मनिटर चुनिएं । ४ जना को त जमानत नै जफत भयो ।

अंग्रेजी मा मात्र लड्डु भन्थानेको त नेपाली त महा लड्डु रहेछु । आफ्नो नाम समेत अशुद्ध लेख्ने गर्दो रहेछु अहिलेसम्म । नेपाली पढाउने सम आदर्णिय मिस्, मन्जु अधिकारि ( राष्ट्र कबी, माधव घिमिरे ज्यु का सुपुत्री)
ज्युले तेरो नाम नै अशुद्ध छ, तैले हामी पानी जस्ता सामान्य शब्द नै ह्रस्व लेख्छस्, कसरी एस् एल सी पास् गर्छस्, भनेर नराम्रो झापड दिनु भयो । हुन पनि यो राहुले ले जिन्दगी मा सिरियस् भएर पढेको कहिलेइ थिएन । सधैं हात मुख जोडने कर्म मा लागेको मान्छे । एक मन लाग्यो, अब म पढ्न सक्दिन होला, केही थाहा रैन छ । नेपाली त त्यस्तो झूर , अंग्रेजी त केही आउने होइन । पढेर न खाने रैछ । अब उहि औठिं बनाएर नै बस्नु पर्ला । अर्को मन ले भन्यो"होइन, त्यस्तो दु:ख मा त हरेश न खाई आज यहाँ सम्म आइपुगियो, किन प्रयास न गर्ने?"
हो त नि चरेश खानु तर हरेश न खानु भन्ने उक्ती संझे । नेपाली क ख देखि ह्रस्व दीर्घ के हो सिक्दै गएं । मिस् समक्ष आफ्नी सिक्ने चाहना पोखें । मिस् ले सिकाउदै जानु भयो । क्रमश्: दिन् दुइ गुना रात् चौगुणा भने जस्तो सुधार् हुदै गयो। उता घरमा पिता जी स्वास्थ् जस्तै।
अंग्रेजी मा पनि आधारभूत ब्याकरण देखि सिक्दै गएं। आदर्णिय के बी महर्जन, भूपाल लामिछाने र हेड सर् गम्भिरमान मास्के ज्यु ले यस्तरि अंग्रेजी सिक्ने बाटो देखाइ दिनु भयो कि ६ महिना न बित्दै अंग्रेजी त बुझे बुझे जस्तो भयो। केहि वाक्य लेख्न सक्ने भयो।
त्यति बेला भित्ते पत्रीका निकाल्ने चलन् थियो।
कक्षा आठ् को पनि ३ सेक्सन् थिए। हामीलाई भित्ते पात्रो निकाल्न भन्नु भयो मन्जु मिस् ले र मलाई प्रधान् सम्पादक नियुक्त गर्नु भयो। ( मन् मनै- नाम समेत् शुद्ध न लेख्ने सम्पादक)
लेख रचना साप्ताहिक रुपमा हात ले लेखेर टास्नु पर्थ्यो। अनि भाषा शुद्ध न लेखी धरै भएन। अक्षर पनि क्षर जस्तो थियो। इज्जत को लागि भए नि सुन्दर् बनाउन लागि परियो। यसरि बाध्य भएर पनि होला, भाषा मा सुधार तिब्र गति मा भयो। लेखन मा मात्र होइन, बोली मा पनि सुधार् भयो। पहिला को स्कूल् मा पाढाउने नि नेवार्, पढ्ने नो नेवार्। नेपाली त बिरलै बोलिन्थ्यो। सहपाठि मारवाडि र २-३ जना ब्राम्हण हरु पनि नेवारि नै बोल्थे। टोल् छिमेक् मा नेपाली बोल्ने त "बाल्टीन" बालेर खोज्नु पर्थ्यो।

२ ओटै त्रैमासिक परिक्षामा अपेक्षाकृत राम्रो अंक आए छ। कक्षा भरि को १०३ बिद्यार्थिमा लगभग ८ जना जति कुनै न कुनै स्कूल बाट् फस्ट् भएर आएका, १५ जना जति सेकेण्ड् भएका थिए। आफु पुछार् बाट् राम्रो अंक ल्याउने म परिए पनि, अब ती फस्ट् हुने हरुलाई पछार्न सक्छु कि जस्तो लाग्यो।
फाइनल नि सकियो। राम्रो नै भयो। अब छैथौं सातौं इन्द्रयीले के जनाउ दिए भने"राहुले तं नै फस्ट् हुन्छस्" । सपना देख्न थाले, फस्ट् भएको।
रिजल्ट् हुने केहि दिन अगाडि घरमा काम गर्दै थिएं। दाइ ले अचानक सोध्नु भयो"तेरो रिजल्ट् कस्तो हुन्छ?" जिन्दगि मा पहिलो पल्ट कसैले मेरो पढाइ को बारे मा म सँग सोध खोज गरेको थियो । मैले नि अलि घुमाउरो पारा ले जवाफ फर्काएं ।
"राम्रो भएको छ तर।।।।।।।।।।।"
तर के? दाई को प्रश्न को जवाफ मा मैले नि प्रश्न नै तेर्साएं । "म यसपाली फस्ट भएं भने के दिनु हुन्छ?" यस्तो हावादारी कुरा सुनेर हास्नु भयो र भन्नु भयो"तं जस्तो लड्डु फस्ट हुनै सक्दैन, ल भए छ भने तैले जे भन्छ त्यही किनी दिन्छु" । त्यसो भए मलाई एक जोर नयाँ लुगा किनी दिनु पर्छ साथमा एउटा जाकेट पनि भनेर भने । दाइ ले यो लड्डु ले दिउसै सपना देखे छ भनेर ल ल पहिला मार्कसीट ल्याउ अनि सपना देख भनेर भने ।
अनि त्यो दिन पनि आयो, रिजल्ट नि आयो । राहुले बेहोस्।।।।।।।।।। । ।
क्रमश:
 
Posted on 04-11-07 10:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

उपस्थित सबैलाइ तारेमाम, नमस्ते !!
राहुल दा को Katha ramro chha.
Aba chilim ko kura pani aaula, vag-6 or 7 tira


Jai Nepal
 
Posted on 04-11-07 10:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राहुलजी मर्मिक लेख रचना पस्किनुभएकोमा धेरै धन्यवाद । तपाईंको काम प्रसम्सानीय छ । आशा छ तपाईं नै क्लास् म प्रथम हुनु भयो होला ।
आफुलाइ त रह्सो दिर्ग भनेको कहिले नि थाहा भएन जे पि टि लेखेर पास्स् भैयो।
अनि सम्पूर्ण चौतारीबसिलाई नव बर्ष को शुभकामना ।
 
Posted on 04-12-07 2:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बर्दरहरु,
धेरै पछि जदौ भन्न टुपुक्क झुल्क्याछु।
राहुलजी मर्मिक लेख रचना पस्किनुभएकोमा धेरै धन्यवाद ।
अनि सम्पूर्ण चौतारीबसिलाई नव बर्ष को शुभकामना ।
 
Posted on 04-12-07 7:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ!!

राहुलदाई अझै बेहोस हो कि अरु नि लेख्ने? हे हे हे!! पक्कै टपर होला नि हाम्रो राहुलदाई।

ए ठुली!! लौ किन रिसाएकी त्यसरी? अब त्यस्तो मख्ख परेर गीत गुन्गुनाउदै चौतारीमा आएपछि "ठुली किन मख्ख परेकी रहिछ?" भनेर जस्ले नि सोच्छन् नि, हैन र? मख्ख परेर आएको मान्छेलाई "किन मख्ख पर्यौ?" भनेर सोध्न नि नमिल्ने भयो हैन त? हे हे हे!! अब हामीपनि मख्ख पर्न मिल्छ कि भनेर सोधेको नि। गालामा प्याट्ट थप्पड लगाउने रे!! हा हा हा!! अब चाँहि ठुलीले नि भेट्ने भयो के यो कुम्ले को हातबाट!! :डि (नरिसाउ है ठुल्बुइनी!!)

सबै गाउँले दाजुभाई तथा दिदीबहिनीहरुमा यो सोझो कुम्लेको प्रभातकालिन अभिवादन!!

बर्दरहरु, जदौ यो बिर्खे जिम्मालको!!

:-)
 
Posted on 04-12-07 7:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते गाम्ले साथीहरु हो ।
सबै कुम्ले कै पार्ती लेने मेरो पार्ती लिने चै कोही छैन । हैन यही बेला हाम्रो पून्ते दाइको रुघा खोकी निको हुनु पेर्ने :प । एउटा पून्ते दाइ मात्रै हुनु हुन्छ मला माया गेर्ने ।
चना व्हेरे आर यु फ्रम ?
दुर्गे धन्यवाद ।
 
Posted on 04-12-07 7:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सोझो कुम्ले रे खित खित खित
 
Posted on 04-12-07 7:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ गाम्लेहरु!!

ठुली म लिइ हाल्छु नि तिम्रो साइड, अब कुम्लेलाई भेट्ने बित्तिकै गालि गरुम्ला है :-)

ठुल्दाइ अब चैं टप गर्न ला जस्ता छन, हाल्टीन नचाहिने होला। आज किरकेटको के बिचार छ नि, खै ग्वाँचे, नेप्चे कता लाए कुन्नी। लँकाको पँखाहरु, चौतारीमा आउनु पर्यो!

रामचन्द्रेको छाता साता पनि उखेलीसक्या हो क्या हो, यता त देखिनै छोड्यो। (फेरी यत्रो दिन भो गाम्लेहरुले सम्झेनन भनेर चित्त दुखाउला भनेर नि)

सबै गाउँले दाजुभाई तथा दिदीबहिनीहरुमा यो सोझो कुम्लेको प्रभातकालिन अभिवादन!!

बर्दरहरु, जदौ यो बिर्खे जिम्मालको!!

:-)
 
Posted on 04-12-07 8:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौन हाम्रो राहुल लाइ के भो । लौन गाम्ले हूऊओ झतै आउनुपरो । doctorनि साहेब लाइ भोलाउनु पर्यो।

हरि हाउ आर् यु? चिया पियौ।
 
Posted on 04-12-07 8:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते गाम्लेहरू!!!

के छ हालखबर? राते, कुम्ले, भट्टे, कुम्ले, हरि, ठुली के छ? म चिया पिउँदैछु.

तपाइहरूको चिया प्युनार भो?
 
Posted on 04-12-07 8:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ह्यालो यभ्रीवन्! :D

पिन्सिन बाँड्न आ'को गोरा सापसंग धेर थोर औंरेजी सिकेर बुढेसकालैं भे' नि पेल्दि'हालेको हाम्ले नि! लु जा!

टेक केयर!
सि यू लेटर, एलिगेटर!
आई यम् बिजी वीथ वर्क।
डलर प्रिन्टिङ्, नो ट्याम् चौतारी भिसिटिङ्!

माई वासरवुमान्स् टोर्न पेटिकोट्स् प्रोमिस!

:p ;) :D
 
Posted on 04-12-07 9:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ न नि, जिम्माल बा ले कति राम्रो नाम राखिदिनु भएछ नि मेरो 'फ्यान्ते' भनेर । सबैलाइ मेरो नमस्कार छ है, आज एउटा गीत गाउन मुन लाग्यो मलाई यो चौतारीमा ।
चौतारीमा बसेर रुन पाउ
मनको कुरा आसुले धुन पाउ
धुखियाको के थर के गाउ,
मनको कुरा आसुले धुन पाउ,

यो गीत कसै सङ छ भने टासौन येहा गाम्ले साथि हो। सार्है सुन्न मन छ के मलाइ अरुना लामा दिदि को यो गीत।
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
Lets play Antakshari...........
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
शीर्षक जे पनि हुन सक्छ।
What are your first memories of when Nepal Television Began?
[New post] Why Would Krishna Have To Run From The Battlefield
Sajha Poll: नेपालका सबैभन्दा आकर्षक महिला को हुन्?
ChatSansar.com Naya Nepal Chat
is Rato Bangala school cheating?
Why always Miss Nepal winner is Newari??
NRN card pros and cons?
Basnet or Basnyat ??
पुलिसनी संग - आज शनिवार - अन्तिम भाग
निगुरो थाहा छ ??
Nas and The Bokas: Coming to a Night Club near you
श्राद्द
TPS Re-registration
सेक्सी कविता - पार्ट २
What Happened to Dual Citizenship Bill
पाप न साप घोप्टो पारि थाप !!
अमेरिकामा छोरा हराएको सूचना
Nas and The Bokas: Coming to a Night Club near you
राजदरबार हत्या काण्ड बारे....
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
is Rato Bangala school cheating?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters