बिस्टे
Replies to this thread:

More by बिस्टे
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

Rahuldai

keli
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 ~ * चौतारी १३९ *~

[Please view other pages to see the rest of the postings. Total posts: 917]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 NEXT PAGE
[VIEWED 253334 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 46 pages, View Last 20 replies.
Posted on 02-05-09 11:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ *  चौतारी १३९ *~

 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १३९ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ" 


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, World_map – चित्रे, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Gwanche – ग्वाँचे, Gaalab – गाले, Lootekukur- लुते, Nepalko_chora- नेप्चे, Deep- दीप ज्यो, Hetterika!! - हरि, निसान्त - निसब्रो, निसे, rahulvai - राहुलदाइ, Nepalki_chori - नेप्ची, Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, Euta Nepali-टंके, Rawbee-रबी, location - लोके,keli- केली,perfectionist-पुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।
Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,
 laa- hoo-rays, all on the stage of Chautari of Sajhaland 
(World's first and finest internet IMPROV in Nepali language)
Running since 7 Sept 2005 in a total of 139 editions.
Last edited: 05-Feb-09 12:35 PM

 
Posted on 02-09-09 8:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम ठुल्दाइ,पुरे अनी चिप्ले 
तेही भन्या ब्यान ब्यान बासी म्:म:
ठिकै छ् चिप्ले,ढिला नि भाथ्यो केही छैन।
लौ साह्रै कराउन थाले बुढा ज्ञाङ मैले नै ल्यादिये चिया ल लिउ।
केली कता गई आज,एती बेला सम्म त चिया लेर हाजिर हुनु पर्ने हो।


 
Posted on 02-09-09 9:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

budheshkaalaan raatbhari raatbhari maattina hideshi ke hune raichha, keta ho...eee herum mero taal...fulluu le samaatna khojechha...kamaai samaai chet...gharai aaraam

umer herera mattina hidnu bhandaithee dhobini pani

 
Posted on 02-09-09 9:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


बिष्टे, चियाको लागि धन्यवाद। दूधको तर समेत देखिने तातो चिया खान छोडेर wrapperमा बनाएको बासी मम कसले खाओस्।
पून्टेलाई के भएछ नि? लौ स्वास्थ्यलाभ अरम् झट्टै।    

 
Posted on 02-09-09 9:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


ओ पुन्टे दाई अनी रातभरी मात्तेर हिनेपछी फुलु ले नसमातेर केले समात्छ त।त्यो पनि चिल्लो तालुमा टोपी नलार हिनेसी। 
अब दबाइ को सिसी समात्ने अनी आरामले बस्ने नि काउचाँ।
लौ फुलु छिट्टै भागोस।

 
Posted on 02-09-09 9:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम पून्टे दाई
अब फ्लु ले नसमाती चौतारी नधाउने बुढा लाई खुचिङ।


यही बहनामा त चौतारीमा आउनु भयो। नत्र दिनभरी टेउसी, रात भरी धोबिनी को छेउसी। चौतारी लाई चाँही आफ्नै टाउको जस्तो - बाल छेन।
सीघ्र स्वास्थ् लाभ को कामना गर्दछु।


 


अनी बिस्टे काजी लाई पर्धान मन्त्री को कुर्सी जस्तो एक कप चिया राखेर के गर्न खोजेको हो बुझ्या भए मरिजाम।
सबै लाई चाहिने चिज त यसो मन्त्री सहायक् मन्त्री मार्का हुनु परो नि ।


 
Posted on 02-09-09 9:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


सब्बै को कम्फुटरा एक एक कप पुर्यादी हाल्या छु केरे,लहरे ले सप्पै को कम्फुटरा छिरेर सुरुप्प पर्‍यो भने त म के जानम।
आफ्नो कन्फुटराट झिकेर त्यो कप सिनित्त पार्नुस् अनी कुरो बुझिन्छ।
सोमबार आयो कि किन सप्पै सुस्ताउछन हँ।
खै लहरे यान्ड ज्ञाङ,रिट्ठे नि अचेल त झुल्किन छाड्यो,के रोग लाग्या हो कुन्नी?
महिला संघ को त कुरै छडम।

 
Posted on 02-09-09 10:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सुस्त सुस्त महा सुस्त
चौतारिलाई के भाको वत्स ?


लहरे परिवार बासी म: म: लाई सासी भन्दै खांदै होला। महिला संघ झन पहिला संघ हुनु पर्ने के भाको होला। अचेल भान्छा  मा नि कान्छा राख्ने चलन भाको बेला त्यता ब्यस्त भाको पक्कै होइन। लोडषेडिङ मा टि.भी हेर्दाइ गरेको नि पक्कै होइन। अध्यारोमा ड्रेसिङ टेबुलमा पनि पक्कै होइन। साँच्ची कता गए सबै जना बिस्टे, केही त हेक्का होला नि?


 
Posted on 02-09-09 10:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

NAMASTE!!!!!

Sanchai hunuhunchha hola ni sabai jana?

 
Posted on 02-09-09 10:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"अध्यारोमा ड्रेसिङ टेबुलमा पनि पक्कै होइन" re hahahahahaha lol

 
Posted on 02-09-09 10:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ नाम लिया चेली हाजिर । पक्का पहिला संघ को सद्स्य त चेली रहेछ।
तारेमाम है । अचेल हाजिरिको आब्रित्ती कम् भएको छ है ।
 
Posted on 02-09-09 10:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी सदस्यता सम्बन्धमा .
 
आदरीण चौतारिका बड़ा बा!!


उपरोक्त सम्बन्ध मा म पल्लो गाउमा बस्ने, बर्स बीस देखि तिस सम्म को सान्दाई भन्ने  सान्दाई को बाऊ र आमा को छोरा ले यो चौतारी को सदस्यता को निबेदन दिन चाहन्छु. मलाई यो तल को बिसय ले गर्दा निबेदन दिनु परेको  कुरा पनि अबगत गराउन चाहन्छु.
  
म यो चौतारीमा धेरै चोटी आए गए ..न त केहि बात मारियो न त कोही संग केही बोलियों. चिना पर्ची पनि कोही संग भयेन. अब आयो गयो कसैले पनि बास्ता गर्दा रहेनछन चौतारीमा नाम नलेखौदा सम्म. येसो बिचार गरे मैले पनि नाम त लेखाउनु पर्यो भनेर...फेरी बिचार आयो ..नाम लेखायेर मात्र के गर्नु चौतारीमा बसेर बात मारन  पनि जान्नु पर्यो..मत फेरी introvert मान्छे ..सित्ती मान्छे संग बोल्दै नबोल्ने बोले पछी आंद्रा भूडी पनि निकाल्ने ...तर  कोही संग बोल्न नपरे हुन्थ्यो चाही भन्ने..  तै पनि येसो बेला मौका मा हैसे मा होस्टे मिलाउने  कबुल गर्दै... यो निबेदन सुइकीर्त गरीदिनु हुन अनुरोध गर्द छू . 


नोट : मलाई चिन्न चाहानु हुन्छ भने ...म तेहि पर चौतारी को डिल मा बसेको धर्के कमीज र हाफ कट्टु  अनि हात्ती  छाप चप्पल लगाएको ..पल्पाली ढाका टोपी बिपरित दिशा तीर घुमाएको .. गहू गोरो केटो ...अब मलाई माला लगाएर स्वागत गर्ने भये मेरो नाम भन्नुस म जुरुक्क उठेर  चौतारीको बिच माँ आएर सबैलाई नमस्कार गर्ने छु.


भवदीय,


सान्दाई
सन २००९ फरवरी ०९


 
Posted on 02-09-09 10:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ सान्दाइ पनि झुल्लिनु भयो।


 


'श्रीमान सान्दाइज्यू



तपाईंले हालै चौतारीको सदस्य पाउं भन्ने बारेको निबेदन प्राप्त भै सो निबेदन माथि ब्यापक छलफल भैरहेको ब्यहोरा जानकारी गराइन्छ। चौतारीका वरिष्ठ र अती वरिष्ठ पदाधिकारीहरु हाल घाम ताप्ने काम मा ब्यस्त रहेकोले उपयुक्त समयमा उहाँहरु को गरिमामय उपस्थितिमा तपाईं को निबेदन उपर अन्तिम फैसला हुने र सो नहुन्जेल आस्थायी सदस्यता प्रदान गरिएको छ। असल चालचलन र बिधिव्यबहार देखाउनु भएमा तपाईं को फैसलामआ साकारआत्मक प्रभाव पर्ने निश्चित छ। आशा छ चौतारीको मान मर्यादा उपर कुनै किसिम को आँच नआउने गरी जाँच मा पासा हुने नै छ।


 
Posted on 02-09-09 11:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


लौ सान्दाइ लाई चौतारीमा स्वागत छ्, ठुल्दाइ ले भने झै अहिले स्थाइ सदस्यता झुन्ड्याइरनु,तेसैले हाजिर अर्नु, केही दिन्मै
थाइ गराइदिम्ला। लु अब देखी त्यो डिला हैन एही सुकुल तानेर बसे हुन्छ,अनी चिलिम फुक्ने गर्या छ् भने ल लिनु एक सर्को।
अरु नि आउँदै होलान पालै पिलो सँग गरेर चिन्जान गर्नु नि म चाइ लागे हसुर्न।

 
Posted on 02-09-09 11:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ सान्दाइ भनाउंदालाई चौतारीमा हाललाई अस्थायी भे नि स्वागत तथा तारेमाम। म नि यस चौतारीमा नयाँ भाकोले मलाई यहाँको स्वागत गर्नी तरिका बारे अली ज्ञान भएन। तर मलाई विश्वाश छ, यहाँ भाका ठुलाबडाले यहाँ को राम्रो स्वागत सत्कार गर्नी छन। ठुल्दाइ त कुर्सी माथि चढेर तपाईंको निबेदन प्रती समर्थन जनाइ राख्नु भा छ, सो तपाईं निस्चिन्त भएर बसे हुन्छ  

 
Posted on 02-09-09 12:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धन्यवाद ठुल्दाई,पुरे  एंड बिष्टकान्छा..
खैर पहिले को जस्तो चौतारी रहेन जस्तो छ..आजकल . तेहिपनी २/४ दिन बात मारम अनि हित्त चित्त मिलेछ भने बसौला नत्र तेहि डिल माँ बसेर अरुका कुरा सुन्नु पर्ला..
कसम नै त खान्न तर चौतारी  का rules एंड regulations लाई सधै आत्मसाथ गर्ने छू, ठुल्दाई !!  मान्छे ठुलो भय पानी मगज सानो छ ठुल्दाई , यो "झुल्लिनु" को अर्थ के लगाम एहा म ? चिलिम सिलिम बेला न कुबेला लीइन्न हेर बिस्टे !!
२/४ ओटा ठुल्दाई/पुन्टे दाई  जस्ता हस्ती ले चौतारी धानेको माँ ऊहा हरुलाई hats off भन्दै ..मेरो entry  रास्ट्रीय  गान बाट सुरु गर्द छू:


 
"सयौं थुँगा फूलका हामी, एउटै माला नेपाली
सार्वभौम भई फैलिएका, मेची-महाकाली।
प्रकृतिका कोटी-कोटी सम्पदाको आंचल
वीरहरूका रगतले, स्वतन्त्र र अटल।
ज्ञानभूमि, शान्तिभूमि तराई, पहाड, हिमाल
अखण्ड यो प्यारो हाम्रो मातृभूमि नेपाल।
बहुल जाति, भाषा, धर्म, संस्कृति छन् विशाल
अग्रगामी राष्ट्र हाम्रो, जय जय नेपाल। "
    


 
Posted on 02-09-09 12:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मलाई त कता कता मुकुन्दोधारी जसो पो लाग्न थाले, लौ एस्मा हाम्रा चौतारीका ठुलाबडाहरुबाट नै केइ आउन पर्‍यो

सबका सब खै कता गये कुन्नी, चौतारी नै सुन्ये छ आज त, लौ न आउन पर्‍यो हौ, काँ मुन्टे सबका सब

 
Posted on 02-09-09 12:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पुरे ले नि गन्धै ले था पाउन लाई सकेछ,मलाई नि तेस्ताइ लाग्यो,मुकुन्डो धारी को बिग्बिगी भाको बेलामा अनेक मुकुन्डो लार आउछन,अस्ती मात्र ठुल्दाइ को मुकुन्डो लार आर सब्ले भगाउनु पर्‍यो एउटोलाई, आज फेरी अर्को आईपुया छ आफुलाई सान्दाइ भन्दै,खै हाम्रो ठुल्दाइ लाई नाममा दाई नजोडे पनि नि सप्पै ले ठुल्दाइ भनी हाल्या छन केरे। यो सानेलाई चि आँफै ठुलो हुन मन्लाउने रइछ। तेसैले एस्को नाम नि साने राख्नु पर्ला जस्तो छ्।


 
Posted on 02-09-09 12:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते  चौतारी,सबै दाजुहरु लाई प्रथम राउन्द को जदौको साथै तरेमाम।। सबैको दिन सोलिड गइराको मानिछु,लन्च हानियो नै होला,,दिनजो झकासको छ,कतै जुम जुम लाग्ने के ,, स्यानदाइ वेलकम,अनी कती जना बडाबाहरुलाई निबेदन दिनु भयो त ,चौतरीमा बडाबाहरु को लामै लिस्ट छ जस्तो मानिछु के रे ,,
 
Posted on 02-09-09 12:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम।



बिस्टे को प्रस्ताब मानासिब देखी सदर गरेको छु, स्यान्दाइ लाई "साने" नामाकरण गरिएको छ।


सदस्यता आस्थायी भए नि नाम चाँही स्थायी मा बढुवा गरिएको छ।



मुकुण्डे हो भने भनी हालम अहिले माफि सीमित छ। भोली पर्सी तिर मुकुण्डो लाउने लाई भकुन्डो हान्ने बिधयक पास हुन बेर छैन।


समय मै ध्यान दिउं, समय मै ज्ञान  लिउं।


 
Posted on 02-09-09 12:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
nrn citizenship
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Travelling to Nepal - TPS AP- PASSPORT
ढ्याउ गर्दा दसैँको खसी गनाउच
मन भित्र को पत्रै पत्र!
Morning dharahara
Guess how many vaccines a one year old baby is given
जाडो, बा र म……
Susta Susta Degree Maile REMIXED version
Elderly parents travelling to US (any suggestions besides Special Assistance)?
कल्लाई मुर्ख भन्या ?
1974 AD Pinjadako Suga Remixed
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters