[Show all top banners]

serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 ~ चौतारी १६६ ~

[Please view other pages to see the rest of the postings. Total posts: 329]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
[VIEWED 107345 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 17 pages, View Last 20 replies.
Posted on 12-01-09 10:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 






 

   ~चौतारी १६६~



हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १६६ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"



कलिजुगको बेलैमा ,जोशमा हुन्न होश
 उनकै छोरी तरुनी, हामिलाई केको दोस!


आउनुहोस सधैँझैँ यसपाली पनि नयाँ चौतारीमा थकाई मारौँ मायापिरती साटौँ, हाँसो ठट्टाले यो दुईदिने जीवनलाई उल्लासमय बनाउँ! मिठो मिठो खाउँ र खुसि रहौँ! 

यो चौतारीको डिलबाट सुटुक्क पारीपट्टि चिहाउँदा...आहा! कस्तो मनै आनन्दित तुल्याऊने दृष्य!!त्यो पाखा, त्यो बारी, त्यो पाठशाला, त्यो पसल, त्यो गैह्रो, त्यो लाँकुरी.... कठै त्यो मेरो गाउँ!!

हेर्दामा खाउँ खाउँ चौँरीको छुर्पी खाँदामा चाम्रो ल्हास्सो ल्हास्सो ल्हास्सो शेर्पीनी दिदीले हाँसेको हेर कतिमा राम्रो ल्हास्सो ल्हास्सो ल्हास्सो


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई nepalean - नमे, Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली Norton - नेत्रे, deepika02-दीपीका, Spring-बसन्ती, keli- केली, Surje - सुर्जे, बैरे, खुशी, perfectionist-पुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।




Meet the world's finest school  teachers, unbeatable students, mischievous  senior citizens,
wildest , vacationing revolutionaries, rethinking moderates, instant
dreamerspoets, gifted story-tellers, pot smokers,alxoholics
,
workoholics,home-makers, pretty damsels, fierce contenders, homelanders,

 laa- hoo-rays, all on the stage of Chautari of Sajhaland 
(World's first and finest  internet  IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 166 editions.

 
Last edited: 01-Dec-09 10:37 AM

 
Posted on 12-03-09 9:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तो रामपुरेले हिजो राखेको भिडियो आज बल्ल हेर्ने फुर्सद पाइयो। नहास्नु भनेछन के रे बज्जेले। हास्या छैन हामी।

भुत्त्रा नहाँस्नु? बज्जेले झन्डै पेत फुटायो मेरो! लोल

ब्यान ब्यान देखुन तेरिम्या बाख्रा पाठा हुर्ले म्या म्या गरे झैँ च्या च्या अर्छन गाठेँ यि केइ नजान्ने तोरिलाउरे हुर! जान्ने ले त हाम्सँग बसेर चैनी घुट्काम्छन ई!

फरेन हो फरेन। हाम्री सालीकी पानी आन्द्रे पोइले ल्याइदेका पोहोर खाडीआँट। जतन अरेर राखेथेम के रे। आज झिक्देम

तो साइड् को चैँ फरेन खोएबिर्को को बट्टा हो है! कागत हो तो। चक्लेट् भनेर घिच्लाउ!

आह!! चिरिप्प गर्धन पोल्ने र्'छ गाँठे!

हन, तो जिम्माले हो र? उ प~~~~र! बोला बोला तेल्लाई नि! बज्जेको तो पुट्ट पुट्ट उठ्या चुत्थर बढो रहर लाग्दो पो देखिन्छ होइ!   

 
Posted on 12-03-09 9:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

थूईक्क मुरदार पुन्टे पात्तेको बुडो, घरमा दाजुभाईलाई गएर जिस्कयाऊनु नि बरु! हाँडि जस्तो थुतुनो ले'र अर्काको छोराबेटालाई जिस्काउँदै हिँड्दोरेछ, मुलुकिएन लाइदिम?


------------------


हो नि ठूल्दाई सोह्रे आना सहि कुरो गर्नुभो! दुई दिन पछि था पाम्छ हरितालिकेले कसरि खुट्टामा बन्चरो हानेछु भनेर। ठूल्दाईलाई अझै दुख्दै होला बन्चरोको घाऊ!


 
Posted on 12-03-09 9:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम गाम्लेहरु!
बिहीवारे बगलामुखिय जदौ।


 


के हो आजकाल कोही औतारी हरु बङ्ग्ला मुखी जान्नन् की क्या हो  ।


तरुनी हरु पनि चौतारी को झै कम हुन गयो बङ्गला मुखी मा । लौ सप्पै लाई एक मुस्टो प्रणाम , रामे ब्रो बिहान देखि खोया बिर्के त भएन नी ?
 


 
Posted on 12-03-09 9:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिहिबारे बगलामुखिय जदौ है सप्पैलाई
हैन ए पुन्टे बुढा ब्यान ब्यान देखिन रौसी ल्यार के अर्न आटेउ सप्पै गाउले लाई बिगारेर
हरितालिके र टेके लाई बधाई,हनिमुन कता जान आटेउ ए केटा हो?
सम्धी ज्यु,ठुल्दाइ,पुरे,लहरे,रामपुरे सपै लाई जदौ है।
 
Posted on 12-03-09 9:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बैरे नि टुप्लुक्के छ्। जदौ बैरे काइला।
 
Posted on 12-03-09 9:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जिस्काम्ने नै अर्का दाजुभाइ लाई त् हो नि! आफ्नो लाई जिस्काम्ने तिमी जस्ता पापी होइनम के रे हामी!

हेर हेर तो चिमोटुम् चिमोटुम् लाग्नी पान बुट्टे...

आउ के रे... काखाँ बस एउ बाजी! फरेन रौसी खान्छउ? लु... घुटुक्क पार्देउ। गर्धन पोल्छ है बिर्खु!

hmmmmmmmmmmmmmmmmmmmmm

 
Posted on 12-03-09 10:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम पूण्टे दाई ।
सञ्चै ? काम मा हिडि सक्या भनेको होइन ? कि फेरी समात्यो फ्लु ले ??



तारेमाम बिस्टे,


तारेमाम बैरे ,


 
Posted on 12-03-09 10:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मलाई माफ गरिदेउ मेरा लोभी नजर
कहीं कसैमा बिजेछु भने
म त खोजिरहेछु हरेक चेहरामा
मेरी सपनाकी एक प्रियसी मायालु


बिहीवारे बगलामुखीय जदौ सबै गाम्लेहरुलाई।
पूरेले हाटा दिएर बगलामुखी पुगेछ। त्यतै भेटेको थिएँ। गालामा एक दुई ठाउँमा घाउ पारेको रहेछ, रेजरले धोका दियो भन्दैथियो। अलि अलि डाम बसेको पनि देखिन्थ्यो, के भो भनेर सोध्न अलि अप्ठेरो लाग्यो, चप्पलको डाम जस्तो देखिन्थ्यो हेर्दा चाँही।
बाउचा, थुतुने किताबमा त खुब wrapper को ममको प्रचार गरेको रहेछौ नि। अनि के खालको "चिया झोले" चिया ल्याएको? ईलामे चिया ल्याउ नत्र बहिष्कार।  
ठुल्दाइ तारेमाम। लेमन टि र चिलिम भ्याएको हो?
ब्रान्डी हो कि रमलाई पनि तारेमाम। बिहान बिहान कस्तो नाम लिएर आएको।
रामपुरे, गयो होला नि बिर्खे बुढो बगलामुखी। तिमी त्यही हेटौडे साहूनीलाइ सम्झेर बस, होलाउ कृष्णप्रसाद भट्टराई।



हरितालिकेलाई त अस्तिनै थुतुने किताबबाट बधाई दिएको हो, तै पनि फेरि बधाई। टेकेलाई ताजा बधाइ। यसो पाल मुनी पुलाउ र खसिको मासु, दही र रसबरी अनी टाकुरा इस्क्वास खुवाउला नि यता फर्केछि।



बिर्खेलाई जदौ.
पून्टे बुढा, जोनी वाकरको सिसीमा लोकल भरेर झुक्क्याउन पाइँदैन, ट्याक्सीको मिटरमा छुस हानेर यात्रु ठग्न पनि पाइँदैन।
बैरे, बिष्टे, अनि नाम छुटेका बाँकी सबैलाई तारेमाम।  



 
Posted on 12-03-09 12:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ऐया बाब्बा ! जिम्दै छु है भन्न मात्र आको !

हिजो त १०३ ज्वरो पुगेछ आज अली कम् छ ! घरै मा ओखती मुलो गरेर बस्या छु !


सबैलाई नौस्कार

 
Posted on 12-03-09 12:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

माफि पाउन है जिम्बाल बा .. तपाईंको प्रश्न नै नदेखेको ........
१२ बर्षामा हेरेकोमा रिश गरेको होइन .......
त्यो आफुलाई पनि समहाल्न नसक्ने उमेरमा कहाँ येतै जाउँ त्येतै जाउँ, यो गरुँ कि त्यो गरुँ भैरहनि तरुनी लाई समाहाल्न खोजेको भन्या मात्र हो

घरकी बुढीलाई सम्हाल्नुस् न तपाईंलाई पिट्न बाट ...... त्येति भये हुन्छ यो उमेरमा

हामी जस्ता लक्का जवान छँदै छौं नि यि त्येतिकै बैसमा मातिएका  तरुनी लाई समहाल्न ..... मखुला पुरे
मैले ठीक भनिन त ठुल्दाइ ........

अनी बैरे कथा कहाँ पुगेर टुइस्ट भयो र ?
कि अरु तरुनी समहाल्न थालियो ?

भने पछी कामले नराम्रारी नै हानेछ है ? दुखिरहेको छ ? दुखेको ठाउमा के लगाउने भनेर बिर्खे बुढालाई सोध जाउ ..... बिर्खे बुढा लाई बुढीको पिटायि खान्दा खान्दा थाहा भयिसक्यो ।  

अनी पुन्टे बुढा ........... हिजो राखेको भिडियो पनि आज हेर्ने हो त ? एती ढिला ...... कतिले त अझै हेरेकै छैनन .. हे हे हे हे ..... ए नहास्नु भन्दा भन्दै हासेको .... म पनि खुब हास्ये यो हेरेर ....

अनी पुन्टे बाजे .. रकशी खाए पछी मात्र बिर्खे बुढाको याद आउने हो कि अरु बेला पनि आउन्छ ......... बुढाको चुत्थर अझै दामी छ रे .. लोल लोल

चिप्ले, नसम्झायिदेउ  अतित का कुरा र्हिदये पोल्दछ भन्ने गीत याद आउन्छ ...... के गर्दै होली मोरी ......

ल सबैको घिच्ने बेला भयो जस्तो छ ..... ल आफु त एही बसेर खायिन्छ क्यारे .. ल छिटो घिचेर आउनु है .... अनी चुरोस तान्दै बात् मार्नु पर्छ ..
 
Posted on 12-03-09 1:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम।


रिट्ठे को शरीर मा डेरा जमाएर बसेको भाईरस साझामा नि सरे छ कि क्या हो, १ घण्टा पछी बल्ल खुल्यो।



रिट्ठे सान,


सिघ्र स्वास्थ लाभ को कामना । धेरै तातो नि हैन, धेरै चिसो नै हैन , अर्थात मन तातो सूप लाई सुरुप्प पार्नु अली धेरै । अमिलो पीरो पटक्कै न खानु। टन्न खानु, मग्न सुत्नु। यो फ्लु लाई पखालेर पठाउनु पर्छ क्या , फ्लश आउट रे । त्यस्को अर्थ पखाला लाग्ने गरी चाँही हैन नि ।
 


 
Posted on 12-03-09 1:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल छिटो घिचेर आउनु है .... अनी चुरोस तान्दै बात् मार्नु पर्छ ..


भने पछी बिहान बिहान चौतारीमा चुरोट थुपार्ने को हो भन्ने थाहा भयो। आफूले जम्मा पारेको ठुटा फालेको त राम्रै हो, तर कत्ती न समाज सेवा गरेको जस्तो गरी बिहान बिहान चौतारी सफा गरेको भन्ने त अलि बढाइचढाइ भो है।
रिट्ठे सर, शीघ्र स्वास्थ्य लाभ होस्। ठुल्दाइ, साझामा अवरोध आउनुमा पक्कै पनि बिदेशी ईशारामा प्रतिकृयाबादी तथा राजतन्त्र ब्युँताउन खोज्नेहरुको चलखेल हुनुपर्छ।
 
अरु सबै अझै हसुर्दै हो कि डकार्दै हो कि, भाते निद्रामा हो?    


 
Posted on 12-03-09 1:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हामि भोजनोपरान्त यसो आरामको सवारी चलाऊन खोजिबक्सँदै थियौँ त्यत्तिकैमा साझालाई रिट्ठेभाईरस लागेर अड्कियो।


एउटा कुरा नि मेरोमा अस्ति देखुन नै लेख्या कुरो काट्टिएर आएको आयै छ सबैकोमा यस्तै हो?


 
Posted on 12-03-09 2:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो पनि त्यस्तै आँउछ। 
 
Posted on 12-03-09 2:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम।


 


रिट्ठे सान, सिघ्र स्वास्थ लाभ को कामना


 
Posted on 12-03-09 2:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाम्रो मा त आछैन के रे


रिट्ठे लाई के भयो फेरी - हिजो भात खान बिर्सेर होला - ला आज टन्न भात बजाउने अनी बाफ लिने - भोली सम्म निको हुन्छ ल


जे पर्ला पर्ला मैले भन्दे ल -


 
Posted on 12-03-09 2:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अघी टाँस्न खोजेको <<<

आइया, तेल निस्किन लाग्यो नि, मरेँ बाSSS

हैन के हुँदै छ याँ, मैले माथिको धरी पढ्न पा छैन। ऐले पछी घरबाट पढम्ला केरे। सपैलाई आरामै होला केरे भन्ने मान्या छु, अघी छुट्या जत्तीलाई ताजा ताजा प्रणाम

हुसुर्न लाको

रिट्ठे ब्रो, गेट वेल सून
>>>

ऐले टाँस्न खोजेको- जिम्माल बा, मेरामा पनि काटेको आइरा छ भन्या, खै के भा हुन केरे

अघी टाँस्न खोज्या खै के भेर ल्यायो, साझै डाउन थ्यो

 
Posted on 12-03-09 2:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

mero pani tyestai ho budha........ aaankha kamjor bhayeko hoina...... na-aatinus hai baaje.

 
Posted on 12-03-09 2:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बल्ल झुल्के छ पुरे काइला नि ।



हैन जिम्माल, त्यो आधा गिलास पानी को ३ रुपैया लिने ठाउँको नि फोटो टास्नु पर्‍यो। पुरेले सेन्सर बोर्डको कैंची चलाए जस्तो गरी सोबर फोटोहरु मात्र टाँसे छ ।


 
Posted on 12-03-09 2:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हन ए गाम्ले हो, यो गुगलमा केहि खोज्दा सजेसन आउँछ नि, कुनै कुनै त गजप को रमाइलो पो हुँदोरेछ' त ए! 'is there' भनेर टाइप मात्र गरेको त सजेसन पढेर मरि मरि हाँसो उठ्यो।



 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
What are your first memories of when Nepal Television Began?
nrn citizenship
Send Parcels from USA to Nepal & Worldwide.
Why is every youths leaving Nepal? Why are not youths entering politics and serving the country, starting business etc?
TPS Work Permit/How long your took?
महँगो अण्डाको पिकल्प : कुखुरा र खोर भाडामा लिने
Travelling on TPS advance travel document to different country...
Informatica consultancy share
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
TPS Renewal Reregistration
Nepali doctors future black or white usa ?
हेर अमेरिकामा नेपालीहरुको बेज्जत
Thank you for the sajha policy
मन भित्र को पत्रै पत्र!
Travelling to Nepal - TPS AP- PASSPORT
Are you ready to know the truth?
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
Another Song Playing In My Mind
Does the 180 day auto extension apply for TPS?
WHAT DO YOU GUYS THINK ABOUT THIS?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters