world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ** चौतारी ३० **

[Please view other pages to see the rest of the postings. Total posts: 510]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 NEXT PAGE
[VIEWED 138275 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 26 pages, View Last 20 replies.
Posted on 11-07-06 11:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी! चौतारी!!चौतारी!!!

सम्पूर्ण चौतारीका गाम्लेहरू तथा शुभचिन्तकहरूलाई न्यानो अभिवादन
उकाली-ओराली, हिउँद-गृष्म, दशैं-तिहार गर्दै, हाँस्दै-खेल्दै, ठट्टा गर्दै चौतारी तीसौं भागमा आईपुग्दा नयाँ पुराना गाउँलेहरू तथा शुभचिन्तकहरूको न्यानो माया, सद्भाव र शुभेच्छा पाएर द्रुत गतिमा प्रगतिपथमा लम्कँदै गइरहेको छ। चौतारीको निरन्तरता साझा मैं एक अभूतपूर्व
कीर्तिमान हो भन्नु अत्युक्ति नहोला। नेपाली जनजिब्रोलाई माया गर्ने, नेपालीपनमा रमाउने र एकअर्का प्रति बन्धुत्त्व, सद्भाव एवं मेलमिलापको दृष्टीले हेर्ने सबै नेपालीका लागि चौतारी एकताको अनुपम नमूना हो।

चौतारीमा पाल्नुहुने गाम्लेहरूको प्रयोग गर्ने नाम र चौतारीको नाम प्रथम पृष्ठमा राख्ने जमर्को गरेको छु। अरू पनि थुप्रै गाम्लेहरू हुनुहुन्छ जस्का चौतारीको नाम जुरेको छैन, तिनका नाम अन्त्यमा राखेको छु। साथै हालसम्म चूपचाप रमाईलो मानी चौतारी पढिदिनेसाथीहरूलाइ पनि यसमा भाग लिई चौतारीको रौनक बढाईदिनुहुन अनुरोध गर्दछु।
Nepe – नेपे दाजी, Birkhe_Maila – जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेद, Kick – काका, GautamB. – गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute – भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – आइते, जंगे, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me – मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मु्न्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरितालिका, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्यासे - च्यासे पिकरेली, काने, मुखियाबा सुर्जे, नयाघरे, पहालवान, याङ्गे, नटे, लन्लि, समिर, बेमानि ,आशे, परदेशी, पानपाते ,हर्के, यामे, बिनोदे , याक्कु, राधा, हिते ,नारने, झाक्री,पिरो मरिच,परबर् ,राते ,कटरिना, रामे, माने, हिमाल, आदी......
ल अब दिप ज्योको कवितासँगै चौतारी शुरू गरौं।
कतै घामको राप छ
कैले कामको चाप छ
सुस्ताउँदा बतास बोलाउछ
आफ्नो भन्नु आफ्नै हो
मेरो साथी यै चौतारी बनेको छ

मनमा अपरीचित छाप छ
कल्पनामा कसैको बास छ
अपरीचित लाइ चिनाउँछ
उस्लाइ पनि बोलाउँछ
मेरो साथी यै चौतारी बनेको छ

कतै अतितको सन्ताप छ
कतै ओइलाको साहास छ
पात पातमा यस्को मल्हम छ
उत्साह्को गीत सधै गुन्गुनाउँछ
मेरो साथी यै चौतारी बनेको छ

कैले जाडोको त्रास छ
कैले न्यानोको आस छ
सिरक बनेर बस्छ
घामलाइ ब्यानै देखि बोलाउँछ
अफ्नो भन्नु आफ्नै हो
मेरो साथी यै चौतारी बनेको छ


 
Posted on 11-08-06 3:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दीप ज्योले त गज्जबको गजल शैलीमा लेख्नुभो नि, तपाईको शैली त बेजोडकै छ बा! :D
 
Posted on 11-08-06 4:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

hayooo bhandaa ta jhakri chhito chhito hidne raicha ni
 
Posted on 11-08-06 4:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

hayooo = yahooooo
 
Posted on 11-08-06 5:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 11-08-06 5:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ अड्डा छुट्यो, फेरि भेटौंला है गाम्लेहरु, अहिले चैं लागियो
 
Posted on 11-08-06 10:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आफु पेन्सिल भैयो, उ बाठी इलेजर
मेटीएरै आफ्नो दिन रात् जानी भो

आफु भैयो दारी, उ छुररा रेजर
पलाउनी रहर् नी आफ्नो, रहरै हुनी भो
-------------------------------
Yo chhai dami lagyo .
 
Posted on 11-09-06 8:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्कार् है सबैजानालाइ!! हजिर् भए म पनि बिहान् बिहान् देखि। त्यो हिजोको कुहेको मम ले झन्डै ज्यन् लग्यो गाठे। बल्ल बल्ल त्यो के जाति जिवन् जल् ले अलि बिसेक् भएर् हाजिर् हुन आइपुगे लौरो टेक्दै।हरि सरणम।
 
Posted on 11-09-06 8:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्कार है मेरो नि,
ल आस्थालाई नि सन्चो भएछ, खुसिको कुरो, जय जीवन जल
के छ त हालखबर?
 
Posted on 11-09-06 8:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हरितालिका ज्यु ठिकै छ् मेरो,याहाकोनि?
 
Posted on 11-09-06 8:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आरामै भन्नु पर्‍यो, अहिले एकछिन अलि चपेटा छ, बस्दै गरुम, म अल्लिखेराँ साहुको आँखो छलेर चियाउँला नि।
 
Posted on 11-09-06 8:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ जमघट शुरु भे'छ चौतारीमा । उ त्यो को हो आस्था होइनन र .......... ? ? ? हो त रैछ नि, हिजो ठेल्गाडामा रखेर हस्पताल लएको भन्थे, ठीक भइ सकिछन त, अनि हरितलिका पनि सँअइ रहिछ । के छ हो हरितालिका, आस्था तपाईं'रु को हालखबर ? हिजो गुन्टेको डाइपर त सप्पै सकियो रे नि भन्ने हल्ला छ गाम्घर तिर, के भा को केइ थाहा छ कि तपाईं'रुलाइ ?
 
Posted on 11-09-06 9:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिसाएर फन्केर गई होली भन्ठानेको, आईछे आस्था नि! खुशी लाओ, मज्जै मज्जाको ठट्टाले रिसानी नहुँदो। अब भने चौतारीको बिल्ला थाप्नि बेला भो आस्थाको, जिम्मालेलाई सिफारिस अर्न पर्ला!

बाई द वे, हिजो मेरी दिज्जुको फोन आथ्यो, गुन्टेको डाईपरको पैसो चाईयो रे! :p

*************************

ए, गाम्ले हो! य्हाँ कोईलाई PhotoShop रामरी चलाउन आम्छ? आम्छ भुने, अनि १ घण्टा जति सित्तैमा एउटा जरुरी काम गर्दिन सक्ने भए मलाई ईमेल ठोकुम् न! २४ वटा potrait pictures को रहर लाग्दो collage बनाम्न छ, ४ फीट x ३ फिटको पोस्टरको लागि। राम्रै कामको लागि हो के रे, घर्मै लाग्थ्यो!
 
Posted on 11-09-06 9:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पुन्टे दाई,

मैले पठाछु बिजुलि पत्र।
 
Posted on 11-09-06 9:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Namaste !!!
लौ आश्था पनि आइचन् । राम्रो भओ। मेरो त् प्राणै गओ के रे हिजो आस्था रिसैन् कि भुनेर। जे होस् चौतारीको रहन् सहन् बुझिचन् आश्थाले खुसि लायो
 
Posted on 11-09-06 9:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते गाम्लेहरु ।
 
Posted on 11-09-06 9:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आस्था, हरितालिका, ग्वाचे के के छ हँ सबैको हालचाल?

लौ अब गुन्टेको डाइपरको पैसो कस्लाई तिराउनि, आस्थालाइ भनौ भने नया मान्छे !!
नेप्चेलाई नै तिराउनु पर्छ, बासी म:म: खुवाउने उ नै हैन? उता कोशेली गायब् यता पखला लगाउने लाई छोद्नु हुन्न है।

मिस् नमस्ते, हो आस्थाले बुझेकी रैछन् हाम्रो चलन्

ठुल्नानी के छ तिम्रो?
 
Posted on 11-09-06 9:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मैले उस्लाइ उस्ले मलाइ चिन्या त जुगै भो
हीजो सुपरमार्केटाँ नचिन्या तर नाटक गरीयो
एक्लै एक्लै हैन आ आफ्ना सँग परीयो
खाली कर्के कर्के नजर्ले मात्रै हेरीयो

अभिबादन्।
 
Posted on 11-09-06 9:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते गाम्लेहरु!! :-)
 
Posted on 11-09-06 9:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो दिपेको बिहे नगर्दि भा'छैन अब!मेरी धोबिनीको सन्तान मध्धे कोई छ कि, सोध्दिन पर्ला! :p
 
Posted on 11-09-06 9:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

BTW, thanks, kumle and sannani for the emails!
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
ढ्याउ गर्दा दसैँको खसी गनाउच
जाडो, बा र म……
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters