[Show all top banners]

बिस्टे
Replies to this thread:

More by बिस्टे
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

Rahuldai

keli
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~चौतारी १६४ ~

[Please view other pages to see the rest of the postings. Total posts: 351]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 NEXT PAGE
Keywords associated with this thread

http://sajha.com/sajha/chat/smileys/m-tongue.gif
[VIEWED 170083 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 18 pages, View Last 20 replies.
Posted on 11-11-09 9:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 ~चौतारी १६४~







कलिजुगको बेलैमा ,जोशमा हुन्न होश
 उनकै छोरी तरुनी, हामिलाई केको दोस!
आउनुहोस सधैँझैँ यसपाली पनि नयाँ चौतारीमा थकाई मारौँ मायापिरती साटौँ, हाँसो ठट्टाले यो दुईदिने जीवनलाई उल्लासमय बनाउँ! मिठो मिठो खाउँ र खुसि रहौँ! 
 


यो चौतारीको डिलबाट सुटुक्क पारीपट्टि चिहाउँदा...आहा! कस्तो मनै आनन्दित तुल्याऊने दृष्य!!त्यो पाखा, त्यो बारी, त्यो पाठशाला, त्यो पसल, त्यो गैह्रो, त्यो लाँकुरी.... कठै त्यो मेरो गाउँ!!





हेर्दामा खाउँ खाउँ चौँरीको छुर्पी खाँदामा चाम्रो ल्हास्सो ल्हास्सो ल्हास्सो 
शेर्पीनी दिदीले हाँसेको हेर कतिमा राम्रो ल्हास्सो ल्हास्सो ल्हास्सो



Meet the world's finest school  teachers, unbeatable students, mischievous  senior citizens,
wildest , vacationing revolutionaries, rethinking moderates, instant
dreamerspoets, gifted story-tellers, pot smokers,alxoholics
,
workoholics,home-makers, pretty damsels, fierce contenders, homelanders,

 laa- hoo-rays, all on the stage of Chautari of Sajhaland 
(World's first and finest  internet  IMPROV in Nepali language)




Running since 7 Sept 2005 in a total of 164 editions.
 
Last edited: 11-Nov-09 09:44 AM

 
Posted on 11-13-09 1:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जुन फोटो राखे पनि पाटनकै जस्तो किन लाग्या होला? ल ल फेरी ट्राइ मारम्।
  

 
Posted on 11-13-09 1:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल यो पनि, अरु क्रमश: केही बेरमा

 
Posted on 11-13-09 1:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


बिर्खे बूढाको फोटो हरु सारै मन पर्यो है मलाई त...... उत्तर पनि मिलाउन्चु नि म त

१. चेली नानी र दीपीका नानू  बिहानी पख घांश काट्न हिडेका हउन ल
२. थुन्चे
३. बिस्टे सम्धीज्यू बिर्खे बुढा लै देखेर गजक्क परेका हुन्
४. पराल को कुन्यु
५. जम्मा ५  वोटा पसल हरु छन्, १. देब्रे पट्टि कुनामा "कोकाकोला प्र........स्टोर्स २. नाम प्रस्ट नदेखिएको किराना पसल, त्यहाँ गास पनि पायिन्छ. ३. प्रताप रेस्तौरांत , मो मो को साथै अरु थोक पनि पयिंचा रे.... ४. नाग्लो पसल.. चौ चौ .....पायिन्छ ५ . यो चाही अलि प्रस्ट नभएको ले सिन्दुर पोते बेच्ने जस्तो लाग्छ......
६. ल येस्मा त धान कुट्दै रहेछन सबै मिलेर.......

ल सुनको तक्मा चाही म एकछिन म ठेगाना दिन्छु.......... पथायिदिनु होला है त..


रिठे धन्यबाद है

 
Posted on 11-13-09 1:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

sappai gaamle laai mero namaste..


hijo nitisaale geet raakheki thiyin , naachdaa naachdaai sutiechha gaanthe.....


 
Posted on 11-13-09 2:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बल्ल जोती सकियो आधा पाटो।
कोइ आईद्या भे नि त हुन्थ्यो नि याँ गफ चुटेर बस्नु साटो। मकै भट्टास र मोही खान दि हाल्थे खाजाँ।
रामेकान्छो नि आए छ नि,मलाई नि एसो पुरानै मान्छे को गन्ध आ जस्तो लाओ। लौ जे भए नि स्वागत छ् केरे।
चिप्ले ले चाइ फोटु खिच्न भ्या हो है भन्द्या छु,एस्पाली एउटा पुरस्कार नदी भएन,लौ सौधी ज्यु एउटा तक्मा सक्मा जे हुन्छ जो गरम है। चिप्ले लाई दिन।
पहिलो त था भएन तेस्रो मन्दिर चाँही त्यो किर्तिपुर को मन्दिर हो। चिप्ले को।
अनी म किन गज्जक्क पर्या भन्नु हुन्च भने सम्धी ज्यु ले सम्धी को फोटु खिच्न ला भर नि गज्जक्क पर्या।
अनी त्यो तलको चाइ पराल को कुन्यु भन्छन केरे हाउरो गाउमा त,अन्त के भन्छन था भएन।
हन लहरे ले नि वाईस्याल जोइन गर्‍यो कि के हो हँ रातो पट्टी बानेर हिन्या छ्।
अनी यो माथि को चाइ कुन ठाम हो बडा रमाइलो ठाम रइछ।
 
 
Posted on 11-13-09 2:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

उता उखान अरेर बस्या एकछिन।


हन राम्बादुरले त सपै मिलाओ ए गाँठे! लु सम्धीज्यू, चिप्लेलाई र राम्बादुरलाई एकुन्टा तक्मा दिन परो म किन्न गएँ! अब सुनओ तक्मा त यो बुडो ज्यानले बोकेर ल्याऊन सक्तैन के रे तेसइले सिलावरको ल्याम्न पर्ला!


हो मलाई नि यो पछिल्लो फोटु मन परो, हरियालीले भरिपूर्ण रेछ


 
Posted on 11-13-09 2:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हेर लोभी बुढा ...... सिलिभरको तक्मा लेरौन्छु रे ...... होइन ..... मर्ने बेलामा पैसोले पुरेर मर्ने हो कि क्या हो ? कि जिम्म्वालनी ले मेक अप म सिध्यौन्छिन ?

होइन किन सबैले मलाई रामे / राम बहादुर भनेको? म त उही राम्रो नेपाल पो हो त .........
 
Posted on 11-13-09 3:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन राम्रो नेपाली, न्वारन को नाम पनि यो राक्छु र उ राक्छु भनेर पाइने भाईद्या भे,रिट्ठे,बिस्टे,चिप्ले,लहरे,हर्के,बिर्खे।  किन राक्थेउ होला रा हाम्पनी। राम्रो नेपाली त हामी सप्पै हौँ नि तिमी लाई नि नराम्रो नेपाली का भन्या छ र,तर गाउबेसी मा मिल्ने नाम,बोलाउन नि सजिले भर पो भन्या त राम्रो नेपाली त अली लामै भयो लेख्न भन्न,अली छोटो मिठो गाम्ले पाराको 'र' बाटै आउने कुनै मन पर्ने नाम छ भने भन केरे। तेही भन्न लगाउला सप्पै लाई। राम्बादुर,रामकिस्ने,रामपर्सात,कुन राम्रो छ तेही छान ल।



अरु कता मरेछन सप्का सप


 
Posted on 11-13-09 3:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिष्टेले उत्तर मिलायो। कीर्तिपुरको उमा महेश्वर मन्दिर हो त्यो।
रामेको आँखा त पाटनबाट पर जाने नै होइन। Manhattan को बिल्डिङ देखाए पनि मंगलबजार भन्छ जस्तो छ।


अनि खोइ त जवाफ आएन नि कसैको पनि।
बिर्खे र बिष्टे बुढाहरुका आँखा चाँही मान्नै पर्छ। पछिल्लो फोटोमा पुल तरिरहेका दुइटीलाई देखेछिन् हरियाली नलागोस् त?
बिर्खे बुढो फेरि कति सारो लोभी हौ। बोकेर ल्याउन नसके हर्क्या रिक्साँ ल्याउनु नि।
  


 
Posted on 11-13-09 3:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खोइ रामे भनेको मननपर्ने भए राम्पाटने भन्दिम् यसलाई, बागमती नतर्ने आँखा भएकोलाई। अलि लामो भयो होला राम्पाटे भनम् न बरु कसो?  
 
Posted on 11-13-09 3:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यो पुल भन्दा मास्तिर को का को फोटु हुन चिप्ले साह्रै मनोरम राइछ ठाम त अहिले जाउ जस्तो लाओ। अनी फोटु खिचाइ पनि राम्रो छ्।
 
Posted on 11-13-09 4:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हन कता लाये सप का सप ! आज शुक्रबार भन्दै मा घामै नअस्ताइ तीनपाने को बेबस्ता गर्न जानु पर्नी यि गाम्लेहरुलाई !


अनी बिस्टे माट्साप को के छ त सप्तान्त को पिलान? अर्को हप्ता भन्या हो क्यारे यता तिर झर्नी त !


अनी चिप्ले को यस्पाली नि बिर्खे सँग भेटेर खोया बिर्के लाउने पिलान हो?


जिम्माल ले राखेको त्यो माथि को गोडा तीन एक फोटा त कस्ता चिल्ला चिल्ला, कता बाट खोजेर ल्याएछन बुढा ले ! राम पर्सात कता लाये कुन्नी?


 
Posted on 11-13-09 4:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सप्तान्त को पिलान खासै केही छैन,स्यउ खाने शहर तिर गैइेला जस्तो छ्।
लौ सर सप्तान्त राम्रो बितोस।
 
Posted on 11-13-09 4:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो साँझ पनि परेछ...... कस्तो चिसो हावा चलेको हो यो चौतारीमा.......... सबै जना पिउन थाली सके कि क्या हो? ल म पनि हिडे है ल सबैको सप्तान्त झोलमये होश . आजलाई येतिनै है त...........

 
Posted on 11-14-09 6:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शनिवार त चौताराँ माखो नि झर्दो रइन्च ए !
 
Posted on 11-16-09 8:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 11-16-09 8:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सोमबारे जदौ! यो बिर्खे_माईलाको!

Last edited: 16-Nov-09 08:21 AM

 
Posted on 11-16-09 8:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जे परे पर्ला जदौ र एउटा प्यालो टाउको चाँही टास्दिनै पर्ला ! जदौ
 
Posted on 11-16-09 9:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गूड् मर्निङ चौतारी , खै हाजिर कापी को सँग छ ? लौ मेरो हाजिर गरिदिउ है म लागे आज नी काम ले पेल्ने भयो


मुइचा ले आज ढोका खोल्या दिन सहि बित्ने भयो


रिट्ठे सान प्रणाम गरे है बिर्खे बा लाई नी , अरु आउँदै गरेका औतारी हरु लाई तारे


 
Posted on 11-16-09 9:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम् चेली जिम्बाल रिट्ठे अनी बैरे


खै के खै के लौ जा त


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
What are your first memories of when Nepal Television Began?
nrn citizenship
Send Parcels from USA to Nepal & Worldwide.
Why is every youths leaving Nepal? Why are not youths entering politics and serving the country, starting business etc?
TPS Work Permit/How long your took?
महँगो अण्डाको पिकल्प : कुखुरा र खोर भाडामा लिने
Travelling on TPS advance travel document to different country...
Informatica consultancy share
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
TPS Renewal Reregistration
Nepali doctors future black or white usa ?
हेर अमेरिकामा नेपालीहरुको बेज्जत
Thank you for the sajha policy
Are you ready to know the truth?
मन भित्र को पत्रै पत्र!
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
Another Song Playing In My Mind
Does the 180 day auto extension apply for TPS?
Travelling to Nepal - TPS AP- PASSPORT
WHAT DO YOU GUYS THINK ABOUT THIS?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters