[Show all top banners]

CaMoFLaGeD
Replies to this thread:

More by CaMoFLaGeD
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~चौतारी - ११२~

[Please view other pages to see the rest of the postings. Total posts: 566]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 NEXT PAGE
[VIEWED 200209 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 29 pages, View Last 20 replies.
Posted on 04-28-08 3:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी ११२ मा यहाँलाई स्वागत छ!

 
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको  ११२ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
 
"जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"

यसपालीको चौतारी डाँडा पाखा कुना काप्चा सबै छाडेर समुन्द्रको किनारमा राखिएको छ। यो पल्टको गर्मी महिनामा यहिँ बसेर केहि छिन पौडी खेल्दै, केहि छिन रमाइलो गर्दै बिताउनु हुन सम्पुर्ण चौतारीबासी दाजुभाई तथा दिदीबहिनीहरुमा चौतारी फलोस-फुलोस समिती निवेदन गर्दछ!

**********************************************************************

*********************************************************************************************

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के दाइ, Cheli - चेली , Norton - Norton-नेत्रे,deepika02-दीपीका आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।



Chautari (Chow-tar-ee):

(World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 112 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.



*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा
*ईश्वरजीको ब्लग
 

 जिम्माल बाको पुरानो गाना आज फेरि सम्झना आयो:
हाम्रा ठुल्दाई साह्रै नै बाठा छन्
पुन्टे भन्दा दस गुना टाठा छन्!
पुन्टे दाईले भेटघाटलाई भनेर
जोडे पैसा डबल आवर हानेर!!
 
ठुल्नानिको त्यो तोते बोलिले
हान्यो सबलाई सिसाको गोलिले!
तितौरीको त्यो मिठो हाँसोमा
आफु भागिन, पारि सब्लाई पासोमा!!
 
भाउते भाँडको त्यो बिघ्न इस्टाइल
बिझ्ने कुरा लास्टमा चाहिँ इस्माइल!
सोझो कुम्ले साह्रै नै लरक्क
बिहे गरि बस्यो है गजक्क!!
 
हरि भान्जो मजाले बात मार्छ
कि त घरमा कि काममा मस्त छ!
सान्नानिको झन सानि नानि छ
कुरा बुझ्ने मजाको बानि छ!!
 
 
Last edited: 02-May-08 11:22 AM

 
Posted on 04-29-08 11:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 launa haha kati hasako deeple.

 

ani ko ho tyo bahira chichyaune bakasma karaune han ritthe?


 
Posted on 04-29-08 11:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 04-29-08 11:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गन्नु भैया: अबे फिर से आ गया?

रिट्ठे:  हांजि माइ बाप!

गन्नु भैया: फिर काहे कु आया रे? अ बे कुछ तो शरम कर निचेका दुकान खुला है!

रिट्ठे: वो माइ बाप जो कट्टु आप ने दिया था उसका नाडा गायब है!

गन्नु भैया: अबे बिन नाडे कि कट्टुसे तो दुकान खुलेगा हि, कौन ले गया रे नाडा?

रिट्ठे: माई बाप, वो आपने बिन नाडे कि कट्टु भिडा दि मुझको!

गन्नु भैया: अबे  मेरे पास जो था वहि दिया है, अब नाडा किधर से लाउँ?

रिट्ठे: पर माई बाप आपके पास बिन नाडे कि कट्टु किधर से आया?

गन्नु भैया: अबे वो मेरा नहिँ है, वो तो मेरा बाप शंकरिया उतार के गया था!

रिट्ठे: तब तो हम यहिच कट्टु पहनेगा माइ बाप, शंकर छाप कट्टु!

 

((((((((((((ध्यानट्यार्यान.....ढुकचुक ढुकचुक...ध्यानट्यार्यान))))))))))

आप भि पहने , दुसरोँ को भि पहनाइए, शंकरछाप कट्टु, नाडा बाँधने कि जरुरत हि नहिँ!

टुंगsss।।।।।


 
Posted on 04-29-08 11:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 launa jimmal baa hahahaha शंकरछाप कट्टु


 
Posted on 04-29-08 12:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बा बा यहाँ त गन्नु र रिट्ठु को गन्थन पो चली रा रछ।


 
Posted on 04-29-08 12:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"लु हिन आज देवदास हेर्नुपर्छ" हितेशलाई आज एक्कासी के मुड चल्यो चल्यो।

हिजो राती २ बजे आको थियो फिट्टु भएर हाम्रो घरमा। धन्न कसैले थाहा पाएनन् र ठिकै भयो। "किन यस्तो झ्याप भाको यार तँ?" भनेर सोध्या त, "बाल मतलब तँलाई? मलाई जे सुकै हुन मन लागोस तँलाई के मतलब? सप्पैले छाडेपनि केहि छैन मलाई बुझिस्? त्यो सबिनाले आँफुलाई के सोच्छे? त्यो भइन भने मेरो लाइफ सक्कियो?" भनेर झन्नै सात्तो खायो। त्यो मध्य रातमा फेरि जवाफ फर्कायो भने घरमा सबैजना उठ्लान भनेर थाम थुम पारेर भुइँमा ओछ्यान लगाएर सुताएँ। बिहान उठ्दा चाँहि रिसाउँदै थियो, "यार तँ साथीलाई नि भुइँमा सुताउँछस्? अलि कत्तिपनि तँलाई पाहुना सत्कारको ज्ञान छैन?" भनेर।

"अब तँलाई त्यस्तो फिट्टु भा'बेलामा खाटमा सुताएर अनि तैले कवाली गाइस भने मेरो बिजोग हुन्न? बरु जे सुकै गरे नि त्यो भुइँको कार्पेटमा त खासै फरक पर्दैन नि" भनेपछि बल्ल खिस्स हाँस्यो।

"म लास्ट फिट्टु थिएँ हो?" केहि थाहा नभएजस्तो गरेर भन्यो।

"बबाल थिस यार तँ, फेरि को हो त्यो सबिना भन्ने नि?" मलाई नि कुरा उठाउन मन लागेर आयो।

"को सबिना?" उल्टो मलाई सोध्छ।

"अनि त्यस्कै यादमा तड्पेर फिट्टान भा'रैछस त तँ हिजो। रात भरि उसैको नाम जप्दै थिस्!"

"ए! त्यो मेरो मामाको छोरीको साथी। अस्ति नै मामाघरमा भेट्या थिएँ क्या माया लागेर आयो। त्यस्पछि एक दुइपल्ट पस्पतीमापनि भेटेँ अनि त ज्यानै जाला जस्तो भयो। हिजो बैनीलाई भनेर लव लेटर दिएको त 'चिन्दिन त्यस्लाई' भनि रे! अनि मलाई नि लास्टै टेन्सन भयो अनि ठमेल तिर लागेँ। ठ्याक्कै प्रिन्स र जे डी भेट भयो। अनि तिनीहरु सङै ट्राजेडी मनाको!"

"अनि तँ किन मेरोमा आको नि त्यसो भए?"

"हैन! केटाहरुले प्रिन्सको मा सुत्ने ठाउँ छैन भन्न थाल्यो अनि त्यहि भएर तँलाई सम्झेको नि"

"ल ठिकै छ यार तर अब देखि चाँहि अलि छिटो आइज है आउँदा घरमा र्याग गर्छ सबैले फेरि।"

"ह्या अब देखि त्यस्तो खान्न म! बरु आज एउटा दामी प्लान छ, जान्छस्?"

"कहाँ?"

"लु हिन आज देवदास हेर्नुपर्छ"

"कहाँ देवदास हेर्ने यार? कस्तो भिड छ रे! फेरि यहाँ देखि कालोपुल सम्म हिन्दै जानुपर्छ, भो मलाई त खासै हेर्न नि मन छैन"

"हिन न यार! मेरै हालत भा'होला बिचरा देवदासको पनि! एउटै एउटै किसिमको ट्राजेडी भा'को फिलिम हेर्नु रमाइलो हुन्छ के! बरु टिकट मै किन्छु। बरु त्यहाँ अर्कि कोहि भेटिइ भने यो सबिनाको भुतले त छाड्थ्यो"

अब भो त! हिते को अगाडी मेरो के चल्थ्यो? हत्तपत्त उठेर भात सात खाएर लागियो सिफल हुँदै कालोपुल तिर। खासै फिलिम हेर्न त मन थिएन तर उस्को लागी त्यत्ति त गर्दिनै पर्यो मैले। अरु बेला भा भे त जान्न थिएँ तर बिचरालाई साह्रै झट्का परेछ हिजो। अब अर्कै कोहि देख्यो भने मन त फर्किन्थ्यो कि उस्को भनेर लागेँ उ सङै।

बाबा हो! हलमा क्या लामो लाइन रहेछ! "त्यस्तो लाइनमा बसेर नि कोहि फिलिम हेर्छ? भो यार बरु जुम उता किङ्स्वे तिर। तलाई मन बहलाउन उतै ठिक हुन्छ। यो फिट्टु हुने फिलिम के हेराई भयो यार?" भनेर हितेशलाई सम्झाउन खोज्या त उ लुसुक्क छिरेछ लाइन भित्र। "अब त एकैछिन मा किनिन्छ बुजिस दुइटा टिकट" लाइन छिरेपछि उस्ले दियो!

बल्ल बल्ल टिकट किनियो। ११:३० बजेको शो को लागी ११ बजेनै हाउसफुल भइसक्यो। धन्न हामीले चाँहि दुइवटा टिकट किनिसकेका थियौँ र ठिकै भयो!

"अब आधा घन्टा के गर्ने नि?" मलाई त्यहाँ भिडमा बस्न खासै मन थिएन।

"जुम माथी पुलमै, अनि त्यो कोक पसल्नी सङ एकछिन बात मारुम" उस्को ध्यानै उतातिर।

हामी लाग्यौँ त्यो पुलकै छेउको पसलमा। उस्ले दुइटा कोक माग्यो अनि एउटा शिखर। म चाँहि चुरोट नखाने मान्छे नि फेरि! साउनीकि छोरी होली त्यो, उस्ले नि मस्की मस्की दिइ कोक, अनि चुरोट दिनेबेलामा चाँहि अलि रिसाए जस्तो गर्दै थि, हितेले थाहा नपाए जस्तो गरेर लियो।

एक दुई सर्को तान्दै बाहिर सिनेमा हल तिर हेर्दै थियो एक्कासी मलाई, "लु यो चुरोट थाम थाम एकछिन लाई" भनेर झ्याप झुप चुरोट मेरो हातमा रखिदिएर हिन्यो त्यो त सिनेमा हल तिर। मलाई अचम्म लागेर कहाँ जान लागेको? भनेर सोधेँ।

"उ त्यहाँ हेर न पल्लवी आ'रैछे" उज्यालो अनुहार बनाएर उस्ले भन्यो।

"को पल्लवी?" मलाई उस्का अप्सराहरुको नामै याद गर्न गाह्रो।

"त्यहि क्या, सबिनाको साथी! एक्लै छे जस्तो छ, आज अब यस्लाई पट्याउनुपर्छ। यस्लाई त्यो सबिनाको अगाडी घुमाएर देखाउनु पर्यो" उस्ले मलाई हेर्दा नि नहेरी लाग्यो त्यो तिर।

म यहाँ हातमा उस्को चुरोट बोकेर बसि राखेको छु। उ चाँहि त्यो सङ मज्जाले कुरा गर्न थाल्यो। त्यस्ले कुरा गर्न सकेको देखेर मलाई नि अचम्मै लाग्यो। निकै बेर सम्म हाँसी हाँसी कुरा गरे तिनीहरु। एकछिन पछि त्यो पल्लवी सेन्टी भइ।

"ला! अहिले नै प्रपोज गरिहाल्यो कि क्या हो?" भन्ने पिर लाग्न थाल्यो मलाई

यसो हेर्छु त! हिते सेन्टी भो त्यसपछि। "ला! नाई भनिछे क्यार! कहाँ एकै चोटी प्रपोज गरेर नि हुन्छ यार?" भनेर म चाँहि सिरिप सिरिप कोक तान्न थालेँ।

हिते र पल्लवी कुरा गर्या गर्यै छन्। हिते मलाई एकछिन पुलुक्क हेर्छ अनि उस्लाई हेर्छ। पल्लवी उस्लाई रिक्वेस्ट गरे जस्तो गर्छे। "बिचरी! नाई भन्न नि त्यस्तो हातै जोड्नु पर्ने कस्तो जमाना आयो!" म यता अड्कल काट्दै छु!

हितेले चट्ट वालेट निकाल्यो र खोइ कुन्नी के दियो उस्लाई र लुसु लुसु म भए तिर आयो। पल्लवीपनि निकै खुसी भएजस्तो गरेर लागी हल तिर।

"लु जुम!" खुइया गर्दै हितेशले मलाई भन्यो।

"कहाँ अहिले जाने? गेटै खुल्या हुन्न यत्ति बेला"

"हैन! किङ्स्वे तिर जुम!"

"किन?"

"हैन यार! त्यो आफ्नो ब्वाइफ्रेन्ड सङ आएकी रइछ। टिकट नपाएर छटपटिएकी रइछ। आफ्नो त मनै कमलो! अरुको दु:ख देख्न सक्दिन! दिएँ टिकट उसैलाई। तँलाई नि खासै हेर्न मन थिएन! बरु तँलाई बियर पिलाउँछु। यसै देवदास उसै देवदास!" खिसिक्क अनुहार बनाउँदै उस्ले त्यो चुरोट एकै सर्कोमा सिध्यायो!

********

Last edited: 29-Apr-08 12:44 PM

 
Posted on 04-29-08 12:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ढिलै भए पनि जम्मै गाम्ले लाई मंगलबारे जदौ, नमस्ते, लालेमाम (आ-आफ्नो भागमा जे पर्छ तेही स्विकार्नुस।)  

गन्नु र रिट्ठु को गन्थन ले हुन सम्म रमाइलो हुँदै रैछ यहाँ त।

लु एक छिन थकाई मार्नु पर्‍यो एतै।

Last edited: 29-Apr-08 12:30 PM

 
Posted on 04-29-08 12:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 04-29-08 12:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


आम्बो ! क्या हास उठाको सप्ले !
बुझे मैले गन्नु भैयाले भरै सपनामा रोलिङ किक दिने भये मलाई !

कुम्स पाटको बबाल दामि गयो ! हा हा देवदासको फसाना अच्छा रइछनत !

 
Posted on 04-29-08 12:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम फ्री।

कुम्ले ब्रो कस्को कथा हो यो? दीप ब्रो को कि आफ्नै? कथा निकै दामी गयो ब्रो।


 
Posted on 04-29-08 1:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अहिले त्यो गणेश रिसाएर श्राप दियो भने मेरै थाप्लो मा पर्छ, सुरु गर्ने तै होइनस भनेर। उहिले को कुरा निकालेर मेरो भन्डाफोर गर्ने तै होस भन्न बेर छैन। अझ माइला दाइले त गणेश मात्र नभएर उस्को बाबा शंखर सम्म कुरा पुराउनु भएछ।
अनि बाफ्रे कोइ भन्दा कोइ काम नाइ। कुम्ले दाई हजुरको पनि यस्तो बबाल जाने रहेछ। येहा त कुरा गरि साद्धेनै रहेनछ। मर्न आँटे हासेर।


 
Posted on 04-29-08 1:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

....

कुम्ले हातमा हितेले दिएको चुरोट बोकेर बेला बेलामा साहुनिको छोरि तिर छड्के नजर दिँदै, बेला बेलामा हितेको पल्लवी संगको हाउभाउ हेर्दै कोक पनि सिप मार्दै थियो। एउटा रातो कमिला कुम्लेको जुत्ता बाट बिस्तारै माथितिर चढ्यो र मोजाको फेर सकिने ठाउँमा पुगेर कुम्लेको चाम्रो छालामा किटिक्क पारिहाल्यो!

" ऐयाS नि! ड्यास ड्यास... जस्तो ...ड्यास ड्यास..."

नजिकै कोहि नभएको बेला पारेर कमिलाले टोकेको झोकमा कुम्लेको मुख बाट स्वतन्त्र रुपले संस्कृत श्लोक निस्कने बित्तिकै घाममा कसैको छायाँ देखेर यसो मुन्टो उठाएर हेर्यो!

कुम्लेका कान्छा बा कान्छि आमा संग देवदास हेर्न आएका रेछन्, सोझो, मुसुमुसु हाँस्ने, खराब बानि नभएको, मिठो बोल्ने कुम्लेलाई, एक हातमा कोक, एक हातमा बलिराखेको चुरोट, नजिकै साहुनिको छोरि र मुखबाट निस्केको गालि सहितको  स्थितीमा देखेर भुत देखेको जसरि हेर्न थाले बुढाले!


 
Posted on 04-29-08 1:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल सोझो कुम्लेको पोल खोल्यो है जिम्माले ले। पोलापोल खोलाखोल हुँदै के के खुल्ने हो हेर्दाइ जाम।

 

तारेमाम है बिर्खे बा।


 
Posted on 04-29-08 1:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल! दीप ब्रोले बबाsssल शोले हान्दिएको रइछ। हा हा हा हाम्रो रिट्ठे ब्रोले गनपती सङ्ग फेस टु फेस गर्नु पाको?

जिम्माल बा, लोल! शंकर छाप रे! हा हा हा!!

ओ लहरे त्यो भुइँमा लडीबुडि नगर त भुइँ फोहोर हुन्छ!! लोल!!

रिट्ठे! आँच! ब्रो त सेलेब्रिटी भइहालेछन्त! सिधै गनपती सङ्ग कन्ट्यान्क गर्ने रहेछ!

राहुलदाई! लोल!! कहाँ दीप ब्रो को कथा हुनु हौ? कथा त मेरै हो तर दीप ब्रो र बाङे कै जस्तो मर्का पर्या हाम्लाईपनि

दिपिका, हे हे हे!! सब एक से एक हगि? कहाँ हाम्ले सक्नु हौ!!

जिम्माल बा! हा हा हा!! मेरा कान्छा बा कि मेरा जिम्माल बा आ'का हुन् त्यो बेला? ;-)


 
Posted on 04-29-08 1:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज जिम्बाल को फुर्सद जस्तो छ।
बुढोले रेड बुल खाएर आयो कि क्या हो,
यता गाउँनी उफ्र्याछ उतानी उफ्र्याछ।
उफ्य्रा शब्द सुनेर फेरी रिट्ठे लाई उफ्री को याद आउँला नि
फेरी, उफ्र्या इज अ ब्रदर अफ उफ्री, है त।
सोझो कुम्ब्ले पनि क्या दिने क्या, चान्स पायोकी त।
 
Posted on 04-29-08 1:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


के छ हो गाउले हो खबर, निक्कै मजाक गर्दै रछन, लौ मैले नि आझको पहिलो राउन्ढको ठोके है त।

 
Posted on 04-29-08 2:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गन्नु: किसको ले के आया बे? यह तो डिम्पल नही है।
रिट्ठे: यह जिम्माल है, माईबाप।
गन्नु: तो?
रिट्ठे: नई नई शादी हुई है ईस्की, अगर आप कुछ आशिर्बाद वाशिर्बाद दे दे तो ---
गन्नु: खामोश!
रिट्ठे: काहेको भडके बोस?
गन्नु: यह शादी ब्याह से मुझे शख्त नफरत है --
जिम्माल: लोल! ऐसा तो न कहें प्रभो, आपकी बाप ने भो दो दो शादी रचाई थी, उधर बिष्णुकी भी लक्ष्मी है, रामकी सिता, देबता लोग भी शादी ब्याह करतें है, कृष्ण ने तो --

गन्नु: सुन बे लोल, मेरे सामने ना वो कृष्णका नाम फिर से एकबार लिया तो --
रिट्ठे: क्या हुवा बोस, बहुत झुंझला रहे हो आज? पेसर कि सुबह बाली दबा ली?
गन्नु: शुरु से गडबड होरिया है मेरे साथ। नजाने कहाँसे यह हाथीका शर लगबा दिया। देखेते ही लडकियाँ डर जाती हैं। कसम से भैरव नही होते तो डरानेबाला बस हम ही रह जाते। डाईटिङ्गका जमाना है, छोकरी लोग सिक्स प्याक सिक्स प्याक बोलती है और यह देखो हमारा पेट। उपर से लोग कार्ब खिलाने सी बाज नही आते। तंग आगया हुँ मै। कृष्णको बंशी थमा दिया, बजा बजा कि लडकियाँ पटाता गया। मेरे को क्या दिया? यह कुल्हाडी? किसकी पैर पे मारुँ रे रे यह बन्चरो?? ना तो बंशी बजा सकता हुँ इस सुँढ कि बजाह् से, न हीं और कोई खुबी है।

रिट्ठे: बोस, दाँत छुपायो जल्दी से।
गन्नु: क्यों रे?
रिट्ठे: शिरिष आ रहा है। उसे दारा बिलकुल पसन्द नही। उखाड देगा।


 
Posted on 04-29-08 2:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

.ha ha ha Deep bro!!!! baaf re!!
 
Posted on 04-29-08 2:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुम्ले ब्रो ले पनि कथा त दरो हालेछ।
 
Posted on 04-29-08 2:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कस्तो हसौने हो दीप ब्रो ले लोल लोल
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
शीर्षक जे पनि हुन सक्छ।
What are your first memories of when Nepal Television Began?
TPS Re-registration case still pending ..
Basnet or Basnyat ??
nrn citizenship
Sajha has turned into MAGATs nest
Nas and The Bokas: Coming to a Night Club near you
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Travelling to Nepal - TPS AP- PASSPORT
निगुरो थाहा छ ??
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Doctors dying suddenly or unexpectedly since the rollout of COVID-19 vaccines
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
TPS Work Permit/How long your took?
मन भित्र को पत्रै पत्र!
How long does Citizenship take?
Informatica consultancy share
Travelling on TPS advance travel document to different country...
Are you ready to know the truth?
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters