[Show all top banners]

hetterika!!
Replies to this thread:

More by hetterika!!
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~~चौतारी - ५२~~

[Please view other pages to see the rest of the postings. Total posts: 651]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 NEXT PAGE






[VIEWED 192464 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 33 pages, View Last 20 replies.
Posted on 04-19-07 5:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी-५२
नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम
          
--चौतारी -- भाग ५२ --

चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ५२ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।


**********************************************************************
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।


Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 51 editions.
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.

लौ बसुम यही चौतारीमा








 
Posted on 04-24-07 9:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते गाम्लेहरू!!!

के छ हालखबर? ठूली, हरि, राहुलदाई, पून्टेदाइ, दादा, गोतामेज्यू, जिम्माल बा, कुम्ले, राते र पछि पाल्नुहुने गाम्लेहरू सबैमा जदौ!

जिम्माल बा अचेल धेरै बिजी हो कि क्या हो?
 
Posted on 04-24-07 9:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आचकलका भुराभुरि क्यार्छन क्यार्छन कुरो बुझे मारिदिनु!
ठुल्नानि म्वाँ म्वाँ मिस्सि बास्सा...के के जाति हो अर्छे, के अरेकि हो बुजिएन गाँठे!
लु नबुझे नि मैले नि म्वाँ म्वाँ..
लु नाच ठुलि नाच, तो बारुले कम्मर मर्काई मर्काई नाच, म मादल घन्काम्ला!

हन ए गाम्लेओ! आजकल हाउँरि नातिनी कता लागिन हँ? यसो बेला बखताँ चौतारि छिरो कइलेई देखेओ छैन त!
 
Posted on 04-24-07 9:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पोईलो गई तिम्री नातिनी, जिम्माले! पल्ला गामको फट्याङ्ग्रेसंग सईंकुच्चा ठिकिछे।
क्यार्छौ अब, बुढा? ज्याऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽ!
 
Posted on 04-24-07 9:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा हा हा
 
Posted on 04-24-07 9:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ गाम्ले हो। के के हुँदैछ यहाँ?
ठुल्दाइ, कथा एकदम मार्मिक् लाग्यो। दिवङगत् पिताजीलाई हार्दिक श्रद्धान्जली। चित्रे, कस्तो हुदैछ त आन्ध्रे पारिको बसाइ? आउन नपाइ सेतो घर ताकिदिने? लौ अब छिट्टै नागरिकता लेर चुनाउ लडौं।
चना, कथा interesting हुँदैछ, छिटो अघि बढोस्।
गौतमजी, कस्तो भो त नेपाल बसाइ? भेट् हुन पाएन यस्पालि।
अनि अरु गाम्ले हो, सुनु न हालखबर।
 
Posted on 04-24-07 10:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पोइलो गई रे :O के भनेको तेस्तो यो पून्ते दाइ ले अहिले तिरु अै भने पून्ते दाइको तालु मा आलु फलाइ दिन्चे।
बिर्खे दाइ म कम्मर मर्काइ मर्काइ नाच्दै चु अयाअाअाअाअ कस्तो कम्मर दुख्यो।
 
Posted on 04-24-07 10:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हन के भन्छन यिनि पुन्टे बुडा? पोइलो गइन रे???
के जान्थि बाबै पोइलो तेसै! बिचरि कतै कखरा पड्नमा अल्मलिएकि होलि!
तितौरी नातिनि तिमि जहाँ भए पनि तो बाह्रखरि पड्न सकिएसि एसो चौतारि तिर छुनुमुनु अर्दे आऊ है बा! कत्ति पुस्टकारि तेसै पउलेर जान लागो क्यार्नु अब!

चित्रे क्यार्दै छौ? तो तिमि सँअ कुरा अर्ने फुनको लम्बर हराओ गाँठे! एसो कतै टाँसेर आवा गरन, फुर्सत मिलेओ बेला बात मारुम्ला!

चिप्ले नि चिप्लँदै आएछन्! कता हराइया थियो?

भान्जा र कुम्लेलाई जदौ! तिमि मोराहरुको छ दिन!
 
Posted on 04-24-07 10:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुन् गीतमा नाच्दै हो ठुली?
बिर्खे, नेपालाँ लोकतन्त्र हेर्न भनेर गाको, फर्केपछि साहुको कामले पेल्यो। हराको त हैन तै पनि। नबोलेनि आइराकै हो चौतारीमा, कोही गाम्लेले देखेनन् जस्तो छ।
 
Posted on 04-24-07 10:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तिरू पोईलो गई रे? :O लौ न के सुन्नु परो यो? :O

चिप्ले ज्यू, के गर्ने नपाउने भए नि ताक्न मन लाग्दो रैछ, ताक्दैमा के जान्छ र हैन? :) अनि तपाइको के छ नि? के छ केन्टुक्कीतिर को हालखबर?

जिम्माल बा, म फोन गरूम्ला तपाइलाइ ट्याम मिलार।

ठूली, ल तिमी र म नाचूम्। ;)
 
Posted on 04-24-07 10:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चिप्लु खै गीत् गाम्ने पून्ते दाइ दलर प्रिन्त् गर्न जानु भाको च। तेसैले बिर्खे दाइ खलि मदाल घन्काउन्दै हुनु हुन्च म नि के कम म नि कम्मर् मर्काइ मर्काइ नच्दै चु। चिप्लु खै त नेपालको कोसेले। खै हामि नि चाखुम न
चित्रे के हुदै च हो?
कुम्ले हजुर् लाइ सन्चै।
 
Posted on 04-24-07 11:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के हुनु चित्रे यता त। महिना बैशाखको झरी असारको भैराछ। तेता के हुदै छ नि? जर्ज दाइ र लरा भाउजुको के छ नि?
ठुली, कोसेली ल्याको त हो तिमीलाई, बाटैमा सक्यो हेर न। यहाँको आन्तरिक उडानहरुमा केहि खान नदिने, त्यही खाएर भोक् मेट्न परो। बरु अर्को कोसेली पनि छ, ठेगाना देऊ न, हुलाक मार्फत पठाइदिम्ला।
 
Posted on 04-24-07 11:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चिप्लु तेसरि बातोमा सपै खादा मेरो चोखे लागेर पखला लागेन। लु अर्को कोसेलि के हो येसो फोतो तासुम् न अनि म तपाइ लाइ ठेगाना दिम्ला।
 
Posted on 04-24-07 11:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फोतो नै खिचेको छैन के तास्नु। ठेगाना देऊ अनि mailbox चेक गर्दै गर न। अनि किन लाग्नु पखाला मलाई? नेपालाँ बिहान एक पाउ लाखामरि र चिया, दिउसो एक किलो राँगाको मासु र चिउरा अनि साँझाँ एक माना भात खार त लागेन भोक् लाग्या बेला तेति खाएर के लाग्नु।
 
Posted on 04-24-07 11:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के हुँदै छ हो चौतारी मा? ओह् हो मेरो पाट्नर् नी आएछ लौ। के छ हो, कहिले झुल्किने कहिले हराउने :P
चौतारीमा रमाइलो चल्दै रैछ। चौतारी बत चेलिबेटी हराउन थालेको गाइं गुइं चल्दै छ त।।।।।।।। यस्तो ताल् ले त भएेन बा।

सबैलाई नमस्कार है। हैन यो नेपाली टाईप गर्न किन गाह्रो पर्दै गको भन्या? कसैले मिलाउन पर्‍यो लौ न।
 
Posted on 04-24-07 11:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मंगलबारे जदौ! यो बिर्खे माइलाको!! :)
 
Posted on 04-24-07 12:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चिप्लु तिम्ले के कोसेलि ल्याइदेको कुसुक्क बिजुलि पत्र मार्फत् भनन। आफुलाइ कस्तो कुन्न मन् लागिसक्या के ल्याइदेको होला बनेर।
नम्चे र नेम्चि दुबै लाइ लाइ नमस्ते है
 
Posted on 04-24-07 12:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पुन्टेदा = भ्यान्टे भुँडी चिल्लो तालु
डाडु ले हानेर फलाई दिम्ला आलु :( :(:( :@ :@ :@ :S
मार्दिम् ?
हजुरबा :) खै दिनुस् pustakaari ani भोली पर्सी क ख जम्मै पढ्न जान्नी भएर आम्छु है ।

सबै गाम्ले हरु लाई नमस्ते अनी चित्रे ले सेतो घर् किन्यो रे :O ! ल ल बधाई तिम्लाई !
 
Posted on 04-24-07 12:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

छु ख नेप्ची? कहिले झुल्किने कहिले हराउने :प्
ठुली, कुसुक्क बिजुलि पत्र मार्फत् आफ्नो ठेगाना पठाऊ न, देखिहाल्छौ नि अनि
 
Posted on 04-24-07 12:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो तिरु के छ हालखबर? चौतारीमा तेत्रो हल्ला चलिरहेको छ तिमी पोइलो गयाऔ भनेर। अनि चित्रेले सेतो घर किनि नै सकेको? ल बधाइ छ। अनि जर्ज दाइ र लरा भाउजुलाइ टेक्सासतिरै लघारेको कि DC तिरै डेरा खोजी बसे?
 
Posted on 04-24-07 12:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो तिरु महारानीको फिर्ती सवारी भएछ। Whale-come back :P

जम्मै गाम्लेहरुलाइ आन्द्रै देखिको नमस्ते है।
:-)
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
Travelling to Nepal - TPS AP- PASSPORT
TPS Work Permit/How long your took?
मन भित्र को पत्रै पत्र!
Does the 180 day auto extension apply for TPS?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters