[Show all top banners]

gaalab
Replies to this thread:

More by gaalab
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 -- चौतारी ३८ --..

[Please view other pages to see the rest of the postings. Total posts: 583]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE
[VIEWED 145653 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 30 pages, View Last 20 replies.
Posted on 12-15-06 8:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम्,
-- चौतारी -- भाग ३८ --




उकाली-ओराली, हिउँद-गृष्म, दशैं-तिहार गर्दै, हाँस्दै-खेल्दै, ठट्टा गर्दै चौतारी ३८ औं भागमा आइपुग्दा नयाँ पुराना गाउँलेहरू तथा शुभचिन्तकहरूको न्यानो माया, सद्भाव र शुभेच्छा पाएर द्रुत गतिमा प्रगतिपथमा लम्कँदै गइरहेको छ। कुनैबेलाको नमेको चौतारो अहिले नमेको मात्रै नभई सबैको साझा चौतारी बनेको छ। नेपाली जनजिब्रोलाई माया गर्ने, नेपालीपनमा रमाउने र एकअर्का प्रति बन्धुत्त्व, सद्भाव एवं मेलमिलापको दृष्टीले हेर्ने सबै नेपालीका लागि चौतारी एकताको अनुपम नमूना हो।
हाँसो खुशी मित्रता आत्मियता अनि आफ्नोपनको अनूभूति चौतारीको विशेषता
--मास्टर्नी दिदी

यस पटक पनि लुम्बिनीतिर गएर बातचित मार्नुपर्ला के रे! आउनुहोस् घाम तापेर बदाम छोडाएर खाऔं, अमिलो साँधेर खाऔं, मेवा काटेर खाऔं! नियमित रुपमा आइरहने सबै महानुभावलाई आफ्नो सकृयतालाई निरन्तर दिन अनुरोध गर्दछु र हालसम्म चुपचाप रमाइलो मानी चौतारी पढिदिने साथीहरूलाई पनि यसमा भाग लिई चौतारीको रौनक बढाईदिनुहुन अनुरोध गर्दछु।

सधैं झैं यस चौतारीमा Nepe – नेपे दाजी, Birkhe_Maila – जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. – गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – आइते, जंगे, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me – मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरितालिका, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते साथै, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, सबैलाई स्वागत गर्दछौं।

साझा चौतारीका ताजा खबर

  • ठुलीलाई नेपालमा। पक्कै पनि नाङ्लोमा गएर प्लेटमा कुखुरा' मासु खाइरा' होलिन् के रे! हामी चैं यहाँ कुँडो खाँदै बस्नु पर्या छ। :(

  • साझा चौतारी विकीमा

  • पुन्टे दाइको सकृयतामा क्रिसमस भेला???

  • पुन्टे दाइलाई अस्थायी अँउरेजी शिक्षकको नियुक्ती। पहिलो परीक्षामा तितौरी पास (बोर्डफस्ट भन्दिम् न!)


मान्छे हराएको सूचना:
चौतारीबाट निम्न सदस्यहरु हराएको हुँदा भेट्नुहुन महानुभावहरुले नजीकैको चौतारी सदस्यलाई खबर गरिदिनुहोला।
साहिंला भन्ने नेपेसाहिंला, सिरे भन्ने श्रीपाँच, भौतेकाजी भन्ने भउते, सान्कान्छा, आदि।

 
Posted on 12-18-06 7:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल त्यसो भये तातो तातो मेल (hotmail) मा टेलिग्राम गर्नु परो, बिधुतिय चिठि हेर (Yahoo ko)
 
Posted on 12-18-06 8:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

को को छन हौ ? ? कोही पनि छैन कि क्या हो ?
 
Posted on 12-18-06 8:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए त्यो कताको लिन्क पनि रैछ मैले त तेइ फोटो ठुलो पारेर पढेको ।
 
Posted on 12-18-06 8:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते सबैलाई।

सान बूडोबाट 'वर्ष ब्यक्तित्व' पाएर कोहि झुक्कियो कि झुक्किएन हँ यसपाला? पोहोर नमे झुक्किएर बबाल भा'थ्यो।

पोहोर नमे झुक्किएको हेर गाम्ले हो,

- http://www.sajha.com/sajha/html/OpenThread.cfm?forum=2&ThreadID=26392
 
Posted on 12-18-06 8:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सान दाइले पोहोरनै फुल बनाइहाले नि । गोतामेले त्यो धागो निकालेर अम्लेट बनाउनी सुर कस्या जस्तो छ ?
 
Posted on 12-18-06 8:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

TYRA 'वर्ष ब्यक्तित्व' ' hahahahhhhhhhhhhhhhhhhhaaaaaa...
 
Posted on 12-18-06 8:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ सपैलाई, अनि बधाई- 'बिचरा' बर्ष व्यक्तित्वहरुलाई! :)
 
Posted on 12-18-06 9:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गोताएँ बुडा, नमे र तितौरी यइँ छन भन्ठान्या त!
कता अन्मरिएछन?
 
Posted on 12-18-06 9:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु हरितालिके भान्जोलाई नि बुढ्यौलिले छोओ!
आज जन्म दिन परो भन्दै थो बज्जे, तेल्लाई शुभकाउना दिम दिम लाओ गाँठे!

लु यो बर्ख जोईको पोई भएस्! अलि अलि जोइटिङ्ग्रे पनि भएस लज्जा त :)
सन्तानले डाँडा काँडा युरोप अम्रिका ढाकुन्!
जे होस जन्मदिनको शुभकामना छ!
 
Posted on 12-18-06 9:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धेरै नबर्बराउ जिम्माल बूडा, म पुनि यतै छु, 'कुँडो ब्रेक' छ अहिले।

हरितालिकेलाई जन्मदिनको धेरै धेरै शुभकामना छ। यो बर्खबाट जोईको पोई भएस्! अर्को बर्खबाट बाउ भएस्!
 
Posted on 12-18-06 9:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो गोर्खाली सोम्,
मेरो पनि शुभकामना है!

"Sajha Person of the Year" त मैले तेश्रो चोटि पाउँदैछु। ह्याट्रिक हानियो त नि गाँठे! :)
यस चोटि चैं दङ्ग पर्दै नयाँ थ्रेड खोल्ने मुर्गाहरु छैनन्?
 
Posted on 12-18-06 9:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हरितालिकेलाई जन्मदिनको धेरै धेरै शुभकामना छ। यो बर्खबाट जोईको पोई भएस्! अर्को बर्खबाट बाउ भएस्!
 
Posted on 12-18-06 9:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु गोताएँ र गालउ यतै रेछन्!

हुँदा हुँदा गोताएँको बेन्तो आचकल कुँडो भा'छ , अब एस्तै हो चाइन्जो भन्देखुन कुन दिनाटि साउपात मात्तै खान थाल्छ र " कुँडो बिरेक" लाई " पराल बिरेक" भन्न बेल लाम्दैन!

लु कुँडो सुँडो छाड बरु तमाखु सल्काऊ, मुइँले नि भर्खर ढिडो हसुरेओ नाइटै देखुन तमाखुओ तल तल लाएर आओ गाँठे!
 
Posted on 12-18-06 9:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सान बूडाको दिमागलाई भने मान्नैपर्छ! दुई-चार वर्ख यताबाटै बूडाले सप्पैलाई 'वर्ष ब्यक्तित्व' भिराइराख्या छ, औंरिकाको 'टाइम' म्यागाजिनले बल्ल सिक्दैछ सप्पैलाई दिन। मैले सुने अनुसार, पोहोर डिसेम्बरको यै ताका 'टाइम'को एउटा कुइरे झुक्किएर साझामा आईपुगेछ रे। त्यो बेलाँ साझाँ 'वर्ष ब्यक्तित्व'को अहिलेजस्तै हल्ला चलिराख्या थ्यो, कुइरेले दुई-चार धागा पढेर सप्पै कुरा बुझेछ, अनि 'गुड आइडिया' भनर हिनेको रे। बज्जेले यसैपालीनै सिको गरेछ सान बूडाको!
 
Posted on 12-18-06 9:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठीक कुरो ग-यौ जिम्माल। अब बूढेशकाल लाग्दै आएसी घाँस-परालतिरै बल गरिएला जस्तो छ। ल लेउ तमाखु, अलि होश गरेर तान, कडा छ। फेरि खोक्दा-खोक्दै थाकौला नि!
 
Posted on 12-18-06 9:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

miss_ me awarded Sajha Person of the Year 2006

As we approach the end of year 2006, I would like to take a brief moment to congratulate MISS_ ME for being selected as the sajha person of the year 2006. Thanks to miss_ me's participations on sajha - may it be in discussions or simply participation as a reader, miss_ me has added to the diversity of thoughts and ideas in sajha.

Although this award does not come with any prizes please note that it comes with gratitude from the rest of the sajha community for spending your valuable time helping sajha bring together Nepali communities from near and far, and for helping sajha become one of the richest Nepali sites in terms of sharing ideas, views and articles. Sajha.com has grown a lot in 2006 due to participation from visitors like yourself.

I wish you a very happy, prosperous and satisfying new years 2007, and look forward to your participation in the near future.
Jai Nepal
Site Admin
Sajha.com
**********************************************
shubha awarded Sajha Person of the Year 2006

As we approach the end of year 2006, I would like to take a brief moment to congratulate SHUBHA for being selected as the sajha person of the year 2006. Thanks to shubha's participations on sajha - may it be in discussions or simply participation as a reader, shubha has added to the diversity of thoughts and ideas in sajha.

Although this award does not come with any prizes please note that it comes with gratitude from the rest of the sajha community for spending your valuable time helping sajha bring together Nepali communities from near and far, and for helping sajha become one of the richest Nepali sites in terms of sharing ideas, views and articles. Sajha.com has grown a lot in 2006 due to participation from visitors like yourself.

I wish you a very happy, prosperous and satisfying new years 2007, and look forward to your participation in the near future.

Jai Nepal
Site Admin
Sajha.com
**********************************************************************
अरुले मैले नि पाको भन्न नपाइ है ।

दुइटा सम्मलाइ मात्र दिन मिल्ने र तेस्रो व्यक्ति सेलेक्टमा पर्न नसक्ने कुराको जान्कारी गराउछु:)

hari जन्मदिनको शुभकामना!!!
 
Posted on 12-18-06 9:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौन हजूर के गरौँ के गरौँ
नक्कलिलाई पातलीलाई कसरि बे गरौँ

एsss हुक्का मेरो डल्ले डल्ले
नलि मेरो ठुटे
हामि संग नजाँदामा
आमाचाहिँले कुटे
ए मै झिल्केलाई बुडो भन्ने
त्यसकै आँखा फूटे
लौन हजूर के गरौँ के गरौँ
नक्कलिलाई पातलीलाई कसरि बे गरौँ

एsss बुढो भनुम भने देखि
हातमा छैन लौरि
बिहे मेरो भाको छैन
गाला पर्र्यो चाउरि
ए हामि संग आउँछु भनि
अन्तै जान्छे दाउरि
लौन हजूर के गरौँ के गरौँ
नक्कलिलाई पातलीलाई कसरि बे गरौँ

एssss वारि हैन पारि हैन
ढुङ्गा हाना हानि
रुख बसि मैले हेरेँ घाँटि तानि तानि
ए कलियुगका केटि हिँड्छन्
केटा छानि छानि
लौन हजूर के गरौँ के गरौँ
नक्कलिलाई पातलीलाई कसरि बे गरौँ

 
Posted on 12-18-06 9:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जन्मदिनको धेरै धेरै शुभकामना हरितालिकेलाई!!!

सम्पुर्ण गाउँले दाजु भाई तथा दिदी बहिनीहरुमा सन्ध्याकालिन नमस्ते!!!

:-)
 
Posted on 12-19-06 12:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 12-19-06 2:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फेरि नेपाल बन्द रे.
यो अन्तरिम बिधानमा, "नेपाल बन्द" गर्न नपाइने, राज्यले यसलाई अपराधको रुपमा लिने, भनेर उल्लेख गर्नु पर्ने हो. यो बन्दुके जातले उछारै नदिने भो.
- http://www.nepaljapan.com/read.php?section=headlines&topic=headlines&id=2336
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
nrn citizenship
जाडो, बा र म……
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters