[Show all top banners]

nepalean
Replies to this thread:

More by nepalean
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 CHAUTARI - VI

[Please view other pages to see the rest of the postings. Total posts: 302]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
[VIEWED 144742 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 16 pages, View Last 20 replies.
Posted on 01-10-06 11:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी! चौतारी! चौतारी!
साँझको बेला, आरती लाऊँ, कण्ठै खोली पैलो चरण!
हो, कण्ठै खोली पैलो चरण!
श्रृखण्डी काठको, मादलु मेरो, बजाऊ गुरु धमधम!!
हो, बजाऊ गुरु धमधम!! ... ... ...

नमस्कार! यहाँहरुलाई स्वागत तथा अभिवावदन छ यो छापाको साझा चौपारीमा। चौपारीमा यहाँहरुको मनको गाँठो फुकाउन नबिर्सनु होला।
ल त दौँतरीहरु आउनुहोस्, बिसाउनुहोस्, नाच्नुहोस् हँसाउनुहोस्, हँस्नुहोस् अनि एकआपसमा पिरती गाँस्नुहोस्।
येतातिर मादलमा हुनुन्छ हाम्रो बिर्खे माइला, अलिपर ढोलकमा हुनुन्छ सिरे, अनि येता मेरो दायांतिर हुनुन्छ काका बुडा, वांहा बासुरिमा हुनुन्छ। उ उता ढोका' छेउमा हुनुन्छ,,, खै अलि टाउको देखाम्त,,, ए भउते र नेपेजि हुनुदो रइच वांहाहरु सारङि र मुर्चुङ्गा मा पोख्त हुनुन्छ। दादा गोतामे गितार र हारमोनियम समाल्नु हुन्छ भने मुन्द्रे ले सङ्गित मिस्रन को जिम्मा लिनु भा छ। थपडी मार्न तम्सिनुभा छ लाले, चित्रे, गलब र हर्के ।ळ त ल जमौ अब,उ' तो रातो कमिज लाउनि दाइ कांट आउनु भा होला कुन्नि? लौ आज चौतारिआ के पस्किनि बिचार अर्नु भा छ।

चौतारीमा मै बसे होला कि १
मै बसे होला कि २
वरको हाँगो नुगेर छोला कि ३
सल्लै हो जोवन कल्लाई हो? ४
सल्लै हो जोवन कल्लाई हो? ५

 
Posted on 01-17-06 9:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Miss was teaching her students very well .
---
जुन

तिमीले चाहे देखुन
तिमीले चाहे देखुन

ऊ आकासको जुन पनि
पलभरमै
धरतीमा झरेर
तिमी र मेरो समिप बसी
यसो भन्थे होला -

"तिमेरुको पिरिम
म टहटह फुल्ने जुनले
चियाइरहेँ! रुँगीरहेँ!
अनि
म धरती सम्मन् आएँ
तिमेरु 2टालाई भेट्नु! "

धन्य छ जुन !
तिमी मेरो साथी
तिमी मेरो छाति(मुटु)

त्यसो भनेसी जुन पनि
लाजले भुतुक्क हुँदै
बादलमा लुक्यो !
---
 
Posted on 01-17-06 10:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अब किन हुनु नि maila दाइ

'-----------कुरो अर्यो कुरै को दुख'

हिजो ब्यान देखुन नै क्यारुँम् क्यारुँम् भा थ्यो। एउ दिन छ जति रमाइलो अर्नु छ अरे हुन्च भन्तै खुप दोरि खेलियो। बेलाँ खाइएन, बेलाँ हगिएन, बेलाँ सुतिएन हुँदा हुँदा याँ सम्म कि चौतारिआँ पनि आइएन। एउ मैना क्यारि बितो पत्तै भएन आज ब्यान बाड त इस्कुलाँ जानु पर्ने। मु मात्तै भन्ठान्या त अरु नि उइ ड्याङका मुला रेचन्। चरो मुसो कोइ देख्तिन अचेल चौतारिआँ। बुडेसकालाँ पड्न थालेसि एस्तै रेच। अइले भात खाने छुट्टि पार यसो चौतारिआँ च्याउन आको के। ------------ बिर्खे
-------------ल है मिस, नमस्ते । क्यार्नि किलासा त डरले बोल्नै सकिन्न केरे चौतारिया भे नि बोल्नु पर्यो । जे सोधेनि आउदैन आफुलाइ, अनि त कसरी बोल्ने तनि किलासा । ------------------ nepalean


अनि त ------------ किन दु;ख गर्नु???
 
Posted on 01-17-06 10:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दादा को कबिता लाई पनि SYLLABUS राख्नु पर्ला जस्तो छ !!!!!!!!!
hihihih................
 
Posted on 01-17-06 10:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Dear all,
कसो अर्दा इफेउटिभ (Effective) होला?

"लौ न! धागो बग्यो! बग्नै आँट्यो!" भुनेर डराम्दै, तान्दै गरेको मज्जामै रमाआ छु केरे म त.

१- लु मुखिया, जिम्माल, काका, मास्ट्रनीहुरले नेपे दाजीलाई सिकावरी पठाऊ! सान्दाइकाँतिर.
२- २लम्बरमा, यहाँ स्थानीय लवजको स्वागत छ, तर तेसको नाममा Discriminatingशब्द भने प्रयोग नगरौँ है. Ahile sammanlai thikai chha.
३-चौतारीको शब्दकोषमा प्रयोग हुने शब्द "गाम" को अर्थ शहरको उल्टो हैन कि "तपाईँ कतै जँदा तपाइको कुकुर तपाइको पछि पछि लागेर जति परसम्म जान्छ त्याँ सम्मनको क्षेत्र." हो.
 
Posted on 01-17-06 11:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दादा को dear all सं यसो चोचो मोचो जोडु कि ------
१- लु मुखिया, जिम्माल, काका, मास्ट्रनीहुरले नेपे दाजीलाई सिकावरी पठाऊ! सान्दाइकाँतिर.
लौ न नेपे दाजि यसो सान्दाइ सं भला कुसारी अर्नु पर्यो, अब हामि भन्दा २-४ भोटो फटाका तिमि नै हौ के रे , हामि त तिम्रै दौराको फेरो समातेर पछि लागेम त नि ।
२- २लम्बरमा, यहाँ स्थानीय लवजको स्वागत छ, तर तेसको नाममा Discriminatingशब्द भने प्रयोग नगरौँ है. Ahile sammanlai thikai chha.
अब नाच्न त पाइन्च तर नाच्दा आफ्नो हातले अरुको नाक भाच्न त पाइन्न त नि । हुन त हाम्रा गाम ठाममा जात जाति का कुरा गालि देखि उखान टुक्कामा सम्म छन केरे, तर ति चाइ यां अलि बिचार पुर्याउन नै बेश होला नत्र फेरि ' पोडे हुम्ला चमार हुम्ला तिम्रै माया लाउच---" जस्तै होला । अनि बोल्दा त आफ्नो गामको लबज त आइहाल्च के रे, क्यार्नि त नि, नेपाल गए कपाल संगै, बर्मा गए कर्म संगै ।
३-चौतारीको शब्दकोषमा प्रयोग हुने शब्द "गाम" को अर्थ शहरको उल्टो हैन कि "तपाईँ कतै जँदा तपाइको कुकुर तपाइको पछि पछि लागेर जति परसम्म जान्छ त्याँ सम्मनको क्षेत्र." हो.
हो त नि यो कुरो पो चित्त बुझ्यो । अब आफु यसो हिड डुल अर्ने ठाम नै गाम त पर्यो । जुन ठाममा बसिन्च तेइ त पर्यो गाम । ठमेल पनि एउटा गाम पर्यो, गोदाबरि अर्को । कसो ?
 
Posted on 01-17-06 11:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चाइन्जो कुरो ठिक लागो मुलाइ। कुरो चाइँ राख्नै पर्च है दम्तरिहरु

लु फेरि गित गाम्न मन लाओ मुलाइ

डल्ली मगरनि हो सुन मया
बोल्न मन लाउदैन
पिर पर्यासि
पिर पर्यासि हो सुन मया
बोल्न मन लाउदैन
डल्लि मगरनी
 
Posted on 01-18-06 12:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आहै गाठेँ यो चौतारीमा त आझत कति मिठो- मिठो कुरा गरिचन् केटाहरुले आफू भने खै ठिटाहरु आम्चन् कि आम्दैनन् भनेर घरमा नै हुक्का तान्दै भानुभक्तिय रामायण पढेर बसिराखेको । यो भउते, मुन्द्रे , बिर्खे गएर मुखिनीलाई उचाल्नु उचाले छन् , यसो बाहिर निस्कन तरुनिहरु संग के-के खेल्न जान लागेको होला नि चैतारिमा भनेर गाठेँ बस्न-खप्न दिन्न मलाई त । आफूलाई भने चौतारि मा नआएसम्म खाएको मानो पच्दैन । यो चौतारिले बुढी संग बुढेसकाल मा छोडपत्र होला जस्तो भइसको, ल न ठिटाहो सुजाव देऔ म के गरुम्
 
Posted on 01-18-06 12:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तमरा (हजुरका) कुरा मुलाइनी चित्त बुझ्या। तर गुर्नु क्या? हम्रा भाषा कोइ नबोल्न्या(नबोल्ने)?

I am really sorry if I wrote any thing wrong it was just kidding. I was not writing seriously.
 
Posted on 01-18-06 12:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हे हे हे माष्टरनि नानी , didn't know that u sound good when ur not serious....

तमरा कुरा हाम्ले सुन्याको छ। गाड तर्यार हाप्रो (उकालो) लाग्दा लाग्दै भया नि तमरा कुर सुन्दै छौँ। :)

फेरि एउटा गित -

तिम्ले सुन्याको कुरा हो मैले सुन्याको कुरा हो
गाउँघरमा तिम्रो मेरो हल्ला चल्याको कुरा हो
झ्याम्म झ्याम्म
:)
 
Posted on 01-18-06 12:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

माष्टरनी नानीको बोली त क्या मन पर्यो भन्याँ। यो चौताराँ यस्तै अरी थरी थरीका साथिभाइ जम्मा भ' र कुरो अरे क्या रमैलो हुँदो र च हि?

सपैको बोलीले नै ठेगाना पत्तो लाग्नी भो। हे हे।

----२लम्बरमा, यहाँ स्थानीय लवजको स्वागत छ, तर तेसको नाममा Discriminatingशब्द भने प्रयोग नगरौँ है. Ahile sammanlai thikai chha.
--- उचनिचता झल्काउने शब्दै प्रयोग नगरौं।
 
Posted on 01-18-06 7:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेपे दाजीआ कुरा ज्याद्रै जो चित्त बुझो। हाम्रा गामाँ सप्पै भन्दा रामरी कुरो अर्न सक्नि तपैं जो हुनुन्च के रे। सान्दाईलाई तपैँले जो एउटो बिन्ति पत्र लेख्न परो। हाम्ले सहिछाप औंठाछाप के के लाउनु पर्नि हो लगाम्ला के रे।

यिनी माष्टर्नी नानी कुन गामाट सरुवा भएर आकि रैचिन यता तिर? ज्याद्रै जो पश्चिम तिरकी हुन कि भन्चु।

मुन्द्रे केटोले 'च' लाएर बोल्च जैले नि (गरिच, खाइच, देखिचु)। बाउलुङे होस् र?
 
Posted on 01-18-06 8:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अस्ति तरालीहुराट चेंग्रो किनेसी उतिबेलै देखुन तो साइँलोले ''लौ काका तेल्लाई काट्न परो, बिलो सिलो लाउन म आम्ला'' भनेर हैरानै अरो। ''अइले हैन, चैते दशैंआ काटनी हो। तेति खेर सम्माँ आटो ढिंडो ख्वाएर अलि मोटो नि हुन्च, अनि अल्लि फइदा नि हुन्च'' भनेको ''हैन हैन काका तपैंले ज्याद्रै जो खास्साओ चेंग्रो पार्नु भओ। यो भन्दा बढी त यो चेंग्रो जति गतिलो खाए नि मोटाउन्न, बरु उस्तै परे सुक्ला'' भनो।

यसो गमेको केटोले कुरो ठीकै गरो जस्तो लाओ। तेइभर आजै जो काटेँ। भउते र मुन्द्रेले अस्तिनै जो एकन्टा सपेटा रिजाप अरेआ थे के रे। अरु दुइटाँ मलाई र साइँलोलाई एकन्टा भओ। केटा हो, बेल्का राजखान्की-भित्राँस भुटेर खान केटाहुर आओ है।

माष्टर्नी नानीले चैं राजखान्की अल्लि रुचाउन्निन कि?

 
Posted on 01-18-06 8:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो नेपे दाइले गर्नु भा' कुरा मनासिब हो, यो चौतारीलाई झ्यालको दलिनमै झुण्ड्याए धेरै सजिलो हुनेथ्यो, चौतारी खोज्न अरू धागाहरू खोतलखातल पार्न पर्दैनथ्यो। लौ नेपे दाई बिन्ति पत्रमा चैं म पनि सही गर्ने भएँ है!

ओहो! काकाले पनि खास्साको च्याङ्ग्रा काट्नुभो नि, मेरो त मुखै रसायो। लौ म भरे आउँछु है काकाको घर, चोक्टा खान!
 
Posted on 01-18-06 8:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सिरे केटो वालिङ तिराट फर्किन ज्याद्रै जो ढिलो अरो गाँठे! केन रैच र हो?

अस्तिनै जो तो थकाली जेठाओ खच्चरहुर लेएर तेतातिर ढुवानी लिउन गओ हो। अजै फर्केन। तेल्ले खच्चर ग्वालाओ काम त एउ दुई फेर बाहेक गरेओ थेएन। अप्ठेराँ परेच र हो कि?

थकाली जेठाओ ग्वालोले तेइ तलकी सुन्तलीलाई भगाएर सुटुक्क हिँनेच के रे कसैलाई नभनेर, विचरा बुढाका माल त वालिङ मै जो अलपत्र परेचन्। त्याँसी कोइ नपाएर यइ सिरेलाई गुहारे। केटोले नि हुन्न भन्न नसकेर गओ। अजै ३-४ दिनै आएन भनि त खोज्नै पठाम्न पर्ला।
.

 
Posted on 01-18-06 8:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हुन्च हुन्च चित्रे, आएस। बरु आउँदा लालेआ घराँ पसेर छओटा जति बतल नि साथै लेएर आएस्।
 
Posted on 01-18-06 8:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा हा ! दिन बिरा'र आम्नी भा'नी हेर्न त हेर्दा रचन् काकाले चौतारा तिर नि ! जाडाँ काम्लो ओडेर झ्याल'आ आडाँ बस्ता रचन र हेर्दा रचन को आओ को गओ सपै ! मेरो बोलि सुनेर मलै बाउलुयेँ भन्न थालेसी काऽन ले त तेती मेसो नपाम्नी रचन कि अचेल भन्ठाने के रे ! कि मै उस्तो रचु र हो ? "एउखेप" पल्ला गाममा जाँदा तो लालुमयाँले नी मलै तेसै भनेइथी गाँठे !

मु त बाउलुयेँ होइन पो काका ! क्यार्नी अब, १८-२०को उमेर पर्वत, मेउदी र स्याउँजाँ डुल्दाडुल्दै गो,
गदा पचिसे दाङ, सल्यान ,प्युठान, धनकुटा अर्दाअर्दै सकिएच, अब अइले बुडेसकाल लाउनी बेलाँ यता
बसाइँ सरिचु ।क्यार्नी काका, त्यै भ'र बोल्दाखेरी कैले कैले सपै ठामको बोली मिसिँदो र'च ।

चैते दशैँ, बाउलुयेँ मेलैमा,
ज्यादी मयाँ बसो नि ख्याल ख्यालैमा ! (यो चैँ बाउलुये)

आज त "तुच्च तुच्च" नि अर्न पर्लाअस्तो लाओ मुलाइ त ! च्याउँराओ राजखानी भुटेसी !

 
Posted on 01-18-06 8:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ऐ काकु के हो तिमी त बोको काटेर च्याङरो भनेर झुक्काएर बेच्न खोज्ने? यि दुईमा त खासै फरक छैन तै भए पनि, हाम्रा बाउ-बाजेले भन्थे नि " बुढि मरि भनेर होइन काल पल्को भनेर डराउन पर्च" भनेर तेसतै झै तिमि पनि भोलि फेरि भेँडो ल्याएर खसी भन्दै बेच्यौ भने क्यार्नु नि ?
 
Posted on 01-18-06 9:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मुखियाबाले लास्टाँ आएर एउटो सपेटो मलाई दे है भन्दै थे के रे। अव मैले कसरी दिम्?

'चारोटै सपेटा रिजाप भैसके मुख्खेबा, दुख नमान्नुस्, बरु राति राजखान्की भुटेर खानि सल्ला भओ छ तपैं नि आउनुस्' भनेको 'पख्लास तलाईँ, हाम्रा पाला नि आउलान के रे' भन्दै धम्धम्ती हिनेआ थे। अइले चैं नानाभाति कुरा अर्दै हिन्चन रे। गाम्ले हो, तिन्का कुरा नसुनओ है।

काटेओ मैले सोरै आना चेंग्रो हो। बोको बोको देखिन्च त मैले के अरम्? पछि तराली ले पैसो उठाउन आउँदा तेसैलाई जो सोधुन तिनी जान्नि हुनि मुख्खे बा ले।
 
Posted on 01-18-06 4:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो साझाको गाममै आज लोडसेडिङ् रहेछ कि क्या हो? म त अघि नै छिर्न खोज्या, तर अन्धकारमा काँ हिंड्न सकिन्थ्यो र? कति टराई गरें तर झ्याल, ढोका केही भेटिन, सप्पै भित्तै भित्तो मात्र। अनि बत्ती आएपछि मात्र आउँछु भनेर कुरेर बस्या, अब बत्ती आयो र चौतारीमा कोही छन् कि भनेर चियाउन थाल्या, कोइ रैनछन् त। मेरो त खाटाँ हामफाल्ने बेला भैसक्यो, गएँ म, भोलि बिहानै उठेर माछा मार्न जानु छ।
 
Posted on 01-18-06 4:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हेल्लो वोर्ल्ड म्याप ब्रो कता हराअयको यार धेरैइ भो नि bhetghat pani छैन्, i hope ur fine hoina ta
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
Basnet or Basnyat ??
TPS Re-registration case still pending ..
Sajha has turned into MAGATs nest
Nas and The Bokas: Coming to a Night Club near you
मन भित्र को पत्रै पत्र!
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
TPS Work Permit/How long your took?
Breathe in. Breathe out.
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
शीर्षक जे पनि हुन सक्छ।
Travelling to Nepal - TPS AP- PASSPORT
Nepali doctors future black or white usa ?
Doctors dying suddenly or unexpectedly since the rollout of COVID-19 vaccines
Morning dharahara
Another Song Playing In My Mind
TPS Renewal Reregistration
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters