बैरे
Replies to this thread:

More by बैरे
What people are reading
Subscribers
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 सफल जिन्दगी

[Please view other pages to see the rest of the postings. Total posts: 204]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 NEXT PAGE
[VIEWED 132152 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 11 pages, View Last 20 replies.
Posted on 05-12-09 10:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फोनको घन्टी बज्दै थियो कस्ले गरेको रहेछ भन्दा नचिनेको नम्बर देखियो, - "हलो " भन्दै मैले सम्भोदन गरे


" के छ काजी "


सुनेको आवाज तर ठम्म्याउन सकिन , मैले प्रश्न गरे - "को हो मैले त चिनिन नि ? "


"कहाँ चिन्थीस, त जस्तो ठुला बडाले हामीलाई "


"ओहो च्याङ्ग्रा , कहाँ बाट सम्झिस आज, " हामी दुई नङ र मासु छुटेको करीब करीब, ४ बर्ष भएको थियो, समय र परिस्थितीले हामीलाई एक अर्का बाट निकै टाढा लगेको थियो । यहाँ सम्म कि हामीलाई एक अर्काको खबर नै थिएन, तर उसले मेरो नम्बर चाँही भेट्या रहेछ ।


" के छ तेरो, के गर्दै छस आजकाल ? " उसले प्रश्न गर्‍यो


"के हुनु त्यही त हो नि अमेरिकाको जिन्दगी घर काम, काम घर । अनी तेरो के छ सुना न त "


"केही छैन यार मेरो पनि उही पहिलेको जस्तै नै हो चली रहा छ । अनी सुन न मैले विवाह गर्न आट्या छु, त आउनु पर्छ है ? "


म अच्चम्म परे " कहिले, को सँग ? " भनी मैले फेरी प्रश्न गरे


" यही सेप्टेम्बर ४ तारीक , केरेन सँग "


को केरेन मैले चिन्या थियिन, केटोले खैरिनी पट्टाएछ भनी मन मनै सोचे ।


च्याङ्ग्रा - " त अली चाडै आउनु पर्छ , यहाँ केही नभएनी २ दिन अघी आउनु पर्छ र विवाह सक्के पछी ४-५ दिन अरु बस्ने प्लान मिला । टिकेटको पर्वा नगर म पठाइ दिन्छु, अनी सुट पनि ल्याउनु पर्दैन, यही मैले मिलाको छु,   त मेरो बेस्ट म्यान होस् "


हामी दुई बिच धेरै दुरी फैलेको थियो तर उसले मलाई आफ्नो बेस्ट म्यान बनाएर त्यो दुरी लाई तुरुन्तै मेटेको थियो । मलाई च्याङ्ग्रा कहाँ थियो पनि थाहा थिएन तर नम्बर देखेर चाँही अमेरिका मै छ भन्ने चाँही थाहा थियो । जमानामा उ सबै छोडेर नेपाल फर्केको सुन्या थिए कहिले फिर्ता आयो त्यो पनि थाहा थिएन । मैले त्यही थाहा पाउन उसलाई सोधे । उु अहिले टेनेसी मा रहेछ । हाम्रो निकै लामो गफ भयो त्यही बिच पुराना कुरा हरु पनि भए र आफु बिच को त्यो ४ बर्षे दुरीलाई त्यही केही घण्टामा मेटाउने प्रयास पनि ।


मैले उसलाई म त्यहाँ हुने आश्वासन दिए र जसरी भए नि एक हप्ता को थप छुट्टी मिलाई आउने बचन दिए । लेबर डे को लामो छुट्टीमा आफुले ३-४ दिन थप छुट्टी लिए उु सँग १० दिन बिताउन मिल्थ्यो र मैले त्यही गर्ने निर्णय गरे ।


फोन राख्नु अघी मैले उसलाई सोधे - " मैले चिन्या चाँही को को आउँदै छ नि ? "


उसले हाँस्दै - " सबै भन्यो, उु पनि आउँदै छे " मेरो प्रश्नको "को" र च्याङ्ग्राले जनाएको उु चाँही रिया थियो । म, च्याङ्ग्रा र रिया चाँही सँगै एउटै कलेजमा पढेका थियौ । च्याङ्ग्राले " ल ल अब बाँकी कुरा यही आएपछी कुरा गरुला , उु पनि विवाह सक्के पछी अझै बस्छे " भनी फोन राख्यो ।


सेप्टेम्बर ४ तारिक आउन १५ दिन बाँकी थियो, तर जानु पर्ने २ दिन अगाडि , भित्ते पात्रो पल्टाएर हेर्दा ४ तरिक सोमबार परेको रहेछ भने पछी म १ तारिक जानु पर्ने थियो । तर अब मनमा अनेक कुरा हरु खेल्न थाले, अतितका कुराहरु झल झली पुरानो सिनेमा हेर्या झै आँखा प्रतक्ष आउन थाले ।


आज भन्दा  ८ बर्ष अगाडिका कुराहरु याद आए .....................


 
Posted on 06-13-09 2:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बैरे ज्यू,


कथा रिलिज भईसकेको रहेछ। अब त पक्कै पनि चताउनु भयो होला भनी सोचेको छु।


पहिलेका कुरालाई मनन गरेर आफ्नो मान्छेलाई किन अल्झाएर राख्लिन् र? माफी त दिन्छिन होली तर सर्त पो राख्ने हो कि?


कथा दामी गैरहेकोछ।


कालेदाइ


 
Posted on 06-14-09 4:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन बैरे ले निउ नै खोजेको हो कि क्या हो ? रिया पाए पछि त हामीलाई बाल छैन  ..........
ल बैरे प्रभु अर्को भाग हलुम न हो  ....... फेरी झिल्के लाई रिश उठ्यो भने त ........

 
Posted on 06-15-09 11:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हामी कहाँ जाने अझै थाहा चाँही थिएन , सोहि थाहा पाउन मैले उत्तर थाहा हुँदा पनि केरेन लाई सोधे - " So karen where we headed for ?"


केरेन - " Why do you ask when you know the answer, see Riyaa is so patience "


म - " I'm excited "


केरेन - " Lets just say this might be your opportunity to redeem yourself" 


म - "I still don't understand why you want to spend time with us when you could have your honeymoon"


केरेन - " I have been with च्याङ्ग्रा for over 2 yrs now, every moment is like a honeymoon, besides I can have my honeymoon later, I want to be officially inducted to your group"


हामी केही क्षण मै एअरपोर्ट पुग्यौ , " so we are flyin huh ?"


केरेन - " Its about time you noticed that "


चेक इन गर्दा बोर्डइङ पास त दिनै कर लाग्यो , केरेनले दिएको समय को रिण चुक्ता भयो । बोर्डइङ पास हेर्दा मेक कर्‍अन देखियो , मन झसँग भयो । हामी फेरी अतित तिर फर्कदै थियौ । मेरो सिट र रियाको सिट सँगै रहेछ च्याङ्ग्राले मेरो नाउ पार गराउने प्रयत्न अझै गरी रहेको थियो । क्लेरेन्स सकाएर हामी आफ्नो गेट तिर लाग्यौ, केही छिन पछी बिमान तिर प्रस्थान पनि गर्यौ ।


प्लेनले आफ्नो गती लिदै आकाश चुम्यो , रिया सँग कुरा कहाँ बाट सुरु गरु भनी सोच्दै थिए , - "गेम खेल्ने ?" भनी उसले प्रश्न गर्‍यो ? उु सँग साथमा समय बिताउन त्यो प्लेन बाट हाम फाल्न त तयार थिए जाबो गेम को के कुरा ? - "हुन्छ " मैले जवाफ दिए । उसले प्लेनमा राखेको न्याप्किन मा कलमले बिन्दु हरु बनाउन थाली । त्यो बिन्दु हरु लाई जोडी बाक्स बनाएर आफ्नो नाम लेख्नु पर्थ्यो । खेल सुरु भयो , उसले पहिले को ४ वोटा बाक्स बनाइ "R" लेखी , जित्न दिउ कि जस्तो पनि लाग्यो तर कत्ती हार्नु जिन्दगीमा जस्तो लाग्यो म पनि ध्यान दिएर खेल्न थाले ।


बाकस हरु भरीदै गए कही "R" थिए भने कही "B" अन्तिम ३ बाकस मेरै नाम भर्न मात्रै बाँकी थियो गनी हेर्दा म २ ले मात्रै पछी परेको रहेछु । तरुनी फकाउने मौका बार बार आउँदैन झै लाग्यो त्यसैले २ बाक मा "B" लेखे र अन्तिम को बाकसमा चाँही "BR" लेखे । लेखी मात्र भ्याको के थिए - "उफ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ" सुनियो । उसलाई हेरे उसको मुहारमा मुस्कानका किरण हरु झुल्केका थिए ।


खेल त बराबरी मा टुङ्गियो , तर उसको त्यो उफ्फ्फ्फ्फ्फ्फ ले च्याङ्ग्रा र केरेन को ध्यान हामीमा पर्‍यो , केरेनले "What happened ? What Did you do बैरे ? " सोधी


"Why do you think it was me ? Actually I just tied the game which she was suppose to lose "


केरेनले कुरा बुझेर हासी , च्याङ्ग्राको चाँही आँखा बोली रहेका थिए , मेरो प्रगती देखेर उसका आँखा हरुले मलाई -"चपा बैरे चपा , यही हो मौका " भन्दै थियो । च्याङ्ग्रा र केरेन हामीलाई आफ्नो ताल मा छोडि फेरी आफ्नो गुन गुन तिर लागे ।   

 

अब खेल खतम पैसा हजम गर्नु त हुन्न थियो, फेरी रात भरी करायो दक्षिणा हराए त आफु लाई घातक नै हुन्थ्यो । त्यसैले रिया सँग बोल्ने प्रयास गरे तर अतित तिर जादै भे नि अतित का कुरा चाँही नगरने बिचार  गरे - " अनी रिया बिगत ४ बर्षमा के के प्रगती भयो त ? "

 

शायद मेरो प्रश्नले उस्को चारै खाना चित गरिदिएको थियो, उसले मेरो प्रश्न को ब्यङ्गात्मक उत्तर खोज्नै भ्याईन होला, सिधै - " खासै केही छैन प्रगती, कलेज सक्किए पछी काम को खोजी मा लागियो, खसै काम पनि पाईन, फेरी कलेज जोइन गरे, त्यही बिच काम चाँही खोज्दै थिए , काम पनि सुरु गरेको खसै धेरै भाको छैन "

 

(उसको जीवनमा अरु केही छ कि छैन, त्यो थाहा पाउनु आवश्यक थियो )

 

म - " अनी अहिले कहाँ बस्छौ त "

 

- "अझै पुफु सँगै बस्छु, तर अब यहाँ बाट गएर चाँही अन्तै बस्छु होला, कती बोझ हुनु अरुलाई , अहिले त फेरी आफ्नो कमाइ पनि छ "

कुरा त सहि हो, तर पुफु सँग छुट्टीनु भन्या अरु कोही सन बस्नु थियो कि , मन माथि धुङ्गा राकी सोधे - "अनी न्यू योर्क त साह्रै महँगो हुन्छ , को सँग बस्छौ त ? "

 

रिया - " काम मा साथी छ, उु र म सँगै बस्ने "

 

हरे भगवान, अब उसको नेपाली ग्रामर पनि मेरो जस्तै होश भन्ने प्राथ्ना थियो , आफु त केटा पनि गयो केटी पनि गयो भन्ने मान्छे , अब साथी छ भन्यो , कहिले नआको ग्रामर अहिले आयो , केटी भाको भए त " छे " भन्नु पर्ने " छ " भनी अब के के । सोध्ने कि नसोध्ने दुबिधा मा परे ।

 

दुबिधामा तल्लिन थिए कान मा व्हाट वोउल्द यू लाइक टु द्रिन्क भनेर प्रश्न आयो , यसो हेर्दा त पिय पदार्थ बाध्दै गरेका रहेछन , " कोक प्लिज , लोत्स अफ आईस " , रिया ले पनि कोक नै मगाइ ।

 

एअर होस्तेस्स गई सके पछी , - " किन लोत्स अफ आईस भन्या " उसले सोधी ।

 

आफुलाई एक त यसै आईस मन पर्ने , अहिले त आफ्नो हालत लाई ठण्डा पार्न नि काम लाग्थ्यो , - " त्यसै मलाई आईस मन पर्छ "

शायद मेरो दुबिधा बुझेर होला उसले - " क्याथी ले पहिले देखी नै सँगै बसौ भन्या भएर मात्रै हो, नभए एक्लै बस्ने प्लान थियो "

 

मेरो मुस्कानले प्लेन भित्रको बातावरण यस्तो चम्कायो कि छेउ मा बस्या खैरे ले नि , कालो पट्टी आँखा मा राखी सिट पछाडि ठेली टाउको माथि राख्न थाल्यो । रिया पनि नदेख्ने गरी हलुका मुस्काइ । "लजालु मुस्कानले प्रियासी छोरी लग्यौ मन मेरो तिमीले " भन्थे आफुलाई पनि त्यसतै भयो ।

 

हामी आफु बिच ४ बर्षको दुरी लाई हटाउने प्रयासमा प्लेन कती खेर ल्यान्ड गर्यो पत्तो नै भएन । बाहिर निस्किदा "देजा वु " भन्या झै भयो । सुट केस बोकी फेरी उही पहिले कै ग्याङ्ग, फेरी काहानी को सुरुवातमा ............

 

हामी एअरपोर्ट बाट निस्किदै कार रेन्टल तिर लाग्दइ थियौ , आफ्नो अगाडि जुवा का मसिन हरु ट्याउ ट्याउ गर्दै कराइ रहेका थिए । हुन त जिन्दगीको जुवा मा नै हारेको म , अगुल्टोले हान्या कुकुर बिजुली चम्कदा डराउछ भन्थे, तर देव आनन्दको "ग्याम्ब्लर " भन्ने फिल्म मा झै सुका ले जिन्दगी नै बद्ल्या झै आफ्नो नि जिन्दगी बादलन खल्टी मा छाम्दा सुका भेटे । अब म नि देव आनन्द झै चन्द्रा लाई पाउने आशमा त्यो सुको मसिन भित्र घुसाए र मसिन को ह्यान्डल ताने , ठुस्स आवाज नै आएन बजिया ।

 

खुट्टा मा पुछर लुकाको कुकुर झै लागे रेन्टल तिर ।

 

- " के भयो केही परेन ?" पेल्न पाको रियाले के छोड्थ्यो

 

"परेन, तर यो चाँही लास्ट त्राइ थियो , फोर ओल्ड टाईम सेक । अब नो मोर रिस्क , सेफ प्ले मात्रै गर्ने हो " आफ्नो डाइलगले काम गर्‍यो रिया मसक्क हासी ।

 

गाडी लिएर हामी भेगस शहर पस्यौ , भेगस स्त्रिप कट्यौ , केही बोलिन केटोले डाउनटोव्न तिर रूम ल्या होला सोचे , च्याङ्ग्रा माफिया भने पछी हुरुक्कै हुन्थ्यो , "God Father", "Donnie Brasco", "Scarface", "Pulp Fiction", जस्ता फिल्म उस्को अल्ल टाईम फिल्म थियो त्यसैले "Four Queens" ,"Golden Nugget" तिर बस्ने होला सोचे , तर औतारीले डाउन टोव्न पनि कटी अझै अघी हाई वे तिर लाग्यो ।

 

- " कहाँ जान लागिस ओए " मैले सोधे

 

च्यङ्ग्राले केही बोलेन , हासी मात्रै राख्यो । ....................

 

क्रमश :

 
Posted on 06-15-09 11:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु यो पनि पढियो, बर्षौ पछी कथा आको जस्तो लाग्यो। केटो फेरी भेगस पुग्यो तेसो भे, ल अझै के हुन्छ कुर्दै बसिराछु, सके-सम्म छिटो राखुम केरे

 
Posted on 06-15-09 12:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल भेगस बाट ड्राईभ गर्दै यता रीनो तिर आउनु बैरे , हामी पनि यतइ बसेको छौ क्यारे । अनी हल्का टिप्स दिउला कसरी रिया को मन जित्ने भनेर ।
 
Posted on 06-15-09 2:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Sarai romanchak mode ma puge sakeko chha yo katha... Keep on writing....


 


NepaliThita


 
Posted on 06-15-09 4:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चपा बैरे चपा - अब यो भन्दा बढी के नै भन्नुपर्‍यो - हैन र बैरे
 
Posted on 06-15-09 5:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बैरे मक्ख छ। लु, मोज गर|
 
Posted on 06-15-09 5:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Hmm ramailo hudai cha...Baire makkha cha...Keep it going....

 
Posted on 06-16-09 11:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कथा राम्रो गै रा छ, बैरे ज्यु को जय होस् ...


सफल जिन्दगीको कामना!!!!!!!!!!!!!
 
कालेदाइ


 
Posted on 06-17-09 12:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

च्यङ्ग्राले केही बोलेन , हासी मात्रै राख्यो । अब भने कुरो मैले बुझे , पेटका आन्द्रा बटारिन थाले, बाटा हरु फेरी पहिलेको जस्तै मुस्कुराइ स्वागत गर्दै थिए , ति बाटा हरुले हामी लाई भुलेका थिएनन्, बिर्सेंका त हामीले थियौ , कत्ती खम्बा हरु हेर्दै बोली रहेका थिए - "मलाई सम्झिस ? यही आएर कत्ती वाक्या थिस्, याद छ ? " पहिले का कलीला रुख म र च्याङ्ग्रा लगायत कहियौ जड्या को शिचाईले अहिले जवान र हरिया देख्या थिए । सडकमा उड्ने धुलोको पनि उही सुगन्ध थियो , चार खुट्टाले टेक्दै कहियौ पटक घर तिर लाग्दा त्यो माटो सुँग्ने मौका धेरै पाएका थियौ ।

 

आफ्नो छुट्टेको परिवार लाई हेर्दै थिए । घर आउँदा बाउ को मुख देखेर हंसले ठाउँ छोडेर नशा सब उत्रे झै मेरो आँखा अगाडि त्यही पहिले को अपार्ट्मेन्ट यूनित डङ्ग उभिएको थियो ।

 

च्याङ्ग्रा - " के भयो, कहाँ हराईस ? एक छिन बस्दै गर म साचो लिएर आउछु " 
  

  
म केरेन तिर फर्के , रियाको नि हालत मेरो भन्दा कमको चाँही थिएन , उसका आँखा त झन रसाइ रहेका थिए । नेपालबाट उड्दा बादल नै छेड्ने त्यो रिया को आशु र अहिलेको रियाको आशु मा फरक धेरै थियो । त्यो आशुमा बियोगको घाऊ थियो यो आशुमा बिछोड पछीको मिलनको मलम बनेको आशु थियो ।

 

केरेन मुस्कुराउदै - " I Told you a ghost from the past will make a visit "

 

म - "But......."

 

केरेन - " Well we booked this place months in advance for a week, since the management knew that you guys lived here for such long, he didn't hesitate to say Yes "

 

रिया अझै सुक सुक गर्दै थिई , च्याङ्ग्रा आएर ढोका खोल्यो - "के भयो, किन सेन्टी ? ल ल माथि गएर रु, अहिले समान निकाल "

 

हामी समान निकाली आफ्नो पहिले को घर भित्र छिर्यौ , बद्लेको केही थिएन , त्यही पहिले कै सोफा हरु, टि.भी , भित्ता को रङ , कार्पेट चाँही नयाँ हाल्या रहेछ । हामी सबै आ- आफ्नो कोठा हेर्न गयौ, बद्लेको केही थिएन । मैले च्याङ्ग्राको उही काले तरिका ले हात मिलाए , रिया आइ अंकमाल गरी ।

 

केरेन हेरी सुक सुकाउदै थि - " So how's the surprise ?"

 

रिया - "Perfect " भन्दै केरेन लाई पनि अंकमाल गरीन्

 

भोक त खासै लागेको नि थिएन , त्यही पनि उही ईण्डियन खान जाने निधो भयो, केरेन र रिया फ्रेश हुन्छु भनी गए , च्याङ्ग्रा र म उही हामो fav spot मा गयौ , "बार्दली " । चुरोट सल्कायौ ,

 

- " कस्तो लाग्यो त ?"
 
म - " सहि छ , म बार्दली बाट सधैं झै क्षितिजमा देखिने पहाड तिर हेर्दै थिए "

 

च्याङ्ग्रा - " बैरे, जुन कथा तैले यहाँ अधुरो छोड्या थिईस्, त्यो पुरा गर्ने मौका आको छ ......"

 

च्याङ्ग्राको कुरा नसकिदै - "थहा छ मलाई , अब चाँही गल्ती हुने छैन । "

 

- "लौ लौ चाडो तान तेरो आमा हरु आयो भने फेरी पड्किन्छ "

 

हामी चुरोट तानी भित्र पसेर टि.भी हेर्दै उनिहरु लाई कुरेको झै गर्यौ , रिया बाहिर आएर फेरी घुर्न थाली , हर हरी सुगन्ध थियो कोठामा टि.भी हेर्या जस्तो गरेर के नै हुन्थ्यो ? तर उु केही बोलिन , उसलाई पनि थाहा थियो कि त्यो बार्दली को हक हामीले पुरा गरेका थियौ , सबै को सबै सँग भेट्ने ढंग हुन्छ , हाम्रो बार्दली सँग भेट्ने माध्यम चुरोट थियो , त्यसैले उु चुप थियो ।

 

खान जाने कुराको प्लान फेरी बदलियो , भोक बिशेष नलागेको ले बरु पिज्जा खाने र बेलुकी बरु ईण्डियन खान जाने निधो भयो , हुन त भोकै नलागे नि एउटा पिज्जा त कोप्ल्याउन सकिन्थ्यो त्यसैले दुइटा पिज्जा मगाइयो , बरु बिहान को निन्द्रा नपुगेकोले र भेगस को टन्टनापुर घाममा नपाक्न दिउसो थकान मारेर साझ तिर निस्किने कुरा भयो । पिज्जा हुलेर थकान मार्न बसियो सब जना आ- आफ्नो खोर तिर लागे , आफ्नो त दुईटी श्वासनी थियो त्यहाँ पनि  एक सँग सुते अर्को रिसाउने अर्को सित सुते अर्को रिसाउने , त्यसैले दुई बिच साँढेए गराइ दिउसो चाँही सोफा सँग सुतेर बेलुकी चाँही खाटको मन राख्ने भईयो ।

 

दिउसो को थकान मेटे पछी हामी भेगस घुम्न निस्क्यौ , केही बेर भेगस स्त्रिपमा घुमेर हामी ईण्डियन रेस्टुरन्ट गयौ , पहिले को नेपाली दाई त रहेनछन तर अरु नेपाली काम्दार हरु चाँही थिए । अब त त्यो सिट इन चार्ज पनि तिर्न सकिन्छ भन्दै च्याङ्ग्राले खिल्ली उडायो । खान पिन भए पछी च्याङ्ग्राले क्लब जाने कुरा निकाल्यो ।

 

केरेन - "How about we stay in tonight, we still have few days to stay, we can drinking out some other time. Let stay home and drink there instead ?"

 

म केरेनको कुरा सँग सहमत थिए, आफ्नो त ट्र्याक रेकोर्ड नै खत्तम थियो बाहिर टिल हुँदा, बरु घर मै बसेर ताने प्लेइङ सेफ हुन्थ्यो । मैले केरेन को हो माथि हो मिलाए , च्याङ्ग्राले नि कुरा बुझ्यो , त्यही पनि केरेन लाई दंग पार्न - "Anything for you Honey" थप्यो बजिया ले पाको बेला मा । रिया पनि खुशी नै देखियो ।

 

बियर त के खाइ भयो भनी उही खूब जमङ्गे जब मिलेङ्गे हम आप और (हुन त ब्याग पाइपर हो, तर पनि हामीलाई चाँही ) सिभास भन्दै सिभास र केटी हरु को लागि वाईन लिएर हामी कोठा तिर लाग्यौ । सितन को लागि चाँही उही ईण्डियन पसल मा गएर भुजिया , दाल्मोठ र विङ्स लिएर गयौ । कोठा फर्निश भए नि भाडा कुडा नभएकोले दिस्पोसब्ल प्लेट, कप र काटा चम्चा लियौ ।

 

कोठामा पुगेर नेक काम मा देरी किन भन्दै जाड खनाउन लाग्यौ । जाडमा आउँला हालेर राहु केतु भूत प्रेत हरुको चित्त बुझान छर्को हालियो , अब प्यास हाम्रो मेटाउनु मात्रै बाँकी थियो । च्याङ्ग्राले "चियर्स" भन्न जानेको थिएन " घ्याम्पे " भन्दै थियो तर मैले चाँही , "To a renewed frenship, to karen welcome to the family. To a new begining where it all started " भन्दै टोस्ट गरे ।

 

सबैले आफ्नो कप उठाए - केरेनले  " Thank You " भन्दै चुस्की लगाइ , रिया बोल्न खोजेको थिई तर सकिन तर मन बोल्या मैले चाँही सुने । पिउन अघी मैले आफुलाई जड्या बाट सोसल द्रिन्कर मा डाउन ग्रडे गर्ने प्रण गर्या थिए, सधैं नभए नि रिया को सामु चाँही , टुन हुँदा धेरै कुरा बिग्र्या थियो अब सपार्ने मौका लाई छोड्नु त भएन ।

 

सोसल द्रिन्कर भन्दा भन्दै , सितन र रात नै आधा नपर्दै बोटल चाँही आधी भएछ , लाग्या जस्तो त थिएन, कहाँ बाट रिया सँग नजर जुध्न पुग्यो ज्वाला मुखी फुट्नै आट्या रहेछ । डर ले झुम्म पारेको जाडले नि छोड्यो , अब त्यो झुम्म पार्न फेरी पिउनु पर्ने थियो तर अब पिउनु भन्या काल लाई कुत्कुताउनु हुन्थ्यो , - "मलाई त पुग्या पुग्या भयो , च्याङ्ग्रा " रिय ले सुन्ने गरी भनी - " क्या झुम्म भयो "

च्याङ्ग्रा - " बिहे नै नगरि यती ले झुम्म पर्‍यो भने, बिहे गरे पछी त तलाई बोटल देख्दा नै लाग्ला, नाटक गर्छस, तलाई नचिन्या हो र "

 

म - " होइन होइन बरु भोली कोन्टिनु गरौला "

 

केरेन ले नि कुरा बुझ्या थियो , मलाई बच्चाउन आइ - "Why do you force him, when he says its enough ? i think you too have had too much to drink"

 

रियाको ज्वाला मुखी सुस्ताउदै थियो , मैले नि त्यो सुस्ताउदै गरेको ज्वाला मुखी सँगै सास फेरे । हुन त च्याङ्ग्रा लाई पनि लाग्या त थिएन तर बजियेले चान्स मा डान्स गरु भनेर लाग्या झै गर्‍यो । - " ओई (रियालाई हेर्दै) तेरो झगडा सक्यो , मन पराउछस भने मन पराउछस भन न किन ड्रामा धेरै, ४ बर्ष सधैं म सँग कुरा हुँदा चाँही बैरे को के छ खबर भन्दै सोध्छस अहिले अगाडि पर्दा चाँही नाटक किन ?"

 

रिया लाज ले रातो भई भुई तिर आफ्नो आँखा जुधाइ , केरेन केही भनुला झै गरेकी थी तर च्याङ्ग्रा ले केरेन लाई हेरेर आँखा झिमाकायो , केरेन ले नि कुरा बुझ्यो त्यो च्याङ्ग्राको नाटक थियो र मेरो र रिया को मिलन को लागि बोली रहेको थियो भनेर । अच्चम्म त म पो परे , रियाले बिगत ४ बर्षमा मलाई भुल्न शाक्य रहेनछ , उसले अझै मलाई मन पराउने रहेछ, मेरो प्रतिक्षा अझै गरेकी रहेछ । त्यो रातको अन्धकारमा मैले आशाको बिहानी को किरण पलाएको देखे । म खुशी थिए, उफ्री उफ्री नाछु झै लाग्या थियो तर आफु लाई संहाली - "ल ल भयो भन्दै मैले च्याङ्ग्रालाई दंग पर्दै रोके " ।

 

मोराले त उल्टै मलाई पो फसायो - "त किन दंग नि , अहिले सम्म सरी भनेर सुल्हा गर्न सक्दैनस ? रिया अगाडि नपर्दा त पानी बिना को माछा जस्तै हुन्छस फेरी अगाडि पर्दा किन डाइलग हनी हानी बिचराको चित्त दुखाउछस ? " मलाई डाइलग हानेर आँखा झिम्काइ मुसुक्क हास्यो , फसाउनु फसायो अब हासेर के काम ।

 

केरेनले स्थितीलाई सपार्न - "Lets go out " भनी

 

च्याङ्ग्रा - "Sure Honey, let me get dressed "

 

केरेन - "Out to the porch, you drunk"   हाँस्दै

 

च्याङ्ग्रा - "I knew it, I was just teasing you "

 

हामी सबै हास्यौ , बार्दलीमा गएर फेरी हामी चुरोट सल्काउन लाग्यौ , अहिले न त रिया न त उसका आँखा र मुख हरु केही बोल्ने स्थिती मा थिए , उसका आँखा मुख हरु आफ्नो लाज छोप्नै ब्यस्त थियो ।

 
Posted on 06-17-09 12:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिया खै लाटी परि कि क्या हो? केरेन बोल्छ, बैरे बोल्छ, च्याङ्रा त बोल्ने नै भो, रिया बोल्या सुन्नै गार्हो भो बाSSSSSSS

ल यो नि घच्ची गयो, मज्जा आयो, रियालाई अझै केइ भन्या छैन, मै भन्दिउम कि क्या हो? बैरेचा लोप्स यू भनेर, कती कुरिरा, असत्ती बैरे! नचाहिने कुरो त कुइन्टल का कुइन्टल आउन्छ, तेत्ती भन्न किन नसक्या हो...... कुरो बुझिये त मार्दिनु

 
Posted on 06-17-09 4:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"चार खुट्टाले टेक्दै कहियौ पटक घर तिर लाग्दा त्यो माटो सुँग्ने मौका धेरै पाएका थियौ ।"
हा हा हा ........ ल बैरे ले फेरी हालेछ ........ ल यो पनि दामी गयो बैरे ......
रियालाई कती तड्पायिरहेको........भन्ने भये छिटो भन रियालाई बैरे नत्र झिल्के ले उडाउला है ......

 
Posted on 06-20-09 2:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Baire, I just finished reading the last three parts and really enjoyed it. Every time I thought I had something figured out, the next part would prove me so wrong  


 
Posted on 06-20-09 5:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

yo katha malai saarhai man parcha, malai mero satheele vaneko thiyo yo padhnu vanera.


tara ma riyaako thaun maa vaako vaye timlai kahile pni maf garne theena, riya testee raamree thee vane kina timlai nai kurera baseki? baire doesnt deserve to be forgiven.


kathaa interesting cha. ajhai lekhdai jaanu, pura sakepachi comment garamla bhanera baseko thiyen. good going!


 
Posted on 06-20-09 8:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Aastha...timile maya garekai chainau jasto cha...yo ta kehi hoina...maya garne kti le kasto kasto galti ta maaf garcha..



 
Posted on 06-22-09 11:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

perfectionist
<<लु यो पनि पढियो, बर्षौ पछी कथा आको जस्तो लाग्यो। केटो फेरी भेगस पुग्यो तेसो भे, ल अझै के हुन्छ कुर्दै बसिराछु, सके-सम्म छिटो राखुम केरे>>


प्रभु काहानी जहाँ गएर अड्क्या थियो त्यही टुङ्गौनु पर्छ भनेर लाग्यो च्यङ्ग्रा ले भेगस क्या गर्नु ?


stylish
<<ल भेगस बाट ड्राईभ गर्दै यता रीनो तिर आउनु बैरे , हामी पनि यतइ बसेको छौ क्यारे । अनी हल्का टिप्स दिउला कसरी रिया को मन जित्ने भनेर । >>


प्रभु घटना र कथा एक्कै चोटि लेख्या भये रिनो नि आउनु हुन्थ्यो प्रभु ले पनि रिया लाई मेरो तर्फ बाट वाट् हाल्नु हुन्थ्यो कि, अब हेर्दै जाउ जिन्दगी साँच्चै को सफल भएछ भने फेरी आइएला नि भेगस तिर नि । त्य्प टिप्स पनि लिउ न प्रभु दिने र लिने कुरा मा ढिलो गर्नु हुन्न क्या तथास्तु भनी हाल्नु पर्छ, कसो ?


Nepali Thita
<<Sarai romanchak mode ma puge sakeko chha yo katha... Keep on writing....>>
रोमान्चक त छ प्रभु रोमान्स चाँही खासै भाको छैन के गर्ने होला लौ न ।


serial
<<चपा बैरे चपा - अब यो भन्दा बढी के नै भन्नुपर्‍यो - हैन र बैरे>>


चपाउन त हुन्थ्यो लहरे तर घाटी हेरी हाड निल्नु भन्छ , अब क्या नाम चुवावा ले भैसी हेरी र्याल चुह्वाको जस्तो पो हुने हो कि भन्ने डर नि , मखुला बौचा ?


krs 84
<<बैरे मक्ख छ। लु, मोज गर|>>


अब तरुनी मख्ख भएसी बैरे किन मख्ख नहुने प्रभु ?


AlterEgo
<<Hmm ramailo hudai cha...Baire makkha cha...Keep it going....>>


प्रभु अब यो Keep गोइङ भन्या चाँही कथा कि तरुने पट्टाउने लाई संकेत हो ?


kAledai
<<कथा राम्रो गै रा छ, बैरे ज्यु को जय होस् ...
सफल जिन्दगीको कामना!!!!!!!!!!!!!>>


प्रभु रिया भाको बेला कामना को कुरा नगरौ भन्या फेरी मन अन्तै भुल्ला खित खित । कालेदाइ धेरै धेरै धन्यवाद तपाई को कामना लाई


perfectionist
<<रिया खै लाटी परि कि क्या हो? केरेन बोल्छ, बैरे बोल्छ, च्याङ्रा त बोल्ने नै भो, रिया बोल्या सुन्नै गार्हो भो बाSSSSSSS


ल यो नि घच्ची गयो, मज्जा आयो, रियालाई अझै केइ भन्या छैन, मै भन्दिउम कि क्या हो? बैरेचा लोप्स यू भनेर, कती कुरिरा, असत्ती बैरे! नचाहिने कुरो त कुइन्टल का कुइन्टल आउन्छ, तेत्ती भन्न किन नसक्या हो...... कुरो बुझिये त मार्दिनु >>


खै लाटी भन्ने कि बाठी भने प्रभु , यती धाको भए पशुपती मा नि शिव जी उठेर लौ जा त " आइ लोप यू " भन्थे , तरुनी त अझै केही भन्दिने । अब आँफै आइ लोप यू भनु भने लोप्पा ख्वाउला कि भन्ने डर , त्यसैले त लोङ कट गई रहा नि नभए त ....... हेहेहेहे


jhilke 1
<<"चार खुट्टाले टेक्दै कहियौ पटक घर तिर लाग्दा त्यो माटो सुँग्ने मौका धेरै पाएका थियौ ।"
हा हा हा ........ ल बैरे ले फेरी हालेछ ........ ल यो पनि दामी गयो बैरे ......
रियालाई कती तड्पायिरहेको........भन्ने भये छिटो भन रियालाई बैरे नत्र झिल्के ले उडाउला है>>


प्रभु दरो हास्नु भयो नि , प्रभु ले नि चार खुट्टा टेकी माटो त निकै सुँग्या जस्तो छ नि , होइन यो सब ले मलाई नै किन दोशी भन्ने तरुनी ले तड्पाइ रहेछी, मलाई किन गाली हो कुरै बुझ्न गाह्रो भयो


NitiSa
<<Baire, I just finished reading the last three parts and really enjoyed it. Every time I thought I had something figured out, the next part would prove me so wrong >>


काहानी मे ट्विस्ट् भन्या यही हो नि , हेहेहेहे अब हेरुम अन्तिम मा आँफै घुम्ने हो कि साच्चै कै जिन्दगी सफल हुन्छ


aasthaa
<<yo katha malai saarhai man parcha, malai mero satheele vaneko thiyo yo padhnu vanera.
tara ma riyaako thaun maa vaako vaye timlai kahile pni maf garne theena, riya testee raamree thee vane kina timlai nai kurera baseki? baire doesnt deserve to be forgiven.
kathaa interesting cha. ajhai lekhdai jaanu, pura sakepachi comment garamla bhanera baseko thiyen. good going!>>


लौ न फेरी गल्ती मेरै भयो , खै अब के भनु । त्यो फर्स्ट लोप भन्या जतो भए नि मन मा कुचुक्क पार्छ क्या खै कुरा बुझ्या । साझाका तरुनी भाको भए त कथा सुरु हुन अघी नै The EnD हुने रहेछ , भने सि छोरो को भाग्य त बलियो नै रहेछ । तर कथा नसकिए सम्म अहिले भाग्यमानी के भनु , लौ हेर्दै जाम के हुन्छ । कथा पढि दिनु भएको र समय लियी केही पोखिदिनु भएको मा म क्रितज्ञ छु ।


AlterEgo


<<Aastha...timile maya garekai chainau jasto cha...yo ta kehi hoina...maya garne kti le kasto kasto galti ta maaf garcha..>>


त्यही भन्या प्रभु फेरी त्यो माथि नि त्यो भनाइ छ नि - "जब दिल लागि गधी पे तो परी क्या चीज है " भन्या झै । तरुनी लाई यही बैरे चाहिया हो कि खै अरु ठिटा गतिला भए नि बैरे त होइन नि । फेरी अर्को भनाइ आयो यो चाँही आफ्नै ट्रेड मार्क - "बैरे कि बाट है निराली "  


 


 


कथा ढिलाई भएको मा माफ पाउँ भन्ने आग्रह छ । गोर्खे को छोरो नुन को सोझो भन्थे , आफु ले साझाको नि नून खाको खैरेको नि नून खाको एक्कै चोटि दुबै तिर दुन नै गाह्रो भयो । फेरी दूध दिने गाई को सेवा नै गर्नु पर्‍यो , गाई लाई घाँस पात नपुग्या भएर जंगल सम्म घास लिन जानु पर्‍यो त्यसै ले अली ढिला नै भयो । अर्को भाग सके आज नभए भोली सम्म मा टास्ने बाँचा  


 
Posted on 06-22-09 12:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Finally i completed the story Baire. K garne aafule pani khaire ko pani noon khaeko chu so 4 days bhayo padna start gareko. aja bihana chai thyakkai sakaye, eekdamai ramailo lagyo. prem, bichod, milan, ra mitrata ko sangam. very brilliant..


Cant wait to read next part.


Thank you very much Baire.


 
Posted on 06-22-09 2:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Finally finished reading this part Baire... Its been a long time i feel myself attached with the story...


Keep on writing will be waiting for the next part!!


NepaliThita


 
Posted on 06-22-09 3:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Baire
<<त्यही भन्या प्रभु फेरी त्यो माथि नि त्यो भनाइ छ
नि - "जब दिल लागि गधी पे तो परी क्या चीज है " भन्या झै । तरुनी लाई यही
बैरे चाहिया हो कि खै अरु ठिटा गतिला भए नि बैरे त होइन नि । फेरी अर्को
भनाइ आयो यो चाँही आफ्नै ट्रेड मार्क - "बैरे कि बाट है निराली ">>

Yo Nirali chai ko ho ni baire? :D

 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
शीर्षक जे पनि हुन सक्छ।
NRN card pros and cons?
What are your first memories of when Nepal Television Began?
TPS Re-registration
Democrats are so sure Trump will win
TPS Re-registration case still pending ..
Basnet or Basnyat ??
nrn citizenship
Sajha has turned into MAGATs nest
Nas and The Bokas: Coming to a Night Club near you
ChatSansar.com Naya Nepal Chat
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
3 most corrupt politicians in the world
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
if you are in USA illegally and ask for asylum it is legal
Returning to Nepal with us citizenship. Property ownership
Travelling to Nepal - TPS AP- PASSPORT
Top 10 Anti-vaxxers Who Got Owned by COVID
आज बाट तिहारको सेल सकियो
निगुरो थाहा छ ??
Nas and The Bokas: Coming to a Night Club near you
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters