nepalean
Replies to this thread:

More by nepalean
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 CHAUTARI IX

[Please view other pages to see the rest of the postings. Total posts: 313]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
[VIEWED 124283 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 16 pages, View Last 20 replies.
Posted on 01-27-06 6:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी! चौतारी! चौतारी!

तिम्रो घर चाचछरी त्यहीँ तल हैन र?
तिम्लाई मैले चाँचरी चिनेको छैन र?
बामरी फुलको बोट
आयो ढल्काउँदै झमझम इस्टकोट
आयो ढल्काउँदै झमझम इस्टकोट
झट्ट कपाल चाँचरी कोर न सान्नानी
तिम्लाई नलिई चाँचरी म जाँदै जान्न नि
बामरी फूलको बोट

नमस्कार! फेरी पनि स्वागत तथा अभिवावदन छ यो साझाको चौपारीमा। दौँतरीहरु रमाइलोलाइ लम्वाउदै अरम यो नया चौतारीमा।
सुर्खेत बुलबुल ताल
माया मै सानी हुनाले छुट्यो माया जाल

पहाडको तिते फापर मधेसको तोरी छिर्लिगं छ्याईँ
धनी बाउको छोरासित के को माया लाउनु छिर्लिगं छ्याईँ

सुर्खेत बुलबुल ताल
माया मै सानी हुनाले छुट्यो माया जाल
... ...


सधै झै रमाइलो अर्न बिर्खे माइला र चित्रे ठिक्क परिसक्नु भको छ भने, कुराको जालो बुन्न सिरे र पुन्टे तयार हुनु भको छ, अनि कुरा कानि ट्याक्क पार्न काका बुडा रेडि हुनु भको छ । यस पटक चाइ अर्कै तरिकाले बस्ने भनेर कस्सिनुभाको छ उही भउतेदादा मया भेट्न २, ४ दिन गाम तिर लाग्न भको छ भने गोतामे उहि गन गन अर्दै हुनुहुन्छ। मुन्द्रेको त के कुरा, उ त जता पनि पुगिहाल्ने, कुरो मिलाइहाल्ने, अब के गर्ने बिचार छ कुन्नि ?। रमाइलो थप्न तम्सिनुभा छ लाले, गलब, पिकरेली, मिस,कलंकि,साँहिला, आइते मुखिया, लालुपाते, गुरासे, लाउरे,लुते,नटे। यता डल्ली, सेर्पिनि,लन्लि,रामकिस्ने,रुइना,आशे,चिप्ले,परदेशी र हर्के पनि गफ अर्न कस्सिएका छन । टन्नै साथिहरु हुनुहुदो रइच यसपालि हासो ठट्टा गर्न ।

पानी खानी कल कले धारो,
माया लाउनी फेदीको चौतारो,
समय छोटो छ
हजुरले दिएको
यौटा फोटो छ



उता इस्टकोट लगाएका झिल्के भाइ खोइ कता गर आचन कुन्नि निकै गम्भिर भर कबिता हाल्न थालि सके।
जिन्दगी जीन्दगीसँग आँखी छ,
हरेक आँखामा आमन्त्रणको झाँकी छ
कसलाइ के चासो !!
कसलाइ के चासो कहाँ रात विताएँ मैले ?
यतिनै काफी छ कि
म मा अझै बैँस बाँकी छ
...


 
Posted on 02-03-06 9:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पुन्टे दाइ कि साली सँ लप परे सि हाम्रो भौते काजी चौताराँ देख्नै कम भो नि । क्या नाम्, के अर्दै छ भौते, दोहोरी खेल्न आम्नै छाडो ।

:-)

ईश्वर
 
Posted on 02-03-06 11:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ पूजा सकियो ।अब हात जोडेर प्रार्थना गरौ सबैले :)
------
प्रथमं भारतीमाता: द्वितियंच: सरस्वती
तृतिय:सारदादेवीं चतुरथंहंस बाहिनी:
पञ्चमंतु :जगन्माता: षष्ठी : बागिश्वरीतथा:
सप्तमं चैवकौमारी:अष्ठम:बारदायिनी
नवं बुद्दिदात्रीच:दशं ब्रह्मचारिणी:
एकादशं चन्द्रघण्टा:द्बादशं: भुवनेश्वरी
द्वादशै:तानि नामानी:त्रिसन्द्यय:पठेन्नेर:
जिह्वाग्रे:बसते:तस्यब्रह्मरुपा:सरस्वती:
 
Posted on 02-03-06 12:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एकफेर ज्याद्रै जो अप्ठेराँ परेर यो मुन्द्रेसित पैसो सापट के मागेओ थेँ, मेरी आँवै नि हो, खाइ जो हाल्ला भन्नी डरले चौपाराँ गएर सप्पैसित ढ्याङ्ग्रो ठोक्दै रैच। आफूलाई पर्दा चैं मसित सय फेर जति पैसो मागेओ होला, भनेओ बेलाँ आफुले चैं कैले नि तिरेन। अइले चैं मेरो बिजेत अर्दै हिन्दो रैच। अव नभओ पैसो काँट लेएर दिम्? भाका पैसा जति बुडी माइत पठाउँदै ठीक्क भओ। लौ मुन्द्रे जे मरे मर्, अजै २ मैना जति त मेरो केइ नलाग्नी भओ।
 
Posted on 02-03-06 12:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओए गोताएँ, हाम्री मास्टर्नी नानीले सिकाओ शिलोक चारफेर भट्या तैँले। तेरो मुख चोख्याउनु पर्नि भओ छ।
 
Posted on 02-03-06 12:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भउतेले बाख्रा कता लएच आज?


कता हुन्तो गाँठे? तेइ केटीहुर भएतिर जो जाँदै होला के रे नि...
.

 
Posted on 02-03-06 12:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सिरे चैं लाउरे दाइले लेइदेको घरी ढल्काउँदै, च्याट्ट टोपी र आस्कोट लाएर कुखुरा बेच्न गओ छ आज बजार तिर।
.

 
Posted on 02-03-06 1:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नक्कलीहरुले बाख्रा कता लगेछन् भनेको त यता धोबादीको कहेरा त लग्या रे'छन। खोज्दा
खोज्दा हैरान।
यी काका बाजे नि अचम्म छन् बा। त्यो दशैँलाई पालेको जावो एउटो च्याङ्रोलाई घरमै २टा
डाला रामसिङ भाँचेर हाल्दिए त पुगि हाल्छ नि। के डोर्याउँदै उतै केटीहरुका पछि लागेका हुन्
कुन्नि। कलि छिप्पिन लाग्यो अब। के बुढा के तन्नेरी सबै उस्तै भए गाँठे :p

बनाँ बाघको बिगबिगी छ, मुन्छे र च्याँङ्रो सँगै लडाउला है काका। एक्लै एक्लै नहिड्नुस। :-)

:-)
-भउते

 
Posted on 02-03-06 1:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए मुन्द्रे, यो मेरा पालाओ डिस्को गाइ तो...

उर्लेटीन फुर्लेटीन काइँयो
जुल्फे लेटिन सुर्लेटिन टुइकाँइयो
...
 
Posted on 02-03-06 2:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अट्लेटिन बट्लेटिन काइँयो
जुल्फी लेटिन कोरनी लरकाइयो !
हेहेहे, तिम्रा पालाओ गीद म काँटी सम्जेर गाम्नी हो काका ? बरु हाम्रा पालाओ गीद सुन !

तिमीलाइ बोलाएँ, तीजको दिनमा
तर्केर हिन्यौ, फर्केर हेर्यौ
आज तिम्रो बाउले मलाइ घुरेर हेर्यो
त्यो किन ?

अस्ति रत्नपार्कको बगैँचामा तिमीले
मलाइ दाइने आँखा झिम्क्यायौ
तर आज ब्यान भेट हुँदा जुत्ताले हिर्कायौ
त्यो किन ?

आजभोली
केटाहरुको
अर्काको स्वास्नी भगाउने के चलन हो
केटीहरु
लोग्ने छोडेर
पराया केटासँग पोइल जाने भो
न्यू जेनेरेशन !!

आहाऽऽ न्यू जेनेरेशन !!

तिमीलाइ बोलाएँ ,तीजको दिनमा
तर्केर हिन्यौ, फर्केर हेर्यौ
आज तिम्रो बाउले मलाइ घुरेर हेर्यो
त्यो किन ?
 
Posted on 02-03-06 3:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भौते पुन्टे दाइओ साली लाई कता लुकाइचौ ? फेरि बाख्रा चराम्नी निम पारेर तरुनी को पछी लागेउ । तिम्ले जुल्फी पालिचौ कि के हो ?

लौ आफ्नो त अड्डाओ काम सकियो , म चै घर लागे । फेरी चौतारिआँ भेटुम्ला है दम्तरी हुर ।

:-)

ईश्वर
 
Posted on 02-03-06 4:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बाख्राओ कुरो अर्दाखेरी एउटो पुरानो कुरो याद आओ के।

एकफेर म सानसानै छँदा हाम्रा घराँ एउटो लामकाने बाख्रो पालेआ थे। तेसैलाई घाँस भनेर एउदिन मेरो दाई र म मिलेर गाम माथिओ खरबारीआँ गएर अमलाको डाला भाँचेर लेइयो।

घाँस त मज्जाले खायो बाख्रोले। तर तो खाएको एउछिन पछि त मन्टो बटार्दै, भुइँआँ थचारिदै 'म्या म्या' पो अर्न लाओ गाँठे। ए बाबै के भओ भनेओ त तो घाँस त बाख्रोलाई बिख पो भओ रैच। भओ अब मर्नु? अमलाओ रुख भनेर हामी दुई भाइले त 'लिर्किटी' पो ल्याका रैचम। अमला र लिर्किटीआ डाला चैं दुरुस्तै। तो अमला जस्तो देखिनि लिर्किटी बाख्रालाई खान दिन हुन्न भन्नी हाम्लाई के था। तो त पछि था भओ। विचरो अभाकी बाख्रो नि झुक्कियो भन्न परो।

बाख्रो बिखले घिटिघिटी भओ बेला बचाउनी त केइ उपाय जो थेन के रे। बरु सास नफुस्कदै काटि हाल्न तिर पो लाए गाँठे घरा मुन्छेहुर त। सास गै सकेसि त खान अल्ली भएन के रे नि जे भानि। मङ्गो मासु तेसै खेर फाल्न नि भएन। सास नजाँदै काटेर बिलो लाए तेस्को।

तेस्तो नि हुनि रैच गाँठे, हैत्तेरिका।
 
Posted on 02-03-06 4:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लाउरे माइला मल्या तिर फर्किसकेच र हो कि? चौपाराँ आओ देख्दिन हिँजआज।

यो दर्बार माइलाओ अड्डा हो रे के..
.

 
Posted on 02-03-06 8:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए काका बूढा, के को मलाई मुख चोख्या भन्छौ हँ? तिम्रो त मुख मात्तै हो र, जीऊ पूरै चोख्याउनु पर्नी भा'छ; त्यो पनि तीन चोटि। त्यसपछि गोदान गरेसी मात्तै चोखिन्छौ तिमी।
माष्टर्नी नानीले सिकाको श्लोक त पढौम्ला नी म पनि।
 
Posted on 02-03-06 8:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दादाले नेपालटारा'ट चिठ्ठी पठाका रचन्।

चौतारीका दम्तरी हो, सबै जिम्दै छौ होला के रे! आफू त नेपालटार आएर GPS गरेर थकाइ मारेर बसिया छ। बिहान गुन्द्रुक र मस्यौराको झोलसँग भात मारेर दिऊँसो घाममा गामका तरुनीहरु भेला पारेर भोगटे साँधेर खान कम्ता अच्छा हुन्न! बेल्का लालेले भन्या ठाममा तुच्च तुच्च पार्न जाने मेसोचैं तेति परेको छैन। बाटैमा सञ्जुको घर पर्छ, म तेता'ट हिनेको गन्धले था' पाऊँछे। अनि बाहिर निक्लेर बाटो छेकिहाल्छे, अनि यत्रो हुन्थ्यो तुच्च तुच्च! बरु ए लाले, तेता झर्ने आर्को चोर बाटो छ कि छैन हँ? अलि अलि खोयाबिर्के नलगाई त के मजा भो र नेपालटार आ'को!
बाटाँ पखराको सिडिओले भेटेर मेर भइदिनुपरो हजुर, तिन्टा नगर सजिलै दिम्ला, हजुरलाई मन भे अरु पनि
दिम्ला भन्तो। मैलेचैं म तेस्तो राजनीती-साजनीतिमा मतलब राख्दिन भनेर मुण्टो बटारेर हिने। हिन्न त पखरा'ट हिनें के रे तर बाटाभरि मेर हुनैपर्छ कि जस्तो पुनि लाग्यो। स्वस्तिक छाप ला'का बउसा मात्तै दखिने आँखा चिम्ल्यो भने।"जल्ले हानो, उल्ले जानो।" भन्छन् गामघरका बूढापाका, हाताँ आ'को मौका नछोड्ने हो कि जस्तो लागो। तर यस्तो बेला फेरि भनेर मन बुझाएं।

गाममा पुगेर सञ्जुलाई " ल हिन्, म मेरमा, तँ उप-मा उठम्।" भनेर जिस्काको त "गएर उठे हुन्छ। मलाई उठ्नु छैन। तर मेर हुने म तिम्लाई छोड्दिन्छु।" भन्छे बा! पहिला त यो यस्तरी बटारिएका कुरा गर्न जान्दिन थी! अहिले यो नेपालटाराँ हावा पनि बटारिया छ कि क्या हो!

अरु ठिकै छ दम्तरी हो। क-कल्लाई गुन्द्रुक,मस्यौरा,भटमास चाहिने हो, यै चौताराँ आएर भन्नु। सिरेकी जमुनीकी लागि भने अमिलो दुई माना खोजेर राख्देकी छे सञ्जुले। अरु पनि केहि चहिया' छ र सिरे? बच्चाका भोटा-सोटा पनि चाहिने भे भन्; पशुपति दाइकाँ अडर दिहालुम्ला।

तिमारुकै दादा।
 
Posted on 02-04-06 1:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए केटा हो, मलाई धेरै नजिस्काओ न है, यहाँ मेसो कुरेर अलाँत्र परेर बस्योचु के , यो बेलाँ नि क्यार्न जिस्क्याम्चौ साईँदुवाहुर हो ।

कुरो के भनि नि यही चईनी फरबरी महिनाँ म पुनि नेपाल जानी भनेर एउटा खुट्टो उचालेर बस्योचु केरे । खास त यही चुनापाँ र चुनाप पछि के के हुन्च,चईनी हाबैजहाज चलाम्न तो राजा भन्नी कुजातले तेसपछि पुनि दिन्च कि दिँदैन भनेर बसेको हो । नत्र चईनी घर गएर जमुनिलाई कता छ चईनी कहाँ पाईन्च खोजेर चईनी त्याँसी केनडाँडा जो लेर आम्नी पिलान बनार बस्योचु के । अब यै बेलाँ घरि कसैले चुक आमिलो को कुरा अर्दिनी, कसैले गैराघरे लाटीलाई बेडुल्लाका गेडाले लईन मारो भन्दिनी, अनि तेसो अरेसि मेरा मन बितरिँदैनन् त ?

जे होस, भोलि फेरि मौसम सफा ‍होला जस्तो छ, तेसो भए फेरि चईनी चिप्लेटी खेल्न जानी पिलान छ केरे, यो पाल्टा चईनी भरसक फेरि फुटाहुर लेर आम्ला केरे नि त ।

ल, रमाईलो अर्दै अरओ केरे । तेता गईन भनि चईनी बँगारा दुख्याछान केरे, चिसो लाएर हो कि किराले खाएर हो कुन्नि । चईनी काका काँ जँचाम्न जान पर्ला केरे नि त ।

Keep rolling...
 
Posted on 02-04-06 3:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जे होस, चईनी मेरा (अझ खास त भउते, अझ साँच्चै जो भन्नी हो भनी त kittykat का गाम्लेहुर ) चईनी नेपाल गएर स्कुल नि खोलेचन केरे, त्याँसी फुटा खिचाएछन के हाम्लाई देखाम्न,


Keep rolling...

 
Posted on 02-04-06 3:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्याँसी नेपाल बाट फेरि केनडाँडा घुमाम्न भनेर काका र बिर्खे जिम्माललाई केनडाँडा जो लेर आका के तिनी हरुले

Keep rolling...

 
Posted on 02-04-06 4:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खास मेरा जो गाम्लेहुर (Engineers without borders, EWB) चईनी नेपालाँ गएर चईनी ढिकी कुटे जस्तो अरेसि त चईनी घटटटट पानीको धारा आम्नी कल-धारा बनाएर फर्केचन केनडाँडा तिर जो । फुटाँ याम्कीले रङ्गै जो मानेर पानी निकाल्दै छन केरे, यो हालेसी त गोताएँलाई हाईसन्चो जो भाको छ अरे केरे ।

Keep rolling...

 
Posted on 02-04-06 4:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अरु पुनि फुटा टाँसे है त । यो चईनी चौपारीमा गाम्लेहुर भारी बिसाम्दै अरेका

'

 
Posted on 02-04-06 4:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

काकाका लाम्काने बाख्रा हुर

 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
nrn citizenship
ढ्याउ गर्दा दसैँको खसी गनाउच
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
कल्लाई मुर्ख भन्या ?
Travelling to Nepal - TPS AP- PASSPORT
Morning dharahara
मन भित्र को पत्रै पत्र!
Guess how many vaccines a one year old baby is given
emergency donation needed
Elderly parents travelling to US (any suggestions besides Special Assistance)?
जाडो, बा र म……
Susta Susta Degree Maile REMIXED version
1974 AD Pinjadako Suga Remixed
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters