[Show all top banners]

बैरे
Replies to this thread:

More by बैरे
What people are reading
Subscribers
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 सफल जिन्दगी

[Please view other pages to see the rest of the postings. Total posts: 204]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 NEXT PAGE
[VIEWED 131863 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 11 pages, View Last 20 replies.
Posted on 05-12-09 10:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फोनको घन्टी बज्दै थियो कस्ले गरेको रहेछ भन्दा नचिनेको नम्बर देखियो, - "हलो " भन्दै मैले सम्भोदन गरे


" के छ काजी "


सुनेको आवाज तर ठम्म्याउन सकिन , मैले प्रश्न गरे - "को हो मैले त चिनिन नि ? "


"कहाँ चिन्थीस, त जस्तो ठुला बडाले हामीलाई "


"ओहो च्याङ्ग्रा , कहाँ बाट सम्झिस आज, " हामी दुई नङ र मासु छुटेको करीब करीब, ४ बर्ष भएको थियो, समय र परिस्थितीले हामीलाई एक अर्का बाट निकै टाढा लगेको थियो । यहाँ सम्म कि हामीलाई एक अर्काको खबर नै थिएन, तर उसले मेरो नम्बर चाँही भेट्या रहेछ ।


" के छ तेरो, के गर्दै छस आजकाल ? " उसले प्रश्न गर्‍यो


"के हुनु त्यही त हो नि अमेरिकाको जिन्दगी घर काम, काम घर । अनी तेरो के छ सुना न त "


"केही छैन यार मेरो पनि उही पहिलेको जस्तै नै हो चली रहा छ । अनी सुन न मैले विवाह गर्न आट्या छु, त आउनु पर्छ है ? "


म अच्चम्म परे " कहिले, को सँग ? " भनी मैले फेरी प्रश्न गरे


" यही सेप्टेम्बर ४ तारीक , केरेन सँग "


को केरेन मैले चिन्या थियिन, केटोले खैरिनी पट्टाएछ भनी मन मनै सोचे ।


च्याङ्ग्रा - " त अली चाडै आउनु पर्छ , यहाँ केही नभएनी २ दिन अघी आउनु पर्छ र विवाह सक्के पछी ४-५ दिन अरु बस्ने प्लान मिला । टिकेटको पर्वा नगर म पठाइ दिन्छु, अनी सुट पनि ल्याउनु पर्दैन, यही मैले मिलाको छु,   त मेरो बेस्ट म्यान होस् "


हामी दुई बिच धेरै दुरी फैलेको थियो तर उसले मलाई आफ्नो बेस्ट म्यान बनाएर त्यो दुरी लाई तुरुन्तै मेटेको थियो । मलाई च्याङ्ग्रा कहाँ थियो पनि थाहा थिएन तर नम्बर देखेर चाँही अमेरिका मै छ भन्ने चाँही थाहा थियो । जमानामा उ सबै छोडेर नेपाल फर्केको सुन्या थिए कहिले फिर्ता आयो त्यो पनि थाहा थिएन । मैले त्यही थाहा पाउन उसलाई सोधे । उु अहिले टेनेसी मा रहेछ । हाम्रो निकै लामो गफ भयो त्यही बिच पुराना कुरा हरु पनि भए र आफु बिच को त्यो ४ बर्षे दुरीलाई त्यही केही घण्टामा मेटाउने प्रयास पनि ।


मैले उसलाई म त्यहाँ हुने आश्वासन दिए र जसरी भए नि एक हप्ता को थप छुट्टी मिलाई आउने बचन दिए । लेबर डे को लामो छुट्टीमा आफुले ३-४ दिन थप छुट्टी लिए उु सँग १० दिन बिताउन मिल्थ्यो र मैले त्यही गर्ने निर्णय गरे ।


फोन राख्नु अघी मैले उसलाई सोधे - " मैले चिन्या चाँही को को आउँदै छ नि ? "


उसले हाँस्दै - " सबै भन्यो, उु पनि आउँदै छे " मेरो प्रश्नको "को" र च्याङ्ग्राले जनाएको उु चाँही रिया थियो । म, च्याङ्ग्रा र रिया चाँही सँगै एउटै कलेजमा पढेका थियौ । च्याङ्ग्राले " ल ल अब बाँकी कुरा यही आएपछी कुरा गरुला , उु पनि विवाह सक्के पछी अझै बस्छे " भनी फोन राख्यो ।


सेप्टेम्बर ४ तारिक आउन १५ दिन बाँकी थियो, तर जानु पर्ने २ दिन अगाडि , भित्ते पात्रो पल्टाएर हेर्दा ४ तरिक सोमबार परेको रहेछ भने पछी म १ तारिक जानु पर्ने थियो । तर अब मनमा अनेक कुरा हरु खेल्न थाले, अतितका कुराहरु झल झली पुरानो सिनेमा हेर्या झै आँखा प्रतक्ष आउन थाले ।


आज भन्दा  ८ बर्ष अगाडिका कुराहरु याद आए .....................


 
Posted on 06-09-09 12:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बैरेको अर्को धमाका आएछ, एकै सासमा पढियो । सत्ते प्रभु, यो कथा पढदा एक दुइ जनाको आँखा रसायन भने मेरो नाम पनि भक्ते होइन । कथा रोचक र घोचक दुबै छ । आजकाल त कथाको प्रतेक भाग अब के हुन्छ होलामा टुगिन्छ । दरो गा छ, थपम प्रभु थपम ।
 
Posted on 06-09-09 1:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


वाह वाह बैरे दामिएस्त कथा गयो - सिम्प्ली असम - ल ल अर्को भाग पनि थपौ अनी माफि मागी हालौ
 
Posted on 06-09-09 3:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Lau Baire, 
         Aafnai Riya ko ta khutai dhoger maf mage bhaihalchha ni---bathai cha baire, ke ko maf matra--- aru ke ke gardai jane ho---herum.

 
Posted on 06-09-09 8:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बैरे, फेरी गज्जब गयो। तर एउटा गुनासो, कथा सुरु भा छैन सक्की सक्यो, अली लामो लेख्नु नि कैले काही त। रोमन्चकता ले चरम बिन्दु कैले नछुने भयो। अर्को भाग चै अली लामो होस् है त।


लौ फेरी जय होस्।


 
Posted on 06-10-09 4:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बैरे ज्यु,


रियाले गज्जबको जादु चलाई, रियाको मेकप भन्दा लेखाइको मेकप (बणन) दामी छ। कथाको हरेक प्याराग्राफ / वाक्यहरु अती मार्मिक छन्। त्यसैले त कथा पनि रियाको रातो ड्रेस झै सलल बगेको छ। रियाले मनपर्ने CK पर्फ्युम जस्तै मग्मगाएको छ सफल जिन्दगी।          


बिगत गरेका सब्बै गल्तिहरुलाई सम्झिदै पस्च्तापमा जल्दै गर्नु भन्दा छीट्टै माफि मागि आफ्नो बनाउनु अनि च्याँग्राको जस्तै सफल जिन्दगी बिताउनु, कुइरेनिको पछी नलाग्नु, सब भन्दा ठुलो धाम नै पशुपती हो। यसैलाई पूजा गर्नु। 


अब त बल्ल चेतायौ होला नि?


फेरी पनि पछुताउने काम नगर्नु होला, च्यांग्राले भने झै अन्तिम मौका नगुमाउनु होला।


कालेदाइ


 
Posted on 06-10-09 11:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बैरे, do you feel the same love for Riya as she does for you? साचै को माया त अज्ज पनि छैन नि रिया प्रती हैन बैरे बितेको कुराको  पचुतो बाहेक  कि  कसो??? I am just wondering??

---- अब सबैले भुल सुधार गर्ने यो अन्तिम मौका हो नगुमाउनु भनेर बैरे लाई प्प्रेसर गरेको जस्तो लाग्यो तर यो कथा अनुसार आफुले माया गरेको र लाईफ सङै बितौछु भनेको मान्छे त होइननी रिया सुरु देखी ,तेसैले यो प्रश्न गरेको माइन्ड नगरनुस् है।

Last edited: 10-Jun-09 01:38 PM

 
Posted on 06-10-09 2:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Wow...


Mannn nai bhareyera aayo...Malai katha pad-da ta movie here jastai bhan bhayo...


Fantastic...


NepaliThita


 
Posted on 06-10-09 2:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

perfectionist
<<गुरु खतरा लेख्यौ, तर गल्तिले मिस्तेक भा हो कि खै के हो, क्रमस: लेख्न भुल्यौ जस्तो छ, तर गल्ती नै भये गल्ती माफ। जाउ यार रियाको हात समाउ, सदा-सदाको लागि। म भेट्न आउँदा रिया नि हुन पर्छ त्याँ भन्द्या छु, भनेन भन्न पाउन्न। हुन त अतितको कुरो भो यो त, भन्जा भन्जी भैसक्या होलान केरे >>


पुरे प्रभु रिया लाई सम्झी सम्झी क्रमश : नै छुट्यो माफ पाउ । प्रभु अहिले सम्म माफि मग्ने सहास छैन , हात मागी भन्ट्याङ भुन्टुङ कहाँ बाट ल्याउने होला ?


यहाँ बल्ल प्र्याक्टिस सुरु भयो प्रभु ले IPL झै ० रन मै सब आउट भन्नु भयो , यसो दाउ मा चौका छक्का लगाउन पाउ न कसो ?


kHusHii
<<Wow Riya is so beautiful! Very well narrated Baire>>


अब गुलाबको बर्णन गर्दा गुलाब को ईज्जत बढ्ने घट्ने कहाँ होला र ?


PeaceSoul
<<The story is really super. I felt like my own story. My story has already ended and we never met again but you luckyass bright future is near. I wish I could I have moment, that glance in my life but Daiba le kahile jurayena.
Very nice presentation. I read all of your story. its simply super. Some places I felt its my own, truely. I had tears on my eyes. touched my heart. Keep writing. I see some grammatical mistakes in the story but the flow of the story is like the river in the winter. Please have some guy who has good command in nepali and your story is one of the best on Sajha>>


प्रभु लाई आफ्नै कथा जस्तो लाग्यो रे लौन के भन्या यसतो ? के भन्नु प्रभु भाग्य बलियो लिएर आको रहेछु फेरी भेट्ने मौका पाए तर यो आइ एम सरी भन्ने आट नै आको छैन के गर्ने होला ? अब ग्रामर भन्या त्यस्तै हो , नेपाली मा फैल होला भनेर S.L.C. मा पनि स्कुल बाट पहिलो केटो कै छेउ मै पारी दियो आफु ले त उत्तर एउटै हुन्छ भनेर चोर्न पनि चोरिन, पेपर बुझाई बाहिर आउँदा पो ग्रामर को उत्तर एउटै हुन्छ भन्ने थाहा भयो धन्न झुन्डी झुन्डी पास भैयो । मेरो कथा लाई उत्तम दर्जा दिनु भएको मा धन्यवाद ।


Bhakte
<<बैरेको अर्को धमाका आएछ, एकै सासमा पढियो । सत्ते प्रभु, यो कथा पढदा एक दुइ जनाको आँखा रसायन भने मेरो नाम पनि भक्ते होइन । कथा रोचक र घोचक दुबै छ । आजकाल त कथाको प्रतेक भाग अब के हुन्छ होलामा टुगिन्छ । दरो गा छ, थपम प्रभु थपम ।>>


प्रभु कहाँ अहिले आएर नाम बदल्ने ? त्यो एक जना मा प्रभु नै पर्या हो कि क्या हो ? प्रभु आफ्नो भाग्य झै कथा पनि सस्पेन्स मा टुङ्गियो यस्तै हो के गर्नु !!


serial
<<वाह वाह बैरे दामिएस्त कथा गयो - सिम्प्ली असम - ल ल अर्को भाग पनि थपौ अनी माफि मागी हालौ>>


बौचाले अङ्रेजी कहाँ बाट सिक्छ घच्ची घच्ची शब्द हाल्छ बा, अब सिम्प्ली असम को उत्तर थ्यांक यू ल त दिनु पर्ला नि


Krs 84
<<Lau Baire,
         Aafnai Riya ko ta khutai dhoger maf mage bhaihalchha ni---bathai cha baire, ke ko maf matra--- aru ke ke gardai jane ho---herum>>


हात समाउदा त अङ प्रत्यङ काप छ प्रभु खुट्टा त  पर कै कुरा हो , तर आइडिया सहि छ त्यही गर्नु पर्ला


pacific salmon
<<बैरे, फेरी गज्जब गयो। तर एउटा गुनासो, कथा सुरु भा छैन सक्की सक्यो, अली लामो लेख्नु नि कैले काही त। रोमन्चकता ले चरम बिन्दु कैले नछुने भयो। अर्को भाग चै अली लामो होस् है त। >>


प्रभु गुनासो नगरौ , खैरे को पेलाई पर्छ लेख्दै गरी रहा बेला घ्याच्छ ब्रेक लाग्छ फेरी नटासु भने प्रभु हरु को गाली त्यही बाटै बाँच्न भए नि यसो त्यसो टाली हाल्या अर्को भाग चाँही अली लम्ब्याउने प्रयास गरुला ।


kAledai
<<रियाले गज्जबको जादु चलाई, रियाको मेकप भन्दा लेखाइको मेकप (बणन) दामी छ। कथाको हरेक प्याराग्राफ / वाक्यहरु अती मार्मिक छन्। त्यसैले त कथा पनि रियाको रातो ड्रेस झै सलल बगेको छ। रियाले मनपर्ने CK पर्फ्युम जस्तै मग्मगाएको छ सफल जिन्दगी।          
बिगत गरेका सब्बै गल्तिहरुलाई सम्झिदै पस्च्तापमा जल्दै गर्नु भन्दा छीट्टै माफि मागि आफ्नो बनाउनु अनि च्याँग्राको जस्तै सफल जिन्दगी बिताउनु, कुइरेनिको पछी नलाग्नु, सब भन्दा ठुलो धाम नै पशुपती हो। यसैलाई पूजा गर्नु। 
अब त बल्ल चेतायौ होला नि?
फेरी पनि पछुताउने काम नगर्नु होला, च्यांग्राले भने झै अन्तिम मौका नगुमाउनु होला। >>


जादु त चलाई प्रभु , ढुक ढुक गर्थ्यो पहिले मुटु अहिले साल्सा गर्दै छ , सरी पछी अर्कै केही पनि भन्न मन छ तर यो मुटु को नचाई मा आफ्नो खुस्काइ हुने हो कि भन्ने पो डर भयो त । कथा चाँही त्यस्तै हो प्रभु ड्रेस त सत्य होला सलल्ल नै बग्या हो , सम्झ्यो कि करेन्ट लाग्छ । गल्ती हरु देखी त पस्च्ताप त भयो प्रभु तर चेत्नु भन्या चाँही उही बाघ ले मासु छोड्या जस्तै हो कि भन्ने डर नि हेहेहेहेहे । मौका त घुमाउने कुरै छैन यसो दाउ मात्रै खोजी रहा हो


NitiSa
<<बैरे, do you feel the same love for Riya as she does for you? साचै को माया त अज्ज पनि छैन नि रिया प्रती हैन बैरे बितेको कुराको  पचुतो बाहेक  कि  कसो??? I am just wondering??
---- अब सबैले भुल सुधार गर्ने यो अन्तिम मौका हो नगुमाउनु भनेर बैरे लाई प्प्रेसर गरेको जस्तो लाग्यो तर यो कथा अनुसार आफुले माया गरेको र लाईफ सङै बितौछु भनेको मान्छे त होइननी रिया सुरु देखी ,तेसैले >>


ऐयाsssssss टुस्स भयो छाती मा , तर वास्तबमा चाँही अहिले माया जताउने भन्दा नि माफि ले नै पहिलो स्थान लिएको छ, शायद त्यो माफि पछी माया पनि झुल्किन पाउछ कि भन्ने आशा छ । उसको माफि बिना उसलाई आफ्नो हक जताउन त आफ्नै कायर्ता होला नि कसो ? उसले माफै गरेन भने उसैलाई सम्झी जीवन बिताउनु त भएन शायद आफ्नै स्वार्थ होला त्यस मा पनि !!


Nepali Thita
<<Mannn nai bhareyera aayo...Malai katha pad-da ta movie here jastai bhan bhayo...>>


प्रभु रिया लाई चाँही अहिले सम्म बुहारी भाउजु कै रुप मा हेरुम है हेहेहेहे


 
Posted on 06-10-09 4:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Baire I was expecting the next part....anyway i m waiting for the next episode :)

 
Posted on 06-11-09 11:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मैले गर्नु पर्ने कुरा सब गरी सके , म भित्र जान्छु, रियालाई यहाँ पठाउछु, सायद तेरो यो अन्तिम मौका होला कसरी ईसतमाल गर्ने त्यो तै सोच । " भनी च्याङ्ग्रा भित्र गयो ।


उसले भने झै रिया बाहिर आयो , छेउमा खाली भएको पिङमा बसी , - "के भयो, किन यहाँ एक्लै बसी रहा ?"


- "सोची रहा, पुराना कुरा हरु, आफुले गरेका गल्तीहरु । जिन्दगी कहाँ बाट कहाँ पुग्यो "


रिया - "कहाँ नै पुग्यो र, तिमीले खोजेको अमेरिकन सपना त पुरा भयो भनेको होइन र हिजो राती ?"


म - " हो तर, मैले आफ्नो गल्तीहरु को प्रयासचित पनि गर्न खोज्या कुरा त भने नि , कि त्यो चाँही सुनेनौ ?"


रिया - " सुन्या थिए, तर त्यसको फैसला मैले अझै गर्न सकेको छुईन । मेरो मुटु धेरै टुट्यो कयौ रात म एक्लै रोए, मेरो माया केवल एउटा खेलौना थियो तिम्रो लागि । शायद माफ पनि गर्न सक्दिन होला, तर म त्यस्तो कठोर पनि छुईन , तर समयले मेरो घाऊलाई अझै भरेको छैन । "


उसको कुरा साचो थियो, म उसको ठाउँमा भएको भे शायद आफुलाई कहिले माफ गर्न सक्दिन थिए होला । मैले गरेको गल्तीहरु माफि को लायक थिएन । म केही बोलिन आफ्नो फोन हेरी रहेको थिए , मैले रियाको नम्बरमा फोन गरे -


रिया - "किन फोन गर्या मलाई ? म यही नै छु ?"


म - " भने पछी तिमी सँग मेरो नम्बर रहेछ , कसरी आयो ? कसले दियो ?"


रिया - " मलाई चाहिने नम्बर म सँग सधैं हुन्छ "


म - "तिमीले पहिले पनि मलाई फोन गर्या थियौ, मैले यो नम्बर पहिले पनि देखेको थिए , च्याङ्ग्राले मलाई आफ्नो विबाहको लागि फोन गर्दा "


उसको चोरी समातिएको थियो , उु केही बोल्ने योग्य थिएन । मुख रातो पारी मात्रै बसी ।


"मलाई पहिले फोन गर्दा किन नबोलेको त ? " मैले सोधे


रिया - " शायद म मा सहास थिएन होला वा शायद तिमी बोल्न खोज्दैनौ भन्ने डर ......"


मैले रियाको हात आफ्नो हातमा लीई - " म, हाम्रो सम्बन्ध पुरानो जस्तो होस् पनि भनी माग्न संक्षम छुईन , मेरो साथी बन भन्न पनि लायक छैन , अहिले लाई केवल तिम्रो माफि चाहन्छु । म बाट जान अन्जानमा भएको गल्ती हरु माफ गरी देउ । तिम्रो मन तोड्ने मेरो नियत कहिले थिएन र मैले त्यस्तो सपनामा पनि चिताउदिन । सम्बन्ध हाम्रो भोली चाँहे जस्तो सुकै होस् तर अहिले म केवल तिम्रो माफि चाहन्छु । "


रिया - " मैले अगी भने झै, समयले मेरो घाऊ अझै पुरी दिएको छैन । म तिमीलाई माफ गर्न चाहन्छु तर आँफै डर लाग्छ त्यसैले मैले झै तिमीले पनि समयको प्रतिक्षा गर । ल अब भित्र जाउ, च्याङ्ग्रा र केरेन पनि कुर्दै होला "


सुर्य पनि हाम्रो मनक्तब्य सुन्न पर्खि रहेको थियो होला, हाम्रो कुरा सुनी शायद खुशी भई वा दुखी भई, (यो उसैलाई थाहा होला) सुस्ताउन क्षितिजबाट हरायो ।


हामी भित्र गयौ , केही छिन नाच गान अझै चल्यो , कोही ठट्टा गर्न लागे भने कोही बिदा बारी माग्न लागे , घडी को हरेक घुमाइ सँगै पाहुनाको हुल पनि घट्दै थियो । हल पाहुना रहित हुन धेरै समय पनि लागेन त्यहा केवल च्याङ्ग्रा केरेन का आफन्तहरु मात्रै थिए , त्यही देखेर रिया र मैले नि बिदा लिने बिचार  गर्यौ ।


- " ल राजा अब हामी लाई पनि छोड्ने हो कि ?"


च्याङ्ग्रा - " कहाँ जाने कुरा गरी रहा , पख न पख एक छिन, एउटा अन्नोउन्समेन्ट छ "


- " के "


च्याङ्ग्रा - " समयको प्रतिक्षा गर , मिठो फल पाउने छस "


यो डाइलोग आज सुन्दा सुन्दा थकित भएको थिए कत्ती कुरा को प्रतिक्षा गर्ने , तर गर्नु पाप गर्या छु कुर्नै पर्‍यो झै लाग्यो केही भनिन ।


केही बेर पछि केरेनको परिवार पनि बिदा मागी आफ्नो बाटो लागे , केरेन हामी छेउ आइ - "well its just us now " च्याङ्ग्रालाई हेर्दै "You think we should tell them the surprise now ? "


च्याङ्ग्रा  "I Guess its a good time now "


केरेन - " Well Guys before going to our Honey Moon I thought we would spend some time together, we are leaving early morning be ready bright and early "


रिया- "but where are we going "


केरेन - " Let time takes it course, you will know Tomorrow "


म - " Oh common now this is the third time I have heard this today "


रिया , च्याङ्ग्रा , केरेन एक अर्का लाई हेर्या हेरै भए तीन चोटि भने पछी तिनै जना ले त्यो डाइलोग मलाई दिएको बुझे , तिनै जना हासे म चाँही रिशाको झै गरे ।


च्याङ्ग्रा - " लौ लौ, समयको रिण खाको रहेछस अब तिर कुह्री कुह्री "


हामी त्यहा बाट आफ्नो होटेल तिर लाग्यौ कोठा जानु अघी च्याङ्ग्राले बिहान तयार भएर बस्नु, सबेरै निस्कनु पर्छ भन्यो । कोठामा त पुगियो तर निद्रा ले भने छोएन , रात भरी भोली कहाँ जाने हो, र रिया को याद ले सताउन लाग्यो । मन पनि कस्तो अच्चम्मको हुदो रहेछ एक माथि अर्को कुरा हरु खेलाउने । रिया को भनाइ हरु त्यो कहाली लाग्दो कोठामा गुन्जी रहेको थियो । आफुले उसको मन निकै दु:खाएको रहेछु, आफु लाई सरापदै बसे , फेरी आँखा अगाडि उु सँग नाछेको द्रिस्य हरु आए । उसको स्पर्श पहिले पनि नपाको त होइन तर आज को त्यो स्पर्शले मन मस्तिस्क र शरीरमा अर्कै रुप लिएको थियो ।


उसको उपस्थिती मैले आफ्नो सिरानीमा भेटे , मैले सिरानी च्याप्दा कती खेर निद्राले मलाई च्यापेछ पत्तो नै भएन ।


एका बिहानै फोनको घण्टी ले बल्ल परेको निद्रा खोल्यो ,


- "तयारी  हुनु पर्छ च्याङ्ग्रा र केरेन आउँदै छ "


रिश भन्दा पनि खुशी धेरै थियो बिहानै रिया को स्वोर सुन्न पाउुदा , मन मनै आज त दिन पनि राम्रै कट्ने भयो भन्दै उठे । नुहाइ धुआई तयार भएर बसे । ढोका ढक ढकाए को महसुश भयो , खोली हेर्दा रिया रहेछ ।


-"नास्ता गर्न जाने होइन ?"


- "च्याङ्ग्रा र केरेन पनि आउछन होला नि , फेरी बाहिरै केही खाने हो कि भन्लान नि ?"


- "होइन, मलाई फोन गरेर, बाहिर खान भ्याउदैन , तिमीहरु ब्रेकफास्ट खाइ तयार भएर बस भन्या छ "


होटेलमा बिहान को नास्ता दिन्थ्यो त्यही खान गैइयो । दिनको सुरुवात रिया को स्वोर र फेरी उु सँगै गर्न पाउने नास्ता , समय को ऋणी म कि समय मेरो ऋणी मलाई ठम्म्याउनै गाह्रो भयो, तर मन को कुनै कुनामा भने डर चाँही थियो यदी म समय को ऋणी भए यो रिण चुकाउन अर्को प्रतिक्षा गर्नु पर्ला भनेर ।


नास्तामा पेटको भन्दा धेरै पूजा आँखाको गरियो , आफ्नो समान लिना हामी कोठामा गयौ । रियाले पनि मेरो पूजा गर्ने तरिका देखेरै होला -"पेट नभरे पनि मन भरियो होला नि " भनी आफ्नो कोठा भित्र पसी । जवाफ दिन नपाउदा पेट नभरे पनि उटस मुटस चाँही धेरै भयो म आफ्नो कोठामा जानु बाहेक अरु केही चारा थिएन ।


कोठामा लुगा मिलाउन लाग्दा दिमाग मा प्ल्याक प्ल्याक गरेको ट्युब लाइट झ्याप बल्यो । मैले कोर्न आटेको चक्र ब्यु मा रिया नछिर्ने त कुरै थिएन तर शब्दको अस्त्र भने बितेका केही दिनको सुन्यता लाई छेडी नयाँ मित्रताको बिउ गड्न सक्नु पर्थ्यो । मेरो नाउ कटाउने कृष्ण त च्याङ्ग्रा छदै थियो अब त मेरो रथमा स्त्रीको स्वोरुप केरेन पनि थियो ।  म अर्जुन भई रियाको डर, क्रास र म प्रती नउठ्ने विश्वाशको भिस्म लाई ढलाउनु थियो । युद्दमा सत्रु मार्न शस्त्र अस्त्रलाई बिखमा बिझाउथे रे तर म चाँही आफ्नो शस्त्र लाई मायाको लेपले बढी रहेको थिए ।


म बाहिर ननिस्केको देखेर होला रियाले मेरो ढोका फेरी ढक ढकाइ , मेरो चक्र बिउको पहिलो द्वार उसले पार गर्‍यो । मैले ढोका खोली र फेरी लुगा मिलाको झै गरी सुटकेस भित्र लुगा हाल्न थाले । पट्टाको लुगाहरु पनि सबै मैले फुकाली यसै कोच्या झै गरे , मेरो यो दशा देखी उु मेरो छेउ आइ । म मन मनै हासी रहेको थिए तर त्यो हासो आफ्नो ओठ सम्म ल्याउनु नहुने ज्ञान मलाई थियो । उु मेरो सामु आएको देखेर म त्यहाँबाट  हेट । उु खाटमा बसी मेरो लुगा पटाउन लागी , म चाँही केही समान बाको छ कि भन्दै बाथरूम तिर हेर्न गाको झै गरे , जादा जादै " मनको बलले लुगा पटाउन सक्ने भाको भे पहिले भ्याउथे होला, तर बल त हात को चाहिने रहेछ , हातमा बल ल्याउन पेट नै भर्न बिर्सें । " म उु तर्फ त फर्किन तर एक्कासी कोठा नै उज्ज्यालो भएको देखेर उु मुस्कुराएको आभास चाँही भयो ।


अघी नास्ता खान अघी लागेको डर फेरी यथार्त भयो समय मेरो ऋणी होइन मैले नै समय सँग रिण लिएको रहेछु, मेरो शस्त्र मित्रता को नयाँ बिउ जोड्यो कि जोडेन त्यो थाहा पाउन मैले फेरी उही समयको प्रतिक्षा गर्नु पर्ने भयो । मेरो समान सब तयार भए पछी - " अब यो बोकी पनि मैले नै तल लागि दिउ ? " रियाले प्रश्न गरी


मेरो पुरुश्त्वोमा आफ्नै शस्त्रले बाण हाने झै भयो, बल छैन भनेको थिए अब केटी मान्छेले आफ्नो ब्याग पनि बोक्या कुरा संसारले थाहा पायो भने त जिवित हुनै लाज हुन्थ्यो । - "भयो भयो कस्ट नगरौ, तिम्रो रिण पनि तिर्छु " भन्दै उसको ब्याग पनि लियी बाहिर निस्के । बोली त हाले किन धेरै बोले झै भयो, अब फेरी तोक्न आउने भयो त्यो चाँही थाहा थियो । - "अहिलेको रिण तिरेर के गर्छौ , पहिले को तिर न " रियाले मैले बाहेक अरु कसैले नसुन्ने गरी भनी ।


हारकर भि जित्ने वालेको बाजिगर केहेते है , भन्थे रे त्यही सोची - "त्यही रिण तिरौ भनेर , मिल्या सुट्केस पनि बिगारी, बोल्न पाउला भनी, तिम्रो प्रतिक्षा गरी बसे "


रियालाई ब्यङमा आफ्नो जित भएको तर भावनामा हार भएको ज्ञात भयो । उु केही नबोली मलाई जिती बाहिर निस्की । च्याङ्ग्रा अझै आको थिएन । सधैं अरुलाई कुर्दा चुरोटले साथ दिन्थ्यो अहिले पनि हातले चुरोट खोजी रहेको थियो तर रियाको अगाडि सल्काउने सहास चाँही भएन ।


रिया सँग फेरी कुरा गर्न मन थियो तर कुरा सरल रुप ले हुन्छ कि हुन्न भन्ने डर चाँही थियो त्यसैले परिस्थिती लाई निहाल्दा पेच बाटै कुरा गर्दा फाईदा होला झै लाग्यो । म उसले मेरो भनाइ सुन्ने दुरी मा बसे । - "कहिले समय को प्रतिक्षा, कहिले मान्छे को , यो कुर्ने क्रम कहिले सकिने हो ?"


रिया - " मान्छेको प्रतिक्षा त हामीले गर्या झै गरेको भए थाहा पाउथ्यौ "


म - " मान्छेको भन्दा गल्तीको प्रयासचित सँगै माफिको प्रतिक्षा गर्न निकै गाह्रो हुन्छ "


कुरा फेरी अतित तिर घुम्या झै लाग्यो , रिया लाई अतित बाट बर्तमान र आउने भबिश्य तिर लानु मेरो उद्देश्य अन्तै मोडेको हुनाले कुरा घुमाउन मैले - "कस्तो तल तल लाग्यो , चुरोट सल्काउन पर्‍यो " भन्दै चुरोट निकाल्या झै गरे ।


- "तिमी लाई थाहा छ, तिमीले चुरोट खाको मलाई मन पर्दैन भनेर फेरी किन ......." उसको वाक्य पुरा हुन अघी


- " ल ल तिम्रो लागि त खान्न "


सडकमा गाडी को हर्न बजेको सुनियो , हेर्दा च्याङ्ग्रा रहेछ । आएर हाम्रो अगाडी रोक्यो समान गाडीमा राख्दा - "बैरे चुरोट छैन, क्या तल तल लाग्या छ, तैले तानी सक्या हो ?"


- मैले रियाले सुन्ने गरी - " खै कसै कसै लाई मन पर्दैन भनी तानिन "


च्याङ्ग्रा हाँस्दै - " को यसलाई मन नपर्ने ? (रियालाई देखाएर ), जा पछाडि बस थपक्क, तल् पर्या बेला मन न सन, निकाल निकाल एउटै आधा आधा सेर गरु "


म चुरोट सल्काउदै थिए अचानक ठुलो आवाज आउँदा तर्से , कहाँ बाट आवाज आएछ भनेर हेर्दा च्याङ्ग्रा ढाड सुम्सुमाउदै थियो , बिचरो को ढाडले पनि मैले झै गर्नु पाप गर्या रहेछ सधैं रिण तिरेको मात्रै देख्या छु । चुरोट तानेर हामी गाडी भित्र पस्यौ गाडी गूडेको केही क्षण मै मेरो पाखुराको कलिलो मासु एक्कासी दुख्यो म त बारुलो ले नै टोक्यो भनेर झस्के ।


च्याङ्ग्रा -"के भयो किन एक्कासी झस्किस , बारोला ले टोक्यो कि क्या हो ?"


अली होश आए पछी चोट टोकाइको होइन चिमटाइ को थियो


-"बारुला होइन, बारुली रहेछ "


रियाले मेरो पाखुरा चिमाटेको रहेछ , पछाडि फर्केर हेर्दा उु र केरेन हाँस्दै थिई । - "किन चिमाटेको ?" मैले प्रश्न गरे


- "चुरोट खाको मन पर्दैन भनेर थाहा पाउदा पाउदै किन खाको ?" उसले जवाफ दियो


- "मैले तानु भन्या हो त यसले तानम भन्या भएर तान्या नि , यसलाई चिमाटन "


दुख्न त साह्रै दुख्या थियो तर स्वीट पेन भन्या झै मलाई पनि त्यो दुखाइ मिठो लागेको थियो । त्यो चिमटाइ ले हाम्रो मित्रताको आगमन गरेको थियो ।


हामी कहाँ जाने अझै थाहा चाँही थिएन , सोहि थाहा पाउन मैले उत्तर थाहा हुँदा पनि केरेन लाई सोधे - " So karen where we headed for ?" ....................


 


क्रमश:


 
Posted on 06-11-09 11:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Aaja pani 1st mai padne hune bhayieo!!
 
Posted on 06-11-09 11:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पाचकी बैरे, क्या क्या थाममा रोक्छ भन्या। ल यो नि दर्हो छ, एकछिन त आसु नै झर्ला जस्तो भो, धन्न लामो तानेन गुरुले, अनी एक थाममा अली कोन्फुजन नि भो
<<<म - " Oh common now this is the third time I have heard this today "

रिया , च्याङ्ग्रा , केरेन एक अर्का लाई हेर्या हेरै भए तीन चोटि भने पछी तिनै जना ले त्यो डाइलोग *मलाई* दिएको बुझे , तिनै जना हासे म चाँही रिशाको झै गरे । >>>

यहाँ "मलाई" को ठाउँमा "कस्लाई" हुन पर्नी होला केरे, तर बालै भो।

लु कता लांदैछन? छिटो भन्न पर्‍यो? एस्को लागि अर्को वीक कुरायो भने त्याहीँ आएर खौँ हान्छु।
 
Posted on 06-11-09 11:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Wow.. it was enough for today....will be waiting for next part tomorrow.


 


NepaliThita


 
Posted on 06-11-09 1:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल अर्को सोलिड भाग गयो - चिमोट्या पुगेन अली दुई चार झापु पनि हान्नु पर्ने अनी पाँच छ खोत्ता अनी पछी बिस्तारौ माफि दिए नि हुन्थ्यो


यो बैरे लाई - कम रिस उठ्या छ यो बैरे सँग - गर्नु नगर्नु गर्या थ्यो तर जे होश बेलैमा बुद्धी फेरेछ - खुशी लाग्यो -


अब त केटी पत्तिन शुरु गरी हालिसक्या रहेछ अब धेरै टेम कुर्न नपर्ला नि है - ल थपौ थपौ


 
Posted on 06-11-09 3:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 



Baire atinai suspense ma kramasha garchau ke tyo pahile
authyo ni zee tv ma Tara bhanne ma jastai, I
don’t like this girl riya, she doesn’t have self respect, afulai testo garya
keta sanga nachera ani chimateko pani??  ma
bha bhe ta laat hanthe , ani she is also willing to start the relationship again
jasto chha, weird just weird. something is terribly wrong with that girl. 



 
Posted on 06-11-09 4:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अझै केहि भएको रहेनछ। २०१० सम्म त जरुर केहि हुन्छ जस्तो छ बैरे।
 
Posted on 06-11-09 10:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Keep going baire....yo serial summer vari tankau nu parcha  :)

 
Posted on 06-12-09 2:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

perfectionist
<<पाचकी बैरे, क्या क्या थाममा रोक्छ भन्या। ल यो नि दर्हो छ, एकछिन त आसु नै झर्ला जस्तो भो, धन्न लामो तानेन गुरुले, अनी एक थाममा अली कोन्फुजन नि भो
<<<म - " Oh common now this is the third time I have heard this today "
रिया , च्याङ्ग्रा , केरेन एक अर्का लाई हेर्या हेरै भए तीन चोटि भने पछी तिनै जना ले त्यो डाइलोग *मलाई* दिएको बुझे , तिनै जना हासे म चाँही रिशाको झै गरे । >>>
यहाँ "मलाई" को ठाउँमा "कस्लाई" हुन पर्नी होला केरे, तर बालै भो।
लु कता लांदैछन? छिटो भन्न पर्‍यो? एस्को लागि अर्को वीक कुरायो भने त्याहीँ आएर खौँ हान्छु। >>


प्रभुको आशु झर्ला जस्तो भयो रे के हो पुरानो कुरा ले चुस्स पर्‍यो कि क्या हो ? अब प्रभु लाने त च्याङ्ग्रा ले हो मैले त कहाँ नै लान सक्छु र ?


Nepali Thita
<<Wow.. it was enough for today....will be waiting for next part tomorrow.>>


सबै ले लामो लामो भन्या निकै लामो भयो कि क्या हो ? अब अर्को पालो छोटो नै टास्नु पर्ला


serial
<<ल अर्को सोलिड भाग गयो - चिमोट्या पुगेन अली दुई चार झापु पनि हान्नु पर्ने अनी पाँच छ खोत्ता अनी पछी बिस्तारौ माफि दिए नि हुन्थ्यो
यो बैरे लाई - कम रिस उठ्या छ यो बैरे सँग - गर्नु नगर्नु गर्या थ्यो तर जे होश बेलैमा बुद्धी फेरेछ - खुशी लाग्यो -
अब त केटी पत्तिन शुरु गरी हालिसक्या रहेछ अब धेरै टेम कुर्न नपर्ला नि है - ल थपौ थपौ >>


केटी पट्टिन सुरु भयो रे , खै कहाँ ? यहाँ माफि त पाको छैन , अब तरुनी हासेर बोल्दाइ मा लोप पर्ने हुने भाको भए त कृष्ण जी लाई डाउन गर्ने बेला हुन्थ्यो, अनी के गरे बौचा मैले खाली खौ र झापडको कुरा गर्छन् सबै जना ?


Rachel  Green
<<Baire atinai suspense ma kramasha garchau ke tyo pahile
authyo ni zee tv ma Tara bhanne ma jastai, I
don’t like this girl riya, she doesn’t have self respect, afulai testo garya
keta sanga nachera ani chimateko pani??  ma
bha bhe ta laat hanthe , ani she is also willing to start the relationship again
jasto chha, weird just weird. something is terribly wrong with that girl.>>


तारा कै भाग जस्तै त हो नि हेहेहेहे , लौ कम से कम कसैलाई त म छोडि रिया सँग रिश उठेछ । लौ किन कहानी भन्दा अघी जानु भयो माते ? एउटा नचाइ र हसाइ साथ मा चिमटाइ ले सर्वस्वो लुटे छ , धर्य गरु अगी भने झै हाँस्दै मा लोप पर्ने भाको भए त गगन चुम्मती हुन्थ्यो ।


crazy  love
<<अझै केहि भएको रहेनछ। २०१० सम्म त जरुर केहि हुन्छ जस्तो छ बैरे।>>


कस्तो उडाको क्रेजी, त्यत्रो पाप गर्या माफि यती चाडो कहाँ पहिन्छ र म सारुक खान हो र , सरी भन्ने बित्तिकै केटी ले ओके आइ लोप यू भन्न, काम पापड बेल्नु पर्या छ त्यही माफि को लागि आइ लोप यू त पर को कुरा हो , देल्ली अभी दूर है


AlterEgo
<<Keep going baire....yo serial summer vari tankau nu parcha  :)>>


प्रभु अब कथा त समर मात्रै होइन विन्टर सम्म तान्नु पर्ला जस्तो छ 


 


 
Posted on 06-12-09 2:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ह्याँ बैरे? खै कथा? आजै हाल्न पर्छ नत्र तो तालुमा आलु फलाउन आउँछु म, खौँ हान्न
 
Posted on 06-12-09 9:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Baire le dukhaidiyeko manako ghau ko chimoter badala liye jasto cha  Riya le---poor Riya. Aba maya napayer sithil bhaisakeko Baire lai chimoter energy diyeko pani huna sakcha----anyway Baire aba namatiyes, ani riya samal timro Baire lai katai mathi jala,hos gara 
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
मन भित्र को पत्रै पत्र!
TPS Work Permit/How long your took?
Another Song Playing In My Mind
Does the 180 day auto extension apply for TPS?
Travelling to Nepal - TPS AP- PASSPORT
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters