[Show all top banners]

balaram
Replies to this thread:

More by balaram
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 BHOJPUR

[Please view other pages to see the rest of the postings. Total posts: 235]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 NEXT PAGE
[VIEWED 169167 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 12 pages, View Last 20 replies.
Posted on 09-26-07 11:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I spent couple of years of my highschool age in Bhojpur Bazar.

I feel like there are at least a few Sajhain from Bhojpur. Let's talk about our memories too.
 
Posted on 12-31-07 9:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

HAPPY NEW YEAR 2008 TO ALL BHOJPURE , SAJHA READERS AND THEIR NEAR AND DEAR ONES !
 
Posted on 12-31-07 11:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

समस्त भोजपुरेहरुमा अंगेजि नयाँ वर्ष सुख, शान्ति, संब्रिद्धि र हर्स लिएर आवस् भन्ने सुभकामना ब्यक्त गर्दछु।

सुर् न ताल्


 
Posted on 12-31-07 1:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


Sur Na Tal Ji,

Thanks fotr posting the picture of Bhojpur bazaar.Please post it if anyone has any more.My ancestors including my father is from bhojpur.But I never get any chance to visit Bhojpur.I still love the name.Yo naam mai bau ko purkha ko aafno pan chaa.Please i wanna see more pictures.

 
Posted on 12-31-07 1:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


Happy New Year 2008 To all Bhojpure and their haanga biga haru lai.

 
Posted on 01-10-08 10:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दिक्तेल-भोजपुर सडक

खोटाङ -कास)- जिल्ला सदरमुकाम दिक्तेल र भोजपुर जोड्ने चखेवा भन्ज्याङसम्मको सडक खण्ड आगामी जेठभित्रमा सकिने भएको छ ।

बेलायती विकास नियोग डिफिडको करिब २ करोड रुपैया“ सहयोगमा बाटो निर्माण गरिएको हो । यसले ४८ किलोमिटर मोटरबाटो खनिएको छ । अहिले ८ प्रतिशतभन्दा बढी काम सकिएको निर्माण कार्यमा संलग्न संस्था ग्रामीण पहु“च कार्यक्रमले

जनाएको छ । 

Source: http://kantipuronline.com/kolnepalinews.php?&nid=133873


 
Posted on 01-10-08 1:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Good to hear about Deurali Ga.Bi.Sa getting donation for Sarada Ma.Bi., my birth place.


 
Posted on 01-11-08 7:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

विद्यालयलाई जग्गा

भोजपुर -कास)- तिम्मा-९ रिमचिमस्थित पशुपति निमाविलाई स्थानीय तीन र्सवसाधारणले निःशुल्क जग्गा प्रदान गरेका छन् ।

सदरमुकामदेखि ६ कोस पश्चिमस्थित निमाविलाई खेल मैदान र थप भवन निर्माण गर्न शंकर कार्की, विदुरकुमार र्राई र हेमराज र्राईले विद्यालयको ५० औं स्वर्ण्र्ाायन्तीका अवसरमा जग्गा दिएका हुन् ।  प्रधानाध्यापक रुद्र बिष्टले जनही १/१ रोपनीका दरले भवन र खेल मैदान निर्माण भइरहेको बताए । शिक्षक, अभिभावकद्वारा संकलित १ लाख ३० हजार र जिल्ला शिक्ष्ँाको ३ लाखको लागतमा भवन निर्माणाधीन  छ ।

Source: http://kantipuronline.com/kolnepalinews.php?&nid=133916


 
Posted on 01-11-08 7:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पत्रकार महासंघलाई कम्प्युटर

भोजपुर -कास)- जलस्रँेत मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पत्रकार महासंघ जिल्ला शाखाद्वारा स्थापित सूचना तथा सञ्चार केन्द्र व्यवस्थापनका लागि एक थान कम्प्युटर उपलब्ध गराएका छन् । उनले बिहीबार  शाखाका सभापति शाहीमान र्राईलाई कम्प्युटर हस्तान्तरण गरे । हस्तान्तरण कार्यक्रममा कार्कीले बन्दुकभन्दा कलमको तागत शक्तिशाली हुने भएकाले पत्रकारितालाई व्यवस्थित गर्नुपर्ने बताए ।

Source:  http://kantipuronline.com/kolnepalinews.php?&nid=133916


 
Posted on 01-11-08 10:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

An old news from my place

Rabid dog menace in Bhojpur

Post Report

BHOJPUR, Aug 20 Due to menace caused by stray dogs there has been a sudden rise in the number of people seeking anti-rabies vaccines lately. It is learnt that the hospital in this district is crowded with people these days from the surrounding VDCs including the district headquarters.

According to the information provided by the District Hospital here, unlike last year the number of individuals acquiring anti-rabies vaccines in this hospital this year has gone up. Within the past four months, it is learnt that 78 people have already received vaccines against this fatal disease. At present 15 people have been making rounds to this hospital to complete anti- rabies vaccination course.

According to the Animal Health Service Office at the district, rise in rabies cases among the people in this district is attributable to the rise in the number of stray dogs that enter the market places of the district headquarters. They come from the surrounding villages due to the improperly managed animal slaughterhouses and shops that sell meat.

According to Pushpa Budhathoki, the technician at the District Animal Health Service Office, these stray dogs from the villages have been contracting virus from wild animals in the nearby jungle. Human beings contract this dreadful disease after inflicted stray dogs bite them. There have been reports that people have been getting infected from their pet dogs, which acquired this virus due to contact with inflicted stray dogs.

It is learnt that due to the negligence on part of dog keepers to get their pets vaccinated periodically coupled with the rise in the number of stray dogs this menace has intensified.

Likewise, according to the views expressed by Budhathoki, until and unless anti-rabies vaccination campaign against pets plus the drive to kill all stray dogs is carried out, this problem is likely to persist.

According to the information provided by the medical superintendent at the District Animal Hospital, Surendra Prasad Chaurasia, anti-rabies vaccines should be injected to a person only if the dog dies with 10 to 14 days. But in many cases the dog, which bites, is killed soon after the incident, and the affected person comes to the hospital for the vaccines. In such case it is difficult to ascertain whether the dog actually carried the rabies virus, contends the superintendent Chaurasia.

It is learnt that many patients who visited this hospital were mainly from, Devantar, Ranibas, Charami, Pyawali, Helaucha, Baikunthe and Sangpang VDCs.

It is learnt that there has been protest from the doctors working in this hospital against the hospital’s administration for charging fee on anti-rabies vaccines that are supplied to the hospital free of cost by the Health Department. It is learnt that this hospital has been charging Rs. 150 from each patient seeking anti-rabies vaccines.

However, according to the medical superintendent Chaurasia, the health department has not been sending the vaccines to their hospital lately, and in order to makeup for the transportation cost they have been charging the minimum amount from the patients. In order to give continuity to the supply, they are forced to take some fee, he added.

 

Source: http://www.nepalnews.com.np/contents/englishdaily/ktmpost/2003/aug/aug21/local.htm

 


 
Posted on 01-13-08 7:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जोडी लखेटिए

कास

भोजपुर, पुस २८ - अन्तरजातीय विवाह गरेका दलगाउ“-३, डा“डाबारीका जोडीलाई गाउ“लेले गाउ“बाट लखेटेको श्रमजीवी दलित उत्थान समाजले जनाएको छ । चार दिनअघि प्रेमविवाह गरेका सन्तोष चर्मकार र छिमेकी अञ्जना मगरलाई माइती पक्ष्ँले लखेटेका हुन् । उनीहरूले स्वतन्त्रतापर्ूवक दाम्पत्य जीवन बिताउन दिन समाजले आग्रह गरेको छ ।

Posted on: 2008-01-12 21:55:29

 

Source :  http://www.kantipuronline.com/kolnepalinews.php?&nid=134126


 
Posted on 01-20-08 10:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अपरिचितद्वारा अंश माग

भोजपुर, माघ ५ - माओवादीका स्थानीय कार्यकर्ताले जिल्लाको  कुदाक काउलेका अपरिचित व्यक्तिलाई छोरा स्वीकार गरी अंश र नागरिकता दिन एक वृद्धलाई दबाब दिएका छन् । उनीहरूले छोरा स्विकारेको पत्रमा जबर्जस्ती हस्ताक्षर गराएको ती वृद्धले बताए ।

सदरमुकामदेखि १८ कोस उत्तरको उक्त गाविसका ६६ वषर्ीय नारद र्राईलाई माओवादी कार्यकर्ता सुरेश विष्टको नेतृत्वमा आएको समूहले त्यस्तो जबर्जस्ती गरेको हो । कागजमा हस्ताक्षर नगरे ज्यान लिने धम्की दिएपछि आफूले त्यस्तो व्यहोरामा हस्ताक्षर गरेको पीडितले बताए ।

माओवादी कार्यकर्ता विष्टले 'यो त्रि्रो छोरा हो, नस्विकारे कारबाही हुन्छ,' भन्दै कुटपिटसमेत गरेको र्राईले बताए । दर्ुइ साताअघिको घटना शुक्रबार उनी सदरमुकाम आएपछि खुलेको हो । आफूलाई कर्ीर्ते कागजमा जबर्जस्ती हस्ताक्षर गराएको भन्दै र्राईले जिल्ला प्रशासन र जिल्ला प्रहरीमा उजुरी दिएका छन् । स्थानीय प्रहरी चौकीका पा“च प्रहरीसमेत माओवादीलाई सहयोग गर्न आएको र्राईले बताए । 'मैले त्यो व्यक्तिलाई कहिल्यै देखेको छैन,' र्राईले भने, 'कसरी छोरा स्विकार्नु - उनका दर्ुइ छोरी र एक छोरा छन् । भूतपर्ूव गोर्खा सैनिक र्राईले द्वन्द्वको बेला धम्कीकै भरमा १ लाख ५० हजार रुपैया“भन्दा बढी माओवादीलाई चन्दा दिएको बताए । केही समय विस्थापित भई शान्ति सुम्झौतापछि गाउ“मै बस्दै आएका र्राईलाई माओवादीको स्थानीय कार्यकर्ताले बिनाकारण दुःख दिएको बताए । अंश माग्ने व्यक्तिको पहिचान खुलेको छैन ।

प्रजिअ सीताराम कार्कीले गाउ“मा रहेका प्रहरीलाई स्थानीय व्यक्तिहरूले दुरुपयोग गरेको बताए । जिल्ला प्रहरीले कर्ीर्ते कागजमा सही गराउन सहयोग गर्ने प्रहरी टोलीलाई सदरमुकाम बोलाएको छ । प्रनाउ जनक खत्रीले त्यसबारे छानबिन भइरहेको बताए । माओवादी जिल्ला सदस्य समुलले आफ्ना कार्यकर्ताले जबर्जस्ती गरेको जानकारी नआएको बताए । विष्ट आपmना कार्यकर्ता भएको स्विकार्दै उनीमाथि त्यतिकै आरोप लगाइएको हुनसक्ने दाबी गरे ।

Source: http://kantipuronline.com/kolnepalinews.php?&nid=134813


 
Posted on 01-21-08 12:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

विद्यालय हस्तान्तरणको विरोध

भोजपुर, माघ ६ - शिक्षकहरूले विद्यालयलाई समुदायमा हस्तान्तरण गर्ने नीतिको विरोध गर्दै शिक्षा क्षेत्रको व्यस्थापन गर्ने जिम्मेवारीबाट सरकार पन्छिन लागेको आरोप लगाएका छन् ।

जिल्लाभरका शिक्षकले समुदायमा हस्तान्तरित विद्यालयको सम्झौता खारेज गर्न माग गरेका छन् । नेपाल शिक्षक युनियन जिल्ला शाखा भोजपुरको नेतृत्वमा उनीहरूले शिक्षा कार्यालयमा तालाबन्दी, धर्ना र नाराजुलुस सहित पर््रदर्शन गरेका छन् ।

शिक्षकहरूले आपmनो माग पूरा नगरे कडा संर्घष्ामा जाने चेतावनी दिएका छन् । अन्तरिम संविधानमा सरकारले सबै विद्यार्थीलाई माध्यमिक तहसम्म निःशुल्क शिक्षा दिने उल्लेख गरे पनि व्यावहारिक रूपमा दायित्वबाट अलग हुन खोजेको युनियनका सचिव सनद कोइरालाले बताए ।

भोजपुरमा ३ विद्यालय समुदायमा हस्तान्तरण गरिएको

छ । जिल्ला शिक्षा अधिकारी खडानन्द पराजुलीले आम्तेक गाविसस्थित सिंहदेवी प्रावि, बोखिम गाविसको जनता प्रावि र श्यामसिला गाविसस्थित राधाकृष्ण माविको प्रावि तहलाई समुदायमा हस्तान्तरण गरिएको बताए । ती विद्यालयलाई सरकारले १/१ लाख रुपैया“ उपलब्ध गराएको उनले जनाए ।

सरकारले विद्यालयलाई समुदायमा हस्तान्तरण गरेपछि भौतिक सुधारअर्न्तर्गत प्राविलाई १ लाख, निमाविलाई २ लाख र मावि तहलाई ३ लाख रुपैया“ रकम उपलब्ध गराउने व्यवस्था गरेको

छ । भोजपुरमा मावि, निमावि

र प्रावि तह गरी ३ सय ७५ विद्यालय छन् ।

शिक्षकले ती विद्यालयस“ग गरेका सम्झौता तुरुन्त खारेज गर्न शिक्षा कार्यालयलाई दबाब दिएका  छन् । राष्ट्रिय शिक्षा नीतिको आधारमा सरकारले विद्यालयलाई समुदायमा हस्तान्तरण गर्न लागेको शिक्षा कार्यालयले जनाएको छ । 'सरकारले विद्यालयलाई समुदायमा हस्तान्तरण गर्ने हो भने ऐन कानुनको व्यवस्था गर्नुपर्छ,' युनियनका अध्यक्ष कमलप्रसाद र्राईले भने ।

Source: http://kantipuronline.com/kolnepalinews.php?&nid=134932


 
Posted on 01-23-08 10:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

SAD NEWS

डुबेकी बालिका मृत

काठमाडौं, माघ ८ - प्रहरीले तीनकुनेस्थित वाग्मतीमा डुबेकी बालिकालाई मंगलबार मृत अवस्थामा फेला पारेको छ । बालिका भोजपुर होमताङ-७ का पहलसिंह र्राईकी आठ वषर्ीया छोरी रविना हुन् ।

स्थानीय एक बासिन्दाले सोमबार दिउ“सो एक बालिका नदीमा डुबेको देखेपछि खोजी तीव्र पारिएको थियो । प्रहरीले डोजर प्रयोग गरी २८ घन्टापछि फोहोरको लेदोमा भासिएको अवस्थामा बालिकाको शव निकालेको हो ।

सोमबारै खोजी गर्दा नभेटिएपछि र्सवसाधारण र प्रहरीले चन्दा उर्ठाई डोजर भाडामा लिएर बालिका खोजी गरिएको थियो ।

सुरुमा नदी डिलमा भेटिएको चप्पलको आधारमा सशस्त्र, जनपद र र्सवसाधारण गरी १५ जनाले शरीरमा डोरी बा“धी बा“सको सहारामा पौडेर खोजतलास

गरेका थिए ।

पौडीबाजले पनि फेला पार्न नसकेपछि प्रहरीको केन्द्रीय विशेष कार्यदलको उद्धार टोली र नेपाल र्‍यापmटिङ एसोसिएसनका दर्ुइ डुंगाको सहयोग लिइएको थियो । त्यसबाट पनि बालिका फेला पर्न नसकेपछि मंगलबार र्सवसाधारण र प्रहरीले चन्दा संकलन गरेका थिए ।

प्रहरीलाई जानकारी दिने बटुवाले किटान गरेको स्थानमा डोजरले खोस्रि“दा बालिका मृत अवस्थामा भेटिएको हो । नदीबाट सा“झ ५ बजे निकालिएको शव निक्कै फुलेको छ ।

उनले लगाएको ज्याकेट, टोपी र सुरुवाल शरीरमै थियो । अभिभावकले जिम्मा लिएपछि प्रहरीले शव पोस्टमार्टमका लागि शिक्षण अस्पताल महाराजगन्ज पठाएको छ ।

सुन्दरीजल बस्ने सानीआमा भेट्न आएकी रविना भोजपुर होमताङको अरुणोदय प्राविमा कक्षा २ मा अध्यरत थिइन् । उनी सोमबार बिहान मात्रै अभिभावकस“गै काठमाडौं आएकी थिइन् ।

बुबा, आमा र भाइस“ग बिहान ७ बजे राजधानी आइपुगेकी उनी दिउ“सो १ बजे शंखमूलस्थित काका दिनेशको डेराबाट एक्लै निस्केकी थिइन् । दिनेशका अनुसार रविनाका बुबा पहलसिंह शौचालय पसेका बेला कोठाबाट बाहिरिएकी थिइन् ।

बाहिरिएलगत्तै र्राई परिवार र आफन्तले शंखमूल क्षेत्रमा खोजी गरेका थिए । नभेटिएपछि बुद्धनगर प्रहरी बिटमा जानकारी गराएका थिए ।

खोजी गर्दै तीनकुने प्रहरी वृत्त आएका अभिभावकले वाग्मती पुलमा भीड देखे । अज्ञात बालिका डुबेको जानकारी र प्रहरीले देखाएको चप्पल देखेपछि उनीहरूले घटनामा रविना परेको आशंका गरेका थिए ।

बानेश्वर वृत्तका डीएसपी गोरख भण्डारीका अनुसार बहिनीको चप्पल लगाएर रविना शंखमूलबाट भत्केको पुल हु“दै वाग्मती किनारैकिनार तीनकुने आएकी थिइन्् । गाडी देखेपछि डराउने उनी तीनकुने आएको र नदीमा डुबेको कारण खुल्न नसकेको डीएसपी भण्डारीले बताए ।

 

Source: http://kantipuronline.com/kolnepalinews.php?&nid=135085


 
Posted on 02-10-08 4:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बाबुको बिहे गरिदिने छोरा

सबैका आमाबुबाले छोराछोरीको विवाह गरििदन्छन् । तर, सङ्खुवासभाका चन्द्र कार्कीले आफ्ना बाबुको विवाह गरििदए । माङतेवा-८ का बलभद्र कार्की, ७४, ले भोजपुर, कुलुङ-७ की विष्णु चौहान, २०, लाई माघ ९ गते विधिवत् रूपमा घर भित्र्याएका हुन्  । विष्णु बलभद्रभन्दा ५५ वर्षकान्छी छिन् ।

तीन छोरा, एक छोरी, १४ नातिनातिना र चार पनाति भएका कार्कीकी एक पनातिनीको विवाह गत मङ्सिरमा मात्र भएको थियो । राजीखुसीले विष्णुलाई आफ्नो कान्छी पत्नी स्वीकारेको बलभद्र बताउ“छन् । भन्छन्, "बा“चुन्जेखाना बनाएर दिन्छिन्, त्यसैका लागि विवाह गरेको हु“ ।"

एक वर्षघि पत्नीको निधन भएपछि बलभद्र एक्लो अनुभव गर्दै थिए । विष्णु स्थानीय ठोटनेरी माविमा कक्षा ७ मा पढ्दै थिइन् । खा“दबारी बस्ने बलभद्रका छोरा चन्द्रले विवाहका सबै सरसामान व्यवस्था मात्र गरििदएनन्, छोरीभन्दा कान्छी विष्णुलाई आमा बनाएर भित्र्याए । भन्छन्, "घरमा बुबा एक्लै हुनुहुन्थ्यो । विवाह गर्छर्ुुन्नुभयो, बुबाको इच्छा अनुसार हामीले विवाहको चा“जोपा“जो मिलाइदियौ“  ।"

Source: http://kantipuronline.com/Nepal/ankhijhal.php


 
Posted on 02-18-08 5:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कमाइको खोजी

वैदेशिक रोजगारमा जाने छोराले पैसा कमाएर ल्याउला भन्ने आशा कसलाई हु“दैन - तर, पैसाको सट्टा छोराको शव बुझ्नुपर्‍यो भने आमाबाबु कस्तो अवस्थाबाट गुज्रन्छन् होला -

पा“च वर्षघि मलेसिया गएका एक युवक मोटर दर्ुघटनामा मारएिपछि परविारको बिचल्ली भएको छ । भोजपुरको गोगने गाविस-७ का सुवास तामाङ मलेसिया पुगेको छ महिनामै दर्ुघटनामा परेका थिए  । मलेसियामा काम गरेबापतको पारश्रिमिक र बिमा रकम कम्पनीले पठाइसकेको जनाए पनि सुवासका परविारले हालसम्म रकम पाएका छैनन् । बाबु शेरबहादुर भन्छन्, "नकमाई त बसेन होला ऊ । छोराले कमाएको पैसा नपाउ“दा दुःख लागेको छ ।"

एक्लो छोराको मृत्यु भएपछि घरजग्गा धरौटी राखेर लिएको ऋणको सा“वाब्याज बढ्न गई लिलाम हुने अवस्थामा पुगेको छ  । "सा“वाब्याजले घरजग्गा लिलाम हुने बेला भइसक्यो, छोराको शव आयो, साथमा केही छैन, कसरी तिर्ने ऋण -" शेरबहादुरस“ग जवाफ छैन । सुवासका तीन सन्तान र पत्नीको पालनपोषणको जिम्मेवारी उनकै का“धमा छ ।

सुवास काठमाडौ“को सिङ्मा ओभरसिजमार्फ गाडी चालकको काम गर्न मलेसियास्थित डब्ल्यूसिटी कन्सट्रक्सन कम्पनी गएका थिए । उनले पाउने पारश्रिमिक कम्पनीले मलेसियास्थित नेपाली दूतावासमार्फ पठाएको बोधार्थ पत्र पाएको शेरबहादुर बताउ“छन्  । कम्पनीले पेङगारु बुरु नेगेरी नामक ब्याङ्कबाट पारश्रिमिक ४१ हजार र बिमाबापत १६ हजार गरी ५७ हजार मलेसियाली रङि्गीट -करबि ११ लाख ८ हजार रुपिया“) को ब्याङ्क ड्राप\mट दूतावासमा बुझाएको जनाएको छ । तर, दूतावासले रकम प्राप्त नभएको भन्दै आएको छ । सुवासका परविारचाहि“ दूतावासका कर्मचारी आफै“ले रकम गायब पारेको आशङ्का गर्छन् ।

Source: http://kantipuronline.com/Nepal/aabaran.php


 
Posted on 02-25-08 10:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गोदाम घर दुरुपयोग

कास

भोजपुर, फागुन १२ - दक्षिणी भोजपुरको घोडेटारस्थित खाद्य गोदाम स्थानीय र्सवसाधारणले दुरुपयोग गरेका

छन् । खाद्य संस्थानले

आपmनो भवनको रेखदेख नगरेपछि उनीहरूले जथाभावी प्रयोग गर्न थालेका हुन् ।

सदरमुकाम भोजपुरदेखि १०

कोस दक्षिण रानीबास गाविस-८ घोडेटारस्थित खाद्य संस्थानको गोदामघर चार वर्षेखि दुरुपयोग भएको हो । माओवादीले

खाद्यान्नसहित गोदाम कब्जा गरेपछि नेपाली सैनिकको सहयोगमा संस्थानले तत्काल सदरमुकाममा सारेको थियो । सदरमुकामदेखि

खाद्य गोदाम पुनः स्थापित

गरिएको छैन ।

Source: http://kantipuronline.com/kolnepalinews.php?&nid=138748


 
Posted on 02-26-08 10:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दिङलामा बिजुली

कान्तिपुर समाचारदाता

भोजपुर, फागुन १३ - उत्तरी भोजपुरको दिङलाका वासिन्दाले केन्द्रीय प्रशारण लाइनको बिजुली बाल्न पाएका छन् । शनिबारदेखि उनीहरूले बिजुली बालेका हुन् ।

जिल्लामै पहिलोपटक नेपाल विद्युत् प्राधिकरणले विद्युत् प्रसारण लाइन विस्तार गरी दिङलास्थित केउरेनीपानी र देउराली गाविसमा बिजुली पुर्‍याएको छ ।

सरकारको सहयोगमा धनकुटाको हिले स्टेसनबाट ११ केभी प्रसारण लाइन भोजपुरको दिङला क्षेत्रका लागि विस्तार गरेको प्राधिकरण ग्रामीण विद्युतीकरण विभागले जनाएको छ ।

धनकुटाको हिले लेगुवा हु“दै दिङलाबजार पुर्‍याएको बिजुली शनिबार अपराह्न ४ बजे सबस्टेसन मेनेजर इन्जिनियर केशव सिंखडाले 'स्विच अन' गरेर उद्घाटन गरेका थिए् । इन्जिनियर सिंखडाले देउराली गाविसको माघेछाप, अर्चाले, सिंहबाहिनी, गहते, केउरेनीपानी गाविस र दिङलाबजारमा करिब ४० किलोमिटर दूरीमा एकैपटक बिजुली बलेको बताए । प्राधिकरणले दिङलामा सवस्टेसनसमेत राखेको छ । उतरी भोजपुरमा विद्युत् विस्तार लाइनको निरीक्षण गर्दै जलस्रोतमन्त्री ज्ञानेन्द्रबहादुर कार्की दिङला पुगेका थिए । उनले भोजपुर सदरमुकाममा समेत बिजुली बाल्नका लागि तीव्र गतिमा काम भइरहेको बताए ।

धनकुटा हिले सबस्टेसनबाट जरायोटार, हिलेभञ्ज्याङ, श्यामशिला ह“ुदै भोजपुरसम्म ३३ केभी प्रसारण लाइन विस्तारका लागि तार तान्ने काम भइरहेको छ ।

Source: http://kantipuronline.com/kolnepalinews.php?&nid=138831


 
Posted on 02-27-08 7:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नुन पैंतीस रुपैया“ किलो

कास

भोजपुर, फागुन १४ - दर्ुइ सातादेखिको तर्राई बन्दले उपभोग्य वस्तुको ढुवानी नहु“दा सदरमुकाममा महङ्गी बढेको छ ।

भोजपुर बजारमा एक किलो आयोनुनको ३५ रुपैया“ पुगेको छ भने ढिके नुन ३० रुपैया“ । चामल प्रतिकेजी ५५, चिनी ९० रुपैया“ पुगेको छ । मट्टीतेल प्रतिलिटर ९० रुपैया“ आलु धार्नीको सय रुपैया“ पुगेको छ ।

धनकुटाको हिले हु“दै र सुनसरीको चतराबाट ढुवानी हुने दैनिक उपभोग्य सामग्री बन्दले अभाव भएपछि जिल्लामा आपर्ूर्ति हुनसकेको छैन ।

सडक यातायात नपुगेको भोजपुरमा खच्चर र भरियाद्वारा उपभोग्य समाग्री ढुवानी गरिन्छ । भरियबाट ढुवानी भएका सामानभन्दा खच्चरले ल्याएको दस रुपैया“ सस्तो हुन्छ । मट्टीतेल महंगो भएपछि उपभोक्ताले कोइला र दाउरा प्रयोग गर्न थालेका छन् ।

Source: http://www.kantipuronline.com/kolnepalinews.php?&nid=138924


 
Posted on 02-28-08 2:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिरामीको चाप बढ्यो

कास

भोजपुर, फागुन १५ - जिल्ल्ाा अस्पतालमा बिरामीको चाप बढेको छ । महिना यता मौसम परिवर्तनका कारण बिरामी बढेको अस्पतालका डा. र्सर्ूयबहादुर गुरुङले बताएका छन् । गुरुङका  अनुसार रुघाखोकी, दम, ज्वरो, टाइफाइड, निमोनिया, झाडापखाला लगायतका बिरामीको अस्पतालमा चाप छ ।

अस्पतालमा कतिपय मुटुरोगी समेत भर्ना भएका छन् ।  'अस्पतालको क्षमता १५ शय्या मात्र हो, यहा“ त २० जनाभन्दा  बढी भर्ना भएका मात्रै छन्,' अर्का स्वास्थ्यकर्मी डा. भवेश थापाले भने- 'राख्ने ठाउ“ नभएर कर्ुर्सर्ीीोडेर बनाएको खाटमा बिरामी राखेका

छौं ।' बहिरंग सेवामा पनि दैनिक ६० बिरामी आउने गरेको अस्पतालले जनाएको छ ।

'कहिले त ८०-९० जना नै पुग्छन्,' उनले भने- 'मौसम परिवर्तनका कारण बिरामी निकै बढेका छन् ।'

छाती दुख्ने, खोकी लाग्ने र दम रोगले वृद्धवृद्धा बढी प्रभावित भएका छन् । जा“ड, रक्सी, सर्ुर्ती, बिंडी, चुरोट खैनी सेवन गर्नेलाई बढी रोगले चापेको डा.थापाले बताए । वृद्धवृद्धालाई श्वासप्रश्वासमा पनि समस्या आउने गरेको छ । 'चिसामा बढी चाप बढ्ने गरेको छ,' उनले भने- 'बालबालिकालाई निमोनिया हुन्छ ।'

भर्नामध्ये ६ जना मुटुरोगी र तीन बालबालिकालाई निमोनिया लागेको छ । दर्ुइ महिनादेखि पा“च वर्षुनिका बालबालिकामा निमोनिया देखिएको उनले जनाए । अल्सर, इपिटेक्सिस, नाकबाट रगत आउने र झाडापखालाले पनि बिरामीलाई सताएको छ ।

Source : http://kantipuronline.com/kolnepalinews.php?&nid=139130


 
Posted on 02-28-08 2:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बसमा बम प्रहार, एकको मृत्यु

कास

लहान, फागुन १५ - जनतान्त्रिक तर्राई मुक्ति मोर्चा गोइत समूहका कार्यकर्ताले मंगलबार राति पर्ूव-पश्चिम राजमार्गको सिरहा, गोलबजार खण्डमा गुडिरहेको एक बसमा बम प्रहार गर्दा भोजपुर, पाङ्खा-२ की सम्झना र्राईको मृत्यु भएको छ । घाइते र्राईको उपचार क्रममा धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो । काठमाडौंबाट उदयपुरको बेलटार हि“डेको ना१ख १२८ नम्बरको यूके ट्राभल्स बसमा प्रहार गरेका हुन् । बमले दर्ुइ यात्रु गम्भीर घाइते भएका थिए ।

सशस्त्र र जनपद प्रहरीले स्कर्टिङ गरेर लैजाने क्रममा राति सवा १२ बजेतिर बसमा दर्ुइ 'पेट्रोल बम' प्रहार भएको थियो । बोतलमा पेट्रोल भरेर प्रहार भएको जनाइएको छ । बसमा एक्कासि आगलागी भएपछि यात्रु झ्याल र ढोकाबाट निस्केका थिए । बाहिर निस्कने क्रममा १६ वषर्ीया सम्झना र ३१ वषर्ीय विजु र्राई जलेर गम्भीर घाइत्ो भएका थिए ।

मोर्चाका एरिया नं. २ का इन्चार्ज 'त्यागी बाबा' ले सञ्चारकर्मीलाई फोन गरी बन्द अवज्ञा गरेकाले आफ्ना कार्यकर्ताले आगजनी गरेकोे बताएका छन् । बम प्रहारलगत्तै प्रहरीले तीन राउन्ड हवाईफायर गरेको सिरहाका प्रहरी प्रमुख एसपी मिङमार लामाले बताए । आगलागीले यात्रुको सामान जलेर नष्ट भएको छ । स्कर्टिङका क्रममा ६० वटा सवारीसाधन भए पनि अन्य साधनमा क्षति नभएको र घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Source: http://kantipuronline.com/kolnepalinews.php?&nid=139121


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
nrn citizenship
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Travelling to Nepal - TPS AP- PASSPORT
ढ्याउ गर्दा दसैँको खसी गनाउच
मन भित्र को पत्रै पत्र!
Morning dharahara
Guess how many vaccines a one year old baby is given
जाडो, बा र म……
Susta Susta Degree Maile REMIXED version
Elderly parents travelling to US (any suggestions besides Special Assistance)?
कल्लाई मुर्ख भन्या ?
1974 AD Pinjadako Suga Remixed
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters