[Show all top banners]

world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~~चौतारी - ७५ (हीरक अंक!)~~

[Please view other pages to see the rest of the postings. Total posts: 650]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 NEXT PAGE
[VIEWED 199841 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 33 pages, View Last 20 replies.
Posted on 09-06-07 8:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी - ७५


नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम


--चौतारी - भाग ७५ (हीरक अंक!) --



चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)


हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ७५ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।



**********************************************************************

'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************


लौ बसुम यही चौतारीमा


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।




Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)



Running since 7 Sept 2005 in a total of 75 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.

*गोताएँदाइकोब्लग


चौतारी हीरक अंक

समय पंक्षी हो
खुल्ला यसको बंधन
बाँधेर बाँधिदैन
उड्छ हर प्रहर
दिन रातको
पंख सेतो कालो
चालेर आकाशैमा
उड्छ हर प्रहर


साँच्चै समय यति गतिवान् छ कि हाम्रो प्यारो चौतारीको जन्म भएको पनि दुइ वर्ष भैसकेछ, तर हामीलाइ पत्तै भएन। हाँसो, ठट्टा, कथा, कविता, दोहोरीको भाकामा दुइ वर्ष काटेको हामीलाइ दुइ दिन जस्तै लागिरहेको छ। यो समयमा अनेकौं नयाँ गाम्लेहरूको आगमन भयो, नयाँ मित्रता गाँसिए, पुरानो मित्रता अझ कसिए, चौतारी नितान्त आत्मीय लाग्न थाल्यो।

७ सेप्टेम्बर २००५ बाट शुरू भएर दुइ वर्ष पूरा गरी तीन बर्षमा प्रवेश गरेकोमा चौतारी र चौतारीवासीलाइ धेरै धेरै बधाई!!!

यो अंकमा आफ्ना अमूल्य लेख रचना, कथा, कविता, मुक्तक, कहानी र अनेकौं अरू मौलिक सिर्जना पस्केर चौतारीको जन्मदिन भव्यताकासाथ मनाऔं।

 
Posted on 09-07-07 6:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो एस एम एस को भुत लागेर चौतारी छिर्न नि भ्याइएन। सोली !
 
Posted on 09-07-07 6:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गजल हो कि कविता हो केहि फुर्‍या झैँ छ। बरु तो राता निला बल्ड्यांग्रे अक्षराँ कसरि लेख्नि हो सिकाम त कसैले। सकियो भने भोलि तिर राख्नु पर्ला।

आज एक त शुक्रबार तेस्माथि चौतारि महुसब, धोक्नलाई के चाहियो र बहाना, तुच्च तुच्च पार्न गएछन सप्पै दाजुभाई। जिम्माल नि चर्केको नलिटांग काँधाँ बोकेर कता लागे खै?

दिदी बुइनी खाल चैं कता लागे कुन्नि?
 
Posted on 09-07-07 6:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

टाँसुम टाँसुम अन्तरे, हतार भैसक्यो पढ्नलाई।
 
Posted on 09-07-07 6:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आजको प्रशान्तको जीत सधैंभरिको जीत अनी नेपालीहरु को जीत हुनेछ"

लौन साथीहरु छिटो छिटो प्रशन्तलाई vote गरौ
यो लिन्क बाट free एस् एम एस् गर्न सकिन्छ
Step 1 (Log on)

http://8r1.syminet.com/zipper/

Step 2. Type 52525 in the space box "enter mobile number" , 2nd box, after +91
Step 3: Type PRASHANT in the space box "enter your message here"
Step 4: Type verification code, whatever mentioned there
Step 5: Click "SEND SMS"
 
Posted on 09-07-07 7:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु मुइँले नि दस् ओडा हाल्दिं परशान्तेलाई।

भउते खै त आफ्नु चाईँ? तो नपढि म टाँस्नेवाला छैन। अनि झन् तो रातो निलो नबनाई त टाँस्दै टाँस्दिन।
 
Posted on 09-07-07 7:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन कता गा हुन जम्मै?
 
Posted on 09-07-07 8:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबैलाइ विकेण्ड लागेछ ! सबै प्रस्तुती एक से एक छन । राहुल दाइ दामि छ , काममा चिहाउन मात्रै पाइन्छ, कथा साच्चै हो त ? दामि छ बर्णन ।
चित्रेले आशुकबि भन्यो कति आशुका कुरा मात्र गर्नि यस पटक चै हासोको कुरा गरेर हासो कबि बन्नुपर्ला जस्तो छ। सांच्चै दिन मा एउटा लेख्ने भने त बर्षमा ३६५ कबिता पो पुग्दो रैछ।
ल है त ट्राइ मारुम कस्तो हासो आउदो रैछ।

छोराछोरी हुने तिनकै कथा लेख्छन
बुढाबुढी हुने आफ्नै कथा खोक्छन
कोहि नहुनेले कस्को पो लेख्छन
हेरी नकचरो बिर्खे ।

सबै जोगि मरे मेरै खप्पर भरे
हेर्दा हेर्दै याहा सबले बिहे गरे
फत्फताउदै बुढो बैशमा परें
हेरी नकचरो बिर्खे ।

जिम्माल्नी हास्छे कागजमा
कस्को पो घुस्ने यो मगजमा
आउले नि उडेर जहाजमा
हेरी नकचरो बिर्खे ।

यसपाली बाजा बजाउछु
दुनियालाइ देखाउछु
भियग्रा भेटाए चपाउछु
हेरी नकचरो बिर्खे ।



हा हा हा बिर्खेदाइलाइ पो झटारो लागेछ । जांडको सुरमा गालि ठोक्ने भए मलाइ । माथिको कुरा १००% सांचोनि हुन सक्छ १००% गलत नि हुन सक्छ, बिर्खे दाइलाइ सोधम है ?



सुरुगरेको ट्याम : ८: ०९ ( गन्थन बाहेक)



पोस्ट गरेको ट्याम: ८:२६


सांच्चै त्यो कबिता त हो ? कुन फर्मयाटमा पर्यो भनै है गुरुहरु ?


Last edited: 07-Sep-07 08:27 PM

 
Last edited: 07-Sep-07 08:30 PM

 
Posted on 09-07-07 9:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ko kko ke ke gardai chan hummmmmmmmmmmmmmmm
 
Posted on 09-07-07 9:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

sabai jana jhaap bhara basira jasto cha.
 
Posted on 09-07-07 10:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 09-07-07 10:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Wah Wah Name, yasto po Kabita lekhnu. Satya Tathya.
 
Posted on 09-07-07 11:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ELEPHANT
IMPORTED MALT LIQUOR
500 ML-1 PINT-9 FL OZ
7.2% ALC. BY VOL

BREWED AND CANNED BY THE CARLSBERG BREWERIES, COPENHAGEN, DENMARK

IMPORTED BY CARLEBERG USA, MANSASSET, NY

मध्यरातको जदौ यो बिर्खे माइलाको।
 
Posted on 09-07-07 11:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल! नमे!! हाहाहाहा खै तो त साँचो परो नि झुटो मलाई नि था छैन!

अन्तरे रंगिचंगि नभै नटाँस्ने रे गजल??? के गारो भो र गाँठे, सान पर्भुले सजिलो बनाइद्या छन अचेल, मजाले मन ला' कुरा लेख्ने पोस्ट अर्ने त्याँसि फेरि तो के जाति एडिटाँ जाने मन ला रंग भर्ने ठुलो पार्ने

क्यार्दै छौ लाले? हन के हो तिम्रा चाला? एसो आम्छौ मुख देखाम्छौ हेरेर चिने चिने अस्तप ला'र बोलाम्न खोजो फेरि हराम्छौ?

लोल चिप्ले! हाहाहाहा बियरको ब्रान्डनेम सहित डिटेल आयो! हाहाहाहाहा कति सुर लाग्या होला त!

अरु को को जिम्दै छौ एतिबेल????
 
Posted on 09-07-07 11:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 09-08-07 12:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 09-08-07 12:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भउते र माकुरे आएछन लौ लौ कुरो अर्न पर्यो। निद्रा नि लौ लौ लागेन ए रात्तै!

 
Posted on 09-08-07 12:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

निन्द्रो त लौलौ मलाई पनी लागेन ।। होइन के हुन लाग्यो नी रात्तै ।।क छ जिम्माल नलिखुत्तो के भयो।।।डाक्तार लाई देखौयौ ...बुढा
 
Posted on 09-08-07 12:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

होइन ए जिम्माल, नेपाल तीर के हुँदै छ हँ। कुरो त राम्रो छैन नी!!
 
Posted on 09-08-07 12:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ सबैलाई!

मिसको कथाले सधैं भावुक बनाउँछ। नमे र रिठ्ठेले रमाईलो गराए। राहुल दाइको कथाको कथाको दोश्रो भागको ब्यग्र प्रतीक्षा छ।
जिम्मालको बर्बराउने शैली 'क्लासिक' छ। हिजो बेलुका गाँजामा धतुरो-सतुरो नि मिसा' थ्यौ कि क्या हो बूडा?!

ल मेरो Parenting Special को दोश्रो (तत्काललाई अन्तिम) प्रस्तुति चौतारी महोत्सबमा। समय धेरै मिले अरु विषयमा केहो लेखौंला, समय कम मिले एक दुई जोक भएपनि खोकौंला। (सप्ताहान्त नसक्किई चौतारी पनि तङ्ग्रिने छाँट छैन।)

img src=/sajha/chat/smileys/m-biggrin.gif> जदौ सबैलाई!

मिसको कथाले सधैं भावुक बनाउँछ। नमे र रिठ्ठेले रमाईलो गराए। राहुल दाइको कथाको कथाको दोश्रो भागको ब्यग्र प्रतीक्षा छ।
जिम्मालको बर्बराउने शैली 'क्लासिक' छ। हिजो बेलुका गाँजामा धतुरो-सतुरो नि मिसा' थ्यौ कि क्या हो बूडा?!

ल मेरो Parenting Special को दोश्रो (तत्काललाई अन्तिम) प्रस्तुति चौतारी हीरक महोत्सबमा। समय धेरै मिले अरु विषयमा केहो लेखौंला, समय कम मिले एक दुई जोक भएपनि खोकौंला। (सप्ताहान्त नसक्किई चौतारी पनि तङ्ग्रिने छाँट छैन।)

कथा

एउटा सुन्दर यात्रा

“ल म हिँडे बूढो! ढोका लगाउन आउनु त छोरी ले’र। हिँड्ने बेलाँ छोरीलाई चुप्प गर्नु परो।“
“पर्दैन, छोरीलाई थाहा नदी’कन जाउ। बेकाराँ रुन्छे एकछिन।“ तर आमा हिँड्न आँटेको थाहा पाएर छोरी ढोकैमा पुगिसकेछे।
“ल छोरी, बाइ-बाइ गर मामुलाई!” म छोरी बोकेर उभिएँ। छोरी हात हल्लाउँदै रुन थाली सधैंजस्तै।
*******************************************
“इसुका सुपा भित्रको एउटा रेष्टुरेण्टमा आरुबाइतो बोउसिउ देखेर फोन नं ल्या’की छु। म अब शनिबार, आइतबार काम गर्छु।“
“ठिकै छ नि, झण्डै डेढ वर्ष भईसक्यो तिमी घरको घरै भएको। गरे हुन्छ।“
चार महिना पहिला हाम्रो यस्तै घर-सल्लाहबाट शुरु भएको थियो उनको दुइदिने काम। छोरी पेटमा आएको केहि महिनाबाटै उनी घरमा बस्न थालेकी, त्यतिखेरसम्म त छोरी पनि एक वर्ष कटिसकेकी थी।
********************************************
छोरी फुलिएपछि उसलाई लिएर म भित्र पस्छु र छरिएका खेलौनाहरुको माझमा उसलाई छोडेर हिजो बेलुका धोएर मेशीनमै छोडिएका लुगा सुकाउन बरण्डातिर निक्लन्छु।
‘कता गएर लडी कि क्या हो?!’ छोरी अचानक च्याँठ्ठिएर रोएको सुनेर म हतारिएर भित्र पस्छु। अचेल कुर्सी, सोफा, टेबुल जता पनि चढ्न खोज्ने भएकी छे, कतिखेर कता चढेर लड्ने हो डरमात्रै लागिरहन्छ। कोठाको एउटा कुनामा बसेर रुँदै छे छोरी। लडेकी होइन रहेछ, आफू बस्ने सानो कुर्सी घिसार्दै हिँड्दा त्यसैले खुट्टा थिचेजस्तो लाग्छ। कुर्सी उ आफैंले हटाइसकेकी थिइ म पुग्दा। म आफूले देख्ने ठाउँमा ल्याएर राख्छु ऊ, उस्को कुर्सी र ऊस्का मनपर्ने खेलौनाहरुलाई।

बिहान खाजा खाएका भाँडाहरु माझ्न थाल्छु बेला-बेला छोरीतिर पनि आँखा लगाउँदै।
अचानक छोरी रमाएर उसको बालसुलभ शैलीमा खित-खित-खित हाँसेको सुन्छु। कतिखेर-कतिखेर मेरो आँखा छलेर बाथरुमभित्र पसिसकिछे। मैले अघि ढोका लगाउन ध्याननै दिएनछु। बाटाको पानी जगले उबाउँदै आफ्नो टाउकोमा, जीउमा हाल्दै थिई ऊ। लुगा सब भिजाईसकेकी थिई।

“तँलाई बदमाश, के ग-या यस्तो?!” म उसलाई तानेर बाहिर निकाल्छु र भिजेका लुगा सबै फुकाल्दिन्छु। ऊ अब झन खुशी भएर बाथरुमतिर पस्छे।
‘भएन, नुहाइदिनै प-यो।‘ हरेक दिन साँझमा नुहाईदिने गरेको छौं, बिहान त्यति नुहाइदिएको छैन।

नुहाइदिइसकेपछि उसलाई फेरि कोठामा खेल्न छोडेर म अघि माझ्दा-माझ्दै बाँकी रहेका भाँडाहरु माझ्न जान्छु।

‘भएन अब, पकाउने मेसो गर्नु प-यो। पकाइसकेर बस्यो भने ढुक्क।‘ भाँडा माझिसकेर म पकाउने सूरमा लाग्छु।

‘यो बदमाश--- फेरि---!’ उ कोठाको पल्लो छेउको कुर्सीमा चढेर भित्ताको पोष्टर छुने बल गरीरहेकी हुन्छे र लड्ली-लड्लीझैं भैसकेकी हुन्छे। म टिभी खोलेर कार्टून आईरहेको च्यानेल छ कि कतै भनेर खोज्छु, कुनैमा पनि हुँदैन। यत्तिकै एउटा च्यानेल लगाएर उसलाई कुर्सीमा राखेर छोड्छु। ‘एकछिन त अल्मलिन्छे होली यसमा।‘

म अझै खाना बनाउँदै छु (साह्रै सुस्त छु म यो काममा!), छोरी गनगन गर्न थालेकी छे, टिभीले बाँध्न सकेन उसलाई। उ भान्छामै आउँछे र मेरो पछिपछि लाग्छे, मलाई समातेर लुटुपुटु गर्दै। कुनै उपाय बाँकी छैन मसंग अब, यसैगरी काम गर्नु बाहेक।

खाना बनाईसक्दा साढे दश बज्छ। अरु दिन उस्को होइकुएनमा खुवाउने समय एघार बजे हो। आधा घण्टाको लागि कोठा अगाडि निक्लन्छु म छोरी र एउटा ठूलो तर हल्का बल लिएर। भर्खर-भर्खर खुट्टाले हान्न जानेकी छे उसले, तर अझै पनि बढी हातैले बोकेर फ्याँक्न रुचाउँछे। छोरीसंग बल खेलेर, अगाडि-पछाडि कुद्दै ‘भेट्टाएँ--!’ खेलेर र कहिले उसलाई चरी देखाएर आधा घण्टा कट्छ।

अहिले रमाइलो ‘मुड’मा छे, खाना सजिलै खान्छे होला भन्ने मेरो सोचाइ गलत निस्कन्छ। गनगन गर्दै ‘खान्न, खान्न’ भनेझैं टाउको हल्लाउँदै कम्प्युटरतिर देखाउँछे। खाना खाँदा ‘यू ट्यूब’मा नेपाली लोकगीत हेर्ने बानी लागेको छ उस्को (आफूलाई सजिलो गराउन हामीलेनै लगायौं भनौं न अब साँचो कुरा गर्नुपर्दा!)। म एउटा बीस मिनेटजति लामो दोहरी गीत छान्छु, तर ऊ रुन थाल्छे, अचेल यो धेरै सुन्दा-सुन्दा मन पर्न छोडेजस्तो छ। धेरै नयाँ गीत खोज्न मलाई बाध्य पार्छे आज ऊ।

उसलाई खुवाएर म आफैंले पनि खाईसक्दा बाह्र कटिसक्छ। ऊ मेरो हात समातेर मेरो ध्यान तान्छे र ढोकातिर देखाएर ‘हुँ---हुँ’ गर्छे। बाहिर जाउँ भनेकी हो उसले।
“काँ बाहिर जानु नि अहिले, गर्मी छ बाहिर---!” तर ऊ मान्दिन, खुट्टा बजार्दै रुन थाल्छे। कसरी यो खुट्टा बजार्ने बानी आयो, थाहा छैन। बच्चाहरु बढ्दै जाँदा स्वाभाविक रुपमा आफैं आउने हो कि?
म उसलाई लिएर बाहिर निक्लन्छु। तर उसको सूर यहाँभन्दा परको रहेछ, मलाई भ-याङ्गसम्मै लान्छे तानेर र ‘तल जाऊँ’ भनेर माग गर्छे।

“तल जानु हुन्न बाबा, गर्मी छ एकदम। हिँड भित्र जाऊँ।“ तर ऊ डेग चल्दिन त्यहाँबाट।
“जानेभए आफैं जाउ, म भित्र गएँ, बाइ-बाइ!” उसलाई धम्की दिन्छु म र कोठातिर फर्किन आँटेजस्तो गर्छु।

तर मेरो मतलब गर्दिन ऊ, तल ओर्लिन सिँढीमा एउटा खुट्टो राख्छे र मतिर हेर्छे, ‘मलाई समात्न आउने भए आइज, नत्र म आफैं ओर्लिन खोजेर लडिदिन्छु, अनि थाहा पाउलास्!‘ भनेजस्तो गरेर। मेरो धम्कीलाई निस्तेज पारिदिन्छ उसको धम्कीले!

“बदमाश! कति दु:ख दिन जान्या होला---!” उसको हात समातेर ओर्लिन थाल्छु म।
तल पुगेपछि ऊ मेरो हात फाल्दिन्छे र सडकतिर दौडिन खोज्छे। उसको गति नियन्त्रण गर्न हम्मे-हम्मे पर्छ मलाई। एकदम रिसाउँछे पनि ऊ आफूले चाहेको जसरी स्वच्छन्द दौडिन नपाएकोमा।

ऊ घरनजिकैको एउटा उद्यानतिरको बाटो समाउँछे। ठाऊँ र दिशा अलिअलि सम्झिन सक्ने भईछे अब। एकछिन पछि-पछि लाग्छु म, एकमन लाग्छ ‘उद्यानसम्म लैजाउँ छोरीलाई, पिङ्ग खेल्छे, कुद्छे, रमाउँछे।‘ तर प्रचण्ड गर्मी छ, ‘यो गर्मीमा धेरै बाहिर राख्यो भने यो बिरामी हुन्छे।‘ म उसलाई बोक्छु र घरतिर फर्कन्छु। कोठामा पसुञ्जेलसम्म पनि ऊ रुँदै, छटपटाउँदै र रिसले मेरो मुख कोतर्दै, मेरो कपाल भुत्लाउँदै हुन्छे।

म कोठामा छरिएका खेलौनाहरु र लुगाहरु मिलाउन थाल्छु। रुवाइ रोकिईसकेको छ उस्को र ऊ मेरो लुगा समातेर मेरो पछि-पछि लागेकी छे। खुब मनपर्छ उसलाई यसो गर्न। हिँडिरहँदा आफ्नो ‘जिबरीश’ बोलीमा के के भनीरहेकी पनि हुन्छे।

एकछिनपछि ऊ आँखा मिच्दै रुन थाल्छे। मलाई थाहा छ, यतिखेरको रुवाईको कारण। ऊस्को सुत्ने समय भयो। पहिला अलि-अलि पढिएको मात्रै थियो, अहिले अनुभवनै भयो, बिरामी भएको बेला बाहेक बच्चाहरु एकदम नियमित समयतालिका अनुसार सुत्ने-उठ्ने गर्छन्। म हतार-हतार उस्को विछ्यौना मिलाइदिन्छु र उसको मुखमा ‘‘स्याबुरी’ राखिदिन्छु। एकछिनमै निदाउँछे उ।

ऊ ननिदाउञ्जेल उसलाई थपथपाउँदै विछ्यौनामा पल्टिँदा म पनि उँघ्न थालिसकेको हुन्छु। आज बिहान चार बजेतिर छोरी एकछिन गनगन गरेकी थिई। ऊ त एकछिन पछि फेरि निदाईहाली, हामी भने फेरि निदाउन सकेनौं। त्यसैले एकदम निद्रा लागेको छ मलाई। तर सुत्ने समय छैन मसंग! छोरी सुत्ने दुई-साढे दुई घण्टाभित्र धेरै काम गर्नु छ मैले। ‘बाथरुम सफा नगरेको धेरै दिन भईसकेको छ, ‘चौतारी’ पढ्नु छ, ‘कान्तिपुर’ पढ्नु छ, ‘ब्लग’मा केहि नलेखेको हप्ता कट्न आँटिसक्यो (बेकारमा थपिएछ यो बोझ जिन्दगीलाई!), कोहि साथी ‘लाइन’मा आए ‘च्याट’ गर्नु छ---‘। एक कप चिया बोकेर म कम्प्युटरको अघिल्तिर टाँसिन्छु।

अहिले बल्ल थाहा पाउँछु म आफू कति थाकेको रहेछु भनेर। पहिला-पहिला पूरै समय उनले छोरी हेर्दा ‘एकदिनभरि छोरी एक्लैले स्याहार त, कति गाह्रो हुन्छ!’ भनेर उनले भन्दा त्यसै हाँसेर उडाइन्थ्यो, अहिले बल्ल बुझ्दैछु।

पत्रिकाका खबरमा खासै मन जाँदैन, टाउके खबर (हेडलाइन) हरु मात्रै पढ्छु। अनि ‘चौतारी’ पस्छु। कोहि पनि नहुने समय भएछ। सबैभन्दा पछिल्लो पोष्ट पनि एक घण्टा पुरानो भईसकेछ। एक राऊण्ड चौतारीको हावा खाँदै गाम्लेका कुरा पढेर एक्लै हाँसिसकेपछि म फेरि कुर्सीमै ऊँघ्न थाल्छु।

दुईटा साथी त देखिएका छन् लाइनमा तर ‘भाँडमा जाओस् आज च्याट-स्याट पनि!‘

छोरी उठेपछि उसलाई लिएर म उद्यानतिर लाग्छु। गर्मी छ अझै, तर ‘यत्तिको गर्मीले त खासै फरक नपर्ला।‘ केहि अरु बच्चाहरु खेल्दै थिए। छोरी सोझै पिङ्गतिर जान्छे। म उसलाई पिङ्गमा राखेर मच्चाइदिन्छु। ऊ खुशीमा के के ‘जिबरीश’ बोल्न थाल्छे फेरि। म अगाडि गएर उस्लाई जिस्काउँछु र बेला-बेला पिङ्ग मच्चाइदिइरहन्छु।

“छुटेको हो तिमी?” उनको फोन रहेछ।
“हो। तिमीहरुका बाउ-छोरी छोरी काँ’ नि’ अहिले?”
“पार्कमा।“
“छोरी के गर्न लागेकी छे नि’?”
“पिङ्ग खेली अघाउञ्जेल। अहिले त्यो काठको घोडाजस्तो के जातीमा बसेर हल्लिराखेकी छे।“
“म त्यतै आउँ?”
“भयो अब, धेरै बेर भईसक्यो। बरु हामी घरतिरै आउँछौं।“

“छोरी, हेर त को आयो?” घरनिर उनी देखिन्छिन्।
“माम्मा---!” छोरीको अनुहार उज्यालो हुन्छ।
उनी अलिक परै उभिएर आफ्नो अँगालो फैलाउँछिन्। छोरी दोडिँदै उनीतिर जान्छे। उनी छोरीलाई उचालेर एकचोटि माथिसम्म पु-याउँछिन्, अनि काखमा लिन्छिन् र चुप्प गर्छिन्।

म मन्त्रमुग्धझैं हेरिरहन्छु। जिन्दगी मलाई कुनै अनवरत सुन्दर यात्राजस्तै लाग्छ।

***********************************

प्रयोग गरिएका जापानी शब्दहरु:

इसुका: काल्पनिक ठाऊँको नाम
सुपा: ‘सुपरमार्केट’ को जापानी बोली
‘आरुबाइतो बोउसिउ’: ‘पार्ट टाइम काम गर्नेहरुको आवश्यकता’
होइकुएन: बेबी केयर, किण्डरगार्टेन
स्याबुरी: (विशेष गरी) सुत्ने बेलामा बच्चालाई चुस्न दिइने चिज, अंग्रेजीमा Pacifier

Last edited: 08-Sep-07 12:25 AM

 
Posted on 09-08-07 12:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो उमेर भन्दा ५३ वटा बढी चौतारी झाँगिएछन्। कुनै बेला आक्कल झुक्कल छिर्ने यो चिप्लेढुङ्गा अचेल साहूको आँखा छल्न पाउना साथ (अलि इमान्दार भएर भन्दा आफ्नो cubicle बाहिर के भएको रहिछ थाहा पाउन ekantipur, nepalnews, cnn र bbc पहिला पढ्छु साझा छिर्न अघि} चौतारीमा सुटुक्क आइहाल्छ। वीकेन्डमा जाँड लाग्या बेला कहिलेकाहीं आउनु त छदैँछ। समग्रमा भन्दा चौतारी मेरो दैनिक जीवनको अभिन्न अङग जस्तै हुन पुगेको छ।
ठुल्दाइ, खोइ त कथाको बाँकी भाग?
नमेले पनि गजबको कविता लेख्यो "हेरी नकचरो बिर्खे :)
"
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
What are your first memories of when Nepal Television Began?
मन भित्र को पत्रै पत्र!
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
TPS Work Permit/How long your took?
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
Nepali doctors future black or white usa ?
Another Song Playing In My Mind
nrn citizenship
TPS Renewal Reregistration
हेर अमेरिकामा नेपालीहरुको बेज्जत
WHAT DO YOU GUYS THINK ABOUT THIS?
Send Parcels from USA to Nepal & Worldwide.
Why is every youths leaving Nepal? Why are not youths entering politics and serving the country, starting business etc?
Is money sent to support family tax deductible?
Nearly one-third of Americans support autocracy, poll finds
Alert: Turbo Cancers: A Rising Global Threat
महँगो अण्डाको पिकल्प : कुखुरा र खोर भाडामा लिने
Informatica consultancy share
Travelling on TPS advance travel document to different country...
Are you ready to know the truth?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters