[Show all top banners]

hetterika!!
Replies to this thread:

More by hetterika!!
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~~चौतारी-६७~~

[Please view other pages to see the rest of the postings. Total posts: 636]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE

[VIEWED 254719 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 32 pages, View Last 20 replies.
Posted on 08-06-07 11:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी - ६७

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम


-चौतारी - भाग ६७ --



चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ६७ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।



**********************************************************************

'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************


लौ बसुम यही चौतारीमा


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।




Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 67 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.


*गोताएँदाइको ब्लग
* क्लोज-अप - चौतारी तारारामपम र कफि विथ कुम्ले प्रायोजकको अभावमा स्थगित, गाम्लेहरुद्वारा चाँडैनै यी कार्यक्रम हरु फिर्ता आउनु पर्ने माग, नआएमा अस्थिरता बढ्न सक्ने चेतावनी
* चौतारीमा बिभिन्न किसिमका समाचार प्रसारण सुरु
* भउतेद्वारा सुध्रिने घोषणा, ट्याम ट्याममा बिर्सेर बिग्रिने, चिप्लिने क्रम जारी
* चौतारीको गताङ्कमा तितौरी र चिप्ले को जन्मदिन भव्यताकासाथ सम्पन्न


अन्तरेको कविता

भो शिष्ठताका कुरा नगर,
अब मीठो बोलि के रुखो वचन के?
सिमाना मुटुकै मिचे पछि,
अब साँध दोसाँधको गुनासो के?

भो तिर्सनाका कुरा नगर,
अब त्रिप्ती के तिर्खा के?
पिलाउने नयन तिम्रै थिए,
अब होश के बेहोशी के?

भो विश्वाश का कुरा नगर,
अब पाप के पुण्य के?
स्पर्श को न्यानो तिम्रै थियो,
अब सम्हालिनु के बहकिनु के?

भो सम्झनाका कुरा नगर,
अब अतित के वर्तमान के?
द्विविधा तिम्रै थियो,
अब मेरो साथ के उस्को हात के?

भो अँध्यारोका कुरा नगर,
अब दिन के रात के?
मर्नु मनै मरि सक्यो,
अब रमझम के उजाड के?

भो जिन्दगीका कुरा नगर,
अब बाँच्नु के मर्नु के?
जल्नु मुटु जलि सक्यो,
अब ओखति के विष के?

मास्टर्नी दिदीको कविता

रुखो-मिठो जे थियो साथ थियो मर्यादाको
दोशाधको तुलो भित्र अब भो हाल्न नखोज।
संझे चोखो साहारा तर रहेछ तिर्सना
आलिंगनले यो मन अब भो गाल्न नखोज।
ठक्करमा थाम्यौ हात पृय लाग्यो आधार
पाप-पुण्य भित्र अब भो ढाल्न नखोज।
बर्तमान छ सिंगै अझै क्षितिज पर्खिरेछ
संझी अतितको द्वविधा अब भो टाल्न नखोज।
ओखतीको के कुरा पिसके बिषको ज्वाला
भुङ्ग्रो भैसक्यो मुटु अब भो बाल्न नखोज।


 
Posted on 08-07-07 1:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दाइ नमस्कार
कता तिर हौ हजुर त? कून सर्जमिन गर्न ब्यस्त हो कुन्नी गाउमा
 
Posted on 08-07-07 1:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो हो कुरो तेइ हो रिठ्ठेजी ( अब मार्नु हुन्छ के रे जिम्माल बा ले भागे है )
 
Posted on 08-07-07 1:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हेल्थ पोस्टाटि ओरालो झर्दै थेँ, अलि तर बरको रुख पछाडि गुनगुन अरेओ सुनियो। हेरि को रैछ यो मध्धे दिनाँ एक्लै गुनगुनाम्ने भनेर यसो बरको रुख पछाडि गा' त हाउँरै रिट्ठे हेरि एउडा गुलाबको फुल हाताँ ले'र एउटा एउटा गर्दै फुलको पत्र चुँडाल्दै-फाल्दै अरिरा रेछ। नदेखिने अरेर यसो हेरेको त मोरो त तो एउडो हिन्दि फिलिमाँ सारुकेले अरेओ अस्तो फलाक्दै फुल चुँड्दै रेछ " ठुलि मेरि हो, ठुलि मेरि हैन, ठुलि मेरि हो, ठुलि मेरि हैन" भन्या भन्यै रेछ! मलाई देखेर हत्त पत्त फूल सुल फालो र कुरा अर्न थालो। मइँले नि भन्देँ मोरालाई " हेर केटा हेर्दा त खाइलाउदो छौ, चाइन्जो पडाइ‍-लेखाइ घर खानदान नि मजाकै छ तिउँरो तर तो के जाति ठुलि लाने भा' कम्पिटिसनाँ जित्नु पर्छ भनेर भने। हाउँरै चौतारिओ पुराना हरितालिके र गालउ त छँदैछन अझ अइले आ'र तो दाने नि लइनमा छ तेसइले सपै भन्दा ब्यास्ठ(best) हुन सके मात्तै हाउँरि ठुलिओ दिल जित्छौ नत्र मदनवाको ताल हुन्छ भनेर भने। यो सुनेर कुन दिन ठुलिले म बुडोलाई मुआआ अरेओ सम्झेछ मोराले हो न हो बुडा ओखति खा'र तन्नेरि बनेछन भन्ठानेर यति कुरो फलाकेको हो है तेसले। केइ ओखति नि खा छैन मइँले!
 
Posted on 08-07-07 1:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ तिरु, जी हटाइ लिएं। अब त बोल्नुस्, मनको कुरा खोल्नुस्। तारेमाम्।
आफ्नै जमिन भांस्या बेला कस्को गर्नु सर्जमिन। तारेमाम्।
 
Posted on 08-07-07 1:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खान्न तितौरी खान्न यो बुडेसकालाँ केइ बर्ख अरु बाँचौँला एउडि भा नातिनी अन्माएको हेरम्ला भन्ने कत्रो आश हुँदा हुँदै क्यार्न सिल्टिम्मुर खाँदाहुम गाँठे!
 
Posted on 08-07-07 1:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबैलाई नमस्ते अरेँ है! क्यार्ने! सबैजना रमैलो जो अरि रहनु भएको छ भन्छु र, म मात्तै काममा ब्यस्त भएकिम क्यारे! सबैको नाम लिइ लिइ नमस्ते अर्नेँ बिचार अरेकिम क्यारे फुर्सदै जो नहुने भो भन्छु र! (हत्तेरी! किन बसेकिम चौतारीमा फेरि यत्तिबेला, कामको चट्टारो जो छ)


हे हे हे एडिट अर्न नि मिल्ने रैछ। हाउँरो चौतारी स्कुलओ हिसाब किताब नि एडिट जो अर्नु पर्ने भनेकिम! (लु अब भागेँ म)

Last edited: 07-Aug-07 01:43 PM
 
Posted on 08-07-07 1:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा हा हा हा हा माल्दाइ ले आफ्ना कूरा सम्झेछन पैला को । माल्दाइ त्यो कान्ला छेउ म बसेर हुलाकी बा लाई पेरेम पत्र लेख्न ला को कूर खोलुम गाउले साथी हरू को अगाडि। कठै माल्दाइ तेत्ती पेरेम पत्र लेख्न लाको ज्याला मा २० मुरी कोदो र गोडा ४ एक भाले दिनु परो हुलाकी दाई लाई । म भन्दिन है कसैलाई

 
Posted on 08-07-07 1:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा हा हा हा हा माल्दाइ ले आफ्ना कूरा सम्झेछन पैला को । माल्दाइ त्यो कान्ला छेउ म बसेर हुलाकी बा लाई पेरेम पत्र लेख्न ला को कूर खोलुम गाउले साथी हरू को अगाडि। कठै माल्दाइ तेत्ती पेरेम पत्र लेख्न लाको ज्याला मा २० मुरी कोदो र गोडा ४ एक भाले दिनु परो हुलाकी दाई लाई । म भन्दिन है कसैलाई

 
Posted on 08-07-07 1:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हेर त कुरो कस्तो सोछेको जिम्माल बा ? :( हौर लाई रुघा खोकी टन्न लाग्ने भ हुनाले ओखती हुन्छ भनेर ल्यैदेको त :( :(

जिम्मालनी आमै पढेराँ लुगा धुन आम्नु भात्ह्यो के रे । म नि पानी भर्न गकिम। तेइ बेला देखेओ मैले नि जिम्मालबाको त्यो के जाती कुर्ताओ खल्तिमा भा'भर्क ट्यबलेठ ओखती रचन । लौ लौ मास्टर्नी नानी हेर त यो के पो हो भुनेर देखम्दै हुनुन्थ्यो जिम्मालनी आमै अनिखएरी हेरेओ त् सप्पै जो चाउरीपरेओ गाला तन्काउने ओखती रेछ
 
Posted on 08-07-07 1:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

********रिट्ठे हेरि एउडा गुलाबको फुल हाताँ ले'र एउटा एउटा गर्दै फुलको पत्र चुँडाल्दै-फाल्दै अरिरा रेछ। नदेखिने अरेर यसो हेरेको त मोरो त तो एउडो हिन्दि फिलिमाँ सारुकेले अरेओ अस्तो फलाक्दै फुल चुँड्दै रेछ " ठुलि मेरि हो, ठुलि मेरि हैन, ठुलि मेरि हो, ठुलि मेरि हैन" भन्या भन्यै रेछ***********
कुरो साँचोहो त रिठthe हाहाहाहाहाहाहाहाहाहाहाहाहाहाहाहाहाहाहाहाहाहाहाहाहाहाहाहाहाहाहाहाहाहाहाहाहाहाहाहाहाहाहाहाहाहाहाहाहाहाहाहाहाहाहाहाहाहाहाहाहाहाहाहाहाहाहाहाहाहाहाहाहाहाहाहाहाहाहाहा
 
Posted on 08-07-07 1:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भख्खर फुर्सद भो ! के गर्नु!
फेरि दर्शन गरे है सबैलाइ!
मेरो भुरिहरुको फुटो हेरुम है त!

 
Posted on 08-07-07 1:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सत्य सत्य धरो धर्म, हैन मैले धाटेको , माल्दाइ ले हल्दार्नी दिदी लाई पेरेम पत्र लेखेको। हेह्हेहेहेहे



 
Posted on 08-07-07 1:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एैयाबाबा!!रिठ्ठेजी के हो कुरो ? हिहिहिहिह
हिंडे म अब कती हास्नु केटाकेटी संग बसेर :)
 
Posted on 08-07-07 1:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दुइटै भुरी हुन त दुर्गे दि?
 
Posted on 08-07-07 1:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ahaaaa kasti cutieeeeeeeeee chhori haru bhaauju naam chaai ke ho ni bhanna milne bhae sunaunus na ?
 
Posted on 08-07-07 1:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुम्ले लाई तारेकोमाम। काम धाम तेस्ताइ हो। आउ एक्छिन बाट मार यहाँ
ताअाअाआ
 
Posted on 08-07-07 1:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म हिंड्ने बेला भओ भन्छु र कुम्ले भाई :) दुर्गी सिस रौरो लयो है छोरीहरुको फोटो

 
Posted on 08-07-07 1:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तिरुले अझै म संग बोलेन। गुहार गुहार्। घोर् अन्याय भो।

 
Posted on 08-07-07 1:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

birkhe da LOL

durge di they r so cute.
 
Posted on 08-07-07 1:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दुइटै भुरिहरु हुन् रिट्ठे
नाम भन्न किन नमिल्नु र तिरु
ठुलिको नाम Shrutina
सानिको नाम चै Sarozini
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
शीर्षक जे पनि हुन सक्छ।
What are your first memories of when Nepal Television Began?
Sajha Poll: नेपालका सबैभन्दा आकर्षक महिला को हुन्?
ChatSansar.com Naya Nepal Chat
NRN card pros and cons?
Basnet or Basnyat ??
निगुरो थाहा छ ??
Nas and The Bokas: Coming to a Night Club near you
TPS Re-registration
अमेरिकामा छोरा हराएको सूचना
ओच्छ्यान मुत्ने समस्या ( confession )
Returning to Nepal with us citizenship. Property ownership
Do nepalese really need TPS?
TPS Re-registration case still pending ..
Drawback for applying NRN card
Breathe in. Breathe out.
nrn citizenship
Democrats are so sure Trump will win
My facebook archive (for sale)
Nas and The Bokas: Coming to a Night Club near you
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters