[Show all top banners]

nepalean
Replies to this thread:

More by nepalean
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 * चौतारी ~ ३५ *

[Please view other pages to see the rest of the postings. Total posts: 356]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 NEXT PAGE
[VIEWED 121474 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 18 pages, View Last 20 replies.
Posted on 12-02-06 2:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

* चौतारी ~ ३५ *



ल है गाम्ले हो म पुरानो मिस्त्रि नमे यस पटक चतारीको ढुंगा कुद्दै टुपुल्किएको छु। जाडोले खोल्तीमै हात छन केरे,तेइ पनि नमस्ते टक्राय नेपे दाजी,नेपे साइला, बिर्खेमाइला, दादा, पुन्टे, चित्रे,काका,निरे,सन्जु, सिरे, भौते, कुम्ले,गोतामे,ग्वाचे,फुलौरे ,भट्टे, मास्टर्नी नानी,डल्ली,तिरु, ठुल्नानि, प्रिती, मुन्द्रे,लाले, गालब , पिकरेली, कलंकि, साँहिला, आइते,काने,मुखियाबा, लालुपाते, गुरासे, ईश्वर,लाउरे दाई, लुते,सुर्जे,नयाघरे,पहालवान,याङ्गे, नटे, सेर्पिनि, चमेली,लन्लि, रामकिस्ने, रुइना, इन्द्रेनी,नेप्चे,समिर, बेमानि ,आशे, चिप्ले, परदेशी, पानपाते ,हर्के, यामे,राँके,रिकुटे,बिनोदे , याक्कु,मर्र्नच्याँसे,सुभे, राधा,हिते,नारने, कैले, झाक्री, चरीनङ्रगे, बब दाई,सान्कान्छा,पिरो मरिच,परबर् ,राते,जग्गे,कटरिना,रामे, माने, इन्द्रेणी,हिमाल, फोक्से, डि बी र मिस्टेलाइ ।

मान्छे जति दंग परेर हात, टाउको हल्लाउदै हिडे पनि सबैको आड मेरुदन्डमानै हुन्छ नत्र त गडेउला जस्तै भुइमा लडिबुडि खेल्दै हिड्नु पर्थ्यो । हुन त पुन्टे दाइ कैले काहि धोबिनीका तेसरीनै च्यात्तेको पटीकोटा लडिबुडि खेल्लछन,त्यो त तिनपानेले गर्दा हो । नत्र बिर्खे बुढा त लठ्ठी टेकेर भे पनि दुइ खुट्टाले हिड्छन,पुन्टे दाइ त कपाल झरे नि
तरुनै छन,किन तेसो गर्नु पर्थयो र ? साझा देशमा कति धागा आए,कति गए, साझाकै मान्छे गन्ने भने नि नेपालको जनसंख्या भन्दा वढि होला तर मेरुदण्ड भएका चाहि औलाले गने हुन्छ । अझ साझाका धागोको कुरा गर्ने हो भने त ती कति कच्चा कि,प्याटै चुडिन्छन
सानो तिनो बलले । यो चौतारी चै दिन दिनै बिलियो हुदै गयो,मैले त राम्रो संग भेउनै पाउन सकेको थिइन गाठी कुरो के भनेर मिसले भनेर पो थाहा भो
"हाँसो खुशी मित्रता आत्मियता अनि आफ्नोपनको अनूभूति चौतारीको विशेषता"।साझाको ३४ धागोहरुलाइ एउटै वाक्यले ब्याख्या गर्ने हो भने त्यो भन्दा अर्को उपयुक्त के हुन सक्ला ? अब त चौतारी यति बलियो भएको छ कि, बामे सर्दै, ताते ताते गर्दे , दौडने भइसक्यो । झन चाड, पर्व थपिदा
त कति रमाइलो हो कति ? यस पटक त मुकुन्डे जात्रा पनि हेर्न पाइयो क्यारे । अब चाइ के हुने हो कुन्नि? रमाइलो गर्दा कैले काही कसैलाइ चोट पुग्न गयो भने चहि
रड्डिज हुने के निस ब्रोलाइ जस्तै । अन्त मिसले क्या घुर्कि देको के ।
ल है समिधा नाच्दा यसो ख्याल गरे,यता उता लात्ति लाग्ला है । तर यसो तल माथि परे नि तेसलाइ मिलाउदै लानु पर्छ नत्र यत्रा इन्जिनियरको के काम,कसो कुम्ले काजी ?
चौतारी महोत्शब सकिए पनि चौतारी सम्मेलनको चाजो मिलाउदै हुनुहुन्छ के रे पुन्टे दाइ । म त मिले मुन्टाले टेकेर भए नि आउने सुर कसेकको हो गालबले चाही अमेरिका गाम तिर आउदा मेसो छोपेर यसो सानो तिनो फोन सम्मेलन गरिहाले । जे भए नि यो सानो फुलबारीमा मित्रता र आत्मियतालाइ माथि धकेल्दै गरम,यसलाइ आफ्ने बनाम,बिचैमा चटक्कै छोडेर हामिलाइ टुहुरो बनाउने काम चाही नगरम ।

 
Posted on 12-04-06 4:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाsssssssssssssssईईई....लास्टै अल्छि लागेर आयो हौ।
काम गर्दा गर्दा 'गिदि' भैसक्यो हौ मो त!
तित्स सालिलाई देखको कि यहाँ अन्त बल्ल फुर्ति आयोन्त
;)
 
Posted on 12-04-06 4:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए ग्वाचे उता को कथा राम्रो लाग्यो मलाइ !
जिम्माल् बा त अस्तिन हिउँ परे देखि थला पर्नु भा छ रे घ्यार् घ्यार् सास् घाटि मै अड्क्या जस्तो भएर जिम्माल्नि आमा झाक्री बाजे लाइ खोज्दै हिन्दैहुनुहुन्थ्यो बिहानै :p :D
 
Posted on 12-04-06 4:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आँsssच ठुल्स नेपाल गइदिने भन्या?
ल ल बबाल मस्ति गर हौ, एक ट्रिप हाँडिगाउँ तिर नि दिएर आऊ ल?:)

आँssच ग्वाँच्स सोम के छ हौ? ह्याब्स दियो ब्रो ले?
 
Posted on 12-04-06 4:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आँच् भेना नमस्ते हाने ल कता बेपत्ता हो अन्त के सराओ ट्याबे भयो हो हाम्रो भेना त, बतास् जस्तो आउछ हराउछ :p
 
Posted on 12-04-06 4:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आँssच ग्वाँच्स सोम के छ हौ? ह्याब्स दियो ब्रो ले?

ग्वाँचेको उताको कथा त दामी लाग्यो नि हौ मलाई त

जिम्माल बा अहिले रातिँहुदो आउछन चौतारीमा, एक्लै सप्पैलाई के के फलाक्छन अनि जान्छन्, अस्तिको हिउँले अल्ली गलाको जस्तो छ, बुढा मान्छे परे नि ।
 
Posted on 12-04-06 4:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तिरुको के छ नि हालखबर, बेपत्ता भा' थियौ त लामै समय
 
Posted on 12-04-06 4:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हरि बेपत्त भाको हैन कि हेहे कुरा सुन्दै बसेको हो म , के छ हरि हालखबर् :p
 
Posted on 12-04-06 5:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के छ भन्नु खै, ठिकै छ
उहि त हो हप्ताभरी साहुको चटारो
 
Posted on 12-04-06 5:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आँsssssssssच निस् ब्रो , हाम्ले त ह्याब्स् दि सकेको होन्त नि । अनि पाट्स ले भब्य डो हानि रा' छ भनेर छिरिङ सोम्ले खोक्दै थ्यो। हानुम् हानुम् ब्रो एक् दुइ स्टिक जिको लागि पुग्ने गरेर् यता तिर् नि फाल्नुपर्छ है!


तितौरी झ्याप् भ को बेलामा जे पि टि लेखेर् बल्खु गाम्मा ठेल्देको, मन पराइ दे को मा, निस् ब्रो ले भनेको जस्तै, आन्द्रै देखि धन्यबाद् ठोक्छु है।

हरि हाम्ले त ह्याब्स दि सकेको हो, ऐले त एक राउन्ड झ्याप भे र नि उठि सकेको हो नि हौ । तिम्लाइ नि आन्द्रै देखिन धन्यवाद ठोक्छु है!

जिम्माल बा त अचम्मै सँग पो हराए त गाठे, हिँउ परे नि यस्सो न्यानो लुगा सुगा लाएर लट्ठी तेक्दै आए त हुने हो चौतारीमा, बरु पुर्‍याउन जाँदा मै गैदिन्थे घर सम्म्, जिम्मालनी आमाको हातको ढिंडो नि ठेलेर आउँथे ।
 
Posted on 12-04-06 5:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अपमान र पीडाको बैरङ्गः डीभी

- प्रदीप नेपाल

मैले अहिलेसम्म पनि इडीभी या डीभी भनिने रहस्यम चिठ्ठाको अर्थ बुझ्न सकेको छैन । जताततै डीभी भर्ने विज्ञापन, रहर पढेर र देखेर पनि मैले अहिलेसम्म डीभीको गा
" ठी कुरो बुझ्न सकेको छैन । अमेरिका र डीभी पर्यायवाची भैसकेका छन् नेपालमा । डीभी भन्ने शब्द नै अमेरिकी र्स्वर्ग भएको छ नेपालमा । अलिअलि अंग्रेजी जानेका र कम्प्युटरस " ग खेल्न सिकेका प्रत्येकले डीभीलाई सुदूरभविष्यको सुनखानी सम्भिmएको छन् नेपालमा ।

आफूले पटक्कै नबुझेको हुनाले मैले केही उदाहरण मात्रै दिएर यो नदेखिएको र्स्वर्गसम्बन्धी टिप्पणी गर्ने विचार गरेको छु ।

प्रत्येक वर्षडीभी भरिन्छ नेपालमा । उहिले यत्तिसाह्रो हल्ला हु
"दैनथ्यो । तर, गएका तीन-चार वर्षेखि इडीभी भर्ने च्याउखेती, इन्टरनेट पुगेका सबै शहरमा चलेको छ । कतिपयले डीभी आफ्नै कम्प्युटरमा भर्दा हुन्, कतिले जान्नेका घरमा गएर भराउ "दा हुन् । यसबाहेकको तेस्रो पंक्ति छ, लहै-लहैको भरमा डीभी भर्ने । यिनै लहै-लहैवालाहरुले बजारको इन्टरनेट खेतीलाई आफ्नो अमेरिका जाने भर्याङ बनाएका छन् ।

तर, अमेरिकामा विचित्रको दर्शन पाए
" मैले इडीभीको । यसपालिको अमेरिका यात्रामा मैले डीभीको सक्कली अनुहार खोज्ने कोसिस गरें । नेपालमा राम्रै राम्रै काम छोडेर हि "डेकाहरुको चर्चा सुनेको थिए" मैले । नेपालको राम्रो काम छोडेर अमेरिका भास्सिएकाहरुले त्यहा " झन् राम्रो काम पाएका होलान्, उनीहरु जिन्दगी आफ्ना स्वणिर्म वर्षो आनन्दसागरमा लहरिइरहेको होला भन्ने आशाले मैले डीभीमार्फ् अमेरिका छिरेकाहरुस "ग भेटघाट गर्ने कोसिस गरंे ।

मैले सुनेको कुरो मात्र हो यो । -हुन त पछि नेपाल आएपछि त्यसको पुष्टि पनि भयो) । डीभी पीडितका रुपमा एक जोडी विश्वविद्यालयका शिक्षक दम्पत्तिको चर्चा सुनें पहिलो नम्बरमा । डीभी परेछ उहा
"हरुलाई पनि । जानुभएछ अमेरिका । केही समय बस्नु पनि भएछ । अपमान र सास्ती पाएरै होला 'यो ठाउ" हामीजस्ता मान्छे बस्ने होइन रहेछ' भनेर फर्किनुभएछ । उहा "हरु नेपाल फर्किने र म वासिङ्गटन पुग्ने समय एउटै-एउटैजस्तो परेछ । मान्छे चिन्ने औसर पाइन मैले । ज्ञानेश्वरतिरको हुनुह" ुदोरहेछ भन्नेसम्मको झिनो ज्ञान पाए " ।

जेभए पनि ती प्राध्यापक दम्पत्तिको नेपाल फर्काइ मेरा लागि सन्तोष, सुख र गर्वको विषय भयो । नचिने पनि म उहा
"हरुलाई टाढैबाट नमस्कार गर्छर्ुु उहा "हरु कुन पीडाका कारण अमेरिकाका रुखहरुमा फल्ने हरिया डलरका नोटहरुलाई तिरस्कार गरेर उही आफ्नो गरिब नेपालमा फर्किनुभयो भन्ने जानकारी देशलाई दिनुभएमा हजारौं नेपालीले अकारण दुःख पाउने थिएनन् । आफूलाई नचाहि "दो फजितिमा पार्ने थिएनन् । प्राध्यापक दम्पत्तिसमक्ष यो मेरो अनुरोध हो ।

चार वर्षपहिले उपचारका लागि दिल्ली गएको बेला मैले एकजना सिग्देल भाइ भेटेको थिए
" । उहा" डीभी परेर अमेरिका जानुभएको त थिएन तर अमेरिकामै अण्डरग्य्राजुएटदेखि मास्टरसम्मको पढाइ सकेर, एउटा राम्रो कम्पनीमा जागिर खाइरहनुभएको थियो । कम्पनीले उहा "लाई रुचाएकै थियो । तर, जागिरका केही वर्षपचाएपछि सेतो छालाको प्रताडना र अपमान सहन नसकेर नेपाल फर्किएको उहा " को दुखेसो सुनेको थिए " । भाइ भए पनि मैले उहा" लाई नमस्कार गरेको थिए" । जेभए पनि मानव भएर जन्मिएपछि वैयक्तिक स्वाभिमान त सुरक्षित हुनर्ुपर्छ । अमेरिका जान चाहने दर्जनौंलाई मैले सिग्देल भाइको उदाहरण दिएरै हतोत्साहित गरेको थिए " । अमेरिकामै पुगेर प्राध्यापक दम्पत्तिको कथा सुनेपछि सिग्देल भाइलाई मैले फेरि नमस्कार गरें ।

तेस्रो चरीत्रको पोल खोल्नुहु
"दैन मैले यहा" । नेपालमा हु "दा उहा " उपसचिव हुनुहुन्थ्यो । शायद अहिले पनि हुनुहुन्छ । मैले उहा" लाई मेरील्याण्डको सबैभन्दा धनी काउण्टीमा एउटा सुत्नेकोठा - क्ष्लनभि द्यभमचयom ) भएको अपार्टमेन्टमा भेटें । अमेरिकामा जागिर नसोध्नु भन्छन् रे । तर, मैले जागिर सोधें । एउटा पसलमा क्यासियर हुनुहु "दोरहेछ । उहा" काम गर्ने पसलको क्यासियर हाम्रो नेपालको क्यासियरजस्तो ठा "टस"ग कर्ुर्चीमा बसेर पैसाको हिसाब-किताब गर्न पाउ "दैन । उभिनर्ुपर्छ सास्ती खेपेर उसले ।

ठूला मान्छेले सानो काम गर्नुहु
"दैन भन्ने मेरो मान्यता होइन । तर, नेपालमा उपसचिव तहसम्म पुगिसकेको र सहसचिव हुन ठीक्क परेको मान्छे इडीभीको चिठ्ठाको मोहजालमा किन अमेरिका हान्निएको होला - नेपालमा ९९ भनिनेखालको पसलमा एउटा कम्प्युटरको पछिल्तिर उभिएर दर्ुइ-चार डलरको हिसाबमा किन अल्भि mएको होला - भन्ने जस्ता स्वाभाविक प्रश्नहरु मेरो मनमा झुल्किए । मैले उहा"लाई सोधें पनि । उहा " डीभी भर्दाको खर्च, अमेरिका आउ "दाको खर्च उठाउने मानसिकतामा पटक्कै मन नपरेको काममा जोतिनुभएको रहेछ ।

डीभी पर्नेबित्तिकै अमेरिका गैहालिन्छ, त्यहा
" काम पाइहालिन्छ । अनि त मज्जै मज्जा । यो नेपालमा डीभी भर्नेहरुको सपना हो । तर, त्यस्तो सजिलो देखिन मैले कतै पनि । डीभी पर्नु भनेको अमेरिका छिर्न पाउने एउटा सामान्य यात्रा परिचयपत्र हो । त्यसले अमेरिकामा कामको सुनिश्चितता गर्दैन । कति डीभीवालाहरुलाई मैले भारतीय सज्जनहरुले चलाएका रेष्टुरा "हरुमा बा"च्नै हम्मेहम्मे पर्नेगरी काममा जोतिएको पनि देखें ।

डीभीको सुन्दर सपना स
"गालेर अमेरिका भास्सिएका एक दर्जन मानिस भेटें मैले । हाड घोटेर काम गर्छन् बिचराहरु । एक-एक घण्टाको हिसाब हुन्छ । राति थाकेर चुर भएर कोठामा आउ "छन् र डङ्रङ्ग भुइ"मा पल्टिन्छन् । एउटा सानो कोठामा घटीमा छजना, अधिकांश ठाउ "मा एघार जनासम्म ठेसिएर बसेका हुन्छन् । जिन्दगीको अर्थ फगत असम्मानजनक काम र थकाइमा बेरिएको हुन्छ । नेपालमा जस्तो छुट्टी र रमाइलोको त मैले कल्पनासमेत गर्न सकिन । म आफ्नो भतिजको घरमा बसेको थिए " । तिनीहरु डीभी परेर गएका होइनन् र कमाइ पनि राम्रै गर्छन् । तर, मेरा कारण तिनको कामको घण्टा छोट्टएिला कि भनेर म सधैं र्सतर्क रहिरहें । मैले भेटेका धेरै डीभीवालाले सुशील र कल्पनाको सुखी जीवनको प्रशंसा गरंे । दुवैजनाको काम सजिलो भने । तर पनि, मलाई घुमाउन एक दिन त नागा गर्नैपर्यो । सबैभन्दा सुखी र सजिलो काम गर्ने दम्पत्तिको त यो हाल छ भने परिश्रमी हातहरुले कस्तो जिन्दगी बेहोर्नुपर्ला -

मेरी एउटी भतिजीले मलाई एकछाक खाना खुवाउने समय पनि पाइन । उनीहरु स
"गै बसेका रहेछन् नौजना । त्यसबाहेक एक दिन मलाई खाना खुवाउन छुट्टी लि "दा उनीहरुको एक हप्ताको बजेट तलमाथि हुने महसूस गरेपछि "होस्, पिर नगर, पछि धेरै कमाइ गर, छुट्टै बस्न सक्ने हो, अनि खान आउ "ला" भनेर बिदा मागें ।

यो हो स्वप्ननगरी अमेरिकाको सा
"च्चो अनुहार †

अमेरिकाको अर्को खराब संस्कृति हो संस्कृतिहीनता । एशियाली मूलका, खास गरेर दक्षिण एशियाली मूलका मानिसहरु त्यहा
" पनि दोस्रै दर्जाका नागरिक हुन्छन् । त्यहा " पनि छालाको गणना हुन्छ, रङ्ग र कपालको गणना हुन्छ । हाड खियाएर अमेरिकाका लागि काम गर्ने नेपालीहरु अमेरिकाकै लागि तिरस्कृत हुन्छन्, अपहेलित र अपमानित हुन्छन् । स्वाभिमान खुम्च्याएर बस्ने हो नेपालीले त्यहा " ।

डीभी परेर अमेरिका छिरेको नेपालीले जति मिहिनेत गर्छ, त्यतिको मिहिनेत गर्दा नेपालमै सम्मानजनक जीवनको गुजारा गर्न सकिन्छ । रमाइलो दिन शुरु हुन्छ, अमेरिकामा रातले शहरमा पाइलो हालेपछि । मनोरञ्जन गरिरह
"दा पनि एउटा नेपाली भोलि बिहान छ बजे नै उठ्नुपर्ने, आठ बजेभित्र काममा जानुपर्ने पीडामा रुमल्लिएको हुन्छ । पिरिएको मनले कति मनोरञ्जन गर्दो होला । एक दिनको त कल्पनै नगर्नुस्, तपाइ "हरु । एक दिन काम छुट्यो भने बेलुका भोकै सुत्नुपर्ने अवस्थामा हुन्छन् डीभीको सुन्दर सपना बोकेर गएका नेपालीहरु ।

नेपाली धेरै छिरेका छन् अमेरिकामा । धेरैको जीवन सुखी एवं समृद्ध पनि छ । तर, त्यो समृद्धिको छाया
" मा पीडाका कस्तो दुःखद् गाथाहरु छन् भन्ने कुरा जान्न तिनै परिवारस "ग एकाध हप्ता बिताउनर्ुपर्छ, जिन्दगीको बिजोक त्यस्सै थाहा हुन्छ ।

लुकाउ
"छन् कतिपयले आफूले भोगेको अपमानको पीडा । तर, त्यो छताछुल्लै पोखिएको हुन्छ उनीहरुको अनुहारमा । उनीहरुको सुस्केरामा ।

डीभीको दुःस्वप्नमा नरमे है बन्धु हो भनेर त म भन्दिन । किनभने दुःख पाउनु व्यक्तिको निजात्मक सोच हो । हो, अमेरिकामा जिन्दगीको कुनै अर्थ हु
"दैन भनेर चाहि " मैले भन्नर्ैपर्छ । जिन्दगी मेसिन हुन्छ त्यहा" । मेसिन जोस "ग कुनै संवेदना हु"दैन अनि कुनै भावना ।

**********************************************************************
amerika bhanera marihatte garne haru ka lagi
 
Posted on 12-04-06 6:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लेख चैँ यथार्थमा आधारित छ, भएर पनि उत्तिकै पुर्वाग्रही पनि लाग्यो -लेखक प्रदीप नेपाल र राधाजी स्वयम् पनि.
राधाजी, चौपारीमा विरलै लेख्ने मान्छे, यो पुङ् न पुच्छरको लेख भने रमाउँदै टाँसेर जानु भएछ.

>हो, अमेरिकामा जिन्दगीको कुनै अर्थ हुँदैन भनेर चाहि " मैले भन्नैपर्छ । जिन्दगी मेसिन हुन्छ त्यहाँ" । मेसिन जोसँग कुनै संवेदना हुँदैन अनि कुनै भावना" ।
 
Posted on 12-04-06 6:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हामी नेपालीको बानी के छ भने काम गरेर खाने ठाऊँको कुरो चल्यो भने "त्यहाँ त जिन्दगी मेशीन जस्तो हुन्छ!" भनेर दुई-चार पाङदुरे खोकी निकालिहाल्नुपर्छ। मेहेनत गर्ने भनेपछि धेरैजसो नेपालीका जीउ त्यसै त्यसै चिलाएर आऊँछ। त्यै 'महान नेपाली संस्कृति'को प्रतिबिम्ब राम्रैसंग देखिएको हो प्रदिप नेपालको यो लेखमा। यथार्थ के हो भने; दया-माया र प्रेम-सदभाव विकसित समाजमा नहुने हैन, मेरो अनुभवमा त हाम्रो समाजमा भन्दा झन बढी छ।

वाह वाह! चिया खाएर, घाम तापेर दिन बिताउने चलन कति राम्रो, जिन्दगीभरि गतिलो काम एउटै नगरेर उपलब्धिवीहिन भएर मर्ने संस्कृति कति महान!
 
Posted on 12-04-06 8:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सिदै भन्नु पर्दा माथी टासीएका एक जना राजनितकर्मिको भनाइलाइ दुइ चार कुरो गर्न मन लाग्यो । बिभिन्न कुसंस्कारले पिल्सिएका नेपाली जनतालाइ अहिले प्रदिप कमरेडले अमेरीकी रेबन चश्माले द्रष्टी लगाउनु नेपालका राजनितिक कर्मिको थप हनुमान चरित्र उदांगो पार्छ । देशलाइ सुधार्ने ठेक्कालिएका कमरेडले यसरी कुर्लिनु आफ्नै दौरामा पिसाब फेर्नु हो । पिशाब फेर्दा न्यानो हुने अनि पछि चिसो हुदा दौरानै अरु तिर फ्याक्ने दु्ष्ट बिचार भएकाहरुले यसरी रामायण बाच्दा उनिहरू पबित्र रावण भएको स्पष्ट हुन्छ । करीब दुइ दशकमा के दिए यि भट्टहरुले, यतिमै मूखमा बुजो लाग्छ यि पिपासुहरुको । नेपालमा नबस्ने परदेशीहरुको रगत चुस्न नपाको झोकम यि बिचरा कमरेड गोही भएका छन । कर तिरेर यिनीहरुलाइ धनाढ्य बनाउनु कि स्वबिबेक अरुनै गर्नु यो नैशर्गिक अधिकार हो । अनी बिदेशमा उन्नती प्रगतीतिर लागेकाहरुको प्रशंसागरेर अप्ठ्यारोमा परेकाहरुलाइ उत्साह थप्नुको सट्टा बिभिन्न कारणबस अल्झिएका भाइ बन्धुको खिल्ली उडाउदै काखि बजाउनु लोकतन्त्र पछि पनि यि राजनेताहरू कुकुरको पुछार संग तुलना योग्य भएका छन। रक्षान त बरु मलको रुपमा प्रयोग गर्न सकिन्छ, यि नेताहरु त तेती पनि तुलना योग्य नभएको हुदा यिनीहरुको गन्धले नाक थुन्नुको सट्टा यतीमै कुरो टुंगाउनु उपयुक्त ठान्छु ।
 
Posted on 12-04-06 8:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ!
दिउँसो आफू आम्न नमिल्ने बेलाँ आएछन्, म बुडोओ कुरो काटेछन् र गएछन् गाम्लेहरु।
को को छन् चौतारिआँ अइले?
 
Posted on 12-04-06 9:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अभिवादन।
ग्वाँच्या' कथा अँझै पढ्न पा'छैन। प्रतिकृया पढ्दा चैं दामी छ जस्तो छ।

आँsssच ठुल्स नेपाल गइदिने भन्या?

ल मोजमस्ती गर! अनि तिमी पनि नाङलोमा जालीऊ नि? निस ब्रोले ठग्या वेटर पनि भेट्छौ कि! निसेको तर्फबाट माफी मागिदेऊ र अलि अलि टिप्स् र बक्सिस् पनि दे'र आऊ है!!! :)
 
Posted on 12-04-06 9:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

क्यार्दै छौ गालउ?
सन्चै होलाउ के रे?
 
Posted on 12-04-06 9:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जिम्माल! आफैं त सन्चै भन्न परो। १-२ दिन दादा गिरीसँ' बसेर छोइला र सुकुटी खान गइयो। अनि बल्ल अहिले आफ्नो ठाममा आइपुग्याँ।

बसिबसाउ छ। फेरि उही पुरानै रुटिन।
यो जिन्दगी खै के जिन्दगी?
 
Posted on 12-04-06 9:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यस्तै छ गालउ जिन्तखि क्यार्नु!
हरिभक्त दाईलाई मात्तै हैन सपैलाई एस्तै लाउदो हो।
 
Posted on 12-04-06 9:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते है सपपैलै

त्यो माथीको लेख बाट भन्न खोज्या के हो मैले त बुझिन । राधाजीले त्यो दादाले भने जस्तै 'पुङ् न पुच्छरको 'को ळेख देखाउन खोज्नु भएको हो कि अथवा त्यहि कुरो नै भन्न खोज्नु भएको हो ??

तर केहि हद सम्म सत्य चै छ । विदेशमा बसेर हात नग्रा खियाउनु भन्दा' नेपाल मै मेहनत गरे 'भन्ने अर्थमा चै
**********************************************************************

आजकल स्कुलमा नानीहरु नआएर रड्डिज भै सक्यो हौ। चौरी भरि तोर्पे तोर्पे गोठालाहरु आइदिने कि अन्त पढाउने कुरा गर्यो भन्त आम्बोsssss " तास खेल्ने हैन माष्टर्नी दिदी?"भनि दिने के फेरि झारे गोठाल्सहरु ले। बबाल भै सक्यो हौ स्कुलको जागिर बचाउन।
:D :D
 
Posted on 12-04-06 9:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हन यिनि हाम्रि माष्टरनी नानि भुराभुरिलाई पढाउँछिन् कि भुराभुरि सँअ पड्छिन?
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
मन भित्र को पत्रै पत्र!
TPS Work Permit/How long your took?
Does the 180 day auto extension apply for TPS?
Travelling to Nepal - TPS AP- PASSPORT
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters