shirish
Replies to this thread:

More by shirish
What people are reading
Subscribers
:: Subscribe
Back to: Poems / Ghazals etc. Refresh page to view new replies
 रोमान्टिक नेपाली गजल -

[Please view other pages to see the rest of the postings. Total posts: 152]
PAGE: <<  1 2 3 4 5 6 7 8 NEXT PAGE
[VIEWED 73519 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 8 pages, View Last 20 replies.
Posted on 09-10-07 3:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आकाशबाट उनी झर्ने खबर कस्तो होला ?
ज्यूंदै स्वर्गको अनुभबको अबसर कस्तो होला ?

रिसाउदा खेरि त फूलै फूलले हिर्काउंछन्
माया जागेको बेला झन् कर कस्तो होला ?

माराकाट हुंदैछ सम्भबत: उनलाई पाउन !
अपराधीले भरेको शहर कस्तो होला ?



मलाई चढ्न गार्हो छ उनी बस्ने शिखर 
हण्डरै हण्डरको त्यो सफर कस्तो होला ?





This is a thread for just romantic ghazals...you write the rest....


Last edited: 10-Sep-07 03:16 PM
Last edited: 10-Sep-07 03:16 PM

 
Posted on 10-02-07 12:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वाह! दामि गयो ठुल्दाई-

नजन्मिदै मारिने भ्रुणहरु जताततै
जिउंदो मुटुमा माया ममता रहेन।

 
Posted on 10-02-07 7:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नजर् तिम्रो किन उठेन
झुकेका नयनमा मेरो तस्बिर रहेन

बिचित्रता तिम्रो शुलझैं बिझ्यो
प्रेमी आँसु रुँदा पनि झरेन
 
Posted on 10-03-07 6:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबै आकर्षण प्रेम हुंदैन
फुलबारिमा भमराको बास हुन्न


हर् कोइसंग / (humor पद्मकन्यामा उभिएर) मन रम्दैन
समुन्द्रको पानी ले प्यास मेटिन्न
 
Posted on 10-10-07 6:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बेरेर सिङ्गै निल्नु भन्दा थुंगी रह्यौ भने

तिम्रो स्वाद पाउथे मैले पनि अलिअलि !


 
Posted on 10-10-07 3:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Birkhe le suru gareko jastai "quafia"

www.gorkhapatra.org.np

गजल

सीता शर्मा 'उपासना'


सबैको क्षणिक जिन्दगानी हुन्छ,
आफ्नै खालका कहानी हुन्छ !!

कागजको एउटा पानाजस्तो,
जलाई दिए खरानी हुन्छ !!

बग्छ जिन्दगी, बगाए नदीझैं,
खन्याए पानी पानी हुन्छ !!

नशा रहेछ जीउनु यहाँ,
जति दियो, बानी हुन्छ !!

बनाउन चाहेर बन्दैन जीवन,
नियतिकै मनोमानी हुन्छ !!

-चितवन, हालः रेडियो नेपाल


 
Posted on 01-14-08 9:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आंशु झारी फेरि गाईए भूलहरु ।

पग्लि झरे मेरा हिउंका फूलहरु ।

 

ति समय ति आपसी मन्जुरहरु-

ब्याकुल अचेल बेरोजगारी चुकुलहरु !

 

वारी पारी सबैतिर भेट्ने भनेको खै ? -

कि बनें हाम्रा समानान्तर पुलहरु ?

 

ईच्छालाई टालटुल पार्दै हैरान म

कहां गो कपटी कामिनीका कबुलहरु ?


 
Posted on 01-14-08 9:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वारी पारी सबैतिर भेट्ने भनेको खै ? -

कि बनें हाम्रा समानान्तर पुलहरु ?

 

वाह ! वाह !  गजब गयो प्रभो !


 
Posted on 01-15-08 3:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


thankyou Bhaute

आंशु झारी फेरि गाईए भूलहरु ।

पग्लि झरे मेरा हिउंका फूलहरु ।

 

ति समय ति आपसी मन्जुरहरु-

ब्याकुल अचेल बेरोजगारी चुकुलहरु !

 

वारी पारी सबैतिर भेट्ने भनेको खै ? -

कि बनें हाम्रा समानान्तर पुलहरु ?

कपटी कामिनीको काबुमा कलेजो
आफ्नो भाग्यमा भने खाली कबुलहरु ! :(

 
Last edited: 15-Jan-08 03:59 PM

 
Posted on 01-15-08 3:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कपटी कामिनीको काबुमा कलेजो
मेरा ईच्छाले पाए खाली कबुलहरु !


हैन, मयाँ-पिरिममा कलेजोको नि त्यस्तो भूमिका हुन्छ र भन्या ! बडो नयाँ प्रयोग लाग्यो त।  

मेरा ईच्छाले पाए खाली कबुलहरु !   निराशाको अधिकतम उचाई!


 
Posted on 01-15-08 4:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कपटी कामिनीको काबुमा कलेजो
आफ्नो भाग्यमा भने खाली कबुलहरु!!

वाह! यो पढ्दा त ऊर्दू शेर पढेको जस्तै लाग्यो! गजब गयो प्रभु!

भउते, हुन्छ! बिशेषत: ऊर्दूमा दिल भन्दा पनि कलेजाबाट माया प्रेम गरिएको भेटिन्छ कति गजलहरुमा!

 


 
Posted on 01-15-08 5:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 

नेपाली लोकसाहित्यमा प्रचलित अंग नै हो कलेजो ।

 

मेरो माया सुन होईन हिरा, सुन होईन हिरा

सम्झी ल्याउँदा कलेजी नौ चिरा

 

सुन्या छ यो गीत कसैले ? हाम्रो भेगमा खुप सुनिन्थ्यो उ बेलाँ

 

कपटी कामिनीको काबुमा कलेजो

कञ्चन कविका कर्ममा केवल कबुलहरु !

 

यसो गर्दा चाही यो व्यञ्जन-अनुप्रास अति सुनिदो रहेछ । पुरानै ठीक लाग्यो ।

 

अनि यसले चाही विरहको आँधी नै ल्याईदियो है । यो प्रहेलिका सुल्झाउन अलि ट्याम लाग्यो । तर सुल्झे पछि मुखबाट निक्ल्यो वाह !

 

ती समय ती आपसी मन्जुरहरु

व्याकुल अचेल बेरोजगार चुकुलहरु !

 

Nepe


 
Posted on 01-15-08 6:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ती समय ती आपसी मन्जुरहरु

व्याकुल अचेल बेरोजगार चुकुलहरु !

 

वाह नेपे दाजी वाह। वाह हैन साँच्चै बाह भयो यो त।
व्याकुल अचेल बेरोजगार चुकुलहरु !

बाह बाह।


 
Posted on 01-26-08 9:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ति एकान्त ति आपसी मन्जूरहरु

बिह्वल अचेल बेरोजगार चुकुलहरु ।

 

वार पार गर्दा नत्र भेटिनै पर्ने हो -

कि बनायौं समानान्तर पुलहरु ?

 

कपटी कामिनीको कब्जामा कलेजो

आफ्नो भाग्यमा केबल कबुलहरु !

 

मेरो लिलाम घटाघटको मौकामा

अति नै खुशी कवाडीका हूलहरु !


 
Posted on 01-26-08 9:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो लिलाम घटाघटको मौकामा

अति नै खुशी कवाडीका हूलहरु !

 

वाह! शिरीष गुरु वाह! गजब!


 
Posted on 01-26-08 9:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साह्रै राम्रो लाग्यो गुरु !

चारवटै शेरहरु एकदम सटिक (छोँटा, मीठा र अति नै अर्थपूर्ण)  छ।

शब्द चयनमा त खुङ्खारै भएर निस्किनु भो त ! डाह लाग्ने गरी !


 
Posted on 01-27-08 7:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धन्यबाद बिर्खे र भउते

मेरो बैकल्पिक शेर

---

अझ आफ्नो भाउ कति झार्नु पर्ने हो ?

कवाडीले ‍किन्न पनि टालटुलहरु !

 

 


 
Posted on 01-27-08 9:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुर्दा कुर्दै सांझ पर्यो पर्खि बसु कती ।
तिम्रो लागि सस्तो भईयो तिमी भयौं मोती ।।


माफी चाहन्छु, यदि मैले गलत दिशा दिएको भए । यो मेरो होइन मेरो साथिको हो । जुन किन किन मलाई मन पर्छ ।
Last edited: 27-Jan-08 09:18 AM

 
Posted on 01-28-08 6:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यो बेरोजगार चुकुलहरु भन्ने शब्दहेरु, मरीजाम्, हप्तादिनसम्म टाउको वरिपरि घुम्याघुम्यै थे ।

 

त्यसले अझै राम्रो बान्कीको शेर भेटिसक्या छैन है । त्यो मतलामाथी छिनो चलाउन अझै पुग्या छैन ।

 

अनि त्यो समानान्तर पुल वाला र कपटी कामिनी वाला शेर चै चिटिक्क देखिए अब ।

 

अन्तिम शेरले चाही किन हो सौन्दर्यवर्धन गर्न सकेको जस्तो लागेन है गजलको । त्यस्तो शेर धेरै ठाममा पढेर होला ।

 

Nepe


 
Posted on 01-29-08 11:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


Sure Nepe Guru, I will modify and try to make it better. I need more constructive criticisms like this to improve.

In the mean time, one more sher -

 

म भने निन्द्रामै पनि हिडेर आउने 
तिमी भने उठ्नलाई नै टालटुलहरु !


 
Posted on 01-29-08 12:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Shirish, I think you are using incorrect confusable.

 

टालटुल = refurbish

आलटाल = Dilly-dallying


 



PAGE: <<  1 2 3 4 5 6 7 8 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
TPS Re-registration case still pending ..
Nas and The Bokas: Coming to a Night Club near you
Will MAGA really start shooting people?
मन भित्र को पत्रै पत्र!
Top 10 Anti-vaxxers Who Got Owned by COVID
TPS Work Permit/How long your took?
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Breathe in. Breathe out.
3 most corrupt politicians in the world
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
शीर्षक जे पनि हुन सक्छ।
Disinformation for profit - scammers cash in on conspiracy theories
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters