world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~~चौतारी ७१~~

[Please view other pages to see the rest of the postings. Total posts: 666]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 NEXT PAGE
[VIEWED 179962 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 34 pages, View Last 20 replies.
Posted on 08-22-07 7:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी - ७१

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम

-चौतारी - भाग ७१ --



चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)


हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ७१ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।



**********************************************************************

'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************


लौ बसुम यही चौतारीमा


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।




Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)



Running since 7 Sept 2005 in a total of 70 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.

*गोताएँदाइकोब्लग

अन्तरेको गजल (श्रृंगारकर्ता:- भौतेकाजी)

बेसी झरेँ सम्झी तिमी आयौ ल पक्कै
सालको पात बज्यो बोलायौ ल पक्कै

बिझाउने बोलि 'नि आहा कत्ति मीठो
ख्यालैमा हो कि, अहो रिसायौ ल पक्कै

आँखा तर्‍यौ मलाई देखेर आज किन
तर लुकी सुटुक्क चिहायौ ल पक्कै

मुहार भरि कोरिए रिसका रेखा
मन्मनै भने तिमी लजायौ ल पक्कै

नगर प्रयाश ब्यर्थै भन्यौ मलाई
समर्पित सपना सजायौ ल पक्कै

"अन्तर"मा देखियो किरण प्रेमको
ह्रृदयमा काउकुती छिपायौ ल पक्कै


Last edited: 22-Aug-07 08:36 PM

 
Posted on 08-23-07 11:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हसुर्न जानु पर्‍यो अब
 
Posted on 08-23-07 11:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भेतेन्दर सिंह देवल
 
Posted on 08-23-07 11:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाम्ले त हसुरिसकेम्! अब ठुलि सँअ सुपारि माग्ने बेला भओ!
ठुलिsssssssssssss! सुपारि छ????

 
Posted on 08-23-07 12:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओिए बिर्खे दा हाम्रो घरआ सुपारिको बोत छ कि हाम्रो घरआ सुपादिको फ्याकत्री छ। जहिलेनी सुपादी छ भन्दो राइच।
 
Posted on 08-23-07 12:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

उस्को छनक बाउको सनक तेस्को दाईको दनक भैगो भनीएन
घाम पानी एकनास प्रीयाको आश दिन रातको मतलब गरीएन
गल्लीमा उस्को बिताएको जस्को दिन मैना बर्ष गनीएन
गर्जियो हिजो बादल बजायो मनको राती मादल राहत पाईएन
आयो बेहुला घन्कायो बाजा लग्यो ब्यान तिर आज रोक्न सकिएन ...

स्वस्ती गरें।
 
Posted on 08-23-07 12:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल! लौ छैन र??? म त बोट छ भन्ठानिराको!!

काँचो सुपारि खानु हुँदैन नि क्या लाग्छ! जमानामा म एकपटक बिराटनगर गएको बेलामा एक जना साथिको सुपारिको बोट रहेछ है, अनि हरियो सुपारिको बोकरा फालेर खाएको है, तितो तितो पछि त लागेको!
 
Posted on 08-23-07 12:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 08-23-07 12:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ खाजा खानी ट्याम पाइयो, सिधै चौतारीमा आईयो। अब गरुम कुरा।

जिम्माल बा लोल। सप्पै भेउ पाई सकेचन बाबै। छुट्या चैँ गाना गाउनी हो, अब आफु परियो गाईने। भउते र कुम्लेले चैं पक्कै सुन्या हुनु पर्छ भन्नि मानिचु के रे।

हिज त काँ एकैछिन दिउसो आँखा छलेर हो नत्र के पाइन्थ्यो र ? जमा जम्मी तिन पल्ट बिहान सवेरै, खाजा खानि बेलाँ र साँझ त्यो पनि कहिले काँहि मत्रै त हो नी चौतारी च्याउन पाउनि तेस्मा नी आधी भन्दा बढि त पढ्दा पढ्दै बितिहाल्छ। अब भने ४,५ दिन ढुक्क छ, साहु बुढाले सहर तिर पठौना ला छन आज राति देखिन, जत्ति चौतारी आए नि भो।

गजलको कुरो चल्या बेलाँ रिट्ठेले तो नेपालि गाना हालेछ तर बिहानै देखिन मलाई जगजितका गजल याद आको तो नेपालि गाना नि जगजितकै गजल को उल्था हो नेपालीमा ल सुनम :

"जिवन क्या है चलता फिरता एक खिलौना है
दो आँखोमें एक में हंसना एक में रोना है

रात अँधेरी भोर सुनहरी
यहि तो जीवनकि रीत है
हर् पल में दुखका साया
सुख तो बहाना है"

कुम्ले क्या हो? हुँदा हुँदा गुद्री पुगिसकेच। आफुलाई चँहि तो चाचा जी को च्या पसल याद आयो एक का दुइ भन्दा। अनि याद आयो गाना:

"बोलो बोलो बोलो क्या देखा
बोलो बोलो बोलो क्या देखा तुने मेरेमें
मेरा बंगला देखा या मेरि गाडि देखि
या मेरा सारा ब्यान्क ब्यालेन्स देखा

ना मेरे सपने देखे ना मेरा जज्बा देखा
ना मेरा टुटा हुवा दिल देखा"

मिस दिदी मुइले त हउरले पक्कै पढ्नु भो होला भन्नि मानिकिम के रे। सप्पै काँ पढ्न पाइया थ्यो र बिहान। अब अरु चाँहि बिस्तारै। देख्नु भन वाँ गोताएँले कविता भन्द्या, अरु त झन लेख्दै लेखेनन के लाई शब्द खेर फाल्नु ब्यर्थै भनेर होला। अलि homework पुगेन जस्तो मानिचु मुइले।

लौ सप्पैलाई नमस्कार अब एकै चोटि राति भेटुम्ला। हर्न प्लिज।
 
Posted on 08-23-07 12:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ खाजा खानी ट्याम पाइयो, सिधै चौतारीमा आईयो। अब सुनुम कुरा।
 
Posted on 08-23-07 12:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओिए बिर्खे दा हाम्रो घरआ सुपारिको बोत छ कि हाम्रो घरआ सुपादिको फ्याकत्री छ। जहिलेनी सुपादी छ भन्दो राइच। ***** thulanani HAHAHHAHAAAAA ....hasaayou baabai



 
Posted on 08-23-07 12:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु एउटा कुरा भनुम सक्नेले र मिल्ने ले।
सर्वप्रथम साझामा कुनै निकनेम देख्दा कस्तो भिजुवलाइज गर्नुभयो?
मैले सर्वप्रथम भउते नाम देख्दा भउते भन्नाले कस्तो इमेज आयो दिमागमा सुनाउँछु!

एउटा डल्लो डल्लो ७-८ बर्षको केटो। मोटो मोटो स्वस्थ तर अलि अलि माटो साटो लागेको मैलो मैलो, कट्टु र भोटो लाएको, खालि खुट्टा माटोमा टेकिराखेको, भोटो फाटेर पुट्ट भुँडि निस्केको, पाक्कल पुक्कल गाला भएको केटो नाकले सिंगान भित्र तान्दै म तिर हेरेर पिप्लामेठ किन्नलाई एक रुप्पे माग्दै ङिच्च दाँत देखाउँदै गरेको भउतुल्ल परको भउते मेरो दिमागमा आएको थियो!

 
Posted on 08-23-07 12:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गर्जियो बादल् बजाइ मादल् लगेछ बेहुला ले जसै
भएछन् हाम्रा दीपज्यो देवदास् को शाहरुख कठै !! LOL
 
Posted on 08-23-07 12:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मलाइ त भौतेदा यस्तो लग्छ -->
 
Posted on 08-23-07 12:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 08-23-07 12:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु क्या खाईएच, कस्काँ हो सुपारीको फ्याक्ट्री भा? यता नि पाम न एउटा!
 
Posted on 08-23-07 12:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाssssssssssssssइ, उठियो बल्ल उठियो, के हुँदैछ?
 
Posted on 08-23-07 12:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओ थुल्ननि हिजो तिमि सन्चो नभेको आज कस्तो छ तिम्लाइ ?

गेट वेल् सुन ल
 
Posted on 08-23-07 12:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हेहेहे मलाई चाहिँ यो दुइटा आइकन( ) संगै देख्दा पहिले भउतेले प्याच्च केहि भनेको अनि तितौरी रिसाएर @ गरेको जस्तो लाग्छ!


ठुलि सँअ छ सुपारि भान्जा!
 
Posted on 08-23-07 12:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

.Ritthe bro: lol naam birsi raa thiye maile! Puspa Dai re! bro pani Roadshes chowk ko dada ho ki ke ho? :-)

Antare ji: "भउते र कुम्लेले चैं पक्कै सुन्या हुनु पर्छ भन्नि मानिचु के रे।" Guess garne kura maa chahi ma zero ho hai!

Aba भउते kasto hola jasto lagchha bhanne kura ma chahi mero guess yasto chha hai ta:


 
Posted on 08-23-07 12:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन सोल्टी यतिखेर उठ्नलाई कतिखेर सुतियाथ्यो? कि लाटाकोशेरा स्टाईल हो?

खोई ठुली कता लाई, सुपारी मागुम भन्या।

मामा, तिरु के छ हालखबर? क्यार्दै हो?
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
जाडो, बा र म……
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters