[Show all top banners]

ritthe
Replies to this thread:

More by ritthe
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

keli

बैरे
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ चौतारी १९८ ~

[Please view other pages to see the rest of the postings. Total posts: 200]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 NEXT PAGE
[VIEWED 98278 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 10 pages, View Last 20 replies.
Posted on 07-30-10 8:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~  चौतारी १९८ ~


आउनुहोस् आउनुहोस् आगामी केही हप्ता मा सम्पन्न हुनलागेको चौतारीको दोश्रो शतवार्षीकीको समारोह भब्यताका साथ मनाउन सहयोग गर्नुहोस्

 

 

हाँसो, ठट्टा,  खुसी बाँड्दै र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १९८ औं संस्करणमा आइपुगेका छौं । अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ ।  सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात, धर्म्, लिंग, राजनिति, भाषा, ब्यक्तिगत रिसिबि जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रमाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपलले हार्दिक स्वागत गर्दछ !

 

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा,miss me-मास्टर्नी नानी- मिस, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा,chipledhunga-चिप्ले , Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, keli- केली,P erfectionist - पुरे, Surje - सुर्जे,बैरे, खुशी,ramronepal- रामे ,Geology Tiger - जिते perfectionist-पुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।

Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 198 editions.

Last edited: 30-Jul-10 09:59 AM

 
Posted on 08-04-10 10:17 AM     [Snapshot: 807]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम हर्के, बुढा बिर्खे, बुढा पून्टे, तरुण रिट्ठे, तरुण नेप्चे , बालक लहरे ।



बल्ल एक छिन फुर्सद मिल्यो , फेरी ल्याब ल्याब अनी ल्याब, जस्तो पून्टे दाई को पहेलो क्याब ।


लुच्चाहरु गुच्चा खेल्ने कुरा गर्छ, खेल्ने भे तरुनी सरुनी सँग लुकामारी खेल्नु नि, मखुला ??


 
Posted on 08-04-10 11:39 AM     [Snapshot: 835]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते गाम्ले हरु। खेल्ने खेलाउने कुरा भाईरहेको रहेछ, म पनि गुच्चा खेल्ने है! 

केही उपहार दिन सकिएन, यि केही पुराना शब्दहरु! 
-----------------
न मैले कतै सपना बुने 
न मैले कही बिपना भुले 
तै पनि जीवन उदासी हुने 
खै कुन बिरानो गीत यो सुने! 


निस्छल जीवन सुसाएकै थियो 
टुकी कै उज्यालो प्रसस्त थियो 
तिमी हिउदको घामझै अस्तायौ
पुरानो जीवन कहाँ खोजु भयो! 

बर्षा ठाने हरियाली दिने 
खहरे रहेछ उर्लिएर जाने 
घरबारी अब बगर सरी भो 
कहाँ कसरी फोगटा बिराउने?

न मैले कतै अबिश्वास रोपे 
न मैले कही ढोका यो थुने
तिमीनै थियौ लीलामी हुने 
निरस अब म किन रुने?


--------
फोगटा - खेत वा बारीका स-साना गराहरु; सानो टुक्रा खेत वा बारी। 
बिराउनु - सामान्य अर्थ त गल्ती गर्नु नै हो। तर यस्तो अर्थमा पनि प्रयोग हुन्छ - जङल वा घास भएको जमिनलाई खेत वा बारीमा परीणत गर्नु। 





 
Posted on 08-04-10 11:41 AM     [Snapshot: 834]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शुभ मध्यान्ह चौतारी!


आज त बिर्खे बा पनि कताबाट टुप्लुक्क आइपुग्नु भएछ। ल जदौ गरे है ठुल्दाइ, पून्टे दाई, बिर्खे बा, रिठ्ठे, नेप्चे, हर्के, रामे आदी इत्यादी चौतारीका सबै औतारिहरुलाई!


अनी ओ रयाम्बो त्यो beach  beach धेरै नहिंड्नु है फेरी बगाएर लैजाला, बगाएर सिधै परमधाम भइयो भने त ठिकै थियो, होइन कुनै टापुमा लगेर फ्यालीदियो भने दुइटा कुरा हुन्छ, कि त त्याहाँ कोही हुँदैनन्, कि राम्री तरुनी हुन सक्छे, यदी राम्री तरुनी रैछ भने दुइटा कुरा हुन सक्छ...


 


 
Posted on 08-04-10 12:53 PM     [Snapshot: 852]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मलाई प्यारो लाग्छ मलाई राम्रो लाग्छ
लहरा पहरा छहराको देश
वारिपारि हिमालमा उडिरहने बादलको देश
मेरो देश


बुधवारे जदौ सबै गाम्लेहरुलाई।
जीते र सुन्तले, तारेमाम।


लुच्चाहरु गुच्चा खेल्ने कुरा गर्छ, खेल्ने भे तरुनी सरुनी सँग लुकामारी खेल्नु नि, मखुला ??
लोल ठुल्दाइ लोल


नेप्चे, बिहानै देखि जाँड खान थाल्यो जस्तो छ। अल्कोहोलले dehydration त भैहाल्छ नि। पानी खानू बरु जाँड होइन।
अरु हाट भर्न गएको मौका पारी रामे चाँही समुन्द्रको किनारतिर लागेछ। जालमा टन्न माछा परेस्, अर्को वोर्ल्ड कप भन्दा साढे तीन बर्ष अघि भित्रै भुभुजेला बजाएस्।
रिट्ठे सर, नयाँ खर्कमा गुच्चा खेलेर रोलेक्स नै किन्ने बिचार  छ कि कसो यसपाला? कि अझ टाईम्स स्कवायर नै कब्जा गर्ने बिचार  हो?
बिर्खे बुढोलाई चाँही नारायण जप्ने बेला के गुच्चोको धून चल्या हो।
पून्ट्या ट्याक्सी र हर्क्या रिक्सा राम्रै चल्दैछन् भन्ने मानिछु।    
       


 


 
Posted on 08-04-10 1:05 PM     [Snapshot: 857]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आफ्नै स्टाईलमा बोलेतो दोश्रो राउन्ड को जरेमाम !


चिप्ले सर, खेल्न त मन लाग्छ नि गुच्चा अचेल नि तर असल को साथी कोइ भेटिदैन खोइ ! अनी भोजन भाको हो गुरु को?


हर्के ब्यान हाट जान्छु भनेर गाको थ्यो मैले नि थोरै तिनो यसो सामान मगाको थे, बज्जे ले आधा बाटै मा खसाएर आउछ होला मात्त्या सुराँ !


सुन्तले ब्रो धेरै पछी पालियो नि चौतारी मा ! ल स्वागत छ ! कबिता पनि अच्छा लाग्यो !


मलाई मन परेको लाइन चाँही:


न मैले कतै अबिश्वास रोपे
न मैले कही ढोका यो थुने
तिमीनै थियौ लीलामी हुने
निरस अब म किन रुने?



जिते ब्रो, रामचा दुवै जाना टेन्ट गाडेरै हो अचेल? रामे त ह्याप्टन बिच तिर हुन्छु भन्दै थ्यो अघी !


काले मोरो झन कालो हुने भो
कालीको बाल हो कि माकुरीको जालो
त्यो त तेइ काले लाई थाहा होला
जस्को आउछ पहिले पालो


शुभान अल्लाह !


 
Posted on 08-04-10 1:24 PM     [Snapshot: 866]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम।


तारेमाम चिप्ले सर ,



खै केटाकेटी हरु गुच्चा खेल्ने भन्छन । हुन त अचेल गुच्चा खेल नि म्युजियम मा खोज्नु पर्ला जस्तो भाईसक्यो ।


 हिंड्न जान्या हुँदैन पी एस चाहिने । अहिलेका आमा बाउ ले रोबोट जन्माउन्छन कि क्या हो ??


 
Posted on 08-04-10 1:34 PM     [Snapshot: 870]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हिंड्न जान्या हुँदैन पि एस् चाहिने
बर्थ डे आयो भन्या भन्या कुरा पाइने
हामी त डाँडो को रङ देखेर बाटो पत्ता लाउथेउ
इनिहरुलाई मात्रै कत्ती जि पि यस् चाहिने



 
Posted on 08-04-10 1:42 PM     [Snapshot: 873]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठे काजी नि आशु कबि ?
सुधार है अब अल्लारे छबी ।
 
Posted on 08-04-10 3:11 PM     [Snapshot: 896]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज फेरी क्यारम क्यारम भो

 
Posted on 08-04-10 3:24 PM     [Snapshot: 906]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हिजो जस्तै क्यारम खेल्ने कि ??

 
Posted on 08-04-10 3:37 PM     [Snapshot: 914]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

क्यारम खेल्न त हुन्थ्यो तर हिजो लास्टाँ त्यो हर्केले खेलेर स्ट्राइकर नै कता फाल्यो फाल्यो ! बज्जेले भन्ज्याङ तिर लगेर २ रुप्पेमा बेच्यो कि क्या हो


बरु ठुल्दाइले एउटा मज्जाको भाटा ल्याउनु म पुरानो मोजाहरु कोचेर बल बनाउछु किर्केट खेलम बरु हुन्न?


 
Posted on 08-04-10 3:45 PM     [Snapshot: 916]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बुदबारे हाट पनि सक्कियो, केही पाइएन एस्पाली , रिठ्ठे तिम्ले भनेको कुरा केही फेला पारीन है मैले । ताडि पनि रैनछ , ताडिको ठाउमा अचेल दुधिया स्पेसल् आउन थालेको रछ , एक पोका दुधिया पिएको मिठै लागेन थुइक्क ।


अनी के भन्छ स्ट्राइकर त मैले सुकुल मुनी राखेको थिए , बरु त्यो नौ वटा सेतो गोटिमा तीन वटा छैन कता रखेउ रिठ्ठे , अनी रातो कुइन खोइ त ? ल आउ रिठ्ठे खेलम , बरु गेम खेल्नेकी जोगी जोगी खेल्ने भनी हाल है ।


बुदबारे उराठ लाग्दो दिनको जदौ अनी नमस्ते जम्मैलाई झ्याप्प लार ल जा त ।


 
Posted on 08-04-10 4:05 PM     [Snapshot: 920]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बज्जे आफु चाँही दुधिया सुधिया खार आउछ हाम्ले भन्या कुरा चाँही पायिएन रे ! कम्ता को बाठो छ यो हर्के !


त्यो क्विन त हिजो ठुल्दाइले हान्दा खेरी उछिट्टिएर पर कान्ला मुनी पुग्या थियो ! कसैले टिपेर ल्याएन छ?


म त गेम नै खेल्नी ब्रो, जोगी खेल्यो भने तिमी जोगी भैहाल्छौ आफु सँग एइ बेला चानचुन छैन ! अनी परेन आपत !


 
Posted on 08-04-10 4:12 PM     [Snapshot: 922]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अब के गर्ने त कुइन नभै कसरी खेल्ने कल्ले लाग्यो होला , जिम्मालले इदारमा बाधेर लुकार राखेको छ कि , कि बुडाले लगौटिमा लुकाए, लहरेलाई थाहा होला ।


बरु स्ट्राइकर चै खोजौन त्यता पटी तिम्रो साइड्को सुकुल उचालेर हेरत त्यता तिरपो छकी , हैन भने एक चोटि ठुल्दाइ बसेको सुकुल पनि उचालेर हेर्नु पर्‍यो खै त दाई एसो एक चोटि उठ्नु त।


ओ रिठ्ठे मैदा खै त मैदा , मैदा किन्न पठाउ त , म त बोरीक पाउडर राखेर नखेल्ने है अहिले नै भन्देको छु नि फेरी।


 
Posted on 08-04-10 4:21 PM     [Snapshot: 928]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जिम्मालको त व्हा नली खुट्टो सार्है भो भनेर पुरेले बोकेर मदनवा को हेल्थ पोस्टाँ पुर्याउन ला' छ अब काँटी इजार मा स्ट्यागर लुकार राख्छन र बुढाले !



मैदा सैदा होइन तेइ तिम्रो नाइसिल पाउडर को बट्टा ल्याउ तेइ हालेर खेलौला ! अब एती खेर कल्ले ल्याउछ मैदा !

Last edited: 04-Aug-10 04:22 PM

 
Posted on 08-04-10 4:31 PM     [Snapshot: 932]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

LOL.................
 
Posted on 08-05-10 8:14 AM     [Snapshot: 980]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम गाम्लेहरु


बिहिबारे बगलामुखिय जदौ ।



रामे, बैरे, लहरे, पुरे जम्मै शंखमूल तिर मूल खोज्दै होला।


जाम बिस्टे चाबहिल गणेश को मा । मौका यही हो ।


 
Posted on 08-05-10 8:30 AM     [Snapshot: 984]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बगलामुखी माता ले हामी सबैको कल्यान गरुन !


तारेमाम ठुल्दाइ, जलपान सक्क्यो?


हिजो हर्केले लोलेपछी कसैले खोलेनछ चौतारी !


अहिले यसो हेर्दा त भई भरी बदाम को बोक्रो, उखु को बोक्रो र चुरोट को ठुटा हरु फाल्या रेछन असत्तीहरुले ! तिनका हाताँ स्याँउ स्याँउ किरा पर्न नसक्या


 
Posted on 08-05-10 8:33 AM     [Snapshot: 985]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अरु जो जता गएनी म चाँही पाटनै पुगे है ! लाइन लागिराछु यस्तो चर्को घाम छ पसिनाले निथ्रुक्कै भईसके !


Last edited: 05-Aug-10 08:33 AM

 
Posted on 08-05-10 8:37 AM     [Snapshot: 986]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम रिट्ठे ,


यो घाम मा लाइन लाग्नु को कुनै काम छैन ।


 माइ त गर्मिले गर्दा मन्दिर मा नबसी एसी भाको घरमा आरामले पेडा खाँदै रे ।


भरे आउछन अनेक पहिरन धारी अप्सराहरु । अहिले फर्की हाल ।


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
मन भित्र को पत्रै पत्र!
TPS Work Permit/How long your took?
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Travelling to Nepal - TPS AP- PASSPORT
Morning dharahara
Another Song Playing In My Mind
Does the 180 day auto extension apply for TPS?
1974 AD Pinjadako Suga Remixed
Susta Susta Degree Maile REMIXED version
Elderly parents travelling to US (any suggestions besides Special Assistance)?
कल्लाई मुर्ख भन्या ?
ढ्याउ गर्दा दसैँको खसी गनाउच
जाडो, बा र म……
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters