[Show all top banners]

serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 ~चौतारी १५९ दशै स्पेसल्~

[Please view other pages to see the rest of the postings. Total posts: 350]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 NEXT PAGE
Keywords associated with this thread

http://www.sajha.com/sajha/chat/smileys/m-laugh.gif
[VIEWED 171778 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 18 pages, View Last 20 replies.
Posted on 09-21-09 9:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

चौतारी १५९ दशै स्पेसल्


 


निधारको रातो टिकाले तपाईंको जीवनमा नयाँ चमक बोकेर ल्याओस,शिरको पहेलो जमराले तपाईंको भाग्यमा उज्यालो बिहानीको झल्को देखाओस, सधैं अगाडि बढुन तपाईंका सत्मार्गका पाइलाहरु,अबरोधका तगाराहरुले कहिले पनि नछेकोस तपाईंको गन्तब्यलाई, सकारात्मक् सोचमा अझ प्रगतिको चरमचुली थपिओस, प्रतिस्पर्धाको परम्पराले तपाईंको घरमा जरा नगाडोस, कमाईं अनुसारको खर्चले तपाईंको दशैमा मनोरन्जन ल्याओस " यही छ बडा दशै को हार्दीक मंगलमय शुभकामना


Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens,
wildest , vacationing revolutionaries, rethinking moderates, instant
dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics,
workoholics, home-makers, pretty damsels, fierce contenders,
homelanders,

 laa- hoo-rays, all on the stage of Chautari of Sajhaland 
(World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 159 editions.
 
Last edited: 21-Sep-09 10:01 AM

 
Posted on 09-23-09 2:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सुहाउछ दुरुस्तै सुहाउछ


उमेर ले नि देको बाल ले नि देको अनुहार ले नि देको


सुहाउछ रिट्ठे अंकल सुहाउछ


साइली के छ हौ


 
Posted on 09-24-09 8:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम गाम्लेहरु !



बिहीवारए बगलामुखिय जदौ ।



षष्ठी पनि लाग्यो। भोली त फूलपाती । को लिना जाने हो फूल । चौतारी पाटी मा राखेर फूलपाती मनाउनु पर्छ केटकेटिहरु ।


 
Posted on 09-24-09 8:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

प्रणाम ठुल्दाइ, म त त्यो डाइनाको कथा पढिरा थिएं, साझा त अघी आको, चौतारी चाँही खोज्नु पर्नी भाकोले अल्छि गरिरा थें, दाई आएर माथि तानी हाल्नु हुन्छ भन्ने पूर्ण विश्वाश थ्यो मलाई।

दाई, मलाई त तेत्ती सार्हो चलनहरुको ज्ञान भएन, बिहान उठेर मन्दिर लाग्दिने काम मात्र थाहा छ मलाई त, पैले पैले बजेले ३-४ बजे पानी छ्यापेर उुथाउनु हुन्थ्यो, अनी आँखा मिची मिची मन्दिर लाग्दिन पर्नी, भ्याइ-नभ्याइ हुन्थ्यो, तर दशै बेला हेल्मेट नलगाये नि केइ हुन्न भनेर मस्त घुमाइन्थ्यो बाइक। खासै कुदाउनु पर्नी पनि हैन, नत्र कल: पोखिन्छ भनेर बिस्तारइ लग्यो, त्यो चिसोमा। यो पाली त भाईले पनि बाइक कुदाउने भै सक्यो, पोहोर साल त सार्है गार्हो भा थे भन्थे बा-मा ले, यो पाली तेत्ती अप्ठेरो नहोला।

त्यो महालक्ष्मीमा बोका काटेछी लगनखेलमा खुइलाउन छोड्न जान पर्थ्यो, घर नपुगे सम्मा भोक्कै। क्या दिन थ्यो त्यो पनि। ऐले मिले त सब्बैलाई गाडीमा राखेर एकै चोटि सब मन्दिर म पालै-पीलो छोडेर आउन हुन्थ्यो तर के गर्नु, आफु एता परिवार उता पर्‍यो।

ल दाई, के के गर्न पर्छ भन्नु है, काम जत्ती लहरे, रिट्ठेले गर्छन्, म ल्याउने पुर्याउने गर्दिउम्ला।
 
Posted on 09-24-09 9:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ!  ठूल्दाई, पुरे लगायत सबैलाई!


पुरेको घर पाटन कि काठमाण्डु?


 
Posted on 09-24-09 9:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम् ठुल्दाइ पुरे अनी जिम्बाल


के हुँदैछ हौ - भोली फूलपाती


म नेपाल गा को नि एक बर्ष भो गाँठे - क्या चाँडो बितेको समय


 
Posted on 09-24-09 9:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

<<<पुरेको घर पाटन कि काठमाण्डु?>>>
काठमाडौंको पाटनमा


प्रणाम जिमालबा अन्द लहरे।

 
Posted on 09-24-09 9:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम पुरे, लहरे अनी जिम्माल बा।
त्यै त लहरे नेपाल गाको , कपाल खुइलेको नि १ बर्ष भयो नि । यस्तै बर्ष दिन बित्दै जाने भो भने पूण्टे को तालु र लहरे को कपाल उस्तै उस्तै हुन्छ है । टाइम छदै झ्याइ गर्नु है ।


हाम्रो देशाँ भए आज कार्यालय को अन्तिम दिन, भन्नु मात्र अन्तिम दिन नि। पञ्चमी देखी नै काम पनि हुँदैन कर्मचारी पनि । गोटा १० हजार प्लस १० हजार दसैं पेस्की ले लाख जाने दसैं मनाउछन


कसरी ?


१५ बर्ष जागिर खादा नि बुझ्न नसकेको कुरा यही हो ।


 
Posted on 09-24-09 10:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फुलपातीको उपलक्षमा निबन्ध प्रतियोगिता:


 


यस वर्षको फुलपातीको अवसर पारेर " दशैँ पेश्की र ठूल्दाईको सरकारी जागिर" शीर्षकमा निबन्ध प्रतियोगिता हुन गैरहेको छ। प्रतियोगिहरुलाई निबन्ध टाँस्नुहुन अनुरोध छ। निबन्ध लेख्दा "गोटा १० हजार प्लस १० हजार दसैं पेस्की ले लाख जाने दसैं मनाउछन" भन्ने वाक्यलाई सप्रसङ्ग व्याख्या पनि गर्नु पर्ने छ।


धन्यवाद् 
चौतारी साहित्य सम्मेलन आयोजक समिती


 
Posted on 09-24-09 10:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 09-24-09 10:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

निबन्ध प्रतियोगित सम्बन्धी थप जानकारी:


कृपया निबन्ध लेख्दा निम्न बुँदाहरुलाई ध्यान दिनुहोला-


 


१) सुर्य तथा शिखर चुरोट र कार्यालय बाहिरको घाम।


२) भुँडे हाकिम तथा तिनका भरौटेहरुको कुरा कटाई।


३) वार्षिक बजेट भाषण तथा प्रत्येक वर्षको 'हात्ति आयो हात्ति आयो फुस्सा'।


४) टिए डिए हात पार कम्पिटिसन र उक्त कम्पिटिसन मा ठूल्दाईको भूमिका।


५) संचयकोशको संचय सम्बन्धि शंसय।


६) तलब तथा हातमुख जोडाईको पारपाचुकेको हद सम्मको सम्बन्ध।


७) बेलुकि चारबजे पछिको घडि हेराईको फ्रिक्वेन्सि र यसले दिमागमा पार्न सक्ने असरहरु।


८) माड्साप, गुरु, सर, सिई, ड्राफ्सम्यान तथा अन्य सम्बोधनहरु तथा सम्बन्धका साथै ड्राईवरसंगको हाईवेमा हिँड्दाको सम्बन्ध।


९) आफैँले भोगेका कुराहरु


धन्यवाद्


चौतारि साहित्य सम्मेलन आयोजक समिती

Last edited: 24-Sep-09 10:20 AM

 
Posted on 09-24-09 10:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओह बिर्खेबा ले निबन्ध प्रतियोगिता नै गर्न लाग्नु भए छ ।



ठुल्दाइ ले भाग लिना पाउने कि न पाउने ? अहिले सम्म निबन्ध प्रतियोगिता नजितेको रेकर्ड छैन ।



साच्चै, जिन्दगी लाई बाध्न नचाहने भएको ले नै नि-बन्ध मन परेको होला।


 
Posted on 09-24-09 10:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


 तारेमाम गाम्लेहरु !



बिहीवारए बगलामुखिय जदौ ।


बल्ल दशै नि सुरु भयो जस्तो लाग्यो , खसी ढालियो , पोलियो , खाइयो । लु एक छिन मीतिङ मा सित्तिङ गरेर आउछु बस्दै गरुम 


 


 
Posted on 09-24-09 11:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पानी पर्‍यो हरियो भयो बन
तिमीलाई पाए रमाउँथ्यो मेरो मन
समय छोटो छ तिमीले दिएको एउटा फोटो छ


झरी पर्दो बिहीवारे रात्रीकलीन जदौ सबैलाई। आज नारायणहिटी संग्राहलय पनि पुगियो। कास्की बैठक, धनुषा बैठक, गोरखा बैठक लगायत भत्काइएको त्रिभुवन सदन आदि हेरियो। प्रवेश शुल्क रु १००, क्यामरा निषेध।
बाटो काट्ने काम चाँही सार्है गार्हो। अहिलेसम्म ट्याक्सी चढ्नु परेको छैन। आज थापाथली देखि जमलसम्मको माईक्रोको भाडा रु १०, अनि हात्तीसारदेखि हनुमानथान (बबरमहल नजिकै) सम्मको नेपाल यातायातको बस भाडा पनि रु १० नै। कान्तिपथको पश्चिम अहिलेसम्म गएको छैन, त्यसैले जुद्ध शमशेरलाई व्हाटस अप भनेर महेन्द्र बाउचाको पसल जान पाएको छैन।         


 
Posted on 09-24-09 11:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जुनी जुनि लाई मेरी उनी लाई
अरुलाई होइन मेरो चोखो माया
मेरी उनिलाई
केही छिनलाई होइन चोखो माया
जुनि जुनि लाई



मध्यान्नको जदौ !



नेपाल देखी हाम्लाई सम्झेर चौतारी छिरेको चिप्ले माट्साप लाई जदौ ! अप्डेट को लागि धन्यवाद ! कती क्याउ क्याउ होला काठमाडौं को बजार एतिखेर ! दशै रमाइलो गरी मनाउनु हाम्रो भाग पनि !


ठुल्दाइ, जिम्माल बा, पुरे, लहरे, बैरे सबैलाई जदौ तथा तारेमाम !


जिम्माल बा को निबन्ध प्रतियोगिता को सफलता को कामना !


अरु सबै कता लागे? एक दुई हात जम्ने हो कि भनेर नि


 
Posted on 09-24-09 11:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हेल्लो हेल्लो गूड् मर्निङ


ठुल्दाइ, चिप्ले दा ,बिर्खे बा, रित्थे काका ,पुरे ,लहरे बैरे   सबैलाई यो केली को  तर्फ बाट ""बिजया दशमी  उप्लछाया मा हार्दिक मंगल्या शुभकामना""


 बिस्ते दा हर्के दा नेपाल बाट कहिले फर्कने रे ?


क्रेजी, खुशी  छौ तिम्हरु?


 
Posted on 09-24-09 11:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चिप्ले नि आएछ उप्डेट लिएर


नारायणहिटी संग्राहलय मा क्यामरा निषेध होला सेल फोन विथ क्यामरा त नहोला - एसो क्लिक सिलिक गरेनौ


रिट्ठे सान के छ -


अरु सबै कता लागे


के हो निबन्ध प्रतियोगिता मा कतिवटा निबन्ध आइपुग्यो त -


 
Posted on 09-24-09 11:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो केली के छ तिम्रो


कस्तो छ तिमीलाई अहिले -


तिमीलाई पनि बिजया दशमी को शुभकामना


बिस्टे त फर्किसक्यो - हर्केको चाँही थाहा भएन


 
Posted on 09-24-09 11:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम।


ओह केली नि आएछ, दसैं सम्झेर होला।



दसैं मात्र धार्मिक पर्ब होइन, मार्मिक पर्ब पनि हो नेपाली मात्र को। परदेशिएका, घर छोडि हिंडेका, भर तोडी हिंडेका हरु माटो सम्झेर, बाटो सम्झेर गाउँ आउने पर्ब हो यो ।



चिप्ले सर ले राजाको खाजा खाने भान्सा पनि हेर्न भ्याए छ ।


म: म: लाई यात्रो हेंला ??? अब भोली सम्म त पसल खोलिएला बौचाको । पर्सी देखी त बन्द। बडा सौखिन मान्छे महेन्द्र बौचा, १ दिन भोज भयो भने ३ रोज बन्द गर्छ त्यसले।


बैरे पाट लाई हर्क्या रोग लाग्यो कि क्या हो। नवमी आउने कहिले कहिले खसी ढालियो पो भन्छ बा।


 
Posted on 09-24-09 12:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठीक छ  लहरे मेरो तिम्रो सुनाउ


 अनी दशै को लुगा  किन्यो त ? कत्ती को चङ्गा उदाअयो त?


ए हो र बिस्ते द अैसक्नु भयो?
बिस्ते दा लाई पानी शुभकामना


 
Posted on 09-24-09 12:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो केली भातिजी ! के छ? धेरै पछी आएउ नि ! अनी अस्ती नै चोट पटक पो लागेको भन्ने अपुस्ट खबर आको थियो? अहिले कस्तो छ तिमीलाई? ल आफ्नो ख्याल गर्नु है भातिजी !


लहरे मान, मेरो पनि ठिकै छ ! के हुनु यस्तै छ ! अनी तिम्रो के छ त नयाँ?


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
ढ्याउ गर्दा दसैँको खसी गनाउच
जाडो, बा र म……
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters