[Show all top banners]

world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ** चौतारी - दशैं विशेष-२ **

[Please view other pages to see the rest of the postings. Total posts: 680]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 NEXT PAGE
[VIEWED 200273 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 34 pages, View Last 20 replies.
Posted on 10-11-07 3:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत

--चौतारी - दशैं विशेष-२ --






चौतारी
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)


हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ८१ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।






**********************************************************************


'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'

**********************************************************************





लौ बसुम यही चौतारीमा
सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।





Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)




Running since 7 Sept 2005 in a total of 81 editions.


Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.




*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा



दशैं
हट्यो सारा हिलो मैलो
हरायो पानीको वर्षा
भवानीको भयो पूजा
चल्यो आनन्दको वर्षा

जता जाउ उतै भन्छन्
दशैं आयो दशैं आयो
यही आनन्द चर्चाले
सबै संकष्ट बिर्सायो

ठूला साना सबैलाइ
दशैं अत्यन्त राम्रो छ
चलेका चाडमा ज्यादै
यही उत्कृष्ट हाम्रो छ

सबै अत्यन्त आनन्दी
सबै छन् पिङमा दंग
सबैको देखिंदै आयो
उज्यालो चेहरा रंग

---लेखनाथ पौड्याल


सम्पूर्ण चौतारीवासीहरूमा २०६४ सालको दशैंको हार्दिक मंगलमय शुभकामना!
दशैं मंगल धून

Last edited: 11-Oct-07 06:24 PM

 
Posted on 10-12-07 8:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कान्छी तता भनेको कान्छीइ दिदी भनेको क्या, मलाई बौचा
भनेछी दिदी भन्नु परेन, मिस दिदी लाई नि मिस तता भनेर बोलौछु है

 
Posted on 10-12-07 8:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 

  राहुल्दा पनि तारेमाम मात्रै भन्ने हो    केहि सिकाम्नु छैन । राउरो सअ नेवारी सिका'सि हामी पनि दिन्थेम  नि दशै पेश्कि   ।दादालै पो नआम्नेहो कि नेवारी भाषा भन्चु र। एउबाजी दादा सिकाइदिनुस न  भनेको नेवारी मा के जाति पो थ्यो 'बेला न कुबेला  बजिनयाला '  !!? खै के भन्या हो मलै पो गाली गरेको हो कि भन्चु र

 कान्छि  तता धन्यवाद है :)  छु दु हालखबर ?


 
Posted on 10-12-07 8:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मलाई नि आउँदैन नेवारी  तेतिकै बोल्देको  जे पायो तेइ लोल  

 No Problem  मिस तता

नेवारी सिखौने भये मैले नि सिख्ने थिए


 
Posted on 10-12-07 8:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 लहरे ,

ओ हो!!मलै नआएर मात्रै हो  नत्र म बोल्थे हुला  । भन्दा हुन्छ नि 'मिस तता' ।:)

 मध्यपश्चिमाञ्चलको भएनि मलाइ खास  त्यहाको स्थानिय भाषा नै आउदैन  ।  गाउले भाषा सिकेको यहि चौतारीमा आएर हो। तेइ भएर बोल्दाको  मेरो शब्दहरु मिश्रित  छन। अब नेपाल गए भने मेरो ठाँउको सबै बोलि सिकेर आउछु। अनि यस्तै गरि चौतारीमा बोल्छु सप्पै जो ट्वाsss परेर सुन्छ होला 

:)


 
Posted on 10-12-07 9:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल म सिकै दिन्छु।

मलाई एउत नेवारी गीत राखन मन लाग्यो।
तपाईंहरुको आग्या भये रखिदिउकी


 
Posted on 10-12-07 9:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राजा मति कुमति हो :) 

 


 
Posted on 10-12-07 9:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राजामती पनि छ। तर मैले राखनखोज्या अर्कै हो

 
Posted on 10-12-07 9:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भावी, कान्छी, लहरे सबैलाई फेरि नमस्ते।

ओइ लहरे, त्यो आइ लुप यु भन्ने कसरी हो नेवारीमा?

"जी छन्त मतिना दु" हो? त्यो फेरि मतिना भनेको लपर जस्तो पो लाग्छ।  


 
Posted on 10-12-07 9:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज खै बिर्खे दा, हरी, कुम्ले दादु, चित्रे, सानानी, देखा परेको छैन नि।
तिरु यदी तिमी चौतारी पढि राछौ भने तिम्लाई नि मेरो तर्फ बाट दशै को धरै धरै शुभ कामना।

 
Posted on 10-12-07 9:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

या देवी सर्व:भुतेषू शान्तीरुपेणसंस्थीता

नोमोस्तस्यै नोमोस्तस्यै नोमोस्तस्यै नमो नम:

दशैँको शुभकामना सहित को जदौ! यो बिर्खे माईलाको!!


 
Posted on 10-12-07 9:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

देवर जी कल्लाइ भन्ने हो 'लप यु' ?

:)


 
Posted on 10-12-07 9:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबैलाई नमस्ते।
घट्स्थापना को सबैलाई मंगलमय शुभकामना

 
Posted on 10-12-07 9:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु हेर हाम्रो बिर्खे दाको आयु कती लामो नाम लिने बितिकै तुप्लुक अैपुग्नु भो। बिर्खे दा दर्शन गरे। 
हजुरको नली खुट्टा दुखेको कस्तो छ। 

 
Posted on 10-12-07 9:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो हो
"जी छन्त मतिना दु" हो?

भनेको आइ लभ यू हो
मतिना भनेको लभ क्या


 
Posted on 10-12-07 9:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धन्यबाद लहरे।

नाम लिया जिम्माल हाजिर। जीम्मालबा' दर्शन अरेँ है। अनि हउरको नलीखुट्टी कस्तो छ? अब दशैँमा खसीको नलीखुट्टीको सुप खाएपछि हजुरको नलिखुट्टी च्वाट्टै हुन्छ।

थुल्ननी, जी छन्त मतिना दु, मुहाहा दु।

भावी-जी, उत्तर माथि आइसक्यो के रे, फेरि भन्नु नपर्ला नि हगि।


 
Posted on 10-12-07 9:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्कार !

उपस्थित सबैलाइ र पछि आउनेलाइ पनि

आहा कति रमाइलो हो आज त शुक्रबार ।
दशैं पनि सुरु भो क्यारे ।
आज त घटस्थापना: सबैलाइ दशैको हार्दिक मंगलमय शुभकामना ।


 
Posted on 10-12-07 9:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भाउते दाले नेवारी बोलेको क्या हिसी देखेको। दा जि न छन्त मतिना याना।
यामु के छ तिम्रो हाल छल। happy dashain yaamu

 
Posted on 10-12-07 9:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:)

 यो जी छन्त मतिना दु  जस्लाइ भने नि हुन्छ त ? उसोभा  ल  आज घटस्तापनाको दिन मेरो नि  सबैलाइ देवरजी ,ठूली, लहरे, जिम्माल बा, याहु, रिठ्ठे राहुल्दा, दिपदा,  कान्छी सप्पैलाइ

 जी छन्त मतिना दु


 
Posted on 10-12-07 9:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठे, ठुली, ठुल्दाई, माष्टरनी नानि, कान्छि, लहरे, भउते र बाह्र बर्खमा बल्ल देखिएको यामे लगायत सपैलाई नसम्ते।

नलिखुट्टोको कुरा यसपालि चाइँ भउते बजियाले राउँरो अरो। म त डराइ रा' थिएँ कतै बज्जेले जरिवाना तिर्न परेको झोकमा मै बुडोको नलिखुट्टो पेशर कुकुराँ सुईयss सिट्ठि ला'र गला'र झोल बना'र पिउँछ कि भन्ने!


 
Posted on 10-12-07 9:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नलिखुट्टो पेशर कुकुराँ सुईयss सिट्ठि ला'र 

 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
ढ्याउ गर्दा दसैँको खसी गनाउच
जाडो, बा र म……
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters