[Show all top banners]

Rahuldai
Replies to this thread:

More by Rahuldai
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 "अनुराधा"

[Please view other pages to see the rest of the postings. Total posts: 275]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 NEXT PAGE
[VIEWED 138039 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 14 pages, View Last 20 replies.
Posted on 09-17-07 12:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अनुराधा! मलाई माफ गर, आज तिम्रो कथा भन्दै छु।

माघ फाल्गुण को महिना, जाडो भए नि के गर्ने रोज बिहे बर्तमनको भोज। दिक्क लाग्छ कहिले काहिं त। चिल्लो पिरो खांदा खांदा अनेक रोगले भोग गरि सके। फल्गुण को महिना पहिलो साता मै न बिराई भोज भतेर धाउंदा बिनोतीको पेट खराब भयो र आज को भोज न जान नसक्ने भयो। उफ्! नगैइ पनि न हुने पार्टी पर्यो। हाकिम साहेबकी कान्छी छोरीको बिहे अनि आफ्नै छोरीकी सहपाठी। जान त मलाई मात्र कहाँ मन लाग्या हो र, चिल्लो दिन दिनै खाएछ। देश बिग्रेको कुरा गरिएछ। कस्ले कति भाग बुझाएर कुन चाहि मालदार अड्डा पड्काएछ। कस्ले कति हसुर्यो, कस्ले कस्लाई कति बुझायो। आदि इत्यादि कुनै उपलब्धीमुलक कुरा हुने हैन।

तै पनि जानै पर्ने भए पछि, छोरी र मात्र जाने निधो गरें।
नयाँ बानेश्वर् घर हकिम साहेबको, घर कम्पाउण्ड ठुलै थियो त्यहीं पार्टी गरे हुनेमा एभरेष्ट होटलमा गरे छ, बुढाले। इज्जतको सवाल भनेका होला बुढाले, अकुट सम्पति जोडेको हल्ला पुष्टी गरेका होलान् भन्दै हामी बाबु छोरी बानेश्वर तिर् लाग्यौं।
भब्य पार्टी माहौल, गन्यमान्य देखि सामान्य सबै देखिन्थे। हाकिम साहेब दम्पती ढोकैमा दुइहात जोडेर बसेका, मानौं चुनावमा भोट माग्न बसे जस्तो। औपाचारिक भलाकुसारी गरेर मुख्य पार्टी हलमा के पसेको थिएं, पछाडीबाट कसैले बोलाएको जस्तो लाग्यो।
"राहुले! ओहे राहुले"
पक्का कुन चाहिँ स्कूले लौका पर्‍यो भन्थाने र फर्केर हेरें।
बोलाउने त लौका होइन "आलु" रैछ। आलु अर्थात रमेश। स्कूलको साथी। डल्ले मोटे भाकोले सबैले उस्लाई आलु नै भन्थे।
ओह आलु !कहाँबाट्?
"आलु न भन न मुला, यस्तो ठाउंमा"
हा हा हा! एक् छिन् हास्यौं, दुबै जना।

एक् छिन हामी दुबै अवाक भयौं। आलु संग भेट न भएको नि जुग बिति सक्यो। काठमाडौंकै साथी भए पनि स्कूल सके पछि बिरलै भेट हुन्थ्यो।
२० बर्ष पछि भेट हुँदा हामी दुबै खुशी त भयौं तर मनमा यसले केही न केही गड्बड् गर्छ कि भन्नेर चिसो पसि सकेकोथ्यो।
कुरा हजार थाह हुने, तर केही पनि पुरा थाह नहुने। अनि कहिले कुन परिस्थितिमा के कुरा गर्नु हुन्छ हुंदैन हेक्का नराख्ने आलुको बानी।
अब २ साथीको पुनर्मिलन कार्यक्रम केही बेर चल्यो, छोरीलाई के गरम् के भै सकेको चाल पाइसकेको थिएं । र मैले परिचय गराइदिने हिसाब ले भनें।
"छोरी, यी हुन रमेश अन्कल, १० सम्म सङै पढेका हामी"
नमस्ते अन्कल- छोरीले आफ्नो संस्कार मुताबिकको अभिबादन गरी।
"ओहो मुला ( त्यो आलुको मुखमा झुंडिने शब्द नै मुला), छोरी पनि कति ठुली भै सकेछ, बिहेको भोज नि खुवाउनु न पर्ने?"

"कस्ती राम्री रैछ छोरी त ठ्याक्कै अनुराधा जस्तै, कस्तो काटिकुटी मिलेको भाउजु सङ? अनुराधा भाउजु खै त मुला?"

अघि जे कुरा को डर थियो त्यही भयो। मेरो को सित बिहे भयो, कस्तो छ दाम्पत्य जीवन केही न बुझी बोली हाले आलु।
मैले कसरी संझाउं अब त्यो आलुलाई। बुझेन् भए पो। बिनोती मेरो जिन्दगी हुन्। अनुराधा मेरो जीवन सङ गाँसिएको नाम त पक्कै हो तर कुन सम्बन्धमा त्यो आलुले बुझ्ने छैनन्।
छोरीको मुखराब्रिन्दमा मैले जिज्ञासाका रेखाहरु पढिसकेको थिएं। हामी दुइको ( बाउ छोरीको) केमिष्ट्री मिल्छ र हामी दुबैले एक अर्काको भाव छिट्टै बुझ्छौ।
"अनुराधा" उनले पनि सुनेको नाम हो। तर आज एक जनाले अनुराधाको छोरी नै भने पछि शंका उपशंकाका ज्वारभाटा चल्नु स्वभाबिक नै हो।
मनमा अनेक पकवान पाके, छोरीले के के सोध्ने हुन, मिस-अन्डर्स्टान्डिङ् हुने चान्स् नै हुने। बडो बेमज्जा भो, हाकिम साहेबको पार्टी।
जसो तसो उम्के र फर्किने बिचार गरें। होटल बाहिर् लहरै ट्याक्सी थिए र एुटा सङ मोलतोल गरी घर तिरे लागें।
मलाई थाह थियो, छोरीलाई नि राम्रो लागेको छैन, आलुको कुराले अझै मथिंगल घुमि राख्या होला। चुपचाप् बस्यौं केही बेर। उकुसमुकुस धेरै बेर लुकाउन सकिन्न र छोरीले मुख खोली ।
ड्याडी! त्यो रमेश (आलु) अन्कलले किन मलाई अनुराधा जस्तै भनेको?
अनुराधा भाउजु किन भनेको?
हाम्रै अनुराधा अन्टी त होइन अन्कल् ले भन्न खोजेको?
ड्याडी ! हजुरलाई अप्ठेरो हुंदैन भने, हाम्रो सुन्दर संसार भँडिदैन भने भनिस्योस न अनुराधा अन्टीको बारेमा।
हो, छोरी, उनै अनुराधा अन्टिको कुरा गरेका हुन आलु अन्कल् ले। अनुराधा र मेरो सम्बन्ध के थियो र के छ , पुरै कथा कसैलाई भनेको छैन। मम्मिलाई जो थाहा छ, त्यो पुरै होइन।
घर भाडिन्छ कि भन्ने डर सधैं हुन्छ मलाई। तर आज म भन्छु पूर्ण सत्य। बोर्ड फस्ट छोरी हो मेरो, बुझ्ने र बिष्लेषण गर्ने क्षमतामा छ तिमीमा।
आज बिसौं बर्ष देखि यो सत्य कसैलाई न भन्नु भन्ने कसम खुवाएकी थीइ अनुराधाले। आज त्यो कसम तोड्दै छु।
अनुराधा! मलाई माफ गर, आज तिम्रो कथा भन्दै छु।
क्रमश:
***********************************************************************
भाग २

ट्याक्सी घर छेउमै रोकियो । छोरी अब ड्रेस चेन्ज गरौं अनि चिया खांदै" अनुराधा " भनौला हुन्न ?
छोरीकोले बाबाको कुरा हुन्न भन्न जानेकै छैन र भावबिभोर् भएर टाउको मात्र हल्लाई।
सन्चो न भएकीले बिनोती निदाइ सकेकीले मलाई केही सजिलो भए जस्तो लाग्यो। हुन त अनुराधा बिनोतीको लागि पनि खुल्ला किताब सरि नै थिई। तै पनि प्रसंग र बिषयनै अलि असहज हुन्थो नै।
चिया पकाई मेरो अध्ययन कक्षमा भेला हुने संकेत गरें।
खाना खाइसके पछि चिया खानै पर्ने अनौठो बानी मेरो। छोरीको हातको चिया, स्वादले भन्दा पनि स्नेहले मीठो हुने हुन्छ।
'चिया तयार भो ड्याडी'
"अब सुनाइस्योस् कथा अनुराधाको"
भाषा र शैली नक्कल गर्छे अचेल मेरो।
लौ सुन कथा अनुराधाको-
अनुराधा संग मेरो कस्तो कुन किसिमको संबन्ध थियो-थिएन,छ छैन तिमी आफै निर्क्यौल गन सक्छौ, यो कथा सुने पछि।
अनुराधा, मेरो बाल्यकाल देखिको सहपाठी।
मैले कक्षा १ पढ्दा देखि चिनेको, देखेको।
निकै जेहेन्दार र प्रतिभाशाली छात्रा।
एक् कक्षा देखि लगातार प्रथम भएकी ७ सम्म। हामी सम्पूर्ण सहपाठीहरु उनको प्रतिभा संग नतमस्तक थियौं। म त क्लास भरिका डेन्जर जोन मा पर्ने, नितान्त कमजोर् र गुमनाम थिएं।
आफू पढाइमा कमजोर भएर हो कि अथवा अलि भावुक भएर हो कि पढ्ने होनहार मित्रहरुमा मेरो आदरयुक्त संबन्ध हुन्थ्यो। मनको कुनामा त्यो बार्षिक उत्सबमा दिइने पुरस्कार आफुले नि थाप्न पाए हुन्छ जस्तो लाग्थ्यो।
५-६ पढ्दा अलि पढाईमा राम्रो जस्तो के भाथ्यो, गरिबी माथी आपत्तिले नमीठो लात हान्यो। भात जोड्न पनि गाह्रो भयो।
"यो कथा त मैले पहिले नै भनी सकें नि याद होला नि?"
""हो ड्याडी याद छ, अहिले पनि पढ्ने गर्छु, पिताजीको सुनको तक्मा, साझा ब्लग मा, प्रेरणाको पुन्ज हो त्यो।"
(http://sajha.com/guild/read.cfm?guildid=440, http://sajha.com/guild/read.cfm?guildid=441)
म फेरि अगाडि बढें।
त्यो स्कूलमा पढ्ने अधिकांस बिद्यार्थीहरु त्यही टोल् वरिपरिका नै हुन्थे। अनुराधा पनि हाम्रै टोलका।
एउटै क्लासका।
तै पनि कुनै खास संबन्ध थिएन। मात्र मेरो लागि फस्टगर्ल, भयन्कर पढन्चे।

७ सम्म पुरानो टोलको स्कूलमा पढियो, कहिलेइ स्याबासी पाउने बिद्यार्थी हुन सकिन। अनुराधा हमेसा झै पहिला नै भइन।
अब माध्यमिक तह पढ्न अर्को स्कूल भर्ना हुने क्रममा परम्परा अनुसार बिश्वनिकेतन जाने मैले नि निधो गरेको थिएं। दाइले अन्तै भर्ना गरिदिने सूर कसे नि मैले त्यो स्कूल झूर छ भनेर बिश्व निकेतन रोजें। संयोग बस भर्ना हुने क्रम:मा मैले आफ्नो नाम दर्ता गराउंदा म भन्दा ठिक अगाडी अनुराधा भर्ना भएकी । मलाई थाह थिएन।
नयाँ स्कूल नयाँ साथीहरु, अनि पुराना केही मित्रहरु। पहिलो दिन को पहिलो हाजिर् पछि थाहा पाएं अनुराधा ७२, म ७३ रोल क्रम मा।
पाप न लुकाई भन्नु पर्छ, मैले। म अलिकति यसमाने मा खुशी थिएं कि हाम्रो स्कूलको सबै भन्दा पढ्न सक्नेको पछाडी बसेर जाँच दिंदा म जस्तो चानचुने स्टुडेन्टलाई बम्पर् उपहार परे जस्तो हुने भो भनेर।
भयो त्यसतै। त्रैमासिक परीक्षाहरु देखि फाइनल सम्म जांचको सीट प्लानमा म उन्कै पछाडी परें। मैले "अनु" ( सबै जनाले नौ मात्र भन्ने गर्थे अनुराधालाई), मलाई त्यो आएन देखाउ न भन्थें। देखाउंथी, म सार्थें।
के गर्नु, भात जोड्ने उपक्रममा पढ्ने फुर्सद बिरल्लै पाउनु अनि त्यसमाथी महा गोबरगणेश मार्का बिद्यार्थि। सार्नै पर्यो। चीट चोरेको चाहिँ होइन नि फेरि।
छोरी हास्छे, एकै छिन।
यस्तो मार्मिक कुरालाई नि कति सहज पाराले भनिसिन्छ, ड्याड्डिले।
"यो सबै तिम्रो मम्मिको कमाल् हो"
अर्को कुरा त्यो क्लास भरि बिभिन्न स्कूलबाट प्रथम द्वीतिय भएर आएका होनहारको भरमार उपस्थिती थियो। तर ती मध्ये "अनु" लाई नै सबै मास्टरहरुले प्रथम हुने भबिष्यबाणी गरेका थिए।
रिजल्ट भो। अचम्म भो। "अनु" यसपल्ट प्रथम भइनन्।
क्रमश:
***********************************************************************
भाग ३

यसपाली "अनुराधा" प्रथम भइनन्। एक अंकको झिनो अन्तरले राहुले प्रथम भयो। सात बर्ष सम्मको लगातार प्रथम हुने क्रम रोकियो। दुखित पक्कै भइन होली, म बुझ्न सक्थें। कहिं न कहिंको झारपात अघि बढ्यो। मैले दाइको तर्फबाट एक् जोर सुट हात पारें।

नयाँ सत्र सुरु भयो। हिजो को राहुले आज
फस्टब्वाय भयो। भाउ बढ्यो। हिजोको निर्बाचित मनिटर अब आजीवन मनिटर भयो। सबै सर् मिस् हरुको केन्द्र बन्यो।

हेडसर् बाट् बोलावट भयो, तिनै सेक्सनका प्रथम र द्वितीय हुने सबैलाई। ज्ञान गुणका कुरा गर्नु का साथै सक्दो सहयोग गर्ने वचन दिनु भयो। स्कूलको इज्जतको लागि र आफ्नो भबिष्यको लागि अझ मेहनत गर्नु पर्ने सुझाब दिनु भयो।

स्कूल भरि हामी दुइ को चर्चा हुन थाल्यो। चर्चा यस मानेमा हामी कि दुइजनाले आर्जित अंकको परिमाण अरु सेक्सनका प्रथम द्वितीय हुनेहरु भन्दा निकै भारी थियो र बोर्ड हान्न सक्ने प्रारम्भिक आंकलन गरियो। तर मलाई भने त्यो प्रथम पदवी बोझ हुन थाल्यो। पहिलो कुरा त म आफूलाई त्यो प्रथम स्थानको लागि योग्य मानेको थिएन। अनुराधा मेरो अगाडि धेरै नै योग्य र प्रथम हुने प्रतिभा भएकी एक मात्र थिइन। उनैको सहयोगमा परीक्षा पार गरेको मात्र न भई अन्तर पनि १ अंकको झिनो थियो। त्रास, भयले आक्रान्त थिएं। भोलिको प्रथम पद सुरक्षित छैन । यसरी अनिश्चित मन र अध्यारो भबिष्यका साथ दिनहरु बिते। आफ्नो इज्जत जोगाउने प्रयास गर्दै रहें। तै पनि पर्याप्त समय म संग थिएन। लाग्थ्यो दिन २४ घण्टाको होइन, ४८ घण्टा को भए कति जाती हुंदो हो। भात जोर्नलाई हात जोड्ने बाध्यता थियो। त्यो जिम्मेवारीबाट उम्किन सकिन्नथ्यो र मिल्दैनथ्यो।

सोचेको थिएं, अनुराधा म संग चिढिएकी हुनु पर्दछ, अजय यात्रामा पूर्ण बिराम लगाउने ध्रिष्टता जो म बाट भयो।
तर मेरो सोचाइ बिपरीत अनुराधा निकै शालिन र सहयोगी भेट्टाएं। उन्मा कुनै किसिम को बैर भाव देखिन। प्रथम गुमाएकिमा कुनै किसिम को नैराश्यता देखिन। डर् थियो, प्रतिस्पर्धी को रुपमा अझ बढी आक्रमक हुने हो कि भनेर। निश्चय पनि उनको बौद्धिक क्षमता म भन्दा अब्बल दर्जाकै थियो। मेरा कम्जोर पक्षहरुलाई उघारि दिन्थी र यसो गरे राम्रो होला भनेर सुझाब् दिन्थी। यसरी हामी प्रतिस्पर्धी होइन कि सहयोगीको रुपमा अघि बढ्यौं।

शैक्षिक सत्र सकियो। पुन: अनुराधा दोस्रा भइन तर उच्च अंकका साथ। यसरी अनुराधा संग घनिष्टता बढ्दै गयो। स्वाभाबिक छ, स्कूलको प्रतिनिधित्व गर्दै कतै जानु पर्‍यो भने हामी दुइ जना नै हुन्थ्यौं। नजिकका प्रतिस्पर्धीहरु हामी भन्दा एक बित्ता पर नै थिए। त्यसले पनि धेरै को मुटु जल्न थालेको थियो। एक अर्कामा सहयोगी भएकोमा पोल्न थालेको थियो। संगै हिड्छन् रे, एक ले अर्कोलाई सिकाउने गर्छन् रे।
चर्चा ले बजार गरम भयो। तर हामी दुइमा त्यसको कुनै असर भएन। पाप चिताए पो पस्चाताप गर्नु?
निस्वार्थ सहयोगीलाई नाम, उपनाम, सर्बनाम धेरै दिए। कसैले यिनीहरुको "लभ" परे भने, कसैले के के?
भन्नेहरुको मुख थुन्न सकिन्न र मनको कालो धुन सकिन्न।
अनुराधाको लक्ष कहाँ सम्म थियो मलाई थाहा थिएन तर मेरो लक्ष एस् एल सीको बोर्ड भैसकेको थियो र त्यही लक्षको प्राप्ति तिर मेरो तन मन थियो। कसै सित मन दिने लिने न त मसंग फुर्सद थियो न त आफ्नो लक्ष थियो।
संभवत एस् एल् सीमा ३ उत्क्रिष्ट छात्राहरुमा अनुराधाको आँखा थियो। त्यसैले यी बाजारु हल्लाहरुलाई बेवास्ता गर्दै हामी सल्लाह गर्दथ्यौं।
तर पकाउने ले अनेक खिचडी पकाइ सकेका रैछन्। बेखबर थियौं हामी। हाम्रै क्लासमा अनुराधाका भाइहरु पनि थिए। घरमा उजुरी हाली सकेका रैछन्। घर टोल एक, स्कूल एक, स्कूल लाग्ने समय एक भए पछि बाटोमा भेट हुनु पनि नियोजित भएछ। सधै भेट हुने अनुराधा त्यो दिन भेटबाटोमा देखिन मैले। सोचें चाँडो गइन होली। स्कूल पुगें, अनुराधा आइनन्। सोचें, सन्चो भएन होला। कहिलेइ अनुपस्थित भएको रेकर्ड न भएकी, उनी क्लासमा नहुंदा सर मिस हरुले मलाई सोध्न थाले। मलाई कुनै जानकारी थिएन।
केही बिषेश पर्‍यो होला भनें। भोलिपल्ट पनि "अनुराधा" स्कूल आइनन्।
क्रमश:

Last edited: 17-Sep-07 12:42 PM

 
Posted on 11-02-07 6:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Rahulvai Jee,

                       Really nice. Waiting for other parts. I hope part 13 &+--will be  longer than 12.


 
Posted on 11-02-07 9:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"बहुमतले हात उठाउदैमा पास हुने कुनै बिधयक होइन, जीवन र प्रेम। मन कुनै संसद होइन, बहुमतको कदर गर्नलाई। "
 
Posted on 11-03-07 10:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मज्जाले पढियो, तर किन छोटो छोटो भाग हौ? कमसेकम एक भाग पढ्दा च्येट्ट धीत मर्ने गरी पढ्न पाए पो - यस्सो उत्सुकता बढ्दै बढ्दै जाने, अनि फ्याट्टै "क्रमश:" मा ठोक्किने के - यस्तो सँजाय किन ?


 
Posted on 11-05-07 8:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

उफ्री जी,
ब्यस्त र अस्तब्यस्त दुबै भएकोले छोटो भाग हुन पुगेकोमा माफी चाहन्छु। छिट्टै नै अर्को भाग पस्कने जमर्को गरौला। धेरै न आत्तिनुस् न, हतारमा कतार गएर दुख पाए जस्तो भयो भने बर्बाद हुन्छ फेरि।


ठुलदाई, तारेमाम्,
तपाईहरुको आदेश शिरोपर छ।

ब्रेन_मालफन्शन जी,
टिप्पणीको लागि धन्यबाद तर त्यो टिप्पणी को अर्थ बुझ्न सकिन।

चना जी,
यो सजायँ होइन, बाध्यता र सीमाको घोचाइ मात्र हो। आफै पनि छिट्टै सक्याउनु पाए हुन्थ्यो भन्नेमा छु। लम्बिदै गयो छोट्याउंदा छिट्याउदै पनि।


 
Posted on 11-05-07 4:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अनुराधा
भाग १३

 

अनुराधा को घर नजिक पुग्दा झन मुटु फुलेर आयो। कहिं कतै अनर्थ हुने त होइन? को को भेट्ने हुन् बाटामा, के भन्ने हुन्? मनमा "धौबजी" ( दहि चिउरा) खेल्न थाले। संयोग बस, घरकै दैलोमा भेटें, भरिएको गाग्री सहित। लाग्यो साइत परे छ।

"अनु, म शनिबार दिल्ली उड्न लागेको, इलाहाबाद जानको लागि। घरमा सानो जमघट छ, निम्तो दिन आएको।"


"भोलि ५ बजे तिर आउनु नि।"


उस्ले सहमतीको टाउको मात्र हल्लाई र "हुन्छ" भन्ने एक शब्द मात्र।
मानौं त्यहाँ दोहरो कुरा कानी गर्न मनाहि छ। अथवा त्यो उपयुक्त समय र स्थान होइन।


स्कूलका र कलेज पढ्दाका नजिकका सबै जसो मित्रहरुलाई निम्ता गरें। गरीबखानामा के को  पार्टी हुनु, मात्र  म:म:  र अचार अनि गफगाफ। केही पुराना कुराहरु सम्झियौं। केही भबिष्यका सपनाहरु बुन्यौं।
सबै जस्तो आए, रमाए। अनुराधा पनि समय मै आई। थोरै बोल्ने अनि गम्भिर स्वभाब सबैलाई थाह थियो नै। कसैले मन बिझ्ने, खातबसेको घाउ चहराइ देला भन्ने शंका थियो । तर "आलु" अंकललाई जानाजानी न बोलाएकोले त्यस्तो परिस्थिति आएन।


पार्टी सकियो। फर्किने क्रममा सबैले बधाई दिदैं चिठ्ठी पत्र लेख्न भने। अनुराधाको आग्रह पनि त्यति मात्र थियो।


इलाहाबाद पुगे  पछि होस्टल पाए पछि सबैलाई पत्र लेख्ने वाचा गरें।
अहिले भएको भए इमेल ठेगाना दिए पुग्थ्यो, त्यतिबेला कम्पुटर भन्ने नै दुर्लभ चिन्तमणी झोला जस्तो थियो।


त्यसो त मलाई इन्जिनियरिङ् पढ्ने रहर थिएन। आफ्नो लक्ष पनि थिएन।

"मैले पहिले नै भनि सकें होइन, छोरी? कसरी किन मैले मेडिकल पढ्न पाइन वा सकिन।"


"हो ड्याडी, इट् वाज अ साड स्टोरी।"


त्यसैले पढाईको लागि जाँदा मलाई खासै उत्सुकता र बिषेश माहौल लागेन।
पढ्न भनी गुण्टा कसी गइयो। पहिलो पल्ट कुनै जहाज चढेको। दिल्लीको हवाइ अड्डाबाट् निस्कने बित्तिकै चिम्नी भट्टामा झोसे जस्तो अनुभव भयो। गर्मी भनेको के हो भन्ने बल्ल थाहा पाएं।

दिल्लीको २ दिने सयर पछि इलाहाबाद गएं, नौलो ठाउं, नौलो परिबेश। पुगेकै दिन बिषेश खालको स्वागत पाइयो। भारतिय कलेजहरुमा हुने गरेको र्‍यागिङको नमीठो झापड खाइयो। बलिन्द्र आशु झार्दै घर सम्झे, आफन्त सम्झे।
"त्यो कथा नि कुनै दिन भनौला।"


रजिस्ट्रेशन संग संगै होस्टल पनि मिल्यो, भोलि पल्टै।
 सेशन सुरु हुनु अझै २ दिन बाकी थियो। त्यसैले सबै मित्र तथा आफन्तहरुलाई होस्टल को ठेगाना सहित पत्र लेख्न थालें। तर अनुराधालाई लेखिन। केटा मान्छेको पत्र त्यो पनि मेरो, त्यसले ठुलै काण्ड मच्चाउन सक्छ, मेरो ब्रम्हले सुस्तरी भन्यो -" सबैलाई लेख तर अनुराधालाई न लेख"

तर अनु ले मेरो ठेगाना पाउन जरुरी थियो। उनको मनोभावहरु प्रकट गर्ने चाह् मैले पढेको छु, उनको अनुहारमा, ब्यबहारमा।
कति सत्य, कति तथ्य  भन्न न सकिने तर लेख्न सकिने हुने हुन्छ।
त्यसैले एक जना मित्रलाई मेरो ठेगाना मात्र दिइ दिन अनुरोध सहित पत्र लेखें।
त्यसको करिब एक महिना पछि अनुराधाको पत्र "पटेल होस्टल रूम नं ९१" मा आइपुग्यो।
क्रमश:

Last edited: 05-Nov-07 04:39 PM

 
Posted on 11-05-07 4:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दाई, एउटा कुरा अलि खल्लो लाग्यो यो भागमा!

तपाइँको घरको सानो पार्टीमा अनुराधाको आगमन हुनु, तर अनुराधा प्रत्यक्ष हुँदाखेरीको केहि बयान नआउनु! निम्तो दिएर भोलिपल्ट बेलुकि तपाइँकहाँ आउने कुरा गरेको उल्लेख गरेर, भोलि पल्ट अनुराधा समेत भएको पार्टीमा खासै घटना केहि नघटेर नलेखिएको हुन पर्छ, तर पनि कथाको शिर्षक जसले जन्मायो उसको उल्लेख त्यति बेला बढि देखिएन जतिबेला कथाको ठुलो मोड आयो। ठुलै मोड हुन पर्छ यो मेरो बिचारमा, तपाइँ नेपाल छाडेर इलाहाबाद जाने समय , र यस्तो समयमा घटना केहि नभए पनि भावनाहरु केहि हरफ लेखिनु पर्ने हो जस्तो लाग्छ मलाई। अनुराधालाई निम्तो दिएर फर्केको समय देखि, इलाहावाद जाने प्लेन चढेर दिल्लि हुँदै इलाहाबाद पुगेसम्ममा! कस्तो आँधिबेहेरी थियो तपाइँको मन मा? के के तर्कना हरु आए इत्यादी!


 
Posted on 11-05-07 4:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:)

 थ्याङक्यु राहुल्दा !!  अस्ति कुनचै मा  अनुराधालाइ  हल्का रुपमा प्रस्तुत गरेकोले  स्टोरि पढे पनि प्रतिक्रिया चै नलेखी बसेकिम--- आज चै चित्तबुझ्यो


 
Posted on 11-05-07 4:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो हो बिर्खे, मलाइ नि ह्याँ नेर अलि खड्कियो, यो जमघटको निम्ति बोलाउन जाँदा, र जमघटको बेलामा भएका भलाकुसारी, आँखाको इशारा, अनुहारको हाउभाउ आदिबाट थुप्रै कुराहरुको आदानप्रदान हुनु पर्ने हो है, त्यो कुरो "मिस्सिङ" भो जस्तो लायो । हतारमा भात गोद्दा तिउनको स्वाद बिर्सिदो रैछ, हतार नगरुम ठुलदाइ, बिस्तारै ।

 

तर जे होस, अर्को भाग चाहि धमाकेदार जाओस है ।


 
Posted on 11-05-07 5:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Rahulvaiji,

Nice going!! Quite interesting !!

I am confused. Why was Anuradha unable to reply what actually had happened as she said she would tell later on (अनुरधा भाग-९)? What made Anuradha forced to come in party (she was even uncomfortable to talk to Rahulvai while they met) or she came in party to prove that there was nothing between you two. If so, why couldn't she prove it to her family? 

Rahulvai's family might also have started commenting the same way as her family did. The story would have been beautiful with that part too. While I read, I felt like Rahulvai tried to hide things that made episodes short. 

I hope Rahulvai will elaborate the consequences more to clarify my confused head  

Eagerly waiting for next episode.


 
Posted on 11-05-07 5:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

   rahulda

Keep on writing, don’t hide anything  hai   ,don't be afraid of  your daughter's  mother 

 नेप्चि सिस  सन्चै हजुरलाइ ?


 
Posted on 11-05-07 6:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

miss sis....I am fine, how about you and family?

haha...everybody is suspicious that Rahulvai is afraid of his daughter's mother. Poor mother !! She knows nothing.

 


 
Posted on 11-05-07 6:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Rahul da,

Please anuko chitthi ali detailma lekhnu la ani aru kura pani. jyu la?

 


 
Posted on 11-05-07 6:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 sis,

we are good  ..thankyou :)


 
Posted on 11-05-07 7:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Waiting for next episode eagarly, Rahul Ji.

Thanks for nice piece of writing.


 
Posted on 11-05-07 8:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I really like this story but why this story ends like Soap programs? Rahul Dai, how long do you think it is going to be.. ? It's hard to wait for another episode everytime.


 
Posted on 11-06-07 12:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आदरणीय पाठकहरु एवं शुभचिन्तकज्यूहरु,


"अनुराधा" लाई ध्यान दिएर, अमुल्य समय खर्चेर पढिदिनु भएकोमा अभार ब्यक्त गर्न चाहन्छु। अझ

त्यो भन्दा पनि एक पाइला अघि सरेर टिप्पणी स्वरुप आ-आफ्ना भाव पोख्नु भएकोमा धन्यबाद।


"अनुराधा" प्रेम कहानी नभईकन जीवन कथा भएकोले सत्य-असत्य प्रेम प्रसंग लाई महत्व  न दिएको

स्पष्ट गर्न चाहन्छु।


आउदो भागमा अनुराधाको चिट्ठी खोल्ने प्रयाश गर्ने छु। लाग्छ, धेरै को खुल्दुली यसले मेटाउने छ।

 चिट्ठी खुल्ने समयको प्रतिक्षा गरौं।


तारेमाम्।

Last edited: 06-Nov-07 12:54 PM

 
Posted on 11-06-07 1:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

waiting for the letter.
 
Posted on 11-06-07 1:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


लन्च ब्रेक लाई सदुपयोग गर्दै अनुराधा पढ्ने मौका पाए, बिर्खे जी ले भन्या जस्तै मलाई पनि अनुराधाको पार्टीमा आगमन पछी को त्यो माहौल, भये गरेका घटना बस्तु को पनि हेक्का राख्ने प्रतिक्षा थियो तर पुरा भएन
धेरै धेरै धन्यवाद राहुलदाइ
त्यो कलम यसरी नै चल्दै जावोस सधैं


 
Posted on 11-13-07 2:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

kina ho arko bhaag ta aayena ni ....
 
Posted on 11-26-07 5:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुर्दा कुर्दै हैरान हैरान छु ।

 

चिठ्ठी खुलेन चिठ्ठी खुलेन

राहुलदाको अनुराधाको चिठठी खुलेन

 

सुसु --- सु सु सु --- (सुसेलेको है यो चै)


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
TPS Re-registration case still pending ..
मन भित्र को पत्रै पत्र!
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
TPS Work Permit/How long your took?
Breathe in. Breathe out.
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
शीर्षक जे पनि हुन सक्छ।
Travelling to Nepal - TPS AP- PASSPORT
Nepali doctors future black or white usa ?
Doctors dying suddenly or unexpectedly since the rollout of COVID-19 vaccines
Morning dharahara
Another Song Playing In My Mind
TPS Renewal Reregistration
nrn citizenship
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters