[Show all top banners]

Pretty
Replies to this thread:

More by Pretty
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ** चौतारी ३१ **

[Please view other pages to see the rest of the postings. Total posts: 387]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 NEXT PAGE
[VIEWED 103259 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 20 pages, View Last 20 replies.
Posted on 11-15-06 11:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी! चौतारी!!चौतारी!!!

सम्पूर्ण चौतारीका गाम्लेहरू तथा शुभचिन्तकहरूलाई न्यानो अभिवादन

उकाली-ओराली, हिउँद-गृष्म, दशैं-तिहार गर्दै, हाँस्दै-खेल्दै, ठट्टा गर्दै चौतारी तीसौं भागमा आईपुग्दा नयाँ पुराना गाउँलेहरू तथा शुभचिन्तकहरूको न्यानो माया, सद्भाव र शुभेच्छा पाएर द्रुत गतिमा प्रगतिपथमा लम्कँदै गइरहेको छ। चौतारीको निरन्तरता साझा मैं एक अभूतपूर्व कीर्तिमान हो भन्नु अत्युक्ति नहोला। नेपाली जनजिब्रोलाई माया गर्ने, नेपालीपनमा रमाउने र एकअर्का प्रति बन्धुत्त्व, सद्भाव एवं मेलमिलापको दृष्टीले हेर्ने सबै नेपालीका लागि चौतारी एकताको अनुपम नमूना हो। चौतारीमा पाल्नुहुने गाम्लेहरूको प्रयोग गर्ने नाम र चौतारीको नाम प्रथम पृष्ठमा राख्ने जमर्को गरेको छु। अरू पनि थुप्रै गाम्लेहरू हुनुहुन्छ जस्का चौतारीको नाम जुरेको छैन, तिनका नाम अन्त्यमा राखेको छु। साथै हालसम्म चूपचाप रमाईलो मानी चौतारी पढिदिनेसाथीहरूलाइ पनि यसमा भाग लिई चौतारीको रौनक बढाईदिनुहुन अनुरोध गर्दछु।
Nepe – नेपे दाजी, Birkhe_Maila – जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेद, Kick – काका, GautamB. – गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute – भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – आइते, जंगे, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me – मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मु्न्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरितालिका, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्यासे - च्यासे पिकरेली, काने, मुखियाबा सुर्जे, नयाघरे, पहालवान, याङ्गे, नटे, लन्लि, समिर, बेमानि ,आशे, परदेशी, पानपाते ,हर्के, बिनोदे , याक्कु, राधा, हिते ,नारने, झाक्री,पिरो मरिच,परबर् ,राते ,कटरिना, रामे, माने, हिमाल, आदी......





ल अब दिप ज्योको कवितासँगै चौतारी शुरू गरौं।
कतै घामको राप छ
कैले कामको चाप छ
सुस्ताउँदा बतास बोलाउछ
आफ्नो भन्नु आफ्नै हो
मेरो साथी यै चौतारी बनेको छ


मनमा अपरीचित छाप छ
कल्पनामा कसैको बास छ
अपरीचित लाइ चिनाउँछ
उस्लाइ पनि बोलाउँछ
मेरो साथी यै चौतारी बनेको छ

कतै अतितको सन्ताप छ
कतै ओइलाको साहास छ
पात पातमा यस्को मल्हम छ
उत्साह्को गीत सधै गुन्गुनाउँछ
मेरो साथी यै चौतारी बनेको छ

कैले जाडोको त्रास छ
कैले न्यानोको आस छ
सिरक बनेर बस्छ
घामलाइ ब्यानै देखि बोलाउँछ
अफ्नो भन्नु आफ्नै हो
मेरो साथी यै चौतारी बनेको छ




 
Posted on 11-16-06 8:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हरीतालिका, मास्टर्नी दिदीलाई शुभप्रभात!

गुरूदेव, नमस्ते! चौतारीमा तपाईलाई स्वागत छ।एकैछिन विश्राम मात्र हैन, ट्याम ट्याममा आउँदै गर्नुहोला। अनि तपाई त दमक गाउँ (Denmark) तिर हुनुहुन्छ जस्तो लाग्यो, हैन र?
 
Posted on 11-16-06 8:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चित्रे मेरो सबै ठिकै छ । तपाईं को के छ नि हाल चाल । बिजी हुँदै मा हामीलाई वीरस्न पाइन छ कि क्या हो ।
 
Posted on 11-16-06 8:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 11-16-06 8:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यामे, दादा, कुम्ले ब्रो, चित्रे, ठुली, हरि अनि गुरुदेवलाइ जदौ टक्र्याए है ।
..........................

लौ है केटाहरु ति मोराहरुलाइ त समाउनै पर्छ, त्याँ माथि त बताउनै बिर्से, त्यो २२३९ रुपैयाँ त साउले मेरो तलबबाट कतिहाल्यो नि, कसरी गाम आइपुगे मुलाइ मात्रै था'छ्, मौका मिले बताम्ला कुनै दिन्!
..........................

तेइ त भन्या मिस् म त फिर्ता आए, यसपाली छैठौ चोटि ट्राइ मार्नु परो, एक न एक चोटि त कसो ननिस्केला मेरो लमबर नि गोर्खापत्राँ, प्रिन्ट मिस्टिक नभइकन्!
..........................

अनी गुरुदेव्, स्वागत छ चौतारीआँ, चित्रेले भन्या जस्तै बेला बेलाँ आइ रहनुपर्छ है । तपाईं त कम्प्युटर सफ्टवेरसँअ खेल्न खतरा हुनुहुन्छ भुन्ने सुनियाथ्यो, यस्सो चौतारीआँ स्थाइ रुपाँ बसे हामीलाइ नि सहयोग हुन्थ्यो!
..........................

ठुली हाम्ले चाँही बिर्स्या छैनौँ है !
 
Posted on 11-16-06 8:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारीआँ बिहान बिहानै रमैलो भ र'च
 
Posted on 11-16-06 8:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मिस्, ग्वाचे, यामे, दादा, कुम्ले ब्रो, चित्रे, ठुली, हरि अनि गुरुदेवलाइ जदौ टक्र्याए है ।

हा हा हा!! ग्वाँचे, क्या बोर भएछ नि!
कुन चाँहि मोराहरु रे'छन् त्यस्तो अर्नी? एक एक लाई समात्नुपर्छ। :पि

नाइस् वन्!!!
 
Posted on 11-16-06 8:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमेलाई नि जदौ, अनी गुरुदेव्, स्वागत छ चौतारीमा।
 
Posted on 11-16-06 8:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठूली, मैले तिमीलाई कहाँ बिर्स्या छु र? चौतारीमा आउने बित्तिकै तिमीलाई नै खोज्छु ।;) नपत्याए अरू गाम्लेहरूलाई सोध न।

लौ गाम्ले हो, आज नि कथा, प्रति-कथा, कविता, दोहोरि-तेहरि-अनेकथरि कविता, गीतहरू जाओस् न त।:)
 
Posted on 11-16-06 9:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

miss-me: के छ चित्रे भाइ?
world_map: चौतारीपनि कस्तो सुन्सान् मिस् दि
miss_me:ल हामी चौ नि
world_map:ल ठुलि छैनिन् नि त्
*************************************
के छ सान्नानी अनि नमेजीको हाल्खबर् ?
 
Posted on 11-16-06 9:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए ठुली!! के भनेकी तिमीले हाम्रो चित्रेलाई?
चित्रेले तिमीलाई बिर्सियो रे?? त्यस्तो हुनै सक्दैन

हिजो दिउँसो १२ बजे तिमीलाई सम्झेको थियो, खाना खाएको बेला, ठुलीले खाना खाइन कि खाइनन् भनेर, तिमी कफी पिउनै ब्यस्त थियौ।

त्यसपछि उस्ले बेलुका समुन्द्रको तिरमा बसेर सुर्यास्त हेर्दा तिमीलाई सम्झेको थियो, तिमी छाता ओढेर लन्च खान जादै थियौ।

राती सपनामा नि देखेको थियो, त्यो बेला तिमी टिभीमा नयाँ नयाँ गानाहरुको भिडियो हेरिरहेकी थियौ।

अब मलाई थाहा छैन है त्यो सबै गरिरहेको बेला तिमीले चित्रेलाई सम्झिरहेकी थियौ कि थिएनौ तर उस्ले चाँहि खूब सम्झेको थियो। मलाई त चित्रेले सबिस्तार भनेको भएर मात्र उस्को कुरो थाहा भाको।
:पि

चौतारीमा नयाँ आउने गुरुदेवलाई स्वागत छ है!!

नमे अभियन्ता के छ यार!!

के छ सान्नानी हाल्खबर् ?
 
Posted on 11-16-06 9:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धेरै धेरै भन्यबाद world_mapजी । हजुर म denmark बाट, अनी तपाईंको बसो बास चै कता हो कुन्नी ??
 
Posted on 11-16-06 9:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन हाम्रो पून्टेदाई हिजो लोटरीको कुरो उठेदेखि बेपत्ता छन, कता लागेचन, न कहिं मालामाल पो भै सके क्याहो, हिजो जिते दिन पर्च है भनेर मगिहालियो, अब दिन पर्च भनेर हराका त हैन होल नि :P

चौतारीमा नयाँ आउने गुरुदेवलाई स्वागत छ है!!

नमे अभियन्ता के छ यार!!

के छ सान्नानी हाल्खबर्?
 
Posted on 11-16-06 9:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मिस लाई त हाजिर भन्नै बिर्सेछु, खै आफुलाई त रोल नम्बर पनि दे'को हैन मिसले :(

नमस्ते टक्र्याएँ है
 
Posted on 11-16-06 9:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए ठूली, मैले तिमीलाई कसरी भुल्न सक्छु, सम्झिरहन्छु दिन रात
साझा चौतारीको वरिपरि ढकमक्क फुल्ने तिमी फूल भए म पात
मिसले भने झैं तिमीलाई नै खोज्छु, म यो भन्छु राखी छातीमा हात
कुम्लेलाई पनि थाहा भैहालेछ, मेरो दिनचर्या र भित्री मनको बात :P ;)
 
Posted on 11-16-06 9:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गुरूदेव, म चैं बेलाइत भन्दा पश्चिमपट्टीको टापूको दमौली(dublin) भन्ने गामबाट हुँ।मेरो चौतारीको नाम चैं चित्रे हो। पहिलो पेजमा सप्पै चौतारीबासीहरूको username र चौतारीको नाम लेखिएको छ, त्यो हेर्दा हजूरलाई सजिलो पर्थ्यो कि भन्ने लाग्छ मलाई ।

नमे, सान्नानी, कुम्ले लाई जदौ।
 
Posted on 11-16-06 10:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आई याम् फाइन् मिस्, कुम्ले अनि हरि। हजुरहरु नि?

हो हो चित्रेको कुरा ठिक् हो ठुली, हाम्रो चित्रेलाई दोष नलाउ न, तिमि पनि। :P
 
Posted on 11-16-06 10:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 11-16-06 10:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सानानी आ थिन्क यु आर माइ फ्रेइन्द । यु सुद सपोत मि । नत चित्रे । :(
 
Posted on 11-16-06 11:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो हो चित्रेजी, मै लाटो परेनी । काला अक्छर भैंसी बराबर, नील अक्छर अकास् बराबर । मैले ध्यान दीएर बढीनछु । अनी साची चित्रेजी, यो चौतारीको नरन्को नाम चै कसरी पाहीन्छ हँ?
कुनै दक्छीना चढाउनु पर्छ की, आफैले दीनेकी?

माफी पौ है, म चै अली अली नया परे, र फेरी मसँङ चौतरीको सबै पृष्ट पढ्ने समय पाहेकै छैन। म पड्छु तर बीस्तरै बीस्तरै, आराम् सङले। हतार् गर्नु हुदैन, यो आखीर् चौतरीनै हो।
 
Posted on 11-16-06 11:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाजिर गर्न अलि ढिला भयो आज । जदौ गाम्ले दाजु भाई , दिदि बहिनि हरुमा यो आस्थाको।
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
ढ्याउ गर्दा दसैँको खसी गनाउच
जाडो, बा र म……
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters