crazy_love
Replies to this thread:

More by crazy_love
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 My first love letter

[Please view other pages to see the rest of the postings. Total posts: 260]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 NEXT PAGE
[VIEWED 103429 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 13 pages, View Last 20 replies.
Posted on 10-05-07 1:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो इस्कुलको साथी थी। मिल्ने साथी भन्नु पर्ला। अरु बेला त होइन, उसको लवरलाइ मुक्तक र कबिता लेख्नु पर्दा मलाइ खुब चेपारो घस्थी। उमेरको कारण होला उ कुकुरको पुच्छर् चाहि होइन, हाम्रो इङ्लिश पढाउने बुढो सरको नाको लामो सेतो रौं हेरेर मरिमरि हाँस्थी। क्लासमा हामी त्यो सरको कानबाट निस्केको रौँ हेर्थ्यौं र भित्र आगो लागेर कानबाट धुँवा निस्केको कुरा कल्पना गर्थ्यौं। त्यो मोरीको दिवानाहरु चाहि घर देखि इस्कुल सम्म हुन्थे र बाटोमा पनि बोलाउथे नामै लिएर। उ चाहि परेला झिमझिम गर्दै मसक्क हाँसिदिन्थि, केटाहरु भुतुक्कै हुन्थे। तर उसको लिस्टमा चाहि धेरै जना हुन्थे। उ पढ्नमा पनि राम्रै थी। सबै कुरामा स्मार्ट।
उसको लव लेटरहरु देखेर आफुलाइ पनि कसैको चिट्ठि आँुछ कि भन्ने झिनो आशा लाग्थ्यो। तर, केटिको केहि गुन नभएकि म हिड्दा पनि केटाहरु आर्मी जस्तै हिड्छ भनेर सुनाउथें। कतिसम्म भने "बुलडग" जस्ति भन्थे। आफ्नो इस्टाइल नै तेस्तो थियो त के गर्नि। मेरि साथि चाहि कुरा गर्दा पनि सात ठाँउमा भाच्चिन्थी मस्किएर। तेस बेला ठुलो पिर पर्यो मलाइ, मेरो जिन्दगीमा चाहि लव लेटर कसैको न्अौनेभो भनेर। तेहि ताका मलाइ एउटा पत्र- मित्र को चिट्ठि आँउथ्यो। मेरो नाम र इस्कुल को ठेगाना रेडियो नेपलको "बाल कार्यक्रम" सुनेर थाहा पाएछ। पुर्व मेचीदेखिन लेख्थ्यो साहितिक चिट्ठि। दुइ वटा सम्म चाहि पढे र साथिहरुसङ बसेर हाँसे। असाध्यै गम्भिर प्रबितिको लेखाइ थ्यो उसको, पानी पर्दा पनि रुने जस्तो। तेस्रो चिट्ठि आको बेला तेहि बुढो ग्रामर सर हुनुहुन्थ्यो र सोध्नुभो "यो मान्छे को हो?" मैले केहि भन्न सकिन। तेसपछि उहाले चिट्ठि फिर्ता लानुभो।

मेरी साथीको चाहि धुमधाम थियो ताँती पछि लाग्नेहरुको। उसको त अस्तिको महिनामा एउटा हुन्थ्यो र अहिले अर्कै। मलाइ पनि अलिकति उ जस्तै हुन मन लाग्यो। हाम्रो इस्कुल सकिएपछि हामिहरु सङै एउटै कम्प्युटर इन्स्टिच्युटमा गयौं। तेहा पनि उसको लागि त लाइन लागि हाल्यो। आफुचाहि सुक्खा। एक दिन मैले उसलाइ सोधे "कसरि तेरो पछि केटा हरु लाग्छन्?"
" तैले पनि त तेस्तै गर्न सक्छेस् नि"।ुसले हाँदै भनि।
"कसरी?" मैले फेरि सोधें।
"तलाइ थाहा छ त्यो अर्को सर पनि क्रेजी छ नि तेरो लागि?"
"के भन्छे यो, नचाहिने कुरा नगर त"।
"हो भन्या, तिम्रो साथी कस्तो स्मार्ट छ भनेर मलाइ भन्या थ्यो नि।"
"मलाइ धेरै उडाको मन् पर्दैन।"
"त आफै वास्ता गर्दैनस् त अनि के हुन्छ त तेरो लव?"
"हेर, कहिलेकाहि केटिले पनि अघि बढ्नु पर्छ नि।"
"भनेको मतलब् के नि?"
उसले मलाइ सबै कुरा सिकाइ। उसले भन्या पनि हो हो जस्तो लाग्यो। जसले मलाइ मन पराउछ भन्थी, त्यो सर पनि ह्यान्सी लाग्न थाल्यो। म सङ नै धेरै आकर्शित भा जस्तो लाग्न थाल्यो। मेरो साथी हावा भर्न लागि मलाइ। अनि मलाइ के चाहियो, म पनि उड्न लागे आकाशमा र एक दिन मैले एउटा चिट्ठि मेरै साथीको मार्फत त्यो ह्यान्सीलाइ पठाएं।
मन ढुक्ढुक गर्दै दुइ दिन पछि तेहा गए। ह्यान्सी त कस्तो नर्मल तरिकाले कुरा गर्छ बा। केहि नै थाहा नपाको जस्तो। अति भएपछि मैले आफै सोधे।
"मैले पठाएको त्यो चिट्ठि पाउनु भयो?"
"उँ, तर भर्खर् २ पेज पढ्दैछु, सबै पढ्न भ्याको छैन। यो हप्ता भरीमा सबै पढ्न सक्छु होला। तिम्रो बेस्ट बूक्................... हो"।
मलाइ उकुसमुकुस भयो। कस्तो मान्छे रहेछ, एउटा चिट्ठि पनि एक हपता लाएर पढ्ने। अल्छि मोरो। कहि नभाको बिजि मोरो। मनमनै कस्तो ह्युमिलेट फिल भयो मलाइ र सोझै पुगे मेरो नक्कलि साथीकह।
"मोरोले त पढ्नै सक्या रैनछ"। रिसले भने।
"कति थियो र तेरो लेटर?"
"५ पेज थियो नि।"
"तैले थेसिस लेख्या कि लब लेटर?" हाँसी त्यो मोरी।
"खोइ कहिले लेख्या भए पो।लेख्दा लेख्दै ५ पेज भयो। तैले मलाइ पहिले भन्नु पर्दैन कति लेख्ने भनेर?"
" मलाइ के थाहा नि? मैले पनि कैले लेख्छु र?"
"अनि कसले लेख्छ त तेत्रो रिप्लाइ तेरो हिरोहरुलाइ?"
" तैले मुक्तक् लेख्छस् अनि त्यो सबिनालाइ पेपर दिन्छु उसैले मिलाइ मिलाइ लेख्छे नि।"
मोरि कति बाठी, पहिले नै मलाइ तेसो भनेको भए त म पनि जान्थे नि सबिनाकहाँ। बेकारमा मोरो त्यो ह्यान्सीको अगाडि मेरो इन्सल्ट मात्रै भो। मोरो बजियाले मेरो लेटरको हाँसो उडायो होला। ट्रासबिनमा फालिदियो कि उसको सबै साथी हरुलाइ मेरो रङ न ढङ को लेटर देखायो होला। मैले तेसलाइ कहिले पनि भेट्न गैन। बजियाले पनि कहिले बिर्सिदैन होला मेरो थेसिस जस्तो लेटर। त्यो फस्ट लव लेटर नै फेल भएपछि मैले अझैसम्म अर्को लेटर लेख्ने साहस गरेकि छैन।

 

 


 
Posted on 10-08-07 1:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल गयो मेरो लुव लेटर

My Dear सब्बु

I miss you.  I want to be with you and hold you.  I want to gently touch your face
and cup your cheek in my hand as I look into your beautiful eyes.  I want to
snuggle and cuddle with you, to just be close to you.  I want to rub your leg
and stare across the couch as we talk of our feelings for one another.  I want
to hold your hand across the table at a restaurant.  I want others in the
restaurant to be jealous of our intimacy and our tender affection for one another.
 I want to lie next to you in front of a fire and gaze into your eyes while I rub
your back.  I want to romance you.  I want you to know how beautiful you are in
my eyes.  I want you to know how much I cherish and adore you.  I want to give
my heart to you.  I want your heart, I want it all.

With fond affection and longing thoughts,

सेरिअल


 
Posted on 10-08-07 1:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यहाँ त बबाल बबाल लोप लेटर गयिरा'रहेछ सबै को
म पनि लेख्ने कोशीस गर्नु पर्‍यो कि क्या हो
 
Posted on 10-08-07 1:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठे,

लेख न तिमी पनि एउटा तिम्रो बेस्ट हिरोनि को रे?

सिरिअल ज्यु,

दिप ब्रो ले हजुरको लेटर सब्बुलाइ पठाको देख्नु भो भने बर्बाद होला जस्तो लाग्यो के।
क्या खतरा यार लप लेटर त यो सिरिअल ब्रो को पनि।


 
Posted on 10-08-07 1:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाहाहाहा सिरियल ब्रो को लपलेटर दामि रेछ! के के मन लाग्या हो ब्रो लाई पनि फेरि!

बरु दीप ब्रोको आँखा पर्यो भनेर र्र्याग होला है शब्बु लाई लेखेको रैछ!

रिट्ठेको बेस्ट हिरोनी को रे अझ उफ्रि ले??

लोल यो थ्रेड पनि चौतारी बन्ने भयो!

लौन क्रेजीलभ अर्को मजाको चोटिलो कथा जावस अझ मस्कने केटि भएको कथा!


 
Posted on 10-08-07 1:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सब्बु को आँखा पर्नु पर्‍यो। दीप को आँखा परेर केही हुने वाला छैन। दीप त क्रजी को पछाडि छ। ब्रिखे ब्रो तिम्रो कोम्पितित्सोन हो दीप त।
लेख्न मन लागेको थियो लेख्दी हाले क्यारे। जो होग देखा जाएग।

 
Posted on 10-08-07 1:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Serial Ji,

Dar lagyo hai malai ta. tapaiko letter ko karan feri arko 'ramayan' ra mahabharat nahos.

Deep mero pachhi hoina serial Ji, aghi aghi chan.

Birkhe Ji, e/utaa romantic love letter lekhnus na ani ma arko sathiko katha sunauchu ni hai?


 
Posted on 10-08-07 2:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो लुव लेटर को कारण अर्को रामायान र महाभारत जस्तो सेरिअल औछ भने ठिकै छ। Anything is fair in love and war। मलाई अर्को एुता पनि लेख्न मन लाग्यो। कोलाई लेखु लखु।

 
Posted on 10-08-07 3:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खोइ रिट्ठेको लप लेटर आएन अझै?
 
Posted on 10-08-07 3:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कोहि हमिलाई बताएछ कि हियाँ यो थरेडमे लाँभ लैटर लेखनेको पावँछ!

त पारमिशनवा पायो भने हुजुर हमि एक्टा लाँभलैटरवा लिखनेको उतावला छ!

जे राम जि कि।


 
Posted on 10-08-07 3:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Madness Ji,

Welcome in love letter thread..

Please go ahead...

all the best.


 
Posted on 10-08-07 3:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हम्रो लाँभलैटर उफरीके नाम-

 

हाय मेरो बुलबुल उफरी, तिम्रो यादमा हमि ऐसन तडपे छ जैसन जल बिन मछलि। हँ? रातमे सोनेको टेममे हमि तोहरको याद कइर कइरके कइर कइरे के सुतछ। हँ? त बिहान सला उठनेको टेममा हम्रो दिल उछल उछलके उफरी तिमीलाई नै याद कर्छ। अरु अरु सला पाइखाना जानेको टेममा भि हमि तिमिलाई याद कर्छ। दतिवन चबावँदा हमि सोच्छ कि हमि तिम्रो होँठ चबाएछु। खाना खानेको टेममा हमि भातके सिता सिता मे तिमीलाई देख्छ और सोच्छ कि सला हमि उफरीके प्यार खाइरहेछ। अरे भगवानको भि अगर हमि ऐसन प्यार से याद करेथियो त भगवान हमिलाई उहिले दर्शन वर्शन देइके वर मागनेको भन्थियो। पर हमि भगवानसे ज्यदा तिमीलाई याद करेछ। के करने भगवान जो छ दिख्दैन और उ तिमी जैसन जवान, खुबसुरत, करारि लरकि भि छेन, त दिनमे एकबार भगवान को याद और हर बार तिम्रो याद। तिम्रो जवानि हमिलाई ऐसन लाग्छ जैसन खैसरियाके दाल मे घि को तड्का मिर्छ मारके। त तिम्रो याद ऐसन अस्पाइसि छ कि हमिलाई खट्टा, तिखा केहि खानेको पर्देन।

हमार दिलकि मलिका उफरी, यो साल हम्रो बगानमे आम भि बहुत फलेछ, हमि भि बहुत खाएछु। दिल कर्छ आमके आमठ बनाइके तिम्रो होँठके रस मिलाईके घुँट माथि घुँट लगावँ। के कर्ने यो दुरी सला हम्लाई बहुत खाएछ। दिल कर्छ तिमरो हम्रो बिचको यो सब पहाड गिराइदिउँ। हँ? त खोला वला सबके सब सुखाइदिऊँ। हम्रो बिचमे आवने लोगनको हिरो भए पनि भिलेन बनाइदिउँ और सबके खटिया खटि करिदिउँ। अरे मेरी दिलकसि, सम्नदरमा सला के पानी छ? आकाश पे सला के हवा छ? हँ? हवामा सला के लाईफ छ? हम्रो दिलमा तिम्रो वैसन प्यार छ। काजल लगाइके, घाँघरा चोलिमे जब तिमी कमरिया मटकाइके बाजार जान्छ और दुसर लोग तिमीलाई देईखके सिटि मार्छ र हम्रो सला कलेजा छलनि हुन्छ। हमि भगवानसे उहि टेममे प्रे कर्छ कि सला सब लोगनको साँप डसिलोओस और सला पानी बैगर मरिहालोस। कोहि माइके लाल ले तिमीलाई खानेको चिज जैसन देखनेको पावँदेन।

यो साल ऐसन हि भयो उफरि, हमि दुसरे साल आउँछ, गठरि के गठरि प्यार भइर भइरके लियाउँछ और तिमीलाई तिम्रो बाप से मागछ, बुह्रो दियो भने बाजा बजाइके बिहे कर्छ दिएन भने सला छिनेर लान्छ। हमि एक बार जो ठानेछु तिमिलाई लियाउने और बिहे गौना सब करने त कइरके छोड्छु। रात बहुत भयो आज यहि बन्द कर्छु चिठ्ठि खुस से हम्रो इन्तजारमे बस, हमि एक बार पायखाना गाएर सुतने जान्छु।

वहि तिम्रो गबरु जवान

रिठ्वा


 
Posted on 10-08-07 3:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा हा
हाम्रो मदनवा कोइ भन्दा कम् रहेनछ
कान्ट स्टप लाफिङ मदनवा
 
Posted on 10-08-07 3:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Hi,

Haina ma ekchin kaam bata dhila bhako ta yeha ta love letter ra gaff ko barsa bhai sake cha. hi uptowngal, kasto lagyo mero love letter, aba palo naya pidi ko. ani malai chodi anta haina la, sacho ra pahilo maya ta gada nai huncha re ni.


 
Posted on 10-08-07 4:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा हा
हाम्रो मदनवा कोइ भन्दा कम् रहेनछ
कान्ट स्टप लाफिङ मदनवा

MADNESS BHAIYAA, I wish ritthe would write himself.

 
Posted on 10-08-07 4:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Madness Ji,

Hats off to you. You are awesome. I think your letter is the best one in this thread. Actually very interesting and others are beutiful too.

Keep on coming Madness Ji,

likey, likey.


 
Posted on 10-09-07 7:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Nepal Premi timro love letter padhera ta malai raat bhari nindra nai lagena bhane. launa aba ke gerne hola khit khit khit

 
Posted on 10-09-07 7:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Madanwaa खैँ... खेँ... खेँ 

 
Posted on 10-09-07 8:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

uptowngal

nidra nalageko bhaye, timi pani yeuta luv letter lakheko bhaye hunthyoni nepal premi lai


 
Posted on 10-09-07 8:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Crazylove ,awesome writing :)

Madness,  never read anything like  your letter. super duper brilliantly written.

Keep coming  the good stuff.


 
Posted on 10-09-07 8:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Serial jyu love letter ta lekhnu huntyo tara ahile kaam ma chu. bhare fursad milyo bhane lekhum la ni. ani hajur nai euta love letter lekhe kaso hola ta.

 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
शीर्षक जे पनि हुन सक्छ।
What are your first memories of when Nepal Television Began?
Sajha Poll: नेपालका सबैभन्दा आकर्षक महिला को हुन्?
ChatSansar.com Naya Nepal Chat
NRN card pros and cons?
Basnet or Basnyat ??
निगुरो थाहा छ ??
Nas and The Bokas: Coming to a Night Club near you
TPS Re-registration
अमेरिकामा छोरा हराएको सूचना
ओच्छ्यान मुत्ने समस्या ( confession )
Do nepalese really need TPS?
TPS Re-registration case still pending ..
Drawback for applying NRN card
Breathe in. Breathe out.
nrn citizenship
Democrats are so sure Trump will win
My facebook archive (for sale)
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Nas and The Bokas: Coming to a Night Club near you
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters