world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 Chautari XVI

[Please view other pages to see the rest of the postings. Total posts: 322]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
[VIEWED 120969 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 17 pages, View Last 20 replies.
Posted on 05-27-06 3:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी! चौतारी! चौतारी!
कैयौं उकाली ओरालीहरू पार गर्दै चौतारी सोह्रौं संस्करणमा आईपुगेको छ। कथा, कविता, गीत, गजलहरूले गुन्जायमान हुँदै, हँस्सी मजाक, चुट्किलाहरूले सिंगारिदै चौतारीले गाम्लेहरूबाट पाएको मायाले नै यो सोह्रौं खुड्किलासम्म पुग्न सफल भएको हो।

चौतारीमा स्वागत छ यहाँहरू सबैलाई:-

नेपे दाजी,बिर्खेमाइला, दादा, पुन्टे, काका, नमे, सिरे, भौते, गोतामे, मुन्द्रे, लाले, गलब,
पिकरेली, कलंकि, साँहिला, आइते, मुखियाबा, लालुपाते, गुरासे, लाउरे दाई, लुते,
नटे, डल्ली, सेर्पिनि, लन्लि, रामकिस्ने, रुइना, नेप्चे, बेमानि ,आशे, चिप्ले,
परदेशी, पानपाते ,हर्के, यामे , सुभे ,मास्टर्नी दिदी , ठुल्नानि, पिरती, हिते ,नारने,
कैले, तिर कुमारी, चरीनङ्रगे, बब दाई, ईश्वर, सान्कान्छा, राते, हिते, रामे, मने आदी सबैलाई म चित्रेको हार्दिक
स्वागतम्

म बिर्खे माईल्दाईको यौटा गीत गाएर यो चौतारी शुरू गर्छु।

होइ हाSS हाSS हाSS
सानोमा सानो भन्दा मा
रोसीमा खोलाले बगायो
गएको हिउँदमा देखेको सानी
अईले पो मलाइ छक्कायो

हाम्रो त बाजे को पालामा
बाजे ले भन्थ्यो हेर केटा
बिहानी दिउँसोमा बाख्रामा हेर
बेलुकी भैँसिको कुँडोमा हेर
एककोरी बर्समा पुगिमा सक्यो
अब त यस्सोमा घरबार हेर
जुत्तामा हेर्दामा ठुलो हेर
बुहारी हेर्दामा सानो हेर


आशा छ यो चौतारीमा हामी अझै दिल खोलेर गीत गाउन, नाँच्न, गफसफ गर्न र मित्रता गाँस्न सफल हुनेछौं।

 
Posted on 06-13-06 10:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एशिया बाट एउटा देश त दोश्रो चरण मा पुग्छ कि ।।।
 
Posted on 06-13-06 10:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हरे शिव , घर मा भकुन्डो ,न्युज मा भकुन्डो
,टिभी मा भकुन्डो अनि हुँदा हुँदा चौतारी स्कुल नै बन्द
गरेर भकुन्डो को गफ सुरु । हैन यो भकुन्डो जात्रा
कैले सकिने होला ।
 
Posted on 06-13-06 10:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हिप हिप हुर्रे,
यो जीत कसको?
कोरियाको।
कोरिया - २
टोगो - १

याहुहुहु। ल जा,
सान्कान्छा मैले दुर सन्चार यन्त्रबाट पठाएको समाचार सुनें। म गरम्ला खबर पछि।
धन्यबाद।
 
Posted on 06-13-06 11:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 06-13-06 11:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

England 0- 2 Sweden, my prediction, DON mind CHITRE bro........... hold ur breath...

Sweden ROCKS man..................Sweden Swede Sweden....Aba afno Desh nakhlepachhia aafno DOSRO homecountry lai support garnu paro ni
 
Posted on 06-13-06 1:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज स्कुल बन्द हो? ल जा म त स्कुल बन्द भएको बेलामा पो आइ पुगेछु स्कुल । स्कुल सुरुभएर बन्द भएको कि सुरु नहुँदै बन्द भएको ? मिस् अब देखि सुचना दिने गर्नुस् है पहिलो दिन मा नै । झन स्विट्जर्ल्यान्ड र फ्रान्स को खेल हेर्न छोडेर यहाँ एत्रो टाढा स्कुल आएको त बन्द रे ?
अब स्कुल बन्द भए पछी के गर्ने त, छिट्टो छिट्टो घर गएर ब्राजिल र क्रोएसिया को खेल हेर्न पर्‍यो ।
खेल पनि कस्तो लेट नाइट भन्या, ३ बजे सुरु हुन्छ भोली क्लास् मा निदाए भने माफि हुन्छ होला नि मिस् हैन ?
ल म चै लागे है
बाइ बाइ

 
Posted on 06-13-06 4:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए चौतारी बासिओ! वीरस्योउ कि क्याहो यो बबे लाइ ? शहरआँ कुखुरा बेच्नी न्ह्युले म त जरामुनी नै पुगेनी शेरखाँ । अब गाम्लेलाई भनो भने सबै पछी लाग्छन भन्ने डरले म त एक्लै पुगे जरामुनी । अँ, भौतेकाजी नि छ याँ । गाम्लेलाई भागेर आको नभन भन्थो, मैले त भन्दे, जे सुकै होला । हामी ठुलाबढाको कुरा के काट्लान र ? कि काट्छौ ए गाम्ले हो ? लौ, हामी टोल कप को सप्पै ग्याम सक्कार आम्ला चौतारीआँ । तिमीहरु सप्पैलाई सञ्चै त छ ? लौ, मिलो भने बरु यो जरामुनिबाट केइ ल्याइदिम्ला ।

बबे!
 
Posted on 06-13-06 6:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

काका कता हराए भनेको त जरामुनीमा पुगेर फूटबल पो खेल्दै रचन् शेर खाँ ! काकाले दामी एक गोल हाने क्रोएसियालाई!
जरामुनीमा बबे, भउते र काकाको खुब जमिराख्या होला बिजुली पानी। यस्सो फुटा सुटा हाल न बबे दाइ।
 
Posted on 06-13-06 7:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आजभोलि मिस किन हो, चौतारीमा आएर मुसुक्क मुस्काएर केहि पनि नबोलि हिँडिहाल्नुहुन्छ। त्यस्तो खुशीको कुरो के हो मिस, हामी पनि सुनौँ न! हामी पनि हाँसिदिऊँला।
 
Posted on 06-13-06 9:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जय होस् चैने त्यो चौतारीमा टसेँको लोक गीत फेरी टसिँदिनुभए बहुत गुन लाग्ने थियो केरे ।
 
Posted on 06-13-06 11:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

काकाले के खाएछन् र यस्ता पठ्ठा देखिएका होलान् गाँठे!

 
Posted on 06-14-06 3:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

टर्की भन्ने मुलुक यस्तो रैछ।

Tuksim square

 
Posted on 06-14-06 3:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अर्को

 
Posted on 06-14-06 7:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गालब कति राम्रो राम्रो फोटो तासेको एसो हाम्रो नि पोतो खिचि देउ न।
मस्तेर्नि दिदि आज् बिध्यलय बन्द हो कि क्य हो। खै सुचन नि तास्नु भको चैन रैच म त दोधर् म चु। स्चूल् जाम् कि नजाम् भनेराच।
 
Posted on 06-15-06 10:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गाम्ले हो, म नेपाली पोशाकमा आएको Gautam B. हुँ है, नझुक्किनु!
 
Posted on 06-16-06 12:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाम्री इन्द्रेणी केटी (girl_interrupted) ले क्या खास्साको गीत गाईन्! तर गाम्ले जति कता मोरेचन्! सप्पैलाई पूटबल लागेजस्तो छ। हुँदा हुँदा मिस समेत स्कूलै बन्द गरेर फूटबल हेर्न थाल्नु भएछ।
हेर गाम्ले हो मिसलाई! मिस त ब्राजिलको पक्षमा हात धोएर लाग्नु भा' छ।

 
Posted on 06-16-06 12:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ब्राजिल होइन जस्तो छ, स्वीडेन पो हो कि क्या हो!
 
Posted on 06-16-06 9:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:D
:D
:D
गौतमजी मुस्काएको कारण सोध्नुभएको रे'छ-----
पहिलो त स्वास्थ्य राम्रो हुन्छ।

दोस्रो चित्रेको आँप त्यो नि ठूल्नानीले सबै खाएर अन्तिममा अमिलो रहेछ भनेको देखेर ( मलाई त लाग्यो चित्रे ले कुहिएको आँफ फठाएको थियो)

अर्को गालब को जवाफ :D
कति हसाउन सकेको गालब ले । अब दुरुस्तै जवाफ लेखे पछि त फी: माफ गर्नै पर्यो

अर्को सानोकान्छो रन्केको देखेर :) सानोकान्छा कस्तो हुदोरे"छ त (जिरे खुर्सानी)?

अर्को तिलौराकुमारीको ----"हरे शिव , घर मा भकुन्डो ,न्युज मा भकुन्डो
,टिभी मा भकुन्डो अनि हुँदा हुँदा चौतारी स्कुल नै बन्द
गरेर भकुन्डो को गफ सुरु । हैन यो भकुन्डो जात्रा
कैले सकिने होला । "( ल अब हास्ने पालो गौतम जी को)

हुनत मलाईनि दिक्क लाग्छ के जता गयो उतै भकुन्डो भनेको सुन्दा तर घरमा बसेको दिन चाँहि हेर्न भुल्दिन । छोरीलाई नि संगै बसाउछु भकुन्डो हेर्न गोलहुदा थपडि बजाउन साथि हुन्छे अनि कोहि लड्यो भने सिरियस हुन्छे। म छक्क पर्छु उसको संबेदनशिलता देखेर।


ठूल्नानी स्कूल एक महिना बन्द हो । सबैलाई खबर गरिदेउ ल

म त ब्राजिलतिर हो के गोतामे अनुशासित भएर खेल्छन नि उनिहरु।। त्यो छ नि चू्ल्ठिलाएको खेलाडी कस्तो राम्रो खेल्छ है।
त्यो माथीको फोटो त ठूल्नानीको जस्तो छ नि मेरो फोटो गराइ देउ भनेर कराउदै थिइन अब चुप लाग्छिन कि:D

इन्द्रेणी नेपाली मा लेख न
 
Posted on 06-16-06 11:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

i dont 'know about bandar ko "budi" per se, since i don't believe they hold marraige ceremonies, but yes, 'sundari' does mean bandarni or a female monkey, i suppose.
 
Posted on 06-16-06 12:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Girl_Interrupted तिमि ले त कसै लै नि नाच्नु भने नौ नि लौ हेर सबै मादल, बासुरी, थाली पो बजाउन थालेचन ल म छ नाचु चम चम गर्दै । कत्ती मित्तो गीत गौदै छ यो Girl_Interrupted le.खै चित्रे कता तिर लगेचन । आफ्नो जोडी नै भएन नच्न लाई ।
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
Basnet or Basnyat ??
TPS Re-registration case still pending ..
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
Nas and The Bokas: Coming to a Night Club near you
Will MAGA really start shooting people?
मन भित्र को पत्रै पत्र!
Top 10 Anti-vaxxers Who Got Owned by COVID
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
TPS Work Permit/How long your took?
Breathe in. Breathe out.
3 most corrupt politicians in the world
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
शीर्षक जे पनि हुन सक्छ।
Disinformation for profit - scammers cash in on conspiracy theories
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters