nepalean
Replies to this thread:

More by nepalean
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 CHAUTARI- IV

[Please view other pages to see the rest of the postings. Total posts: 304]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
[VIEWED 119218 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 16 pages, View Last 20 replies.
Posted on 12-08-05 4:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फेरि जमम चौतारिआ, गफ चुटम , रमाइलो अरम , माया लाम, पिरिम अरम है त गामले दाजु भाइ दिदि बइनि हो ?
पुरानो चौतारी जाने सुरूङहरू =>

-------------------------------------------------------------------------------------------------------
भउते हराए =>
- http://sajha.com/sajha/html/OpenThread.cfm?forum=2&ThreadID=23369
--------------------------------------------------------------------------------------------------------
चौतारी - १ =>
- http://sajha.com/sajha/html/OpenThread.cfm?forum=2&ThreadID=23759
--------------------------------------------------------------------------------------------------------
चौतारी - २ =>
- http://sajha.com/sajha/html/OpenThread.cfm?forum=2&ThreadID=23948
--------------------------------------------------------------------------------------------------------
चौतारी - ३ =>

- http://sajha.com/sajha/html/openThread.cfm?forum=2&ThreadID=24829

 
Posted on 12-15-05 11:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए बिर्खे,
हुन त नामै जो त नलिएको भए जाति हुन्थ्यो केरे यो मेलाँ, तर तपैँले भनेको मुन्छेकै नामराश भएका हाम्रो
बेस्सरी मिलती जो भाका सँगी थिए केरे पुल्चोकाँ भनि, सिभिलाँ जो, अहिले तेतै अम्रिका तिरै जो छन् केरे,
अउसलकै कुरा गर्नी हो भनी त खोई साथीहुरको नाम बिर्सेँ केरे, तपैँले भनेको नाम त सम्झिन है गाँठे, माफ अरम्।
यहाँ साझाँ आम्नी पुराना चिनापर्ची हुर मध्येमा चईनी भउते सित मत्रै "ये तपैँ जो हो र, ये हैच त नि , हन्तै " भन्नी भाको छ,
अपुर हुरसित चईनी उही साझाको साईनो मत्रै जो हो केरे । कुरै कुराँ अउसल पछि तपैँ चईनी कतातिर बाली लाम्न जानु भाको हो र ?

Keep rolling...
 
Posted on 12-15-05 11:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सिरेओ कुरा सुनेर मलाइत वाग्लेकां चेमेस्टि टिउसिन पड्नगअको झल्को आओ गांठे!!
 
Posted on 12-15-05 11:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए गोतामे मेरो निमा फोटो कपिको गेस फयल भो जस्तो छ है ?
 
Posted on 12-16-05 12:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु सिरे बुरो भयो...कुरो पुग्यो, चाइन्जो मुइले चिने , बुरो को email बाट मुलाइ धेरै mail आएको थ्यो उ जमानामा। अब contact list मा चाइन्जो नभए पनि धेरै लाइ चिन्दो रेचु म। रमाइलो पो भो गाँठे। मेरो फुन आम्च तपाइलाइ चाइन्जो अर्को हप्ता....heheheh..एउटा लाइ फुन अरेको चाइन्जो ५-७ जाना को नाऊँ भनो, तपाइँ त्यसाँ पर्नुभो जस्तो च .....अनि चाइन्जो केनडाडाँ ढुङ्गा मुढा पढिंदै च कि खोला नाला हो?

हन लाले बुरो, वाउलेकाँ टिउसन पढ्ने रे? हन के भाको हो चौतारिलाई? सपै चिनिन्छ जस्तो छ। तर नचिनेको मजा छ, हैन त?
 
Posted on 12-16-05 1:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हामी माछा मार्नु भनेर बेँसितिर झरियो।

 
Posted on 12-16-05 1:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बेँसिमा मैना भने खेताँ पानी मिलाम्दै स्कुलतिर गई।

 
Posted on 12-16-05 1:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमे, भउते, सिरे, लाले माछा मार्नमै मस्त भए।

 
Posted on 12-16-05 1:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बम पड्काऽसी माछा छोप्दै बिर्खे जिम्माल।

 
Posted on 12-16-05 1:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खुँवामा पनि माछा परे।

 
Posted on 12-16-05 1:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेपे दाजीले लास्टाँ बराबर हुने गरी माछा बाँडे केरे।

 
Posted on 12-16-05 2:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए, दादाले त क्या रमैलो अरेचन्। सब्बैका फुटु टाँसेर।
ह न ति बिर्खे जिम्माल के बिदि सुर्रेका हँ? तेत्रो खोलाँ सुराल फालेर लङौंटिका भराँ माच्छा आँथि जाइलागेका।
मैना त फाँटाँ घुम्दिरचिन एक्लै, सिउदेलले भेट्टौला फेरी, हेरी।
 
Posted on 12-16-05 2:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मैना केटी त खुब राम्री हो ! (ल मा-यो याम्कीले सुनी कि क्या हो!?) बोली बचन, आनी बानी, शील स्वभाव असाध्यै राम्रो छ। यल्लाई पाउने बज्जे पनि भाग्यमानीनै हुन्छ ल! (कुरो घुमा'र आफू सोझो बनेको क्या!)
 
Posted on 12-16-05 11:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

‘लालेले अउसलतिर कइले गा थिउ?’ भनेर सोधेओ रहिच्। कहिले होला भनेर गमेको अल्लि मेसो नपाए झैं भओ। सिरेले साठिफिक्री त के हेर्नु भन्तो, मैले त अचाक्ली खसखस भएर हेरे गाँठे! त्यसाँ लेखेनुसार ५०आँ लास्ट जाँच देओ रैचु।

अव अउसल सम्जिदाँ तो भ्याउताका भुँडि फोडेको, लोखर्के चिरेको, गड्याउला काटेको सम्जिन्चु। तो कोक्रोच (Cockroach) भन्निको थुतुनो टुक्रा टुक्रा पारेर टेबलाँ राख्तिम् । तो कोक्रोचलाई गाम तिर के भन्चन्, ज्यान गए आएन गाँठे! त्याँसि नानाथरि गिजलेको चिल्लो हात लेर कन्टिनाँ आलुओ चप खान्तिम्। तेस्तो थो तेआँको दिनचर्या !

ए अनि अर्को कुरो, तो बटलाँ राखेको ठूलो परउन (King Prawn) सरले ‘खैरेओ जातिले तो खान्चन्’ भन्दा उक्क उक्क हुन्तो। अइले आएर सात दिनाँ एउदिन बुढीले परउनको तर्कारी बनाइनी भनि गालि खान्ची। तेति मात्र भा त हुन्तो अव खैरेआ देशाँ आएसि के के जातिआँ नि थुतुनो गाड्नी भइयो। यो जिउरो (जिब्रो) नि जुन ठाममा गओ, तेतैओ स्वाद पाउनी रइच गाँठे!
 
Posted on 12-16-05 11:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए दादा, हन त्यो पैलो फुटो कुन् गाम्को हो? पुर्वतिर को गाँउ जस्तै लाग्यो नि। आफुनि पूर्वेली परेँ, त्याँसिले सोधेको नी ।
एउटा पुर्वेली गीत राखौ है ।

क देखि अछेर ज्ञ सम्म, बदाम सोलीमा
यो दिल अल्झ्यो नी तिम्रै बोलिमा ।

मायाले गर्दा याहाँसम्म, हिँउदे सिमिलाइ
मायाले भएन के दिउ तिमिलाइ।

खाईरन्छ मन्को डाहाले, गाईलाइ घाँसपानी
तिम्रै छ माया है तिम्रै आश पनि
 
Posted on 12-16-05 1:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कस्तो जुराएर ल्याएचन दादाले फुटा, गाँठे दुरुस्तै जो ।

काकाले फेरि छोडे खतरा डाईलख जो । हो त नि, त्यो भ्याउताको भुँडी फोर्दा कम्ति गन्हाको थियो र? आफू
त फेरि माछामासु नखानी केरे, साकाहारी । कैले कैले त तीनधारा पाकसाला तिर भरना हुन जाम कि जस्तो
बनाम्थ्यो के फेरि । फेरि चिर्न थाले पछि दिमाख त फेरि तगडा हो केरे नि, भ्यागुतो भए नि, गँड्यौला भए
नि, साङ्ले किरा भए नि सबभन्दा पहिले त भाले हो कि पोथी हो, तेही खुट्ट्याउने, कस्तो हुँदो रैच त नि यसको
भनेर हेरि हाल्नी के । आफू कता हो कता भौँतारिन परेको दुखले कैले कैले गँड्यौलो कस्तो भाग्यामानी
रैच जस्तो लाग्नी - पछि थाहा भओ केरे, तेसलाई पुनि जोल्ठिन त दुईटा जो चाईन्छन् भन्नी कुरा, बिचरा
यसलाई पुनि लाईन मार्न पर्नि रैच बरा हामीले झैँ जस्तो लागो लास्टाँ त ।

त्यो अर्को कक्रोच भन्नी किरोलाई हाम्रा गामतिर भने "साङ्लो" भन्छम् केरे ।तेत्रा बडा बडा साङ्ला त
मलखातो तिर भए मत्रै, घरभित्र हुनी त सानै जो हुन्थे केरे ।

कुरै कुराँ आफूले फेरि केमेस्ट्री टिउसिन भने खड्का सरकाँ पढेको है ।



Keep rolling...
 
Posted on 12-16-05 7:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अब सिरे ले कुरो उक्काइ'ले, हाम्रा पालां एसेल्सि फस्ट डिपिचन मा पास भअसि खोला टोला सप्पैले चिन्थे गांठे, अब आचल त हग्नि पाद्नि तित्रा खेल्नि, ए राता मकै जम्मै फस्ट डिपिचन।
अब मेरै कुरो अरम्न। उजेल्डांडाट उसबखतां पास भइयो केरे। गाममा जता गएनि सोदिहाल्नि गांठे, " अब त अस्कलां पड्नि होलासनि, डाउडरि पड्नियोस कि इनियारि भनेर" अब मैलेनि भन्दिन्थे मत डाउडर बन्निओ।
पछि कुरो के भओ भने अस्कलां फस्ट लिस्टां नाम निस्केन केरे मेरो पालो नि टिसिया गयेकेरे साइनस पड्नलाइ।
कुरो बुजेउनि केटाओ। त्यासि त टिसियां पड्नि, जांठां बस्नि अल्लि उता पिके के चाइयोर।
इस भइस डाउडर! लौ खा! ।।।।।।।।।टु बि कन्टिन्युड
 
Posted on 12-16-05 8:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

काका पनि बुढा भो जस्तो छ, सुद्दि पनि खुस्किसकेच । त्यो किरोलाइ त हाम्रा गाम तिर साङ्लेकेरि भन्चन । हुन त साङ्लो जस्तो लामो त काहा हुन्च र तइ पनि साङले नै भन्चन, बरु गडयाउलो जस्तो लामो किरोलाइ साङ्ले किरो भने नि हुन हो नि ? ति धेरै किरा गुजुल्टियर बस्ने हुदा साङला भनेका होलान नि ?
ए बेसिथाने काको त्यो का को पुर्बको गाम हुनि नि? त्यो त ठ्याक्कै पस्चिम परो केरे नि , पस्चिम पखरा नै भनुम न । बागलुङ जानि बाटा ट खिचेको हो त्यो फोटु , तल देखिने फ्याओ ताल हो केरे अनि त्यो खोलो चै हर्पन खोलो पर्यो केरे तेसको सिरान चै पामे पर्यो केरे नि । अब एकदमै चलेको गित " रेशम फिरिरि" समेल्ने बुद्दि परियार पनि तेइ बस्थे केरे बरा अइले त आफ्नो बाटो लाइसके ।
 
Posted on 12-16-05 8:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दादाले ठीक भन्नु भो, यो ज्यानले पनि अउसलमै हो पिर्पिन्से साठीफिक्री पड्या । ३६ साल पछि लगत्तैको सम्या भअर राउनीतितिर ज्यास्ती ध्याउन्ना थ्यो पडाईतिर भन्दा । हुन त शुरुमा अल्लि राम्टिके राम्टिके पनि थिईयो, तर मेरा राउनीतिका गुरु (विश्वकर्मा थरका एक सहपाठी) ले त्यो त बुर्जुआ चलित्र भो, हामी पर्गतिशिल हम्, हाम्ले त करान्तिलाई हाम्रो जोबन सुम्पनु पर्च भनेसी ठ्याप्पै साधु बनियो के रे । तर पनि न्युटलदेखि नेविसंका समेत साथिहुरसंग थोरबहुत हिमचिम रह्यो मेरो ।

यो सर्वहारा करान्तिको नशा चड्यो पनि अउसलमै र उत्र्यो पनि अउसल मै । उत्रनुमा चै ट्रिगरको रुपमा काम ग-यो हाम्रो फ्याँकको पाटीले चीनमा जारी देङ शियाओ पिङको सुधारवादी नीतिलाई पुँजीवादी प्रतिक्रान्ति भनेर गरेको विरोधले । साम्यवादी दर्शनबाट पलायन शुरु भयो मेरो त्यसै घटना देखि । नत्र ता त्यतिन्जेल स्ववियुको चुनापसम्म लडेर र एउटा पूर्ण भूमिगत जनसंगठन (अखिल नेपाल युवक संघ) को सदस्यसम्म भईसकेर चुर्लुम्मै डुबिईसकिया थियो भनम् न । त्यो भूमिगत संगठनको सम्पर्कसुत्र चै देव गुरुङ थिए, जो अहिले माओवादीको केन्द्रिय सदस्य छन् ।

अउसलमै हुँदा चिनापर्ची र आवतजावत भा हो पारिजात दिदीसंग । पारिजात दिदीले मेरो एउटा कथा, जसलाई अखिलका कट्टर प्रगतिशिल सभापतिले 'बुर्जुआ गुण भएको' भनेर आलोचना गरेका थिए, लाई 'मलाई त मन प-यो' भनेर अनुमोदन गरिदिएको कुरा एउटा अर्थपुर्ण स्मरण भएर रहेको छ मेरा लागि ।

अउसल सकेपछि सांगठनिक राजनीतिबाट टाढा टाढा हुँदै गईयो । टिसीमा बिस्सी गर्दा स्ववियुको चुनाप एउटा विशेष शर्तमा लडेको थिएँ, त्यो नै अखिलसंगको मेरो अन्तिम सम्बन्ध हो । शर्त चाहि अखिलका केन्द्रिय सभापतिसंग गोप्य रुपमा थियो । कुरा के भने त्यतिन्जेल मैले उनलाई म साम्यवादी दर्शनमा विश्वास गर्दिन भनेर भनिसकेको थिएँ र वास्तवमा म संगठनको सदस्य थिदै थिईन त्यतिन्जेल । सभापतिले सदस्यता नलिए पनि अहिले संगठनको प्रतिनिधित्व मात्र गरिदिनुस् भनेपछि 'नाई' भन्न सकिएन । चुनाप हारियो र संगसंगै संगठनबाट पनि पूर्ण मुक्त भईयो ।

त्यसपछि शुरु भयो मेरो बुर्जुआ साहित्यिक जीवन अर्थात रुमानी गजल युग । 'च्यात्न नसकेको चिठी' भन्ने प्रेमपत्रगत उपन्यासिका पनि त्यहि कालको उपज हो । यो प्रवृत्तिको हिसापले प्रति-प्रगतिशिल भएपनि पारिजातको शैलिको केहि केहि नक्कल भने हो । बाई द वे, यो महिनाभरिमा यो कृति बजारमा आउला कि भनेर आशा राखेको छु ।

लौ गाँठे मैले त पुरा रामकहानी पो छोडेछु, कामधाम छाडेर । लु लागे म गुँडतिर ।
 
Posted on 12-16-05 10:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हुन त म खाँटी काउँरेसी परेँ तेतिखेरको, तर अउसलाँ पढ्दा दुईजना कमनिस्टे सित म जाद्रै जो प्रभावित भाको थिएँ केरे,
जे होला होला, नामै जो लिम भनेर नि,

अउसलाँ राजनीति अर्नी नेताहुरमा मलाई सबभन्दा मन परेको तेतिखेरको अखिले नेता "राजेन्द्र राई" हो कि जस्तो
लाग्छ केरे, राई भने राई नै हुन्,, नामको पक्का भएन, सहसचिव थिए, ठ्याक्कै देउता जस्ता मान्छे । आफू काउँरेसी भए
नि मैले सहसचिबमा त उनैलाई जो भोट देको ल । अब आफ्नो काँउरेस पाटीमा म अर्जुन न‍र्सिङ केसिको भाई हँ भनेर
एउटा गुन्डो उठ्यो केरे, आफूलाई तेस्तो पारिवारिक राउनिति भने मनै नपर्नी के, तैपनि अरु सप्पै काउँरेसलाई नै
भोट दिएँ तर सभापतिमा कुमार गुरुङ र सहसचिवमा तिनै राईजीलाई दिएको भलै आफू खतरै काउँरेसी जो थिएँ केरे । बाँकी त फेरि
काउँरेसीलाई जो देको नि ।


आर्का चईनी पश्चिम तिरका डम्बर हमाल भन्नि थिए, तिनी पनि मन पर्नी नेता जो थिए, चुनाव पछि तिनीसित पनि खुबै जो
हितघत जो भओ ।

राउनीतिका कुरा धेरै नगरम् केरे, कि कसो ?

Keep rolling...
 
Posted on 12-16-05 10:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए भउते,
चईनी येतैतिर जो बराईलिँदै हुनुहुँदोरैच केरे, दाईँ कस्तो भओ ? जमुनिलाई भुईँ-पाथी लिन पठाईदिम त ?
यो पाल्टा त धान पनि कुटेरै पठाम्नु होला केरे ;)

Keep rolling...
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
ChatSansar.com Naya Nepal Chat
TPS Re-registration case still pending ..
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
Do nepalese really need TPS?
कता जादै छ नेपाली समाज ??
Nas and The Bokas: Coming to a Night Club near you
Will MAGA really start shooting people?
Democrats are so sure Trump will win
मन भित्र को पत्रै पत्र!
Top 10 Anti-vaxxers Who Got Owned by COVID
I regret not marrying a girl at least for green card. do you think TPS will remain for a long time?
TPS Work Permit/How long your took?
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Breathe in. Breathe out.
3 most corrupt politicians in the world
Nas and The Bokas: Coming to a Night Club near you
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters