[Show all top banners]

Max Rossa
Replies to this thread:

More by Max Rossa
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 अमेरिकामा थरी थरीका कविता चोर

[Please view other pages to see the rest of the postings. Total posts: 35]
PAGE:   1 2 NEXT PAGE
[VIEWED 25790 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 2 pages, View Last 20 replies.
Posted on 06-11-12 9:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     2       ?     Liked by
 

अमेरिकामा आएका अधिकांश युवाहरुलाई नेपाली साहित्यको बारेमा थाहा पत्तो हुदैन भनेर स्थापित कविको कृतिलाई आफ्नो नाममा वाचन गर्नेलाई के भन्ने ?
हालै अमेरिकाको कनेक्टिकटमा आयोजना भएको एक कार्यक्रममा गौरीश्वर शर्मा आचार्य नामका स्वनामधन्य तथाकथित कविले यस्तै काम गरेछन् । ति गौरीश्वर नामका पात्रसँग मेरो कुनै सम्पर्क वा परिचय केही छैन । पहिलोपल्ट नाम सुन्दैछु ।
उनले अमेरिकी कंग्रेशमा उम्मेदवारीको दौडाहामा रहेका नेपालीमूलका आइटि व्यवसायी दर्शन रौनियारलाई हौस्याउन कवि माधव घिमिरेको
कविताको पहिलो चार हरफ हुवहु राखेर बाकी हरफहरु आफैंले थपेछन् । ए बाबा, अर्काको कृति चोरेर आफ्नो कृतिमा हाल्नु कत्तिको कवित्व हो । नेपाली साहित्यमा रुची
राख्ने व्यक्तिले दुइचारवटा कृति पक्कै पढेको हुन्छ, त्यसमा पनि माधव घिमिरेको चर्चीत कृति पढेको हुन्न भन्ने आत्मविश्वासमा अर्काको कृतिमा आफ्नो नाम हाल्नु कस्तो बौद्धिक दरिद्रता हो । दर्शन रौनियार प्रति मेरो राम्रो सद्भाव छ । उनी नेपाली मूलबाट अमेरिकी राजनीतिमा प्रगति गर्न लागेका उदीयमान व्यक्तित्व हुन् । उनलाई विश्वका सवै कुनामा भएका नेपालीले सक्दो सहयोग र सदिक्षाले हौसला दिनुपर्छ । म त्यो कविता वाचन भएको कार्यक्रममा गएको थिइन । दर्शन रौनियार र म फेसवुक मित्र छौं ।
उनलाई हौसला दिन लेखिएको कवितालाई फेसवुकको पेजमा उनले सगौरव राखे । जव कविता हेरें तव म तिन छक्क परें । दिनदहाडै, अनि खुलेआम चोरी । अहिलेको सोसल नेटवर्किंगको जमानामा पनि । यसमा दर्शनको केही दोष छैन । सोझो मनले उनले कविता राखिहाले । तर अर्काको कृतिको अंश आफ्नो भनेर लेख्ने अनि वाचन गर्ने प्रवृत्तीको विरोध गर्नुपर्छ ।
The below is the peom that was cited in the program..


 
Posted on 06-11-12 9:53 PM     [Snapshot: 51]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

Max Rossa ji ko lagi



Last edited: 12-Jun-12 01:10 PM

 
Posted on 06-12-12 12:14 PM     [Snapshot: 440]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कहाँ हु-बहु चोरेको छ र भन्या ? माधव घिमिरेको "बैसाख" कविताको सो अंश यसप्रकार थियो :

"आई कहिल्यै पनि नसकिने चैत-बैशाख मेरा
लाई कहिल्यै पनि नसकिने प्रीति नौलाख मेरा"

"मेरा" को ठाउँमा "मेरो" भैसकेपछि उहाँको मौलिक भैगो नी !! तपाईंहरु पनि

सांचै यो बैशाख कविता पुरै पढ्न कतै पाइन्छ कि ?
Last edited: 12-Jun-12 12:14 PM

 
Posted on 06-12-12 12:37 PM     [Snapshot: 469]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मलाई पनि कविता लेख्न मन लाग्छ , तर सारै गारो  हुदो रेछा, एउटा लेखेको  थिए, कविता भएन खाली कविता जस्तो मात्रै भयो
तेसकारण एकजना नाम चलेको कविको, राम्रो कविता चोरेर साझा मेरो हो भनेर पोस्ट गर्न पाए नि हुन्थ्यो. तपाई हरु लै थाहा छ चोर्न मिल्ने कविता ?

 
Posted on 06-12-12 12:52 PM     [Snapshot: 500]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Ali chitta bujhena

You didn't goto the event and didn't see the recitation of the poem, so you cannot blindly blame the author. Maybe prior to the poem recitation, he mentioned that he took the first few lines from our Rashtra Kavi.

The image posted has his phone number listed, I'd exercise some prudence before posting this image. GT must have posted it here since it was already out in FB, but now that some allegations are thrown to Mr. Acharya, it might be better to take the image (with his phone number written) out.


 
Posted on 06-12-12 1:21 PM     [Snapshot: 541]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

My apology for posting that picture without taking Mr Sharma's phone number out ..... and thanks to Stiffler.

However, I will definitely take this issue out into larger Nepalese communities. I am just waiting for Darshan Rauniyar's reply to my question whether Mr Sharma had mentioned about using few lines from Madhav Prasad Ghimire's 'Baisakh' or not.  

 
Posted on 06-12-12 1:48 PM     [Snapshot: 583]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


 Rachayita bahnera affno naam prasta tarika le lekeko cha....khai k bahne?? afuu tyaha thiyehna

Ali reference dinu parne ni...ki remix gareko ho ki?

 
Posted on 06-12-12 1:57 PM     [Snapshot: 607]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Good job greying out the phone number, GT.

Vasudevle bhanya jhai remix nai hola yo.
 
Posted on 06-12-12 2:34 PM     [Snapshot: 645]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

 साहित्य जी ल  राष्ट्रकविको 'बैसाख'  कविता पढ्नुस 

बैशाख
माधव प्रशाद घिमिरे

 
डाँडाकाँडा चहुर हरिया देखिए पालुवाले
बोकी ल्यायो बकुल वनको वास मीठो हावाले /
डाकी मौरी मधुर रसमा लेक पाक्यो गुह्ँली
गोठालाले वनवन डुली हाल्न थल्यो सुसेली  //
 
लाऊँ कानैतिर भनि टिपिन गुर्सिनीले गुराँस
नेवार्निले मधुसुमनले जेल्दिइन् केशपाश /
भोटेनीले मगमग बुकीफूल बाँधिन तुनामा
क्वैली बोल्यो वनवन नयाँ प्रीतिको सम्झनामा //
 
आए पाखा वन चहुरमा फूल लाखौँ पलाई
को भन्देला सकल यिनको नाम मीठो मलाई /
मेरै धौलागिरी शिखरमा छैन मैले पुगेको
नेपालीको दिल छुन अझै छैन मैले सकेको //
 
मिठो वास्ना मधुपवनमा आज आइरहेछ
यौटा थुङ्गा वनतिर कतै मुस्कुराइरहेछ /
कोहो कोहो भनि वनवनै क्वैली गाइरहेछ
नौलो मान्छे कुसुमपाथमा हेर आइ रहेछ //
 
चौतारीमा वरपिपलको बोट नौलो लगाउँ
छाहारीको तलतिर बसी गीत यौटा म गाउँ /
आइ कैल्यै पनि नसकिने चैतवैशाख मेरा 
लाई कैल्यै पनि नसकिने प्रीति नौलाख मेरा  //
 
वैली जान्छन कुसुमहरु यी जेठको घाम ओढी 
क्वैली जान्छे कुन विरहमा माइती देश छोडी  /
हाँसी खेली दुइदिन्, कहाँ जान्छ यो जिन्द्गानी
को लैजाला अमरपुरमा फूलको यो जवानी //
 
बोक्रा फेरीकन समयले घाउ सारा पुरिन्छन
मौरी आइ मधुपवनमा सुन्तलामा धुरिन्छन /
कस्तूरिले गिरिवन घुमी खोज्छ आफ्नै सुगन्ध 
हुन्नन कैल्यै कुसुम वनमा प्रीतिको गीत बन्द   //    
 
 


 
Posted on 06-12-12 3:05 PM     [Snapshot: 686]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धन्यवाद bhakte dai.

 
Posted on 06-12-12 6:51 PM     [Snapshot: 803]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फोटो राखिदिनुभएकोमा जिअलजी टाइगरजीलाई धेरै धेरै धन्यवाद । विचार प्रवाह गर्नुहुने जिअलजी टाइगर लगायत साहित्य, स्न्यापसट, वासुदेव अनि स्टिफ्लरजीलाइ पनि धन्यवाद । जव तथाकथित कवि गौरीश्वरको पाण्डुलिपिले नैं सवैकुरा बोल्दछ भने कविता वाचन भएको कार्यक्रममा जानु वा नजानु गौण कुरा हो । अनी सुन्नु नसुन्नुको पनि त्यति अर्थ छैन । यदि श्रृतिभन्दा लेखनलाई कानुनी प्रमाणको रुपमा स्वीकार्ने विद्यमान विश्वव्यापी व्यवस्थालाई मान्ने हो भने पनि गौरीश्वरजी उम्कन सक्ने ठाऊँ छैन । साझा डटकम र फेशवुकको पेजमा यी साराकुराहरु छताछुल्ल भइसक्दा पनि उनी आफ्नो गल्ती स्वीकारेर माफी माग्दैनन् भने उनलाई आगामी दिनमा साहित्यसम्बन्धी कार्यक्रममा उनलाइ कविता वाचन गर्न निषेध गरिनुपर्छ । विरोध एउटा व्यक्तिको होइन, एउटा प्रवृत्तीको हो, जसले अरुको सृजनामा आफ्नो नाम हालेर आत्मप्रवञ्चनामा रमाउन खोज्छ । वास्तविक सर्जकप्रति अन्याय गर्छ ।
विरोध खाली त्यत्ति कुराको मात्र हो । फेसवुक जस्तो सामाजिक संजालमा सार्वजनिक भइसकेको नाम, मोबाइल नम्बर सहितको फोटोलाई थप सम्पादन गर्नु अपरिहार्य त थिएन, तर पनि उनको मोबाइल नम्बर मेटाएर फेरी पोष्ट गर्नु पनि वैयक्तिक गोपनीयता जस्ता कारणले गर्दा स्वागतयोग्य कदम हो । अरुको कविताको अंश प्रयोग गरेर आफ्नो नाम प्रकाश पार्न चाहने उनको नियत थिएन भने एउटा ड्यास तानेर साभार राष्ट्कवि माधव प्रसाद घिमिरे भनेर किन राख्न सकेनन् ? त्रुटि मान्छेबाटै हुन्छ । त्रुटिले धेरै कुरा सिकाउँछ, यदि माफी माग्नसक्ने र गल्ती सच्याएर अगाडि बढ्नसक्नेआँट र लचकता छ भने । प्रायलाई एउटा घटना यादै होला, केही महिना अघिमात्र कान्तिपुर पब्लिकेशनमा काम गर्ने एकजना युवा पत्रकार आशिष लुईंटेलले न्यूयोर्क टाइम्स र अरु नाम चलेका पत्रिकाका प्रविधिसम्बन्धी लेखहरु अनुवाद गर्दै आफ्नै वाइलाइनमा छाप्दै गर्नाले जागिर चट् भएको थियो । करिब चारपटक सम्म नेपालीमा अनुवाद गरेर हुवहु लेख चोरी गर्दै आफ्नो नाममा छाप्दै गरेका आशिष लुईंटेलले ब्यबस्थापनको कारबाहीमा परेपछि माफी त मागे । तर उनको गल्तीको कुरा यति सघन रुपले मिडियामा बाहिर आइसकेको थियो कि
उनलाई त्यहाँको बौद्धिक सर्कलले स्वीकार गर्नै सकेन । यसलाई पनि एउटा दुखद संयोग नैं मान्नुपर्छ ।


 
Posted on 06-13-12 2:47 PM     [Snapshot: 1052]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हे प्रभु ,
अमेरिकामा नेपालि पढन लेख्न छोडी सके , बोल्ने मात्रै हुन् त्यो पनि अलिकति .
एस्तो अबस्थामा सिंगै कबिता बचन गरिदिएका भए पनि बाचक नै कबि हुन् भन्ने भान मा जनता मग्न मुक्त भै श्रवन गरि कुटी फर्कन्थे र फर्किए . धन्न तपाइँ हुनुहुदो रहेछ पुराना श्रस्टा संग परिचित.

निमोठिने कुरा साहित्य मात्रै हैन सिंगो देस को हालत लाइ मनन गर्नु भए , जाबो कुरा भनि चित्त बुझाइ टाउको दुखाइ कम बनाउनु होस् .


 
Posted on 06-13-12 2:56 PM     [Snapshot: 1065]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेपालीहरुको अरबौ लूटनेहरु पैसो र सम्मान लिएर मोज गरि बसेकाछन| यी जाबो केहि हरफ कपि गर्ने हरुले न त पैसा पायो न त सम्मान नै| हामि नेपालीको priority  बेमिशाल छ| 
 
Posted on 06-13-12 3:21 PM     [Snapshot: 1078]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

'पाँच रुपैया चोर्ने पनि के चोर हो र पचास करोड चोर्ने पो चोर हो'

अब यिनलाई कसले भन्देओस कि त्यो पचास करोड चोर्नेले पनि कुनै दिन पाँच रुपैयाबाटै चोर्न सुरु गरेको थियो...

अझ त्यसमाथि साहित्यको चोरीलाई रुपैया पैसाको चोरीसँग तुलना गरेपछि.... हे भगवान यो संसारमा कस्ता कस्ता नमूना हुन्छन भन्न बाहेक के नै गर्न सकिन्छ र ?

कसले भन्थ्यो नि स्याउ र सुन्तलामा तुलना गर्ने भनेर ... तर यहाँ यस्तै छ ... तुलना गर्न नपर्नेले गरिदिन्छन्, बोल्न नपर्नेले प्वाक्क बोलिदिन्छन् ... पैसा तिर्नु पर्ने होइन क्या रे, जे भने पनि भयो जे लेखे पनि भयो....

भने पछी साहित्यमा पैसा र सम्मान नपाउन्जेल चाँही मजासँग चोर्न पाइदो रहेछ .... सम्मान र पैसा पाउन थाले पछी चाँही अलि बिचार पुर्याएर चोर्न पर्ने रहेछ, यो त थाहै थिएन ....

यो पनि त थाहा थिएन साहित्यमा भएको चोरीको बारेमा बोल्नु र लेख्नु भनेको पटमूर्खता हो...


 
Posted on 06-13-12 3:35 PM     [Snapshot: 1100]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 साथीको कुरा सुन्दा 'चरो मार्ने पनि हत्यारा, मान्छे मार्ने पनि हत्यारा' भनेझैँ भयो| जे कुरा को पनि डिग्री अफ इम्पोरत्यंस हुन्छ| कुनै कुरो बिग दिल हुन्छ भने कुनै कुरो स्मल दिल हुन्छ| 
 
हो कविता चोर्नु नहुने थियो तर शयेद सैकोलोजिकाली मेमोरीमा भाको कुरो लेखिएको पनि हुन सक्छ| अनि शायेद यता कविता प्रेमिहरुमा येत्रो बिग दिल भैराको छ भन्ने ग्यान पनि नहुन सक्छ| 
 
जिलोजी मित्र, एस रेथिन्क्को जुनै बिषय बस्तुमा पनि रेथिंक गर्ने बानि भएकोमा एक दुइ चोटी माफ गरि दिनुष 

जुनसुकै कुरा पनि पोसितिभ्ली लिन सकिन्छ | कसैलाइ नेगेटिभलि लिन मन छ भने मेरो केहि भन्नु छैन  

 
Posted on 06-13-12 4:23 PM     [Snapshot: 1158]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो भन्न खोजेको त्यही हो

सबै कुराको आ-आफ्नो ठाउँमा महत्व हुन्छ ...

कविता लेख्ने अथवा कम्तीमा पनि कविता पढ्न मन पराउनेहरुको जमातमा गएर के कविता चोरेको कुरा गरिरहेको उहाँ बैंकबाट करोडौ चोरेर मान्छेहरु मालामाल भैसके भन्नु भनेको नेपालको कुनै दुर्गम गाउँमा धमाधम खेतमा बाउसे गरिरहेको लाठेहरुको माझ गएर ' तिमीहरु यहाँ के बाउसे गरी रहेको ! उहाँ हल्यान्ड युरोकपबाट आउट हुन लागिसक्यो ' भन्या जस्तो भयो.......

सोच्नु राम्रो हो, धेरै सोच्नु पनि राम्रो हो, तर एउटै कुरामा सोचेको सोच्यै गर्‍यो भने त्यो स्वास्थ्यको लागि हानिकारक पनि हुनसक्छ ...

हरेक कुराहरुलाई सकरात्मक रुपमा लिन सकिन्छ, तर त्यसको लागि निश्चित आधारहरु चाहिन्छ र हरेक कुराको एउटा सिमा हुन्छ ...

नत्र भने यसो भनु न

त्यो पाँच करोड घुस खानेको के दोष ? बिचरा उसको स्वास्नीलाई काठमाडौंको मुटुमा पाँच तले घर चाहिएको थियो, उसको छोरोलाई पजेरो चाहिएको थियो .............. उसलाई त घुस खान मनै थिएन, बिचरा बाध्यतामा पर्‍यो ...

त्यो १४ बर्षे कलिलो बालिकालाई बलत्कार गरी हत्या गर्ने मान्छेको के दोष ? विचराले त्यस्तो केटीहरु देख्ने बित्तिकै आफूलाई थाम्नै सक्दैन, के गरु के गरु हुन्छ................ यो सारा दोष उसको दिमागी हालतको हो ......... उ त हत्यारा हुँदैन होइन ...

ल अब हामी हरेक कुरालाई यसै गरी साकारात्मक ढंगबाट सोच्दै अगाडि बढौ ........

अन्तमा यहाँले माफि माग्नुपर्ने कुनै कारण छैन ...... तर कविवर गौरीश्वर शर्माले माफिका दुई शब्द मात्र पनि बोलिदिनु भएकोभए साकरात्मक सोचाइका थुप्रै आधारहरु तयार हुन्थे


 
Posted on 06-13-12 9:16 PM     [Snapshot: 1271]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 - हत्यारा भनेर अदालतले सजाय दिएको बालकृष्ण ढुंगेल लाई कारबाही गरौँ भन्दा माओबादी सकारात्मक सोचौ भनेर कारबाही गर्न मान्दैन
- सकारात्मक सोचको परिणामले नै होला बाबुरामको सरकारले सयौ कैदीहरु, जो कि हत्यारा, लुटेरा, डाका र kidnapper थिए तीनलाई आम माफी दियो 
- सकारात्मक सोचकै कारणले अहिले सम्म गाडी वा भौतिक सरसाधन तोडफोड गर्ने लाई अहिले सम्म कहिले पनि कारबाही गर्न नसकेको
- सबैले गरेकै छन् नि भनेर कसैले ठगेको उजुरी गरे पनि (bhatbhani case) त्यो व्यक्ति लाई सकारात्मक सोचको पाठ पढाउन खोज्छौ
- यहाँका केहि बुद्दिजिबीहरुले कृपया आफ्नो पढाई/काममा (लेखन वा वाचन) मा अरुको काम यस्तै दुरुस्त सार्ने गरौ र अभिभावक भए आफ्ना बच्चाहरुलाई पनि यस्तै प्रकारका तुलनात्मक उदाहरणहरु दिएर शिक्षा दिदै जाऊ  
 
त्यसैले उहा कविजीलाई पनि बरु केहि पुरस्कार दिउ, आफुलाई आफैले ठुलो पदवी दिएर साहित्यिक आसन त ग्रहण नै गरेर बसी रहनु भएको रहेछ
 
यसैगरी गल्ती गर्नेहरुलाई भन्दा गल्ती देखाउने लाई सकारात्मक सोचको पाठ सिकाउदै जाऊ, सफलताको सिखर एक दिन जरुरै चुम्ने छौ किनकि हाम्रा बुद्दिजिबीहरुले plagiarism बाट सिकेरनै एस्तो शायद भन्नु भएको होला, कि हैन भने ठुलो खेलाडी नै हुनु पर्छ zero tolerance भएको यस्तो चोरीबाट बच्न सक्नु भएकोमा 

 
Posted on 06-13-12 10:28 PM     [Snapshot: 1315]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

;">Dear friends, here comes a new update--The so called controversial poem has been deleted from Darshan Rauniyar's Facebook Wall. This is a positive response for our opinion and voices. Darshan Rauniyar realized the fake poem by so calledGaurishwor Sharma Acharya Mr. Rauniyar might have got just shocked and irritated by Gaurishwor Sharma Acharya who wanted to please him by false Bhaktigan. I don't know whether Geology Tiger got response from Darshan Rauniyar or not but simply deleting the post from his wall also gives a silent message.
We should always discourage the unethical deeds like Gaurishwor Sharma Acharya did. Such activities should always be discarded.

 
Posted on 06-13-12 10:42 PM     [Snapshot: 1316]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जिअलजी टाइगरजीको तगडा विचार सम्प्रेषणप्रति मेरो साधुवाद । अब चाइनेजो उहाँको पछिल्लो दमदार पोष्टिंग पढिसकेपछि रिथिंक जिले एकपटक पूनर्विचार गर्ने कि । कि कसो नेपाचाइ, मगोर्खाली, भक्तेदाई, स्टिफ्लर, वासुदेव र ड्यासजि ।

 
Posted on 06-13-12 10:55 PM     [Snapshot: 1316]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 कविता चोर्नु ठुलो कुरो होइन। चोर्न चाँही नहुने थ्यो, चोरेछ; एक बाजीलाई ठिकै छ भन्नेहरु - एक बाजी आफु अलि गतिलो कबिता लेखी हेर। चोर्न लायक मात्र भएपनि लेखिटोपल्यौ र कसैले त्यस्लाई आफ्नो भनेर प्रचारबाजी गर्छ भने तिमीहरुलाई कस्तो लाग्छ? त्यस्तो नाम चलेको कविको कविताबाट हरफका हरफ सारेर नि लाज पचाउन सक्नु भन्या अलि धेरैनै नीच काम हो। 
आँफैलाई कवि भन्न खोज्या होइन, तर 'मेरै भात भन्या भात हो' भन्ने टुक्रो एउटा दाजुले यहाँ साझामा भेटेर आफ्नै जसरी फेसबुकमा टाँस्या थिए। रमाइलोको लागि लेख्या भए नि आफ्नो रचना अरुले श्रोत नखुलाई वाह-वाह पाउन प्रयोग गर्या देख्दा अलि खल्लो लाग्छ। 

 



PAGE:   1 2 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
Will MAGA really start shooting people?
Democrats are so sure Trump will win
मन भित्र को पत्रै पत्र!
Top 10 Anti-vaxxers Who Got Owned by COVID
TPS Work Permit/How long your took?
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Breathe in. Breathe out.
3 most corrupt politicians in the world
Dementia Joe has been selected to become the next President
Trumpism project 2025 everyone should read https://www.project2025.org/
आज बाट तिहारको सेल सकियो
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
शीर्षक जे पनि हुन सक्छ।
Disinformation for profit - scammers cash in on conspiracy theories
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters