[Show all top banners]

Rahuldai
Replies to this thread:

More by Rahuldai
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 झन्डै बोर्ड !!!!!!!!

[Please view other pages to see the rest of the postings. Total posts: 53]
PAGE:   1 2 3 NEXT PAGE
[VIEWED 35560 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 3 pages, View Last 20 replies.
Posted on 06-25-09 10:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

झन्डै बोर्ड......................................


 


हाम्रो टोल छिमेकमा एक जना डाक्टर साहेब बस्नु हुन्छ । डाक्टर बालक राम । असली नाम उहांको राम मान,  तर टोल छिमेकमा डाक्टर बालक राम भनेर चिनिनु हुन्छ । कारण सरल छ, सबल छ । उहाँ आफुलाई देश कै सबैभन्दा वरिष्ठ बालरोग बिशेषज्ञ मान्नु हुन्छ वा देखाउन चाहनु हुन्छ । उहाँको घरको भित्तामा देशकै सबैभन्दा ठुलो आकारको डाक्टरी साइनबोर्ड झुन्ड्याइको जो कोइले देख्न सक्नु हुन्छ । कुल लम्बाइ १८ फिट र चौडाइ साँढे ३ फीट । साथै घरको चार किल्लामा ५ ठाउँमा आफ्नो बिज्ञापन टास्नु भएको छ । यसमाने मा उहाँ देश कै सर्बाधिक वरिष्ठ डाक्टर साहेब हुनै पर्छ भन्ने ठहर् टोलबासी को छ ।
 
डाक्टर साहेब अत्यन्त ब्यस्त मात्र होइन एकदम बिजी हुनु पर्दछ। यो अन्दाज मात्र होइनन, प्रमाणहरु पनि यथेष्ट छन ।  महाराजगंज कान्तिबाल अस्पातलको बाहिर को औषधी पसल देखी लिएर बानेश्वर चोक। बानेश्वर चोक देखिओ कोटेश्वर महादेबस्थान। कोटेश्वर देखी टंकेश्वर सम्म उहाँको साइनबोर्ड भाको क्लिनिक पुग न पुग ५९ वटा छन रे टोलका बेरोजगार भाईहरुले सर्भे गरेको। त्रिपुरेश्वर पशु चिकित्सालयको बाहिर पट्टी को औषधी पसलमा उहाँको साइनबोर्ड झुक्किएर राखेको हो कि आँफै राखेको त्यो चाँही थाहा भएन।
 
 यदी तपाईं  बिरामी लिएर  उहाँको घर वा काठमाडौ भरी फैलिएको क्लिनिक जहाँ देखाउनजानु भए  तपाईं को घर ठेगाना पुरै लिनु हुन्छ । एकहफ्तामा पनि फोलो अप गर्न नआएमा उहाँ आँफै घर पुग्नु हुन्छ। यसमाने मा डाक्टर साहेब को काम प्रतिको लगनशिलतामा कुनै शंका छैन। (किन आएनन भन्ने तिर सोच्ने डाक्टर साहेबको फुर्सद नै हुँदैन) ।  ओखती डाक्टर राम मान को राम वाण नै हुने गर्छ रे। किन कि दोस्रो पल्ट दोहरिएर त्यो बिरामी उहांको जानु पर्दैन वा जादैनन रे। यसमाने मा डाक्टर साहेब आँफैमा गर्ब  गर्नु हुन्छ र कहिले काहीँ टोल छिमेकमा भोजभतेरमा ४-५ गिलास जुस रित्याए पछी भन्नु हुन्छ ।


 



जुस लागेको बेला अरु पनि गर्ब को कुरा सगर्ब भन्ने गर्नु हुन्छ । उहाँ नै पहिलो नेपाली रे जसले चाइना गएर इङ्लिश मा पढेको रे। चाइना मै डि सि एच गरेको पहिलो नेपाली रे। पहिलो नेपाली विद्यार्थी संगठन को अध्यक्ष रे। डाकटर साहेब अझ थप्नु हुन्थ्यो। अरु त सब नक्कली बाल बिशेषज्ञ रे। बंगलादेशबाट नि डिसिएच हुन्छ ? नाक खुम्च्याउनु हुन्छ । डिसिएच भनेको के हो भनी एक जना टोलकै भाईले सोध्दा डाक्टर साहेब ले भन्नु भयो।


 


"डिसिएच भनेको बाल रोग सम्बन्धी सबै भन्दा ठुलो डिग्री हो, पी एच डि भन्दा नि ठुलो। डाकटर अफ चाइल्ड हेल्थ । "


यो पंक्तिका लेखकको ज्ञान ले त डिसिएच भनेको कुनै डिग्री होइन भनेर पढेको। डिप्लोमा इन चाईल्ड हेल्थ भन्ने १० महिने तालिम हो भन्ने मेरो धारणा फेल खायो। तै पनि डाक्टर साहेबअको तर्क गर्न सक्ने क्षमता र तर्कबाट फरक्क फर्केर मुक्का हान्ने अर्को क्षमता सँग परिचित भाकोले शायद नै डाक्टर साहेब सँग पङा लिने गर्छु ।



डाक्टर साहेब को बाल्यकाल हाम्रै टोलमा बितेको र आफ्नै बिरादरीका। यो पंक्तिकार भन्दा २ ब्याच सिनियर। सानो हुंदा नै उहां अजङगको हुनु हुन्थ्यो। गुच्चा, तेलकासा, आसपास, घ्वाइं जे पनि खेल्नु हुन्थ्यो। अजातशत्रु भन्दा फरक पर्दैन। उहाँ हार्नु हुन्न। हराइयो भने षड्यन्त्र भाको ठहर् हुन्थ्यो। खेलमा आफु हारियो कि अर्का दाँत झारियो । हरेक दिन कोइ न कोइ को राम धुलाई नगरी खाना खानु हुन्न थियो बालक राम ।



सबै भन्दा रोचक काहानी त उहाँ हाइस्कूल पढ्दा तिर को छ । जुनियर् भाको नाताले उहाँको गर्बिलो कृयाकलाप नजदिक बाट हेर्ने शौभाग्य जो मिलेको थियो ।


 क्रमश:
 


 
Posted on 06-25-09 11:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दाइ यो य एकदमै मजाको कथा जस्तो लाग्यो है - डाक्टर बालक राम - नामै खाफी छ होइन त


ट्रेलर जस्तो छोटो पार्ट मात्र राख्नु भएछ तपाईंले - चाडै नै पूरै फिलिम हेर्न मन लाग्यो -


ल दाई अली छिटो छिटो टाँस्नु होला -


अनी एउटा कुरा - ठुल्दाइ ले चाँही कती को खाइयो नि बालक राम को धुलाई गुच्चा, तेलकासा, आसपास, घ्वाइं खेल्दा


 
Posted on 06-25-09 11:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल ठुल्दाइ, अजब, गजब खाले रमाइलो कथा ल्याउनु भो जस्तो छ, ल सुनुम सुनुम त्यो रोचक काहानी के रेछ, लौ दाई... कान ठाडो पारेर सुन्न तम्तयार है, अबेर नगरम!

 
Posted on 06-25-09 11:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ह्याsssssssss ठुल्दाइ यो सुरु हुन पाको छैन क्रमश त भएन नि , लौ म त कसै लाई कुट्दा झन्डै बोर्ड भनथान्या त कुरओ अन्तै गई रहा छ , गुर्लाम गुर्लाम 
 
Posted on 06-25-09 11:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सुरुवात त मजको छ है राहुलभाई !! अरु भागको प्रतिक्षामा

 
Posted on 06-25-09 12:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

DCH = Doctor of Child Health


बेलैमा त्यस्तो थाहा पाको भए, उहिले चाइना गइन्थ्यो, PHD भन्दा ठुलो डिग्री लिएर आइन्थ्यो नि।


अर्को भाग अझै रोचक होला जस्तो छ।


 
Posted on 06-25-09 12:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हेर हेर ठुल्दाइले खैरो खन्या बिचराको हेहेहे


ल ल दाई राम्रो सुरुवात छ, अरु नि थाहा पाम के के भयो


 
Posted on 06-25-09 1:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

crazy uhile china gaera ahile PHD re? thulo dai ko ni thuli didi po jasto chha ta yo crazy ta

ho ho aru chadai lekhnu thulo dai.

 
Posted on 06-25-09 1:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Baire ko katha pachi ko ramailo katha suru huna lagya jasto chha...


 


Keep on writing rahulvai...


 
Posted on 06-25-09 1:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

yo khushi ni, agrako kura bhanda gagrako kura garche bhanya.


ka PHD ni ahile, DHP ho, desperate Health Person. kam na kajko  kyaa?


 
Posted on 06-25-09 4:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कथा ( य यथार्थथा ? ) रमाइलो छ, यस् अर्थमा कि राहुलभाइको हास्य बिधा मा कलम कमै मात्र चलेको पाएको छु।
PHD ko मैले जानेको परीभाषा अर्कै छ : Passed Highschool with Difficulty.
  

 
Posted on 06-25-09 6:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Thuldai le lekhya padnai paryo. Akhirpheri sjaha ma log in garne bato banai halnu bhayo. Asa cha chadai nai doctor sap ka chartikala haru padna paincha hola.....
 
Posted on 06-26-09 9:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लहरे,
बालक रामको कथा कती रमाइलो हुन्छ हेर्दाइ जाम । बालक राम को राम धुलाई मा ठुलदाई त कहिलेइ परेन, ठुलदाई को भाको राम धुलाई मा डाक्टर बालक राम परेको याद छ ।


पुरे,


लोल भन्ने खालको कथा त छैन हो। लोल । सके सम्म छिटो राख्ने छु।


बैरे,


क्रमश: मै त छ जिन्दगी । एकै चोटि कहाँ अन्त्य हुन्छ र ?


हरीकान्छा,


हेर्दाइ जाम, बालक राम ले के के गुल खिलाउने हो।


क्रेजी,


डाक्टर बालक राम ले पहिला नै यस्तो सल्लाह दिएको भए GRE-TOEFL यो बुढेसकालमा किन दिनु  पर्थ्यो ? मखुला ?


रिट्ठे,
खै खैरो खानेको, पहेलो नि खानेको छैन। आफ्नै दाई जस्तो मान्छे को नि खोइरो खन्छु होला र ?


खुशी,


आजै लेखिन्छ अर्को भाग।
 
नेपाली ठिटा ,


राम्रो लेख्ने सदा यत्न रहन्छ तर सबै राम्रो सधैंं राम्रो चाँही नहुन सक्छ है ।


मालपानी ,
हास्यरस मा लेख्नु करुण रसमा लेख्नु जुना सुकौ रसमा लेख्नु भनेको सबैको बसमा हुँदैन नै। केवल आफुले भोगेको देखेको शब्दमा उतार्ने मान्छे मात्रा भाकोले कहिले रुन्छे कथा बन्छ कहिले हास्य।


मार्सल,
आउँदै गर्नुस् , लेख्दै गरौला।


 



 


 
Posted on 06-26-09 12:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

dai, ma pani padhdai chu. aaja dherai din pachi sajha hereko...dherai mahina pachi. kaam garnai mann lagena, ani cricket herdai sajha chalaudai baseko. aba summer bhari dai ko katha padhne bichar cha. tei bhayera dherai lekhnu paryo dai.

 
Posted on 06-29-09 10:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 झन्डै बोर्ड...................
भाग २


रोचक कुरा गर्नु पर्दा हाइस्कूल भन्दा केही बर्ष अघी फ्लाश ब्याकमा जानु रमाइलो हुन्छ  होला। डाक्टर बालक रामका पिता कलम मान र माता मौसी काकी नामाकरण को पनि रमाइला तथ्यहरु छन। खास मा कलम मान काका को असली नाम कमल मान थियो। जागिर खाने क्रममा श्रेस्तदार ले रेकर्डमा कमल मान को ठाउमा कलम मान लेखी दिएछ। त्यसपछी नागरिकता देखी अन्य कागजातमा कलम मान नै रहन गयो। कलम मानको अर्धाङ्गिनी भएकोले नै काकी लाई मसी काकी उपनाम दिएका रैछन् । मसी काकी कालन्तरमा मौसी काकी हुन गएको रे ।



डाक्टर साहेब कक्षा ५ मा हुंदा हाम्रो चोक को पूर्खाको घर बेची टोल कै सबर्बमा सपरिवर बसाइ सर्नु भयो। बसाइ सरेको साइत परेर हो कि बालक राम ५ बाट ६ लाग्दा स्कूलमा थर्ड हुनु भए छ । एउटै स्कूलमा पढ्ने भाकोले राहुले लाई थाहा थियो र गर्ब पनि, आफ्नै टोलको आफ्नै बिरादरिको दाई थर्ड भाकोमा।



मौसी काकी दसैं, तिहार , पहाँचह्रे, ईन्द्रजात्रा, गाइजात्रा, देवाली पूजा आदी मा चोकको मठमन्दिरमा तामाझामका साथ पूजा अर्चना गर्न आउनु हुन्थ्यो। १० मिनेट को पूजामा १०० मिनेट को तामाझाम र अर्को सयमिनेट सयथरिको गफ गरी चोक नै मौसिमय बनाएर जानु हुन्थ्यो। चाडपर्ब बाहेक अन्य दिनमा पूजा थाल मा मौसी काकी सजिए भने कसैको जन्मदिन को प्रचारमा आउनु भएको लख काटिन्थ्यो। यसउसले कलम मान को सपरिवार को जन्म दिन कहिले खैले पर्छ चोक भरिका लाई कण्ठस्त भैसकेको थियो।
एक दिन अचानक पूजा सामाग्री सहित काकी चोकमा हाजिर हुंदा कसैले सोधे छ " काकी आज कस्को जन्म दिन? "



"आज कसैको पनि होइन, मेरो कान्छो छोरो राम स्कूल मा थर् भाकोले पूजा गर्न आएको।" काकीले आफ्नो छोरो को बयान गर्न थालनु भए छ। यस्तो छोरो उस्तो छोरो । ज्ञानी महा ज्ञानी देबता जस्तो आदी इत्यादी ।
प्रश्नकर्ता टोले ले "एह , बधाई छ थर् भाकोमा, भोज कहिले नि" भनेर एक पम्पू फेरी कस्नु भयो। 



"फस भयो भने, अर्को साल पक्का फस हुन्छ, अनी चोक मा राखेर सबैलाई भोज खुवाउने।"



मानौ मौसी काकी आफ्नो छोरोले कसैले गर्न नसकेको उपलब्धी हासिल गरे जस्तो धक्कु लाउन थाल्नु भयो। तीन छोराहरु मध्येका कान्छो छोरो बालक राम। ज्ञानी त असाध्य ज्ञानी । पढाई मा तेज । आफुले कहिलेइ पिटाइ खाएर आएको थिएन, हारेर कहिलेइ घर फर्केको थिएन। टोल छोडे पछी कुनै केटाकेटिले रुनु परेको थिएन।


एवं रीतले अर्को साल पनि मौसी काकी पूजाको थाल लिएर त्यही याममा आउनु भए छ। फेरी त्यही भनादमिले ले " यसपाली के को पूजा नि मौसी काकी ? फस भाको हो ?"



काकीको अनुहार मा सदा झै चमक थियो। " यसपाली नि थर् नै भयो, झेल्ला गर्‍यो नि स्कूलले। फस हुनु पर्ने मेरो हीरालाई थर् बनाइ दियो। त्यो पनि कम होइन, थर् भनेको थर् नै हो नि, मखुला? " " यती पढ्छ मेरो हीरा, त्यती त कसैले पनि पढ्दैन। ट्वाइलेट् जाँदा नि किताब लिएर जान्छ" । ट्वाइलेट् को मधुरो पिलपिले बत्तिमा किताब पढ्थ्यो कि कमिक के थाहा काकी लाई ।


सात पनि थर् नै भएर पास हुनु भयो। आठ देखी हाइस्कूल मा भर्ना हुनु भयो। ८ बाट नौ जादा बालक राम थर्डबाट सेकेण्डमा पद्दोन्नती हुनु भए छ । त्यो साल को मौसी को पूजा अर्चना एक ग्रेड माथिको थियो। थर् बाट सेकेन जो भाथ्यो। हामी त पढाईमा लड्डु । थर् त के फोर्थ हुने पनि सपना न देख्नेहरु। कहिले काहीं इर्ष्या लाग्थ्यो। स्कूलको जन्म जयन्तिमा पुरस्कार थाप्न पाए । घिरौला जत्रो नाक हुन्थ्यो।


आफुले पनि बल्लतल्ल सात पास गरी त्यही स्कूलमा पढ्न गैयो। आफ्नै टोलको दाई सेकेनब्वाइ। १० मा हुनुहुन्थ्यो उहाँ। ८ सकियो। डाक्टर साहेबले एस् एल सि टेस्ट पनि सक्याउनु भयो। आठको रिजल्ट् ले कोल्टे फेर्‍यो।चन्द्रमा दाहिने, ग्रह दशा सबै अनुकूल भएर हो कि लड्डु राहुल अकल्पनिय ढंग ले सर्बप्रथम भयो। टेस्ट परिक्षामा बालक राम सेकेण्ड पोजिशनमै बर्करार हुनु भयो। रिजल्ट् भा दिन दाजु भाई को भेट भयो ।



"राहुले पास त भैस् ?"


" यो स्कूलमा पास हुन पनि गाह्रो छ, पढ्ने होइन यो राहुले।"



मानौ राहुले फेल भएको कन्फर्मेशन उहा सँग छ र सम्झाउदै हुनुहुन्थ्यो, टुपी कसेर पढ्नु पर्छ मैले जस्तै भनेर।



"खै यो स्कूल को चाला मलाई पनि थाहा छैन दाई , यसमा त सर्बप्रथम भनेर लेखेको छ , के हो के ? "



ममार्कशीट हातमा राखी दिए पछी बालक राम को होस् उड्यो वा खुल्यो थाहा भएन ।


" मिस्टेक भाको होला, गएर क्लास टिचर सँग सोध"


"क्लास टिचर ले नै बोलाएर दिएको दाई ।"



"तै पनि यो हुनै सक्दैन, केही गडबड भाको छ ।"


 
"किन दाई ?"



"किन कि म त कहिलेइ फस भैन, तं कसरी हुन्छस् ?"


 क्रमश:
 
   
  
   


 
Posted on 06-29-09 11:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

" मिस्टेक भाको होला, गएर क्लास टिचर सँग सोध"


"तै पनि यो हुनै सक्दैन, केही गडबड भाको छ ।"


"किन कि म त कहिलेइ फस भैन, तं कसरी हुन्छस् ?"<<


 


हाहा बालक राम पनि - मिस्टेक भाको हुनु पर्छ रे क्लास टिचर लाई गएर सोध रे


हैन दाई यो बालक राम सर्व प्रथम भएन भनेर अरु पनि हुन नपाई हो


हँसाउछ बालक राम पनि -


अब एसपाली त मसी काकी ले के मात्र गर्ने होला - टोल मा मसी काकी को हिरा जस्तो छोरा ले गर्न नसकेको काम ठुल्दाइ ले गरेपछी -


लौ सुन्नै पर्‍यो ठुल्दाइ - अली चाँडै हात चलाऊने कि


 
Posted on 06-29-09 12:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ दह्रो गयो यो नि , भने सि ठुल्दाइ को पनि अब मन्दिरा धूम धाम को जाने हो कि क्या हो ? कतै बालक राम लाई जितेर ठुल्दाइ र बालक राम को घमासान युद्ध त हुने होइन ?


तर बालक राम ले चाँही सहि भन्यो मिस्टेक भाको होला गएर सोध भन्न । गुर्लाम गुर्लाम ठुलदाइ


 
Posted on 06-29-09 3:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जोशी जी ,
पहिलो भाग पढेर टिप्पणी गर्नु भाको मा धन्यवाद , दोस्रो भाग पनि पढिदिनु होला।


 


लहरे,
बालक राम ले ट्याम ट्याम मा हसाउछ ट्याम ट्याम रुवाउछ भने। अचम्मै कै डाक्टर भने। ओन्ली पिस इन द सिटी भन्छन क्या रे ।


बैरे,


मिस्टेक नै भा जस्तो त राहुले को आफ्नै दाई लाई पनि लागेको थियो त्यती बेला। बालक राम फस हुन सकेन भन्दै मा अरु हुँदैन भन्ने तर्क सँग चाँही सहमत् हुन सकिन है।
 


 
Posted on 06-29-09 3:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

<<<"किन कि म त कहिलेइ फस भैन, तं कसरी हुन्छस् ?">>>

आफु फर्स्ट नभो भनेर दाह गर्या मुर्दारले

 
Posted on 06-29-09 5:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Ajha eutai class ma hunuparne Rahul bro lai dhulo pitho gartyo hala BalakRam le


 



PAGE:   1 2 3 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
Lets play Antakshari...........
शीर्षक जे पनि हुन सक्छ।
NRN card pros and cons?
What are your first memories of when Nepal Television Began?
TPS Re-registration
Democrats are so sure Trump will win
is Rato Bangala school cheating?
What Happened to Dual Citizenship Bill
Basnet or Basnyat ??
We live in precarious times
H1B fraud
nrn citizenship
इन्दिरा जोशीको चिन्ता लौच
Sajha has turned into MAGATs nest
Nas and The Bokas: Coming to a Night Club near you
श्राद्द
सेक्सी कविता - पार्ट २
डलराँ कमाएर ने .रु मा उडांउदा !@#
ChatSansar.com Naya Nepal Chat
Why always Miss Nepal winner is Newari??
Nas and The Bokas: Coming to a Night Club near you
राजदरबार हत्या काण्ड बारे....
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
is Rato Bangala school cheating?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters