[Show all top banners]

Regal
Replies to this thread:

More by Regal
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 हाईस्कूल पुनर्मिलन {..........}

[Please view other pages to see the rest of the postings. Total posts: 53]
PAGE:   1 2 3 NEXT PAGE
Keywords associated with this thread

katha
[VIEWED 38456 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 3 pages, View Last 20 replies.
Posted on 05-26-09 12:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दिन काट्न गार्हो भएर TVको च्यानल ओल्टाइ-पल्टाइ गर्दै बसेको थिएँ भान्जा कोठाभित्र छिरे ।
"मामा ,यी यो चिट्ठी हाम्रो स्कूलबाट दिएको "
"किन मलाई नि, तिम्रो स्कूलको चिट्ठी तिम्रै बुवालाई देउ न " उन्को कुराले खस्सै interest जगाएको थिएन मलाई ।
"हैन के तपाईंलाई नै दिनु भन्नु भएको थियो सरले । फेरी तपाईंको पनि त् पुरानो स्कूल हो नि त्यो ।" भान्जाले ईतिहास पल्टाए ,TVमा पनि flash-backको सिन अैइरारैछ । लौ त नि के रैछ भनेर खोलेँ चिट्ठी । चारकुनामा बुट्टा भरेर भाङ्रा टोपिलाई गोयाँलाको फूल ओडा जसरी निमन्त्रणा लेख्या रैछ । सराँश:स्कूल स्थापनाको २५ बर्ष पुरा भएको उपलक्ष्यमा पहिलो SLC ब्याच्को Reunion कार्यक्रम रैछ यो शुक्रबार । अब छुट्टी काट्न गार्हो परेर नबोलाको ठाउँमा समेत कुकुरभन्दा पनि पहिला पुगिन्छ झन बोलाको ठाउँमा त जानै पर्‍यो । टाइम साँझको राखेर मोरेछन । Dress-code त केही राख्या छैनन मुर्दारहरुले , हैन भने फेरी उही 80sको बेलि-बटन पाइन्ट ढल्काउनु पर्ला नि भनेर हेरेको त्यस्तो केही छैन रैछ । भने पछी होलो-सस्तै लाएर जानु पर्ला । बेस्सरी बजाउनु पर्छ । अरुलाई के-को चिन्ता,घर ज्वाँईलाई खाना चिन्ता भने झै आफ्नो धुन reunionबाट load-unloadमा पुगी सक्याथ्यो । थुक्क ! कालिपारे लेबर , तैले पनि दिन पारेरै जन्म्या होस ।

सान्नानीको तिन्पाने cafeमा तिनदिनसम्म गयल नभैकन अनुशासित डिप्टि लाएसी शुक्रबार पनि आयो । दिदिले धोइद्या कपडामा सज्जिएर अनी भाईबाट हाइज्याक गर्या भट्-भटेमा थच्चिएर लागियो भुतपुर्ब स्कूल्का भुतजस्ता मास्टरहरुलाई भेट्न ।
...आयो मेरो भट्-भटे, भटट-भटट-भट् ....

स्कूलको गेटमा पुग्दा अर्कै अनुभुती भो । पाले नयाँ रैछ नचिन्या जस्तो गर्‍यो, गेट उही पुरानै चिन्या-चिन्या जस्तो गर्‍यो । हुन पनि नर्सरिदेखी १०कक्ष्यासम्म १२ बर्ष बिताएको ठाउँको सम्झना त के एस्सै मेटिन्थ्यो र । अनुहारहरु नयाँ देखिए पनि ,माहौल पारीचित नै थियो ।
बाँसबारी जुत्तामा पुलिस्टरको पाइन्ट, टेरिकटको कमिजमा देब्रेतिर safety-pinले hanky सिउरिएको, दाइने कुममा टुम्लेट र पिठ्युँमा आफु जत्रै-जत्रै झोला बोकेर पहिलो चोटि स्कूल आउँदाको देखी लिएर SLCको अन्तिम पेपर सकेर साथीहरुसँग जिस्कदै "भो पुग्यो अब,सकियो १२ बर्से काराबासको सजाए, अब आउनु छैन फर्केर"भन्दै गेटमा आएर ढुङ्गै पल्टाएको सब याद ताजा भएर आए ।

"हजुर के कामले आउनुभाहोला ?"अतित र बर्तमानको साँध कोर्न अैपुगे अर्का मामा । पालेलाई मामा भन्ने चलन थियो हाम्रो । आमाले भन्दा बढ्ता कुरा लाउथे मामाले र बाले भन्दा बढ्ता चुट्थे गोरु-बाले । अहिलेका मामा भने डन्ठे मामा नबनी ट्रफिक मामा बने ।
"रुइ-उन्एउ reunion हुने कान-पेन्सन-हालconvention-hall त्यता हो " भनेकै दिशातिर लागियो ।

कान-पेन्सन-हालमा १०-१२जना खानाँ काल पहिल्यै पुगी सक्या रैछन् तैपनी जलपान सुरु नभा भएर मन भुलौन TV हेर्दै थिए । आफ्नै ब्याच भन्थे तर चिन्या जस्तो कोइ नि देखिन । गलत ठाँूमा अाइयो भनौ भने पोस्टर-पम्पलेट सहि टाल्या छ, साँच्ची बुढो भैएछ कि जस्तो लाग्यो ।
"ल ल फेरी बाजी टेकाम साथी हो ! त्यै १५ नम्बरको कालेले नै जित्छ,(TVमा Beijing-Olympicsदिरारेछ) ,दौडमा dark-horseर dark-habsiभन्या एउटै हुन ।"अहिले बोल्ने चाँही केही बिसेक चिन्या-चिन्या जस्तो लाग्यो तर स्थानको दुरिले भनौ या समयको दुरिले (उस्तै-उस्तै हो बा...)ठम्म्याउन भने सकिन। राती देख्या सपना बिहान सम्झन नसक्या जस्तो भो । मलाई के गरु-के गरुँ भो । त्यहाँ जाउँ कोसँग बोलुँ,के बोलुँ फेरी उनिहरु पहिलो चोटि रङीन TVदेख्या जसरी मद्-मस्त छन । ढोकै निरको कुर्सिमा थपक्क बसेँ ।

समय बित्दै जाँदा अरु खानाँ काल पनि थपिए, कोइ गएर परिचय माग्ने साहस् गरे र आफुलाई माहौल्मा घुसाउने प्रयास पनि गरे । तर जती आए पनी मलाई चाँही बाइपास गरे । लौ बर्बाद ! ढोकैमा बस्या भएर मामा पो भन ठाने कि केहो । फेरी कपडा पनि मलाई खुब होलो-सस्तो लाउनु पर्ने । भाईकै भए नि कोट-सोट ढल्खाएको भए के जान्थ्यो तेरो । उता कतिले त हामी आउँदा समेत नऊठ्ने कस्तो पाले रैछ भनेर बिनाकारण सराप्न समेत भ्याइ सके होलान् ।

"ल अब चाँही कार्यक्रम सुरु गरौँ है ।" अघि कालेको आड्मा बाजी मार्ने गोरे उठ्यो । घडी हेरेको निमन्त्रणा कार्डको exact टाइम भा रैछ । लौ हेर ! भोज-भतेर भनेसी त टाइमै सुरु हुने रैछ त अरु बेलाँ चाँही नेपाली टाइम ।
"लौ त यहाँ पाल्नु हुने सबै साथीहरुलाई मेरो र बिद्यालय परिवारको तर्फबाट स्वागत छ । हाम्रो कार्यक्रमको बारेमा त तपाईंहरु सबैलाई थाहै छ के लामो भाषाण छाट्नु र । बरु सबैले आफ्नो परिचयबाट नै सुरु गरौँ ,हुन्न ? म शंकर केसी । SLC पहिलो ब्याच र हाल यो बिद्यालयको प्रधानआध्यापक पनि ।" म झल्याँस परे । लौ हेर ! यो त शंकरे पो रैछ । त्यही भएर पो चिन्या-चिन्या जस्तो लागेको । उ त मेरो स्कूले जिबनको मिल्ने साथी । कक्ष्या ४ देखी १० सम्मको desk-mate नै हो । उबेलामा भोक्मरी पर्या जस्तो दुब्लो थियो, अचाक्ली नै । मज्जाले हास्यो भने रोक्किँदा मुख रातो पारेर थर्-थर काप्ने भएकाले हामी उस्लाई "थरे" भन्थेउँ ।

"ल अब कोही छ बाँकी परिचय दिन ।" हरे ! बेला न कुबेला थरेको सोचमा दुबेको त यता थरि-थरी मान्छेका परिचय नै छुट्टाइएछ । झन कसरी चिन्ने आफ्ना पुराना class-matesहरुलाई भनी भा बेलामा । लौ बरु आफ्नै परिचय दिनु पर्‍यो अनी बाटो बन्ला नि भनेर हात उठाएँ । मेरो परिचयसङै परिचय चक्र टुङियो । अब भने मामाहरुले जलपान भित्र्यौन थाले । शंकरे म भएतिर आयो ।

"सर नमस्ते !" मैले जिस्काउन खोजेँ ।
"सर मात्र होइन मुला, हेड्सर भन हेड्सर" उ त झन फुर्किन्छ के रे ।
"अनी यार कती खेर आएको ,छुट्टिमा घर आएको छस भन्ने त सुनेको थिएँ । भेट्न आउनु पर्दैन साले, एक त १० बर्ष पछी नेपाल फर्कनु छ तेस्माथि पनि...... तलाई ... "
"ओए ! हेड्सर भएर एस्तो भाषा?" मैले कुरो मोड्न खोजेँ
"पुराना साथीहरु भेटेपछी पुरानै छाँट त आउनेनै भो नि । त्यसैले त मैले आजको पार्टिमा स्कूलका अरु सर-मिसहरुलाई बोलाएको छैन नि । मामाहरु मात्र हो , बोले हुन्छ ।"
"अनी यार, मैले नेपाल छाड्दा तँ त अमेरिका उडिस भन्ने सुन्थें फेरी किन फर्केको त डलर कमाउन छाडेर?"
"छोड यार, कुरा नगर । बस्न मन लागेन । कलेज जेन्-तेन सक्ने बित्तिकै फर्के म त । सालेहरु हाम्रो नाम समेत् जानि-जानी बिगारेर बोलाउने ,हामी भने मिलाई-मिलाई सुन्नु पर्ने, मिलाई-मिलाई बोल्नु पर्ने । घोट्टिएर काम गर्‍यो pay-chek आउने बेलामा के-के जाती तिन्का बाउका टाउको tax र fax काटेर आद्धा ज्याला पाइने । अब त्यो नाम पनि नहुने-माम पनि नहुने ठाँुमा के बस्नु भनेर फर्के । फेरी मरी लानु के छ र, जिउदै हुँदा म १ जनाले अरु १० जनाको भबिस्य बनाउन सहयोग गर्न सकेँ भने तेही हो मेरो कमाई ।" शंकर ठट्ट्एउलो पाराको देखिए पनि पहिले देखी नै भित्रीरूपमा अली भावुक स्वभावको मान्छे थियो ।

हुन त मलाई पनि कतिपय अर्ध-परिचितले भावुक मान्छे भन्देलान । तर शंकर र मेरो भावुकतामा फरक छ । उ सबै परिस्थिती अनुकुल हुँदा पनि भावनात्मक निर्णय लिने मान्छे , आफ्नो भावुकतालाई ठट्ट्यौलिमा ढाक्ने मान्छे । म परिस्थितीको मारले भावुक बनाएको मान्छे । बेला-बखत आँफैमा रमाउछु तर स्कूले जिबनमा जस्तो खुलेर फेरी हासेको छैन । हुन त कुकुरको पुछर हेरेर हास्ने उमेरमा सबै त्यस्तै हुन कि? तर पनि उबेलामा हाम्रो साथीहरुमध्य मैले अलिक धेरै नै बङो देख्थेँ ति पुच्छरहरु । पढाई पनि राम्रै थियो र SLCको iron-gate पनि पार गरियो । अनी बल्ल जिन्दगीले ति सबै creditमा हाँसेका हाँसोमाथि साँवामाथि ब्याज र ब्याजमाथि प्याज लगयो । मेरो स्कूल त जेन्-तेन सकियो तर क्याम्पस पढाउन सक्ने सामर्थ्य मेरो परिवारको थिएन, मलाई थाहा थियो । फेरी उबेलामा आफ्नो जिल्लामा क्याम्पस पनि थिएन । आफ्ना साथी-भाइ र सँगैका अरु नयाँँ जोशकासाथ धमाधम काठमाडौं लगायत अन्य शहरहरुतिर लागे । आफु घरको न घाटको भैयो । फेरी अब त कमाउन लाग्नु पर्छ भन्ने पनि सोच्नु पर्ने नै थियो । भाई भर्खर ५ कक्ष्यामा थियो, उस्ले पनि एक दिन SLC पास् गर्छ । केही न केही त गर्नै पर्ने बाध्यता आयो । हिनताबोध लिएर गाउँमा बस्ने मन मलाई थिएन । त्यसैबेलाताका Indian-Armyको गल्ला आयो । मरता क्या नही करता भन्ने धोती उखान त सुन्या थेँ तर आफ्नै जिबनमा लागु होल भन्ने भेउ पैयाथेन । इखले भनौ या सिपले, जेस्ले भए नि पल्टने रासनमा टिक्नु टिकियो । जवानबाट सुरु गर्या क्याप्टेन सम्म पुगियो । बल्ल गाउँ फर्किने साहस् पलाएको हो ,एत्ती नभा भे त उही हो ...आमा रुँदै गाउँबेसी मेलैमा, छोरो रुँदै गोरखपुर रेलैमा ...

"क्याप्टेन साब ! एत्रो बर्ष पछी भेट भा बेला मेह्फिलमा रङ जमाउन परेन । ला समात , खुब जमेगा रङ जब मिल बैठेङे हम;आप ,मै और .....।" शंकरेले एक प्याला मेरो हातमा थमाउदै आफ्नो चाँही रित्त्यायो ।
"बिमौरा-घमौरा निको पार्न क्याप्टेन साबुन चाहिन्छ,Reunionमा त स्कूलमै तिन्पाने पाईन्छ । ह्या, खा न छिट्टो । आफुलाई भने मुख जिस्का जस्तो मात्र भो । स्वाट्ट पारेको छात्ती पोल्यो, अर्को सटले निभाउनु पर्‍यो के , मामा........."

तिन्-चारवोटा प्याला रित्तिँदासम्ममा चाँही हामी उही अल्लारे दौँतर भै सकेका थियौँ ।
"ओेए , थरे ! साले अघी परिचय roundमा आफ्नो भेजा टाइट भएर केही सुनिन यार । यि मध्य हाम्रा अलिक नजिकका साथीहरु को-को हुन चिना त "
"ह्या के यि मध्य नि ! लागेर तिरिमिरी परीस् कि के हो ? जम्मा १५ जना त आछन ,त्यही भएर परिचय राउन्ड सुरु हुने बित्तिकै खत्तम भाको हो । तर केही छैन म सबजना चाइनाइदिन्छु नि एहिँबाट । Don't worry my Dear, ओे माइ डिएर-तिम्रो हाम्रो बिएर गोल्डेन टाइगर .... ल सुन , उ त्यो सारी र sleeveless-blouse लाउने माल चाँहीँ सुधा हो । उही क्या त ,८ कक्ष्यासम्म त्यस्को नाक्मा सिँगान बग्ने राता टाटा हुन्थे त । हि..हि..हि.. "
"तेरी बज्यै प्वाँट भा रैछे त"
"सुस्तरी बोल प्यासी आत्मा, हाम्रै classको गोबिन्दे, भट्टे के, हो उस्ले बिहे गर्या छ । क्याम्पसमा दुबैजनाले एउटै बिषयमा सितारा पाएछन अनी ब्याक पेपरको लागि सँगै combine-study गर्दा-गर्दै combine.....
"आफ्नै ब्याचको ब्याचलर पाइछ त सिँगानेले "
"त्यस्ले मात्र होइन , उ त्यो कुना जरिवाल कुर्ता-सुरुवाल लाएर काहानी घर-घर कि बन्न खोज्ने छे नि,त्यो दुर्गा पाण्डे हो । उस्ले त्यो उस्कै नजिक झ्यालमा cowboy-hatलाएर एउटा हातमा बिएर र अर्को हातमा scotch समातेको सैतान प्रबिण थापासँग बिहे गर्या रैछ ।"
"त्यस्को पहिरन चाँही किन त्यस्तो नि, सिकार खेल्न आ जस्तो ? अनेक गर्नु पर्छ यो थापेलाई है ?"
"Dairy चलाऊँछ यतै ,त्यही भएर cowboy बन्या होला नि । छोरो Australiaमा छ रे । अघी आफ्नो परिचयमै भन्या थियो ,उस्लेनै यो hat र dingo-bootपठाइदिएको हो भनेर । गरी खा थापाकाजी तैले पनि ।"
"अच्चम्मै छ बा ! है थरे ?"
"तेरो बाजे सबभन्दा अच्चम्म त गीता खड्का र बिजय कार्कीको बिहे पो त । तलाई याद छ, १० कक्ष्यामा बिजय मनिटर हुनेताका गीताले उस्लाई लब-लेटर पठाएर कान्ड मच्चिएको "
"हो त नि, बिजयले रिजेक्ट गरेर, गीतालाई हेड्सरको अफिससम्म पुर्या हैन त ? अनी फेरी अहिले कसरी....."
"१०सम्म बिचरी अली बच्ची नै थिई,पछी कोरली भै । अब बैँशमा स्याल त घोर्ले हुन्छ भन्छन । त्यस्माथि पनि गीता १०पछी काठमाडौं गयी पढ्न । गाउँ फर्किँदा जिनको पाइन्टमा cock-shoes जुत्ता लाएर बिजयको आँगन खोपिल्टा पार्दै हिँडेपछी, बिजयको दिलमा पनि भाले बास्ने भएन त ?"

शंकरले एक्-एक गर्दै सार चिनाउदै गयो आफ्नै अन्दाजमा,मैले थपथाप गरेँ ।
"ल Last but not the least ,उ त्यो salad-barनिर बसेकी, निलो सारी लाउने र पटक्-पटक तँ तिर हेर्ने को होला ?Guess"
"मलाई के थाहा थरे ! थाहा भए तलाई सोधी रहनु पर्थ्यो र ?"
"धोकेबाज आत्मा ,She is Saru Sapkota, Does that ring any bell ?"
मलाई अलि-अली लाग्या दारुले छर्लङै छोड्दियो । सरु मसँग नर्सरिदेखी १०सम्म,१२ बर्ष संगै पढेकी साथी हो । म उस्लाई जिस्केर "प्रसाद" भन्ने नामले बोलौथे;सरु प्रसाद सापकोटा । सानोमा उ tomboyish थिई ,८-९कक्ष्यामा आएर केटी को स्वोभाव देखाउन थालेकि हो । हामी असध्धै मिल्थेउँ त्यसैले साथीहरुले मात्र होइन सर्-मिसले पनि हाम्रो affair छ भन्ने शँका काट्थे । उनिहरुको शँका सरासर झूठ पनि होइन । म उस्लाई मन परौँथे र शायद उ पनि मलाई तर प्रेम प्रस्ताव राख्ने आँट मैले गर्न सकिन । किनकी मेरो लागि हाम्रो साथीको नाता ठुलो थियो । म चाहन्थे कि येदि उस्ले मेरो प्रस्ताव अस्विकार गरी भने हाम्रो साथीको नाता समेत् धमिलियोस । अथवा उस्ले यो नसोचोस् कि एत्तिक्का नजिक भएको केवल उस्को प्रेम पाउनको लागि मात्र थियो । प्रस्ताव उतैबाट आईदिए हुन्थ्यो भन्ने आफ्नो इछ्या थियो तर पहले आप-पहले आपमै मेरो पहिलो प्रेमको गाडी छुट्यो ।

"हेर क्याप्टेन ! उस्ले पटक-पटक तलाई हेरेर Green-Signal दिसकेकी छ । अब तैले पनि attack गरी हाल्नु पर्छ । कमैलाई मात्र दोस्रो अवसर मिल्छ । By the way, She is a Gynecologist now and still single."
आफ्नो यता होश सँग सँगै बोली पनि हराइ सक्या थियो, हो-होइन केही भन्न सक्या होइन ।
"किन बोल्दैनस ए डाँका ! खुशीले मुटु मुखमा आयो कि के हो ? तर म सरुलाई याँहा बोलौदैछु ल् तयार हो । ला मैले बोल्ने टनिक पनि ल्याछु टन्न । यो खाएपछी अनपढले त अङ्रेजी बोल्छन झन तलाई आफ्नो मन को कुरा भन्न के गार्हो । ल स्वाट्ट पार , सरु! याँहा आउ न एकछिन ।"
लौ डुबायो थरेले , हुन त उस्लाई के "थरे" भन्नु आफ्नै हात्-खुट्टा थरर गर्न थालेसी । के गरुँ-के गरुँ भो, हातमा दिएको गिलास मुखमा घोप्ट्यायेँ । हतारमा एक प्याला सक्न नि कती टाइम लागेको हो झन, कि त घुट्की सानो भो र मेरो ? बल्ल-बल्ल सकेर राख्दा पो थाहा पाएँ असत्तिले सर्वत खाने गिलासमा ल्यारैछ त टन्न भन्दै । चरक्क छाती पोलेर जुरुक्क उठेको त अगाडि थरे र सरु ।

"के छ प्रसाद" मुखबाट प्वाक्कै फुस्की हाल्यो । शंकरे thumbs-up ईशारा गर्दै साइड लाग्यो ।
"तिमिले मलाई कहिल्यै यो नामले बोलाउन नाछाड्ने भएउ है" उस्ले मुस्कुराउदै भनी ।
"सरी, खै के भो के । मुखबाट सुरुमै त्यही आयो ।" गल्ती स्विकार्नै पर्‍यो
"होइन तर ठिकै छ । धेरै बर्षपछी सुन्दा रमाइलो लाग्यो । अरु कसैले मलाई यो नामले बोलौदैनन् नि त ।" उस्ले लजायझैँ गरेर नजर झुकाइ । मैले नी नजर झुकाएँ ,कतै एेन घडीमा zipper त खुला छैन भनेर चेक गर्न । हरे ! दिमागमा एकैचोटी हजार डर किन पैदा भएका होलान । सोच्न भने केही सक्या होइन । एसो मेस्सै सँग कुरा अगाडि बढाउन सके नि हुने हो नि तर खै के कुरा गर्नु । कुरा त छन नी कती-कती उन्लाई भन्नु पर्ने तर खै कहाँँ बाट सुरु गर्ने । दिमागमा ट्राफिक जाम पर्‍यो, मुटु भने यता सर्टको टाँकै चुटालम्ला जसरी बेपत्ता धड्किरह्यो तर हाम्रो सम्बादको प्रतिफल भन्या हात लाग्यो सुन्ना । उही हाल्-खबर सोध्दै र अन्य साथीका विवरण(जुन शंकरले अघिनै दिसकेको थियो) साट्दैमा गयो । त्यतिक्कैमा अरु केही साथीहरु भनाउदा प्यारके दुश्मनहरु पनि आए; गूड् गरे, bad-effectपारे गए । झर्ला र खाउँलाको पर्खाईमा उनी पनि थाकिन क्यारे , एउटी साथी "एकैछिन" भन्दै बोलाउन आएकी थियीन् उनी सँगै गयीन । अल्ली पर गएर हास्थे मोरिहरु तर खोइ किन हो । मेरो नामर्दिको खिल्ली उडाएर हासे कि यो लामो अन्तराल पछीको भेटमा खुशी भएर हासे, उनीहरुनै जानुन ।

"थुक्क पाजी !(शंकरे साइड्मा अैसक्या रैछ),पल्टनेले त बोली र गोली दुबै निसानामै हान्नु पर्छ नि, के वाहियात beating around the bush "
"के भेट्ने बित्तिकै झम्टी हाल्नु त ?" आफुले सहि गर्या जस्तो गरेँ ।
"ल ठिकै छ एउटा थप् golden-chance बाँकी छ अझै, एस्पाली पनि केही हुन सकेन भने त तँ कुवाँरै बसे हुन्छ, आधा जिबन त बसी हालिस केरे,Practice पनि भै सके होला नी ।"
"कस्तो golden-chance हो फेरी ?"
"पख है" शंकर हलको पोडिएमतिर गयो । लौन BBCले मेरो लाचारिको बिगुलै फुक्ने भो कि केहो ,डुबायो मुर्दारले भन्ने सोच्दै थिए उता माईक समात्न पनि भ्यायो, तेस्का जिब्राँ कहिले करेन्ट लाग्न हुनी .....

"साथिहरु म तपाईंहरु समक्ष्य एउटा surprise खोल्न चाहन्छु । हाम्रो बिद्यालय अहिले यस क्षेत्रकै नमुना बिद्यालय हुन पुगेको छ । टाढा-टाढाबाट पनि यस बिद्यालयमा अध्ययनको लागि निबेदन प्राप्त भएका कारण आगामी शैक्षिक बर्षदेखी हामी आवासिय बिद्यालयको रुपमा स्थापित हुने भएका छौँ । आवास गृहहरुको निर्माण पनि हालै सम्पन्न भएको कुरा जानकारी गराउन चाहन्छु ।"
सबैले ताली बजाये, मैले नि राहतमा ताली बजाएँ । बज्जियाले झन्डै मेरो कुरा खोल्न थाल्यो भनेको थिएँ, होइन रैछ ।
"होइन-होइन तर मेरो surprise यो होइन । Surprise त यो हो कि ति अवास गृहको उद्घाटन आज तपाईंहरुबाट हुनेछ किनकी हाम्रो यो पुनर्मिलनको कार्यक्रम १ दिने नभै २ दिने हुनेछ , शुक्रबार र शनिबार । आजको रात ladies साथीहरु छात्रा आवास गृहमा र gentlemen साथीहरु छात्र आवास गृहमा बस्ने प्रबन्ध मिलाईेको छ । भोली पुरा बिद्यालय परिवारसँग बिबिध कार्यक्रम सहित् यो पुनर्मिलनको समापन हुनेछ । आफ्ना समय-तालिकामा हाम्रो यो कार्यक्रमलाई समावेस गरी सफल बनाइदिनु हुनेछ भन्ने आश बिद्यालय परिवारले राखेको छ ।"

भोज एक दिन अझ लम्बिएको सुनेर खानाँ कालहरु झन खुशी भए र गड-गड ताली बजाए । कोइ भने केही अत्ताल्लिएको जस्तो गरे, माग्या गहना र गाडी लिएर मुन्ट्याथे होला अब म्याद थप् गराउनु पर्नी भो । अब भने मोबाईल फोन प्रदशन सुरु भो, कत्तिको त काम पनि परे होला , घर गृहस्ती भकोहरुलाई त तेत्ता पनि कुरा मिलाउनै पर्‍यो । तर कतिपयले त कामै नलाग्ने कुरा गेरर भए नि आफ्नो सेट देखयेरै छाडे । पर्सी ब्यानसम्मलाई मलाई घराँ भात नपकाउनु र भोली शनिबार भए नि घरमा मासु नल्याउनु भन्यासम्म यि चिर्का पर्ने कानले सुन्नु पर्‍यो । हुन त मैले नि फोन त गरेकै हुँँ तर तेत्ती बिधीसम्म भन्न चाँहीँ भ्याईन,ध्यान आफ्नो यतै छ । थरेले golden-chance भन्थ्यो हो कि क्या हो ? नाम लिया सैतान हाजिर, शंकरे म भा ठाउँमा आईपुग्यो आफ्नो भाषाण सकेर ।

"ओ गुङ्गा आसिक ! मेह्फिल्को रङ हल्का खुईलिएछ के, फेरी जमाउन परेन त । ल आईज-आईज । अझै त रात बाँकी -बात बाँकी "
ठीक भनिस ! भन्दै जाम ठोक्काएँ अहिले चाँही मैले पनि ।


क्रमश........
Last edited: 26-May-09 06:34 PM
Last edited: 26-May-09 07:26 PM
Last edited: 29-May-09 12:11 AM

 
Posted on 05-26-09 10:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

OMG such a hilarious piece. Every sentence made me burst into laughter.
 
Posted on 05-26-09 11:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Thoroughly enjoyed your writing....Keep it coming..
 
Posted on 05-26-09 11:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कहाँ बेपता भयो यो रिकुटे भनेको त पुनर्मिलन समारोह रंगिन गर्न गाको रहेछ । स्यालुट थोकें है ।



नयाँ प्रसङ्ग , झन्डै झसङ्ग भाको कथाले। लेखाइ को तारिफ त सानो मुख ले के न गर्न सकिएला नै।


 
Posted on 05-26-09 11:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिकुटे सर काहानीले पुराना दिन हरु याद दिलाए , लौ प्रशादले प्रशाद देला भन्ने आशा राख्दै अझै पेल्ने आग्रह गर्दछु
 
Posted on 05-26-09 1:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ऐय्या, हाँस्दा हाँस्दा आँखा बाट आंसु नै आयो हौ । गज्जब छ ।
 
Posted on 05-26-09 1:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

क्या नाम चाइन्जो डिस्टर्ब, खप्पराँ त लेखेरै ल्याको रैछ रिकुटेले, बुढेसकाला पनि बाजा बज्ला जस्तो छ गाँठे।
 
Posted on 05-26-09 3:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

घच्ची को गयो -  


धेरै कुर्नु भएन - प्रशाद अगाडि हुँदा हुँदै,


क्याप्टेन साब मुख खोल्नु पर्‍यो -  


 


 
Posted on 05-26-09 8:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

का  बाट जान्या प्रभु एस्तो लेख्न। हरेक वाक्य वाक्य , शब्द शब्द मा मन  रोमन्चित भयो। school days हरु याद आयो यो कथा पढेर।  चाडै अर्को भाग पनि पढ्न पाम।
जय होस्।
 
Posted on 05-26-09 10:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अरे क्यानाम काप्तान साप, काहानी बाहुत अचछा लाग्यो । कलका दिनहरु सिनेमामै झै आगे आगे नाच्न थाले हो ।  काहानी आगे बढाये, बरु म आँफै गुरुङनी भाउजुकाहा बाट तीन पाने लिएर मास्थिरबाट घरमै आउला ।


कोर्पोरल भक्ते


 
Posted on 05-26-09 11:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

babaaaaaal gayo yo ta... filim here sari kharraaaa gayo bai.. unicode ma type garna ni bhyayina la ja maile ta... sarhai majja aayo.. dil kholera hasiyo.. lau chittai arko bhag rakhnu hola kere!
 
Posted on 05-27-09 7:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

kyaa naam! badaa majaako swaad dilaancha kaptaan saab le! rikute kaptaan bhai sakechha, huh? kyaa naam, saloot! paltane haawaa le chhoyo ke? kykaa naam, paakeki taruni laai ni "prasaade" banaamni?

khoye birko ni kineko uheeeeeeeeeeeeeeeeeeeeeeeeeele rikute ko naam paari...jamera chhurpi bhai sakyo holaa ke re...rikute laapattaa! muglaan tirai bihe baari arera baseko ta hoina ke re?

dashain ko tikaa ni sukera gai gayo ke re...jamara ta nylon ko dhaago bhandaa ballyo bhaa chha, kyaa naam!

unicode mai jawaaf dinu paryo bhanera...rikute laai...download garna khojeko...

XP ko CD maagyo bajje le...aafule ta choreko maal, kaanti hunu CD-fidi?

XP ko Cd binaa unicode kyaari download arni ho, ket-keti ho?

khwaak khwaak!
 
Posted on 05-27-09 9:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भाग-२.....

कमिलालाई मुताआ पैरो पर्या जस्तो त सबैले गर्या हुन एक्छिन तर पनि कार्यक्रम छाडेर फर्किने छाट्काँट चाँही कुनै अनाजका सिकारीले देखाएनन । झन नाचम पो भन्छन केरे । Dinner सुरु हुन एकाध घण्टा बाँकी थियो केरे तेही भएर खाली टाइममा उफ्रेर अघी हसुर्या पचाम र थप् हसुर्न खाली ठाम बनाम भन्ने जुक्ती होला खानाँ कालहरुको,होइन भने नाच्ने जस्ता जिउ-डाल,शिल्-स्वोभाव भा त कोइ देखिन्नथे । तर प्राबिधिक सामाग्रीहरु उपलब्ध नहुनाले हाम्रो कान्-पेन्सन-हाललाई राष्ट्रिय नाच घर बनाउन चाँही सकिएन ।

"थरे ! एत्रो पार्टी राखी सकेसी एउटा बाँझो-बाँझो ऐलानी DJ राख्द्या भए नि त हुन्थ्यो नि ?" मैले जिज्ञासा राखेँ ।
"ह्या हुन्न , अहिले खा तालमा एउटाको श्रीमान अर्काको श्रीमतीसँग नाची दियो भने भोली दोश थुपार्ने container म हुन्न ? फेरी नेपालीको जातै पार्टिमा झगडा गर्ने ,राजनितिक पार्टी होस कि सामाजिक , बेकारमा हनुमानको पुछरमा किन आगो झोस्नु ?" जताबाट नी कुरा जित्न जन्या छ शंकरेले ।

तर शंकरेले सोच्या जस्तो किन सान्तिन्थे र उनिहरु,जसरी भए नि हल्का exercise त गर्नै थियो । कुरो चल्यो अन्ताक्षरीको,नाच पनि तेस्मै improvise गर्ने भए । सबले होमा हो मिलाए र गोल घेरा बनाएर बसे तर सुरु गर्न भने कोइ नमान्ने, अलिकती लोकसँग लाज चाँही बाँकी रहेछ लाजछाडाहरुको नि । हुन त टपरी च्यात्या जस्तो स्वोरमा गाउँनेलाई के का लाज ,हामी सुन्नेको पो त लाज । एक छिन्को नखराबाजी पछी चाँही थापाकाजी जोस्सियो गाउँन,हुन त स्कूले हुँदाको गाईने नै हो उ । आधा मिनेट खाक्-खुक गर्या जस्तो गरी गीत सम्झे पछी सुरु गर्‍यो उही आफ्नै स्तरको गीत:
... डल्ली मगर्नी हो सुन माया बोल्न मन लाग्दैन हो पिर पर्या सि ...
बोल्न समेत् मन नलाग्नेलाई गीत गाउँने मन चाँही कताबाट आ हो फेरी । तिम्रा लीला नि अपरम्पार छ । कसैलाई पिर परेर बोल्न मन लाग्दैन भन्छन ,आफुलाई भने बोल्न नसकेर पिर पर्या छ । सरु साइडमै उभ्भी रारैछे । भएन गाँठे अब त बोल्नै पर्‍यो भनेर उतिर लागे,जाँदा-जाँदै एक गिलास स्वाट्ट पारेर ।

"साइडको कुर्सिमा बच्चुकैलाश सरलाई राखिद्या भए त शुक्रबार-सुक्रबार क्लासमा खेल्ने अन्ताक्षिरी झैँ देखिने रैछ है प्रसाद ?"कनेर एउटा वाक्य पुरा गरियो ।
"त्यही त , तिमी पनि गाउन ?"उस्ले भीषण ब्यँग्य हानी मेरो कम्जोरिमा । चार जानाको अगाडि मन्चमा उभ्भिन पर्‍यो भने त मेरो भक्भकाउन सुरु हुन्छ झन गीतै गाउँन पर्‍यो भक्भकाउँदै भनेसी त रुद्रघन्टीमा DJले बास गरुन भन्ने आशिसको आबिस्कार हुन्छ ।
"मैले कहिल्यै जिन्दगीमा गाएको सुन्या छेउ र,अहिले सुन्नु ?" खुबी नभा क्षेत्रमा surrender गर्नु नै पर्‍यो ।
"त्यही तिमीले जिन्दगीमा नसुनाएका कुराहरु सुन्ने मन लागेको छ के आज " डाक्टर्निले सट घुमाउरो हान्या रैचे boomerang जस्तो, फर्केर आउँदा लागेसी बल्ल चाल् पाइयो । तर भन्या जस्तो सजिलो छ र खिया लागिसक्या हाडे गाँठो फुकाउनलाई ? तैले सुनाय नि त हुनी हो, तेरा मुखाँ चाँही के कर्फु लाग्या छ र ? अरु बेलाँ चाँही नारि-पुरुश समान्ताका नारा आफ्नै नारा फुस्किने गरी चिच्याउछौ ,अप्जशिलो काम आयो कि vulnerable नारी बन्छौ , हाइ-सन्चो छ नि तिमीहरुलाई । हत्तेरिका म पनि के भा होला, फेरी अहिले पनि पहले आप खेल्न लाग्यो भने त लास्टै गाडी नि छुट्छ । भएन बा अब त । ठोक जबान ठोक , जय महाकाली -आयो गोरखाली ।

"अनी बिहेबारी गर्ने बिचार छैन त तिम्रो ?" थुक्क ! म गवाँरले बाटै नबनाइ Ferrari स्टार्ट गरिदिएँ । उ बिचरी रातो-पिरो भै ।
"मेरो मत्लब, अब त तिम्रो career पनि बनी सक्यो । घरबाट पनि त प्रेसर आउन सुरु भए होला नि त ?" क्यार्नु ढिलै भए नि कुरा मिलाउनै पर्‍यो ।
"तिमिलाई आउँदैन र ?" मेरी आम्मै counter-attack गरी । कम्ताकी त कहाँँ हो र ।
"खोइ घर बसे पो आउछ । आधा जिबन अर्काको देशमा पसिना चुहाउदैमा गैगो ।" त्यही त, एहीँ पसिना चुहाएको भए अहिलेसम्म एक-दुइटा छोरा-छोरी उम्री सक्थे कि ? भन्न मन लागेको थियो तर तेत्रो मान को शाहस काँहाबाट जुटाउनु ।
"मेरो पनि त्यस्तै-त्यस्तै भो, जिबन १६ बर्से मनले देख्ने जस्तो सजिलो काँहा रैछ र? चाहेको कुरा सबै पुग्नलाई,जे अवसर दिन्छ बरु तेस्कै भरपुर फाईदा उठाउनु पर्छ भन्ने लागेर स्कूल छुटेपछी एही पढाईलाई साहारा बनएर अघी बढीयो । दोबाटोका सुसेली र ईशाराका हेक्का राख्ने वास्तै भएन । अब अहिले आएर म बुढीलाई कस्ले हेर्ने ?" आँखाभरी आशा जगाएर भनी ।
"कस्ले भन्ने तिमीलाई बुढी , मैले त झन राम्री पो देख्या छु त तिमीलाई अहिले । स्कूले tomboyish-look भन्दा त यो सारीवाला नारी झन खुलेको छ तिमीलाई ।" jump-start गर्नु पर्या भए नि अहिले मेरो रफ्तार राम्रै गै राथ्यो ।
"दुइटा बिएर खाएपछी सबैलाई राम्रो देख्छन भन्छन केटाहरुले । तर तिमी पनि त handsome भा छौ नि । जिउ पनि राम्रो maintain भा रैछ र मैले बिएर नखाइकन भनेको हो है ।" उस्ले नि तारिफ गर्देसी के चहियो । Valentino-Swing दिएर फ्रेन्च्-किस्स हान्दियुँ जस्तो भो आफुलाई । तर क्यार्नु , हिम्मतको लोड्-सेडिङ छ यता ।
"तर यो छ्यास्स-छुस्स दारि-जुङा चाँही किन राख्या नि , कन्फ्युसियस जस्तो देक्ख्या छ । कि त midlife-crisisले छोयो र ? Clean-Shave गर्नु पर्दैन?" Gilletteको प्रचारले प्रभाव पार्या जस्तो छ उस्लाई । मैले चाँही छुट्टीमा आएदेखी दारी काटेको थिएन, उता पाल्न पाइने होइन ।
"दैबले ठग्या डीपार्ट्मेन्ट पर्‍यो, औँसि-पुर्नेजस्तो पलाउछन,deforestation गरेर किन भु-क्षय ल्याउनु भनेर नि ।" मैले हाँस्दै भनेँ ।
"नसक्किने बा तिमीसँग, हा-हा-हा....." उ पनि मज्जाले हाँसी ।

"दो दिल मिल रहे है मगर चुपके-चुपके ....."
"सब्को हो रही है खबर चुपके-चुपके....." शंकरेले अन्ताक्षिरिबाटै एक तिर दो सिकार हान्यो ।
"ओेए ! तिमीहरुको मात्र पुनर्मिलन हो कि के हो ? यता आओ न मलाई पनि साथ दिन" शंकरेले भाँजो हाल्यो । तेरो कहिले सत्तेनास हुनी, मिलाउने नि आँफै -छुट्टाउने नि आँफै । आँफै बोक्सी -आफै झाँक्री, तलाई love-storyको भिलेन । जती सरापेनी एक छिन् त गै दिनै पर्‍यो । लागेयुँ मन नलागि-नलागी दुबैजना ।

"हिमालको काखमा छ सानो मेरो गाउ , पर्बतकी छोरी हुँँ म पार्वती हो नाउ ,पार्बती हो नाउ " गायी सिँगानेले ।
"हाम्लाई पनि मायाले हेर पार्वती , लै-लै-लै । हाम्रो पनि मनै त हो पार्वती लै-लै-लै ....... " फ्रिमा गुत्त्याएको तिनपानेको रङ देखाउन थाले केटाहरु । केटीहरुले मानहानिको बिरोध गरे । अर्को खर्सी पर्या बोकाले झन निरोधको गीत गाइदियो ।
"हाम्लाई पनि मायाले हेर Panther ..... " अब भने खेल भाँडियो । तर अघोरिहरुले डिनरको बास्ना सुँघेरै खेल भाँड्या रैछन् । एकै छिनमा खाने टाइम पनि भयो ।

"लौ त खानपिन पनि सकियो । अब सबैजना आफ्नो-आफ्नो आवास गृहतिर जाउँ । त्याँ निँद्रामा उठेर यता-उता हिन्ने हैन नि । मामाहरु बस्नु भा हुन्छ दुइटा अवास क्षेत्रको बिचमा, बेता लौरी लेर तारा देखाउन । लौ त आजको दिन एहीँ सकियो , भोलिको नयाँ दिन नयाँँ तरिकाले सुरु हुनेछ । सबैलाई शुभरात्री !" आफ्नो कथा सुरु हुन नपाउदै मध्यानतर गरिदियो थरेले । उता बल्ल-बल्ल एक झुल्का किरण देखिएको थियो, यता रात पारीगो ।

"लौ त आईज सुतम , म तल तँ माथि हि-हि-हि.... " डंग्रङ फाल्लिँदै भन्यो थरेले । Bunker बेड रैछ उक्लियँ माथि । एक्छिन उरन्ठ्याउला गफ चुटेपछी घुर्न लागे केटाहरु । तिन्का पनि के गल्ती, दिँउसा रासनले चेपे होला उत्तानो परेर पल्टिँदा । आफुलाई भने पट्टक्कै निँद्रा लाग्या होइन जता फर्के नि । आजको दिनदेखी rewind हुँदै मन स्कूले दिनसम्म पुग्छ, प्रसाद सँग-सङै हरेक कक्ष्या चाहर्छ अनी forward हुँदै आउछ,आजको दिन काटेर पनि भविस्यमा पुर्याउछ । रङीन बगैँचा सजाउँछ,भेटेजती योजनाका पुतली उडाउछ । सोच्न सकिएर पनि निद्रा काँहा लाग्ने हो र फेरी त्यही cycle गोल्-गोल घुम्छ, दिमागले भ्याय जती edit गर्छ । एस्का बाजे ! सुत्न मन पट्टक्कै लाग्ने होइन खाली सिरानी मात्रै काखी च्याप्न मन लाग्छ । मध्यराताँ धोद्रो स्वोरले गीत गाउ-गाउ पो लाग्छ ए ।

"हैन ए आलोकनाथ तेरो मनोबाद अझै सकिएन भन्या,कती कोल्टे फेर्छस ए love-struck लाटो-कोसेरा ।" थरे आँखा मिच्दै करायो ।
"मेरो मनोबादले तलाई किन टेन्सन,त सुत न ,बाद्-बिबाद चल्या होर disturb हुनलाई ?" सोचको गाडी छुट्या रिस पोखेँ मैले ।
"मनोबाद भनेर सुख पायिए पो? त कोल्टे फेर्न छाडदैनस् अनी यो अरिस्ट खाट भुस्या कुकुरको छाउरो जस्तो कुइँ-का-कुइँ गर्छ, अनी कसरी सुत्नु ?" पिर त परेकै रैछ शंकरेलाई ।
"कमिसन खाएर बनाउन द्याथिस होला ,त्यसैको सराप लाग्या हो ?" एस्लाई irritate गर्न मलाई पहिल्यै देखी रमाइलो लाग्छ ,एस्लाई पनि थाहा छ ।
"कमिसन त होइन बरु तेरा पुर्खाको रिन चाँही खा रैछु मैले , पेल बाबु पेल । सुत्न त दिएनस-दिएनस अब ऐठन पारेर बोल्न पनि नसक्ने बनाइदे बरु, बोलेर नि के खोस्सिने हो र !" उस्को केही सिप लागेन ।
भएन बा बिचरालाई अत्ती नै भएछ । अब भने कोल्टे फेर्न छाड्नु पर्‍यो, निद्रा त के लाग्थ्यो र नाइ .....

"टुँट्....टुँट्...टुँ........ यो मुना चियाको समय हो । हैन ए पापी ! अरुलाई चाँही रातभरी सुत्न दिन्नस अनी आफु चाँही ....मा झलमल्ल घाम लाग्ने बेलासम्म सुत्छस ,उठ्न त पर्ने होला नि सपना साकार पार्न भए नि ।" थरे कानैमा आएर चिच्च्यायो । बिहानको सिरेटोमा एक्छिन आँखा लाग्या रैछन्,देखी सहेन । उट्छु भन्छु त पल्टन्मा पुग्या जस्तो भो,सबजना केटाहरु बँकर बेडको छेउमा बन्डी र elasticवाला हाफ्-पाइन्टमा उभ्भी राछन ।

"हैन ए के भा तिमीहरुलाई, फेसन शो छ कि के हो ReUnionमा ?" आफुलाई भने एका बिहानै उठ्दा छुट्टी सक्या भान पारी राथ्यो ।
"बिध्यार्थी जिबन गुजार्ने रे आजको कार्यक्रम । तिम्रो पनि उ याँहा राखिद्याछ ।" एउटाले रहस्य खोल्यो ।
"लाउदिन म, विद्यार्थी जिबन गुजार्ने भए त स्कूल ड्रेस पो दिनु त यो PT ड्रेस लाएर के परेड खेल्ने हो र ?"झल्को आफुलाई पल्टनकै छ अझै ।
"परेड होइन फूटबल म्याच छ सरका पाटीसित, खुरुक्क लाएर नास्ता गर्न हिन त । फेरी तिमीहरुलाई स्कूल ड्रेस चाँही कुन नापले सिलाउनु, नदेखेकै १० बर्ष भैसक्या बेलाँ । अझ स्कूल ड्रेस्मा फुट्बल खेलाउन पनि त नमिल्ने । त्यही भएर एही ड्रेस Flexible लाग्यो, थपक्क ला । ह्वाँ थापाकजीले हाफ्-कट्टुमा Dingo-Boot त कस्तो चट्टक्क मिलाएर लाछ " हासो को फट्को पर्दै भन्यो संकरेले ।
"थुक नऊछिट्ट्या त साले" हाँसो त मलाई नि लाग्याथ्यो कुरा सुन्दै तर यता अरु केटाहरुको पनि हाल उस्तै उस्तै भएकाले हाँसिन, बिचराहरुले नि हाफ्-पाइन्ट्मा party-shoes ढल्काएका थिए । आफुले चाँही पान्डा जुत्ता लाएर आउनले ठीक भएछ ।

फ्रेस भएर आएसी आफुले नि लागए ति ड्रेस, भेस्ट त राम्रै हो, स्कूलको logo र हाम्रो SLC साल प्रिन्ट गर्या रैछ । तर हाफ्-पाइन्ट चाँही साह्रै पातलो ,elastic पनि उही ड्याङको,धेरै भर पर्न मिल्ला जस्तो लागेन । अल्ली मोटाहरुले त अहिले दबाएर नास्ता पेले भने चुटाल्न बेर छैन ।
"थरे ! केटीहरुलाई पनि यही ड्रेस द्याछस, यो हाफ्-पाइन्ट त जात्रै पातलो छ त ?" आफ्नो भन्दा प्रसादको चिन्ता लाग्याथ्यो मलाई ।
" अँ , केटीहरुलाई नि यस्तै अङप्रदशनको लुगा दिउँला नि खुबै । तिन्का पोइहरुले मार्दैनन । फेरी केटीहरुका तिघ्रा देखेउ भने त तिमी बोकाहरु तीन-तिघ्रे बनेर यो नाइलनको हाफ्-कट्टुको canopy बनाइहाल्छउ नि । तिमीहरुको इज्जत्तको पनि त ख्याल राख्नु पर्‍यो नि । आखिर केटीहरु बल खेल्न आउने हैनन केरे त्यसैले हिजोकै सिँगारपटारवाला लुक ठीक छ ।" संकरेले अहिले चाँही सबको भलो गर्‍यो ।
लागियो हामी पनि नास्ता हालतिर, क्यार्नु ! उता खाँना कालहरुले आधा-रास सकी सके होलन ।

हलमा पुग्दा नास्ता सुरु भैसक्या रैछ । सबैजना दत्त-चित्त भएर हसुरदै थिए । केटाहरुमध्य सबैजसोलो आफ्नो कुर्सी,टेबुलबाट १ इन्ची पनि पर नसारी टसमस भएर खाँदै थिए । के गर्नु ,भुस्-तिघ्रे र झुस्-तिघ्रे सबैलाई लोक सँग लाज बचाउन धौ-धौ पर्या रैछ । म पनि नास्ता लिएर एउटा टेबल गएर बसेँ, शंकर साथ दिन आयो । नास्ता खाँदै मज्जाले सारा कोठा scan गरेँ तर प्रसादलाई कहीँ देखिदिन केरे, फेरी दोहोराएँ अझै पनि रिजल्ट नेगेटिव । ढिलो अैयो गैसकिन कि क्या हो नास्ता सकेर जस्तो लाग्यो , तर एती छिट्टै त नजानु पर्ने अरु सारा एहीँ छन । फेरी मलाई भेट्नलाई भएनी एक छिन् त कुर्नु पर्ने हो । आगो त उता पनि दन्-दनी लाग्या जस्तो गर्थी हिजो त । आउँदै होली । मलाई देखाउनलाई भए नि दुइचोटि नुहाएर तिन्चोटि स्रिँगार गर्दै ढिला भो कि ? कुरम न एत्रो बर्ष त कुरियो ,भाग्यमा लेख्या भए कस्सो नजुरला र ?

तर सोच्या जस्तो सजिलो काँहा हुँदो रैछ र कुर्न । आफ्नो नास्ता सकिन लाई सक्यो उ भने देख परेकी होइन । मनमा नानाभाँती कुरा खेलेर अहिले खाको नास्ता अहिल्यै निस्केला जस्तो भै सक्यो । संकरेले के-के भनेर हसाउदै थियो, आफुलाई भने रुन मन लाग्या बेलाँ के हासो उठ्थ्यो र?
"तडप-तडपके इस दिलसे आह निकलती रही, मुझको सजा भि क्या मिली, के ऐसे तेरे प्यारमे ... हम लुट गये ... हाँ लुट गए... हम तेरे मुहबत् मे ...." लामै कुरिला हालेर गीत गाएर मोर्यो शंकरे । अब irritate गर्ने पलो उस्को थियो । रातिको बादला त उठाउनेनै भयो । अत्ती गर तर अत्त्याचार नगर भन्थे दन्ड पाइयो जस्तो छ ।
"ह्या ! कत्ती सेन्टी भै रा , के भा हो सोधे भाईहाल्यो नि उस्को साथीहरुलाई ? कि म नै सोधिदुइँ त?" संकरेले दया गर्‍यो ।
"पर्दैन , उस्लाई मत्लब छैन भने मलाई मात्रा केको टिन्-टिन "मलाई अलि-अली रिस उठ्न थालि सक्याथ्यो । शंकर पनि चुप लाग्यो ।

नास्ता सकीइ सकेपछी नेहा हामी भातिर आई । थरेसङै आजको कार्यक्रम बुझ्न होला भनेर वास्ता गरिन । आफुलाई अर्कै टेन्सन ।
"सुन न , यता आउन एउटा कुरा छ तिमीसँग" मलाई पो बोलाउछे केरे ।
"जा भाई, तेरै छन दिन, जता-कतै तैलाई मात्र बोलाउछन् , मेरा लम्बर कब आएगा ....?" शंकरे फेरी हास्यो ।
" अँ भन " अली पर एकान्तमा पुगे पछी मैले भने ।
"सरुले तिम्रोलागि messege पाठाकि थिन के , हेरन उन्को वार्डमा २-३वटा सिरिएस केस आएछन के, जानै पर्ने । हुन त हिजो रातिको shift पनि हेरिदिनु पर्ने रहेछ । उन्को डिपार्टमेन्टको अर्को specialist छुट्टीमा भएकाले,फेरी एही बस्नु पर्छ भन्ने पनि त हामीलाई थाहा दिएन नि शंकरले पहिले नै । हिजो त त्यस्तो सेरिएस केही छैन रैछ र कुरा मिलाइछन सरुले तर आज त जानै पर्ने भएर एकाबिहानै गयिन बिचरी । जाने बेलामा तिमीलाई भेट्छु भन्थिन तर तेत्ती बिहानै केटाहरुको सुतेको ठाँउमा के गरी जानु भनेर मलाई एत्ती भनिदेउ ल भनेर गयीन । " नेहाले रट्टान हान्या पाठ जस्तो एक सास्मै कुरो सकी । यह् ! कुरो एसो पो रैछ । मेरो पनि रिस अब सान्त भो । अब जागिरबाट बोलाएसी कस्को बाउ के लाग्नु । फेरी हामी दुइटैको जागिर उस्तै परेछ । बुलावा आउने बित्तिक्कै खान लाग्या गाँस पनि छाडेर कुद्नु पर्ने ।

"लौ के भा रैछ त सरुको किस्सा, ह्याँ सप्रसँग व्याख्या गर त ?" थरेले कुराको सुइँको पैसक्या रहेछ । अब कुरा खोल्नै पर्‍यो, भनेँ मैले नि एकै सासमा ।
"लौ हेर ! बिचरीलाई त्यस्तो आपत पर्या रैछ । हिँजै जान पर्ने मान्छे, सकेसम्म त साथ दे कै हो नि । त्यसै रिसाएर हुन्छ, बल देखाएर हुन्छ । लब भन्या त ब ल को ठ्याक्कै उल्टो पो त । समजदारिले पो अगाडि बढ्नु पर्छ त । क्याप्टेन ! ड्याम्म पारेर मान्छे मार्न भन्दा गार्हो छ लब पार्न । सजिलै हुने भाईद्या भए के तेस्सै प्रेमीहरु तार झार्न तम्सिनु पर्थ्यो ?" सर भा एत्ती फाईदा छ थरेलाई ,कुन चाँहीँ किताबको हुबहु भन्द्या होला,मेरो जिबनमा मेल खायो ,सँयोग पर्‍यो ।
"हो लबगुरु हो !मेरा आँखा नि खुले ,कान पनि खुले अब जाली फुटेर रगत आउन मात्रा बाँकी छ । आजलाई पुग्यो अब जाउँ groundतिर तेर स्टाफहरु आउने बेला भो ।" मैले उस्का अगाडि हात जोड्दै जुरुक्क उठेँ ।
"ठिक है बच्चा ! चलो , हम प्रसन्न हुइ " उ पनि उठ्यो ।

फुट्बल ग्राउन्डको प्यारापिटमा एक्छिन बिहानको घाम तापेसि सर्-मिसहरुको आउने क्रम सुरु भो । मिसहरु त थरेले घच्चिका छानेर भर्ती गर्या रैछ । त्यत्ती नभा भए त किन पर्थे होलान र ति टाढा-टाढाबाट यस् बिद्यालयमा अध्ययनकालागि निबेदन । उस्ले पनि के अध्ययन हो खुलाएर भनेन केरे ,हुन सक्छ गाठेँ त्यस्तो पनि । थुक्क !कालिपारे ,मिसहरुलाई पनि नछाड्ने भैस् हैन । सबै विद्यार्थी तै जस्ता पिपासु र सबै मिस तलाई biology पढउँदा mislead गर्ने मिस जस्तै हुन्छन र । हैन ,के खाले दिमाग हो यो मेरो । भएन बा ! एका बिहानै एस्तो सोच भनेर बरु सरहरु भएतिर लागे । संकरेले परिचय गराइदियो, एक्छिन भलाकुसारी नि गरियो, मजाकै रहेछन । हुन त अर्काको सर सबैलाई मजाकै लाग्छन । आफ्नासँग पो हो त रिस उठ्ने, मजाका लाग्नु त परै जावस बरु काती पर्या मोजा सुघाँउ जस्तो लाग्ने । परिचय त गरियो तर यता पनि चिन्या जस्तो कोइ लागेनन ।

"हैन थरे ! हाम्रा पालाका ठिस्स बुढाहरु कोइ बाँकी छैनन कि क्या हो यो स्कूल मा ?"शंकरे घाम तापेर नजिकै तेर्सिराथ्यो,मैले नि सवाल तेर्स्याएँ ।
"छैनन कोइ बाँकी, बिचरा कोइ-कोइ त यस संसारमै बाँकी रहेनन । कोइ भने छाडेर,लेक्चरर भाछन एहीँ क्याम्पसमा " थरेले पल्ट्या ठाउँँबाट आँखै नखोली जवाब दियो ।
"लेक्चरर हुन पाएसी आँफैले पढा मोचेलाई हेड्सर भन्न यत्रा बस्थे त, म भैद्या भए त लेक्चरर नै नभए नि छोडिदिन्थे जागिर" मैले घुर्की लाएँ ।
"अनी के गर्थिस त ? अर्काको देशको गुलामी ? हामीलाई के भाको यो, आफ्नै नेपालीको अन्डरमा चाँहीँ कामै गर्न नहुने, अर्काले चाँहीँ जती जोते नि हुने ? सबैले यस्तो सोच्या भये त हामीले नि पढ्न पाउथेनौँ नि यार ।" शंकरे एक्कासी उठ्दै भन्यो," अब जाँहासम्म पुराना सरहरुले छाड्ने कुरा छ , काला गए गोरा आउछन । फेरी old-school र new-school-thoughtsमा फरक पनि त छ नि,कसैले छाड्दैदै नछाडे नयाँ पुश्ताले कहिले chance पाउने? तिन्का सोच पनि out-dated भै सक्ने बेलामा ? एस्ता कुरा सम्झिँदा त situation नै hopeless लाग्छ । तर फेरी जहाँँ जे छैन तेही कुराको पुर्ती त गर्ने हो नि शिक्षाले,मैले पढाएर यो ठाँउको काया-पलट नै गरुँला भन्ने सोच मेरो होइन तर काया-पलट गर्न सकिन्छ है भन्ने एउटा hope त दिन सकिएला नि ? यो त सुरुवात हो, गर्नेहरु एक-एक गर्दै जन्मिनेछन भन्ने मेरो विश्वाश हो । हैन भने त बिज्ञान, ईतिहास, भुगोल रट्टाउनुको मात्र के अर्थ ? हामी शीक्ष्यक हुनुको के अर्थ ? आमा-बाबुले खून्-पसिनाको कमाइले छोरा-छोरीको फि भर्नुको के अर्थ बरु तिन्ले छोरा-छोरिलाई घर-ग्रिहस्ति-मेला-पात सिकाएर बुँईगलमा एउटा amazonian पट्टु पाले भएन? भविस्य नबन्ने श्लोक त तेस्ले एक सेलो खुर्सानी खाँदै रट्टान हानी दिन्छ ।" शंकरेले रातो-रातो भएर पहिला झै थरर काँप्दै आफ्नो intellectual-outburst सिद्ध्यायो ।
" के हो थरे ! थरर गर्दै ज्वालामुखी फुट्नलाग्या hot-spot जस्तो भैस् त एक्कासी ?" मलाई तेस्ले भन्या बचनको भन्दा नि तेस्को बदनको चिन्ता लाग्याथ्यो ।
"त्यस्तो केही हैन यार, मन भित्र एस्ता ज्वार्-भाटा उठिरहन्छन तर कसलाई सुनाउनु । आज धेरै बर्षपछी तलाई भेट्दा आँफै उर्लेर आयो । तेरो बारेमा भनेको कुराले चित्त त दु:खाएको छैनस नि ?" शंकरेको बोली फेरी सान्त भयो ।
"छैन यार ! एत्रो बर्ष साथ गरियो हामी बिच कहिल्यै चित्त दुख्ने-पित्त फुट्ने जस्ता कुरा भाछ र अहिले हुनलाई, दिल पे मत ले यार " मलाई बरु उस्ले पो अहिले नराम्रो मान्यो कि भन्ने पिर लाग्यो । फेरी उस्ले के नै गलत भन्या हो र ? साँचो कुरा तितै भए नि मुख मै भनी दिने बानी छ तर बिचरा सबैको भलो भाको हेर्न चाहन्छ । हुन त अनाथालयमा हुर्किएर पनि होला, सबैलाई आफ्नो बनाउन चाहन्छ । तर यो संसार तेत्ती धेरै दया-मायाले भरिएको कहाँँ छ र? बेला-बेलामा ठेस लाग्दो हो-चोट खाँदो हो तर भनोस पनि कल्लाई, अहिले त झन एक्लो जिबन बाच्दैछ । स्कूलमै पालेको क्वाटर नजिकै उस्को पनि क्वाटर छ रे । हिजोको भेटमै अली अली कुरा त खोलेको हो । अहिलेको उस्को गाली गराइले झन हामीबिच सामिप्यता बढायो ।

"कती घाममा पल्टिरहनु,जाउँ हिँड क्याप्टेन उता ,अब त गेम सुरु गर्ने बेला नि भो । फेरी दुइटा अध-बैँशे कुँवारहरु भेटेदेखी नछुट्टिने, घाममा पनि सँग-सङै पल्टिने गर्या देखेर अर्कै लख काट्लान पापीहरुले ।"शंकरेले गिएर चेन्ज गरी सक्या थ्यो अहिलेको बोलीमा ।
"लख काटेनी तँ थरेलाई त के छ र ? मेरो पो हुनलाको घरबार बस्नै नपाई उजाड होला त " म पनि सेन्टी बनेर काम थिएन ।
" अँ , मेरै स्कूलमा मेरै बारेमा तेस्ता हल्ला चलेपछी मलाई गाउका बाघसिङ्हरुले "हल्लाएर राखिदिदैनन" हा-हा-हा.... "
"हो हो जाउ, तेरा futuristic विद्यार्थीहरुले फेरी अहिले स्याटेलाइटबाट हेर्न समेत् भ्यौलान नि " मैले बिट मारे ।

केही छिन्मै गेम सुरु हुने भो । पहिला एक तिर सरहरुको टिम एक तिर भुपु विद्यार्थीको टिम बनाएर खेल्ने भन्ने भाथ्यो तर दुइटा टोलिमा कद-काँठी-उमेर-सिपका हिसाबमा धेरै अन्तर देखिने भएकाले दुइटा मुल्लि राजाले पियुसाहरु रोज्ने निर्णय भो । टोली बाडिँसके पछी सरहरु ड्रेस चेन्ज गर्न गए । आफ्नो त के गर्नु ? बिहान देखिनै भिराएर राख्याथ्यो थरेले । तर कुनै-कुनै साथीहरु चाँही party-shoes फुकालेर खाली खुट्टै भित्रन गये । थुक्क ! जुत्ता समेत् पनि अर्काको मागेर मोर्या रैछन् कि क्याहो अर्काको खुट्टामा उब्भिन्ने लाछीहरुले । खेल सुरु हुने बेलामा forward-striker बन्ने तँछाडमाछाड चल्यो । केटी साथीहरुको मात्र नभै बुलेट मिसहरुको पनि हुटिङ मिल्नेवाला थियो गोल गर्नेलाई, बज्जियाहरु किन पछी पर्थे र नाइ ? आए आँप गए झटारो एक फेरा striker बनेर यो फ्रीको चिठ्ठामा भाग्य आज्माइ हालुम भन्ने सुर सबै हवसका राज्दूतहरुको हुने नै भो । म चाँही प्यारापिटको opposite तिर right-wingको पोजिसनमा बसेँ,स्कूले टिममा हुँदा पनि आफ्नो स्थान तेही थियो । फेरी राम्रो खेलियो भने याँहाँ नि देखी हाल्छन, हुटिङ पाइयो भने याँहा नि सुनी हाल्छु भन्ने लागेको थियो ,हाफ्-पाइन्टको elasticले धोखा दियो भने नि त दर्शकबाट अली टाढा हुनु फाईदै हो,zoom-qualityको बेइज्जत त हुँदैन । एती सोची सक्दा पनि खेल अझै सुरु भएन , शंकरे अर्को टिममा पर्याथो तर हाम्रो टिमको साथीलाई खै को हो सिकाउदै थियो । के भएछ त फेरी भनेर तेत्तातिर लाँगे ।

"के भो फेरी ?" मैले शंकरेको काँधमा हात राख्दै भने ।
"हेर्न ह्वाँ तेरा टिमकाले छाला जुत्तै लाएर आएछन, तेस्को सोलले लाग्यो भने त हाम्रो हड्डी प्यान्चर भै हाल्छ नि ?" उस्ले त्रास ब्यक्त गर्‍यो ।
"बनको बाघले खानु काँ छ -काँ छ मनको बागले खाइ सक्यो कसैलाई अब । केही हुन्न ,आज्कल फुट्बल सुज पनि त छालाकै हुन्छन नि अझ गोट्टीवाल, धन्न party-shoesमा गोट्टी छैन भन्नु छैन ?" मैले समझाउने कोशीश गरेँ ।
"त्यसो भनेर काँहा हुन्छ यार, के हामी पनि थापाकाजिलाई डिङो लगाएर खेलाउनु त ?" उस्ले जिद्दी गर्‍यो ।
"त्यस्तो घुँडा सम्मको फुट्बल सुज त डिजाईन गर्न भ्या छैनन , तेस्कोलागी अलिक कुर्नु पर्ला । के रोइरा भन्या । आफ्नो मात्र सोचेर हुन्छ, खाली खुट्टा खेल्न काम गार्हो छ, तिमीहरुले कुल्ची दिएउ भने के गर्छौ,सरी है झुक्केर भनेर बिसेक हुन्छ ? बिचराले घर जाने बेला तेही party-shoes लाउन पनि पाउदैन । तेही भएर अहिले नै लाउन देउ , अब डराएकै हो भने walk-over भए नि लीइदिनुपर्ला नि हामीले के गर्ने त " मैले शंकरेलाई emotional-blackmail गरेँ । उ पनि राम्रो खेलाडी हो स्कूलताकाको ।


अब भने खेल सुरु भो । पहिला त सबै बेपत्ता दुगुरे बलको पछी-पछी ,जन्मिदैखेरी ति सबका नाभिनै नकाटी तेही बलको टुटिमा लगेर बान्द्याहोलान जसरी । १० मिनेट पछी सब्का हालत टाइट, म लगायत एक दुइजना छाडेर । अघी forward खेल्न हान्-थाप गर्नेहरु फेरी अहिले backie र goalie खेल्न हान्थाप गर्न लागे, तेत्तिले नपुग्नेहरु extra बस्छु भनेर चिच्याउन लागे । खेल भने जसो-तसो स्लो मोसनमा भए नि हाफ्-टाइममा पुग्यो । गोल पोस्टमै सुत्नेहरु glucose खान भए-भरको ताकत लाएर दुगुरे फेरी । तिन्लाई ग्लुकोज्-पानी बाँड्न मामाहरुलाई UN-workerले राहत सामाग्री बाँड्नु पर्या जस्तो भो । लुछा-चुँडी,हार्-गुहारै भो । सबले लिटरका दरले पेले, एत्रो खाएर बाँकी हाफ्-गेम कसरी दुगुर्ने रैछन कुन्नी । आफु तेत्ती थाकेको पनि थिएन फेरी मुर्दारहरुले पालो पनि द्या थेनन तेसैले प्यारापिटतिर हेर्दै आफ्नो पालो पर्खेर बसेको थिएँ झलक्क सरुलाई देखे जस्तो लाग्यो, पर्खाइमा थाक्या आँखाले म्रिगत्रिस्ना त देखेने भनेर डबल चेक् गर्या उ नि हो रैछ , उस्ले नि मतिर हेर्दै थिई । मन फुरुङ पर्‍यो, जिउ आफ्सेआफ full-rehydrate भएर पनि जल्-बिध्युत नै निस्कियो, जिउभरी करेन्ट बगे-आँखामा बत्ती बले । म उ भए तिर फाल हानेँ । उस्का अगाडि पुगेसी बल्ल सास फेर्ने याद आयो, बाटामै खुस्केनछु धन्न । करेन्ट त तेत्ता पनि लागेकै रैछ । मलाई देखेर जिरो वाटको नाइट बल्व जस्तो मुहार पारी ।

"कती खेर आको प्रसाद ?" अब त हल्का बानी परिसक्याथेँ म उसँग बोल्न ।
"तिम्रो गेम सुरु हुने बेलामा" उस्ले हाँस्दै भनी "खेल्न त अझै नभुल्या रैछउ ,१ गोल पनि गर्येऊ ,ल बधाई छ है ?"
"१० बर्ष छाड्यो भन्दैमा भुली हाल्ने मान्छे हुँँ र म ?" आबुइ ! के भा मलाई एक रातमै,बोली त सुकुल्गुण्डाहरुको जस्तो दोहोरो हान्ने भाईसकेँ त । उस्ले नि कुरो बुझी क्यारे लजाए जस्तो गरी । फेरी एत्रा मान्छेको अगाडि लाज त मान्ने नै भै नि, त्यसैले कुरा मोडी ।
"अनी सेकेन्ड हाफ चाँही कती खेर सुरु हुन्छ नि "
"खै कुन्नी थरेलाई सोध्नु पर्छ " मलाई प्रसँग मोड्न मन लाएको थिएन ।
"के का सेकेन्ड हाफ हुनु नि, फस्ट्-हाफमै सेन्टिफ्ल्याट परेछन भात्माराहरु, सामुहिक निर्णय गरे नि Game-Draw भनेर । के छ सरु ! welcome-back!" शंकरे निर्णय सुनाउन मलाई खोज्दै हिन्ड्या रैछ । मलाई पनि के खोज्छस कानो आँखो भन्या जस्तो भो । अब एस्तो black-jack-Luck लाग्या बेलाँ एताको मामाला नि कर्याप-झ्याप पारी हाल्नु पर्छ भन्ने लाग्यो ।

गेम नहुने सुनेर अरु उठेर लाग्न थाले खाना खाने हल तिर तर आफ्नो गेम भने यँहा भर्खर सुरु हुन लागेको छ एता पनि त गोल ठोक्नै परो । अघिसम्म सिँढिमा उभ्भेर कुरा गरेको थिएँ अहिले चाँही मान्छे उस्कै साइडमा गएर बसे,कुन perfume हाल्दी रैछे? क्या मङ्ग बसायो भने ।
"अनी प्रसाद ! गएको मान्छे किन फर्क्या नि ?" मैले कुर कोट्याएँ ।
"किन हुनु नि , जाने बेला केही भन्न पाईन अनी फेरी तिमी पनि रिसाएउ होला भनेर आएको नि । काम रिसाउछौ तिमी सानो-सानो कुरामा पहिल्यै देखी नै " उस्ले अतित सम्झाइ । हँ भाई ! भनेसी तैले नि हिजो राती फेर्नु कोल्टे फेर्या रैछेस् ।
"अनी आफ्नो काम गोली मार्द्या त?" हुन त तेस्को बारेमा मलाई बाल-मत्लब तर उस्को अगाडि मत्लबी नभएको देखाउनु परेकाले भने ।
"होइन , त्यस्तो गर्न त ethicsले पनि कहाँ मिल्छ र ? छुट्टीमा गएको साथी आउनुभो अनी सबै उहालाइ जिम्मा लाएर आएकी । अब त दुई दिन मेरो पनि छुट्टी छ । मैले उहा नहुँदा डबल-सिफ्ट हेरेको थिएँ नि त ।" फेरी आस गर्या जस्तो नजरले हेरी मतिर । नछोड भैरे नछोड एही हो मौका ।
"यह ! उसो भए कहीँ घुम्न जाउँ न त तिम्रो छुट्टीमा, मलाई पनि घरमा बस्दा-बस्दा वाक्क लागि राछ फेरी माथि डाँडामा भियु-पोइन्ट-टावर बनाएको छ रे मैले देखेको छैन तेत्तै जाउन रोड्-ट्रिप, तेत्ता तिर त अचेल तिँजु पनि पाक्या होलान " अहिले भने मैले नि उहीबाट सिक्या आसलाग्दो नजर बनाएर उसैलाई हेरेँ ।
" अँ , कुरा त ठिकै हो । फेरी एत्रो बर्ष पछी आएको मान्छेको मन पनि राखिदिनै पर्‍यो होइन भने फेरी रिसाउने होला ।" उस्ले सहमति जनाइ । हुन त यस्तै dating को प्रस्ताव आवोस भनेर नै त आफ्नो छुट्टीको प्रसँग उठाएकी होली नि । एस्लाई मन नलाग्या हो र ?
"तर बिहान गएर साँझ फर्कनु पर्छ नि " सती सावित्री बनी हाली फेरी ।
"त्यतै घरजम गरेर बस्न त मेरा बाले जाग्गा-जिमिन जोड्द्या छन र ?" मन कट्टक्क भए नि भन्नै पर्‍यो । आफ्नो calculation उस्को छुट्टीको दुबै दिन उपयोग गर्ने थियो ।
" अँ नभए एतै फिल्डमा पाल टाअँगिदिउ कि म , अनी येतै घर-जम गरौला । ह्वाँ ,खन्-पिन सुरु भै सक्यो यता भने उठ्ने चालै छैन बा, के हो ? भोक प्यास त्यागेर त के गरी घर-जम गर्ने हो र । ल हिँड म तिमीहरुलाई लिना आएको " शंकरे कुन बेला अाइसक्या रैछ । तर एत्ती भनेर आफु चाँही अघी लाग्यो, डिस्टब गर्दैन -केटो ज्ञानी छ । हामी पनि उठ्एउँ ।

"सुन न " प्रसादले बोलाई "हिजो भाईले छाडिदियेको थियो । आज बिहान लिन र अहिले पुर्याउन हस्पिटलको गाडी आएको थियो तर अब त आउँदैन होला फेरी भाई पनि आज शनिबार साथीहरुसँग पिक्निक जाने भन्थ्यो । मलाई घर छाडीदेउ है "
हे !भगवान एत्ती धेरै दया किन गर्या छौ के मलाई,तिम्लाई कोटि-कोटी टाइम्स सुत्या चार (infinite) प्रणाम छ प्रभु !
"भै हाल्छ नि प्रसाद ! पहिला टन्न त खाउ, बोझ बोक्ने मेरो भट्-भटे छदैछ नि हा-हा" खुशीका हाँसो मैले रोक्छु भन्दा नि सकिन ।

खान्-पिन भरी पनि हामी संगै बस्येउ ,sweet-nothings चली रहे । खान चाँही मैले तेत्ती खायिन । क्यार्नु ! आईमाई मान्छेको बानी motorcycle चढ्यो कि खस्छु कि भन्ने बहाना पारेर पुरुषको कम्मर समात्ने हुन्छ, उस्ले पनि समाती भने अलि-अली भा 6-pack-abs लागुन न हातमा भन्ने सम्म सोच्न भ्याइ सक्याथे मैले । खान्-पिन र एक छिनको गन्थन पछी हाम्रो ब्याचको पुनर्मिलनको समापन भो र मेरो पुनर्मिलनको चाँही सुरुवात । शंकरसँग फेरी भेट्ने बाचा गर्दै बिदा भएँ । पछाडिको सिटमा सरु बसेसी त मुटुकै धड्कनले motorcycle स्टार्ट हान्ला जस्तो भो । बाटाभरी पनि बिनसित्ती ब्रेक हानुँ-हानुँ जस्तो लागि रह्यो । उन्लाई छाडेर घर आउँदा समेत् स्टार्ट गर्ने बित्तिकै घर पुग्या जस्तो लाग्यो । भाईले "बुलेट" मोटारसाइकिल हो भन्थ्यो तर रकेटै भा नि एस्तो स्पीड न नहुनु पर्ने हो जस्तो लागि रह्यो ।

कोठामा पुगेँ, फेरी उही सम्झना र योजनाका चक्र गोल्-गोल घुम्न लागे । अनाएसै रिमोट समाएर फेरी TVका च्यानल ओल्टाइ-पल्टाइ गर्न पुग्या रैछु भन्जा कोठामा छिरे ।
"किन रैछ त मामा स्कूलमा बोलाएको ?" कतै आफ्नो बिठ्याइँको कुरो त लाइदेनन भन्या जसरी डर मिस्स्या स्वोरमा सोधे । SONY च्यानलमा CID भन्ने प्रोग्राम अैराथ्यो ।
"किन हुन्थ्यो , पुनर्मिलन गर्न ..... हाइ-स्कूल पुनर्मिलन " मैले सन्तुस्ट स्वरमा भनेँ ।
"ए-ए , मलाई सन्का त लाथ्यो " के-के न कुरा बुझ्या जस्तो गर्दै भन्जा बाहिरिए ।
 
Posted on 05-27-09 9:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल क्याप्टेन साब बधाई छ ल -


निक्कै रमाइलो प्रस्तुती - हाँसी हाँसी पढियो --


अब त डेटिङ गा नि लेख्ने हो कि


पेलुम पेलुम अरु पेलुम -


 


 
Posted on 05-27-09 10:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

hahahaha yo regal le marne bhae bassssssss attti bho hasda hasda ... u r superb!
 
Posted on 05-27-09 11:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Back With a Bang !

वेल्कम ब्याक रिकुटे ब्रो !

हैन कता हो एत्तिका दिन सम्म? कथा त मजेदार छ जस्तो छ सबैको कमेन्ट सुन्दा त ! पढ्न चाँही भ्याको छैन !

अनी पैलाकै ठाउँ तिर हो कि सरुवा गरियो? लौ अब चौतारीमा एस्सो आउनु पर्‍यो नि यार एत्तिका दिनको गफ गाफ सुनाउनु पर्‍यो !
 
Posted on 05-27-09 11:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिकुटे एकदम रमाइलो प्रस्तुती, मन को साथ दिन ओठहरु पनि दाँया बाँया लागे । क्रमश नदेखे पनि सकिएको छैन भन्ने आशा छ, डेटिङ को मीटिङ पनि बाँकी नै होला २ दिन को छुट्टीको कुरा हरु पनि सुन्ने मन छ अझै । पेलुम प्रभु पेलुम
 
Posted on 05-27-09 11:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

असाध्यै मज्जा आयो । अरु पनि जाओस् । काम मा हाँस्दा वर परका खैरे, मेक्सिकन र काले हरु ट्वाल्ल परेर हेर्या हेरै भन्या । What's so funny ? भनेर सोध्छन , के भन्नु मोरा मोरी हरुलाई ।
 
Posted on 05-27-09 11:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

babaaaaal kada prabhoo... wah wah wah wah wah wah... saarhai majja aayoo.. ekdum ekdum bhani nasaknu cha.. ali ali man parekaa lines haru tipi rakhyaa thiyen.. pachi comment garunla bhanera.. copy paste garda garda ta purai katha jastai po bho ta gaathe.. ani ta ke feri double post garnu bhanera lines haru copy paste garina.. bhanna khojyaa chaahi hark lin daaaami laagyo prabho... maane...saarhai ramaaailo bho.....jay ho!

 
Posted on 05-27-09 1:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिकुटे, स्यालुट मारें है , लेखाइ, भोगाइ, मोजगराइ सबैको लागि।



शब्द शब्द, वाक्य वाक्य अर्थपूर्ण। जती प्रसंशा गरे नि काम हुन्छ। हास्य रसले भरिपूर्ण स्तरिय प्रणय लीला। जय होस् पर्भू।


 



PAGE:   1 2 3 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
Lets play Antakshari...........
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
शीर्षक जे पनि हुन सक्छ।
What are your first memories of when Nepal Television Began?
[New post] Why Would Krishna Have To Run From The Battlefield
Sajha Poll: नेपालका सबैभन्दा आकर्षक महिला को हुन्?
ChatSansar.com Naya Nepal Chat
is Rato Bangala school cheating?
Why always Miss Nepal winner is Newari??
NRN card pros and cons?
Basnet or Basnyat ??
पुलिसनी संग - आज शनिवार - अन्तिम भाग
निगुरो थाहा छ ??
Nas and The Bokas: Coming to a Night Club near you
TPS Re-registration
श्राद्द
सेक्सी कविता - पार्ट २
What Happened to Dual Citizenship Bill
पाप न साप घोप्टो पारि थाप !!
अमेरिकामा छोरा हराएको सूचना
Nas and The Bokas: Coming to a Night Club near you
राजदरबार हत्या काण्ड बारे....
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
is Rato Bangala school cheating?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters