[Show all top banners]

बैरे
Replies to this thread:

More by बैरे
What people are reading
Subscribers
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 सफल जिन्दगी

[Please view other pages to see the rest of the postings. Total posts: 204]
PAGE:   1 2 3 4 5 6 7 8 9 10 11 NEXT PAGE
[VIEWED 131874 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 11 pages, View Last 20 replies.
Posted on 05-12-09 10:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फोनको घन्टी बज्दै थियो कस्ले गरेको रहेछ भन्दा नचिनेको नम्बर देखियो, - "हलो " भन्दै मैले सम्भोदन गरे


" के छ काजी "


सुनेको आवाज तर ठम्म्याउन सकिन , मैले प्रश्न गरे - "को हो मैले त चिनिन नि ? "


"कहाँ चिन्थीस, त जस्तो ठुला बडाले हामीलाई "


"ओहो च्याङ्ग्रा , कहाँ बाट सम्झिस आज, " हामी दुई नङ र मासु छुटेको करीब करीब, ४ बर्ष भएको थियो, समय र परिस्थितीले हामीलाई एक अर्का बाट निकै टाढा लगेको थियो । यहाँ सम्म कि हामीलाई एक अर्काको खबर नै थिएन, तर उसले मेरो नम्बर चाँही भेट्या रहेछ ।


" के छ तेरो, के गर्दै छस आजकाल ? " उसले प्रश्न गर्‍यो


"के हुनु त्यही त हो नि अमेरिकाको जिन्दगी घर काम, काम घर । अनी तेरो के छ सुना न त "


"केही छैन यार मेरो पनि उही पहिलेको जस्तै नै हो चली रहा छ । अनी सुन न मैले विवाह गर्न आट्या छु, त आउनु पर्छ है ? "


म अच्चम्म परे " कहिले, को सँग ? " भनी मैले फेरी प्रश्न गरे


" यही सेप्टेम्बर ४ तारीक , केरेन सँग "


को केरेन मैले चिन्या थियिन, केटोले खैरिनी पट्टाएछ भनी मन मनै सोचे ।


च्याङ्ग्रा - " त अली चाडै आउनु पर्छ , यहाँ केही नभएनी २ दिन अघी आउनु पर्छ र विवाह सक्के पछी ४-५ दिन अरु बस्ने प्लान मिला । टिकेटको पर्वा नगर म पठाइ दिन्छु, अनी सुट पनि ल्याउनु पर्दैन, यही मैले मिलाको छु,   त मेरो बेस्ट म्यान होस् "


हामी दुई बिच धेरै दुरी फैलेको थियो तर उसले मलाई आफ्नो बेस्ट म्यान बनाएर त्यो दुरी लाई तुरुन्तै मेटेको थियो । मलाई च्याङ्ग्रा कहाँ थियो पनि थाहा थिएन तर नम्बर देखेर चाँही अमेरिका मै छ भन्ने चाँही थाहा थियो । जमानामा उ सबै छोडेर नेपाल फर्केको सुन्या थिए कहिले फिर्ता आयो त्यो पनि थाहा थिएन । मैले त्यही थाहा पाउन उसलाई सोधे । उु अहिले टेनेसी मा रहेछ । हाम्रो निकै लामो गफ भयो त्यही बिच पुराना कुरा हरु पनि भए र आफु बिच को त्यो ४ बर्षे दुरीलाई त्यही केही घण्टामा मेटाउने प्रयास पनि ।


मैले उसलाई म त्यहाँ हुने आश्वासन दिए र जसरी भए नि एक हप्ता को थप छुट्टी मिलाई आउने बचन दिए । लेबर डे को लामो छुट्टीमा आफुले ३-४ दिन थप छुट्टी लिए उु सँग १० दिन बिताउन मिल्थ्यो र मैले त्यही गर्ने निर्णय गरे ।


फोन राख्नु अघी मैले उसलाई सोधे - " मैले चिन्या चाँही को को आउँदै छ नि ? "


उसले हाँस्दै - " सबै भन्यो, उु पनि आउँदै छे " मेरो प्रश्नको "को" र च्याङ्ग्राले जनाएको उु चाँही रिया थियो । म, च्याङ्ग्रा र रिया चाँही सँगै एउटै कलेजमा पढेका थियौ । च्याङ्ग्राले " ल ल अब बाँकी कुरा यही आएपछी कुरा गरुला , उु पनि विवाह सक्के पछी अझै बस्छे " भनी फोन राख्यो ।


सेप्टेम्बर ४ तारिक आउन १५ दिन बाँकी थियो, तर जानु पर्ने २ दिन अगाडि , भित्ते पात्रो पल्टाएर हेर्दा ४ तरिक सोमबार परेको रहेछ भने पछी म १ तारिक जानु पर्ने थियो । तर अब मनमा अनेक कुरा हरु खेल्न थाले, अतितका कुराहरु झल झली पुरानो सिनेमा हेर्या झै आँखा प्रतक्ष आउन थाले ।


आज भन्दा  ८ बर्ष अगाडिका कुराहरु याद आए .....................


 
Posted on 05-12-09 10:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो बैरे  ले  क्या  सस्पेन्स  मा  कथा  रोक्या  नि
 त्यो  रिया  भन्ने चै को होला
च्याङरी  कता  गीए त ? च्यङरा  को  को  सँग  बिहे  हो?
लौ न  कथा  छिटो  राखौ  आफ्हुलाई  कस्तो  पढ्न  हत्तर  भाईसक्यो


 
Posted on 05-12-09 10:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यस्पछी के भयो त?


ल बैरे को यो कथा चाँही बियोगान्त नहोला भन्ने सोचेको छु ! हेरुम के हुन्छ ! कलम अली फास्ट चलाऊनु पर्‍यो यार ! 


 
Posted on 05-12-09 10:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बैरेको ताजा खुराक निकै फ्रेश लाग्यो।
निखाइरेको कलमले अस्ती को घाउमा मलम लगाउने छ भन्ने विश्वाशस मा छु । टाइप छिटो छिटो हान्नु पर्‍यो।

 
Posted on 05-12-09 10:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल दुइटा दुइटा पोस्ट भेछ, तर म चाँही एस्मा लेख्दै छु, सुरुवात नै कडा लाग्यो, रौं ठाडो भो बैरे, केइ होला जस्तो छ, एन्दिङ चाँही पिलिज अस्तिको जस्तो नपर है, ऐले सम्मा बोर लागिराछ।

जय हो

PS: aghi dekhi refresh gardai comment post garna khojdai chu.. hundai hunna ta eh.. hajar choti try gari saken hola.. aba ni nabhaye ta haldina comment, la ja
 
Posted on 05-12-09 11:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Chyangri khai sachchai? chyangra kasto badmas raichha karen sanga po?


anyway riya ra baire ko part po interesting hune bhayo ta haina? chhit chhito lekha ta baire aaja sahu chhaina bhanya haina, la arko bhag ni hali hala yahi ho mouka.


 
Posted on 05-13-09 9:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज भन्दा  ८ बर्ष अगाडिका कुराहरु याद आए .....................


हामी भर्खरै आफ्नो  पढाई सकाएर जोश र उमङ्गले भरिएका दुई ठिटा हरु अमेरिका थप  पढ्न भनी नेपालबाट हिड्या थियौ । हामी नङ र मासु झै जहाँ गए नि सँगै जहाँ पढे नि सँगै हुन्थ्यौ । नयाँ यात्रा पनि हामी दुबैले एउटै युनिभर्सिटीमा सुरु गर्यौ । नेपालबाट हङकङ भई, भेगसको यात्रा सुरु भयो ।


अमेरिकामा सुर्य चुरोट तान्न पाउने हो कि होइन भन्ने सोचले हामीले २ कार्टून चुरोटको जगेणा काठमाडौं बाटै गरेका थियौ । रोयल नेपाल एअरलाईनसको त्यो उडानमा धुम्रपान गर्ने सुबिधा पनि उपलब्ध थियो । जहाज भरी भराउ थिएन , आफ्नै बाउको हावाइ जहाज झै हामी उडानको केही समय पछी पछाडिको सिटमा प्लेन दुसित पार्न गयौ । हाम्रो ध्यान वरी परी कतै थिएन झ्याल बाट जमिन तिर कमिला झै देखिने सा-साना घर,बाटा हरुमा थिए । चुरोट मस्तले उडाई रहेका थियौ हामी, त्यही बिच मेरो ध्यान अचानक जमिन बाट प्लेन भित्र पुग्यो । हामी बसेको अर्को छेउमा एउटा केटी झ्याल बाट हेर्दै, समय समयमा हातको रुमाल आँखा सम्म लगि रहेको थियो । उसको आँखा त देख्या थिईन तर उसले कपास झै उडिरहेका बादललाई नै छेडेर केही कुराको खोजीमा थियो । शायद त्यो बेसफल खोजको पत्तो भएर होला उसको आँखा र रुमालको मिलाप हुन पुगेको ।

 

मैले च्याङ्ग्राको ध्यान पनि त्यही केटी भए तिर लगे,

 

" तरुनी रोई रहा छे नि, फकाउने हो कि ? "

 

च्याङ्ग्रा - " अब नेपाल छोडि सक्यौ के नेपाली को पछी लाग्ने, तैले नि भन्या होइन खैरेनी बाहेक अरु नताक्ने भनेर ?"

हामी भर्खरका ठिटाहरु नयाँ देश नयाँ भेशमा जादै थियौ हामी सँग संसार हाक्ने मनोबल थियो, कोही भन्दा कम हामी आफुलाई ठान्ने पक्षमा थिएनौ । हामी दुईले अमेरिका गएर नेपाली केटी होइन खैरे छाला तिर मात्रै ध्यान दिने निधो गरेका थियौ , जिन्दगीको रस जवानीमै नचुसे बुधेस्कालमा के पाहिन्थ्यो भन्ने हाम्रो सोचाइ थियो । काठमाडौंमा लुकी लुकी 'बे वाच ', 'बेवेर्ली हिल्ल्स' बोका झै हेर्दा खैरे छाला एक नभए आर्को, अर्को नभए अर्को पाहिन्थ्यो भन्ने हाम्रो सोच थियो ।

 

"हो, तर अमेरिका सम्म पुग्न टाईम पनि त पास हुनु पर्‍यो ! तेरो मुख कत्ती हेर्नु सानै देखी हेर्या अली सेक्सी भए नि लौ भन्नु " मैले हाँस्दै भने ।

 

"त्यो त हो" च्याङ्ग्राले मेरो कुराको सहमती दियो, " जाम त कुरा गर्न ?" उसले फेरी प्रश्न गर्‍यो  

 

मैले च्याङ्ग्रालाई भाग्यको सर्वोत्कृष्ट अङ्रेजी मा चाँही "बेस्ट अफ लक" भन्दै तरुनी भए ठाउँ तिर पठाएँ ।

 

च्याङ्ग्रा गएर तरुनी सँग बोल्यो, तरुनी पनि एक्लै भएर होला च्याङ्ग्रा सँग हाँस्दै बोल्न थाली , म चाँही एक्लै परे अब फेरी एक अर्को खिल्ली सल्काउन लागे । च्याङ्ग्राले मलाई आवाज दियो र त्यही सिटमा बोलायो । म उनिहरु नजिकै गएर बसे , कवाफमा हड्डी बन्नु मन त थिएन त्यही पनि भलाद्मी ब्यक्ती झै आफ्नो परिचय दिए , " हाइ, म बैरे " उसले पनि मेरो 'हाइ' आफु सँग राख्न्न नखोजे झै मलाई नै फर्काइ अनी " म रिया " भनी जवाफ दीइ । मैले च्याङ्ग्रालाई आफु अगाडि गई बस्ने कुरा जनाए , तर उसले मलाई - "अब अगाडिबाट ह्यान्ड ब्याग यही ल्या न, तल् परे चुरोट पनि सल्काउन पाहिन्छ , उसलाई पनि साथी हुन्छ,  हङकङ सम्मको ट्रिप सँगै जाम"

 

मैले हुन्छ भन्दै अगाडिबाट समान पछाडि ल्याए ।

 

च्याङ्ग्रा उसको छेउमा बसेको थियो म चाँही छुटै , च्याङ्ग्रा उठेर ल एक छिन उसलाई कम्पनी दे, म एक सर्को लगाउन जान्छु भन्दै उठ्यो । मैले च्याङ्ग्रालाई घुरेर हेरे , मेरो घुराईको अर्थ उसले बुझेको थियो । सधैं सँगै चुरोट तान्ने हामी, आज तरुनीले गर्दा छुट्यो त्यो पनि अझै मलाई उल्टै तरुनीको  हेर्चाह गर भन्दै जाने ? च्याङ्ग्रा मुसुक्क हाँस्दै गयो चुरोट सल्काउन । मलाई उु छेउ जानु थिएन , म उसको छेउ जानु भनेको मेरो कम्जोरी देखाउनु थियो, उसलाई कुरा गर्नु थियो त उु आँफै अघी बढे हुन्थ्यो । म पानीमा माछाको पर्खाईमा बसेको बकुला झै बसी रहेको थिए ।

 

मेरो बल्छीमा माछो फस्यो , उु छेउमा आएर - " तिमीहरु हङकङ सम्म मात्रै जान आट्या हो ?" भनी सोधी ।

 

अहिले सम्म च्याङ्ग्रासँग के कुरा गरी बसी त ? मैले "होइन हानी अमेरिका जान लाग्या भने "

 

उसको आँखामा चहक थियो - " अमेरिका, कहाँ नि ? "

 

मैले आफु अली रहीथानी देखाउने बिचार  गरे, काठमाडौं हुँदा सब जना साथी भाई हरु कि त "मिन्नेसोट", कि त " न्यू योर्क " भन्थे कत्तीको कलेज सस्तो हुन्थे तर हामी जाने कलेज चाँही महँगो छ भन्ने धाकले " यू एन एल भि " भने । मैले मन मनै के सुन्या होला र उसले त्यो ठाउँ भन्दै मनैमा हासे ।

 

उनी दंग पर्दै " आइ डोन्ट बिलीभ दिस, म पनि यू एन एल भि जान आट्या भनी "

 

म आफुले खन्या खाल्डोमा आँफै पुरिए, मुस्कुराउदै, आस्चर्य मान्या झै - " हो र " भने । वास्तबमा मलाई उसको केही चासो थिएन , उु कलेजमा नेपाली भएको हिसाबले साथी हुन पुग्थ्यो त्यती मात्रै हो । मेरो लक्ष्य अर्कै थियो र अर्जुनले झै आफ्नो लक्ष्य बाट मन घुमाउन हुन्न भन्ने मलाई ज्ञान थियो । च्याङ्ग्रा सर्को तानेर आयो , उसलाई छेउ मा बस्या देखेर मेरो छेउमा बस्यो । च्याङ्ग्रा टाउको मुन्टाउदै उु सँग कुरा गर्न थाल्यो ।

 

उसले च्याङ्ग्रालाई उु र उसको साथीले सँगै कलेजमा अप्लाई गर्या तर उसको साथीले भिसा नपाको कुरा ज्ञान गराई । उु केही भन्न चाहन्थी तर हामीलाई पहिलो पल्ट भेट्या भएर होला त्यो कुरा उसले भन्न सकिन । कप्तानले हङकङमा आगमन हुन आट्या कुरा माईक फुके । केही क्षण पछी हामी हङकङ पुग्यौ ।

 

आफ्नो समान अमेरिका सम्म चेक भाको थियो त्यसैले समानको पिर लिनु पर्ने थिएन । हाम्रो हङकङमा १० घण्टाको ट्रान्सिट थियो , जहाज बाट उत्री हामी आफ्नो गेट सम्म पुग्यौ उु पनि हामी सँगै थि । बाउको बिज्नेस हङकङमा भएकोले बुढालाई फोन गर्न महंगो पर्ने कुरा ज्ञान रहेछ त्यसैले आफ्नो साथी सँग बुढाले फोन कार्ड लिएका थिए । काठमाडौं छोड्नु अघी बुढाले हङकङ गएर पुग्ना साथ फोन गर्नु र फेरी अमेरिकाको लागि निस्किनु अघी फोन गर्नु भनी आज्ञा गर्या थिए ।

 

सोही आज्ञाको पालन गर्न घर तिर फोन घुमाईयो , केही बेर कुरा भए पछी च्याङ्ग्राले पनि आफ्नो घर तिर फोन घुमायो । उु सँग हङकङ डलर रहेछ उसले पनि घर फोन गर्न लागि मैले म सँग फोन कार्ड छ यही चलाए हुन्छ त्यो पैसा अरु केही को लागि बचाई राख भनी आफ्नो फोन कार्ड उसलाई चलाऊन दिए । उसले घरमा कुरा गर्दा उसको आँखा फेरी रसाउदै थियो । उसलाई असजिलो हुन्छ भनी म त्यहाँ बाट हेट । उसको कुरा सक्किए पछी मलाई " थ्यांक यू " भन्दै फोन कार्ड मलाई फिर्ता दिईन् ।

 

समयको ढल्काई सँगै हाम्रो मित्रता पनि बढ्दै गयो , होइङ्कोङ एअरपोर्टमा धुम्रपान कक्ष नभएकोले तल चाँही धेरै लग्या थियो तर मेटाउन भने पाईएन । च्याङ्ग्रा एकै छिन थकाई मार्छु भन्दै सुस्ताउन लाग्यो । अब त्यहा केवल उु म र दुब्दै गरेको घाम थियो । मैले अघी प्लेनमा उसले केही भन्न खोजेको थियी तर आफुलाई त्यो कुरा हामीलाई नभन्ने निधो गरेको कुरा कोट्ट्याउने बिचार  गरे ।

 

- " अघी प्लेनमा तिमीले केही कुरा भन्न आट्या झै लग्या थियो, के हो त्यो कुरा ? " भनी सोधे ।

 
Posted on 05-13-09 10:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ सररररर बग्यो कथा त, nice going बहाव सार्है नै रमाइलो छ, अर्को भागको प्रतिक्षामा।

 
Posted on 05-13-09 11:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो बैरेले जान्या रैछ ट्रिक चै केटीलाई पैले वास्ता नगरेको जस्तो गर्ने हाहा


रमाइलो भैराछ छिटो छिटो लेख न


 
Posted on 05-13-09 11:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बल्ल पढि भ्याएँ


बैरे पनि ब'बाल लेख्ने रहेछ -


अनी के भन्न आट्या रहेछ - सुन्न पर्‍यो छिट्टो ल बैरे


अर्को भाग पनि टाँस


गूड् गोइङ


 
Posted on 05-13-09 2:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चाडो लेखनू पर्‍यो बैरे।
 
Posted on 05-13-09 2:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Katha sarai ramro chaa arko bhag continue garnu paryo sathi.
 
Posted on 05-13-09 3:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बैरेको कथा जिन्दगी झै प्रगती पथ तिर देखें मैले।
 
Posted on 05-14-09 3:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बैरे ज्यू,


क्या दामी कथा थियो, पड्दा पड्दै छोड्नु परेर कस्तो बोर भएको थियो पहिलो भागमा..


अहिले त सेकेन्ड पार्ट पनि आइसकेछ। सार्हो राम्रो लाग्यो।


खैरेनिलाई पत्ट्याउन तयार थियो तर "म ताक्छु मुढो, बन्चरो ताक्छ घुडो" भए जस्तो छ। यस्को मतलब नेपालमा धेरै नै नेपाली पट्याए जस्तो छ।
     


कालेदाइ


 
Posted on 05-14-09 8:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ सररररर बग्यो कथा त, nice going बहाव सार्है नै रमाइलो छ, 

 बैरेले जान्या रैछ ट्रिक चै केटीलाई पैले वास्ता नगरेको जस्तो गर्ने   हाहा

रमाइलो भैराछ 




बैरे पनि ब'बाल लेख्ने रहेछ -

अनी के भन्न आट्या रहेछ - सुन्न पर्‍यो छिट्टो ल बैरे

अर्को भाग पनि टाँस

गूड् गोइङ




 
Posted on 05-14-09 12:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

keli
<<यो बैरे  ले  क्या  सस्पेन्स  मा  कथा  रोक्या  नि
 त्यो  रिया  भन्ने चै को होला
च्याङरी  कता  गीए त ? च्यङरा  को  को  सँग  बिहे  हो?
लौ न  कथा  छिटो  राखौ  आफ्हुलाई  कस्तो  पढ्न  हत्तर  भाईसक्यो>>


च्याङ्ग्री त हराई कहाँ एउटैसँग बस्थ्यो च्याङ्ग्रा, खुट्टा भए पछी जुत्ता टन्नै पाउछ भन्थ्यो, रियालाई खै कसरी बयान गरुम कथाको अन्तिम सम्म अली राम्रो बर्णन हुन्छ कि


ritthe
<<त्यस्पछी के भयो त?
ल बैरे को यो कथा चाँही बियोगान्त नहोला भन्ने सोचेको छु ! हेरुम के हुन्छ ! कलम अली फास्ट चलाऊनु पर्‍यो यार !>>


खै सिर्शक त सफल जिन्दगी छ बियोगान्तक त नहोला ।


rahulvai
<<बैरेको ताजा खुराक निकै फ्रेश लाग्यो।
निखाइरेको कलमले अस्ती को घाउमा मलम लगाउने छ भन्ने विश्वाशस मा छु । टाइप छिटो छिटो हान्नु पर्‍यो। >>


खै ठुल्दाइ मलम हुने हो कि नून खुर्सानी कुरा जटिल छ


perfectionist
<<ल दुइटा दुइटा पोस्ट भेछ, तर म चाँही एस्मा लेख्दै छु, सुरुवात नै कडा लाग्यो, रौं ठाडो भो बैरे, केइ होला जस्तो छ, एन्दिङ चाँही पिलिज अस्तिको जस्तो नपर है, ऐले सम्मा बोर लागिराछ।
जय हो
PS: aghi dekhi refresh gardai comment post garna khojdai chu.. hundai hunna ta eh.. hajar choti try gari saken hola.. aba ni nabhaye ta haldina comment, la ja >>


पुरे प्रभु मैले पार्या हो र एन्डिङ दैबको बिडम्बना म त केवल एक पात्रो मात्रै हुँ , अब यो पोस्टको कुरा चाँही सान दाईको करामत हो


kHusHii


<<Chyangri khai sachchai? chyangra kasto badmas raichha karen sanga po?


anyway riya ra baire ko part po interesting hune bhayo ta haina? chhit chhito lekha ta baire aaja sahu chhaina bhanya haina, la arko bhag ni hali hala yahi ho mouka.>>


ठिटीको नाम नै राख्नु नहुने, जबर्जस्ती म सँग गास्ने, च्याङ्ग्रा को पो हो कि के थाहा


<<ओहो बैरेले जान्या रैछ ट्रिक चै केटीलाई पैले वास्ता नगरेको जस्तो गर्ने हाहा
रमाइलो भैराछ छिटो छिटो लेख न >>


वास्ता त साच्चै कै नगर्या हो, म त खैरेनी को पछी लाग्ने बिचार मा थे कहाँ नेपालीको पछी लाग्ने भनेर वास्ता नगरया
 
serial
<<अनी के भन्न आट्या रहेछ - सुन्न पर्‍यो छिट्टो ल बैरे >>


आइ लो....प यू त पक्कै होइन होला ।


Hardic
<<चाडो लेखनू पर्‍यो बैरे।>>


प्रभु टाउकेले काममा पेल्या पेल्यै छ, कथा अघी बढाउ भन्या नहोला जस्तो छ अर्को हप्ता नै होला जस्तो छ खेदको लागि माफ ।


ohio
<<Katha sarai ramro chaa arko bhag continue garnu paryo sathi.>>


प्रभु काम लाई तमाम गर्दै छु भ्यायो भने बेलुका सम्म पोस्ट गर्ने छु


kaledai
<<क्या दामी कथा थियो, पड्दा पड्दै छोड्नु परेर कस्तो बोर भएको थियो पहिलो भागमा..
अहिले त सेकेन्ड पार्ट पनि आइसकेछ। सार्हो राम्रो लाग्यो।
खैरेनिलाई पत्ट्याउन तयार थियो तर "म ताक्छु मुढो, बन्चरो ताक्छ घुडो" भए जस्तो छ। यस्को मतलब नेपालमा धेरै नै नेपाली पट्याए जस्तो छ।>>


कालेदाइ, कहाँ घुडो ताक्ने , त्यो त टाईम पासा मात्रै हो नि बिचार , अब अमेरिका सम्म जानु थ्यो, च्याङ्ग्राको मुख र स्वोर भन्दा त तरुनी कै हेर्ने र सुन्न मोज नि होइन र ?


नेपालमा पट्याएको केटी को गिन्ति छैन नि दाई, आफ्नो त लिस्त नै लामो, तर वन साइडेड लोप जस्तै आफुलाई पट्या झै लाग्छ तरुनीको बिचार  चाँही मिल्दैन थियो दाई । तर पट्या चाँही हो ।


rahulvai
<<बैरेको कथा जिन्दगी झै प्रगती पथ तिर देखें मैले।>>
ठुल्दाइ तपाईको मुखाँ होन चा र काठमाडौं गणेश थानको छोइला, कचेला, म:म:, बाह्रा, वो, सेकुवा, आलुको अचार, एला, केही छुट्या भए त्यो पनि परोस 


keli
<< के टसाई भयो कपी पेस्ट गर्या कुरो >>


हेहेहेहेहेहेहेहे, लेख्दै छु मैचा, कामले पेल्यो के, के गर्नु ?


 


 
Posted on 05-14-09 3:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो ओहो बैरे
अमेरिका आउँदैमा कपाल हेर्दा खैरे । कथा त गजब छ गजब । सब एक से एक लेखक छन यहाँ त वहाँ वहाँ । ल छिट्टै जाओस बाँकी भाग पनि ल देरै राम्रो र रमाइलो छ ।
 
Posted on 05-17-09 8:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बैरे ज्यु,


कथा लेख्न, केटी पाट्याउन सबै जान्य रहेछौ, नेपालमा पट्याएको केटीहरुको धेरै लामो लिस्ट छ भने त डिलिट हुनु भएन नि, डेटा हार्ड डिस्कमा सेभ गरेर राख्नु पर्यो, कोही त काम आउने वाला छनकी ? तिनै लिस्ट मध्ये? वान साइटेड लव भै रा होइन टु साइटेड् नै होला।
हुन त च्याङ्ग्रा भन्दा त रिया सँग बसेर टायम पास् गर्नु रमाइलो थियो। धन्न रिया चै जुका जस्तै टास्सिएन्छ नत्र खैरे नि पट्याउने नो चान्स। 
फेरी मासु खान आएकी बुडी झोलमा डुबेर मरी हुन्थ्यो होला हगी...........?
तर रमाइलो कथा छ। लेख्दै जानोस कस्लाई पट्याऊदो रहेछ?


कालेदाइ
    


 
Posted on 05-19-09 10:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

- " अघी प्लेनमा तिमीले केही कुरा भन्न आट्या झै लग्या थियो, के हो त्यो कुरा ? " भनी सोधे ।

 

उु एक छिन चुप लागि तर परिस्थितीमा गधालाई पनि बाउ भन्नु पर्छ भने झै आफ्नो अड्कन भन्ने बिचार गरीन् - " अघी मैले भने झै, म र मेरो साथीले सँगै अप्लाई गर्या थियौ तर उसले भिसा पाएन । मेरो मामा डि.सी मा हुनुहुन्छ वहाँले अमेरिका आएर काम गर्नु पर्ने हुन्छ ,  त्यसैले कलेजको दोर्ममा नबस्नु भन्नु भाको थियो ।  भेगसमा रेन्ट लिएर बस्नु काम गर्न जान आउन सजिलो हुन्छ भन्नु भाको थियो तर अब म एक्लै परे । दोर्ममा रूम बुक गर्ने टाईम पनि सकी सक्यो अब कहाँ बस्ने केही थाहा छैन । त्यसैले तिमीहरु कहाँ बस्न आट्या छौ कि भनी सोधु झै लाग्या थियो "

 

हामी पनि काम गर्न सजिलो हुन्छ भनी रेन्टमा बस्ने प्लान गर्या थियौ, पैसा भन्दा पनि हाम्रो खाचो अर्कै थियो । पैसा त नेपालबाट पेली हाल्थे त्यहाँ त मोज गर्न लुटाउने जगेणा मात्रै गर्नु पर्ने थियो । मैले हामी रेन्टमा बस्न आट्या कुरा गरे भने उसले पनि हामी सँगै बस्ने प्रस्ताब राख्थी त्यो मलाई थाहा थियो । तर उु सँग बस्नु भनेको नियम काईदामा बस्नु पर्ने हुन्थ्यो, केही गरी खैरिनी पट्टे पनि आफ्नो कोठामा ल्याउन नमिल्ने हुन्थ्यो । त्यो म चाहन्न थिए, तर मलाई बाल मत्लब थिएन उसले सोचे कै पुग्नु पर्ने जरुरी पनि त थिएन, मैले, हामी पनि रेन्टमा बस्ने कुरा जनाए । उु केही बोलिन ।

      


हामी केही बेर कुरा अझै कुरा गर्यौ तर उसले हामी सँग बस्ने कुरा चाँही उठाईन । केही क्षणमा च्याङ्ग्रापनी उठ्यो , मैले उसलाई ईशारा गरे उसले बुझ्यो पनि । रिया तिर हेर्दै च्याङ्ग्राले " एक छिन बस्दै गर है म चाँही यो बैरेलाई लिएर कही धुम्रपान गर्ने ब्यवस्था छ कि भनी हेरेर आउछु " भन्यो । उसले हुन्छ भनी जवाफ दियो । हामी त्यहाँबाट टाढा गयौ , "किन के भयो किन ईशारा गर्या" च्याङ्ग्राले सोध्यो ।

 

"तेरो आमा हामी सँगै बस्न आउन खोज्या छ, अघी प्लेनमा पनि भन्दै थियो नि त्यसको साथी को भिसा भएन भन्दै, तिनी हरुको सँगै बस्ने प्लान थियो । तर त्यो अर्कोको भिसा भएन अब हामी सँग बस्न खोज्या जस्तै छ "

 

"तलाई के म बस्न आउँ भनेर सोधी " च्याङ्ग्राले सोध्यो

 

"छैन तर इरदा त्यही छ उसको । सोधे पनि म हुन्न भनी दिन्छु, बेकारमा किन टेन्सन बोक्ने, न हाम्रो बाउँ पट्टी को न आमा " मैले भने   

च्याङ्ग्रा एक छिन सोच्न लाग्यो -" सुन हुन्छ भन " । मेरो दिमाग घुम्यो " के भन्छ यो बौलाइश, कि क्या हो ?"

 

"बौलाएको छैन, एक त पैसा पनि शेर हुन्छ, तरुनी भए पछी मिठो मिठो पनि खान पाहिन्छ , घर पनि सफा सुगर हुन्छ हामी पनि भलद्मी झै बस्छौ "

 

च्याङ्ग्राको कुरामा सत्यता थियो , तर थाहा छ भोली गएर खैरी भेट्ने हो कि होइन तर पनि भेटी हलियो भने ठिटी भाको घराँ कहाँ अरु तरुनी ल्याउने । मैले त्यही प्रश्न च्याङ्ग्रा सँग गरे - "अनी हाम्रो प्लान नि, भोली ठिटी पाहियो भने कहाँ लाने नि ?"

 

" हेर केटा, बच्चा पाउने कहिले कहिले, भोटो सिलाउने अहिले भन्या झै कुरा नगर, हामीले तरुनी पाउने हो कि होइन त्यो स्योर पनि छैन । बरु उसलाई पनि हेल्प हुन्छ हामी लाई पनि , यसमा हाम्रो क्षती भन्दा फाईदा धेरै छ । फेरी के थाहा हामी सँगै पट्टीन्छ कि ? अवसरलाई हेर,  बारम्बार ढोका ढक्ढकाउन आउँदैन । बरु तेरो इम्प्रेसन पार्ने मौका यही हो तै भन " च्याङ्ग्राले भन्यो । कुरा त ठीक हो, त्यही पनि मेरो मन चाँही मान्या थिएन ।

 

कुरा सकाई हामी फर्कियौ , च्याङ्ग्राले ईशारा गर्‍यो । म आफ्नो ठाउँबाट उठेर उसको छेउमा गएर - " रिया, एक छिन तिमी सँग कुरा गर्नु छ "

 

उु अच्चम्म परी, तर थपक्क उठेर म्रो छेउमा आइ । च्याङ्ग्राले - " म के छ यहाँ खानको लागि म हेरी आउछु भनी हामीलाई एक्लै छोड्यो " । मैले कुरा कहाँ बाट सुरु गरुम भनी सोची रहेको थिए, मेरो सोच अली लामो नै भएको होला उसले नै - "किन के भयो र ? " भनी सोध्यो ।

 

"तिमी कलेज गएर कहाँ बस्छौ ? " मैले प्रश्न गरे

 


म - "तिमीलाई हामी सँग बस्न मन छ ?"  

 

रिया - " खै के भनु, कलेजमा कोही भेटिएन भने भन्छु नि हुन्न र ?"

 

म - "हुन त हुन्छ तर तिमीले हामीलाई चाडै खबर गर्नु पर्छ, तिमी हामी सँग बस्ने हो भने ३ रूमको अपार्टमेन्ट लिनु पर्छ , नभए २ रूम लिए हुन्छ हामीलाई "

 

रिया - " हुन्छ म तिमीलाई खबर गर्छु, तिमीले डिसिसन गर्नु अघी नै "

 

हामी हङकङबाट अमेरिका म्क्कर्‍अन इन्टरन्यासनल  एअरपोर्ट प्रस्थान गर्ने बेला भयो, हामी कोउन्टरमा गई आफ्नो बोर्डइङ पास लियौ , तीन जना सँगै भएको हुनाले हामीलाई सगै को सिट प्राप्त भयो । प्लेनमा चढी सके पछी थाहा भयो कि यात्रामा धुम्र पान निषेध थियो भनेर । मन मनै सोछे नेपालको जाबो ४ घन्टे यात्रामा धुम्रपान गर्न पाईने यहाँ यात्रो लामो यात्रामा चाँही नपाईने कस्तो नाटक । जहाजले केही क्षण मै गगन चुम्यो , कुम्भ कर्ण अघी भर्खर उठ्या पनि फेरी सुन्त बस्यो , मेरो एक छेउमा रिया थियो भने अर्को छेउमा कुम्भकर्ण । अब यत्रो लामो यात्रा नबोली कटौ भने आफुलाई नै गाह्रो तर कुरा पहिले आफुले नगर्ने निधो गरे ।

 

म पनि चुप थिए र उु पनि हाम्रो सुन्यतामा च्याङ्ग्राको लामो सास स्वार र फ्वार गर्दै सुनी रहेको थियो । मैले उु तिर हेर्दा उनी आफ्नो आँखाबाट ओभ्रिएको पानी पुछ्दै थि ।  मन मनै कती रुन सक्ने हो सोचे, तर फेरी उु त केटी मान्छे कमलो मन हुन्छ भन्ने कुरा थाहा नै थियो घर याद आयो होला भनी सोचे । उसको मन हल्का बनाउने बिचारले मैले आफ्नो स्वाभिमान निली उु सँग कुरा गरे । कुरा हरु त्यही कहाँ घर, को को हुनुहुन्छ घरमा ,  कहाँ पढ्या, किन अमेरिका, यसलाई चिन्छौ, उसलाई चिन्छौ मै बित्यो । हामी बिच न त एक अर्कामा केही आकर्शण नै थियो न त अरु खासै केही । उु मेरो लागि केवल एक नेपाली केटी थि, जो भोली मेरो रूम मटे हुने सम्भावना चाँही धेरै थियो । कुरै कुरामा उसले हामीसँग बस्ने निधो गरेकी पनि सुनाई तर एक चोटि काठमाडौं खबर गर्नु पर्ने कुरा सुनाई, उसको त्यो कुरा जाहिज थियो । अल्लारे ठिटाहरु सँग बस्नु नेपाली केटीको लागि स्वभाविक थिएन , यहाँ त मत्लब हुँदैन थियो तर नेपालमा उस्का बाउ आमालाई त्यो खबरले कस्तो असर पर्छ त्यो उसले सोच्नु पर्ने थियो । केही बेर हामी पनि आँखालाई थकान दिन सुस्तायौ ।

 

४८ घण्टा अघी हामी आफ्नो मातृभूमी मा थियौ आहिले हामी सात समुद्र पार गरी अमेरिका आगमन गर्दै थियौ ।  भेगस भन्ने शहर कस्तो उराठ लाग्दो रहेछ , प्लेन बाट वरी परी मर्भूमी नै मर्भूमी देखियो । तर नजिकै आउँदा केही ठुला ठुला घर हरु पनि देखिए । हामी आफ्नो क्लेरेन्स गरी बाहिर निस्क्यौ । कस्तो अचम्मको एअरपोर्ट रहेछ भित्रै जुवा खेल्ने मेसिन हरु भरी भराउ रहेछ । नेपाल छोड्नु अघी अमेरिकन लाइब्रेरी को दाई ले त भन्या थिए त्यहाँ जुवा पाइलै पछी खेल्न पहिन्छ, त्यसैले मन बरालिन नदिनु भनेका थिए । आमाले पनि घर छोड्नु अघी "बाबु जुवाले युधिस्थिरको त मती भ्रस्ट गर्‍यो तेरो पनि गर्ला , एक दम सोच बिचार  गर्नु सके सम्म जुवा मा मन नभुलाउनु है भन्या थियीन् " । आफु पनि सके सम्म जुवा बाट टाढै बस्ने सोचियो, तर वास्तबमा जुवा भन्दा पनि मन अन्तै भुलाउने सोच्या थिए । त्यस माथि १ सेन्टकै खेले नि ६.५० नेपाली हुने आफुलाई त महंगै हो ।

 

हामी त्यहाँ बाट निस्की कलेज तिर प्रस्थान गर्यौ । आफु लाई कलेज को इन्टरन्यासनल अफिसमा हाजिर गराइ, ओरिएन्टेसनको मिती र समय फिक्स गर्यौ । अडभाईसरले नेपाल फोन गर्न पनि दियो, आफु पुगेको खबर गरी हामी कोठा खोज्न निस्क्यौ, सामन हामीले कोठा नभेटुन्जेल त्यही राख्ने आग्र्ह गर्यौ । रियाको आँखामा अली खुशीका किरण हरु छछल्केको देखियो कारण मैले बुझिसकेको थिए, त्यही पनि उसले आइ "म तिमी हरु सँगै बस्छु" भनी । 

 

 

 

 

 
Posted on 05-19-09 10:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म मज्जा आउने भयो!


रियाले बैरेलाइ तह लाउने भइ। बैरेले हेल्मेट  र लाइफ ज्याकेट किने हुन्छ छिट्टै।


च्याङ्रा त रियाले बैरेलाइ गर्ने कार्बाही देखेर त्राहिमाम हुने भइ हाल्यो।


 



PAGE:   1 2 3 4 5 6 7 8 9 10 11 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Work Permit/How long your took?
मन भित्र को पत्रै पत्र!
Travelling to Nepal - TPS AP- PASSPORT
Does the 180 day auto extension apply for TPS?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters