[Show all top banners]

kanchu!
Replies to this thread:

More by kanchu!
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 KHAGENDRA SANGROLA EXPOSEDआडम्बरी सङ्ग्रौलाको पागल–प्रलाप !

[Please view other pages to see the rest of the postings. Total posts: 37]
PAGE:   1 2 NEXT PAGE
[VIEWED 24072 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 2 pages, View Last 20 replies.
Posted on 04-30-09 6:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I copied and pasted from other thread to let all people know who these so called civil society leaders are!
आडम्बरी सङ्ग्रौलाको पागल–प्रलाप

 
– जगत् उपाध्याय –
 
यही
चैत ६ गतेको 'कान्तिपुर' दैनिकमा प्रकाशित खगेन्द्र सङ्ग्रौलाजीको
'कृतघ्नताको कथा र कुँडाकर्कटहरू' शीर्षकको लेख पढेँ। कुनै जमानामा नेपाली
प्रगतिवादी साहित्यमा राम्रै स्थान बनाएका खगेन्द्रजीको लेखन पछिल्लो
चरणमा गालीकेन्द्रित बन्दै गएको छ र उनी वितण्डावादका अभियन्ता सावित भएका
छन्। आन्दोलनकालमा निरङ्कुश सत्ताका विरुद्धमा उनको कलमबाट निस्कने गरेका
शब्दवाणहरू केही हदसम्म उपयोगी नै लागे पनि सधैँ तिनको उपयोगिता सिद्ध हुन
सकेको छैन। फेरि अहिलेको सन्दर्भ फरक छ। २०६२/६३ को महान् र ऐतिहासिक
जनआन्दोलन एमाले, काङ्गे्रसलगायतका सात दलको आयोजना र माओवादीको समर्थनबाट
सफल भएको हो र त्यसैका बलमा राजतन्त्रको समूल अन्त्य गरी लोकतान्त्रिक
गणतन्त्रको स्थापना गर्ने उद्देश्यसहित संविधानसभाको निर्वाचनमा सबै दल र
जनता होमिएका छन्। यस्तो अवस्थामा कुनै पनि बुद्धिजीवी लेखकले बेतुकका,
उडन्ते, हावादारी र नशालु आवेगमा विकृत मनस्थितिबाट उत्पन्न दूषित
विचारहरूलाई बाहिर ल्याउनु हुँदैन। कुनै व्यक्ति वा पार्टीमा समस्या छन्
भने तिनलाई वस्तुपरक ढङ्गले समीक्षा गर्दै सुधारका लागि सल्लाह
दिइनुपर्दछ। यस पक्षको खगेन्द्रजीमा सर्वथा अभाव रहँदै आएको छ। यथार्थमा
भन्ने हो भने उनका लेखहरूमा आफ्नो कुनै विचार वा पक्ष नै पाइँदैन। पाइन्छ
भने केवल गाली। झर्रा शब्दको प्रयोग गरी तुकबन्दीयुक्त भाषाशैलीमा मनपरी
ढङ्गले गाली गर्नु नै खगेन्द्रजीको सामर्थ्य हो भन्ने बोध उनकै लेखहरूबाट
हुन्छ। त्यसैले उनी नेपाली भाषामा गालीसाहित्यका प्रवर्तक पनि बनेका छन्।
 

गतेको लेखमा खगेन्द्रजीले आफ्नो गालीसाहित्यको निसाना काठमाडौँ–४ की एमाले
उम्मेदवार विद्यादेवी भण्डारीलाई बनाएका छन्। उनले उक्त लामो लेखमा
सुरुदेखि अन्तिमसम्म नै विद्यादेवी भण्डारीको राजनीतिक जीवनलाई आघात
पार्ने गरी चुनावका मुखमा दनक दिएको भन्ने ठानेका होलान् र उनलाई आनन्द
पनि निश्चय नै भएको होला तर यो उनको आत्मरतिसिवाय केही होइन। यस लेखले बरु
खगेन्द्रजी नारीहरूलाई अझै पनि अल्पज्ञानी, अनाडी, चुलोचौकाका दासी र
पुरुषहरूका गोटी मात्रै ठान्दा रहेछन् र जनतालाई धराने कालो बङ्गुर मात्र
मान्दा रहेछन् भन्ने पुष्टि गरेको छ। यसबाट खगेन्द्रजीको बौद्धिक दरिद्रता
टिठलाग्दो गरी उदाङ्गिएको छ। ०५१ सालकै मध्यावधि निर्वाचनमा विद्यादेवी
भण्डारीका विरुद्धमा काङ्गे्रस उम्मेदवारलाई मत दिएको बताउने (कान्तिपुरमै
प्रकाशित उनकै कुनै लेख अनुसार) खगेन्द्रजीमा विद्यादेवी भण्डारीले
राजनीतिक क्षेत्रमा हासिल गरेको सफलताबाट कुण्ठा उब्जिएको हुनसक्छ र त्यही
दमित कुण्ठा अनियन्त्रित रूपमा यसरी बाहिर अभिव्यक्त भएको मान्न सकिन्छ।
अर्थात् देश, जनता र सिङ्गो आधा आकाश ढाक्ने महिलाको मुक्तिका लागि
सङ्घर्षरत एक जना उम्मेदवारका विरुद्धमा विषवमन गरेर उनले कसको सेवा गर्न
खोजका हुन् भन्ने बुझ्न गाह्रो छैन। अन्यथा सामाजिक–सांस्कृतिक–भाषिक
मर्यादा, शिष्टाचार र मानवीय मूल्यमान्यतालाई खिसीट्युरी गर्ने गरी यति तल
झर्नुको अन्य के नै अर्थ हुनसक्छ र?
 
नेपालीमा एउटा उखान छ–
'आफ्ना आङको भैँसी नदेख्ने, अर्काका आङको जुम्रा पनि देख्ने।'
खगेन्द्रजीमा पनि यही उखान चरितार्थ हुन्छ। लेखकले अन्य व्यक्तिका चिन्तन,
चरित्र र क्रियाकलापका बारेमा लेख्दा कृपया आफूतिर पनि फर्कने गरे राम्रो
होला। विदेशी दूतावासबाट र ठूला–ठूला अन्तर्राष्ट्रिय संस्थाबाट पैसा खाएर
परियोजना अन्तर्गत साहित्यलेखनको व्यापार ('जूनकीरीको सङ्गीत'लगायतका
कृतिहरू) गर्ने अनि आफ्ना छोरालाई महँगो शुल्कमा अमेरिकाजस्ता मुलुकमा
पठाउने तर अरूको विदेशगमनको विरोध गर्ने ढोँगी, आडम्बरी, विरोधाभासी र
शङ्कास्पद चरित्रका खगेन्द्रजीजस्ता बुद्धिजीवीहरूबाट पनि नेपाली समाज
प्रताडित छ।
हरेक दिन बेलुका सूर्य नअस्ताउँदै ह्वीस्कीको चुस्कीसँगै
नशालु रङ्गीन साँझ मनाउने क्रममा निस्केका आफ्ना बर्बराहटलाई सार्वजनिक
लेखको रूप दिँदा अन्य व्यक्तिका सामाजिक प्रतिष्ठा, इज्जत र व्यक्तिगत
जीवनमाथि कति असर पर्छ भन्ने कुरा सङ्ग्रौलाजीले बुझ्नुपर्छ। कृपया
नशामुक्त भएका अवस्थामा आफूले लेखेको उक्त लेख पढ्नसमेत सङ्ग्रौलाजीसित
आग्रह छ। मदहोस भएर न्याय र विवेक गुमाउँदै गएका खगेन्द्रजीको उक्त लेखले
कुनै बौद्धिक महत्त्व राख्दैन। यो नितान्त सनकमा आधारित पागल–प्रलापबाहेक
केही होइन। खगेन्द्रजीको कलम निकृष्ट गालीसाहित्यमा होइन, स्पष्ट
दिशासहितको आलोचनात्मक लेखनतर्फ प्रवृत्त होस्, यही कामना गर्दछु।
 
Posted on 04-30-09 8:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भाग्यमा भएपछि यस्तै हो। उनका गाली पनि किनरे छाप्छन पत्रीकाहरु ।

 
Posted on 04-30-09 8:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जगतजी ले सत्य, तथ्य पत्ता नलगाइ खगेन्द्र सङ्रौलाले आफ्नो छोरोलाई महँगो शुल्कमा अमेरिकाजस्ता मुलुकमा पढ्न  पठाएको भनिएको  कुरो मलाई अली चित्त बुझेन। सङ्रौलाजीको छोरा सँग म राम्ररी परीचित छु र उनी कुन दुक्खमा अमेरिकाको निक्कै सस्तो युनिभर्सिटीबाट "Bachelors" डिग्री लिए भन्ने कुरो केवल उन्कै छोरोलाई मात्र थाहा छ होला। मास्टर्स गर्न पैसा नभएर मास्टर्स गर्ने कि नगर्ने भन्ने कुरो मा सदा चिन्तित उनका छोरा, यदी उनका बाबुले आफ्नो आडम्बरी,शङ्कास्पद चरित्रका कारण DOLLAR बर्षाउन सक्ने भए, के उनका छोरा मास्टर्स नगरि बस्थे र, पढ्न मन हुँदा हुँदै? भन्छन,हामी हल्लै हल्ला  को कुरा बडी पत्ताउने देशका मान्छे। हुन,त म यहाँ न त खगेन्द्र सङ्रौलाको पक्षमा छु न त उन्कै छोराको पक्षमा, मलाई लाग्यो जगतजी ले अब देखी कुनै लेख लेख्नु अघी पहिला साचो कुरा पत्ता लगाएर लेखे सबै पाठक प्रती भ्रम त पैदा हुँदैन थियो।। जदौ....


 
Posted on 04-30-09 11:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Ok what I heard from my sources, Sangrola son runs chiayapasal.com, chiyapasalekancha might have had sip from there. Let us analysis this issue- in a first place, he sent his SON to US which in his point of view capitalist imperialst country, ok his son might have different view, but then if his own son who knows him better than anyone  disowns his  theory than why would rest of the world would trust him??? again getting an scholarship in undergrad is extremely tough, and from the posting of chiyapasalekancha, also his son appear to be a pretty avge student. If so, how did he pay his tuition fee  at least for the first semester? assuming his son had started working after a semester but for the first semester, how did he pay tuition without a help from his family member?? How did he buy airfare? where did the money came from??

Second twist, not only his son, Sangrola sent her daughter to Austriala?? another capitalist country for MBBS? please correct me if I am wrong..Joining a medical school any part of the world is extremely expensive and now pls do not tell me she got scholarship, no body will buy that. Here also one can ask what is the source of your income baje? writing a column in a daily will not earn so much??

can i ask baje, why you are so fond of capitalist country when it comes to your own children and hate in public just score some political points? is not it totally hypocritical?

third, he constantly claims that he is apatriot, a perfect person without any flaws, but the fact is that he did not even go back to his own district not a single time, panchthar or sankhuwashava i forgot,  after SLC. Forget rest of the thing, he settled in KTM. He himself admitted in his interview in Sagarmatha FM long time ago. This shows his greediness toward sophesticated life does not it? So i guess sending son and daugther for abroad study is continuity of his greediness.

Again if he would have been so mentally stable, he would not have to go to "bhatti" every day in a search for sanity. In this whole episode, I do not find his son is guilty or responsible for anything, if chyamekancha is true, then one can agree his son might be having hardship as many of us do in US, but again that does not stop people from asking question. But no doubt this man sangrola is suffering from some sort of mental disease and complexity. He certainly needs treatment. As for me, he is nothing but top class hypocrite.
Last edited: 30-Apr-09 11:20 AM

 
Posted on 04-30-09 12:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेपाली मा एउटा उखान छ नि " कागले कान लाग्यो भन्दैमा, काग को पछी दौड्नुभन्दा पहिला आफ्नो कान छाम्नु राम्रो" हुन त तपाईंको नाम नै" Eagle5" सत्य कुरा थाहा नपाई हावामा उड्ने गर्नु हुदो रहेछ। सङ्रौलाको छोरी अष्ट्रेलियामा रे? हा हा हा.... यहाँ तपाईंलाई अवगत गराउन चाहन्छु भने उनले नेपालबाटै MBBS गरेकी हुन। होइन, एस्तो हल्ला को कुरो कता बाट सुन्नु हुन्छ, हामीलाई नि बताउनु होस् न? अनी, खगेन्द्र सङ्रौलाको छोराको Chiyapasal.com मा नि कतै उसकै बाबुको लगानी  कती पर्‍यो होला भन्ने कुरा पनि अर्को चोटि  उठाउनु हुन्छ होला, होइन त Eagle5जि"...सत्य कुरा गरौ न साथी, खाली हल्लाको कुरा मा किन आफ्नो समय खेर फाल्नु हुन्छ।।
Last edited: 30-Apr-09 01:03 PM

 
Posted on 04-30-09 1:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Jagat,
       you're right. Its true.

 
Posted on 04-30-09 1:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I agree with Jagat and with CPK about his son's status.

People in Nepal think that everyone in USA or UK hail from big families. Which is 100% so untrue. Jati nai dhani baauka santaan bhaye pani yeha baauko paisale kohi padhdaina.  " yo maaobaadile boarding school padhne dhani baau-aamaka chora-chori hun bhaneko jastai ho".

tara, khagendra sangraula ko bisayama bhannu parda " he is just a writer, no matter how crappy is his article. He is no way a literary figure". " Khagendra got established in Nepali media because of Kantipur but not of his " junkire or whatever" He used to write for one colum "daiko sasuraali or something like that" and he used to vomit against then governments no matter who and kantipur bought it. Kantipur made very good money out of it becaus Nepali people always bought article against government.

They are not nagarik samaj. They are helpers of butcher who hold four legs during sacrifice. Remember, did they blow horn when Ram Hari was killed, when Uma singh, birendra sah were killed no no way. Its simple because they don't want to go against maoist.

Khagendra is just a Mandale if you look at his transformation. In early days of democracy he just wrote against (UML and congress) but never give himself a label of any party but now he does, atleast his activity and attitude does.

I agree with Jagat about the responsiblity of writers. When thousands of people read you you need to write responsbly. If you are picking any problems then you should be able to provide solution or atleast suggestion which majority of write in Nepal don't"

 
Posted on 04-30-09 2:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

CPK JI,

मैन्ले हल्ला गरेको भये तपाईं नै सत्य बाटइदिनुस् न त। अब उस्को छोरी ले एमबिबिएस चार पैसा खर्चै नगरि छात्रब्रितीमा नै त पदेको होला नि होइनत? म त बाइरको मान्छे परेँ एती जे आफुले थाहा पाएको भने!
 
Plus about his son, I do not have anything against him, he must have done hard work to launch nice website which is plaudable. But this is about not his son or daughter, this is about big sangrola and people have right raise the question about him like he does in public media. In our country if you are just a column writer you can not afford living and forget about with the luxury of treating oneself with alcoholic beverages. Please convince the people!

About his writing, well Jagat and Narayangarh suburb has written the truth. Well pointed NS about cases like Ram Hari Shrestha.

Btw, did you have chance to ask him if he had chance go visit his home district??




 
Posted on 04-30-09 3:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Can someone give the link of the article on Bidhya Bhandari?


I have been reading Sangraula's "yatra bibaran" in nayapatrika but never read other articles yet.


Thanks!


 
Posted on 04-30-09 3:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

here is the link!
http://www.kantipuronline.com/election/2064/articles_new.php?uid=7

but i like his " jharro style" though I do not buy his thought.

 
Posted on 04-30-09 3:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

All Nepali are the same. Blame others, curse others, khutta tanne other ko. Afu sukumbasi bhayo America ma aru ko ris garyo, kohi sanga namilyo, afno matra swartha heryo,


Thuikka gadha dagaini ho. Nepali jati sabai lai sakera, naya bijaropan gare matrai ramro hola. Otherwise, each of us is the same. What a retard people and country! You all suck, each of you. Whole Nepali suck! I feel sorry I am too a Nepali.


 
Posted on 04-30-09 3:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Afu sukumbasi bhayo America ma aru ko ris garyo, kohi sanga namilyo, afno matra swartha heryo...lol

well said purush,  i agree with you...but it was not like this, it started after 2046...sometime i wish we could be  like we used to before 2046.  i do not care about politics ..now we have so called democracy but what is better now??



 
Posted on 04-30-09 4:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जगत जी,
तपाईंको बडो पूर्बाग्रहिपुर्ण लेख पढियो। खगेन्द्रजीको लेख पनि शुरुबाट अन्त्यसम्म पढियो। मैले त खासै नराम्रो कुरा केही पनि देखिनँ। वहाँले बिद्या भण्डारीको धज्जी उडाए जस्तो पनि लागेन। जे भए पनि बिद्या जी मदन भण्डारीको बाटोमा हिंडे जस्तो लाग्दैन। त्यो त यदि तपाईं एमालेको अन्ध समर्थक हुनुहुन्न भने सजिलै देख्न सकिने कुरो हो। मदन भण्डारीको दासढुङामा हत्या भएकै हो भनेर आन्दोलन गर्ने र फेरि सत्ताको लोभमा आन्दोलन बिसाउने एमालेले पक्कै पनि लासमाथि राजनीति गरेकै हो जस्तो लाग्छ। टनकपुर सन्धिको बिरोध गर्ने एमालेले भारतको ईशारामा महाकाली संधिको पक्षमा मत हालेको हो कि होइन? ल भन्नुस् त। स्वयम् बिध्याजीले पनि यसको बिरोधमा एक शब्द पनि बोल्नुभएन। त्यो त दिनको घाम जतिकै छर्लङ छ नि। अनि कसरी सङ्रौलाजीले बिद्या भण्डारीको बिरोध मात्रै गरे भन्न मिल्छ? एमालेका अन्ध समर्थकहरुलाई तितो सत्य नपचेको होला। कुरो त्यही हो। जहाँसम्म सङ्रौला पुत्रको सवाल छ, म उनलाई राम्ररी चिन्छु। खासै महँगो कलेजमा पढेका त होइनन् उनी तर उनी पढ्न चाहिं अमेरिकी युनिभर्सिटीमै पढेका हुन्।

 
Posted on 04-30-09 5:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेपालीविरले ज्यादै बिरतापूर्ण कुरो गर्नुभो आहिले चाँही। हाम्रो नेपाली परम्परा भनौ या समाजको कुरा गरौ,के छ भने, बाउ-आमाले केही कुरा गरे भने, छोरा छोरी माथि पनि दोसारोपन गर्ने पहिला देखी कै पुरनो बानी। खुट्टा त हामीले तान्नै पर्ने। के भन्ने,हाम्रो सोचाइ मा परिवर्तन हुने कैले हो? खै के खै के, कुरा गरे कुरैको दुक्ख भनेको एही हो ।। 

 
Posted on 04-30-09 5:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अरु कुरा त त्यस्तै हो त कान्छु जी चै यो जगत भन्ने जन्तु को लेख यहाँ प्रस्तुत गर्नु को रहस्य के हो? कान्छु जि नै जगत हो कि ?

सङ्रौला को लेख मा मेरो कुनै त्रिश्ना या बित्रिश्ना छैन। तर जगत जन्तु को यो वाक्य ले वहाँ को घोर पक्षपाती चरित्र झल्काउछ :

"२०६२/६३ को महान् र ऐतिहासिक जनआन्दोलन एमाले, काङ्गे्रसलगायतका सात दलको आयोजना र माओवादीको समर्थनबाट सफल भएको हो"

सुरु मा चाइ एमाले रे !!!! मुख म लात्ती हान्न नपुगेको !
 
Posted on 04-30-09 6:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Hya, it was just posted  on another thread which was about civil society. All I wanted to let people know about these so called civil society. This article's " last para" has something that we should thing about so I posted it. Neither I like bidya nor khagendra! for me they both are product of this political shitt!

I like those who hates these so called SPAMS and so called civil society members!

 
Posted on 04-30-09 7:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Folks,
सङ्रौला को काम को लागि उसको छोरा र छोरी लाई जोद्नु त हुँदैन।
 हेर्नुस् न
सङ्रौला को लेख हरु सधैं ब्यक्ती लाई गाली दिने खालको हुन्छ। उसको काम नै ब्यक्ती र उसको परिवार लाई गाली गर्नु हो। जब साकारअत्मक सोच नै छैन भने किन अरु बाट साकारअत्मक कुर को अाश गर्नु। ठिकै छ मन नपरे पनि बिरोध गर्नु अती नगरनु.

नेपाली राजनीति को कुरा गर्ने हो भने कांग्रेस,एमाले,अनी सङ्रौला को माओवादी सब उही डन्कोमुल हुन। यहाँ जगत को ले उठौन लगेको कुर ठिकै लाग्यो।




 
Posted on 04-30-09 7:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो निक्कै पुरानो लेखको प्रतियुत्तर थियो जहा खगेले बिदेश गएर भाँडा माज्ने देशमा सिन्को नउठाउने कर्मकारीहरुको धज्जी उडाएका थिए । तर नेपालमा यिनै स्वघोषित कुनै न कुनै खोल ओडेर समाजका नेता भएकाहरुले पाउने सम्मान एंव मान्यताले नै आजका युवाहरु बिरत्तिएर बिदेशिएको उनलाइ केही भेउ भएन छैन पनि। आजकाल कुनै न कुनैका छोराछोरी बिदेशिएका छन कुनै नौलो कुरो होइन र यसमा उनका छोरा अपवाद हुनसक्दैन जेजति दुख उनले गरे लालसलाम :-)। मुख्य कुरो आफ्नो आङको भैंसी नदेख्ने अर्का जुम्रा देख्ने नेपाली पुरानो उखान सार्थक गराउदै रेमीट्यान्सको बाली खान कमसेकम बिमा गराएका बाउको बहुलठ्ठिपनको बिरोध थियो जायज पनि थियो । बिध्या भण्डारीका बिषयमा उनको निती कार्यको बिरोध गर्न उनलाइ अधिकार छ तर लेखको टाइटल थियो "सेतो सारी र रातो कार" । सनसनीपुर्ण बनाउने बदनियतले लेखेको लेखमा चरित्र हत्यामा मात्रै होइन एउटा बिधुवी नारीको नेपाली समाजमा गरिने दुरब्यबहार, हिनताको पटकपटक बोध कुनै बलिष्ठ पुरुष मात्रै होइन  एउटा ख्याउटे पुडके पुरुषले पनि गर्न सकदोरहेछ भनेर प्रमाणित आफनै कलमले गरिदिए, टाइटल नै हेरनोस क्याबात। नेगेटिभिजम, झर्रो निम्नस्तरका गाली भडास, म र मा को स्तुतिगान इत्यादि उनका गुणहरु हुन , त्यसलै खगेन्द्रको  लेख पढदा पढदै पाठकहरु यो उच्चारण पनि गर्न भुल्दैनन "खगेले (फेरी) हगे" ।

 
Posted on 04-30-09 8:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Guys,
First of all, Khagendra Sangarula is not Maoist at all. He is an independent leftist writer. Maoists used to criticize him for not supporting him blindly in the days of so called 'People's War'. Lately he hasn't spared Prachanda and Maoists either. Please read 'Naya Patrika'. He has labelled Prachanda as " garchhu bahadur" after not  doing what he had promised he would do. It was a fact that Bidhya Bhandari had worn white sari to win over the sympathy and votes of Kathmanduites. So basically he is just saying what she and her party UML were doing to deceive poor people of Nepal in the name of communism and so called multiparty democracy (bahudaliya janabaad). I think Khagendra is one of the very people who has guts to 'call spade a spade'.

 
Posted on 04-30-09 9:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Nepalibir, if khage does not favor Maoists then why is he silence related to following matters:

1.Maoists killing of innocents, teacher and so on
2. Chitwan Madi bus killings
3. Birendra Shah murder case
4. Ram Hari Shrestha murder case
5. Maoists attack on himal media
6. YCL terror and their camps in govt/public property

he is no doubt camouflaged maoist and  self centered schizophrenic hypocrite.
Last edited: 30-Apr-09 09:52 PM

 



PAGE:   1 2 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
Basnet or Basnyat ??
TPS Re-registration case still pending ..
Sajha has turned into MAGATs nest
Nas and The Bokas: Coming to a Night Club near you
मन भित्र को पत्रै पत्र!
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
TPS Work Permit/How long your took?
Breathe in. Breathe out.
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
शीर्षक जे पनि हुन सक्छ।
Travelling to Nepal - TPS AP- PASSPORT
Nepali doctors future black or white usa ?
Doctors dying suddenly or unexpectedly since the rollout of COVID-19 vaccines
Morning dharahara
Another Song Playing In My Mind
TPS Renewal Reregistration
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters