[Show all top banners]

Rahuldai
Replies to this thread:

More by Rahuldai
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 जीवन चक्र

[Please view other pages to see the rest of the postings. Total posts: 49]
PAGE:   1 2 3 NEXT PAGE
[VIEWED 35005 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 3 pages, View Last 20 replies.
Posted on 12-02-08 5:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     4       ?     Liked by
 

जीवन चक्र

घट्ना २००८ मे महिना को ३ तारिक हो। सझा चौतारिका मित्र एवं छिमेकि पर्बते मार्सबका  साथ लाँघाली समाज न्यू योर्क द्वारा आयोजित दोहरी साँझ हेर्न न्यू योर्क तिर गएका थियौं। चौतारिका अर्का अबतारीहरु पूण्टे दाइ एवं रिट्ठे संग संगै प्रतिभाशाली रिकुटे समेत भेला भै मेला भर्न आर्मेनियन् चर्च स्थित समारोह स्थलमा पुग्यौं।

दोहरी, नाच, गीतको कार्यक्रमको सिलसिला सुरु भयो। काठमाडौं देखि आउनु भएका दोहरी गायिका शिला आले, पप गायक क्रान्ति आले को सुमधुर दोहरी तथा पपगीतहरुले माहौल संगितमय हुंदै थियो। हल बाहिर म:म:, सेलरोटी, आलु, बिर्यानी को पकवानको वासनामय वातावरण लाई रम, ह्विस्की, वाइन अनि बियर को अथाह प्रबाहले त्यो साँझ मात्तिदै थियो। साँझ संग संगै मात्तिने तरुण तन्नेरिहरुको बाक्लो जमात हल भित्र भन्दा बाहिर झमझमाइरेका थियो। पिउने पिउदै थिए, जिउने जिउदै थिए। 

 

त्यही भीड भित्२२ बर्ष पछिसाथी पनि भेट् भयो। बियर माथी अर्को बियर थपिंदै गए। संयोगले २१ बर्ष पछि अस्कलमा संगै पढेका मित्र भेट् भयो। वातवरण पुनरमिलनिय भयो। त्यहि भिड भित्र एक  जना चिने चिने जस्तो लाग्ने दौतरी देखियो। सोमरसको प्रतापले आफ्नो शरीर बसमा राख्न नसक्ने उक्त भलादमीले मलाई नै हेरि रहेको जस्तो लाग्यो। पक्कै पुरानो चिनजानको  मान्छे हुनु पर्छ, मैले निर्क्यौल गरें। संभवत उहाँलाई नि त्यस्तै लाग्यो। म नजिक आए र भए,

"तपाईलाई चिने चिने जस्तो लाग्छ , तपाईको घर् बसन्तपुर् हो ?"
 
"हो, गणेशस्थान नजिक कै।"
"तपाई नि ?"
 
"म पनि त्यतै को, म राजेश -हलुवाई।"

"ओह, म राहुल।"

तपाईं बाट तिमीमा हाम्रो वार्तालापको रुप झरि सकेको थियो। कहिले किन आएको आदि इत्यादि औपचारिक कुरा लर्बराएको लवजमा आधा अंग्रेजी आधा नेवारीमा सोधे। रक्सी शरीरमा मात्र होइन मस्तिष्कमा पनि पुगिसकेको स्पष्ट देखिन्थ्यो।

 "लाइफ खत्तम भो यार। सब खत्तम भो ।"
 
"किन कसरी ? २५ -३० बर्ष भएन र यहाँ आएको ? लाइफ त सेटल भैसकेको होला नि? घर परिवार, काम दाम।"
मैले नि जिज्ञासा पोखें।

"सब खत्तम भो। बोक्सीले  छोडेर गई। घर कार सबै लिएर गई।"
 
त्यो भन्दा बढि खोतल्नु ठिक लागेन। मैले अपसोच मात्र जताएं।

"यार, एक पेग ह्विस्की पिलाउ न, २५ बर्ष पछि भेट् भाको ओकेजनमा। सबै पैसा सकियो भने।"
 
५ डलर को १ पेग, किनी दिएं। थ्यान्कू यार, भन्दै एक सासमा नीट घुट्काए।

"एक् पेगले घाँटी नै भिजेन अर्को एक पेग लेउ न यार।" लर्खराएको पाइला, लर्बराएको बोलीमा उ निश्चिन्त निसन्कोच माग्दै थियो।

धेरै बहस गर्नु ठिक थिएन, मैले हस भन्दै अर्को पाँच ड्लर निकालें। अब यो मित्र संग जति धेरै बस्यो त्यति नै आफ्नो खल्ती रित्याउने गल्ती गर्नु हुने छ , मन मनै सोच्दै त्यहाँबाट फुत्किने उपाय खोजें।
"मलाई एउटा चुरोट तान्न मन लाग्यो, बाहिर गएर आउछु है।"
 
"चुरोट खानु हुन्न, फोक्सो कालो हुन्छ" अर्ति दिदैं थिए, म लम्कि हालें।

भित्र हलमा नाच्नेहरु छम छम् नाचिरहेका थिए। बाहिर झमझम पानी परि राख्या थियो।

चुरोट को धुंवा संग संगै स्म्रिति पटलमा राजेश हलुवाई नाच्न थाले।

क्रमश:


 
Posted on 12-02-08 7:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ha ha ha ha ha............ jibanchakra, 21 barsha pachhi pani bhet hudo rahechha ta, tyo pani Amrika ma. gajab ko prastuti, ani ramailo punarmilan!
 
Posted on 12-02-08 10:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Rahul dai.....राजेश हलुवाइ को जिबनमा के भएको रहेछ त ?


 
Posted on 12-02-08 11:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जधौ राहुल दाई, ल जाम जाम एसो काठमाडौंको ति पुराना दिनहरु तिर ।  
 
Posted on 12-02-08 11:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ramprasadnepane ko lekh pachi arko ramro lekh yahi ho
 
Posted on 12-03-08 8:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए हे बल्ल पोल खुल्दैरैछ !

त्यो दिन २ घण्टा सम्म ठुल्दाइ कता बेपत्ता भन्या त २० बर्से पुरानो साथीको चक्करमा फस्नु भा' रैछ ! बेक्करमा अनेक सन्का उपसन्का गरेर मान्छेहरुले !

जे होस् त्यो दिनको दोहोरी पनि मेमोरेबल नै भयो !

ल अरु नि थप्दै गरुम न सर !


 
Posted on 12-03-08 9:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दाइले बेलै मा बुद्धी पुर्याएछ नत्र खल्ती मा ठुलो चोट पर्ने रैछ,
अनी ल सुनाउ ठुल्दाइ अरु के के भो त 
 
Posted on 12-03-08 9:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

hehe thuldaile kasko pol kholna lagnu bho feri. ramailo hune bho sunna :)
 
Posted on 12-03-08 9:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 "चुरोट खानु हुन्न, फोक्सो कालो हुन्छ" अर्ति दिदैं थिए, म लम्कि हालें" ------ भनेको पनि कस्ले?  सुहाएन है ठुल्दाइ

ठुल्दाइ, अब बिचरा दुखी बन्धु को कती पोल खोल्दिने हो हजुरले

 


 
Posted on 12-03-08 12:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

After a long break, finally seeing some nice stories in sajha.

 
Posted on 12-03-08 1:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

सितल जी ,
हो भन्या २०-२२ बर्ष पछी एकै चोटि भेट भाका छन पुराना मित्रहरु। ANA को भेला म पनि भेटिए । दोहरी मा नि । संसार गोलो छ भनेको सत्य रहेछ।

भक्तेजी,
पुराना धेरै पुराना चिहानहरु खोतल्ने प्रयासमा यो कथा सुरु गरेको हुं। संभवत अहिलेको पुषताले न देखेका न भागेका केही घट्णाक्रमहरु लाई राख्ने छु।

herealone जी,
राम्रो लागेकोमा हर्षले गदगद छु। धन्यवाद पनि ।

रिट्ठे महाराज,

ट्यो दोहरी साँझमा ठुलदाई हराएको कारण त स्पष्ट भयो नै। अरु हराएको कथा पनि लेखुम कि ? जे होस् रमाइलो साँझ, रिट्ठे, पूण्टे, पर्बते, रिकुटे अनी संजय ज्वाँईं को साथ।

सेरिल अर्थात लहरे जी,
ट्याम मा बुद्धी न पुर्‍याएको भए त्यो जड्याँ मित्र ले छाला भित्र को हड्डी पनि बाँकी राख्दैनथ्यो होला। दोस्रो भाग मा के हुन्छ हेर्दाइ जाउं।

प्रिती जी,
ठुलदाई यसपाली कसैको पोल खोल्न गैरहेछैन। आफ्नै जिन्दगीको अलिखित पन्नाहरु पल्टाउने चेष्टा मात्र गर्ने छ।

दीपिका जी,

बिचरा तो चरा कि को भन्ने त आउने अंक मा थाहा हुने छ। पोल को खोल यसपाली हुंदैन, न लोल हुन्छ।

सरोज जी,
टिप्पणी को लागि आभारी छु। राम्रो लेख्ने सतप्रयास हुने नै छ।

Last edited: 03-Dec-08 01:05 PM

 
Posted on 12-03-08 1:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तेहि त भन्या, आजभोलिका मान्छेहरुलाई उहिले हाम्रो काठमाडौं एस्तो थियो, र एस्ता एस्ता घट्ना र कथाहरु भाथियो भन्न पनि यो कथा जोढले दिम प्रभु । दिना नु दिन काठमाडौं एस्तो हुँदै छ कि, म त्यहाँ जन्मेको भन्न पनि लाज लग्ने दिन आउन तेती कुर्नु नपर्ला । यस्तै कथा पढ्यो, पुरानो दिनहरु सम्झ्यो बस्यो । कथा सुरु गर्नु भएकोमा राहुलजीलाई फेरी पनि धन्यवाद । बरु एस्तो चिसोमा हलुवा पाउरोटी खान मान लाग्यो भन्या । 
 
Posted on 12-03-08 2:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम ठुलदाइ,

ठुलदाइ को जीवन मा चक्रै चक्र।।।रमाइलो प्रस्तुती छ, राजेश हलुवाइ लाई ठुलो चोट पर्या जस्तो छ् ल दाई अर्को भाग छिट्टै राखौ।


 
Posted on 12-03-08 4:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

जीवन चक्र


भाग २

काष्ठमण्डप को छेउमा कबिन्द्रपुर मन्दिर नास:द्यो को कुनामा २ ओटा र चिकंमुगल जाने बाटोमा ३ ओटा र अट्को नारयणस्थान् अगाडि एउटा गरी कूल ६ ओटा जति हलुवाइ पसल थियो २०३० साल् तिर। ती ६ ओटा मिठाइ पसल मध्ये कै एक राजेश हलुवाई परिवारको पसल पनि थियो। ब्यान ब्यानै हलुवास्वारी-स्वारी जेरी को खूब अपार ब्यापार् हुन्थ्यो। (हाल पनि साबिक कै स्थान मा २ ओटा हलुवाई पसल छन्)।


राजेश हलुवाई संभवत एकै साल जन्मेका दौतरी थिए। टोल छिमेककामा आफ्नो उमेरका थोरै नै साथीहरु हुन्थ्यो त्यति खेर। जनसंख्या निकै पातलो थियो। सडकमा एक्कादुक्का गाडि गुड्थ्यो। केही लरी ( ट्रकलाई त्यति बेला लरि भनिन्थ्यो), केही ट्याक्सी कार र थोरै मोटर साइकल ( होण्डा भनिन्थ्यो त्यतिबेला) मात्र भेटिन्थ्यो।


सहर भरि  २ ओटा स्कूल  बस  थिए  होला। एउटा सेण्ट जेभियर्स को अर्को आदर्श बिद्यामन्दिर् हो कि कस्को हो। पहेंलो खालको ( अम्रिकामा जस्तै), बस स्टार्ट गर्न अगाडि इन्जिनको एक भागमा घुमाउरो डण्डि घुसाइ बलपुर्बक घुमाउनु पर्थ्यो। टोल नै थर्कने गरी आवाज दिन्थ्यो।

तिनै बस मध्ये एकमा बसेर राजेश हलुवाइ स्कूल जान्थ्यो। अर्थात टोल छिमेकमा उनकै परिवार मात्र धनी परिवार थियो जसले आफ्नो छोरोलाई "बस" मा स्कूल पठाउन सक्थ्यो। हामी त्यो बस स्टार्ट गरेको द्रिश्य हेरर रमाउथ्यौं वा त्यो भन्दा बढि हाम्रो भाग्यमा थिएन नै।
 
जान त हामी पनि स्कूल जान्थ्यौं। म भने बसन्तपुर सेतो दरबार अगाडिको स्कूलमा पढ्थें। (संस्क्रित नै नेवारीमा पढाउने उक्त स्कूलको चर्चा मैले धेरै ठाउँमा गरि सकें नै।)
 
जहाँ पढे नि हामी टोल छिमेकमा आसपास, तेलकासा, ह्वागरा खेल्ने साथी थियौं।
राजेश हलुवाईको परिवारले कसरी कमाए, कसैलाई थाहा थिएन। रातारात धनी भएका थिए रे। अरु हलुवाई पसले ( तिनकै आफन्त) हरुको आर्थिक हैसियत ज्यूंकात्यूं नै थिए। केही समय पछि त्यो पसल को ब्यबसाय नि बन्द गरे।

तीन जना दाजुभाइ मध्येका कान्छो छोरा थिए राजेश। जतिसुकै बालसुलभ ब्यबहार भए पनि बेला बेला मा "धन" बोल्थ्यो। तर आफ्नो बालमस्तिष्कमा धन बोलेको हो कि मन बोलेको त्यो घुस्दैनथ्यो। खेलमा झेल गर्‍यो भने झगडा गरिन्थ्यो। अब देखि नबोल्ने भनी कान्छि औला देखाएर "राम" भन्थ्यौं। अर्थात सम्बन्ध बिच्छेद।

राजेशका ठुलदाई रमेश राजेश भन्दा १०-१२ बर्षले जेठोहुंदो हो, माइला दाई सुरेश ५ बर्ष जेठो। बिचमा दुइ दिदीहरुको उपस्थितिले हलुवाई परिवारले डाँडाकाँडा ढाकेकै थिए।

हामी ३ हो कि चार पढ्दा रमेश दाई अम्रिका जानु भयो रे। किन कसरी सरोकारको बिषय थिएन। न त अम्रिका भनेको कहाँ छ भन्ने नै चासो। हवाइजहाजमा बसेर गएको रे। बाफ रे बाफ, हवाइ जहाज भन्ने आश्चर्यबाचक शब्द बाहेक आफ्नो प्रतिक्रिया थिएन।

त्यतिबेला नै हलुवाई परिवारले ताहचल मा नयाँ घर (बंगला ) बनाए र उतै बसाई सरे। यसमानेमा हाम्रो संसर्ग ब्रेक भयो। तर पनि सालै भर हुने जात्रा पर्बहरुमा पुरानै घरमा आउथे। ताहचल गाउँमा (गाउँ पन्चायत नै थियो त्यतिबेला) स्याल कराउने बाहेक केही चहल पहल हुन्न रे। हुन पनि महेन्द्र रत्न क्याम्पस( ताहचल क्याम्पस) देखि छाउनी ब्यारेक सम्म खेत अनि खेतको बीच बीचमा बुँख्याचा बाहेक केही हुंदैनथ्यो।

इन्द्रजात्रा, गाइजात्रा, दशैं, तिहार, पहाँ चह्रे, गथाँमुग चह्रे, शिला चह्रे( शिवरात्री), स्वायाँपुन्ही( बुद्ध जयन्ति),  योमरी पुन्ही आदि पर्ब तथा जात्राहरुमा हामी भरपुर खेल्थ्यौं।  मरु सत्तलको माथी बुर्जाहरुमा चढि जात्रा हेर्थ्यौं।

संभवत त ४ पढ्दा होला, हामी ३ जना एउटै उमेरका साथीहरु बसी छावनी स्थित म्युजियम हेर्न जाने प्लान बनायौं। टोलछिमेक भन्दा टाढा जाने कुरा त्यति बेला परदेश यात्रा जस्तै हुन्थ्यो।  मर्स्याले बोरामा हालेर लैजान्छ है भन्ने त्रास् ले बास् गरेको हुन्थ्यो हामीमा। २० हो कि २५ पैसा लाग्छ रे म्युजियम हेर्न। जसरी भए नि त्यति पैसा को जोहो गर्ने गरी जाने दिन तय गर्‍यौं।

२५ पैसा माग्ने हिम्मत भएन म मा। घरको अवस्था भन्दा पनि कहिलेइ न मागेको चिज माग्ने आँट आएन।

राम्रो इच्छा गरे, भगवानले पुर्‍याइ दिन्छ रे भनेको सुनेको थिएं। म्युजियम हेर्ने काम पक्कै नराम्रो इच्छामा पर्दैनथ्यो।
भगवान ले मेरो पुकार सुनेछ क्या रे, नील बीर साहुको जन्म दिन आएछ। टोलकै सबै भन्दा धनी मानिने नील बीर् साहुको जन्म दिनमा धौबजी दिंदा २५ पैसा दिने गर्थ्यो। धौबजी अर्थात जन्म दिनको उपलक्षमा दही च्युरा, तितौरा, फलफुल र दछिणा सहित टोलभरिका केटाकेटीहरुलाई बाड्ने चलन - जो यद्यपि छंदै छ।

धौबजी लिन बिहानै कान ठाडो पारेर बसियो, कुन बेला "हे मस्त धौबजी का वा" ( केटाकेटी हो धौ बजी लिन आउ) भन्ला र जाउंला भनेर।
धौबजी भन्दा पनि त्यो २५ पैसे पित्तलको ढ्याक संग आफ्नो सरोकार थियो। पैसाको जोहो भयो, मन फुरुङ्ग भयो।

म्युजियम हेर्न जाने दिन आयो, छिमेक कै मित्र प्रबिन बोलाउन आए।

क्रमश:


 
Posted on 12-03-08 4:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल ठुल्दाइ गजब को रमाइलो छ -
त्यती बेलाको काठमाडौं पनि देखेको जस्तो भो
फेरी धौ बजी अप्नी याद आयो - सानो मा हामी पनि जान्थ्यौ धौ बजी लिन - खुब रमाइलो हुन्थ्यो - धौ बजी माथि पैसा पनि हुना ले
अझ अर्को मजा ।।।।
 
Posted on 12-03-08 4:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राहुलदाइ,

किन? कसरी? के भएर राजेश त्यो अबस्थामा पुग्यो होला भन्ने थुप्रै प्रश्नहरु मनमा उब्जिरहेका छन्।

उत्तरको प्रतिक्षामा म पनि छु भनेर।


 
Posted on 12-03-08 10:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राहुल दाई, साह्रै रमाइलो लागि रहेछ पुरानो कुराहरु।  अर्को भागको प्रतिक्षामा ब्यग्र छु।
 
Posted on 12-04-08 12:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राहुल दाई म पनि अर्को भाग को कुर्दैछु | दाई त्यो बालपन सबैलाई राम्रो लाग्छ र अनी आफुले जस्तो कसैले गरेन जस्तो हुन्छ | म त शहरको होइन र हाम्रो गाउमा हामी चै खुब हिंड्ने गरिन्थ्यो साथी हरु सँग र मिठो खाने कुरा खान साईनो लगाइन्थ्यो| दाई हजुरको लेखाइ राम्रो छ सबैलाई सोच्न बाद्य बनाउने तेसैले धेरै दिमाग लाई नघुमै दिनोस ल |
 
 
Posted on 12-04-08 10:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दोश्रो भागको दोश्रो तारेमाम।
कथा निकै रोचक हुँदै छ दाई,पुरानो काठमाडौ र तेतिबेलाको जीवनशैली को बर्णन र लेखन शैली दाई जस्तै पाको छ्।
के राजेश हलुवाइ साचिकै मा छ् त? कतै उस्ले यो कथा पढेर आपत्ति त जनाउदैन?
ल दाई तेस्रो भाग छिट्टै राख्नु होला।
 
Posted on 12-04-08 11:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


ठुल्दाइ, काठमाडौंका पुराना कुरा पढ्दा त आफ्नै जवानीको सम्झना आयो।
कार जति सबैलाई ट्याक्सी भन्नेहरु धेरै थिए। ट्याक्सी पनि टोयोटा कोरोला, ड्याट्सन सनी, अनि टोयोटा स्टारलेट हुन्थे। रातोमा सेतो अक्षरले FOR HIRE लेखेको देखिए खाली भन्ने थाहा हुन्थ्यो। नीलो रङको मिटर, त्यो for hire लाई बाँया घुमाए पछि मिटरमा hired भनेर देखाउँथ्यो, अनि रोकिएपछि फेरि बाँया घुमाए stopped । कहिलेकाहीं मात्रै हो ट्याक्सी चढ्न पाउने भनेको।

कोकाकोला खाने भनेको पनि ठुलै कुरा हुन्थ्यो। स्कुल पढ्दा खाजा खर्च जोगाएर दुई चार हप्तामा एउटा सिसी, त्यो पनि दुई तीन जना बाँडेर खाइन्थ्यो। कोहीकोही धनीका सन्तान भने दिनहूँ जसो नै सिङगै सिसी खाने पनि देखिन्थे।

कथा रोचक छ, लौ अरु भाग पनि थपम् है।      

 



PAGE:   1 2 3 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
TPS Re-registration case still pending ..
Will MAGA really start shooting people?
मन भित्र को पत्रै पत्र!
Top 10 Anti-vaxxers Who Got Owned by COVID
TPS Work Permit/How long your took?
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Breathe in. Breathe out.
3 most corrupt politicians in the world
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
शीर्षक जे पनि हुन सक्छ।
Disinformation for profit - scammers cash in on conspiracy theories
someone please tell me TPS is here to stay :(
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters