[Show all top banners]

fucheketo
Replies to this thread:

More by fucheketo
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 आत्मा उज्यालो माग्दै थियो ।

[Please view other pages to see the rest of the postings. Total posts: 59]
PAGE:   1 2 3 NEXT PAGE
[VIEWED 22608 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 3 pages, View Last 20 replies.
Posted on 06-07-08 7:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 

 

"कति हेर्छस् त्यहि मोरीको फोटो ,यसो उसो गर्यो पर्स निकाल्यो त्यहि फोटो हेरि हाल्यो । यतिन्जेल सम्म त परिवार नियोजन नगरेकी भए चारवटा छोराछोरीकी आमा भइ सकी होली ।" गेट पारीको बङ्करमा ड्युटिमा बसेको हर्केले मैले पर्स झिकेको हेर्न भ्याईसकेछ ।

"तँ बुझ्दैनस्।"म भने गेट वारि थिएँ ,मैले पर्स गोजिमा नैँ फर्काउँदै भने ।

"हो । साँचो बोलिस् ,म त माया प्रेम बुझ्दिन ,म मात्र केटीहरु राम्रा हुन्छन्  तर हेर्दै जाँदा भोगचलन गर्दै जाँदा खीइदैँ जान्छन ,नराम्रा हुँदै जान्छन् ,  त्यसैले ति फेरिरहनुपर्ने खालका जन्तु हुन भन्ने बुझ्छु ।बुझीस ?" खिस्स हाँस्यो हर्के ,  दिउँसो भएको भए उसको पहेँलो दाँत देखिन्थ्यो होला तर रातको निष्पट्ट अँध्यारोमा उ हाँस्न स्वतन्त्र थियो ।हाँस्नलाई हुन त उसलाई दिन र रातको मतलब थीएन । हँसिलो थियो मोरो । लाईट हाउस बाट घुमिरहेको प्रकाश घरि घरि हामीलाई पनि गस्ति गर्दै थियो ।

आज मङ्गलबारको राती ,  उ र म ड्युटिमा सँगै परिने एक मात्र रात । बाह्र देखी चारको समय रात पुर्ण जवान भए देखी बुधबार बिहानीको जन्मसम्म हामी सँगै हुन्थ्यौँ प्रत्येक हफ्ता ,शायद छिप्पीएको रातले होला सँधै जसो कुरा केटीहरुका नै हुन्थे म त ज्यादा बोल्न मन पराउने मान्छे होइन  उ नै आफ्ना सफलताका कथा हरु सुनाउँथ्यो । तर सबैलाई आफ्नै कथा ब्यथा बोकेको नै भए पनि प्यारो लाग्छ , आफ्नो लाग्छ । मलाई त मेरै बिफल कथा प्यारो थियो । आफ्नो पर्स भित्र सँगालेको बिफल कथा ।तस्विरमा मुस्काइरहेकी मेरो बिफल कथा ।

 सँधै जस्तै उसलाई शायद आफ्ना सफल कथाहरु सुनाउन मात्र बहाना चाहिएको थियो ,अनि मैले आफ्नो पर्स खोलेर एक छिन एक टक अड्किएर त्यो बहाना दिएँछु उसलाई ।हुनसक्छ उ शुभचिन्तक हुनाले चाहन्थ्यो म ति कुरा हरु बिर्सुँ । हुन त म पनि चाहन्थेँ म ति कुराहरु बिर्सुँ तर वश मा थिएन मेरो चाहना ।

"अनि आज के सुनाउँछस् त?"मैले आफ्नो कुहिना थाक थाक गरी थुपारेका , हाम्रो सुरक्छ्या का लागि राखेका बालुवाका पहेँला प्लाष्टिक बोरामा राख्दै भनेँ । कहिले काहिँ सोच्छु कस्तो दुखी जागिर ,क्याम्फोलाईज भएर कहिले यता र उता धस्रिदैँ हिनेको छ ,कहिले डोरिमा झुण्डिएर पुरुषार्थ देखाउनु पर्छ अनि समाजको सबै भन्दा घ्रिणित पुरुष हुनु पर्छ कहिले काहिँ ।फेरि सोच्छु सबैको जीवन यस्तै हो तँ पनि बाँच्दै जा कहिले न कहिले त तैँले सोचे जस्तै दिन आउला ।

"ल आज तँलाई मैले संसारमै भेटेकी सबैभन्दा च्वाँक मैयाँ को कथा सुनाउँछु ।"

उ उत्साहि हुँदै भन्दै थियो । मैले हेरे उसको अनुहार मा चमक आइसकेको थियो सँधै जस्तै । म उसका कुरा हरु पत्याउँछु पनि किनकी छोटो समयमैँ पनि मैले यहाँ का उसका चर्तिकला देखीसकेको छु ।मैले गएको मङ्गलबार सम्झेँ उ यसरि नै उत्साहि हुँदै त्यतिखेरकी संसारकी सबै भन्दा च्वाँक मैयाँ को कथा सुनाउँदै थियो मलाई ।उसको पोष्टिङ्ग दाङ्ग हुँदाको कथा थीयो शायद त्यो ।  मलाई थाहा छैन च्वाँक को परिभाषा के हो ?उसको च्वाँक शब्द भने हफ्तै पिछे परिभाषा बदल्थ्यो । यो एउटा सौन्दर्य प्रतियोगिता जस्तै थियो मेरो बुझाईमा ।  जस्मा प्रतिस्पर्धि हरु मध्ये हफ्तै पिछे नयाँ बिजयी घोषित हुन्थे ।

"सुना न त ।"मैले उसको कथा सुन्ने निर्णय गर्दै भनेँ ।नसुनि सुखै थिएन। तर ठिकै छ , रातको यो प्रहरमा प्रणयका कुरा हरु रमाइलै हुन्छन् उसको ब्याख्याको शैलि  रमाइलो नभए पनि ।महेन्द्र राजमार्ग मा एउटा गाडी पश्चिम तिर बाट हुइँकिदै काँकरभिट्टा तिर लाग्यो ।काठमाण्डौ बाट आएको डे बस होला ।  आज बाटोमा ढिलो भएछ ।सरकार ले चेकिङ्ग त छोडिसकेको छ कतै बाटोमा बन्द थियो होला मैले मनमनैँ सोचेँ ।

"यो त्यति खेर को कुरा हो जतिखेर म सल्लेरि ब्यारेक मा थिएँ ।"

गाडिको आवाजमाँ पनि उसले मेरा कुरा सुनेछ ।

"धनकुटा ? २ बर्ष अघी ?"हुन त त्यो मलाई थाहा थियो ।म निश्चित हुनको लागि उ सँग सोधेको पनि होइन । त्यो त म तेरो गफ दत्त चित्त भएर सुन्दै छु भनेर उसलाई बुझाउने एउटा अप्रतक्छ्य माध्यम थियो ।मान्छे साँच्चै नै ढोङ्गि हुन्छ ।कहिल्यै आफ्नो आत्मा अनुसार चल्दैन । उसका हरेक कुराहरु अरुलाई देखाउनलाई गरिएका हुन्छन् ।फगत काँचुलि देखाउँछ । किनकि भित्रबाट त उ मैलो हुन्छ ,कुरुप हुन्छ । अनि त्यो कुराको उसलाई ग्यान पनि हुन्छ । थोरै फरक अवश्य हुँला तर म पक्कै पनि अपवाद थिइन ।

क्रमश:

 

 


 
Posted on 06-07-08 11:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Wah Fuche keto.......kati ramro lekhai ho....padhirahu jasto laagne.....थोरै फरक अवश्य हुँला तर म पक्कै पनि अपवाद थिइन ....yo chaahi bitter truth sabaima laagu hune kura jasto chha  ....waiting for next episode hai.
 
दशैँ तिहार
Posted on 06-08-08 9:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Fuchhe,

I agree. People zap themselves everyday, again and over, to make others happy.

(सर्कसको बाँदरको नि सँझना आयो)

 


 
Posted on 06-08-08 11:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

kasto gahiro topic yar... aatma and ujyaalo...

Fuche, aba ujyaalo kahile aucha ? chito pathau tyo ujyalo lai..


 
Posted on 06-08-08 12:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

थोरै फरक अवश्य हुँला तर म पक्कै पनि अपवाद थिइन..

Go Fuche go!


 
Posted on 06-09-08 9:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"आत्मा उज्यालो माग्दै थियो"

क्या घच्चीको टाइटल हो। कथा पनि टाइटल भन्दा के कम नै छ,  अर्को  भाग पढम न।

Last edited: 09-Jun-08 09:20 AM

 
Posted on 06-10-08 12:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

sarubhakta jee-धन्यवाद ,next episode चाँडै नै आउँछ ।

दँशै तिहार -तिमी पनि छुपारुस्तम निक्ल्यौ यार।

crazy -thanks ,आउला त्यो उज्यालो पक्कै आउला ।

heartthrobe-thanx ,म प्रयास गर्नेछु चाँडै यात्रा तय गर्ने ।

pretty -thanx ,जे छ टाइटलमैँ त छ नि ।


 
Posted on 06-10-08 3:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हामी पनि पढ्दै छम है फुच्चे जि ।
अनि त्यो पोख्रेल को पसल को लास्टै गुलियो लाल मोहन पनि खुवाउने हो कि??
 
Posted on 06-12-08 10:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भाग-१ बाट अघि

"हो धनकुटा ,दुई बर्ष अघी !"

मेरो उत्तर थाहा भएको प्रश्न सोधाईले राम्रै काम गर्यो ।

"अघि बढ न त !"

"मेरो त्यहाँ पनि हफ्ताको दुई दिन ड्युटि गेट मा नै थियो ।मलाई ति दुई दिन एक दम रमाइलो लाग्थ्यो ,यहाँको जस्तो अलि कोल्टे पर्ने खालको छैन ,बजारमैँ नभएपनि मान्छेको घुइँचो भइरहन्छ त्यो बाटोमाँ ।"

"सिधै केटीहरु धेरै हिँड्छन् त्यो बाटोमाँ भन् न ,के कुरालाई यता उता घुमाईरहन्छस्  ?"मैले उ माथी ठाडो प्रहार गरेँ ।उसका कुराहरुको आशय त्यहि नै थियो ।  उ हाँस्यो ,मैले उसलाई चिनेको छु ।

"त्यहाँ चौतारो पनि छ ,अनि छेवैमा बिराट धारा पनि ,तँ गाको छस् ?"

"छैन यार मेरो धनकुटा पोस्टिङ्ग भएको छैन अहिलेसम्म !" अहिले भने महेन्द्र राजमार्ग सुनसान थियो ,जङ्गल छेवैमा भएर होला अनौठो अनौठो ध्वनिहरु आइरहन्छन् यहाँ रातै भरि ,किराहरु कराएका ।

"बिराट धारा त्यहिँ कुनै आर्मि मरेको थियो माओवादि सँगको भिँडन्तमाँ त्यसैको नाम मा बनाएको धारो हो ।" उसको कथा भनाई अरु दिनको भन्दा प्रिथक थियो आज साना साना कुराहरु केलाईदिएर मलाई सोच्न माँ सजिलो होस पर्दा बनेर ति चित्रहरु कुदुन् भन्ने चाहन्थ्यो उ शायद नत्र एउटा सानो धाराको के महत्व ?

"तैले एउटा केटीको कथा सुनाउँछु भनेको होइन ?कथा केटीको हो कि धाराको ?"मैले अधैर्य हुँदै भनेँ ।गर्मिले असिनपसिन भएका रहेछौँ हामी । छेवै राखेको टुमलेटको पानी निकालेर पिएँ ।उसलाई टुमलेट देखाएँ , उसले खान्न भनेर टाउको हल्लायो अनि फेरि शुरु भयो ।

"पहिलो भेट महत्वपुर्ण हुन्छ साथी ,पहिलो नजर जुधेको समय महत्वपुर्ण हुन्छ ,स्थान महत्वपुर्ण हुन्छ ,त्यो कुरा त मैले तँलाई भन्नु नपर्ने ।" थोरै गम्भिर भयो उ ।किन थाहा छैन ,मैले उसलाई धेरै जसो गम्भिर देखेको छैन ।त्यहि आफु भन्दा सिनियर छेउछाउ मा भएको बेला मर्यादा पालन गर्ने मात्र हो उ ।नत्र त छिचरो ,उरण्ठेउलो छ उ ।

"भनेपछि तैले उसलाई त्यहि बिराट धारो मा भेटिस् ?"

"तँ मात्र कथा सुन्दै जा न ! भन्ने काम त मेरो हो नि!"

"ठिकै छ ,भन न त "मैले आङ्ग तन्काउँदै भनेँ ,बङ्कर मा जिउ कुँजिए जस्तै हुन्छ ,उभिरहनु पर्छ ,तर सबै कुरा बानी हो ,अनि अपरिहार्यता हो जब बिकल्प छैन भन्ने थाहा लाग्छ त्यतिखेर नराम्रा कुरा लाई पनि राम्रो मान्नु पर्छ ।

"एकदिन म पोष्टिङ्ग मैँ थिएँ ,छेवैका साथिहरु तँ जस्तो गफ सुनेर बसिरहने थिएनन् । एकाएक मेरो नजर को सिमा भीत्र एउटि केटी देखीइ ,चिटिक्क परेकी , गुडिया जस्ति ! माथि सेतो पातलो टि-शर्ट भी-गला काटेको  र तल जिन्स लगाएकी थीई ,पछाडिको गोजिमा फूलको चित्र  भएको । उमेर करिब सत्र अठार हुनु पर्छ ,उस्को चन्चलताले पनि त्यहि भन्थ्यो , खुट्टा हल्लाइ हल्लाई बसिरहेकी थिइ ।चप्पलको कलर सँग मिल्ने नेलपोलिस पनि लगाएकि रहिछ । पारी बिराट धारा को छेवैको चौतारोमा मा उ बस पर्खिरहेकी थिई ,मैले धेरै बेर उसलाई हेरिरहेँ ,खाली भएको भए उ सँग गएर गफ गर्न थालीहाल्थेँ तर ड्युटिमा थिए त्यत्रो जोखीम उठाउने आँट आएन मलाई ।"

"अनि ?" उसको कथाको शुरुवातले मलाई बाँध्यो ।

"गर्मि थियो ,उसलाई तिर्खा लागेछ क्यारे ।उ धारा मा पानी खान गई ।धाराको टुटि एकदम छिल्लिएको थियो म जस्तै ,कमला हातहरु परे भने खुल्न त खुल्ने तर  बन्दै नहुने ! मेरो पनि त्यहि नै होस् भन्ने चाहना थियो । उसले बन्द गर्न सकिन र प्रयासमाँ उ भिज्दै गई । म अघि देखि उसलाई नियालिरहेको थिएँ रमाईलो लागिरहेको थियो मलाई , खटपटि पनि भइरहेको थियो । मैले अधैर्य भएर घडि हेरेँ करिब पाँच मिनट जति बाँकि थियो मेरो ड्युटि सिध्धिन ।अर्को सिफ्ट को दाई आउने बित्तिकै म धारा बन्द गर्न कुदिहाँले ,शरिर भिजेको भएपनि अनुहार भरि मेहेनत ले पसिनै पसिना भएकी रहिछ उ ।टि-शर्ट भित्रका आक्रिति हरु पनि धमिलो धमिलो गरि देखिन थालिसकेका रहेछन् । "

म जोरले हाँसे ,उसक शब्दहरु आखिर घुमिफिरि त्यहिँ नै आए ।

"किन हाँस्छस् ?तँ जत्ति सुकै नै साधु किन न हो ?केटि लाई पुजा गरेर राख्दैनस् क्यार ! जे जे महत्वपुर्ण हुन्छ त्यसमा त ध्यान जान्छ नि !"उसले आफ्नो सफाईमा स्पष्टिकरण दियो ।हुन सक्छ उसको लागि शरिर नै त सबैभन्दा महत्वपुर्ण थियो ,म जसलाई भोक भन्छु उ माया भन्थ्यो । चिसो सिरेटो एक्कासि हाम्रो पसिना सुकाउने प्रयास गरेर गुज्रेर गयो । म फेरि हर्केका शब्दहरुमा केन्द्रित भएँ ।

 क्रमश:

 

 


 
Posted on 06-13-08 7:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Fuche,

ali dherai dherai lekha ta!  kati choto bhag yo?


 
दशैँ तिहार
Posted on 06-15-08 12:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शरिर भिजेको भएपनि अनुहार भरि मेहेनत ले पसिनै पसिना भएकी रहिछ उ ।टि-शर्ट भित्रका आक्रिति हरु पनि धमिलो धमिलो गरि देखिन थालिसकेका रहेछन् ।

Fuchhe rocks !!


 
Posted on 06-16-08 5:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

somewhere on d earth dai thanx,अनि अल्छि नगरिकन साझामा पोष्ट गर्नुस न ,साझाको एउटा स्वाद हराएझैँ लागेको छ ।

क्रेजि i m trying ,तर अन्त्यमा उहि चाहना ,अनि पारि पट्टि बाध्यता , एकातिर रमाइलो संसार अर्को तिर पेट र पैसा ,समानान्तर हिँड्नै पर्ने रहेछ ।

दँशै तिहार ,thanx ,cycle लेख्ने होइन भन्या फेरि??

 


 
Posted on 06-16-08 5:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भाग-२ बाट अघि,,,,,,

 

"त्यहाँ पुगे पछि मलाइ उसको रुपले यस्तरि तानि कि म  उसलाई सघाउन धारा बन्द गर्न गएको भनेरै बिर्सेँ ।"

"तँ त्यहा सघाउन पो गएको थिइस् ?" मैले ब्यङ्ग्य गरेँ । हर्के फेरि खिस्स हाँस्यो ।रमाइलो लाग्छ मोरोको हाँसो मलाई ! चन्द्रमा को प्रकाशमा उसको अनुहार हो कि हो कि जस्तो मात्र देखीएकोले मैले टर्च बालेर उसको अनुहार हेरेँ ,उसको खिस्स हाँसेको अनुहार ।

"के गर्छ यो ?"एक्कासि आँखामा प्रकाश परेकाले थोरै रिसाएँ झै गर्यो ।हुन त उसको आँखा दुख्ने गरी त मैले गरेको थीइन तै पनि उ थोरै झर्कियो ।

"केहि होइन !"मैले टर्च निभाएँ ,टर्च बाल्दिराख्नु उसको सलल बगिराखेको कथा रोक्नु झैँ हुन्थ्यो ,किन कि मान्छे रातमा ,अँध्यारोमा जति खूल्छ त्यति प्रकाशमा खुल्न सक्दैन मेरो बुझाईमाँ ,प्रकाश उद्विग्न हुन्छ जस्ले सपनाको जग पखालेर लान्छ त्यहि भएर सपना जहिल्यै रातमाँ देखिन्छ । भावनाको आँगन ,कल्पनाको बँगैचा जहिल्यै अँध्यारोमा गोडमेल हुन्छ ।

"साँच्चै बिर्सिस त ?"

"मैले जे देखेँ उसमाँ म बर्णन गर्न सक्दिन !"

"थोरै त अघि नै बर्णन गरिसकिस् त ! ।टि-शर्ट भित्रका आक्रिति हरु पनि धमिलो धमिलो गरि देखिन थालिसकेका रहेछन्। "म हाँस्न थालेँ जोड जोडले !रातको निस्तब्धतामा हामी दुइ आपसमैँ मस्त थियौँ ।

"त्यति मात्रै कहाँ थियो र ?परि थि परि बुझीस् ! रातो ओठ ,लिपस्टिक नलाए नै पनि लगाएझैँ देखिने ,गोरो अनुहार कपाल लामो कम्मर मा ठोक्किरहेको !"

"भनेपछि तैँले त्यत्ति नै खेर अनुहार देखि कम्मर सम्म हेर्न भ्याईस् चाँडो छस् तँ , अनि?"मैले उसकी उर्वशि ,मेनका को बर्णन बिचमा काट्दै सोधेँ ।

"उसले मसँग सहायता माँगेपछि मात्र म धरातलमाँ आएँ ,मैले धारा बन्द गरिँदे ।उ मुसुक्क मुस्काई !"

"तँ त मख्ख परिस होला है !"

"हर्के मुस्कानले मात्र मख्ख पर्ने भए त तँ र म मा के फरक छ र ? हर्के त मर्द हो मर्द ,उसको खुशि तराजुमा जोख्नु हो भने धेरै भारी हुन्छ बुझीस् ?कसैको फोटो हेरेर ,कसैलाई सम्झेर मन बुझाउन हर्केलाई आउँदैन । "उसले आफ्नो पुरुषार्थ पोख्यो ।किन मानिस सँधै वासना लाई आत्मसम्मान सँग जोड्दछन् ? अनि एक भन्दा धेर जना सँगको सम्बन्धलाई पुरुषार्थ सँग । के महिला सँधै ओछ्यान कै लागि मात्र हुन्छे ?के मेरो पर्स भित्रको कथा बिफल नै भए पनि प्रेम कथा होइन ?यहिँ आएर मेरो सत्य हर्केको सत्य सँग बाझीने गर्छ ।

"म पनि नामर्द होइन ।"मैले बिस्तारै भनेँ ,सानो आवाजमाँ ! मानौँ म मात्र मलाई बिश्वास दिलाउन चाहन्थेँ ।

"होइनस तँ पनि होइनस् !" उसले आफ्नो गल्ति सुधार्ने प्रयास गर्यो ।रुख का पातहरु बिचबाट उज्यालो चन्द्रमा हामी दुवैलाई नियाल्दै थियो ।सुकेका पात हरु खस्थे घरि घरि खस्रयाक खुस्रुक आवाज बडो रमाईलो आउँथ्यो हामीले कहिले काहिँ थोरै पाइला चलाउँदा पनि ।

"थ्यांक यु भनेर उसले चौतारोमा राखेका किताबहरु टिपी , अनि माइक्रो मा चडेर बाटो लागि ,पछाडि बाट समेत उसको रुपमा कुनै परिवर्तन देखीदैन थ्यो ।" छिचरो हाँसो हाँस्यो हर्के ।

"भनेपछि तेरो पहिलो भेट त्यत्ति मैँ सिध्धियो ?" मैले त्यो भेटको संक्छेप जान्न चाहेँ ।

"त्यत्तिनै हो शुरुको भेट त ,तर धेरै कुरा अनुमान को भरमाँ चल्नुपर्छ बुझिस ,जब केटिको कुरा आउँछ ।अनुमान सहि चाल सफल ,अनुमान गलत चाल असफल !"

"ए।।।।।।।।।।।" लाटोले जस्तो त्यत्ति मात्र भन्न सकेँ म ।एकछिन आफ्ना हराएका शब्दहरु यता उता खोजे जस्तो गरेर अडिएँ ।थोरै आफ्नो धरातल नापेँ ,गहिराईमा डुब्न खोजे आफुलाई खोज्ने प्रक्रियामा ! मात्र यति रहेछ सत्यता  मैले लगाएको अनुमान सहि थिएन रहेछ मैले निर्क्योल निकाल्न खोजेँ ।वा मैले मायालाई चालको रुपमाँ लिईन ,मैले त बिशुद्द माया गरेँ ,मात्र माया ,अनुमान रहित ,चाल रहित त्यहि भएर शायद म असफल भएँ मायाको मामलामा भन्दा पनि प्राप्ति को मामलामा ।माया त गर्नु थियो मैले गरेकै थिएँ ,सफलता असफलता त प्राप्ति मा न आउने हो ।

"के के अनुमान लगाइस त ?"हुन त उसका अनुमानहरुले मलाई प्रतक्छ्य रुपमा फाईदा पुर्याउनेछैनन् कहिल्यै तर पनि मैले सोधेँ ।

"पहिलो त उ कलेजकि केटी हुनुपर्छ भन्ने अनुमान लगाएँ ,कपि मात्र बोकेकि थिई उसले ,त्यो अनुमान ले मेरो खोज धेरै सजिलो बनायो ,दोस्रो त मलाई उसलाई खोज्न जानुपर्छ झैँ लागेन ,उ फेरि आउनेछे त्यहि चौतारिमा किनकि उ कलेज जान त्यहाँ बाट चढेकि होला भनेपछि त उ त्यतै कतै छेउछाउमै बस्छे होला ,यसले गर्दा मेरो तेस्रो अनुमानको पनि ढोका खुल्यो मैले त्यतिन्जेल सम्म उसलाई देखेको थिईन ,उ पक्कै धनकुटा मा नयाँ हुनुपर्छ ।"

उसले शरलक होम्सले झैँ एक एक गरेर रहस्यका पर्दा च्याते झैँ गरेर बिजयी स्वरमाँ भन्यो ।

क्रमश:

 

 

 

 

 


 
Posted on 06-16-08 9:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ न यो कथा कुनै folder मा लुकाउनु भएको थ्यो हो ? मैले कसरी देखिन, ३ भाग लेखिसक्दा पनि मैले नदेखेको?  मैले पढेकी छैन। फुर्सद मा  पढ्छु र टिप्पणी राख्छु।
 
दशैँ तिहार
Posted on 06-16-08 2:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

hey fuche, cycle vaag-2 aaisakyo bajaar ma.

Aru sajha basi lay tyo taat-taatai padi sake,

 timley chai kasto nadekhya ni, natra mero 'sajha blog' ma ni chha hai....

Fuche rocks.


 
Posted on 06-16-08 6:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

sakiyena baa phuchhe lai,

kasto babal lekhna sakeko ho...

keep going


 
Posted on 06-16-08 8:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो फुच्चे कस्तो गहकिलो लेखाइ। यस्तो कथा छुटेको   रहेछ मेरो  धन्न देखिहालेँ । ल अब बाँकी भाग पनि फटाफट टाँस्नु पर्‍यो  

टाइटल पनि एकदम मन पर्‍यो


 
Posted on 06-16-08 8:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यस्तो कथा छुटेको   रहेछ मेरो  धन्न देखिहालेँ

मलाई यो फुच्छेji को कथा मा एउटा कुरा अचम्म लाग्छ -- त्यो के भने जहिले पनि   तयो कथा fuche को आफ्नै अनुभब होला जस्तो-- तर कसरी हुनु-- कहीले widow कहिले सिपाही कहिले के -- कथाकार यस्तै लाई भन्चन क्यारे    

 


 
Posted on 06-16-08 9:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Fuchche,

I think you are writing every story seriously and with full effort. If you are writing just to spend your leisure time and make some fun, dont read further but if you really want a appreciation on your artwork, I hope you will not ignore my post.

You have great feelings while writing the story. I like the words you narrate though you dont emphasize on the incidents. Your previous one was at its best.

I salute your creativity. But wait, I have few suggestions as well as you are not getting more appreciation as you are writing.

- Try to make little bit longer part (dont try to resemble with your name:)

- Read twice after you post the story and make it attractive through paragraph and word editing (learn from CL on this matter, she is good writer, IMO)

- Try to follow your reader's comment, They are your 'guru' and never ignore them.

And lastly dont forget to write the lines like those:

मान्छे रातमा ,अँध्यारोमा जति खूल्छ त्यति प्रकाशमा खुल्न सक्दैन मेरो बुझाईमाँ ,प्रकाश उद्विग्न हुन्छ जस्ले सपनाको जग पखालेर लान्छ त्यहि भएर सपना जहिल्यै रातमाँ देखिन्छ । भावनाको आँगन ,कल्पनाको बँगैचा जहिल्यै अँध्यारोमा गोडमेल हुन्छ ।

 

Impressed by your tiredless efforts

Stat


 
Posted on 06-19-08 2:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

gofle , deepika jee-प्रशंसाको लागि धन्यवाद , अर्को भाग टाँश्ने तरखरमाँ छु ,हेरौँ ।

दँशै तिहार - धन्यवाद यार ,you r rocking too...

pjna07-मलाई पनि भेट धेरै पछि मात्र भए जस्तो लाग्यो भन्या ,कथा धेरै जस्तो आफैँमा घटेका छन् ,कसैको ठाउँमा आफुलाई राखेर थोरै परिपेक्छ्य बदलिदिने न हो ,अनि profession को कुरै नगरौँ यस्तो बिजोग जागिर खाईया छ जहाँ भावनाको महत्वै छैन ।

stat - thanx for such a great comment n support , i have tried to write little bit longer ,ani followed few of ur comments hoping to more from u in future.

 

 


 



PAGE:   1 2 3 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
शीर्षक जे पनि हुन सक्छ।
NRN card pros and cons?
What are your first memories of when Nepal Television Began?
TPS Re-registration
TPS Re-registration case still pending ..
Basnet or Basnyat ??
nrn citizenship
Sajha has turned into MAGATs nest
Nas and The Bokas: Coming to a Night Club near you
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
3 most corrupt politicians in the world
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
if you are in USA illegally and ask for asylum it is legal
Travelling to Nepal - TPS AP- PASSPORT
Top 10 Anti-vaxxers Who Got Owned by COVID
निगुरो थाहा छ ??
Why are democrats allowing hundreds of thousands of illegal immigrants across the border
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Poonam pandey - death or suicide?
Doctors dying suddenly or unexpectedly since the rollout of COVID-19 vaccines
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters