[Show all top banners]

shirish
Replies to this thread:

More by shirish
What people are reading
Subscribers
:: Subscribe
Back to: Poems / Ghazals etc. Refresh page to view new replies
 टाउको झोलामा !शरीर खोलामा ! - गजल

[Please view other pages to see the rest of the postings. Total posts: 26]
PAGE:   1 2 NEXT PAGE
[VIEWED 27753 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 2 pages, View Last 20 replies.
Posted on 04-18-08 12:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

टाउको झोलामा !
शरीर खोलामा !


तर्सिने तर्सिए,
हावाको गोलामा !



झिनो आशा बांडे,
सुन झै तोलामा !



मह काड्न गयौं,
बारुरे गोलामा !



म मातेको हात्ती
मान्छेको चोलामा !

 
Posted on 04-18-08 1:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Shrish Ji,

I am a silent reader of you gazal. I have to say something abute this one.

मह काड्न गयौं,
बारुरे गोलामा How ironic???

Excellent Piece of gazal. I like this style more. One of the best gazal I ever read. I am a fan of Mottiram Bhatta. My best ever is "Dui Ankhi bhao ta tayar chan, tabar po kina chahiyo

                                     Timi afu malik bhai gayou, Sarakar po kina chahiyo"


 
Posted on 04-18-08 1:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 

Last edited: 18-Apr-08 01:25 PM

 
Posted on 04-18-08 1:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सन्देश केही असन्तुलित छ कि जस्तो लाग्छ (त्यो मेरो राजनैतिक पूर्वाग्रहले गर्दा हुनुपर्छ), त्यो कुरा बाहेक एकदम साहसिक रचनात्मक प्रयोग सन्देश र शैली दुबैमा ।

 

अत्यन्त शक्तिशाली शैली । शायरीको वास्तविक शैलीगत शक्ति (कम शब्दमा धेरै र गहन कुरा भन्न सक्ने) यसमा पुरा देखिन्छ ।

 

धेरै समिक्षकहरु निर्बाध रचना स्वतन्त्रतालाई जोड दिन्छन र सन्तुलनको शर्तलाई अनावश्यक र रचना-बाधक सम्म ठान्दछन् । रचना-बाधक चाही पक्का हो, तर आवश्यक अनावश्यक बारे मेरो अलिक फरक मत छ ।

 

मेरो मत जाहेर गर्नुभन्दा पहिले म के स्पष्ट गर्न चाहन्छु भने सन्तुलन भनेर मैले राजनैतिक सन्तुलन (political correctness) को नभएर वस्तुगत सन्तुलन (objective fairness) को कुरो गर्‍या ।

 

त्यस्तो सन्तुलनको आवश्यकता छ जस्तो मलाई लाग्छ । र त्यो सिर्फ न्याय (fairness) को लागि मात्र नभएर रचनाको सदाबहारता (endurance) को लागि पनि हो ।

 

म निर्बाध रचनास्वतन्त्रतालाई नि:सन्देह सर्वोच्च ठान्छु । किन्तु मैले सल्लाह दिनुपर्‍यो भने मेरो सल्लाह सदाबहार (enduring) रचनाको लागि हुनेछ ।

 

जे भए पनि, यस्तो शक्तिशाली गजल धेरै पछि सुन्न पढ्न पाईएकोमा आनन्दित छु ।

 

Nepe

 

 


 
Posted on 04-18-08 1:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मह काढ्न गयौं,
बारुरे गोलामा !

यो शेर चाही अजर, अमर, सदाबहार र शास्त्रिय !

A perfection !

 

Nepe


 
Posted on 04-18-08 1:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

.Wah Sirish bro Wah!!

Loved it!!

LOL @ Nepe Dai!! असन्तुलित chhaina hai...!! :-)


 
Posted on 04-18-08 2:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सिरिश जि ,
फेरी एकचोटी बधाई छ! निकै राम्रो रचना
नेपे जि,
राचनत्मक् आलोचन! यहाँहरु गजल गुरु हरु, अब सुर्य लाई बत्ती के  चडाउ ?
सिजु        
 
Posted on 04-18-08 2:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मह काड्न गयौं,
बारुरे गोलामा !

वाह गुरु वाह ! अति उत्कृष्ट ! हुन त सबै शेर दामी लागे। तर यो चैँ मुईँ खाम कि बुई बोकुम जस्तो शेर रे'छ गाँठे।

टाउको झोलामा !
शरीर खोलामा !

वाह "वाइस्याल" वाह !  बुलेटले गाउँ हानेउ, ब्यालेटले शहर पनि हानेउ अब "मतला" ले समुन्द्र पारीकालाई पनि खुत्रुक्कै पार्न लागेउ गाँठे।

 


 
Posted on 04-18-08 2:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Excellent. Bhaute ko addition makes it much better, and samasamik.

Shrish Ji writes:

टाउको झोलामा !
शरीर खोलामा !

तर्सिने तर्सिए,
हावाको गोलामा !

झिनो आशा बांडे,
सुन झै तोलामा !

मह काड्न गयौं,
बारुरे गोलामा !

[वाह गुरु वाह ! अति उत्कृष्ट ! ... Shrota barga bata.... ]


म मातेको हात्ती
मान्छेको चोलामा !
 

[वाह "वाइस्याल" वाह !  बुलेटले गाउँ हानेउ, ब्यालेटले शहर पनि हानेउ ... Shrota barga bata.... ]

Shirish ji, can I post this gajal in one of my websites? e.g. www.Pokhara.com ? I will certainly provide full source: Shirish writes @ Sajha.com and its URL (republished with permission).

Thank you, sir.

GP


 
Posted on 04-18-08 2:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Really great piece.
 
Posted on 04-18-08 2:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Siju-jyu,

 

ल हेर्नोस, तपाईको छनोटको शेर सबैलाई उत्कृष्ट लाग्यो ।

 

*** *** *** **

 

Camof-jyu,

 

त्यै भअर पूर्वाग्रहको disclaimer दिएको छुन्त ।

 

*** *** *** **

 

भउतेज्यू,

 

मतला भयो अब बाँकी पनि पुरा गरेर नयाँ गजल बनाउने कि ?

 

खाम कि मुईं,

चढाम बुई ?

 

दुई बाट एक

एकबाट दुई

 

*** *** *** **


 
Posted on 04-18-08 3:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मह काड्न गयौं,
बारुरे गोलामा !

म मातेको हात्ती
मान्छेको चोलामा !     

Phenomenal ! Hats off to you, Shirish sir.
 


 
Posted on 04-18-08 4:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मह काड्न गयौं,
बारुरे गोलामा !

गुरु घच्चिको गयो! गजब!

हैन  'बारुरे' पो भन्छन  बारुलोको गोलालाई? म त बारुले भन्ठानिरा!


 
Posted on 04-18-08 4:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जिम्मालबाका आँखा गिद्धका जस्ता तिखा भएर पो आएछन झन झन । कसैले देख्न नभ्याएका त्रुटी हजुरले देख्नुभो । क्यार्नुपर्छ आँखालाई तिखार्न ? निहार्न पर्छ कसैलाई, हो ? ;-)

शिरीष,

"बारुले" नै हुनुपर्छ ।


 
Posted on 04-18-08 4:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाहाहा नेपे दाई! अब निहार्दा निहार्दा बरु आँखाको तिख्खरपन् हराएर एकोहोरो मादक जालोले पो छोप्या जस्तो लाग्छ मलाई त! हेर्नोस न तपाइँलाई गरेको अस्तिनको सानो बाचा पुरा गर्न नि जालोले बेरिएर भुसुक्कै हुँदोरेछु! माफ पाम है, यथासिघ्र पालना गर्छु!
 
Posted on 04-18-08 4:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल!! त्यहि त त्यो "बारुले" नै होला जस्तो लाग्या थियो मलाई पनि शुरु मै! तर शिरिश ब्रोले लेख्या अनि नेपे दाईले त्यस्को बारेमा केहि पनि नभन्या भएर मैले चाँहि मलाई नै थाहा नभएको होला भन्ने सोचेर बसेँ!!

पछि भउते गुरुले नि सब थोक भन्नु भ्यायो तर त्यस्को बारेमा केहि भनेन! अन्त मलाई मात्र त्यस्तो भा'को होला भन्ने सोचेको के मैले चाँहि!!

अन्त नेपे दाईले सुद्ध नसुधारेको शब्दलाई कोल्ले आएर प्याssक्क भन्नु भनेको थियो हौ जिम्माल बा??  ;-)


 
Posted on 04-18-08 4:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल!

कुम्ले ब्रो पनि लास्टै चाटिदिने के पायो भने, ओल्टाइ पल्टाइ गरिवरि हरिप पेलान दिने के फेरि! अन्त मिठो बोलि सुन्यो कि भरै बबाल चाटेको हुने रैछन्तनि! ;-)

 


 
Posted on 04-18-08 7:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शिशिर जि
निकै मिठो र गहकिलो खजाना पाइयो।
नयाँ शैलिहरु सिकारुलाई के चाहियो र

मह काड्न गयौं,
बारुरे गोलामा
धमका छुटाउने 


 
Posted on 04-18-08 9:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Ramro ati Ramro. chitta ma twakkai chune
 
Posted on 04-18-08 9:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


शिशिर जि ,
तपाईंकै नक्कल गरेको छु ,रिसानी माफ। 

अंक न'भा जिरो
तमासेको हिरो

भोकाको बेलामा
चामलको किरो

गुलियो भुलियो
अब गड्यो पिरो
 
धाजा फाटे मन्मा
मुटु भित्र चिरो
 
तमासेको हुल
मादरिको हिरो

धेरै दुख्यो भयो 
नछाड हो तिरो  

 


 



PAGE:   1 2 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
श्राद्द
TPS Re-registration
सेक्सी कविता - पार्ट २
What are your first memories of when Nepal Television Began?
पाप न साप घोप्टो पारि थाप !!
पुलिसनी संग - आज शनिवार - अन्तिम भाग
निगुरो थाहा छ ??
ChatSansar.com Naya Nepal Chat
Lets play Antakshari...........
What Happened to Dual Citizenship Bill
Basnet or Basnyat ??
TPS Re-registration case still pending ..
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
मेरो अम्रिका यात्रा -२
Do nepalese really need TPS?
कता जादै छ नेपाली समाज ??
susta manasthiti lai ke bhanchan english ma?
कृष्ण नै अन्तिम सत्य
पुलिसनी संग - आज शुक्रवार - भाग २
Nas and The Bokas: Coming to a Night Club near you
राजदरबार हत्या काण्ड बारे....
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
is Rato Bangala school cheating?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters