[Show all top banners]

Deep
Replies to this thread:

More by Deep
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 पानी, आगो र पानी

[Please view other pages to see the rest of the postings. Total posts: 29]
PAGE:   1 2 NEXT PAGE
[VIEWED 13431 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 2 pages, View Last 20 replies.
Posted on 01-11-08 9:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पानी, आगो र पानी

"कति चुईन सक्या हो त्यस्का बाउको झोल पनि।" भाउजु कराउँदै पालि तिर लागिन। कुँडे बोकेर हुँदो हो। पानी झम झम पर्दै थ्यो।

 

"राँडको थुतुनो जसरी हात पनि चले बेलैमा खान पाईन्थ्यो होला नी भात पनि" टेक बहादुरदाईले आफ्नो सुन्नेको खुट्टा हेर्दै भाउजुले नसुन्ने गरी भन्या थे तर सुनीछन।

 

"आफ्नो नी आफ्नो? हात गोडाँ किरा परीहाले ---- ट्वार ट्वार भ्यागुतो जस्तो बास्यो दिन रात सुकुल माड्यो त्यत्ति हो।" भाउजुले झर्किदै सुनाईन पालीबाट फर्किदा।

 

टेक बहादुर दाई भाउजुको बोली उत्तिकै तिखो थ्यो। उनीहरु नबाझेको दिनै थिएन। तर कुटाकुट गरेको चैं देखिएन।

 

टेकदाई थला परे देखी भाउजुलाई कामको चटारोले नराम्रो गाँजेको थ्यो। त्यसमाथि फेरी मेरो जिम्मेबारी छुट्टै। गाई बस्तु, घरको धन्दा, दाईको सुसेल्को --भाउजुलाई भ्याई नभ्याई थ्यो। सघाउने घरमा दाई भाउजु छोडेर बाँकी उही एकजना। उस्लाई आँखा झिमिक्क गर्न नहुने। अन्तै जान्छु मैले भनेकै हो भन्नलाई --हुन त "हुन्छ्" भनेकै भए पनि एउटा एउटा निउँमा बसिन्थ्यो बस्नलाई तर झन "पर्दैन" भने ढुक्कै भयो।

 

टेकबहादुर दाईको घराँ बस्या थें, नजिकैको बिद्यालयमा पढाउँथे। पूर्बी पहाडको त्यो गाउँ बिकट भए पनि मनमोहक थ्यो। टाँकीका हाँगा छिमल्दै थिए अरे अस्ति टेकदाई, हाँगा सँग संगै ओईरीएछन्। दाईने हाताँ काम्रो बाँधिरथे। दाईने खुट्टो सुन्नीएर ह्याँमानको भैरथ्यो। के के जाति हो दिनभरी दलिरन्थे। झारपातको रसाँ खुट्टो हरियै देखिन्थ्यो।

 

"हांगा छिमल्दा हाँगै हेर्या भए पो -- पधेंरामा आईमाईहरु हेरेर हाँगा छिमलेसी त्यस्तै हुन्छ " भाउजुले एइया मरें मरें भन्दै गरेका टेकदाईलाई हेरेर त्यो दिन त्यस्तो प्रतिकृया दिएकी थिईन।

 

दुख्या तोडाँ त्यतिबेला टेकदाईको मुखाड गाली बर्खाको खोल्सो झै उर्लेको थियो उर्लिनलाई, भाउजुलाई बगाउन तर के सक्थे?

 

"राँडीलाई पनि थुम्के धारो छोडेर यतैको धाराँ गाडछन सधैं" भाउजु जोस्सीन।

 

मैले अनि भरे भरे "हन हेर्या त पधेंरै तिर हो कि क्याहो त हउ टेकदाई?" भनेर सोध्दा हुँदी "अब रुख चढियो रे भन्दैमा आँखा चिम्लन त भएन नी" भनें।

 

"अनि अघि भाउजुले भन्या को आउने हो थुम्के धारा छोडेर यताको धाराँ?" भनेर कुरा उप्काउँदा भाउजु छिन कि नजिक कतै भन्दै चाल बुझ्दै "त्यो माईला पण्डीतको छोरी मलाई दिने सोच राखीरान अरे भन्ने हल्ला सुनेको दिन देखी आज एक कोरी बर्ख भो मन ठेगानमा छैन। हल्लाको भर परेर हुन्थ्यो के ? आखिराँ माथ्लो टारका जेठा पुरेतका साईलोलाई दिए। जन्ति माई गैयो आफु त त्यस्को। त्यै झोकाँ गर्न त गरियो आफुले नी बिहे तर ---" त्यो टाँकीको रुखाड झर्या दिन साँझ टेकेदाईले बिस्तारै सुनाईरथे मलाई।

 

एक छिन भो पानी घरी घरी झन जोड सँग दर्केको---मन खहरे बनेको अहिले हैन।

 

"कान्छी-- कान्छी! हन कता मरी हँ यो? -- "

टेकेदाई कराए।

 

"गाडे होलान नी फेरी त्यै लछ्या घराँ। अलछिनाको पनि अचेल चाल माल ठिक छैन।" भाउजु पनि कराईन।

 

बाहीर पानी अरु दर्किंदै थ्यो।

 

"कान्छी!" टेकदाई र भाउजुले आवाजको मात्रा बढाएर पालै पालो बोलाए।

 

"कराएरै मर्छन हउ हाम्रो घराँ चैँ" छिनेको टाँक खोज्न भ्याईन कान्छिले -- हतारमै निस्की मेरो कोठाबाट।

 *************

 

पुर्बी पहाडमा म केही दिन बस्दा यही कथा चलेको थ्यो। त्यो मास्टरको ठाममा आफैलाई राख्दें मैले। कथै त हो।


 
Posted on 01-11-08 9:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

bhanesi......................:-)
 
Posted on 01-11-08 10:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


"अनि अघि भाउजुले भन्या को आउने हो थुम्के धारा छोडेर यताको धाराँ?" भनेर कुरा उप्काउँदा भाउजु छिन कि नजिक कतै भन्दै चाल बुझ्दै "त्यो माईला पण्डीतको छोरी मलाई दिने सोच राखीरान अरे भन्ने हल्ला सुनेको दिन देखी आज एक कोरी बर्ख भो मन ठेगानमा छैन। हल्लाको भर परेर हुन्थ्यो के ? आखिराँ माथ्लो टारका जेठा पुरेतका साईलोलाई दिए। जन्ति माई गैयो आफु त त्यस्को। त्यै झोकाँ गर्न त गरियो आफुले नी बिहे तर ---"

 
Posted on 01-11-08 10:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पानी, आगो र पानी..... आगो पानी अनी फेरी आगो। संसार को रित नै एस्तै रहेछ, प्रभु। घच्ची को छ, अरु पनि पेलम ।
 
Posted on 01-11-08 11:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Sorry guys I don't know how to write in Nepali....

But wow! This is great! What a wonderful style!

Some reservations I have:

राँडको थुतुनो जसरी हात पनि चले बेलैमा खान पाईन्थ्यो होला नी भात पनि

राँडीलाई पनि थुम्के धारो छोडेर यतैको धाराँ गाडछन सधैं

1. Explicit use of an offensive word. The writer could have given the "feel" of it without actually "spelling it out".

But even when Bagmati is so polluted what to expect?

2. Discrepancy:

"Tek Bahadur" has a "Bahadur" in the middle.That means he is a Chettri (at the least not a bahun) In the eastern hilly reason, unless people fall in love and elope, a daughter of a so called "pundit" will not be given in an arrange marriage to somebody not of the same caste. Not trying to spread casteism here but just showing the reality. It would be great if that could happen. But we live in the present. Maybe after 10 years.

3. Teacher not a role model:(If I understood the ending correctly..if not my bad)

What teacher did was against the norms of an "Atithi". The poor family of Tek Bahadur let the teacher enjoy the room and board there even when they were in such a dire situation after Tek bahadur had the accident. But the teacher repaid them by having relation with their daughter.

Writing style of Deep amazing!!!


 
Posted on 01-11-08 11:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कति मीठो लेख्नु भएको, चित्तै बुझ्यो ।


 
Posted on 01-11-08 11:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


deep jyu as usual sarai ramro lagyo

 
Posted on 01-11-08 11:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Deepji,

Pheri pani "gajjab"..

Arko Bange mahatmya kahile?


 
Posted on 01-11-08 12:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

H-m-m-m bhanepachi - - Bange nahuda katha yasari end hune raicha --
 
Posted on 01-11-08 12:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

jira,

hanesi......................:-)

लेख्या जति मात्रै बुझम है जिरादाई --- मास्टरले "गर्या केई नाई -- कान्छी सधैंझैं (अहिले यहाँ त्यो पदार्थको नाम लेख्दा अर्थको अनर्थ लाग्न सक्छ त्यसैले नलेखम् तर यहाँ चै नलेखेको पनि बुझम् है) तताएर दिन आ थि भाको त्यत्ति हो बाँकि हल्ला हो भन्थ्यो अरे" हाम्रो अलि अघि बढ्ने बानी छ यस्ता कुराँ -- पुरानो रोग हो हुन त --- जिरादाईको गफ अर्को तिर पढियो -- घच्ची लाग्यो।

dipika02 ,

दिपिकाले एउटै शब्द खर्च नगरी दुईटा मुद्राका तिनटा अनुहार टाँस्देर हिन्या देखियो।
"हँ? --हा हा" गर्या होला मानिचु।

Nepal ko chora ,

"पानी, आगो र पानी..... आगो पानी अनी फेरी आगो। संसार को रित नै एस्तै रहेछ, प्रभु। "

हो प्रभो---रीत पनि यस्तै प्रित त झन उस्तै। माया पनि आगोको आडमा पानी जस्तो हुने रेछ कैले त --अनि कैले पानी सोच्यो तर डाम्ने।

chicagoan ,

सबै भन्दा पहिला चै प्रतिकृयाको लागि म हार्दिक आभार ब्यक्त गर्छु।

"Some reservations I have:"
1. Explicit use of an offensive word. The writer could have given the "feel" of it without actually "spelling it out"."

यहाँ नेर म गुरु प्रसाद मैनालीको परालको आगोको दुहाई दिदै त्यस्मा भएका सम्बादहरुलाई नेपाली साहित्यले कसरी मुल्याङ्कन गरेको छ होला भन्ने सोच्दैछु। यदी मेरा शब्द चयन offensive लागेको भए मेरो नियत त्यो नभएको प्रस्ट पार्न चाहन्छु। मेरो त्यो छोटो बसाईमा त्यहाँ त्यस्ता सम्बादहरु खोलामा पानी झै निरन्तर बग्थे। तर त्यसो भन्दैमा बोलाईका हरेक शब्द लेखाईमा स्विकार्य हुनै पर्छ म भन्दिन।

"2. Discrepancy:

"Tek Bahadur" has a "Bahadur" in the middle.That means he is a Chettri (at the least not a bahun) In the eastern hilly reason, unless people fall in love and elope, a daughter of a so called "pundit" will not be given in an arrange marriage to somebody not of the same caste. Not trying to spread casteism here but just showing the reality. It would be great if that could happen. But we live in the present. Maybe after 10 years."

हो टेक बहादुरदाई बाहुन थिएनन। तर गाउँ बिगतमा टेकबहादुर दाई र माईला पण्डीतकी छोरीका आँखा जुधेका गफमा अझै पनि जोस्सेको मैले पाएको थिएँ। अनि किन त त्यैंका जेठा पुरेतका साईलोले जिम्मा लिएछन् त टेकदाईका आँखामा अल्झेकीलाई भन्दा हुँदी जेठा पुरेत नाम मात्रैका पुरेत रेछन। बग्रेल्ती छोरा छोरीहरु। माईला पण्डित गाउँमा धनी थिए। पुरेतको साईँला छोरा त गाउँमा पनि थिएनन म त्याँ हुँदा। सम्पतीको नाममा कोदो फल्ने चार रोपनी बारीका धनी साईलादाई मधेसको कता केराबारी भन्ने ठाममा जग्गा कमाउन गा छन अरे भन्थे। हो गाउँ घरमा मागेर अन्तरजातिय बिहे बारी गर्ने चलन सायद अझै छैन। त्यति बेला टेकबहादुरदाई गाउँकाले जिस्क्याउने हल्लामा आफु परेको उनी आफैं भन्थे।

माईला पण्डीतले टेकबहादुरदाईलाई छोरी दिने भनेका थिए त कसैले भनेनन्--हल्लाको कुरा थ्यो। मैले कथामा पनि भनेको छु त्यो ह्ल्ला थ्यो। अब टेकदाईले किन आश गरे त भन्ने हो भने मन बिच्किएको बेला अनेक थरीमा बिस्वास लाग्छ भन्ने भनाईको त म आफैं साछी छु। अब मैले जे देखें र सुनेको थिएँ त्यै लेखिदिएँ। कस्को कुन हद सम्म गफ तथ्यगत थ्यो त्यस्को लेखा जोखा मैले कहिलेई गरीन। आबस्यक नै ठानीन।

 

"3. Teacher not a role model:(If I understood the ending correctly..if not my bad)

What teacher did was against the norms of an "Atithi". The poor family of Tek Bahadur let the teacher enjoy the room and board there even when they were in such a dire situation after Tek bahadur had the accident. But the teacher repaid them by having relation with their daughter. "

यस्को बारेमा चै म केही भन्न सक्दिन। म त्याँ पुग्दा ति मास्टर थिएनन्। लखेटी सकेछन उनलाई। कान्छी पनि थिईन। भएको भए मलाई किन राख्दा हुन र घरमा? म पुग्दा खाली गफै मात्रै थ्यो। मास्टरले "गर्या भाको केई नाई" भन्थे अरे। कान्छी चै मास्टरले धोका दियो भन्थी अरे। अब कस्को कुरा सहि हो के थाह?

अन्त्यमा chicagoan ले लेखाईको पक्षलाई केलाएर हेरी आफुलाई लागेको कुरा प्रस्ट पारीदिएकोमा म धेरै खुसी छु। मलाई यस्तै प्रतिकृयाहरु मन पर्छ।

somewhereondearth ,

झापाली ब्रो --लेखाई त ब्रोको पनि दामी छ। दमकको त्यो रतुवाको पुलमा गर्मीमा बस्दा चलेको बतासले मनै हलम् हुन्थ्यो। म पनि पुग्या छु -- गौरादह--दमक--बुधबारे--माईखोला--बिर्तामोड--अनि काकडभिट्टा सम्म। तर मेरो अनुभव भनेको ब्रोको अगाडी क्षणीक हो।

uptowngal ,

ठुलीको ह्यान्सी त्यो भाग छ मा त्यस्तो भएको अझै मलाई बिश्वास छैन।

kalopoolbasi ,

प्रभो,

बाङ्गेलाई अहिले बिश्राममा पठाईदेको। बोलाम्ला नी छिट्टै।


 
Posted on 01-11-08 1:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

hamllai euta thankyou pani chaina baa
 
Posted on 01-11-08 1:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा! दीप ज्यो, अर्कै स्वादको कथा रहेछ, मज्जाको!


 
Posted on 01-11-08 1:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ न --- अघि अरुहरुको प्रतिकृयामाथि टिप्पणी गर्दै थिएँ अनि त्यै बेलाँ pjna007 को प्रतिकृया आएछ। जस्को लेखाईको एउटा प्रसंसक मान्छु म आफैलाई उसैलाई म धन्यबाद भन्न किन कन्जुस्याईँ गर्थें र?

धन्यबाद pjna007


 
Posted on 01-11-08 1:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 प्रभु, हजुरको लेखाइ झन झन माझिंदै गैरा' छ है। धेरै रसीलो लाग्यो यो पनि। 
 
Posted on 01-11-08 1:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरै छर छिमेकको कथा हो कि झैं लाग्यो गुरु। बरु जिल्ला चाँही कुन पर्‍यो कुन्नी।


 
Posted on 01-11-08 2:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल दीपको आगमन भएछ आखिर आज!

यो पेलाई सशक्त गयो! आधुनिक नेपाली छोटा कथाका सिद्धान्त, प्रकार, लय, नर्म, मर्म ईत्यादी ईत्यादी जे जे चाहिन्छन सबै ट्वाक्क मिलेको जस्तो लाग्यो प्रभु! जय होस! वस्तुगत टिप्पणी.....हाहाहहाहा!

अनि पर्भु, चाइन्जो कतातिरको बयान हो? यता भोजपूर तिरको पर्यो कि अझ उता ताप्लेजुङ तिरको पर्यो???


 
Posted on 01-11-08 2:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


शब्द भन्दा ठुलो दुई दुई फन्को हाँसो छोडेको त यो दीपले के के पो भनेछ

अनि त्यो टेक दाई हल्लाको भरमा सपना देखेर बसेपछि "हँ?" त भैहाल्छनि

फेरि त्यति सपना देखेर पनि जन्ति जाना भ्याएछन, तेति मात्र हो र अझ हतारमा बिहे धरि गर्दा त मैले पनि महको "१५ गते" सम्झे अनि हाँसो छोडेर हिडेको नि


 
Posted on 01-11-08 2:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

world_map,

"हा हा! दीप ज्यो, अर्कै स्वादको कथा रहेछ, मज्जाको!"

खै आफुले चाख्न पाहैन प्रभो। हल्लाकै भरमा त स्वादको के दाबी गर्नु?

kevin_ekstrom,

 "प्रभु, हजुरको लेखाइ झन झन माझिंदै गैरा' छ है।"

माझ्न त माझ्दै छु प्रभो बरु यो भिम सकिएला भनेर यसो खरानी चोप्दै परालको मस्केटोले धस्काउँदै पनि छु।

SurNaTal ,

"मेरै छर छिमेकको कथा हो कि झैं लाग्यो गुरु। बरु जिल्ला चाँही कुन पर्‍यो कुन्नी। "

त्यता हुँदी घुम्दा ओख्रे, गोगना, खावा के के जाति सुने लाग्छ प्रभो। अब यो भन्दा अरु त के भन्न पर्ला र? नदी वारी उभिएर उता पारी हेर्नेलाइ आँखिभुँई पनि भन्थे क्यारे। तुम्लिङटाराँ ओर्लिया हुम्केरे हवाईजहाजाट।

Birkhe_Maila,

खै जिम्माल कुरा त यतै तिरको परो जस्तो छ। बरु -- त्यो पौनाजोलबाट हेरी छेत्रपाटी हिन्नु हिनियो गाँठे --- आश र गाँठ्को मात्रै सत्यानास। हेरी हेरी भन्थे चिया ख्वाउनै पर्यो -- स्माईल दिइ अरे भन्थे मोमो ख्वाउनै पर्यो? अघि देखी यहीँ थिई -- भर्खरै भित्र गैइ -- कति ढिलो आ भन्थे फुर्माईस गर्नै पर्यो। आखिराँ को आयो कुन्नी बाजा बजाएर आफु त जन्ति पनि जान पाईएन। धिक्कार होस।

dipika02,

अहिले चै शब्दहरु सँगै एउटै मुद्राका दुईटा खुद्रा छोडेर हिन्या रेछ।

हल्लाकै भराँ देख्या सपना त घच्चिको हुन्छ त -- यथार्थको घराँ देख्या सपना त आईलागि हाल्छ नी ---


 
Posted on 01-11-08 3:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Thank you Deep,

Your answers to my reservations are satisfactory.

Please come up with other great stories as well.

 


 
Posted on 01-11-08 3:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

katha samrat bhanya katha samrat nai ho.

 

purvi pahad malai pani herna man lagyo aba chahi. tehi kanchi bhako gaauma janu parla.


 



PAGE:   1 2 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
मन भित्र को पत्रै पत्र!
TPS Work Permit/How long your took?
Another Song Playing In My Mind
Does the 180 day auto extension apply for TPS?
Travelling to Nepal - TPS AP- PASSPORT
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters