[Show all top banners]

dipika02
Replies to this thread:

More by dipika02
What people are reading
Subscribers
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 "जम्बो"

[Please view other pages to see the rest of the postings. Total posts: 21]
PAGE:   1 2 NEXT PAGE
[VIEWED 11916 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 2 pages, View Last 20 replies.
Posted on 11-22-07 11:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

            असारको महिना आकाशमा कालो बादल मडारिएर पानी झार्न ठीक्क भैराथ्यो। एघारको जाँच आउन जम्मा बिश दिन बाँकिथ्यो। घरमा हजुरबुवाको श्राद्ध भएर पाहुनाहरुको हल्लापनि चर्कोनैथ्यो। म ढोका थुनेर पढ्ने कोशिश् गरिराथेँ भाइ घरिघरि ढोका खोल्दै - "दिदि पुरेतबुवालाइ यो चहियो रे र त्यो चहियो रे बाबाले भन्नुभएको" भन्दै कोठामा आउँदै हल्लागर्न कम् गरेको थेन। लौ अब आज को दिन् चाँहि पढाइलाइ बिश्राम् दिनु पर्यो भनेर भन्चामा गयेँ आमा बिचरा ब्यैनभ्यै गरेर दल्लिरहनु भएको रहेछ। फेरि काम गर्ने केटि थरुनि थि उस्ले छोएको पुरेत्ले नखाने रे। आमा ले जाउ जाउ पढ्न म गरिहाल्छुनि येहाँ त भन्दै हुनुहुन्थ्यो तर मनले मानेन र पुरेतहरुको खान खाने ठाउँ ठिक् पार्नथालेँ। भाइ पनि हश्याङ् र फश्याङ् गर्दै पानि राख्नथाल्यो। पुरेतहरुको पुजा सिध्हियो र भान्चामा आउनथाल्नु भयो म पनि अब बरु पाहुनाहरुसगँ एक्छिन् गफ गर्छु भनेर तल ओर्लियेँ। भाइ पनि पछि लागेर आयो। दुबैजना ओर्लदैथ्योँ हाम्रो आँखा सानु कुकुर् मा टक्क अडियो। "कस्ले बाहिरको ढोका खुल्लै राखेछ" -म भन्दैथेँ ,भाइ त दौडेर त्यो कुकुरलाइ बोक्न थाल्यो। भाइलाई " त्यो फोरी कुकुरलाइ  नबोक कति रोगहरु ल्याएको होला" भन्दैछु उ के सुन्थ्यो र? दौडिहल्यो कुकुरबोकेर माथि भन्चातिर। लौ अब आज चाहिँ बाबाको पिटाइनै भेट्ने भयो भाइले भनेर उस्लाइ रोक्न माथि दौडदैथेँ एक्काशि पुरेतहरुको चिच्चाहट् सुनियो - "लौन यो कुकुर ले हाम्रो खान छोइदिनेभो ", बाबाले हत्तनपत्त भाइलाइ बाहिर तान्नु भयो र चर्को स्वोरमा भन्नु भयो-"कता बाट लेराको येस्तो लुते कुकुर् जा  येस्लाइ बाहिर छोड्, घरभित्र नलेरा", भाइ आँत्तियो र आमालाइ पुलुक्कहेर्यो । भाइले मायालाग्दो अनुहारले आमालाइ हेरेको देखेर आमाले काम्गर्ने केटिलाइ आदेश् दिनुभयो-- "अब यस्तो श्राद्धको दिन्मा पनि कसैले घरमा आएको कुकुरलाइ खान नदिकन लखेट्छ ? ल गोमा यो कुकुरलै माथि लगेर खाना खान दे", गोमा ले कुकुरलाइ माथि छत्मा लिएर गै अनि भाइपनि माथि गयो। बाबा र मलाइ खास्सै चित्त बुझेकोथेन तर आमाले भनेपछि हामीहरुले पनि केहि बोलेनौँ । मलाइ त्यो फोरि कुकुर देखेर टाउकोनै भाउन्न भैसक्याथ्यो अनि भाइलाइ भने- "त्यो फोरि कुकुरलाइ मेरो अगाडि चाहिँ नलेराउ है म तेस्लाइ  लात्ताले हन्दिन्छु"--आमालाइ मैले प्रयोग् गरेको शब्द मनपरेकोथेन र पुलुक्क मलाइ हेर्नु भयो म चुप् भैहालेँ। तल बरन्डामा अरुहरु सगँ गफ गर्दैथें भाइले त कुकुरलाइ नुहाइदिएर लेराएछ। उस्ले त्यो लुते कुकुरलाइ पाल्ने शुरकसेको मैले बुझिसकेकोथेँ। म उ सगँ बोल्दा पनि बोलिन। अनि उ माथि गयो। एक्छिन्मा सानु सोरमा उस्को आवज् सुनियो- "आमा यो कुकुरलाइ पालौँ यस्को नाम् पनि मैले राखिसकेँ जम्बो भनेर", मैले मुर्मुरिदै भने -"तेस्ता लुते कुकुरको नाम चाहिँ जम्बो रे", मेरो शब्दले आमाको मुखमा हासो जति लुकाउन खोजे पनि छायिरहेकोथ्यो। आमाले फेरि मलाइ हेर्दै अलिक मधुरो स्वोरमा भन्नुभयो-- "ठिकै छ नि त, भाइलाइ दुइ तिन् दिन् को रहर हो मेट्न देउ न त, फेरि यो भयो भने भाइ बहिर खेल्न पनि जादैन" --- मलाइ चित्त त बुझेको थेन तर आमाले भनेपछि न बाबाले केहि भन्नु भयो न त मैलेनै, खालि भाइ को रहर् भोलि नै मेटिवोस् भन्दै प्रार्थना गरिराथेँ। तर उस्को रहर् त कता बाट मेटिनु? उ त झन् झन् कुकुरको साथि भैराथ्यो। बाबाले तेस्को खोर् पनि बनाइदिनु भयो तल आगनमा।

        मेरो जाच भएर कोठमा राति सम्म बत्ति बलिराहुन्थ्यो आनि जति खेर् सम्म बत्ति बल्थ्यो त्यो जम्बो तेतिखेरसम्मै बाहिर भुकेर बसिराहुन्थ्यो। "कुनदिन् यस्लाइ धोबिखोलामा बगाइदिन्छु"-- म मुर्मुरिन्थेँ,  भाइ भने कुकुरभने पछि भुतुक्कै हुन थालेकोथ्यो। उ स्कुलबाट आउने बित्तिकै पुगिहल्थ्यो जम्बो भन्दै खेल्नलाइ । जम्बो पनि भाइलाइ देखेपछि पुछर् हल्लाउदै खुशि भएर उफ्रि उफ्रि खेल्न थाल्थ्यो। म जाँच दिन जाने बेलामा पनि पुछर् हल्लाउदै आदा बाटो सम्म छोड्न आउथ्यो। कति चोटि त सोचेको पनि थियेँ यस्लाइ यतैबाट कतै लगेर छोडिदिन्छु भनेर तर फेरि भाइले हुरुक्क गर्छ यो कुकुरलाइ भनेर भाइलाइ सम्झेर तेस्लाइ घर पठाइदिन्थेँ र जम्बो जान्थ्यो पनि।

        एकदिन् शुक्रबार् दिउसो भाइ स्कुलबाट आएर जम्बो सगँ खेलिराथ्यो, आमा भान्चामा खाजा बनाइरनुभएको थियो र मेरो जाँच सिद्धिएर सबै कितबहरु थन्काउन लागिरहेकोथेँ। एक्कशि ढ्वाङ गरेर ठुलो आवज आयो। म तेर्सेर बाहिर निस्के, आमापनि भान्चाबाट बाहिर निस्किनुभो। तल हेरेको त भाइ कुकुरसगँ खेल्दा खेल्दै भर्याङ्बाट लडेछ फेरि टाउको गएर मार्बल् को भुइँमा ठोकेछ, टाउकोबाट रगत ह्वाल्ह्वाल्ति आईरहेको देखेर आमा र म एक्कैचोटि चिच्चायोउँ। छिमेकिको घरको केदार दाइले देखिरहनु भएको रैछ दौडेर आउनुभो र भाइलै बोकेर असपताल दौडाउनुभो। आमापनि तेहि लुगामा रुदै केदरदाइसङ जानुभो।

               म आँत्तिएर बाबालाइ अफिसमा फोन गरेँ । बाबा पनि तर्सिनु भयो र म असपताल जान्छु तिमी घरमै बसिराख म केहि चहियो भने फोन गर्छु भन्नुभयो। मलाइ त झन् के गर्ने के गर्ने छट्पटि हुन थाल्यो अनि यो जम्बोलाइ त आज गाडिनै दिन्छु भनेर रिस्ले चुर् हुँदै बहिर निस्केकोथियेँ तल हेर्दा त जम्बो त्यो भाइको रगत लागेको भुइँमा लम्पसार परेर कुइँ कुइँ गर्दै रोइरहेको रहेछ। चार चोटि "जम्बो" भन्दा पनि हेरेन र कुइँ कुइँ गरिनैरह्यो । जम्बो को त्यो द्रिश्य देखेर मेरा सबै रिशहरु मरे र उल्टो तेस्को माया लाग्यो । धेरै बेर् पछि आमा आउनु भयो। भाइको चोट गहिरो रेछ, फेरि बाटोमा मुर्छा परेछ तेसैले दुइ दिन् अस्पताल्मा राख्नु पर्ने भएछ। जम्बो ले आमालाई देख्ने बित्तिकै जुरुक्क उठ्यो र कुइँ कुइँ गर्दै आमानेर गयो अनि चारै तिर हेर्यो र ढोकामा पुग्यो, उस्ले आमाले भाइलाइ लिएर जानु भएको देख्याथ्यो तेसैले भाइ पनि आएको होला भनेर भाइलाइ खोज्दैथ्यो। कतै नदेखेपछि फेरि तेहि भुइँमा आएर लम्पसार् परेर सुतिरह्यो।
               घरम सबैजना चिन्तित्थ्योउँ तर जम्बो बढिनै चिन्तित्थ्यो। त्यो दुइ दिन् जम्बोले केहि खाएन र बाबाले खोर्मा राख्न खोज्दा पनि नमानेर त्यहिँ भुइँ मा सुतिरह्यो। जो घरमा आउँदा पनि पुच्छर् हल्लाउदै स्वगत् गर्ने जम्बो कसैको पनि आहट् सुनेपछि एक्चोटि उठेर हेर्थ्यो भाइनै होकि भनेर अनि फेरि होइन रहेछ भनेर लम्पसार् परिहाल्थ्यो।
              दुई दिन पछि बाबाले भाईलाई लेराउनु भयो। भाई ढोका बाट भित्र छिर्ने बित्तिक्कै जम्बो दौडेर गयो उस्को स्वगत् गर्नलाइ। दुइ दिन् देखि केहि नखाएर झोक्र्याई रहेको जम्बो एक्कासि भाईलाइ देखेर उफ्रि उफ्रि  भाइको मुख, हात, खुट्टा चाट्न थाल्यो। उस्को खुशि आगनैभरि छछल्किराथ्यो। उस्ले भाईको पाइजामा दात् ले तान्दै पुलुपुलु भाइलाई हेरिरह्यो मानौ कि उस्ले भाइ सङ माफि मागिरहेको थियो। म त्यो द्रिश्य हेरिरहेँ। दुइ दिन देखि केहि नखाएर भुइँमा पसारीरहेको जम्बो आज भाईलाई देख्ने बित्तिक्कै उस्का जोस् जाँगरहरु उर्लेर आए। मैले मन् मनै सोचेँ सायद येहि होला आत्मियता भनेको।  

Last edited: 22-Nov-07 11:58 AM
Last edited: 22-Nov-07 11:59 AM
Last edited: 22-Nov-07 12:59 PM

 
Posted on 11-22-07 12:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Hi Dipika Ji, your articles reflect the truth on each line, it seems like going through our own past. Previous article reminded me of my intial days in the US, and with this one I'm compelled to recall all those moments that I spent in Nepal with my dog. How do you even come up with these themes for your writing, you've an incredible talent. Please do keep on writing more and provide us an opportunity to express our feelings on these genuine articles.
 
Posted on 11-22-07 1:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दिपिकाजी,

 धन्यवाद है ,मज्जाले लेख्नु हुदो रे'छ। मेरो लागि त हजुरको लेखाइ खुराक जस्तै भएको छ आज भोलि।  खुब पढ्छु  खोजेर।

जनावरमा पनि संवेदना प्रच्छन्न रुपमा हुन्छ। दुखको कुरो बरु आजभोलि  मान्छेहरुमा संवेदनशिलता  हराउदै गएको छ।

  यहाँ  मान्छेले कुकर पालेको देखेर कहिले त खुब हाँसो उठ्छ तर । मेरो एकजना साथीकोमा  उस्को श्रीमान, छोरी अनि  उ जम्मा  ३ जना परिवार छ ५ वटा कुकुर छ  

 


 
Posted on 11-22-07 3:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Dipika,

I knew how good you are in technical field , but I didn't know how good of a writer you are. Without any doubt  I can say that I come to sajha just to see if there is any articles that you have posted. Your articles are very honest and true, Please keep on writing....

ka.le.jo

Last edited: 22-Nov-07 03:39 PM
Last edited: 22-Nov-07 03:49 PM

 
Posted on 11-22-07 7:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Dipika, ur writings r so touchy. tehi ho atmiyata pakkai pani. aru pani lekhnu hola.

thanks


 
Posted on 11-22-07 9:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

DPKA,

Flawless writing, praiseworthy.Thnx

 
Posted on 11-23-07 8:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो प्रस्तुती पनि राम्रो लाग्यो।

अरु पनि पढन पाईयोस।


 
Posted on 11-23-07 8:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

atyanta sundar lekhai dipika ji'....plz do post more

 

Thanks

sate-


 
Posted on 11-23-07 11:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ashmaji, all my stories that I have written so far are true stories so that might be the reason I was able to pick these particular themes...thank you for your time...

miss_me ji, हजुर को कुरा सुनेर धेरै खुसि लाग्यो जे होस् जति समय लगाएर टाइप गरे पनि समयको मुल्ल पाएँ धन्यवाद...

kalejo, धन्यबाद् है मेरो लागि तेस्तो राम्रो सोचाइ राखीदिनु भएकोमा। हजुर को कुरा सुन्दा त अलि चिनेकै मन्छे पर्नु भयोकि झैँ लाग्यो तर हेर्नुस् न मैले नाम्ले चहिँ ठम्यौनै सकिन, तेसैले मिल्छ भने मलाइ हजुर को साक्चिकै नाम भन्नुस् इमेल् नै गरेपनि हुन्छ म आभारि हुने थियेँ...

urfrenrites, thank you for ur time.... I am glad that u found it touchy

ritthe, thank u for ur feedback

दीप, हजुरहरु कै प्रेरणा को नतिजा हो यो...धन्यवाद

sate ji, I will try to post more...thank you

Last edited: 23-Nov-07 01:48 PM

 
Posted on 11-23-07 9:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

DIPIKA02

very heart touching. My eyes were filled with tears when I read it. Keep it up and I hope that afterwards you don't hate any dogs as Lute KUKUR !!!

 

nice expression !!


 
Posted on 11-24-07 9:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

spearhead, thank you for ur comments.....yes I do not call any dogs as "Lute Kukur" cuz  Jumbo taught me that no matter how weak they are they know how to be loyal and this is something I will always remember.
 
Posted on 11-25-07 9:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दिपिका, हाम्रो नाममा के नै छ र? जे छ तिम्रै नाममा पो छ,
तिम्रो मिठो स्वोरले मेहेफिल सजाइ दिन्छ
तिम्रो मुसुक्क हाँसो ले सबलाइ घायल पार्छ
तिमी आउछेउ पुर्णिमा को जुन सरि
जब जान्छेउ लाग्छ सुन्य भो ओरिपरि
Last edited: 25-Nov-07 10:41 AM

 
Posted on 11-26-07 4:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Dipika Ji,

Your short stories are very simple, yet heart touching. To be honest, I wasn't much crazy about this section(Stories) of Sajha up until I found your previous story (Mahottokanchya). These days almost all of my sajha time is spent gazing this section. It is you who inspired me to read other stories, essays and literature on this site. Now I realize what I've been missing here. Thank you very much. I am looking forward to reading another piece of your amazing writing skill. 


 
Posted on 11-27-07 6:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Dipika, just want to let you know that you're a wondeful writer. I come to sajha for you and only for you. I know you very well, we have met a couple of  times and talked too. I'm not sure if you remember me or not, but I definitely do. You're a great speaker too. I just fell for your simplicity whether it's writing or speaking. It's very difficult to find a person like you these days,  you're simply amazing. Words will fall short if I start writing about how much do I care for you, you're the best dipika. Please don't stop writing, would be waiting for your next one....
Last edited: 27-Nov-07 07:52 PM

 
Posted on 11-27-07 9:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दीपीका जी अर्को प्रस्तुती को पर्खाइमा छौ है। तपाईंको शब्दहरु अत्यन्त मीठा छन्। लेख्दै जानु होला।
उही
सोमेसार्की

 
Posted on 11-27-07 9:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

kalejo and kancha..thank you very much for your words, but i would like to request you kindly that please do not post any personal notes in this public site. If you guys know me personally I would prefer u guys come and talk to me directly. Please take it as a friendly request...Thank you

puntedamai ji and somesarki ji---thank you for the comments....I will try to come up with something soon. thanx!!!!!

Last edited: 28-Nov-07 06:22 PM

 
Posted on 11-27-07 10:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मार्मिक!

 
Posted on 12-06-07 3:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

so touching.........i hate lute kukur but this story has changed my outlook.

 
Posted on 12-06-07 4:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल बल्ल रमाईलो कुरा सुन्न पाइयो दीपिकाजीको तर्फ बाट! :)

दिक्क लाइरा' बेलाँ आफुलाई नि आफ्नो घरको पप्पिको याद आयो। नाम मात्र पप्पि हो हुन चाहिँ अझङ्गको छ। बजिया जम्मा १२ दिनको पप्पि हुँदा घर ल्याएको उइलेई पप्पि पप्पि भन्दा भन्दा नम नै त्यहि रह्यो। जता पायो त्यतै आचि गर्दै हिँड्थ्यो। पछि हुर्केर गएसि आफ्नो घरको बाहेक सबैलाई काच्चै खाउँला जस्तो गर्न थाल्यो। अझै छ बजिया, अब त बुढो हुन थाल्यो, बर्षौँ भयो!

धन्यवाद लेखाइको लागि!


 
Posted on 12-06-07 5:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

birkhey mula...oops i mean maila :D...sochi raako birkhey ley puppy ko kura ahiley samma kina garena bhanera :P...balla guff jhikyo keto ley :)...when u gettin bak here ???

Dipika nice story :)...

 



PAGE:   1 2 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
TPS Re-registration case still pending ..
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
Nas and The Bokas: Coming to a Night Club near you
मन भित्र को पत्रै पत्र!
Will MAGA really start shooting people?
TPS Work Permit/How long your took?
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Breathe in. Breathe out.
3 most corrupt politicians in the world
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
शीर्षक जे पनि हुन सक्छ।
Disinformation for profit - scammers cash in on conspiracy theories
Travelling to Nepal - TPS AP- PASSPORT
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters