[Show all top banners]

Kevin_ekstrom
Replies to this thread:

More by Kevin_ekstrom
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 तान्त्रिक

[Please view other pages to see the rest of the postings. Total posts: 38]
PAGE:   1 2 NEXT PAGE
[VIEWED 17949 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 2 pages, View Last 20 replies.
Posted on 10-19-07 1:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 तान्त्रिकले आफ्ना सहयात्रीहरु मध्य कसैले ल्याएको किताब छान्यो। पानाहरु पल्टाउदै जाँदा उसले नार्सिकसको कथा फेला पार्यो।

तान्त्रिकलाइ नार्सिकसको किम्बदन्तीको बारेमा थाह थियो, एउटा ठिटो, जो सधै एक तलाउको छेउमा बसि आफ्नो सौन्दर्य अवलोकन गरिरहन्थ्यो। ऊ आफू स्वयम देखि यति मन्त्रमुग्ध थियो कि, एक बिहान, त्यो ठिटो त्यो तलाउमा खस्यो र डुब्यो। ऊ जहा खसेको थियो, त्यहा एउटा फूल पलायो, जसको नाम, नार्सिकस रहन गयो।

तर त्यो किताबको लेखकले कथाको अन्त्य त्यसरी गरेको थिएन।

लेखकले भनेको थियो, जब नार्सिकस मर्यो, त्यो जंगलकी देवी देखा परिन् र त्यो तलाउ फेला पारिन्, जुन पहिले ताजा पानीको थियो, अहिले नुनिलो आँसुको तलाउमा परिणत भएको थियो।

"तिमी किन रुन्छौ?" देवीले सोधिन्।

"म नार्सिकसको लागि रुन्छु।" तलाउले भन्यो।

"यो छक्क लाग्दो कुरा त हैन कि तिमी उसको लागी रुन्छौ", उनिहरुले भन्थे, "जव  हामी सधै उसलाइ जंगलमा पछ्याइरहन्थ्यौँतिमी चाहिँ एक्लै नजिकैबाट उसको सौन्दर्य अवलोकन गरिरहन्थ्यौ।"

"तर ..... के नार्सिकस सुन्दर थियो र?" तलाउले सोध्यो।

"त्यो त तिमीलाइ जत्ति अरु कसलाइ थाह होला र?" देवीले छक्क पर्दै भनिन्। "ऊ आफ्नो सौन्दर्यावलोकन तिम्रै किनारमा बसेर त गर्दथ्यो।"

त्यो तलाउ केहि समयको लागि चुपलाग्यो र भन्यो:

"म नार्सिकसको लागि रुन्छु, तर मैले कहिले पनि उसको सौन्दर्यप्रति ध्यानै दिइन। म रुन्छु, किनभने हरेक पटक ऊ मेरो किनारमा घुँडा मारेर झुक्दा, , उसको आँखाको गहिराइमा आफ्नो सौन्दर्य प्रतिबिम्बित भैरहेको देख्दथेँ।"

"कस्तो राम्रो कथा!" तान्त्रिकले मनमनै भन्यो।

                                                                   * * * * * * *

भाग

त्यो ठिटोको नाम सान्टियागो थियो। त्यो जिर्ण गिर्जाँघरमा भेडाका बथान सहित आइपुग्दा साँझपर्नै आँटेको थियो। गिर्जाघरको छाना धेरै पहिलेनै खसिसकेको थियो, र गोप्यकोठा रहेको ठाउँ बाट एक बिशाल शिशौँको रुख पलाएको थियो।

उसले त्यहाँ रात बिताउने निर्णय गर्यो। जव उसले भेडाका बथानहरु भत्किएको मुलढोका बाट भित्र छिरेको देख्यो, तव केहि काठका पाताहरु ढोकामा तेर्स्याएर राखिदियो, ता कि भेडाहरु राती बाहिर नभड्किउन्। त्यो क्षेत्रमा ब्वाँसाहरु त्यति थिएनन्, तर एक पटक एउटा भेडा राती हुँदो हराएको थियो, र उसलाइ भोलिपल्ट दिनभरी खोजिरहन परेको थियो। 

उसले आफ्नो ज्याकेटले भुई सफा गर्‍यो र भर्खर पढिसकेको किताबको सिरानी हालेर पल्टियो। अनि आफूले आँफैलाई मोटा किताबहरु पढ्न सुरु गर्न भन्यो, जुन लामो समयसम्म टिक्थ्यो र बढी आरामदायी तकियाको पनि काम गर्थ्यो।

ऊ बिउझिँदा अझै अँध्यारै थियो, र माथि हेर्दा छानो भत्किएकोले आकाशका ताराहरु देख्न सक्थ्यो।

अझै अलिकति सुत्न मन थियो, उसले सोच्यो। उसले अहिले त्यहि सपना देखेको थियो, जुन उसले एक हप्ता अगाडिको राती देखेको थियो, र आज पनि सपना सिद्धिन नपाउदै ऊ ब्युँझिएको थियो।

ऊ उठ्यो र लठ्ठीले झक्झक्याउँदै सुतिरहेका भेडाहरुलाई उठाउन सुरुगर्‍यो। उसले याद गरेको थियो, जब ऊ उठ्यो, तब भेडाहरु पनि सल्बलाउन सुरु गरिसकेका थिए। यस्तो लाग्दथ्यो कि एउटा अद्र्‍श्य शक्तिले उसको र भेडाहरुको जीवन बाँधिएको थियो, जसलाइ घास र पानीको प्रबन्ध मिलाउन गाउँहरु चाहार्दै उसले दुइ बर्ष बिताइसकेको थियो। यिनीहरु म संग यति रत्तिसकेका छन् कि म कुन बेला के गर्छु सबै यिनीहरुलाइ थाह छ, उसले मधुरो आवाजमा भन्यो। कुरा सोच्दै जाँदा उसले यो पनि मनन गर्यो, यो नभएर यसको ठीक उल्टो भएको पनि हुन सक्थ्यो: भेडाहरु नभएर ऊ चाहिँ भेडाहरुको दैनिकीसंग अभ्यस्त भएको पनि हुनसक्थ्यो।

तर केही भेडाहरु यस्ता थिए, जो अली ढिला उठ्ने गर्दथे। ठिटोले एक एकको नाम बोलाउँदै लठ्ठीले तिनीहरुलाई झक्झक्यायो। आफूले बोलेको भेडाहरुले बुझ्छन भन्ने कुरामा उसले सधैं विश्वाश गरेको थियो। त्यसैले ऊ समय समयमा आफूले पढ्ने किताबबाट घत लाग्द हरफहरु भेडाहरुलाई पढेर सुनाउथ्यो, कहिले भने एक भेडागोठालोले चरनमा भोग्ने एक्लोपना वा खुशीका बारेमा भन्थ्यो। कहिलेकाहिँ गाउँहरु हुँदै जाँदा देखेका कुराहरुका बारेमा आफ्नो बिचार पनि सुनाउथ्यो।

तर बिगत केही दिन देखी भने उसले भेडाहरुसंग मात्रा एउटै कुरा गरिरहेको थियो, त्यो केटी, एउटा साहुकी छोरी, जसको गाउँमा उनीहरु चार दिन हिंडेपछी पुग्थे। त्यो गाउँमा ऊ जम्मा एक पटक पुगेको थियो, एक बर्ष पहिले। त्यो साहुको एउटा सुकेका सामान बिक्री गर्ने खुद्रा पसल थियो, र भेडाको ऊन कात्दा आफू नठगिऊँ भनेर सधैं आफ्नो अगाडिनै कात्न लगाउँथ्यो। उसको एउटा साथीले उसलाइ त्यो पसलको बारेमा भनेको थियो, अनि उसले आफ्ना भेडाहरु त्यहाँ लगेको थियो।

                                                                   * * * * * * *

 "म केही ऊन बेच्न चाहन्छु", ठिटोले साहुलाई भन्यो।

पसलामा भिंड थियो, र साहुले त्यो गोठालो ठिटोलाई दिउसो सम्म पर्खिन भन्यो। त्यसैले त्यो केटो एउटा किताब निकालेर पसलको भर्‍याङमा पर्खिंदै बस्यो।

"गोठालाहरुलाई पनि पढ्न आउँछ र, मलाई त थाहा थिएन", उसको पछाडिबाट एउटी युवतीको आवाज ले भन्यो।

सलल बगिरहेका कालो कपाल र मुस्लिम बिजेताहरुकाझैं आँखा भएकि त्यो युवती खाँटी आन्दालुसियन देखिन्थी।

"वास्तबमा, म किताबहरु भन्दा मेरा भेडाहरुबाट बढि कुरा सिक्ने गर्दछु", उसले जवाफ दियो। तिनीहरु बीच भएको दुइघन्टाको बार्तालापमा, केटिले आफू त्यो साहुको छोरी भएको कुरा र उसको गाउँको जीवन, जहाँ हरेक दिन अरु कुनैपनि दिन जस्तैनै हुन्थ्यो, को बारेमा बताइ। गोठालोले भने आन्दालुसियाको छिमेकी गाउँहरु र आसपासका शहरहरु, जहाँ उसले रोकिंदै यात्रा गरेको थियो, संग संबन्धित खबरहरु बतायो। भेडाको सट्टा कुरा गर्ने अरु कोहि पाउँदा उसलाइ रमाइलो लागिरहेको थियो।

"तिमीले पढ्न कसरी सिक्यौ?" एक पटक केटीले सोधि।

"जसरी सबैले सिक्छन्", उसले भन्यो। "बिद्यालयमा"

"यदि तिमी पढ्न जान्छौ भने, किन तिमी एउटा गोठालो मात्र भएको त?"

केटोले गुनगुनाएझैं गरी एउटा जवाफ दियो, जसले गर्दा उसलाइ केटिको प्रश्नको सिधा जवाफ दिईरहन परेन। उसलाइ थाह थियो त्यो केटीले कहिलेपनि बुझ्नेछैन। जव उसले आफूले गरेका यात्राहरुका बारेमा भन्दैगयो, भय र उत्सुकताले गर्दा युवतीका ती चम्किला मुस्लिम बिजेताहरुकाझैं लाग्ने आँखाहरु झन फराकिला हुँदै गए। समय बित्दै जाँदै थियो, तर केटो भने मनमनै रम्दैथियो र कल्पिदैथियो, यो दिन कहिल्यै नसकिए पनि हुँदो हो,वा त्यो साहु यस्तै ब्यस्त भएर उसलाइ तिन दिन सम्म कुराए पनि हुँदो हो। उसले मनन गर्यो, कि अहिले त्यस्तो कुराको अनुभव गर्दै छ जुन उसले पहिले कहिल्यै पनि गरेको थिएन: सँधैका लागि एकै ठाऊँमा बस्ने इच्छाको। त्यो घना कालो कपाल भएकी ठिटीसंग, उसका दिनहरु कहिल्यै पहिलेका जस्ता नहुँदा होलान।

तर अन्तमा साहु आइपुग्यो र त्यो ठिटोलाई चारवटा भेडाका ऊन कात्न भन्यो।

उसले ऊनको पैसा तिरेपछी त्यो गोठालो ठिटोलाई फेरी अर्को बर्षपनी आउन भन्यो।

                                                                     * * * * * * *

र अहिले ऊ त्यही गाउँमा पुग्न मात्र चार दिन बाँकी थियो। ऊ उत्सुक थियो, र साथसाथै असजिलो पनि मान्दैथियो: हुनसक्छ, त्यो केटीले उसलाई बिर्सिसकेकी होली। धेरै भेडागोठालाहरु आउने जाने गर्थे, ऊन बेच्न।

"केही छैन", उसले आफ्ना भेडाहरुलाई भन्यो। "मैले अरु ठाउका अरुनै केटीहरु पनि चिनेको छु"

तर उसको मनलाई थाहा थियो कि केही थियो। र उसलाई थाहा थियो, कि गोठालाहरु, सामुन्द्री अन्वेशकहरु वा घुमन्ते ब्यापारीहरुलेझैं सधैं एउटा शहर फेला पार्थे, जहाँ उनिहरु आवारा जीवनको रमाइलो भुलाउने कोही पाउँदथे।

साँझ पर्दैथियो, र गोठालो भेडाहरुलाई अस्ताउँदो सुर्यतिर निर्देशित गर्दैथियो। यिनीहरुलाई कहिल्यै कुनै पनि निर्णय गर्नुपर्दैन, उसले सोच्यो। त्यसैले होला यिनिहरु सधैं मेरा नजिकै रहन्छन।

भेडाहरुको एउटैमात्र मतलव हुन्थ्यो, घास र पानीको। र जहिलेसम्म त्यो ठिटो आन्दालुसियाका उत्कृष्ट चरनहरु भेट्टाउन सक्थ्यो, त्यहिलेसम्म कालागी ती भेडाहरु उसका साथीनै हुन्थे। हो, भेडाहरुका सबै दिनहरु उस्तै हुन्थे, ती अकाट्य लाग्ने सुर्योदय देखि सुर्यास्तसम्मका प्रत्यक घण्टाहरु; र तिनीहरुले आफ्नो बालककालमा कहिल्यै पनि कुनै किताब पढेका थिएनन, र त्यो ठिटोले शहरका ठाउँहरुको बारेमा भन्दा केही बुझ्दैनथे। उनीहरु घाँस र पानीमै खुशी थिए, र बदलामा, मनग्य ऊन दिन्थे, साथ दिन्थे, , कहिलेकाहिँ, आफ्नो मासु दिन्थे।

यदि अहिले म शैतान बनेर, एक एक गर्दै यी सबै भेडाहरुलाई मार्न सुरु गरेँ भने, बथानका प्राय:सबै भेडाहरु मरिसकेपछि मात्र यिनीहरुले चाल पाउँछन। यिनीहरु मलाई विश्वास गर्छन्, र आफ्नो इछ्यानुसार चल्न पनि बिर्सिसकेकाछन, किनभने यिनीहरुको दानापानीको प्रबन्ध गर्ने म भएको छु।

ठिटो आफ्नो सोचाइप्रती छक्क पर्‍यो। सायद, त्यो गिर्जाघर, जसको भित्रैबाट त्यत्रो बिशाल शिशौंको रुख पलाएको थियो, मा प्रेतात्माले बास गरेको थियो। जसले गर्दा उसले त्यही सपना दोहोर्‍याएर देखेको थियो, र आफ्ना विश्वासिला साथीहरुप्रति पनि रिस उठिरहेको थियो। उसले हिजो पिएर बाँकिरहेको रक्सीबाट अलिकती पियो र ज्याकेटलै तानेर आफ्नो नजिकै राख्यो। उसलाइ थाह थियो, अहिलेको केहि घण्टापछि, सुर्य मध्य आकाशमा पुग्दा, यती गर्मी बढ्नेछ, कि ऊ ती भेडाका बथानलाइ चरन पार गराउन असमर्थ हुनेछ। त्यो, दिनको यस्तो समय थियो, जुनाबेला गर्मीयामभरी सारा देशनै सुत्ने गर्दथ्यो। साँझ परुन्जेल गर्मीनै थियो, र त्यतिन्जेल उसलाइ त्यो ज्याकेट बोक्न परिरहेको थियो। तर जव ऊ त्यो बोकाइको झन्झटको मनमनै गुनासो गर्दैथियो, उसले सम्झियो, कि त्यहि ज्याकेटलेगर्दा ऊ बिहानीपखको जाडो थेग्न समर्थ हुनेछ।

समय अनुसार चल्न संधै तयार हुनुपर्छ, उसले सोच्यो, र ज्याकेटको तौल र न्यानोपना दुबैप्रति धन्यवादभाव प्रकट गर्‍यो।

त्यो ज्याकेटको एउटा उद्देश्य थियो, र त्यो ठिटोको पनि। उसको जीवनको उद्देश्य थियो, यात्रा गर्नु, र यो दुइबर्षे यात्रामा उसले आन्दालुसिया प्रदेशका सबै शहरहरुको बारेमा थाह पाइसकेको थियो। ऊ योजना बनाउदैथियो कि ऊ बताउनेछ, यो भेटमा, कसरी एउटा साधारण गोठालोले पनि पढ्नजान्यो। यो पनि, कि उसले सोर्‍ह बर्षको हुन्जेलसम्म पढ्न जाने गर्दथ्यो। उसका बाबुआमा उसलाइ पादरी भएको हेर्न चाहन्थे, जुन एक साधारण किसान परिवारको लागि गर्वको कुरा हुनसक्थ्यो। उनीहरुलाइ सिर्फ खानकै लागि कडा मेहेनत गर्नुपर्थ्यो, भेडाहरुले झैं। उसले ल्याटिन, स्पेनिस र धर्मशास्त्रको बारेमा अध्ययन गरेको थियो। तर उसले सानै उमेर देखि यो संसार जान्न चाहेको थियो, र उसका लागि यो, भगवानलाइ चिन्नु र मान्छेका पापहरुका बारेमा जान्नु भन्दा धेरै महत्वपूर्ण थियो। एक दिन दिउसो, आफ्नो परिवारलाइ भेट्न जाँदा, उसले हिम्मतकासाथ आफ्नो बाबालाइ भनेको थियो, कि ऊ पादरी बन्न चाहँदैन। बरु ऊ यात्रामा जान चाहन्थ्यो।

                                                                  * * * * * * *

"संसारका सबै मानिसहरु यो गाउँमा आएका छन्, छोरा"। उसको बाबाले भने। "उनीहरु नयाँकुराको खोजीमा आउँछन, तर जव तिनीहरु जान्छन्, त्यस्तै हुन्छन जस्तो तिनीहरु यहाँ आउँदा थिए। उनीहरु पहाड चढेर त्यो दरवार हेर्छन्, र सोच्न बाध्य हुन्छन कि अहिलेभन्दा पहिलेको समय राम्रो थियो। उनीहरु पहेलो कपाल भएकाहरु हुन वा कालो छाला, बास्तवमा तिनीहरु त्यहि मानिसहरु हुन जो यहाँ पहिले देखि बसिरहेकाछन्"।

"तर म तिनीहरु बस्ने शहरका दरवारहरु हेर्न चाहन्छु", ठिटोले भन्यो।

"ती मानिसहरु जब हाम्रो गाउँ देख्छन, तब भन्छन कि उनीहरु सदाका लागी यहिँ बस्न चाहन्छन्"। बाबाले फेरी भने।

"जे होस्, म तिनीहरुको ठाउँ देख्न र तिनीहरुको जीवन हेर्न चाहन्छु", केटोले भन्यो।

"यहाँ आउँने मानिसहरुसंग प्रशस्त पैसा हुन्छ, त्यसैले उनीहरु निस्चीन्त भएर घुम्न सक्छन", उसको बाबाले भने। "हामीहरु मध्यमा घुम्ने काम त गोठालाहरु मात्र गर्छन"।

"त्यसोभए म पनि गोठालो हुन्छु।"

उसको बाबाले त्यसपछि केहि पनि भनेन। भोलीपल्ट, उसले आफ्नो छोरालाई तीनवटा पुराना सुनका सिक्काहरु दियो।

"यो मैले एक दिन खेतमा भेट्टाएको थिएँ, यी सिक्काहरु म तिमीलाइ तिम्रो अंशको रुपमा दिंदैछु। तर यसले तिमी भेडाहरु किन्नु। तिनलाइ चराउँदै घुम्दै जाँदा कुनैदिन तिमीले थाह पाउछौ, तिम्रो गाउँ सबभन्दा राम्रो रहेछ, र यहाँका केटीहरुनै सबभन्दा सुन्दर रहेछन।"

र उसले त्यो ठिटोलाइ आसिक दियो। त्यो ठिटोले उसको बाबुको हेराइमा देख्नसक्थ्यो, कि खाने, लाउने, र हरेक रात सुत्ने एउटा ठाउँको लागि संघर्ष गर्दागर्दै एक दर्जन भन्दा बढि बर्षहरुमा ऊ आफैंले दवाएको त्यो संसार घुम्नसक्ने हुने इछ्या, अझै जीवित थियो।

                                                                      * * * * * * *

क्षितिज हल्का रातो भएको थियो, र अचानक सुर्य देखापर्‍यो। ठिटोले आफ्नो बाबुसंग गरेको कुराहरु सम्झियो र खुशीले दंग पर्‍यो। उसले अहिले सम्ममा नै धेरै दरवारहरु देखिसकेको थियो र धेरै केटीहरु पनि भेटिसकेको थियो (तर उसलाई अहिले पर्खिरहेकी जस्ति चाहिं देखेको थिएन)। ऊ संग अहिले एउटा ज्याकेट थियो, एउटा किताब जुन अर्को संग साट्न सक्थ्यो र एक बथान भेडाहरु थिए। तर, सबभन्दा महत्वपुर्ण, ऊ आफ्ना हरेक दिनहरु सोचे अनुसार बिताउनसक्थ्यो। आन्दालुसियाका चरनहरु देखि थकाईलागे, ऊ भेडाहरु बेचेर समुन्द्रि ईलाकामा जान सक्थ्यो। समुन्द्र देखि थकाई लागुन्जेल सम्ममा, उसले धेरै शहरहरु र केटीमान्छेहरु देखिसकेको हुन्थ्यो, र सुखीहुने धेरै मौकाहरु पाइसकेकोहुन्थ्यो। मैले धर्मशास्त्र पढ्ने ठाउँमा भगवान भेट्टाउदिनथें होला, सुर्योदयलाई हेर्दै उसले मनमनै भन्यो।

आफ्नो क्षमताले भ्याएसम्म ऊ यात्राका नयाँ बाटाहरु पहिल्याइरहन्थ्यो। उसले यो ईलाका बाट धेरै पटक यात्रा गरेपनि, यो भत्केको गिर्जाघरमा कहिल्यै आएको थिएन। संसार, घुमेर कहिल्यै नसकिने ठुलो रहेछ; उसले आफ्ना भेडाहरुलाइ बाटो लगाएर हिड्नमात्र पर्थ्यो, र उसले नयाँ र चाखलाग्दा कुराहरु पत्तालगाइसकेको हुन्थ्यो। समस्या के थियो भने, भेडाहरुलाई उनीहरु प्रत्यक दिन नयाँ बाटो हिंडिरहेकाछन् भन्ने कुरा नै थाह हुन्थेन। भेडाहरु नयाँ चरनहरु आएको र मौसम परिवर्तन भएको पनि देख्दैनन। खाली घाँस र पानीको मात्र ध्याउन्न गर्छन।

हुनसक्छ, हामीहरु सबै त्यस्तैनै छौं, केटोले आफैंमा मनन गर्यो। म पनि, त्यो साहुकी छोरीलाई भेटेपछि अरु केटीहरुको बारेमा सोचेकै छैन। सुर्यतिर हेर्दै, उसले अड्कल काट्यो कि मध्यदिन सम्ममा ऊ तरिफा पुग्नेछ। त्यहाँ उसले आफ्नो किताब मोटो किताबसंग साट्न, आफ्नो रक्सीको बोतल भर्न, दाह्री र कपाल काट्न सक्नेछ; उसलाई त्यो केटीसंग भेट्नको लागि तयार हुनुथियो, र ऊ अरुकुनै धेरै भेडाका बथान भएको गोठाला त्यहाँ पुगेर त्यो केटीको हात माग्नसक्ने सम्भाब्यताको बारेमा सोच्न चाँहदैनथ्यो।

आफूले देखेको सपना साँचो हुनसक्ने संभावनाले नै जीवनलाई रमाइलो बनाउँछ, उसले आकाशमा सुर्यको स्थानलाई हेर्यो र अफ्नो गती बढायो। उसले अचानक याद गरेको थियो, कि तरिफामा सपनाको अर्थ बुझाउने बुढी आइमाई बस्दथी।

                                                                                          * * * * * * *

त्यो बुढी आइमाईले त्यो ठिटोलाई उसको घरको पछाडिको कोठामा लगी, त्यो कोठा उसको बैठककोठाबाट रङ्गीचङ्गी गेडाका मालाहरुको पर्दाले छुट्टिएको थियो। त्यो कोठामा एउटा टेबल, दुइवटा कुर्सी र यशुको प्रतिमुर्ति थियो।

त्यो आइमाई कुर्सीमा बसी र उसलाई पनि बस्न भनी। अनि उसका दुबै हातहरु आफ्नो हातमा लिएर शान्तसंग प्राथना गर्नथाली।

त्यो जिप्सीहरुको प्राथना जस्तै सुनिन्थ्यो। ठिटोले बाटामा नै जिप्सीहरुसंग भेट गरिसकेको थियो। तिनीहरुपनि यात्रा गर्थे, तर तिनीहरुसंग भेडाका बथानहरु हुन्थेनन। मानिसहरु भन्थे, जिप्सीहरु सारा जीवन अरुलाई ठग्दै बिताउँथे। यो पनि भनिन्थ्यो, कि तिनीहरु शैतानसंग साझेदारी गर्थे, बच्चाहरु अपहरण गरेर आफ्ना अनौठालाग्दा छाप्राहरुमा लैजान्थे र तिनीहरुलाई आफ्नो दास बनाउँथे। सानो छँदा, त्यो ठिटो सँधै जिप्सीहरुले अपहरण गर्लान भनेर डरमर्दो हुन्थ्यो, र अहिले त्यो बुढीले हात समाउँदा उसलाई त्यहि डर फेरी लागेको थियो।

तर ऊ संग त्यहाँ त यशुको प्रतिमूर्ति पनि छ, ठिटोले सोच्यो र अलि सजिलो महसुस गर्‍यो। ऊ आफ्नो हात काँपेको र त्यो बुढीलाई आफू डराएको देखाउन चाँहदैनथ्यो। उसले मनमनै आफ्नो मन्त्र पढ्यो।

"धेरै चाखलाग्दो", त्यो आइमाईले ठिटोको हातहरुमा एक टकले हेर्दै भनी, र फेरी चुप लागी।

ठिटोले असजिलो मान्नथालिसकेको थियो। उसका हातहरु काँप्नथाले, र त्यो आइमाईले चालपाई। उसले छिटोसंग आफ्नो हात तान्यो।

"म यहाँ तिमीलाई मेरो हात देखाउन आएको थिइन", उसले आएकोमा पछुताउँदै भन्यो। एक पलको लागि उसले फेरी सोच्यो, यसलाई त्यसको ज्याला तिरेर केहि नसिकी जानुनै राम्रो होला, सायद उसले आफ्नो सपनालाई अनावश्यक महत्व दिइरहेको थियो।

"तिमी यहाँ आयौ किनकि तिमी आफ्नो सपनाको बारेमा जान्न चाहन्थ्यौ", त्यो बुढी आइमाईले भनी। "र सपनाहरु भनेका देउताका बोलि हुन्। जव देउताहरु हाम्रो भाषामा बोल्छन, म त्यसको अर्थ लगाउन सक्छु। तर यदि उनीहरु आत्माको भाषामा बोल्छन् भने यो तिमीले मात्र बुझ्नसक्छौ। तर जेसुकै भएपनि, म तिमीसंग यो समयको ज्याला चाहिँ माग्नजाँदैछु।"

फेरी अर्को चाल, केटोले सोच्यो। तर यसपटक उसले आफ्नो छुक जाँच्ने बिचार गर्‍यो। एउटा गोठालाले सँधै ब्वाँसाहरुसंग र खडेरीसंग जोखाना हेरेरै त चल्ने गर्दछ, र त्यसले नै त्यो गोठालाको जीवन चाखलाग्दो बनाउँछ।

"मैले एउटै सपना दुईपल्ट देखेको छु", उसले भन्यो। "म देख्थें कि म भेडाहरुलाई खेतमा चराइरहेको हुन्थें, अनि एउटा सानी केटी आएर भेडाहरुसंग चल्न थाल्थी। मलाई त्यसो गरेको मन पर्दैन किनकि भेडाहरु नयाँ मान्छेहरुसंग डराउँछन। तर त्यो केटी सँधै ती भेडाहरुलाई नतर्साईकनै खेलिरहेझैं देखिन्थी। मलाइ थाहछैन किन। मलाई थाहछैन कसरी भेडाहरुले मानिसहरुको उमेर थाह पाउँछन।"

"तिम्रो सपनाको बारेमा अझै मलाई भन", त्यो आइमाईले भनी। "मलाई मेरो खाना बनाउन जानुछ, , तिमीसंग त्यति पैसा पनि रहेनछ, त्यसैले म तिमीलाई धेरै समय दिन सक्दिन।"

"त्यो केटी मेरा भेडाहरुसंग धेरै बेर सम्म खेलिरही, ठिटोले अलि झर्को मानेर भन्दैगयो। "र अचानक, त्यो केटीले मेरा दुबैहात समातेर मलाई ईजिप्टका पिरामिडहरुमा पुर्‍याई।"

ऊ एकछिन रोकियो किनकी ऊ त्यो बुढीलाई पिरामिडको बारेमा थाह छ कि छैन भनेर जान्न चाहन्थ्यो। तर त्यसले केहिपनि भनिन।

"अनि, त्यो पिरामिडहरुमा", उसले ती तिन शब्दहरु बिस्तारै भन्यो ताकि ती बुढीले राम्रोसंग बुझ्न सकुन, "त्यो केटीले मलाई भनी, 'यदि तिमी यहा आयौ भने, तिमीले एउटा लुकेको खजाना पाउनेछौ'। र जब त्यो केटीले ठीक ठाउँ देखाउनै आँटेकी हुन्थी, म ब्युझिएँ। दुबैपल्ट।"

त्यो आइमाई केहिबेर सम्म चुपलागी। अनि फेरी उसका हातहरु लिएर राम्रो संग हेर्न थाली।

"म तिमीसंग अहिले केहिपनि लिन्न", उसले भनी। "तर यदि तिमीले भेट्टायौ भने, त्यो खजानाको दशांश, म लिन्छु।"

केटो दंगपर्दै हास्नथाल्यो। ऊ आफूसंग भएको अलिकति पैसा, उसले देखेको लुकेको खजानाको सपनाको कारणले बचाउँदैथियो।

"अब, यो सपनाको अर्थ लगाउ।" उसले भन्यो।

"पहिले मलाई बाचा गर। मलाई बचन देऊ कि म जे भन्न जाँदैछु, त्यसको बदलामा तिमीले पाउने खजानाको दशांश मलाई दिनेछौ।"

त्यो गोठालोले बचन दियो। त्यो बुढी आइमाईले उसलाई यशुको प्रतिमूर्तिमा हेर्दै फेरी बचन बाध्न लगाई।

"संसारको भाषामा यो एउटा सपना हो", उसले भनी। "म यसको अर्थ लगाउन सक्छु, तर यसको अर्थ लगाउन धेरै गाह्रो छ। त्यसैले मलाई लाग्छ कि तिमीले जे पाउँछौ त्यसमा मेरो पनि हकलाग्छ। View/Share this post only

 
Posted on 10-19-07 2:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

केविन जी, यो बिदेशी भाषाको कथा जस्तो शैली र बिषयवस्तुको मजाको लाग्यो!

 लेख्दै जानुस, पछ्याउँदै आउँला!


 
Posted on 10-21-07 12:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I don't know where did you get this story from but it would be appropriate to give credit to the original writer even if you are just translating in Nepali because I know these stories are form world famous writes. I know the story about the shepherd is "The Alchemist" by Paulo Coelho. Nothing against you but do give credit to the original author.

 
Posted on 10-23-07 8:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


Very nice story,,,,, very simple language but with lots of moral meaning of life kevin ji warm namaste to you and please keep on post it....

Cheers

 
Posted on 10-23-07 10:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Sigdeljee,

Namaste and thank you very much for your kind words. I will keep posting.


 
Posted on 10-24-07 7:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


Nice one... thank you.. lots of people reading it..please keep on posting

 
Posted on 10-25-07 9:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

don know wether this is a translation or the orginal.... but i am loving it. Hope to get a chance to read the remaing part soon.... thank you kevin
 
Posted on 10-26-07 10:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

No words to appreciate the flow of story... simply great and amazing.....

 


 
Posted on 10-28-07 10:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


Very nice one.... simply the best.........

 
Posted on 11-02-07 12:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


आहा कस्तो राम्रो कथा मनै छु ने  केविन जि Please keep on posting........ it is more interesting now

Cheers

 
Posted on 11-02-07 2:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए साथि, यदि यो अनुवादित हो वा hard copy मा छ र टाइप गर्न मद्दत गर्नु पर्छ भने मलाइ स्क्यान गरेर पठाइदेउ न । कथाका भागहरु  अलि छिटो छिटो अगाडि बडाउनुपर्ने जस्तो लाग्यो के ।

 
Posted on 11-02-07 9:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Now, I think I should disclose that it is the Nepalese version of one of the most popular books of all time, "O Alquimista" by Brazilian author Paulo Coelho. I thought it would be a very nice story for Sajha people who haven't read it, or those who have but not in Nepali. I don't have the hard copy of Nepalese translation, and I am doing it myself currently. So please bear with me and don't loose patience if you are gripped into it. I will try to finish it as soon as possible.

And please leave some proof that you read it except for those increase in numbers of hits to this thread.

Love you all.


 
Posted on 11-02-07 10:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Thank you for sharing this.

I have been thinking how come "alchemist" and you story have exactly same character, story, plot etc.

You have excellent translation skills. Is "alchemist" means "tantrik" in Nepali ?

Keep on posting.


 
Posted on 11-02-07 11:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I really love reading it.It reminds me reading moral stories back in my school life. Please keep posting, I just want to read it more.
 
Posted on 11-02-07 11:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

crazy love,

Like I said before, I am doing it now just as you are reading it, so everything I have done is the best of my updated skill in translation. I have tried to translate it word to word literally, and in some appropriate cases, themmatically.

"Taantrik" is the best what I came up with so far for "Alchemist", if I find a better one, I will definitely post it here.

I am glad you enjoyed it and thanks for dropping by.

P.S. Your memoirs are also fun to read.

 


 
Posted on 11-06-07 8:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


Nice one .. Please keep posting

 
Posted on 11-07-07 1:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राम्रो जाँदैछ केविन जि। थप्दै जाउँ!
 
Posted on 11-07-07 6:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 11-07-07 11:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"राम्रो जाँदैछ केविन जि। थप्दै जाउँ! "

मैले पनि पढ्दै छु भनेर संकेत दिनु भनेर त भन्नुभयो केविन जि, तर एक भाग पछि लगत्तै अर्को भेट होस भन्ने चाहनाले गर्दा बिचमा केहि लाद्‌न मन मान्दैन । दैनिक प्रतिक्षामा बसिरहेको छु, थप्दै जाउँ ।

 
Posted on 11-10-07 10:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धेरै राम्रो, मनोरन्जन मात्र नवै बुद्दिरन्जन पनि छ, साथै तपाईं को अनुवाद पनि उत्कृष्ट छ। प्रस्तुतिको लगि धन्यबाद्।
 



PAGE:   1 2 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
Lets play Antakshari...........
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
शीर्षक जे पनि हुन सक्छ।
What are your first memories of when Nepal Television Began?
[New post] Why Would Krishna Have To Run From The Battlefield
Sajha Poll: नेपालका सबैभन्दा आकर्षक महिला को हुन्?
ChatSansar.com Naya Nepal Chat
is Rato Bangala school cheating?
NRN card pros and cons?
Why always Miss Nepal winner is Newari??
Basnet or Basnyat ??
पुलिसनी संग - आज शनिवार - अन्तिम भाग
निगुरो थाहा छ ??
Nas and The Bokas: Coming to a Night Club near you
TPS Re-registration
श्राद्द
सेक्सी कविता - पार्ट २
What Happened to Dual Citizenship Bill
पाप न साप घोप्टो पारि थाप !!
अमेरिकामा छोरा हराएको सूचना
Nas and The Bokas: Coming to a Night Club near you
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
is Rato Bangala school cheating?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters