[Show all top banners]

crazy_love
Replies to this thread:

More by crazy_love
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 My first love letter

[Please view other pages to see the rest of the postings. Total posts: 260]
PAGE:   1 2 3 4 5 6 7 8 9 10 11 12 13 NEXT PAGE
[VIEWED 102468 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 13 pages, View Last 20 replies.
Posted on 10-05-07 1:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो इस्कुलको साथी थी। मिल्ने साथी भन्नु पर्ला। अरु बेला त होइन, उसको लवरलाइ मुक्तक र कबिता लेख्नु पर्दा मलाइ खुब चेपारो घस्थी। उमेरको कारण होला उ कुकुरको पुच्छर् चाहि होइन, हाम्रो इङ्लिश पढाउने बुढो सरको नाको लामो सेतो रौं हेरेर मरिमरि हाँस्थी। क्लासमा हामी त्यो सरको कानबाट निस्केको रौँ हेर्थ्यौं र भित्र आगो लागेर कानबाट धुँवा निस्केको कुरा कल्पना गर्थ्यौं। त्यो मोरीको दिवानाहरु चाहि घर देखि इस्कुल सम्म हुन्थे र बाटोमा पनि बोलाउथे नामै लिएर। उ चाहि परेला झिमझिम गर्दै मसक्क हाँसिदिन्थि, केटाहरु भुतुक्कै हुन्थे। तर उसको लिस्टमा चाहि धेरै जना हुन्थे। उ पढ्नमा पनि राम्रै थी। सबै कुरामा स्मार्ट।
उसको लव लेटरहरु देखेर आफुलाइ पनि कसैको चिट्ठि आँुछ कि भन्ने झिनो आशा लाग्थ्यो। तर, केटिको केहि गुन नभएकि म हिड्दा पनि केटाहरु आर्मी जस्तै हिड्छ भनेर सुनाउथें। कतिसम्म भने "बुलडग" जस्ति भन्थे। आफ्नो इस्टाइल नै तेस्तो थियो त के गर्नि। मेरि साथि चाहि कुरा गर्दा पनि सात ठाँउमा भाच्चिन्थी मस्किएर। तेस बेला ठुलो पिर पर्यो मलाइ, मेरो जिन्दगीमा चाहि लव लेटर कसैको न्अौनेभो भनेर। तेहि ताका मलाइ एउटा पत्र- मित्र को चिट्ठि आँउथ्यो। मेरो नाम र इस्कुल को ठेगाना रेडियो नेपलको "बाल कार्यक्रम" सुनेर थाहा पाएछ। पुर्व मेचीदेखिन लेख्थ्यो साहितिक चिट्ठि। दुइ वटा सम्म चाहि पढे र साथिहरुसङ बसेर हाँसे। असाध्यै गम्भिर प्रबितिको लेखाइ थ्यो उसको, पानी पर्दा पनि रुने जस्तो। तेस्रो चिट्ठि आको बेला तेहि बुढो ग्रामर सर हुनुहुन्थ्यो र सोध्नुभो "यो मान्छे को हो?" मैले केहि भन्न सकिन। तेसपछि उहाले चिट्ठि फिर्ता लानुभो।

मेरी साथीको चाहि धुमधाम थियो ताँती पछि लाग्नेहरुको। उसको त अस्तिको महिनामा एउटा हुन्थ्यो र अहिले अर्कै। मलाइ पनि अलिकति उ जस्तै हुन मन लाग्यो। हाम्रो इस्कुल सकिएपछि हामिहरु सङै एउटै कम्प्युटर इन्स्टिच्युटमा गयौं। तेहा पनि उसको लागि त लाइन लागि हाल्यो। आफुचाहि सुक्खा। एक दिन मैले उसलाइ सोधे "कसरि तेरो पछि केटा हरु लाग्छन्?"
" तैले पनि त तेस्तै गर्न सक्छेस् नि"।ुसले हाँदै भनि।
"कसरी?" मैले फेरि सोधें।
"तलाइ थाहा छ त्यो अर्को सर पनि क्रेजी छ नि तेरो लागि?"
"के भन्छे यो, नचाहिने कुरा नगर त"।
"हो भन्या, तिम्रो साथी कस्तो स्मार्ट छ भनेर मलाइ भन्या थ्यो नि।"
"मलाइ धेरै उडाको मन् पर्दैन।"
"त आफै वास्ता गर्दैनस् त अनि के हुन्छ त तेरो लव?"
"हेर, कहिलेकाहि केटिले पनि अघि बढ्नु पर्छ नि।"
"भनेको मतलब् के नि?"
उसले मलाइ सबै कुरा सिकाइ। उसले भन्या पनि हो हो जस्तो लाग्यो। जसले मलाइ मन पराउछ भन्थी, त्यो सर पनि ह्यान्सी लाग्न थाल्यो। म सङ नै धेरै आकर्शित भा जस्तो लाग्न थाल्यो। मेरो साथी हावा भर्न लागि मलाइ। अनि मलाइ के चाहियो, म पनि उड्न लागे आकाशमा र एक दिन मैले एउटा चिट्ठि मेरै साथीको मार्फत त्यो ह्यान्सीलाइ पठाएं।
मन ढुक्ढुक गर्दै दुइ दिन पछि तेहा गए। ह्यान्सी त कस्तो नर्मल तरिकाले कुरा गर्छ बा। केहि नै थाहा नपाको जस्तो। अति भएपछि मैले आफै सोधे।
"मैले पठाएको त्यो चिट्ठि पाउनु भयो?"
"उँ, तर भर्खर् २ पेज पढ्दैछु, सबै पढ्न भ्याको छैन। यो हप्ता भरीमा सबै पढ्न सक्छु होला। तिम्रो बेस्ट बूक्................... हो"।
मलाइ उकुसमुकुस भयो। कस्तो मान्छे रहेछ, एउटा चिट्ठि पनि एक हपता लाएर पढ्ने। अल्छि मोरो। कहि नभाको बिजि मोरो। मनमनै कस्तो ह्युमिलेट फिल भयो मलाइ र सोझै पुगे मेरो नक्कलि साथीकह।
"मोरोले त पढ्नै सक्या रैनछ"। रिसले भने।
"कति थियो र तेरो लेटर?"
"५ पेज थियो नि।"
"तैले थेसिस लेख्या कि लब लेटर?" हाँसी त्यो मोरी।
"खोइ कहिले लेख्या भए पो।लेख्दा लेख्दै ५ पेज भयो। तैले मलाइ पहिले भन्नु पर्दैन कति लेख्ने भनेर?"
" मलाइ के थाहा नि? मैले पनि कैले लेख्छु र?"
"अनि कसले लेख्छ त तेत्रो रिप्लाइ तेरो हिरोहरुलाइ?"
" तैले मुक्तक् लेख्छस् अनि त्यो सबिनालाइ पेपर दिन्छु उसैले मिलाइ मिलाइ लेख्छे नि।"
मोरि कति बाठी, पहिले नै मलाइ तेसो भनेको भए त म पनि जान्थे नि सबिनाकहाँ। बेकारमा मोरो त्यो ह्यान्सीको अगाडि मेरो इन्सल्ट मात्रै भो। मोरो बजियाले मेरो लेटरको हाँसो उडायो होला। ट्रासबिनमा फालिदियो कि उसको सबै साथी हरुलाइ मेरो रङ न ढङ को लेटर देखायो होला। मैले तेसलाइ कहिले पनि भेट्न गैन। बजियाले पनि कहिले बिर्सिदैन होला मेरो थेसिस जस्तो लेटर। त्यो फस्ट लव लेटर नै फेल भएपछि मैले अझैसम्म अर्को लेटर लेख्ने साहस गरेकि छैन।

 

 


 
Posted on 10-05-07 1:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

hahahahaha good one  
 
Posted on 10-05-07 1:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

LOL 5 pageko love letter. haha crazy nice write up once again.
 
Posted on 10-05-07 1:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"""उमेरको कारण होला उ कुकुरको पुच्छर् चाहि होइन, हाम्रो इङ्लिश पढाउने बुढो सरको नाको लामो सेतो रौं हेरेर मरिमरि हाँस्थी""

"""मेरि साथि चाहि कुरा गर्दा पनि सात ठाँउमा भाच्चिन्थी मस्किएर। """

हाहाहाहा हैन तपाइँको यो साथि कुरै सुन्दा हेरुम हेरुम लाग्यो भन्या, मरिजाम्! :)

मजाको रहेछ। अनि आफूलाई आएन त लपलेटर हरु पछि??

 


 
Posted on 10-05-07 1:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Athena,

thanks.

Pretty, hera na jindagima first love letter ma nai back laagyaa ke. kasto laaja marnu?

 

Birkhe Ji,

kasalai herna man lagya ho? tyo nakkaliko poi ta armyko officer cha re.

khoi aba tapaaile pathauhuncha ki love letter malai. hope so.

thanks anyway


 
Posted on 10-05-07 2:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


Hey CL how you doing. i really luv your narration they are all very charming.
 
Posted on 10-05-07 2:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

किनारा,

म पनि किनारामा नैं छु बिर्खे जी को लव लेटर आँउछ कि भनेर।

मलाइ सन्छै अनि तपाइलाइ नि?


 
Posted on 10-05-07 2:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अनि त्यो ५ पेजको लेटरमा के लेख्या थ्यो नि? बिर्खे जी ल क्रेजि लाई निराश नगरम है?
 
Posted on 10-05-07 2:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल!

हाय मेरे फुटे करम! आर्मीको अफिसर छ रे!! बाफ रे डर लाग्यो!

हेहेहे किनारामा त हाम्पनी थियौँ तर के गर्नु पर्भु अर्को किनारा पर्यो बिचमा उर्लँदो भेल छ!

 


 
Posted on 10-05-07 2:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Crazygurrl,

How about writing another dhamal-piece of story by adding + spicing up the contents of the five pages letter …. I bet, it’d be one of the funniest piece of your anubhab-series.

Anyway, I admire your narrative skill …still laughing …five pages love letter   

Last edited: 05-Oct-07 02:23 PM

 
Posted on 10-05-07 2:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 

Pretty,

थेसिस मा के के हुन्छ?

auto-biography मा के हुन्छ? तेस्तै मलाइ के के खान मन पर्छ, के के पढ्न मन पर्छ, कुन् ठाउ मन पर्छ, कुन साथी मन पर्छ एत्क्।
लास्टमा त " आइ लव यु" लेख्न नै बिर्सेछु।

लौ न बिर्खे जी,

बिचमा पुल बनाउनु पर्यो।

Athena, tyo fail bhako love letter ke kam? baru pass hune cha bhane sikauna.


 
Posted on 10-05-07 2:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यस्तो असली लोप लेटर लेख्न सिकाइ दिने सबिनालाई साझामा किलास लिन लगाउन परो।  कस्तो र कत्रो लोप् लेटर लेख्ने भन्ने थाहा न पाएर धेरैको प्रेम भ्रुण मै तुहिए। कल्याण हुन्थ्यो धेरै को लौन पर्भू, नमुना लोप लेटर हेरि पाउं।


पागल् प्रेम जी, असाध्य मीठो लेख्नु भयो।


 
Posted on 10-05-07 2:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यो प्रेमपत्र पुस्तक पछी अर्को पुस्तकको मस्यौदा समेत खेस्रा भाको छैन उसो भए? कुरा त राम्रै हो।  के त ठेगाना दिम?
 
Posted on 10-05-07 3:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठेगाना त दिपको धेरै सजिलो। 'श्री दीप, हाँडिगाउँ'  लेखे पुग्छ, बच्चा बच्चा, जल्ले भेटे नि बाङ्गेलाई लगेर बुझाइदिन्छ! लास्टम हात चाहिँ दिपकै पर्छ!

पुल बनाउने उपाय दिन्छन मान्छे, आफु परियो सोझो कसरि खोला सुकाउने भनेर सोचिरा, थुक्क बोधो दिमाग!!


 
Posted on 10-05-07 3:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Rahul Da,

let's start thread "how to write love letter?" bhanera.

 

Deep,

kasto deep gaako timi ta? phone no: bhae pani huncha dine bhae.

la birkhe ji,

pul banaune ki plane bata aau ma aafai?


 
Posted on 10-05-07 3:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

urfrenrites,

I am already delayed yaar. let me have this chance first. Then u propose hai saathi?


 
Posted on 10-05-07 3:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Wa wa Crazy kya style chha tara we all are waiting for BIRKHE's reply. La hai bro, nariko komal mannlai dukha dinu hudaina.........

 
Posted on 10-05-07 3:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

CL,

ke garnu, Birkhe and Deep both are my friends and they are here to flirt with you again.

any way nice piece of writing.

keep on posting.


 
Posted on 10-05-07 3:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Amazing, please motivate Birkhe Ji again.
 
Posted on 10-05-07 3:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

urfrenrites,

then help me na ta yaar. tell me what Birkhe and Deep likes?


 



PAGE:   1 2 3 4 5 6 7 8 9 10 11 12 13 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
What are your first memories of when Nepal Television Began?
मन भित्र को पत्रै पत्र!
TPS Work Permit/How long your took?
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
Nepali doctors future black or white usa ?
Another Song Playing In My Mind
nrn citizenship
TPS Renewal Reregistration
हेर अमेरिकामा नेपालीहरुको बेज्जत
WHAT DO YOU GUYS THINK ABOUT THIS?
Send Parcels from USA to Nepal & Worldwide.
Why is every youths leaving Nepal? Why are not youths entering politics and serving the country, starting business etc?
Is money sent to support family tax deductible?
Nearly one-third of Americans support autocracy, poll finds
Alert: Turbo Cancers: A Rising Global Threat
महँगो अण्डाको पिकल्प : कुखुरा र खोर भाडामा लिने
Informatica consultancy share
Travelling on TPS advance travel document to different country...
Are you ready to know the truth?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters