[Show all top banners]

Rahuldai
Replies to this thread:

More by Rahuldai
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 "अनुराधा"

[Please view other pages to see the rest of the postings. Total posts: 275]
PAGE:   1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 NEXT PAGE
[VIEWED 137474 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 14 pages, View Last 20 replies.
Posted on 09-17-07 12:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अनुराधा! मलाई माफ गर, आज तिम्रो कथा भन्दै छु।

माघ फाल्गुण को महिना, जाडो भए नि के गर्ने रोज बिहे बर्तमनको भोज। दिक्क लाग्छ कहिले काहिं त। चिल्लो पिरो खांदा खांदा अनेक रोगले भोग गरि सके। फल्गुण को महिना पहिलो साता मै न बिराई भोज भतेर धाउंदा बिनोतीको पेट खराब भयो र आज को भोज न जान नसक्ने भयो। उफ्! नगैइ पनि न हुने पार्टी पर्यो। हाकिम साहेबकी कान्छी छोरीको बिहे अनि आफ्नै छोरीकी सहपाठी। जान त मलाई मात्र कहाँ मन लाग्या हो र, चिल्लो दिन दिनै खाएछ। देश बिग्रेको कुरा गरिएछ। कस्ले कति भाग बुझाएर कुन चाहि मालदार अड्डा पड्काएछ। कस्ले कति हसुर्यो, कस्ले कस्लाई कति बुझायो। आदि इत्यादि कुनै उपलब्धीमुलक कुरा हुने हैन।

तै पनि जानै पर्ने भए पछि, छोरी र मात्र जाने निधो गरें।
नयाँ बानेश्वर् घर हकिम साहेबको, घर कम्पाउण्ड ठुलै थियो त्यहीं पार्टी गरे हुनेमा एभरेष्ट होटलमा गरे छ, बुढाले। इज्जतको सवाल भनेका होला बुढाले, अकुट सम्पति जोडेको हल्ला पुष्टी गरेका होलान् भन्दै हामी बाबु छोरी बानेश्वर तिर् लाग्यौं।
भब्य पार्टी माहौल, गन्यमान्य देखि सामान्य सबै देखिन्थे। हाकिम साहेब दम्पती ढोकैमा दुइहात जोडेर बसेका, मानौं चुनावमा भोट माग्न बसे जस्तो। औपाचारिक भलाकुसारी गरेर मुख्य पार्टी हलमा के पसेको थिएं, पछाडीबाट कसैले बोलाएको जस्तो लाग्यो।
"राहुले! ओहे राहुले"
पक्का कुन चाहिँ स्कूले लौका पर्‍यो भन्थाने र फर्केर हेरें।
बोलाउने त लौका होइन "आलु" रैछ। आलु अर्थात रमेश। स्कूलको साथी। डल्ले मोटे भाकोले सबैले उस्लाई आलु नै भन्थे।
ओह आलु !कहाँबाट्?
"आलु न भन न मुला, यस्तो ठाउंमा"
हा हा हा! एक् छिन् हास्यौं, दुबै जना।

एक् छिन हामी दुबै अवाक भयौं। आलु संग भेट न भएको नि जुग बिति सक्यो। काठमाडौंकै साथी भए पनि स्कूल सके पछि बिरलै भेट हुन्थ्यो।
२० बर्ष पछि भेट हुँदा हामी दुबै खुशी त भयौं तर मनमा यसले केही न केही गड्बड् गर्छ कि भन्नेर चिसो पसि सकेकोथ्यो।
कुरा हजार थाह हुने, तर केही पनि पुरा थाह नहुने। अनि कहिले कुन परिस्थितिमा के कुरा गर्नु हुन्छ हुंदैन हेक्का नराख्ने आलुको बानी।
अब २ साथीको पुनर्मिलन कार्यक्रम केही बेर चल्यो, छोरीलाई के गरम् के भै सकेको चाल पाइसकेको थिएं । र मैले परिचय गराइदिने हिसाब ले भनें।
"छोरी, यी हुन रमेश अन्कल, १० सम्म सङै पढेका हामी"
नमस्ते अन्कल- छोरीले आफ्नो संस्कार मुताबिकको अभिबादन गरी।
"ओहो मुला ( त्यो आलुको मुखमा झुंडिने शब्द नै मुला), छोरी पनि कति ठुली भै सकेछ, बिहेको भोज नि खुवाउनु न पर्ने?"

"कस्ती राम्री रैछ छोरी त ठ्याक्कै अनुराधा जस्तै, कस्तो काटिकुटी मिलेको भाउजु सङ? अनुराधा भाउजु खै त मुला?"

अघि जे कुरा को डर थियो त्यही भयो। मेरो को सित बिहे भयो, कस्तो छ दाम्पत्य जीवन केही न बुझी बोली हाले आलु।
मैले कसरी संझाउं अब त्यो आलुलाई। बुझेन् भए पो। बिनोती मेरो जिन्दगी हुन्। अनुराधा मेरो जीवन सङ गाँसिएको नाम त पक्कै हो तर कुन सम्बन्धमा त्यो आलुले बुझ्ने छैनन्।
छोरीको मुखराब्रिन्दमा मैले जिज्ञासाका रेखाहरु पढिसकेको थिएं। हामी दुइको ( बाउ छोरीको) केमिष्ट्री मिल्छ र हामी दुबैले एक अर्काको भाव छिट्टै बुझ्छौ।
"अनुराधा" उनले पनि सुनेको नाम हो। तर आज एक जनाले अनुराधाको छोरी नै भने पछि शंका उपशंकाका ज्वारभाटा चल्नु स्वभाबिक नै हो।
मनमा अनेक पकवान पाके, छोरीले के के सोध्ने हुन, मिस-अन्डर्स्टान्डिङ् हुने चान्स् नै हुने। बडो बेमज्जा भो, हाकिम साहेबको पार्टी।
जसो तसो उम्के र फर्किने बिचार गरें। होटल बाहिर् लहरै ट्याक्सी थिए र एुटा सङ मोलतोल गरी घर तिरे लागें।
मलाई थाह थियो, छोरीलाई नि राम्रो लागेको छैन, आलुको कुराले अझै मथिंगल घुमि राख्या होला। चुपचाप् बस्यौं केही बेर। उकुसमुकुस धेरै बेर लुकाउन सकिन्न र छोरीले मुख खोली ।
ड्याडी! त्यो रमेश (आलु) अन्कलले किन मलाई अनुराधा जस्तै भनेको?
अनुराधा भाउजु किन भनेको?
हाम्रै अनुराधा अन्टी त होइन अन्कल् ले भन्न खोजेको?
ड्याडी ! हजुरलाई अप्ठेरो हुंदैन भने, हाम्रो सुन्दर संसार भँडिदैन भने भनिस्योस न अनुराधा अन्टीको बारेमा।
हो, छोरी, उनै अनुराधा अन्टिको कुरा गरेका हुन आलु अन्कल् ले। अनुराधा र मेरो सम्बन्ध के थियो र के छ , पुरै कथा कसैलाई भनेको छैन। मम्मिलाई जो थाहा छ, त्यो पुरै होइन।
घर भाडिन्छ कि भन्ने डर सधैं हुन्छ मलाई। तर आज म भन्छु पूर्ण सत्य। बोर्ड फस्ट छोरी हो मेरो, बुझ्ने र बिष्लेषण गर्ने क्षमतामा छ तिमीमा।
आज बिसौं बर्ष देखि यो सत्य कसैलाई न भन्नु भन्ने कसम खुवाएकी थीइ अनुराधाले। आज त्यो कसम तोड्दै छु।
अनुराधा! मलाई माफ गर, आज तिम्रो कथा भन्दै छु।
क्रमश:
***********************************************************************
भाग २

ट्याक्सी घर छेउमै रोकियो । छोरी अब ड्रेस चेन्ज गरौं अनि चिया खांदै" अनुराधा " भनौला हुन्न ?
छोरीकोले बाबाको कुरा हुन्न भन्न जानेकै छैन र भावबिभोर् भएर टाउको मात्र हल्लाई।
सन्चो न भएकीले बिनोती निदाइ सकेकीले मलाई केही सजिलो भए जस्तो लाग्यो। हुन त अनुराधा बिनोतीको लागि पनि खुल्ला किताब सरि नै थिई। तै पनि प्रसंग र बिषयनै अलि असहज हुन्थो नै।
चिया पकाई मेरो अध्ययन कक्षमा भेला हुने संकेत गरें।
खाना खाइसके पछि चिया खानै पर्ने अनौठो बानी मेरो। छोरीको हातको चिया, स्वादले भन्दा पनि स्नेहले मीठो हुने हुन्छ।
'चिया तयार भो ड्याडी'
"अब सुनाइस्योस् कथा अनुराधाको"
भाषा र शैली नक्कल गर्छे अचेल मेरो।
लौ सुन कथा अनुराधाको-
अनुराधा संग मेरो कस्तो कुन किसिमको संबन्ध थियो-थिएन,छ छैन तिमी आफै निर्क्यौल गन सक्छौ, यो कथा सुने पछि।
अनुराधा, मेरो बाल्यकाल देखिको सहपाठी।
मैले कक्षा १ पढ्दा देखि चिनेको, देखेको।
निकै जेहेन्दार र प्रतिभाशाली छात्रा।
एक् कक्षा देखि लगातार प्रथम भएकी ७ सम्म। हामी सम्पूर्ण सहपाठीहरु उनको प्रतिभा संग नतमस्तक थियौं। म त क्लास भरिका डेन्जर जोन मा पर्ने, नितान्त कमजोर् र गुमनाम थिएं।
आफू पढाइमा कमजोर भएर हो कि अथवा अलि भावुक भएर हो कि पढ्ने होनहार मित्रहरुमा मेरो आदरयुक्त संबन्ध हुन्थ्यो। मनको कुनामा त्यो बार्षिक उत्सबमा दिइने पुरस्कार आफुले नि थाप्न पाए हुन्छ जस्तो लाग्थ्यो।
५-६ पढ्दा अलि पढाईमा राम्रो जस्तो के भाथ्यो, गरिबी माथी आपत्तिले नमीठो लात हान्यो। भात जोड्न पनि गाह्रो भयो।
"यो कथा त मैले पहिले नै भनी सकें नि याद होला नि?"
""हो ड्याडी याद छ, अहिले पनि पढ्ने गर्छु, पिताजीको सुनको तक्मा, साझा ब्लग मा, प्रेरणाको पुन्ज हो त्यो।"
(http://sajha.com/guild/read.cfm?guildid=440, http://sajha.com/guild/read.cfm?guildid=441)
म फेरि अगाडि बढें।
त्यो स्कूलमा पढ्ने अधिकांस बिद्यार्थीहरु त्यही टोल् वरिपरिका नै हुन्थे। अनुराधा पनि हाम्रै टोलका।
एउटै क्लासका।
तै पनि कुनै खास संबन्ध थिएन। मात्र मेरो लागि फस्टगर्ल, भयन्कर पढन्चे।

७ सम्म पुरानो टोलको स्कूलमा पढियो, कहिलेइ स्याबासी पाउने बिद्यार्थी हुन सकिन। अनुराधा हमेसा झै पहिला नै भइन।
अब माध्यमिक तह पढ्न अर्को स्कूल भर्ना हुने क्रममा परम्परा अनुसार बिश्वनिकेतन जाने मैले नि निधो गरेको थिएं। दाइले अन्तै भर्ना गरिदिने सूर कसे नि मैले त्यो स्कूल झूर छ भनेर बिश्व निकेतन रोजें। संयोग बस भर्ना हुने क्रम:मा मैले आफ्नो नाम दर्ता गराउंदा म भन्दा ठिक अगाडी अनुराधा भर्ना भएकी । मलाई थाह थिएन।
नयाँ स्कूल नयाँ साथीहरु, अनि पुराना केही मित्रहरु। पहिलो दिन को पहिलो हाजिर् पछि थाहा पाएं अनुराधा ७२, म ७३ रोल क्रम मा।
पाप न लुकाई भन्नु पर्छ, मैले। म अलिकति यसमाने मा खुशी थिएं कि हाम्रो स्कूलको सबै भन्दा पढ्न सक्नेको पछाडी बसेर जाँच दिंदा म जस्तो चानचुने स्टुडेन्टलाई बम्पर् उपहार परे जस्तो हुने भो भनेर।
भयो त्यसतै। त्रैमासिक परीक्षाहरु देखि फाइनल सम्म जांचको सीट प्लानमा म उन्कै पछाडी परें। मैले "अनु" ( सबै जनाले नौ मात्र भन्ने गर्थे अनुराधालाई), मलाई त्यो आएन देखाउ न भन्थें। देखाउंथी, म सार्थें।
के गर्नु, भात जोड्ने उपक्रममा पढ्ने फुर्सद बिरल्लै पाउनु अनि त्यसमाथी महा गोबरगणेश मार्का बिद्यार्थि। सार्नै पर्यो। चीट चोरेको चाहिँ होइन नि फेरि।
छोरी हास्छे, एकै छिन।
यस्तो मार्मिक कुरालाई नि कति सहज पाराले भनिसिन्छ, ड्याड्डिले।
"यो सबै तिम्रो मम्मिको कमाल् हो"
अर्को कुरा त्यो क्लास भरि बिभिन्न स्कूलबाट प्रथम द्वीतिय भएर आएका होनहारको भरमार उपस्थिती थियो। तर ती मध्ये "अनु" लाई नै सबै मास्टरहरुले प्रथम हुने भबिष्यबाणी गरेका थिए।
रिजल्ट भो। अचम्म भो। "अनु" यसपल्ट प्रथम भइनन्।
क्रमश:
***********************************************************************
भाग ३

यसपाली "अनुराधा" प्रथम भइनन्। एक अंकको झिनो अन्तरले राहुले प्रथम भयो। सात बर्ष सम्मको लगातार प्रथम हुने क्रम रोकियो। दुखित पक्कै भइन होली, म बुझ्न सक्थें। कहिं न कहिंको झारपात अघि बढ्यो। मैले दाइको तर्फबाट एक् जोर सुट हात पारें।

नयाँ सत्र सुरु भयो। हिजो को राहुले आज
फस्टब्वाय भयो। भाउ बढ्यो। हिजोको निर्बाचित मनिटर अब आजीवन मनिटर भयो। सबै सर् मिस् हरुको केन्द्र बन्यो।

हेडसर् बाट् बोलावट भयो, तिनै सेक्सनका प्रथम र द्वितीय हुने सबैलाई। ज्ञान गुणका कुरा गर्नु का साथै सक्दो सहयोग गर्ने वचन दिनु भयो। स्कूलको इज्जतको लागि र आफ्नो भबिष्यको लागि अझ मेहनत गर्नु पर्ने सुझाब दिनु भयो।

स्कूल भरि हामी दुइ को चर्चा हुन थाल्यो। चर्चा यस मानेमा हामी कि दुइजनाले आर्जित अंकको परिमाण अरु सेक्सनका प्रथम द्वितीय हुनेहरु भन्दा निकै भारी थियो र बोर्ड हान्न सक्ने प्रारम्भिक आंकलन गरियो। तर मलाई भने त्यो प्रथम पदवी बोझ हुन थाल्यो। पहिलो कुरा त म आफूलाई त्यो प्रथम स्थानको लागि योग्य मानेको थिएन। अनुराधा मेरो अगाडि धेरै नै योग्य र प्रथम हुने प्रतिभा भएकी एक मात्र थिइन। उनैको सहयोगमा परीक्षा पार गरेको मात्र न भई अन्तर पनि १ अंकको झिनो थियो। त्रास, भयले आक्रान्त थिएं। भोलिको प्रथम पद सुरक्षित छैन । यसरी अनिश्चित मन र अध्यारो भबिष्यका साथ दिनहरु बिते। आफ्नो इज्जत जोगाउने प्रयास गर्दै रहें। तै पनि पर्याप्त समय म संग थिएन। लाग्थ्यो दिन २४ घण्टाको होइन, ४८ घण्टा को भए कति जाती हुंदो हो। भात जोर्नलाई हात जोड्ने बाध्यता थियो। त्यो जिम्मेवारीबाट उम्किन सकिन्नथ्यो र मिल्दैनथ्यो।

सोचेको थिएं, अनुराधा म संग चिढिएकी हुनु पर्दछ, अजय यात्रामा पूर्ण बिराम लगाउने ध्रिष्टता जो म बाट भयो।
तर मेरो सोचाइ बिपरीत अनुराधा निकै शालिन र सहयोगी भेट्टाएं। उन्मा कुनै किसिम को बैर भाव देखिन। प्रथम गुमाएकिमा कुनै किसिम को नैराश्यता देखिन। डर् थियो, प्रतिस्पर्धी को रुपमा अझ बढी आक्रमक हुने हो कि भनेर। निश्चय पनि उनको बौद्धिक क्षमता म भन्दा अब्बल दर्जाकै थियो। मेरा कम्जोर पक्षहरुलाई उघारि दिन्थी र यसो गरे राम्रो होला भनेर सुझाब् दिन्थी। यसरी हामी प्रतिस्पर्धी होइन कि सहयोगीको रुपमा अघि बढ्यौं।

शैक्षिक सत्र सकियो। पुन: अनुराधा दोस्रा भइन तर उच्च अंकका साथ। यसरी अनुराधा संग घनिष्टता बढ्दै गयो। स्वाभाबिक छ, स्कूलको प्रतिनिधित्व गर्दै कतै जानु पर्‍यो भने हामी दुइ जना नै हुन्थ्यौं। नजिकका प्रतिस्पर्धीहरु हामी भन्दा एक बित्ता पर नै थिए। त्यसले पनि धेरै को मुटु जल्न थालेको थियो। एक अर्कामा सहयोगी भएकोमा पोल्न थालेको थियो। संगै हिड्छन् रे, एक ले अर्कोलाई सिकाउने गर्छन् रे।
चर्चा ले बजार गरम भयो। तर हामी दुइमा त्यसको कुनै असर भएन। पाप चिताए पो पस्चाताप गर्नु?
निस्वार्थ सहयोगीलाई नाम, उपनाम, सर्बनाम धेरै दिए। कसैले यिनीहरुको "लभ" परे भने, कसैले के के?
भन्नेहरुको मुख थुन्न सकिन्न र मनको कालो धुन सकिन्न।
अनुराधाको लक्ष कहाँ सम्म थियो मलाई थाहा थिएन तर मेरो लक्ष एस् एल सीको बोर्ड भैसकेको थियो र त्यही लक्षको प्राप्ति तिर मेरो तन मन थियो। कसै सित मन दिने लिने न त मसंग फुर्सद थियो न त आफ्नो लक्ष थियो।
संभवत एस् एल् सीमा ३ उत्क्रिष्ट छात्राहरुमा अनुराधाको आँखा थियो। त्यसैले यी बाजारु हल्लाहरुलाई बेवास्ता गर्दै हामी सल्लाह गर्दथ्यौं।
तर पकाउने ले अनेक खिचडी पकाइ सकेका रैछन्। बेखबर थियौं हामी। हाम्रै क्लासमा अनुराधाका भाइहरु पनि थिए। घरमा उजुरी हाली सकेका रैछन्। घर टोल एक, स्कूल एक, स्कूल लाग्ने समय एक भए पछि बाटोमा भेट हुनु पनि नियोजित भएछ। सधै भेट हुने अनुराधा त्यो दिन भेटबाटोमा देखिन मैले। सोचें चाँडो गइन होली। स्कूल पुगें, अनुराधा आइनन्। सोचें, सन्चो भएन होला। कहिलेइ अनुपस्थित भएको रेकर्ड न भएकी, उनी क्लासमा नहुंदा सर मिस हरुले मलाई सोध्न थाले। मलाई कुनै जानकारी थिएन।
केही बिषेश पर्‍यो होला भनें। भोलिपल्ट पनि "अनुराधा" स्कूल आइनन्।
क्रमश:

Last edited: 17-Sep-07 12:42 PM

 
Posted on 09-17-07 1:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वास्तविक कहानीमा अर्कै गहिराइ हुन्छ। राम्रो लाग्यो। लेख्दै जानुस्, राहुलदा' ।
 
Posted on 09-17-07 2:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए ल थ्रेड खोल्नुभएछ राम्रो भयो! अब बाँकि मजाले थप्दै जाने यसैमा एकै ठाउँमा पढ्न मजा हुन्छ! बिजय मल्लको अनुराधा भन्दा पनि गजबको होस! शुभकामना छ!
अर्को भागको प्रतिक्षामा!
 
Posted on 09-17-07 4:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Ek dum ramro Bro, please continue hai........
-----------
आलु" अर्थात रमेश,
Ye yo ta Casting matra po rahechha hehehhehe


By RAHULVAI

आलु अर्थात रमेश, हाम्रो क्लासको छुट्टै क्यारेक्टर। थोरै बुझ्ने धेरै बोल्ने, धेरै पढ्ने थोरै बुझ्ने, उनको बिषेशता थियो। तर आफुलाई अब्बल् दर्जाको बिद्यार्थीको श्रेणिमा राख्ने गर्थे आफै।
पढाइमा पनि गोबर नै नभए नि आलु चाहिँ पक्कै थियो।
तर डल्ले मोटे भएकै कारणले आलु भनेका हुन् रे उनका पुराना सहपाठीहरु भन्ने गर्छन्।
१० कक्षा पढ्दा अरुको औसत उमेर १५-१६ थिए भने उनको १८। सबै भन्दा जेठा भएकोमा उ गर्ब गर्थ्यो र सबैले दाइ भन्थे। आलुचा भन्यो कि मुला भन्दै रिसाउथ्यो तर "आलु दाई"
भन्यो कि मख्ख पर्थ्यो।
१० पढ्दा पढ्दै जवानी सल्के छ। हाम्रो क्लासले के बाल दिन्थ्यो, त्यसैले
छिमेकी क्लास ( अर्को सेक्सन) कि एक जना छात्रालाई मन मनै मन पराउन थाले। एके छिन क्लास खाली भएको कि उता झ्याल् तिर चियाएर बस्थ्यो।

पढाइ सक्यो। एस् एल् सी को परिक्षा अलि पर नै थ्यो। कमजोर् आलुको पढ्ने भन्दा नि "कमला"को सपना मै मस्त थियो। कमला जहाँ जहां ट्युशन पढ्न जान्थी, त्यतै ट्युशन पढ्न पुग्थ्यो। अरु साथीहरुले कमलाको कुरा प्रसंग बे प्रसंग निकाल्दा आलुको अनुहार् मा चमक् आउथ्यो र सबलाई चिया नास्ताको बन्दोबस्त गर्थ्यो। उनको यो स्वभावले पम्पू हाल्नेहरुले मज्जाले हावा भरे।

त्यति सम्म त ठिक्कै थियो। बिहान बिहान चिया नास्ताको लागि जेरी स्वारी हलुवा किन्न उ जैसी देबल पुग्थ्यो।अब त्यही भोंसिको टोलमा अनेक मिठाइ पसल हुंदा हुदै नि आधा घण्टा हिडेर जैसि देबल् पुग्नुको एुटै कारण, कमला पनि त्यतै मिठाइ किन्न गर्छिन् रे।
एस् एल् सी सकियो। पास हुनेहरुको नामावलीमा "आलु" को त नाम आश गरेको थिएन। तर कमला भन्ने आलुको दांजोमा पढ्ने मै गनिन्थ्यो र पनि फेल भइन। १८ प्रतिशत मात्र पास भएको सालमा केही होनहार हरुको पनि हार् भएकोथ्यो।

एक दिन बिहानै, आलु भेट भयो बाटोमा( शायद, जेरी स्वारी किन्न जान लागेको होला)।
"ए आलु, कता जान लागेको? " मैले सोधें।
उ अक्कमक्कियो र "त्यहीं सम्म जुत्ता बनाउन जान लागेको।"
उस्ले ढाँटेकोमा आश्चर्य भएन। त्यतिबेला जुत्ता बनाउने सार्कीको पसल खुल्दैन, त्यो मलाई थाहा थियो।
भेट भए पछि त्यसले मलाई लामो गफ लगाउंछ त्यो थाहाथ्यो।
"तंलाई बधाई छ, बोर्ड ल्याइदियो।"
"तेरो के भएको नि? जाँच त राम्रै भयो भन्थिस् नि?"
"पास त पक्कै हुनु पर्ने। के भयो के भयो?"
"इङलिस् चाहिं अलि बिग्रेको, तर नेपाली मा त फेल हुनु नपर्ने, त्यो कापि जाँच्ने मुलाले नेवार भनेर थाह पाएर ल्यायो जस्तो छ।"
"तर बुझिस्, फेल भए नि खुशी छुं"
फेल भएर नि खुशी? मैले बुझिन उनको कुरा।
"ए आलु, फेल भएर नि कोही खुशी हुन्छ, तं कसरी खुशी?"

"ल मुला त्यति पनि थाहा छैन तिमीलाई?
म मात्र फेल भएको भए पो, दुखी हुन्थे, त्यो कमला नि फेल भयो नि। हामी दुबैलाई भगवानले फेल गराएको नि। नत्र पछि अप्ठ्यारो हुन्छ भनेर।"

यो जवाफ सुनेर म अवाक भएं । मेरो सानो काम छ, ढिला हुन लाग्यो भनेर आफ्नो बाटो लागें।
अचेल आलुको छोरो केटी घुमाउने भैसके र पनि हरेक मछिन्द्र नाथको रथ यात्रा र इन्द्र जात्राको कुमारी यात्राको भीडमा आलु भेटिन्छ, जैसी देबल तिर्। कहीं झ्यालमा, चोकमा कमलाको दर्शन पाइहाल्छ कि भनेर।
अस्तु!।
 
Posted on 09-18-07 10:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

amazing, भउते गुरु, बिर्खे जी मा अमुल्य टिप्पणी र हौसलाको लागि धन्यबाद।
 
Posted on 09-18-07 11:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दाइ, कथा त सलल बगेको थ्यो, भाग ४ को बाधले रोक्यो। भाग ४ चाइ कहिले आउने होला? हिन्दी सिरियल जस्तो हप्तामा एक भाग मात्र चाइ न गरुम है, प्रभु।
Last edited: 18-Sep-07 11:25 AM

 
Posted on 09-18-07 11:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

hehe, khate lekhak bhaye cha ahile ta,,kathaa kaar....hehe, hasais nautanki!
 
Posted on 09-18-07 12:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कथा त कता कता आफ्नै कथा सँग मिल्न मिल्न पो खोज्दो रहेछ, राहुलभाइ।
मलाई पनि स्कुले जीबन को याद ताजा गराई दियो।
 
Posted on 09-18-07 3:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Nice one. Waiting for next part.
 
Posted on 09-18-07 5:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भाग ४


दुइ दिन सम्म स्कूल न आएकीले क्लासमा कानेखुसीको मौसम चल्यो। थरि थरिको हल्ला चल्यो।
अनेकले अनेक तर्कना गरे। तर कसैले अनुराधाकै भाइलाई सोध्ने हिम्मत गरेन । अथवा भनुम्, सोध्न जरुरि मानेन। सबैले मलाई सोध्ने थाले। मलाईके थाह? म आफै त रणभुल्लमा थिएं।
तेस्रो दिन पनि बाटोमा भेटिन तर स्कूल म भन्दा छिटो नै आइपुगेकी थिई। सधैं जस्तो शालिन र शान्त स्वभावमा । मास्टर् हरुले न आउनुको कारण सोध्ने नै भए। बिरामी परेको चल्ती बहाना भनी।
उनले न भने नि झूठ म देखि रहेको थिएं। बिरामी भएको हुंदै होइन।
हाफट्याममा मैले सोधें।
" किन न आएकी भन त, सबैले सोधेर हैरान"
"त्यसै"
तत्कालीन र रेडिमेड उत्तर्।
"म संग झूठ किन बोल्छ्यौ, सामान्य कुरा होइन। नत्र स्कूल न आउने मान्छे तिमी पक्कै होइनौ।"

हुन त म संग शायद नै कहिलेइ झुठ बोलेको थाहा थिएन।
"बुबाले गाली गर्नु भयो, नराम्रो संग त्यसैले स्कूल आउन मन लागेन"

"धत्, लाटी आफ्नो बाउले गाली न गरे अर्काको बाउले गाली गर्छ त, यस्तो कुरा चित्त दिखाएर एस् एल् सी को अगाडी क्लास छुटायो कि खलास् भन्ने थाहा छैन? त्यो त मनासिब भएन नि?"

असली कुराबाट बेखबर मैले भने आफनो ओरिजिनाल् स्टालमा भनी हालें, प्याच्च।
"कुरै न बुझी हावाम उडाउछौ, आफुलाई कस्तो पीर परेको बेला।"
यति चड्कन खाए पछी धडकन बढ्यो। केही न केही गड्बड भए छ, पक्का।
"किन गाली गरेको नि त्यसरी चित्तै दुख्ने गरी?"

"कुरा बेमज्जा को छ, तिमीलाई समेत अप्ठ्यारोमा पार्छ।"
त्यसैले भन्दिन।
त्यसो त यति सानै उमेरमा जिन्दगीका कठिनतम् दिनहरुलाई झेलिसकेको मान्छे म। भातको सट्टा लात खाएको मान्छे। जिन्दगीलाई उमेर भन्दा बढि बुझ्ने गर्थें।
"मलाई केही अप्ठेरो पर्दैन, खुलस्त भन, म बाट गल्ती, मिस्टेक भए छ भने सुधारौला।"

""बुबाले म तिमी संग हिड्यो रे भनेर गाली गरेको" " लभ गरेर हिड्यो रे" छोरी बिग्रियो रे"
"यस्तो हुंदै न भएको पाप बुबाको मनमा भरि दिएछम् कसैले। अनि चित्त दुख्दैन मेरो। आज देखि त्यो सधै हिड्ने बाटो समेत बद्लिएं मैले। अझै पनि घाउ चहराइ रहेको छ।"
कुनै शिक्षकले बिद्यार्थीलाई सुनाए जस्तो लामो लेक्चर सुनें। जीवन जगतबारे स्पष्ट धारणा र ज्ञान। बुझ्ने कति होलान्।
उनको अपराध थियो, असल मित्र संग संगत गर्नु, एकै दिशा, एकै टोल छिमेकका मित्र हुनु, त्यसमाथी दुबै जना आ-अफ्नो बर्गका उत्क्रिष्ठ प्रतिभाहरु हुनु?।
"केटाको केटी साथी हुनै नसक्ने। भए भने लभ गरेको हुने ।" हैन भनेको बिग्रेको केटीमा गणना हुने। अजब को चलन, गजब को प्रचलन रैछ। समाजमा।
अझै पनि केही कुरा भन्नु छ तिमीलाई? भोली भन्छु है।
हुन्छ, आजै भने नि हुन्छ नि। आज ट्याम छैन, ट्याम मा घर पुगेन भने अर्को गाली पाउछु त्यसैले भोली हाफट्याममा।
"भोलि के भन्ने हुन्, अनुराधाले " मेरो मथिंगल घुमिरह्यो। त्यो भोलीको कहिले आ
उने होला भन्दै भित्ते घडी हेरि रहें, टिक टिक टिक।
क्रमश:
Last edited: 18-Sep-07 10:24 PM

 
Posted on 09-18-07 5:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

tyo bholi kahile aaune hola jastai bhai sakyo malai pani
 
Posted on 09-18-07 5:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Rahul da,

Can' wait till tomorrow, ajai lekhnus na.
 
Posted on 09-18-07 6:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Rahulvai,


ye dil mage more :)
 
Posted on 09-18-07 10:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मुखियाबा जी अनि उफ्री जी
भोलि अब भोलि न भै आज त आउदैन नि कसो? प्रतिक्षा गर्नु होला, सके सम्म अनुराधा छिटो आउंछे।

अनि बिर्सनै नसक्ने मित्र( forget me not) जी

मेरो दिल नि भन्छ" एह् दिल माँगे मोर"।

नया सडक जी अनि नेपलको छोरा जी,

हौसला बढाइ दिनु भएकोमा धन्यबाद,
 
Posted on 09-18-07 10:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राहुलदाइ मेरो नि दिल् ले धेरै मागि राछ।
 
Posted on 09-18-07 11:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राहुल भाई ले हाम्रो पढाई लेखाई गोल पार्ने भये । हत्तेरिक साझा लाई माया मर्न पनि साह्रै गाह्रो भो!! लौ प्रभो तुवम शरणम।
राहुल भाई, कलम को रफ्तार आली चल्नु पर्‍यो, प्रतिक्ष्या गर्नै मुस्कील।
 
Posted on 09-19-07 9:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

labstaro जी, अनि सुर न ताल् जी,

आफु पनि बिद्यार्थी परियो, आफ्नो पनि पढाइको उस्तै हाल छ। यानी कि गोलमाल छ। के गर्नु येह् दिल मांगे मोर भन्छन् मित्रहरु। सके सम्म छिटो र छोटो लेख्ने प्रयासमा हुन्छु। तर अलि समय लागेको छहि पक्कै हो। किन कि यो कथा कथा मात्र होइन, धेरैको जीवन गाथा हो। म चाहन्छु, कसैको ब्यक्तिगत र पारिवारिक जीवन प्रबाहमा कुनै किसिमको अबरोध नहोस्, कसैको आत्मिय सम्बन्धमा खलल नपुगोस्, अलि लेखाईको गतिलाई अलिकति समय बढिदिनु परेको हो।
 
Posted on 09-19-07 12:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

O Rahul bro,
Why are you slowing down?
I think I have to come to your home to listen the whole story. I had read somewhere in sajha that you live in DC. PLease give me your address, I'll come tonight.
You are killing, brother. I have nothing to do at work rightnow.
 
Posted on 09-19-07 1:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

palu जी,
त्यति अधैर्य हुनु पनि भएन नि, दिन को एक भाग लेखि राखेको छु, आज पनि राख्ने प्रयास गर्ने नै छु। म डी सी को वासिन्दा होइन, २।३० घण्टा को दूरीमा पर्दछ। भेट्न पाए त खुशी नै हुन्थें।
 
Posted on 09-19-07 5:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भाग ५

त्यो रात जति लामो रात मैले भोगेको छैन। एक तमासले घडी टिक् टिक् टिक गर्दै सुन्यता भङग भै राखेको थियो। निद्रा लागेन। लाग्ने कसरी? के भन्ने हुन्, अनुराधाले? के कति गल्ति भए अथवा भएनन्, राम्रो कुरा कि अशुभ समाचार? अनेक प्रश्न प्रक्षेपण भै रहे, म निरुत्तर निद्रा देबीको खोजीमा। लगभग अनिदो रात संगै बिहानीले ब्युंझायो, संझायो-
तैंले गल्ती गर्या भए पो टेन्सन् लिने, नत्र के को टेन्सन्।
टेन्सन् लेनेका चिज नहिं है देनेका भन्छन्, हिन्दीमा।
केही बेर मन शान्त भयो, जस्तो आंधी आउन अघिको सुन्यता।
बिहान एक शिफ्ट काम् गर्नु त छंदैथ्यो। काम् सक्याएर सदा झै हतार हतार भात खाइवरी स्कूलतिर लागें।

स्कूल पुगे पछि फेरि टेन्सन्, हाफ ट्याम कहिले हुने हो र के कुरा भन्ने हुन् फेरि भनेर।
पढाइ हुदै थ्यो क्लासमा अफ्नो मनमा भने बेस्सरी गोदाइ हुदैंथ्यो। बल्ल हाफट्याम को घण्टी लाग्यो। खाजा खाने होइन आज गाली खाने तयारीमा थिएं।

लौ भन, हिजो के भन्नु थियो भनेको, ह्याँ यस्तो टेन्सन् भयो, रात भरि आटेन्सन् बस्नु पर्‍यो।
मैले एक सास मा भनी हालें।
"खास कुरा केही होइन"
"केही होइन रे" केही होइन भने हिजो के भनेको नि, झण्डै ज्यान खुस्केको।"
केही त पक्का छ, स्कूल न आएको, बुबाले गाली गरेको भन्दा नि अरुथोक् छ -लौ भनी हाल।
मैले कर गरे पछि बडा अप्ठ्यारो मान्दै भनी-
"तिमीले मेरो बारेमा के सोचेका छौ"?
मैले बुझिन, उनको कुरा।
के तिम्रो बारेमा भनेको? प्रतिप्रश्न गरें।
"मेरो बारेमा कस्तो फिलिङ् छ भनेको "

"एहे त्यो पो, अब के भन्ने खै, रुपमा च्वाँक छ, पढाइ खतरा छ, बानी अलि नखरा छ।"
मैले यति के भनेको ठुस्की हालिन्।
"यस्तो सिरियस कुरा म नि जोक गर्ने भनेको हुन्छ? जहिले नि जोकिङ् गर्ने बानी मलाई पटक्कै मन पर्दैन।"
उनको दनक खाजा खाएको भन्दा बढी भो।

हुन त मैले उनको सोधाईको गाम्भीर्यता बिलकुल अन्दाज थियो। तर उनले चाहेको उत्तरको अन्दाज थिएन, त्यसैले जोक गरेको थिएं। उनी प्रति मेरो भाव, लगाव कस्तो थियो , त्यो बिल्कुल अटल र अटल थियो नै। उनको कुरो को चुरो नबुझी तर भन्ने सक्ने स्थितिमा थिएन। त्यसैले मैले भनें।

आइतबार सम्ममा सबै कुरा क्लियर गरि दिन्छु, अहिले मलाई सोच्ने समय देउ।
"हुन्छ, सोचेर भन न आइतबार्।"
क्रमश:
Last edited: 19-Sep-07 05:34 PM

 



PAGE:   1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
TPS Re-registration case still pending ..
Nas and The Bokas: Coming to a Night Club near you
Will MAGA really start shooting people?
मन भित्र को पत्रै पत्र!
Top 10 Anti-vaxxers Who Got Owned by COVID
TPS Work Permit/How long your took?
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Breathe in. Breathe out.
3 most corrupt politicians in the world
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
शीर्षक जे पनि हुन सक्छ।
Disinformation for profit - scammers cash in on conspiracy theories
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters