[Show all top banners]

Rahuldai
Replies to this thread:

More by Rahuldai
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 महंकाल भैरब

[Please view other pages to see the rest of the postings. Total posts: 28]
PAGE:   1 2 NEXT PAGE
[VIEWED 22503 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 2 pages, View Last 20 replies.
Posted on 08-17-07 2:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

महांकाल भैरब
***********
पहिले पहिले धेरै पहिले, लिच्छबी कालको कुराहो यो। उपत्यकामा खडेरी परेछ, धेरै याम सम्म। पनी न पर्ने घाम टन्न।
पानी पार्ने उपाय अनेक् गरे। धेरै गण्यमान्य अनि तान्त्रिकहरु सरसल्लाह हुदां तान्त्रिकका पनि तान्त्रिक जामन: गुभाजुको नेत्रित्वमा ठुलो यज्ञ गर्ने र यज्ञको बलमा पानी पार्न सक्ने बैज्ञानिक आध्यत्मिक आधार देखिएकोले यज्ञ गर्ने निर्णयमा पुगे। यज्ञ सुरु भो, अग्नि दन्के, चारु स्वाहा गरे। सर्प देखि बिच्छि सम्म होमिए। हेर्दा हेर्दै आकाशमा अजङगको कालो मेघ देखा पर्यो। यति बिशाल र सघन बादल कहिलेइ देखिएको थिएन। सब खुशी भए। राजा जनता, वटुक, पण्डित। तर जामन: गुभाजुको अनुहारमा चमक भन्दा ज्यादा चिन्ता देखिए। सहकर्मी तान्त्रिकहरु छक्क परे। यत्रो साधनाको फल, आकाशमा देखिदां पनि जामन गुभाजु हर्षित छैन। सबै तान्त्रिकहरु जामन: गुभाजु भए ठाउंमा गए र जिज्ञासा राखे।
" गुरु देब, यज्ञ सफल भएको मा हजुर खुशी देख्नु हुन्न नि, यसको कुनै कारण छ कि, हामीले त बुझ्न सकेनौ""
जामन: गुभाजुले आफ्नो चिन्ता प्रकट गरे।
" मलाई यो मेघ प्राक्रितिक लागेन, पानीको कुनै अंश देख्दिन"
"कुनै दैबी छल वा पिसाच को संकट हुन सक्छ"
"त्यसैले म त्यो बादललाई धरतीमा झार्न चाहन्छु" "सत्य देख्न चाहन्छु"
जामन गुभाजुको यो तर्क सुने पछि सबैले त्यो रहस्यमय बादलको सत्य तथ्य बुझ्नै पर्ने ठहर गरी, जामन गुभाजुलाई शक्ति प्रयोग गर्न सहमति दिए।
गुभाजुले आफ्नो भए भरको तन्त्र मन्त्र प्रयोग गरी त्यो भिमकाय मेघलाई तारण लगाई झारे। झर्दा त बिशाल कालो रंगको ढुंगा झरे। करीब६ हात लामो, ३ हात चौडा र २ हात उचाइ को ढुङा झरे। घोर अपशकुन। हल्ला खल्ला सरसल्ला धेरै भयो। आकश बाट् बिशाल ढुङगा झरेकोमा। जामन: गुभाजुलाई लाग्यो तारणलागाइ झारेको ढुङगा चानचुने होइन। यो कसैको छद्मभेषी अबतार हुन सक्छ। तारण फुलाकेर, तन्त्रको बलले सही रुपमा प्रकट हुन आग्रह गरे। अचम्म, कालो बर्णको, भिमकाय शरिर भएको, सर्पको माला लगाएको, हातमा पात्र ( गुलपा), गढा, खड्ग बोकेको महांकाल रहेछ।
संसारलाई शत्रुबाट र संकटबाट् बचाउने देबको रुपमा।
त्यो थाहा पाए पछि, जामन: गुभाउजुले आफ्नो अज्ञानताको लागि माफि मागे र देशमा शंकट भएको लेअब देखि यहीँ राज हुन अनेक बिन्ति गरे।
महांकाल् देबताले " मलाई संसार भरिका भक्त र सत्यको रक्षा गर्नु छ त्यसैले एकै ठाउँमा बस्न मिल्दैन , त्यसले वत्स, तिम्रो आग्रहलाई मानेरै म हरेक शनिबार म अबश्य आउंछु । मलाई एउटा मन्दिर बनाएर र मुर्ति पनि राखि देउ, म आएर दर्शन् दिन्छु। "
एक दिनले न पुग्ने गुनासो गरे पछि भगवानले केही सहुलियत दिने निर्णय गर्नु भयो।
"हरेक शनिबार र आउंछु, आउंछु र मंगलबारको दिन पनि अन्य शंकटकालिन काम आइ परेन भने एच्छिकरुपमा आउछु र कान्तिपुर को दुख निबारण गर्न सक्दो मदत गर्छु"।
यति सुनेर जामन: गुभाजु लगायत सबै जनाले महांकाल देबताको जय जयकार् गर्न थाले।
अब त्यो ढुंगारुपी महांकाल खसेको ठाउं यद्यपी देख्न सकिन्छ, ढुँगा सहित। पुरानो बस पार्कबाट पुतली सडक , शंकर देब क्यामपस निस्कने बाटो थाहा नै होला। हो, अलि १सय मिटर जति ( बस पार्क बाट्) गए पछि बाया चुके निवास दाया पुलिस क्लबको गेस्ट हाउस आउछ। त्यहि पुलिस क्लबको पर्खाल मा अलि पर गए पछि शहीद शुक्र माध्यमिक बिद्यालयको सामुन्ने त्यो ढुँगा रुपी असली महांकाल देब देख्नु हुने छ। देखि हाले नमस्ते गरि हाल्नुस्।
हाल त्यो स्थानलाई सुरक्षितरुपमा बार लगाई, माथि सुनको जलप भएको झल्लर राखिएको छ। ( ठुल्दाई नगरपालिकामा काम गर्दाको एक धार्मिक र मार्मिक कामको नमुना)।
त्यसैले ठुलदाईले शनिबार र मंगलबार् बाहेक अरु दिन त्यो महांकाल स्थान( टुंडिखेल-मिलिटरि अस्पताल) मा नमस्ते गर्दैन। देब नै नहुने बेला ढुँगालाई मात्र के नमस्ते गर्नु? होइन र? अस्तु!!!!!!!!!!
Last edited: 17-Aug-07 02:24 PM

 
Posted on 08-17-07 2:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म त भोली नै पढ्छु भोली नै ढोग्छु महांकाल स्थान....शनिबार भोली हो आज हैन
 
Posted on 08-17-07 3:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कृष्ण जी, हुन्छ भोली नै पढ्नुस्, भोली नै ढोग्नुस्।
अर्को कुरा पशुपती जाँदै हुनु हुन्छ भने -" म आएं है भनेर नामआ दर्ता गराएर आउनुस्। नत्र पुण्य संचय हुने छैन।
 
Posted on 08-17-07 3:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यहाँ बाट सबैलाई सम्झिने गरिन्छ सर। सुझाव र कन्सर्न को लागि घन्यबाद।विश यू गूड् वीकेन्द।
 
Posted on 08-17-07 4:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Thank you Rahulvai.. I didn't know about the story behind Mahankal..
 
Posted on 08-17-07 4:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

mahangkaal bhairav lai dogh

dhaybaad rahulbhai
 
Posted on 08-17-07 5:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धेरै राम्रो किंवदन्ती राहुल दाई , bravo अरु पनि जाओस् , बिशेष गरी स्व्यम्भु को बाटो गरि जमुना गुभाजु स्वर्ग गयेको कथा सुन्न मन छ, याहा लाइ जानकरि छ भने हमि नि सुन्न् पाउ न त!
भगवान् शरणम्
 
Posted on 08-17-07 9:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

rahulvai ji

gajjab cha. but this one is according to Hindu mythology.

kathmandu ko newar buddhist haruko pani afnai kimbandati cha mahankaal bhairav ko barey ma? hoina? feri tundikhel wari pari bhaat khuaune katha pani cha kya rey..

rahulvai ji le devmala bansabali khoob padhnu bhayeko jasto cha.. aru pani jaos.. aani yo sabai thread lai euta Kathmandu-mythology bhanne folder/usergroup banayera save garda kaso hola?

san ji le yeso dhyaan purayaune ho ki?
 
Posted on 08-18-07 8:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

महांकाल भैरब- लाई धैर्यपूर्बक पढिदिने बुझिदिनेहरु प्रति आभार।
फ्रीक जीले भने जस्तै, काठमाडौं को गल्लि गल्लि चोकहरुमा रोचक अनि घोचक कींबदन्तिहरु भेटिन्छन्।
मनाउंदै आएका चाडपर्बहरु जात्राहरु को पनि रमाइला कथाहरु छन। तर धेरैले मात्र पर्ब र जात्रा मात्र मान्ने गरेका छन्, त्यस भित्र को मात्रा खोजेका छैनन्। र जान्ने सुन्नेले त्यस्ता कुरा भन्ने गरेका वा लेख्ने गरेका छैनन्। अरुलाई भन्यो वा सुनायो कि अरु जान्ने बुझ्ने हुन्छन् भन्ने संकुचित मानसिकता पनि हुन सक्छ, अथवा प्रकाशनको लागि आर्थिक र सामाजिक अभाव पनि।

अर्को कुरा, मैले देबमाला बंशाबली पढेको छैन, पाए पढ्थें । यी कुरा त मैले काम गर्दा सुनेको पढेको कुराहरु हुन्। महानगरपालिकामा काम गरेको र शहरको बिभिन्न मठमन्दिर जिर्णोद्वार गर्ने काममा सधैं संलग्न हुंदै आएको ले पनि होला, जान्ने सुन्नेको संगत गर्ने अहोभाग्य पाएको छु।

नगरपालिकाको जागिर् छोडेको नि ११ बर्ष जति भो, तै पनि मन्दिर पाटि पौवा जिर्णोद्वार, मर्मत आदि कार्यमा अझै बोलाउंछन् र सक्दो सेवा गरेको छु।अर्को कुरा हामी साना हुंदा,चोक चोकमा पंडित गुर्जुहरुबाट कथा भन्ने चलन थियो। मछिन्द्र नाथको कथा, भोटो जात्रा, तौदह को कथा, गुरु मापाको कथा, गठेंमुगलको कथा आदि इत्यादि त्यतिबेला सुनेका थियौं। त्यतिबेला मनमा गढेका कुराहरु अझै पनि झल्झलि यादमा छन्।

केही संझेका कथाहरु फेरि पनि फुर्सदमा राख्ने नै छु। अस्तु।
 
Posted on 08-18-07 9:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Namaste Rahulvaiji,

अरुलाई भन्यो वा सुनायो कि अरु जान्ने बुझ्ने हुन्छन् भन्ने संकुचित मानसिकता पनि हुन सक्छ, अथवा प्रकाशनको लागि आर्थिक र सामाजिक अभाव पनि।

I think its not the case Rahulvaiji. The problem in Nepal is, many people, especially the young generation does not care about those.

Devmala Banshabali is quite good. It has all the kimbadantis/myths of Kathmandu's temples. Janak Raj Sharma's book, Hamro Samaj Ek Adhyayan is also a must read for those who want to understand Kathmandu's +Nepal's culture.

What you are doing is really great. Aru pani jaos. Bouddha, Swayambhu, Nil Saraswati, Changu Narayan, Inchagu Narayan, Akash Bhairav, Bhat Bhateni, Gurumapa.. Khyak, Ajimas, Jaisi Dewal.. sabaiko katha..
 
Posted on 08-18-07 9:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Since we are talking about Mahankaal Bhairav let em share what I know about him:

Mahankaal Bhairaav without "peda" in his mouth should not be seen. However, whoever can put the first set of peda in his mouth in the morning gets whatever he/she wishes. So next time when you are there pay particular attention to his mouth.. you'll see his mouth is stuffed with peda.
 
Posted on 08-18-07 10:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धन्यबाद फ्रिक जी, जानकारी र सुझावको लागि।
तपाईले भने जस्तै पेडाको बारे हुनेको हुं। तर यताका केही बर्षमा आएर अर्को रोचक कुरा पाउनु हुन्छ महांकालस्थानमा।
हामी बौद्धमार्गीहरु, भैरबलाई सुरक्षाको देबता मान्छौं। मछिन्द्र नाथ लाई कामक्षबाट उपत्यका ल्याइदै गर्दा राक्षसहरुको भीषण आक्रमण भएको बेला तिनै भैरबहरुले बचाएका कथा पनि छन्।
महांकाल लाई खुशी पार्न हामी नेवारहरुले भैरबको हातमा रहेको पात्र ( गुलपा) भरी असली अयला( रक्सी) र थ्वं: ( जाँड) चढाउने गर्छौं। संयोग बस महांकाल भैरबको गुल्पा ( पात्र) लाई चांदिको आबरणले घेर्ने काम मेरो पिताजीले गर्नु भएको थियो।
अब यो पात्र थ:नेगु अर्थात पात्र भर्ने काम नेवार समुदायले भन्दा बढि तिब्बती बौद्धहरुले गर्न थालेका छन्। २-४ बर्ष यता देखि त्यो क्रम उल्लेख्यरुपमा बढेको स्पष्टरुपमा देख्न सकिन्छ। अझ चाखलाग्दो कुरा, त्यहि महांकाल् स्थानको भुइंतल्लाको रक्सि पसल बिहान ४ बजे देखि ६ बजे सम्म खुल्छ। यानी कि बिहानसबेरै मात्र रु १० हजारको भन्दा बढि रक्सिको ब्यापर हुन्छ रे। रेड लेभल, ब्लु लेभल देखि लोकल सम्म। शनिबार एक दिनमा ५० ओटा सम्म रेडलेभल भेटि चढाइन्छ रे। महांकाल भैरबका पुजारी- जुद्ध रत्न बज्राचार्यले जानकारि दिनु भएको। बज्राचार्य जी त्यस वडाका जन निर्बाचित वडाअध्यक्ष हुनु हुन्थ्यो( २०४९-५४, ५४-५९)।
अब महांकाल पनि मोर्डन भए छ।
अर्को कुरा, हामी आफुलाई असली नेपाली भन्नेहरु चाहिँ यी देबस्थान र पीठहरुको महत्वलाइ क्रमश: बिर्सदै छौं तर अरुले मह्त्व बुझेर तिनको भक्ति गर्न थालेका छन्। शंकटा भवानी त महांकालस्थान तिनका उदाहरणहरु हुन्। शनिबार दिनभरिको लेखा राख्नु हुन्छ भने, दर्शनार्थिहरु भारतिय मूलका र तिब्बतीमूलकाहरु को नै बाहुल्यत देखिन्छ, अस्तु!
 
Posted on 08-18-07 6:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Mahangkal ko barema maile suneko euta kura pani lekhi halchhu tyo ke bhaneni Mahangkal ta Lhasa ko devata ho re. kaso kaso yahan kathmanduko euta Azima Porpa Azima ho ki Pya thwon Azima sanga love parechha .ani barobar aakash marga bata yahan ayera bhetne garna thaleko rahechha. ek din tyasari nai yahan ayeko bela ma euta sayad jamana gubhaju le nai ho ki ke tantra sadhana dwara Mahangkal lai taaran rakhera halko Mahangkalthan pachhadiko rookhma baandhera raakhechha ra agadi rahulvaile lekhe jastai yo deshko rakhshya garna ko lagi barobar ayera rakshya gari rahanechhu bhanne bachan baddha garayera matra chhodi diyeko ra tyaspachhi tyahan murti sthapana gari puja garne gareko bhanne suneko kura sabailai janakari hos bhani lekhne jamarko gareko chhu.
 
Posted on 08-18-07 8:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धन्यबाद त्रिनेत्र जी।
महांकाल भैरबको बारे अझ रोचक कींबदन्ती जोड्नु भएको मा। मैले माथि लेखेको थिएं, अचेल तिब्बतीहरु बिहान सबेरै रेड लेबल चाढाउन आउछन् भनेर। बल्ल यस्को पनि तार यहाँ निर जोडिएको हुन सक्छ भन्ने ज्ञात भयो। तारेमाम्।
 
Posted on 08-21-07 6:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

rahulda kasto ramro katha re'chha fursad le padhiyo , aru ni sunna paaiyos chhittai :)
taremaam!
 
Posted on 08-30-07 11:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Saath ho,

Mahaakal ta Tundikhel ra Military Hospital ko bich-ma, tyo Education Enterprise bhanney bookstore ko maathi hoina ra bhanya? Ki mo murkha lai thaha nabhayeko? Yadi Rahulbhai ko kimbadanti anusaar Sankar Dev Campus ko najik ko Mahaakal ho bhaney, uuta Tudikhel ra Military Hospital bich-ko chaahi kun deuta parnu bho?

Kripaya kasta namaani bujhaidinu hola.
 
Posted on 08-30-07 11:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Arko kura saathi ho,

Tyo Hanumaan Dhoka agaadhi ko pani Mahaakal Bhairav hoina ra bhanya?
 
Posted on 08-30-07 11:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिटेन् जी,
तपाईं ले कतै गल्ती गर्नु भएको छैन। अलि अलमलमा पर्नु भएको मात्र हो।
असली महांकाल भैरब ढुंगा भै खसेको वा खसालिएको ठाउँ, शंकर देब क्याम्पस नजिक पर्द छ। तर त्यही महांकालको मन्दिर चाहिँ मिलिटरि अस्पताल अगाडि नै हो।
अर्को कुरा, हनुमान ढोका मो भैरब महांकाल भैरब होइन, त्यो काल भैरब हो।
 
Posted on 08-30-07 11:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राहुल-जी, नबुझेको कुरा बुझाईदिनुभएकोमा धन्यवाद। यसै सिल्सिलामा अर्को प्रश्न गर्दैछु, नरिसाउनु होला।

मिलितरी होस्पितल अगाढिको महाकाल भगवान दुवै हिन्दू र बुद्धिस्ट हरुले मान्ने गर्छन्। त्यो महाकल भगवान बुद्धिस्ट हरुको गुरु रिम्बुर्छे (पद्मसम्बव) पनि हो रे। यस्बारे तपाईंलाई केही थाहा छ?

अनी फेरी तपाईंले त्यहा भगवान को मुर्ती देख्नुभएको होल। मुर्ती को रूप कत कता astronaut को जस्तो लागेन? हेल्मेट छ, आँखामा ठुला ठुला चस्मा छ।
कतै हामीले पूजा गर्नीए आकाश बाट झरेको भैरब भगवान कतै space alien त होइन? तपाईंको राय के छ यस्मा?
 
Posted on 08-30-07 1:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रितेन जी,
हो महांकाल भैरब हामी हिन्दू र बौद्ध मार्गी दुबैले श्रद्धापूर्बक मान्छौ। म आफै पनि बौद्धमार्गी हुं। पद्मसंभव हुन् भन्ने बारे सुनेको छु तर त्यसको आधिकारिक कथा मलाई थाहा भएन। मैले त उक्त आकाशबाट झरेको शिलालाई संरक्षण गर्ने काम् गर्दा, महांकालका पूजारीबाट सुनेको र उनले लेखेको पढेको हुं।
हुन सक्छ, आकाशबाट झरेको space alien तर मलाई जहाँ सम्म लाग्छ मूर्तिको असली स्वरुप् त्यस्तो छैन। हो मुकुट लगाएको, खड्ग बोकेकओ, गढा बोकेको अनि पात्र बोकेको मूर्ति नै हो। पछि भक्तजनहरुले चाकडि गर्ने सिलसिलामा आँखामा चाँदिको नेत्र लगाउने, चाँदिको मुकुट र पात्र ( जो मेरा पिताजीले बनाउनु भएको थियो) अनि रंगरोगन आदिले गर्दा त्यस्तो astronaut जस्तो देखिएको हो।
आज भोलि त बिदेशी सोमरस पिउन थाले छ, त्यही भएर नि फुलेको देखिएको हो कि? ( जोक गरेको मात्र)।
 



PAGE:   1 2 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
शीर्षक जे पनि हुन सक्छ।
NRN card pros and cons?
What are your first memories of when Nepal Television Began?
TPS Re-registration
Democrats are so sure Trump will win
TPS Re-registration case still pending ..
Basnet or Basnyat ??
nrn citizenship
Sajha has turned into MAGATs nest
Nas and The Bokas: Coming to a Night Club near you
ChatSansar.com Naya Nepal Chat
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
3 most corrupt politicians in the world
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
if you are in USA illegally and ask for asylum it is legal
Returning to Nepal with us citizenship. Property ownership
Travelling to Nepal - TPS AP- PASSPORT
Top 10 Anti-vaxxers Who Got Owned by COVID
आज बाट तिहारको सेल सकियो
निगुरो थाहा छ ??
Nas and The Bokas: Coming to a Night Club near you
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters