[Show all top banners]

nepalean
Replies to this thread:

More by nepalean
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~चौतारी दशैं बिशेष~

[Please view other pages to see the rest of the postings. Total posts: 418]
PAGE:   1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 NEXT PAGE
[VIEWED 155176 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 21 pages, View Last 20 replies.
Posted on 09-23-06 9:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ चौतारी दशैं बिशेष ~





दशैले सप्पैलाइ छोइसकेच,सप्पै घर तिर जाने लगे, यसैले हो कि चौतारी पनि पातलीदै गको छ । तर पानि एसो चौतारीमा आएर सप्पै संग टिका लाउने,
शुभकामना साटासाट गर्न चाहि नभुलम है , बर्ष भरि संगै बस्ने यिनै दौतारी हुन के रे ?

ल है सप्पै जना नेपे दाजी,नेपे साइला, बिर्खेमाइला, दादा, पुन्टे, चित्रे,काका,निरे,सन्जु, सिरे, भौते, कुम्ले,गोतामे,ग्वाचे,फुलौरे ,भट्टे, मास्टर्नी नानी,डल्ली,तिरु, ठुल्नानि, प्रिती, मुन्द्रे,लाले, गालब , पिकरेली, कलंकि, साँहिला, आइते,काने,मुखियाबा, लालुपाते, गुरासे, ईश्वर,लाउरे दाई, लुते,सुर्जे,नयाघरे,पहालवान, नटे, सेर्पिनि, चमेली,लन्लि, रामकिस्ने, रुइना, नेप्चे, बेमानि ,आशे, चिप्ले, परदेशी, पानपाते ,हर्के, यामे , सुभे, हिते ,नारने, कैले, झाक्री, चरीनङ्रगे, बब दाई,सान्कान्छा, राते, रामे, माने, इन्द्रेणी,हिमाल, फोक्से, डि बी र मिस्टे ,म मन्तर जप्चु अब कस्कसले कस्कसलाइ टिका लाइदिने हो,सुरु गरौ । यहां त सप्भन्दा जेठो पुन्टे दाइ जो मानिचु के रे, म त पुन्टे दाइ सं नै लाउनि के पैला त।


आयू: द्रोणसुते
श्रियं दशरथे
शत्रुक्षयं राघवे!
ऐश्वर्य नहुसे
गतिश्च: पवने
मानन् च: दुर्योधने!
दानम् सुरोसुते
बलं हलधरे
शत्यन् च: कुन्तिसुते!
विज्ञाने बिदुरे
भवन्ती भवताम्
कृतिश्च: नारायणे!

हुन नि यो चौतारी त एउटा परिबार जस्तै भएछ,चीनजान हुदा हुदा । पुन्टे दाइ, दादा को फोटो त देखिसकियो ,गोतामे ले पनि आफ्नु आर्याको फोटो टासे के रे, अब बिस्तारै सप्पै टास्ने होला नि कसो ?गालब, कुम्ले, दादा त नेपाल तिर लागे के रे, मिस पनि उतै जाने जस्तो मानिचु, अब हामी टाढाहुनीको सट्टा पनि टिका लगार अक्षताले निधार भरम के रे। पिंग खेल्न चाइ सप्पैले चौतारीमा नै आम है,सारै राम्रो पिंग हालेका छम जम्मै मिलेर ।

मलाइ त यो दशैमा चौतारीमा रमाउदा ताराको कबिता पो याद आयो के चौतारीको बारेमा लेखेको । अझ हाम्रो चौतारीको पनि फोटु कोरेर बर्णन गर्दा त कति राम्रो कति ?

थाहै नपाइ हिड्दै जादा
चौतारी भेटाए
बोलि,भाषा ,मन् मिल्ने
दौतरि भेटाए !
बिरानि मा एउटा टुक्रो
देशै भेटाए
थकाइ लाग्दा सुस्ताउने
शितल् भेटाए !!
थाहै नपाइ हिड्दै जादा
चौतारी भेटाए
बोलि,भाषा ,मन् मिल्ने
दौतरि भेटाए !!!


 
Posted on 09-23-06 9:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पिगं खेल्ने त म एक्लै पो हुन्चु के रे ?
 
Posted on 09-23-06 9:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चिटिक्कै भा छु रे
पोते र चुराले
चिटिक्कै भा छु रे
पोते र चुराले
मै दगं परेँ मै मख्ख परेँ
सगींको कुराले
मै दगं परेँ मै मख्ख परेँ
सगींको कुराले
 
Posted on 09-23-06 9:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमेले जमरा पनि राखिसकेछ। यी दादा नेपाल पुगिसके कि बाटैबाट पिङ खेलेका हुन्?

दशैंमा चौतारी अलि सूनसान होला जस्तो पो छ गाँठे! तर आफू त आईन्छ। नमे आउनेनै भो, वयोवृध्द पुण्टे दा पनि आउलान्, जिम्माल, पनि आउलान्, तिरु पनि आउलिन्, ठूल्नानी पनि आउलिन्। भनेपछि तेत्ति सूनसान त नहोला कि!
 
Posted on 09-23-06 9:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु नमे जमरा राखेकोमा धन्यवाद् छ!
जदौ नमे, दादा, गोताएँ!
 
Posted on 09-23-06 10:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ जिम्माल! दशैंको पिलान के के छ नि? तास कत्तिको खेलिन्छ? मैले त जत्ति कोशिश गर पनि तासमा मन बसेन। रउसी झिरिप्प पारेर जोक सुन्न-सुनाउन मात्तै मन लाउछ।
 
Posted on 09-23-06 10:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तो तासमा मन त मेरो नि बस्दैन। फेरि आफुलाई खेल्न आउने भनेओ कि त दहर मारा हो, कि त जुत पत्ती, नभए कइलेकाईँ साईत मिलाऊन मन लाउछ तेत्ति हो। फेरि आजकल के के जाति मेरिच कि सेरिच खेल्दा रैछन हातभरि तास लिएर केई बुझिन्न। " माल परो, माल परो" भनेर चिच्याम्छन मात्तै।
भनेसि गोताएँको नि नेपाल जाने मेसो मिलेन यो बर्ख दशैँमा?
 
Posted on 09-23-06 10:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गइएन जिम्माल, हाम्रा चाडबाडका समयनै अप्ठेरा छन्। उता चाडबाड हुँदा यता मारामार हुन्छ! अझै गोटा दुइ-एक वर्ष दशैँ-तिहार भन्या तेस्तै होला जस्तो छ। बरु आम्दो जेठ हुँदी संविधानसभाको चुनाव हुने भयो भने जसरी भएपनि जान्छु, विदा जति तेसकै लागि जोगाउने हो अब!

जिम्मालको के छ? नेपाल जाने हो र?
 
Posted on 09-23-06 10:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यहि त गोताएँ चाडबाडको ट्याम नमिलेओ!
मेरो खै अर्को दशैँमा मिल्छ कि जस्तो मानिछु। तो नि गोताएँले भनेको ट्यामतिर जेठ, असारमा गइएन भने। नत्र त २ बर्ख पछिको दशैँमा मात्रै हो।
 
Posted on 09-23-06 10:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल जिम्माल म पसारिएँ अब। भूत-प्रेत, किचकन्नी हिँड्ने बेला भइसक्यो, अब धेरै जागै बस्नु हुन्न।
 
Posted on 09-23-06 10:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु त शुभरात्रि!
आज बिदा परो को आउला र चौतारिआँ।
 
Posted on 09-23-06 10:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दशैँमा शुभकामना साटासाट गर्न पाए पनि त सारा नेपालि एकै भए जस्तो लाग्छ है....
 
Posted on 09-23-06 10:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शुभकामना छ है सबैलाई.......

 
Posted on 09-23-06 11:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो! कस्तो राम्रो चौतारी बनाएछ नमेले । नमे तिमीलाई धेरै धेरै धन्यवाद छ है चौतारी दशैँ बिशेष बनाएकोमा।

दशैँको टिका थाप्दा भनिने मन्त्र पनि राखेछौ। अझ अक्षता, जमरा, ओहो!!

झन त्यसमाथी तितौरीको कविता अनि चित्रपनि हालेर सुनमा सुगन्ध थपेछौ।

ए! साँच्चि!! म नेपाल गा'को छुइन है! हिजो त्यत्तिकै ठट्टै ठट्टामा भनेको मैले। माफ पाउँ।

फोटो टाँस्ने कुरामा चाँहि मेरो फोटो नि टाँसेछौ त तिमीले त्यो पिङ सङ्गै। त्यो पिङ खेल्न कुरिरहेका भन्ट्याङ भुन्टुङहरु मध्य दाँयाबाट तेस्रो मै हुँ। हे हे हे!!

अनि तिमीलाई एउटा कुरा त भन्नै बिर्सेको, दशैँको लागी भनेर ग्वाँचे नेपाल गएको छ। पून्टे दाईलाई चाहिने सर्वतको ब्यवस्था चाँहि तिम्रो जिम्मा रे है। :डि

अब म्यारिज जम्ने हो भने म नि तयार छु है!

नमे तिमीलाई फेरिपनि धेरै धेरै धन्यवाद छ है।
 
Posted on 09-23-06 11:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म नि आउछु के चौतारियाँ .....लौ किन मलाइ कट् गरेको ..:(:(
 
Posted on 09-23-06 11:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमे लाइ धेरै धेरै धन्यबाद् !

टिका ,जमरा ,मन्त्र ले सजाएर नया चौतारी बनाएको मा , रमाइलो लाग्यो आज चौतारि आउदा अब भने दशै आएजस्तो हुन थाल्यो।
अब घर् जाने हरुले त हाम्लाइ बिर्सिहाल्छन् ,यहा हुने हरु ले खुब् रमाइलो स दशै मनाउँ है :D।

" सबैलाइ मेरो तर्फ बाट दशै को शुभकामना !!"

 
Posted on 09-23-06 11:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु ying yang तिमीलाई पनि दशैँको शुभकामना छ! चौतारिआँ आयौ के रे यहाँ त न्वारन अर्ने चलन छ अनि तेसपछि रोल लम्बर लिनु पर्छ। नाम सोच्नु परो एउडा मजाओ।

कुम्ले र माष्टरनी नानिलाई छड्के सलाम!
 
Posted on 09-23-06 11:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुरो अर्दा अर्दा तितौरी मैया पनि आइछिन्।
लु तिमीलाई पनि दशैँको शुभकामना छ!
 
Posted on 09-23-06 11:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दर्शन् गरे है जिम्माल् बा हजुर् स त कति भयो भेट् नभा आराम् हुनुहुन्छ? खोकि ठिक् भयो?

यिङ् याङ् लाइ स्वागतम् , अब यो चाइनिज् नाम् को चौतारिकरण् गर्ने जिम्मा त जिम्माल् बा कै होला नि ,गाम् को बुढोपाको हजुर् नै हो। :p
 
Posted on 09-23-06 11:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबैलाई दसैंं ६३ को हार्दिक मंगलमय शुभकामना ।
 



PAGE:   1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
जाडो, बा र म……
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters