[Show all top banners]

metta
Replies to this thread:

More by metta
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 हिन्दु राष्ट्र किन? दलित, महिला र अन्य धर्म लाई दबाउन

[Please view other pages to see the rest of the postings. Total posts: 48]
PAGE:   1 2 3 NEXT PAGE
[VIEWED 57989 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 3 pages, View Last 20 replies.
Posted on 08-09-15 8:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     3       ?     Liked by
 



तरबार,भाला,छुरी,त्रिशूल लिएर सार्बजनिक ठाउँमा बितंडा मच्चाउनेहरुलाई चाहिं ठीक गरिस भन्दै रमिता हेरेर बस्ने अनि उत्पीडित र दलितहरुले संविधानमा हाम्रो पनि हक अधिकार सुनिश्चित गरियोस भन्दा हात खुट्टा भाँच्ने ?यो सारा सत्तामा रहेका बिष्टहरुको खेल हो ! यो त्यति धेरै समय टिक्ने वाला छैन ! सबैलाइ चेतना भया !!!
(Copy/Paste)


 
Posted on 08-09-15 8:08 AM     [Snapshot: 1]     Reply [Subscribe]
Login in to Rate this Post:     2       ?     Liked by
 


दलितहरुले मुठ्ठी उठाएर अाफ्नाे अधिकारकाे लागि संघर्ष गरे, राज्यले उनिहरुमाथि दमन गर्याे, हात भाचिदियाे, टाउकाे फुटाइदियाे, । हिन्दुहरुले नांगाे तरबार देखाएर सबैलाइ काटी दिने धम्कि समेत दिए, उनिहरुलाइ राज्यले सुरक्षा दियाे । त्यसकारण पनि हुनु पर्छ राज्य धर्म निरपेक्ष ।

 
Posted on 08-09-15 3:41 PM     [Snapshot: 105]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 
 
Posted on 08-09-15 6:34 PM     [Snapshot: 201]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

This is very outrageous, no nay human being should be treated like this after all we all are born free and die free
 
Posted on 08-09-15 6:37 PM     [Snapshot: 204]     Reply [Subscribe]
Login in to Rate this Post:     2       ?     Liked by
 

ख्वामितहरूको राज्यमा
07 Aug 2015
शुक्रबार २२ श्रावण, २०७२
ईश्वर दाहाल

सिरहा, धनगढीका दीपक मल्लिक एकाएक सञ्चारमाध्यममा छाए। आखिर आड लागेपछि ठूलैको लाग्नु भनेको सोह्रै आना सत्य रहेछ। महानायक राजेश हमालको आड पाएपछि दीपकले पनि चर्चित हुने सौभाग्य पाए। दीपकको कथामा महानायकको पटकथा नमिसिँदो हो त शहरका सञ्चारगृहका लागि लाभदायक समचार बन्दैनथ्यो। उनीहरू कर्पाेरेट संस्कारबाट दीक्षित छन्। कर्पाेरेट दीक्षाले शहरमै केन्द्रित हुन सिकाउँछ। सत्ता शहरमै छ। नेता शहरमै बस्छन्।

बिकिनीधारी नायिकाहरू शहरमै भेटिन्छन्। नायकको अफेयर र ट्रेजिडीको सुरु तथा अन्त्य शहरमै हुन्छ। व्यापार र उद्योगपति शहरका रैथाने भइहाले। समचारयोग्य व्यक्ति र घटना शहरमै प्राप्त भएपछि सञ्चागृहहरूको ध्यान गाउँको खबरसम्म नपुग्नु कुनै आकाश खस्नु होइन। संयोगवश, दीपकसम्म महानायक पुगे।

महानायक आफैँमा समाचार हुन्। समाचारले अर्काे समाचार बनाएपछि दमदार समचार बन्नु पनि अस्वाभाविक होइन। दीपकको कथा शहरका लागि पनि 'हट केक' बन्यो। क्रान्तिकारी युवाहरूले फेसबुक र ट्वीटरमा विरोधको आगो ओकले। युवाहरूको विरोध र विद्रोह पढ्दा यस्तो लाग्थ्यो, छुवाछूत शहरबाट लोप भइसकेको छ। शहरबाट धेरै परका देहात र गाउँहरूमात्र थोरबहुत छुवाछूत बाँकी छ। सभ्य शहरले दीपक मल्लिकमाथिको असभ्य र निकृष्ट अपमानलाई धारे हात लगाउँदै थियो। शहरका रैथानेहरू मानवअधिकारको बहस गर्दै थिए। यहीबीचमा दलित माननीयहरू राजधानीको सडकमा दिनदहाडै निक्लए। उनीहरू दीपकजस्ता लाखौँका कथा–व्यथा लिएर सडकमा निक्लिएका थिए। माननीयहरूको माग थियो– 'नयाँ संविधानले दलितलाई पनि मान्छेका रूपमा स्विकारोस्। नयाँ संविधानमा दलितको पनि मान्छे भएर उभिने ठाउँ होस्। शताब्दीयौँदेखिको अपमान र कहर अबका दिनमा झेल्नु नपरोस्। जुगौँजुग थिचिएर नुहेका दलितहरूको शिर उठाउन संविधानले विशेष व्यवस्था गरोस्।' माननीयहरूको सालाखाला माग यति नै थियो। उनीहरू कुनै खतरनाक माग र मुद्दा लिएर सडकमा आएका थिएनन्। लोकको नजरमा उनीहरूको माग स्वाभाविक थियो। उनीहरूको चासो सान्दर्भिक थियो। तर, यो देशमा लोकले देखेको र ठम्याएको सत्ताले नदेख्न सक्छ। सत्ताले दलित माननीयहरूको मागमा लोकतन्त्रको सुगन्ध भेटेन। सत्ताको कसीमा दलित माननीयहरूको चासो अस्वाभाविक देखियो। उनीहरूले अधिकार माग्नु दण्डनीय कसुर ठहरियो। उनीहरू सडकमा निक्लनु कानुनी राजको उल्लंघन भयो। पुलिसका लाठी माननीयहरूको ज्यानमा बजारिए।

दीपक मल्लिकलाई इनार छुन नदिएको देखेर महानायकले नेपाली भएकोमा लज्जित हुनु परेको भन्दै सुस्केरा हालेका थिए। राजधानीको सडकमा दलित माननीयहरूमाथि बर्सिएको लाठ देखेर को–को लज्जित भए? क–कसले जिब्रो टोके? पशुपतिनाथ नै जानून्।

पुलिसको लाठीले भनिरहेको थियो– संविधान त के सडक पनि दलितका लागि होइन। दलितका मागहरू लोकतान्त्रिक राज्यमा शोभायमान देखिएनन्। दलितले बोल्नु हुँदैन, स्वीकृतिमा टाउको हल्लाउने मात्र हो। दलितले विरोध गर्नु हँुदैन, ज्यू, हजुर मात्र गर्ने हो।

दलित माननीयहरूको ज्यान अचानो बनेको सडक अघिल्लो दिन निकै कान्तिपूर्ण थियो। सडकमा हिन्दू राष्ट्रको माग थियो। संविधानमा हिन्दू राष्ट्र चाहियो भन्नेहरूको विरोध थियो। विरोधको नेतृत्व खुमबहादुर खड्काले गरेका थिए। एक त हिन्दू राष्ट्रको माग, अर्काेतर्फ खुमबहादुर खड्काको नेतृत्व। स्वाभाविक रूपमा अमंगल र अस्वाभाविक हुने कुरै भएन। पुलिसले लट्ठी उज्याएन। पुलिसले बाटो छेकेन। छेकोस् पनि कसरी? त्यहाँ जे थियो, लोकतान्त्रिक चरित्रअनुरूप थियो। त्यहाँ जे हुँदै थियो, विधिको शासन र कानुनी राजअन्तर्गत हुँदै थियो। त्यहाँ दलित थिएनन्। सीमान्तकृत थिएनन्। अल्पसंख्यक थिएनन्। अनि यी नभएको ठाउँ, यिनीहरूको चासो नभएको मुद्दा कसरी अलोकप्रिय हुन सक्थ्यो? कसरी कानुनको खिलापमा हुन सक्थ्यो? एकै सडकका दुई परिघटना। संघीय लोकतान्त्रिक नेपालको नवीन शैली र रूप। योभन्दा भव्य के नै हुन सक्थ्यो र?

नयाँ संविधानले समानता ल्याउँछ। सबैका लागि अवसरको ढोका खोल्छ। हामीले हजारौँ पटक सुन्यौँ। सत्य रहेछ। नयाँ संविधान खुमबहादुर खड्काहरूका लागि अवसर नै रहेछ। अरू भए पनि, नभए पनि नयाँ संविधानले खुमबहादुरहरूलाई नेता बनाएरै छाड्ने भो। जसले जे बनाउने हो, त्यो नबनेपछि केही तलबितल हुनु स्वाभाविकै हो। खुमबहादुरहरू नेता बन्ने समयमा गोपाल पहाडीहरू नेता बन्न निक्लिएपछि लाठी नखाएर अरू के खाऊन्? जे भयो, हुनुपर्ने नै भयो। दलितले संविधान माग्ने होइन। दिएको संविधान स्विकार्ने हो। माग्न निक्लनु नै अपराध थियो। अधिकारको दाबी गर्नु नै गैरकानुनी थियो। गर्नै नहुने काम गरेपछि राज्यले दण्ड नदिएर अरू के नै दिन सक्थ्यो र?

संविधानको मस्यौदासँगै विभिन्न विरोध र अस्वीकृति छताछुल्ल भएको छ। विरोधका लागि विरोध, नेता बन्नका लागि विरोध, खाइपाइ आएको नगुमोस् भन्नका लागि विरोध। विरोधैविरोधका बीचमा आफूले चाहेजस्तोे संविधान नभए देश टुक्य्राउँछौँ भनेर धम्की दिनेहरूको गर्जन पनि सुनिँदै छ। अखण्डताविरुद्ध बोल्नेहरूलाई कारबाहीको माग गर्नेहरू पनि साउतीको भाकामा बोलिरहेका छन्। तर, कारबाहीको माग गर्नेहरूले नयाँ नेपालको नयाँ लोकतान्त्रिक चरित्रलाई बुझ्न नसकेको प्रस्ट देखियो। देश टुक्य्राउने धम्की दलित र सीमान्तकृतको थिएन। पिछडा वर्ग र पीडितहरूको थिएन। यो नभएका व्यक्तिहरूका लागि कारबाही गर्नु कुनै पनि अर्थमा कानुनसम्मत ठहरिँदैन। कारबाही भोग्नका लागि वा कानुनको दायरामा आउनका लागि दलित, पिछडिएको वा हेपिएको वर्ग वा समुदाय हुनैपर्छ। कानुनी राजको परिधिमा नपर्नेहरूलाई काबाहीको माग गर्नेहरू कि त मूर्ख हुन्, कि त उनीहरूले नयाँ नेपालको नयाँ शासन व्यवस्था बुझेकै छैनन्।

सिरहाका दीपक मल्लिकहरूको चर्चा चुलिँदा उपेन्द्र यादवको आवाज कतै सुनिएन। बहिष्करणका विरुद्ध लड्ने उपेन्द्र, महन्थ र राजेन्द्रहरूका लागि सायद दीपकको पीडा मधेसको चासोअन्तर्गत परेन। मधेसको अधिकारका लागि लडेकाहरूले एउटा देहातको दलितको समस्यामा बोल्नु युक्तिसंगत देखिएन। आखिर सवाल मधेसको हो। मधेसमा बस्ने दलितहरूको होइन। सडकमा आफ्नै माननीयहरूको टाउको फुट्दा पार्टीका बडे नेताहरूको विरोध सुनिएन। आफ्नै माननीय भए पनि उनीहरूले पार्टीको कुरा गरेका थिएनन्। विभेदको कुरा गरेका थिए। तिरस्कार र अपमानको कुरा गरेका थिए। दलितको अधिकारको माग गरेका थिए। पार्टी र सत्तासँग साइनो नै नभएको विषयमा विरोध जनाउनेहरूका लागि नेताज्यूहरूले किन टाउको दुखाउने?

नयाँ संविधान र नयाँ नेपाल दलितका लागि होइन। न त मधेसी, जनजाति, अल्पसंख्यक र सीमान्तकृतका लागि हो। त्यसैले ख्वामितहरूको राज्यमा दलितले माग राख्नु, विरोध जनाउनु र आन्दोलन गर्नु जायज हुँदै होइन। दलितले हात थाप्ने हो। हात हालेर झिक्ने होइन। यो कुरा हाम्रा दलित अगुवाहरूले बुझ्नु नै बेस होला।

http://nagariknews.com/friday/story/43000.html
 
Posted on 08-09-15 6:48 PM     [Snapshot: 223]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

August 9, 2015, Kantipur

 
Posted on 08-10-15 5:56 AM     [Snapshot: 347]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

श्रेष्ठ, नेम्बांग र यादव दलित होइनन | एक दलितको प्रगति देखाएर लाखौंहरु दलितहरुलाई शोषण गरिराख्न कहिले सम्म सक्ने हो? दलितको मुद्दा उठाउदैमा र समानहकको बिषय उठाउदैमा माओबादी भइदैन |

  • दलित बस्ती भोकभोकै२०७२ बैशाख २१ सोमबार

    विनाशकारी भूकम्पका कारण दलित बस्तीका सबै घर भत्केपछि पर्वतको तिलहार गाविस ३ गिज्यानका पीडित भोकभोकै दिन काट्न बाध्य भएका छन्। भूकम्प गएको यतिका दिन बितिसक्दा पनि कतैबाट राहत नपाएपछि सिंगो दलित बस्तीका...

  • दलितको जुलुसमाथि लाठी प्रहार२०७२ साउन १९ मंगलवार

    विभिन्न दलित अधिकारसँग सम्बन्धित सङ्घसंस्था तथा राजनीतिक दल आबद्ध दलित समुदायका नेता लगायतले दलितमैत्री संविधान जारी गर्न माग गर्दै आज गरेको प्रदर्शनमा प्रहरी झडप भएपछि करिब दुई दर्जन अधिकारकर्मी तथा ...

  • दलितको विपक्षमा मस्यौदा२०७२ साउन १७ आईतवार

    संविधानसभाबाट संविधान निर्माण गर्ने नेपाली जनताको ६५ वर्षयताको चाहना औपचारिक रूपमा सम्पन्न हुने समय नजिक आउँदै छ । सहिद, बेपत्ता योद्धा, घाइते–अपांगलगायत आम क्रान्तिकारी जनताको त्यागको परिणमबाटै यो ऐत...


दलितसँग विहे गरेकी छोरी कुट्ने आमा प्रहरी खोरमा२०७१ माघ १४ बुधवार

चितवनको जुटपानीकी एक महिलाले आफ्नै आमाविरुद्ध उजुरी दिएकी छिन् । तल्लो जातसँग बिहे गरेको भन्दै आमाले यातना दिएपछि ती महिलाले आफ्नै आमाविरुद्ध जिल्ला प्रहरी कार्यालय चितवनमा बुधबार उजुरी दिएकी छिन् ।


२०७१ फाल्गुन २८ बिहीवार

'चोखिएर आए कारबाही फुकुवा गर्ने, कुलमा मिसाउने भने। अनि गएको माघको १ गते घरमा रुद्री गरेँ। नारायण पूजा लगाएँ, होमहोमादी गरेँ', छोराले दलित जातकीसँग बिहे गरेको भन्दै सामाजिक बहिष्कारको कारबाही

  • २०७१ मङ्शिर २५ बिहीवार

    दलितले पानी खाएको भन्दै कथित माथिल्लो जातका व्यक्तिहरुले सार्वजनिक चापाकलको धारा खोलेर लुकाएपछि पर्साको एक गाउँमा खानेपानीको हाहाकार भएको छ ।

  • दलितको घरको दूध बिकेन२०७१ मङ्शिर १ सोमबार

    गार्इको दूध बेचेर जीविका चलाउने दलित समुदायकी महिलाको सपनामा छुवाछुत तगारो बनेको छ ।

  • जागिर खान दलितले दिएको निवेदन फिर्ता२०७१ मङ्शिर ३ बुधवार

    दलित समुदायकी एक महिलाले जागिरका लागि दिएको निवेदन अछुत भन्दै गजुरीस्थित राष्ट्रिय बाणिज्य बैंकका प्रबन्धकले फिर्ता गरिदिएका छन् ।


 
Posted on 08-10-15 9:17 AM     [Snapshot: 399]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

metta : यो जडको बिउ बेद पछि एक आर्को पुस्तक निकाल्दै गए , महिला माथि दासता लाद्दै गए , काम अनुसार जातको सृजना गरे अनि आफुलाई सर्बोच्च बनाए हुदा हुदा ब्रम्ह बाक्यनै शास्त्र र धर्म हो भने येस्मा कुनै बिबाद छैन | के यो जात बिरुद्दको द्वन्द हो वा सामाजिक असमानता बिरुद्दको आवाज हो त्यो बुझ्न कोसिस गरे तर कतै पाइन भने यो असमानता अर्को धर्म अपनाए पछि जाने कुरामा तिमिले विश्वास गरे जस्तो लाग्यो ?
असमानता को दुरी : आर्थिक सम्मुन्निती , सिक्षा , मानसिक बिकास , साकारात्मक सोच को विकास नारा बाजीले सामन्ती हरुमा आउछ कि आउदैन ?
लौ हिन्दु रास्ट्र हुदैन र नराख्ना साथ् माथि उल्लेखित समस्या जादुको लट्ठी को काम गर्छ ? यो त सौता हाले पछि बुहारी ठिक हुन्छ भन्ने सासुको सोचाइ जस्तो भएन र ? जो यो छुवाछुत मा बिस्वास गरेका छन् तिनी हरु हिन्दु रास्ट्र नहुना साथ् परिवर्तन हुन्छन ?
अनि यो सामाजिक संजाल परिवर्तन गर्न के के गरियो र गर्नु पर्छ तिर कुनै बिचार न देखिएको ले प्रश्न झुण्ड्याएको छु |
 
Posted on 08-10-15 9:25 AM     [Snapshot: 405]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

Metta कुन चै देस धर्म जात पात भेद भाब रहित छ !! अमेरिका मा नि काले हरु ले तेइ भएर आन्दोलन गरि रको हैन !! के क्रिस्टेन धर्म मा कुनै कमजोरी छैन के मुसलते हरु ले धर्म को नाम मा तेत्रो आतंक मच्चाएको हैन के अब त्यो भनेर सबै देस मा धर्म को लागि आन्दोलन गर्ने !!!
अगिल्लो हप्ता को सम्भिधान को सुजाब संकलन मा के आयो नतिजा - सब ले हिन्दु राज्य मागेको हैन !!! मुसलमान हरु समेत हिन्दु राज्य माग्दै छन् फेरि कसको इशारा मा देस मा धर्म निरापेक्ष्यता को खेल हुदै छ !!!!
हिन्दु धर्म हाम्रो देश को कोण कोण मा जग गाडेर बसेको छ र हाम्रो देस को जग हल्लौना धर्म माथि प्रहार हुदै छ ! ! कैले तेसरी सोचेको छौ !
अनि धर्म निरापयाता को माग गर्ने को भन्दा सी के राउत अंग काजि जो चै सदै बिदेसी बाट परिचालित छन् !
हो हाम्रो धर्म मा कमि कमजोरी छ तर त्यो भनेर धर्म नै परिवर्तन गर्ने कि सुधार गर्ने ! तेसो भए त हामी भन्दा पैले यो संसार बात मुसलमान निर्मुल हुन पर्यो !!!
कुरो बुज मित्र देस तुक्रिदै छ धर्म र प्रदेस को नाम मा ! हुन् त् हाम्ले गर्न सक्ने की हैन !
 
Posted on 08-10-15 6:45 PM     [Snapshot: 533]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Please don't discriminate Dalits
 
Posted on 08-11-15 7:06 AM     [Snapshot: 640]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हिन्दु राष्ट्र नहुँदैमा रातारात यी सबै विभेदहरु हट्ने छैनन् तर हिन्दु राष्ट्र भयो भने यी सबै विभेदहरु संस्थागत हुन मद्दत पुग्ने छ र विभेदकारीहरुले हिन्दु राष्ट्रको बलबाट अरुलाई विभेद गर्न प्रयोग गर्ने छ |

पढ्नु भयो हिन्दु राज्यको नेता कमल थापा को आजको facebook status, संबिधानमा हिन्दु राष्ट्र नराखेकोले आज काठमाडौँमा केन्द्रबिन्दु बनाएर भूकम्प आएर "संकेत" दिएको रे? हिन्दु धर्मको नाममा येस्तै येस्तै कुरा गरेर आफ्नो अझै पेट भर्ना यिनी हरुले प्रयोग गर्ने छन् |

हिन्दु राष्ट्र नेपालमा सबै भन्दा बढी कसलाई चाहिएको छ?
सबै भन्दा भ्रस्टहरु लाई: कमल थापा, खुम बहादुर खड्का, र भारत बाट आएका हिन्दु extremists हरु क जत्थालाई |
 
Posted on 08-11-15 8:17 AM     [Snapshot: 659]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

@metta हिन्दू धर्म को माग गर्ने हरु कोई कोई भ्रष्ट्र छन । त्यों सही हो । धर्मं निरपक्षय माग गर्ने हरु सब बिदेस बाट प्रचालित छन नपत्ताए आंग काजी सी के राउत हेर । अनि फेसबुक मा ठुला ठुला कुरा गर्ने सब खाड़ी माँ गएका कामदार हरु छन । खै कल्ले उचाल्यों तिनिहरु लाइ । पढ़ने बेला घुच्चा खेल्न गए अणि हिन्दू ले गरेर तिमी हरु माथि शोषण भो भनेर फुके । भुत्रो ।
भारत बाट आएका extremist हरु ले dude ! भने पछि त्यों 84% हिन्दू भारतीय रैछन । तिमी हरु जो हिन्दू राज्य भएन भने क्वाप्प खान पाइछ भनेर आंदोलन गर्ने चै सच्चा नेपाली भएउ हैन । हिन्दू राज्य हुनु भन्दा अगाडि र आइले के कस्तो भै राको छ देखेको छैनौ।
हिजो लेख्दा लेख्दै बिच मा टुंग्याउनु पर्यो । आज तिम्ले फेरी कुरा निकालेउ । एस्तै कुरा ले गर्दा देस तुर्किदै छ । थाहा छ की अझै जातीयता को कालो पट्टी ले छोपेको छ आँखा । पैले माओबादी को नाम मा देस खोक्रो भो , अनि दरबार हत्या काण्ड माँ तंत्र माथि प्रहार भो , अनि जात जाती लाइ उचालेर देस माँ खुंबुवान लिम्बुवान मधेस को जात्रा भो ।अब हिन्दू धर्म । अनि बाकी के भो नेपाल मा बाबा जिका घंटा ।
मलाई अचम्म यो लाग्छ की खाड़ी का नेपाली ले यो सिम्पल प्लान बुजेनन त्यों ठीक हो । बुद्दी भए खाड़ी मा गएर भेड़ा हेर्न पर्दैन थियो । तिमी हरु जस्तो पढ़े लेखेको ले के नबुजेको । की तिमी पनि त्यों न्यू योर्कको कुन्नि के के भन्ने जात पात को नाम माँ खुलेका अनगिन्ति संस्था का संस्थापक होउ ।
हुन त मैले हिजो भन्या जस्तै तिमी संग करायेर के गर्नु । देस फूटी सको । साझा मा आएर भुक्न बाहेक हामीले के गर्ने सक्छम। लौ जय प्रदेस ।
 
Posted on 08-11-15 8:23 AM     [Snapshot: 667]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

अनि आयो हिन्दू धर्म माँ बिभेदको कुरा त्यों त हिजै भने नि छ भनेर । तेइ सुधार पो गर्न पर्छ । उदाहरण को लागि तिम्रो बाउ ले जाड खाएर घर मा आमा लाइ कुत्छ भने तिमी बाउ लाइ सुधार छौ की आमा लाइ अर्को बाउ खोजदिन्छौ । की छिमेकीलाइ बाउ भनेर बोलाउछौ ।
क्रिस्टियन हरु को चर्च मा तेत्रो यौन काण्ड सुनेका छैनौ । अब चर्च नै बन्द गर्ने ।। मुसल्टे 2-4 जाना आतंककारी कारी भए भनेर सब मुसल्टे लाइ मार्ने
 
Posted on 08-11-15 8:48 AM     [Snapshot: 680]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

https://m.facebook.com/story.php?story_fbid=491434147697440&id=213758935464964&ref=bookmarks
 
Posted on 08-11-15 8:51 AM     [Snapshot: 683]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Have heard the news in Punjab, Pakistan: Gang raped children over 200 for years ( Heard on NPR News this morning).


 
Posted on 08-11-15 4:21 PM     [Snapshot: 787]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आफु ख्रिस्तियन भएको मुलुकमामा बसेर धार्मिक स्वतन्त्रको मज्जा लिने अनि नेपालमा चाहिं हिन्दु राष्ट् बनाई राम राज्य बनाउने लड्डु देखाई उफ्रदै कमल थापा र खुमे रावणहरुलाई राज गराई मनु ग्रन्थलाई नेपालको सर्बोच्च राखी धार्मिक संबिधान बनाउने

यसै पनि मुलुकी ऐनमा महिला बलात्कार भन्दा बढि सजाय गाईको करणीलाई दिऎकै छ |
बालक बली चढाउडा चुप रहने हिन्दु अतिवादीहरु गाईको मासु खायो भनेर नभएको घटना उचाल्दै उफ्रदै छ र बन्द हड्ताल गर्दै छ |
गाई मरेकों भनेर गरिब र भोका जनतालाई बर्षौ बर्ष सम्म जेलमा थुनेकै छ |
तैपनि हिन्दु राष्ट्रले ती गरिबलाई सजाय माफी दिनुको सट्टा हिन्दु प्रदिप् राज पाण्डेलाई कानूनमा नै नभएको व्यवस्था भए पनि भ्रस्टाचारमा पनि माफी दिएकै छ

अझै हिन्दु अतिवादीहरु तल पर्यो भनेर सडक र साझामा कुर्लेकै छ |

हिन्दु बाहुल्यता रहेको मुलुकमा धार्मिक स्वतन्त्र हुदा हिन्दु खतरामा पर्ने, अनि हिन्दु नै भनेर किटेर राखेर हिन्दु धर्म अनुसार कानून बनाउदा चाही अरु धर्महरुको रक्षा हुने ? कस्तो कुतर्क हो यो?

हिन्दु धर्ममा भएका विभेद लाई सुधार्ने रे? स्वतन्त्रता कायम राखेर नहुने सुधार हिन्दु अतिवादीहरु लाई सुम्पिदा चै शायद धेरै नै सुधार हुन्छ होला? जातिवादी रे? आफू धार्मिक अतिवादी नभएको नदेख्ने? अनि स्वतन्त्रको कुरा गर्दा दुनिया आरोपमा उतर्ने?

"पढ़ने बेला घुच्चा खेल्न गए"
- यसबाट थाहा हुन्छ कति ignorant छौ भनेर | कृपया यो कुरो त्यो साझा सवालमा राजेश हमालले उठेको दीपक मिजार र SLC पास भए पनि शिक्षक त परै जाओस peon को पनि जागिर दलित भयो भनेर दिएन भन्नेहरुलाई सम्झाई दिनु होला |

बिदेशीको पैसा खाएर धार्मिक स्वतन्त्रको माग गर्यो रे?
ए भारतीयहरुलाई शायद हिन्दु अतिवादीहरुले आफ्नै मुलुकको स्वदेशी ठानी सक्यो होला त्यसैले भारतीय हिन्दु अतिवादीहरुलाई नेपाल ल्याई raw को पैसा खाई नेपालमा हिंसा भड्काउदै छ |
 
Posted on 08-11-15 7:21 PM     [Snapshot: 827]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

@metta....अमेरिकामा निलो चलचित्रमा खेल्ने अमेरिकन नारीहरू व्यथा सुनेको छौ? खुला समाज भनेको के नारीहरूको योनि दुरुपयोग गरि निलो चलचित्र बनाइ धन आर्जन गर्नु हो? के येही धर्म हो? बिन्दु परियारलाई नेपालीले फकाएर टेक्सासमा ल्याएर वेश्या बनाएको हो कि अमेरिकन ले? अनि त्यो मनु-स्मृतिमा नारि र दलित वर्गलाई अपहेलना गरेको छ भनेर कसले तिमीलाई भन्यो? संस्कृत को पण्डित हो तिमि जसले वेद पुराण अनि मौलिक मनु-स्मृति पढेको छ? विज्ञान प्रयोग गरेर आणविक हतियार बनाएर अमेरिकनहरूले जापानमा खसाले. के तिमि येसलाई विज्ञानको गल्ति मान्दछौ? कुनै पनि कुराको सदुपयोग एवम् दुरुपयोग हुन सक्दछ. राणाहरूले वेद पढेर नेपालमा चाकरी प्रथा ल्याएका होइनन. नेपाल र भारतमा रहेको कुप्रथा एवम् कुसंस्कृतिलाई वैदिक सनातन धर्मसंग जोडी हिन्दु धर्मलाई नीचा देखाउने धेरै आए. वैदिक सनातन धर्मको रक्षा गर्न सक्ने ऋषि एवम् पण्डितहरूको कमीले गर्दा नेपाल र भारतमा कुप्रथाहरू मौलाउदै गएको तिमीलाई हेक्का भएन? मनु-स्मृति कै कुरा गर्ने हो भने मौलिक मनु-स्मृतिको कुरा गर्नु पर्यो जुन वेद-वेदान्त संग विवादित छैन. जुन समाजमा नारि जातिलाई "देवी" भनेर सम्बोधन गरिन्छ त्यो समाजमा उनीहरूलाई मन्दिर छिर्न नदिनु मानव अज्ञानता हो; तिमि एसलाई वैदिक सनातन धर्म संग किन गांस्छौ? विज्ञानको कहिले पनि गल्ति हुदैन, गल्ति एसको दुरुपयोग गर्नेको हुन्छ. येसैगरि समाजमा रहेका कुसंस्कृति वेदको उपज होइन. वेदले स्पस्ट भनेको छ: वातावरण सफा राख. बागमतीको हालत देखेको छौ? नदि-नालामा मानव ढल मिश्रण गर्न नेपाल सरकारलाई वेदले सिकाको हुनु पर्छ तेसो भए, होइन र?
 
Posted on 08-11-15 7:59 PM     [Snapshot: 844]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

Metta:

 Do you know the difference between shamanism and hinduism?Do you say aerial burial done by Tibetans is a buddhist practice? How can a learned person like you blame hinduism for that kid sacrifice? BTW bible valorizes human sacrifice: 

  Genesis 22:2 
 Then God said, "Take your son, your only son, Isaac, whom you love, and go to the region of Moriah. Sacrifice him there as a burnt offering on one of the mountains I will tell you about." 

Most of the pictures you posted to denigrate hinduism show malpractices of hindus. Is it just a coincidence that you do not have any picture associated with Nep Hindus? Do you see the difference between Indian and Nepali hindus?

 हिजो एउटा आफुलाई ठुलै बुद्धिस्ट बताउने बन्धु ले भन्दै थियो: हिन्दुको ओम र बुद्धिस्ट को ओम फरक हो रे | बिचरा लाई यति पनि थाहा भएन कि उसले जप्ने "ओम माने पेमे हो" पनि संस्कृत को "ओम मणि पद्मे हम" को अपभ्रंस वा तिब्बती वर्सन हो भनेर| Not only this, the Avaloketeswor's Mantra also is in Sanskrit. Too much hate for hinduism / hindus in the air lately. :)


Last edited: 11-Aug-15 08:00 PM
Last edited: 11-Aug-15 08:07 PM

 
Posted on 08-11-15 8:19 PM     [Snapshot: 857]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

अतिबादी अतिबादी !! भुत्रा को अतिबादी ! हिन्दु धर्म जस्तो उदार धर्म अरु कुन छ ! न मुसल्टे जस्तो दिन को ४ पटक नवाज पढ भन्छ न क्रिस्टियन जस्तो हप्ता मा एक पटक चर्च जा भन्छ !
हिन्दु ले आमा मानेर पुजा गर्ने गाइ काट्दा हिन्दु ले बिरोध गर्नु कुन ठुलो कुरा हो ! गएर मुसलमान को छेउ मा सुँगुर को कुरा गर अनि थाहा पाउचस अतिबादी भनेको के रैछ
"हिन्दु राष्ट्रले ती गरिबलाई सजाय माफी दिनुको सट्टा हिन्दु प्रदिप् राज पाण्डेलाई कानूनमा नै नभएको व्यवस्था भए पनि भ्रस्टाचारमा पनि माफी दिएकै छ" रे तेललाई हिन्दु भएर छोडेको कि पैसा ले गरेर ! तेती पनि नाबुज्ने तोर्पे हरु संग के बाद बिबाद गर्नु !
छुवाछुट अशिक्ष्या र अज्ञानाता ले भएको हो ! हिन्दु धर्म मा की नराम्रो पक्ष्य पनि छन् तेललाई सुधार गर्न पर्छ जमाना अनुशार ! तर धर्म नै परिवर्तन हैन ! तेसो भए त संसार का सबै मुसलमान हरु लाइ आतंककारी भनेर मारे भै हाल्यो ! क्रिस्टियन जिउस हरु सबै भन्दा धेरै युद्ध गर्छन तिनी हरु लाइ लाइ मान्न छोड्न पर्यो !
तिमि कुन नेपाल मा हुर्केउ मलाई थाहा छैन मित्र तर मा हुर्केको नेपाल मा म संगै सबै जात का साथी हरु थिए र आइले सबै राम्रै संग पढेर राम्रै काम गरेर बसेका छन् ! मेरा कयोउ तल्लो जात भनिने साथी मेरा अरु साथी भन्दा धेरै धनि छन् !
अनि भैरे तिम्रो अंग काजि लाई कति european मुलुक बाट पैसा आएको बिर्सेउ ? अनि सी के राउत लाइ भेट्यो भनेर २ मैना पैले नेपाल सरकार ले २ जना राजदुत हरु लाइ चेतावनी देको बिर्सेउ ! र मुक्ख्य कुरा भारत ले नेपाल को हिन्दु हरु लाइ सहयोग गरेको भए तिमि हरु जस्ता ५० जना अंग काजि र सी के राउत ले नि की उखड्न सक्दैनौ बुझेउ !
सायद तिमि हरु को नेता ले अब नेपाल मा बाहुन छेत्री ले धेरै खाए , तिनी हरु लाइ भगाम देस सबै हाम्रो हुन्छा अनि तिमि हरु सब हुने खाने हुन्चाउ भनेर उचाल्यो होला तेइ भएर तिमि हरु खुब बिरोध गर्दै छौ ! नेपाल गएर मन्त्रि बनुला भनेर सोच्या होलाऊ ! ईस
 
Posted on 08-11-15 10:05 PM     [Snapshot: 923]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

metta are you dalit?
उज्ल साधु महाराज निलो चलचित्र भनेको के हो?
पोर्नोग्रफिक ओफ व्हिट चिक?
कालो ब@$$ बुटी को चाही ब्लैक चलचित्र हो कि क्या हो?

sojoketo ain't care either hindu rastra or dalit rastra, 6 prades or 14 zones, 75 districts
i only care of the development of the tiny very undeveloped country called Nepal so that everyone could get sufficient food, enough clothes, warm shelter, adequate education, medication and appropriate security, which is apparently a day dreaming until corrupt politicians are there.



 



PAGE:   1 2 3 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
ChatSansar.com Naya Nepal Chat
TPS Re-registration case still pending ..
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
Do nepalese really need TPS?
कता जादै छ नेपाली समाज ??
Nas and The Bokas: Coming to a Night Club near you
Will MAGA really start shooting people?
Democrats are so sure Trump will win
मन भित्र को पत्रै पत्र!
Top 10 Anti-vaxxers Who Got Owned by COVID
I regret not marrying a girl at least for green card. do you think TPS will remain for a long time?
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
TPS Work Permit/How long your took?
Breathe in. Breathe out.
3 most corrupt politicians in the world
Nas and The Bokas: Coming to a Night Club near you
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters