[Show all top banners]

instagram
Replies to this thread:

More by instagram
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

NepaliBudho

365
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 नेपाली को डाहा गर्ने बानि र TPS !

[Please view other pages to see the rest of the postings. Total posts: 62]
PAGE:   1 2 3 4 NEXT PAGE
[VIEWED 69785 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 4 pages, View Last 20 replies.
Posted on 05-13-15 3:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     11       ?     Liked by
 

आइले साझा लगाएत सबै तिर TPS को बहस चलेको छ . TPS के हो कसो हो सब ले थाहा पाई सके ! म त्यो बारेमा जानकारी दिन लागेको हैन ! तर येति कुरो सहि हो TPS ले धेरै नेपाली लाइ येह सहयोग गर्छ , फेरि पनि हामि हिच किचाइ रहेका छौ किन ?? किन भने हामि संग नेपाल बाट डाहा गर्ने बानि र अरु को खुट्टा तान्ने बानि अझ पनि छ . मान कि नमान येहा धेरै नेपाली काम गर्ने कागज बिहिन छन् , कोइ बिद्धार्थी छन् त कोइ अबैधानिक रुप मा आएका छन् . सबै को आफ्नो आफ्नो परिस्थिति हुन्छ, कसै लाइ आफ्नो आमा घर देस छोडेर येहा आउने रहर हुदैन . यो कुरा मा नजाम , त्यो अर्को बहस को बिषय हुन्छ .
TPS ले सबै लाइ येहा काम गर्ने हैसियत दिन्छ . तेसमा एउटा इमेल हालेर साइन गर्दिदा कुनै नेपाली ले ढुक्क संग काम गर्ने अवसर पाउछ भने किन नगर्दिने ? तर हाम्रो डाहा गर्ने बानि ले के भन्छ भने हुन्न मैले चै येति मरी मरी पढेर काम गरेर कागज बनाउने त्यो मुजी लाइ चै सित्तै मा काम गर्ने अवसर दिने ! त्यो हामि सब मा लागु छ , नापत्ताय आफै सोच्नु . आफु ले जानेर बुजेर बसेको कुरा ले कसैलाई सहयोग पुग्छ भने अरु लै सिकाउदा के भयो ? मैले नेपाली community मा देखेको यो सब भन्दा ठुलो इस्सु हो . बंगाली , इन्डियन , पाकिस्तानी लगाएत अरु मा हेर आफु ले जानेको कुरो अरु देस बासि लाइ सिकाएर सहयोग गरेर सब जना आराम ले बसेका छन् , हाम्रो चै हुन्न तेसो गर्न , किन कि हामि डाडे छौ . यो कुरो कसै लाइ मन नपर्ला , तर त्यो सत्य हो .
ये बाबा तिमीले दुख गरेर आयेउ , दुख गरेर पढ़ेउ , दुख गरेर कागज बनायेउ त्यो तिम्रो भाग्य हो . अब के त्यो भन्दै मा GC परेर आउने सब नेपाली लाइ घृणा गरेर हुन्छ ?? मलाई पनि रिस उठ्यो कैले काइ , साला हामी चै तेत्रो दुख गरेर आउने , यो मूला हरु चै lottery जितेर आउने भनेर , तर जब जब मैले बुज्दै गए , तब सोच आयो आफ्नो आफ्नो भाग्य को कुरा हो , थोडा मैले रिस गरेर बिल गेतस बन्छु ??
काम तिर तेस्तै , नेपाली ले नेपाली लाइ सकाउनु त कता हो कता हो उल्टो रिस गरेर जात्रा , लाग्छ हामी गएर तेस्को भाग खोसेर खान्चम ! अस्ति एउटा दिदि texas बाट फोन गरेर दुख पोख्दै थिन , संगै को नेपाली ले कुरो लगाएर काम को समय घतैदियो रे ! थुक्क तेस्को बुद्दि, जब कि त्यो ठाउ मा एक shift मा १५० जना ले काम गर्छन होला !
TPS ले कुनै नेपालि ले काम गर्न पाउछ त थोडा हाम्रो भाग बाट दिन पर्छ ? अमेरिका सरकार ले आएर तिम्रो काम गर्ने कागज अर्को लाइ देउ भन्छ ?? कि तिमीले किन साइन गरेउ भनेर सोध्न आउछ ??
कुनै बिद्धार्थी ले ढुक्क संग काम गरेर कलेज को पैसा तिर्न सक्छ , गएर मरी मेटेर OC मा घोतिनु पर्दैन !
नेपाल मा भुइचालो गयो , नराम्रो कुरा हो , भुइचालो को नाम पैसा उठाएर खान हुन्न तर त्यो भै सकेको बिपत्ति बाट एउटा सानो राम्रो काम हुन्छ भने तेस्मा गलत के भयो ? हाम्ले भुइचालो जावोस अनि TPS गरम्ला भनेर बसेका थिएनम ! ३ हप्ता अगाडी सम्म त त्यो भन्या के हो पनि थाहा थिएन !
कति बिद्धार्थी को , अबैधानिक बसेका नेपाली को घर भत्केको होला , काम काज ठप्प छ , येसो २-४ पैसा जोगाएर पथौन पाए आमा बाउ लाइ थोरै भए पनि राहत होला , तेस्मा गल्ति के भयो ?
जब सम्म हामीले हाम्रो डाडे बानि त्याग्दैनौ तब सम्म हामि येसरी नै तल परेर बस्छौ , संगै अमेरिका छिरेका बंगाली , पकिसतनी एक अर्का लाइ सहयोग गरेर कहा पुइ सके हामि चै अझै ग्यास स्टेशन काम खोज्दै छौ .
अरु के भन्नु खै , मेरो काम मा एउटा नेपाली ले मैले भन्दा धेरै काम गर्दै छ , गएर साउ संग कुरो गर्न जान छ , जय नेपाल !
 
Posted on 05-13-15 3:26 PM     [Snapshot: 7]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

@facebook : Good one bro. You nailed it.
 
Posted on 05-13-15 3:32 PM     [Snapshot: 18]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

You nailed it bro. That's sums it all. Hispanic communities are working their butt off to legalize all 11 millions undocumented immigrants while we Nepalese are arguing about may be 20 thousands people's fate. That fate is not even guaranteed by the petition that we are signing. They might issue or not issue TPS but here we are typical Nepali already pulling each other legs. We are so sorry a$$e$.
 
Posted on 05-13-15 3:33 PM     [Snapshot: 33]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Aba khutta tanna chodau ra sign garau, lets unite once and for all, yo sign gardai ma kasaiko bhag khosine haina, why not sign and help all Nepali.


https://petitions.whitehouse.gov/petition/designate-nepal-temporary-protected-status-tps-save-peoples-lives-devastating-earthquake
Last edited: 13-May-15 03:33 PM

 
Posted on 05-13-15 3:34 PM     [Snapshot: 25]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Budha was born in Nepal got 26k signatures.
 
Posted on 05-13-15 3:48 PM     [Snapshot: 93]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

अहिले आएर यो मान्छे मलाई ठिक लाग्न थाल्यो है ! चित्त बुझ्दो कुरा गर्यो आज facebook ले!
 
Posted on 05-13-15 5:03 PM     [Snapshot: 187]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फेसबुकजी राम्रो कुरा निकाल्नुभयो, धन्यवाद। तर आफूलाई मन नपर्ने सप्पैकुरा अरुले डाहा गरेर बोलेको या खुट्टा तान्न खोजेको मानसिकताबाट तपाईं अलि ग्रसित भा होकी भन्ने चाँही अलि मानेको छु है, माइन्ड नगर्नुहोस्। नेपालमा भूकम्प गएर मेरो "कागज" बन्छ भने मलाइ त्यो स्विकार्य छैन। न त नेपालमा माओवादी, राजावादी या खावोवादी र अब आइकन यो महाभूकम्पको कारण देखाइ "पेपर" भर्न भने म तम्सिन्न है। यो मेरो रोजाइ हो र म यसलाई सही ठान्छु। मेरो लागि अहिले सकेसम्म कसरी नेपाललाई मद्दत गर्नपाउँ भन्ने ठुलो कुरो हो, अम्रिकामा बस्न पाउँला या नपाउँला भन्ने होइन। यस्तो सोच्दैमा तपाईंलाई चित्त दुख्छ भने क्षमा पाउँ, तर मैले त्यसमा साइन गरिन है।
Last edited: 13-May-15 05:04 PM

 
Posted on 05-13-15 5:49 PM     [Snapshot: 291]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 05-13-15 6:38 PM     [Snapshot: 361]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फेसबुक भाइले भन्या कुरो मन पर्यो मलाई पनि. हुन त यो टि पी एस भए घर गएर नेपालको सेवा गर्छु, रिलिफमा मदत पुर्याउछु भन्ने धेरै जसो तोर्पे हरु भनेका अरु बेला नेपाल गए पक्का भिसा हान्दिदैन र येइ हो मेरो मौका भन्ने अवसरबादी नि छन्. यो दैविक प्रकोपको मौकामा असाइलमको तयारी गर्ने, यस्तै झुटो बोल्ने थुप्रै छन्. तर कति यस्ता पनि छन् जसको घर बहार सर्वनाश भएको छ. नेपाल गएर सहयोग क्यै नगरे नि पालमा सुतेका आमा बाउ लाइ सान्तवना दिन जरुरि छ. २-३ जना मात्रैको मात्र भलो हुन्छ भने यो २-३ मिनेट लाग्ने पेतिसन साइन गर्दिन्छु म पनि.
 
Posted on 05-13-15 9:23 PM     [Snapshot: 553]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

० विजय पौडेल
vishwosandesh@gmail.com
वैशाख १२ को मध्यदिनमा नेपालमाथि बज्रेको वज्रपातले सदियौंदेखि अन्यौलग्रस्त मुलुक पुनः एकपटक थिलथिलो भएको छ । म र मेरो अघिल्लो पुस्ताले नभोगेको यो अकल्पनीय पीडा वर्तमानका दुवै पुस्ताले भोग्दैछ । भूकम्पको एक झट्काले दिएको त्यो पीडा भौतिकरुपमा नेपालमा बस्नेले जति भोगे, प्रवासस्थित नेपाली डायस्पोरा पनि कम दुःखी भएन । नेपाली डायस्पोरा पनि त्यत्तिकै आत्तियो, छट्पटियो अनि हड्बडायो । विश्व मानचित्रमा उभिएको सानो मुलुक नेपाललाई पश्चिमाहरुले यसअगाडि नाम सुन्नेबित्तिकै ब्युटिफुल कन्ट्री, बर्थ प्लेस अफ बुद्ध र कन्ट्री अफ माउण्ट एभरेष्ट भन्दै गर्ने स्मरण एकाएक भूकम्पले आक्रान्त बनेको मुलुकका रुपमा परिणत भयो । यसअगाडि १० वर्षसम्म माओवादी युद्धले थुप्रै भौतिक संरचना नष्ट नभएका पनि होइनन् अनि हजारौंले ज्यान नगुमाएका पनि होइनन् । तर, विश्वमा नेपालको परिचय कहिल्यै कम्युनिष्ट गुरिल्ला लडेको देशका रुपमा रहेन । संसारकै राजधानी मानिने न्यूयोर्क शहरमा प्रत्येक दिन भेटिने पश्चिमाहरु नेपालको नाम सुन्नेबित्तिकै हिमालयको काखमा रहेको सुन्दर देशकै रुपमा सम्मानपूर्वक बयान गर्थे, तर प्रकृतिको मारले नेपालको परिचय अप्रिल २५ देखि एकाएक बद्लियो ।
हरेक प्रवासी मन रोयो । भौतिक रुपमा नभए पनि भावनात्मकरुपमा नेपाल र नेपालीसँग डायस्पोेरा जोडिन खोज्यो । चोक, बाटो र डबलीहरुमा नेपालका भूकम्पपीडितका नाममा चन्दा बाकस थापिए । न्यूयोर्ककै प्रसंगमा कुरा गर्नुपर्दा दक्षिण एसियालीहरुको बाहुल्यता रहेको कुइन्सस्थित ज्याक्सन हाइटको एउटा चोक समवेदना व्यक्त गर्न झण्डै दुई हप्ता नेपाली मनहरुले कब्जा गरे । ज्याक्सन हाइटस्थित डाइभर्सिटी प्लाजाको भित्तो भूकम्पमा ज्यान गुमाउनेहरुको नाममा कोरिए । हजारौं मैनबत्तीहरु दुई हप्तासम्म अखण्डरुपमा बलिरहे, समवेदना व्यक्त गर्दै बालिए । दुई हप्ताको अथक प्रयासमा झण्डै १५ लाख अमेरिकी डलर भूकम्पपीडितको राहतका लागि नेपाली डायस्पोराले अमेरिकामा चन्दा संकलन ग¥यो । विश्वकै पर्यटकीय स्थल टाइम्स स्क्वायरमा न्यूयोर्कस्थित नेपाली समाजले चन्दा संकलन गर्ने हैसियत राख्यो अनि बत्तीहरुको बगैंचामा साँझपख फहराइएका नेपाली झण्डाले पुनः नेपाल छिट्टै उठ्दैछ जस्तो लाग्यो ।
नेपालका लागि यति धेरै सकारात्मक क्रियाकलाप गर्ने अमेरिकास्थित प्रवासी समाजका यी सकारात्मक पक्षहरुलाई छाडेर नेपालकै भूकम्पसँग जोडिएका थप प्रसंगतर्फ मोड्दै छु । १७ वर्षअगाडि टाईसुटमा ठाँटिएर अमेरिकी सपना सजाउँदै अमेरिका छिरेका काठमाडौंका रामचन्द्र थापा दाइ हिजो मात्र कहिल्यै नफर्कने गरी न्यूयोर्कबाट नेपाल फर्किए । उनी अब अमेरिका टेक्ने छैनन् किनकि उनीसँग फर्कने आधार भएका कुनै कानूनी कागज छैन । नेपाल फर्कनुअगाडि उनीसँग साक्षात्कार त हुन पाएन, तर सुनेअनुसार उनी नेपालकै भूकम्पका कारण फर्किएका हुन् । केही समयअगाडि १७ वर्षे अमेरिकी अनुभव शब्दमा उतार्ने क्रममा उनी भन्दै थिए– बिरामी पनि छु, उपचार अमेरिकामा भइरहेको छ, त्यसैले अमेरिका छाडेर नेपाल जान गाह्रो भयो । तर, अहिले रामचन्द्र दाइ अमेरिका छाडेर गइसके । उनीसँग फर्कन पाउने कुनै कानूनी कागज भइदिएको भए भूकम्पले क्षतविक्षत भएको देश अनि पीडामा बाँचेको परिवारलाई झनै आर्थिक आवश्यकता पर्ने परिस्थितिमा नेपालमा नै अड्किनुपर्ने थिएन । हरेक अर्को देशमा पर्ने ठूला बिपतपश्चात् अमेरिकामा बसोबास गर्ने त्यस्ता देशका नागरिकहरुलाई अमेरिकाले अस्थायीरुपमा कानूनी हैसियत प्रदान गर्ने टेम्पोररी प्रोटेक्टेड स्टाटस (टीपीएस)को व्यवस्था सरकारले गर्ने गरेको छ । नेपालको विनासकारी भूकम्पका कारण नेपालीहरुलाई पनि अमेरिकामा टीपीएसको माग गर्दै ह्वाइट हाउसको आधिकारिक वेबपेजमा नेपालीका तर्फबाट निवेदन दर्ता गरिएको छ । नेपालीको संख्या अमेरिकामा ४ लाख आँकलन गरिन्छ, तर विडम्बना हालसम्म उक्त वेबपेजमा दर्ता गरिएको पिटिसनमा जम्मा ८ हजार मात्र हस्ताक्षर पुगेको छ । १ लाख हस्ताक्षर भयो भने राष्ट्रपति बाराक ओबामाले उक्त निवेदनमाथि सम्बोधन गर्नेछन् र कागज नभएका रामचन्द्र थापा दाइजस्ता हजारौं नेपालीले निश्चित समयलाई कानूनी हैसियत प्राप्त गर्ने प्रबल सम्भावना रहन्छ । त्यसपछि २०औं वर्ष नेपालस्थित आफ्नो परिवारसँग छुट्टिएकाहरु भूकम्पले घरबारविहीन परिवारलाई भेटेर पुनः अमेरिका आउन पाउनेछन् । त्यति मात्र होइन, ह्वाइट हाउसको उक्त वेबपेजमा ४ लाख छौं भनेर दाबी गर्ने गरेका हामी नेपालीले १ लाख हस्ताक्षर पु¥याउन सकेमा तेस्रो मुलुकमा नेपाली समुदायको अस्तित्व गनिनेछ । नेपाली समुदाय अमेरिकामा अझ मजबुत समुदाय हुनेछ । तर तीतो सत्य, हस्ताक्षर भने हालसम्म जम्मा ८ हजार मात्र पुगेको छ । प्रशान्त तामाङलाई इण्डियन आइडल बनाउँदा होस् वा तेरिया मगरलाई ताज पहि¥याउँदा होस् अमेरिकास्थित नेपाली समुदायको ठूलो भूमिका रहेको थियो । तर आज आफ्नै शिर सजाउन चुकेका छौं हामी । एउटा महान कार्यका लागि हामी अमेरिकामा एकता प्रदर्शन गर्न सकिरहेका छैनौं ।
९० को दशकदेखि अमेरिकामा बढ्न थालेको नेपालीको संख्या बाक्लिंदै गएको कुरा ज्याक्सन हाइटको वरिपरि सुनिने नेपाली भाषाले पुष्ट्याउँछ । आधिकारिकरुपमा अमेरिकामा नेपालीको तथ्यांक न राजदूतावाससँग छ न त आफूलाई प्रवासीको छाता ठान्ने एनआरएनले नै दिनसक्छ । सिर्फ भाषणका शब्दहरुमा भने अमेरिकामा झण्डै चार लाख नेपाली छन् भन्ने गरिन्छ । यदि चार लाख नेपाली अमेरिकामा बस्छन् भने कागजको पीडामा २०औं वर्षदेखि परिवारसँग छुट्टिएकाहरुलाई राहत दिलाउने टीपीएसको पिटिसनमा भने किन जम्मा ८ हजार हस्ताक्षर ? के अमेरिकामा कानूनी हैसियत भएकाहरु नभएकाहरुलाई केही राहत होस् भन्ने चाहँदैनन् त ? यदि चाहन्छन् भने विश्वका अन्य मुलुकले यस्ता विपतका समयमा अमेरिकामा टीपीएस पाएका छन् । नेपालले पनि पाउनुपर्छ । यो नै अहिले अमेरिकामा बसोबास गर्ने नेपालीहरुले प्रदर्शन गर्नुपर्ने एकता हो । हामी प्रवासमा आवश्यकताभन्दा कयौं गुणा धेरै विभाजित छौं भन्ने कुरालाई यो पिटिसनमा भएको न्यून हस्ताक्षरले सतहमा ल्याएको छ । नेपालका राज्य सञ्चालन तहमा रहेकाहरु कहिल्यै मिल्न सक्दैनन् । देश विकासका लागि साझा एजेन्डा बनाउन सक्दैन भनेर प्रत्येक संवादमा खबरदारी र आलोचना गर्ने हामी त्यहाँभन्दा धेरै गुणा अगाडि बढेर विभाजित छौं । पद वा पैसाको लाभ नहुने अवस्थामा त्यो पनि प्रवासी समाजमा त हाम्रो यो हविगत छ भने स्वार्थैस्वार्थले गाँजेको राज्य सञ्चालन तहका शासकहरु एक नहुनु अनौठो भएन । आखिर हामी त्यही मुहानकै पानी खाएका मान्छे हौं । यदि साँच्चिकै एकता प्रदर्शन गर्ने हो भने अहिले अमेरिकामा नेपालीहरुले अभूतपूर्व एकता प्रदर्शन गर्नुपर्ने बेला आएको छ, जसले कागज नहुनेलाई कानूनी हैसियत त प्रदान गर्छ नै, सम्माननीय राष्ट्रपति कार्यालयको आधिकारिक पेजमा दर्ता गरिएको निवेदनमा एक लाख नेपालीले हस्ताक्षर गरेको खण्डमा विपरीत भूगोलमा नेपालीभाषीहरुका लागि सयौं सम्भावनाका ढोकासमेत खुल्नेछन् ।
हुन त एउटा अनौपचारिक भेटघाटमा झ्वाट्ट सुनेको थिएँ– न्यूयोर्कस्थित एउटा संस्थाका प्रतिनिधिले टीपीएसका लागि ह्वाइट हाउस पेजमा पिटिसन दर्ता गर्ने काम त हाम्रो हो । हामीसँग सल्लाह नगरी किन दर्ता गरेको भन्दै सिण्डिकेट प्रथाको समेत शुरुवात गरेको खबर छ । अर्कोतर्फ डायस्पोरास्थित हाम्रो समाजमा रत्नपार्कमा जुलुस ल्याउने जस्तै ठेकेदारी प्रथाको शुरुवात भइसकेको छ । मान्छे ल्याउनुप¥यो एउटालाई जिम्मा दिने, अर्को कमजोरीको कुरा गर्नुपर्दा अमेरिकाले एउटा सार्वभौमसम्पन्न मुलुकका नागरिकलाई टेम्पोररी प्रोटेक्टेड स्टाटस दिनुपर्ने विषयमा पक्कै पनि नेपाल सरकारका प्रतिनिधिका रुपमा राजदूतावासले आधिकारिक निवेदन दिनुपर्ने हुन्छ नै । अभियान सकारात्मक भए पनि बिरालाले आची लुकाएझैं कसले बैठक गर्छ, कहाँ गर्छ ? को लागि परेको छ ? यी सबै क्रियाकलापमा समुदायलाई सुसूचित गरिरहेका कुनै पनि पत्रकारलाई खबर गरिंदैन । जानकारी गराइँदैन । यस्तै कमजोरी र चरित्रका कारण अमेरिकामा बसोबास गर्ने हजारौं नेपालीले टीपीएसका बारेमा सूचना नपाएका कारण पनि जम्मा ८ हजार हस्ताक्षरमा खुम्चिनुपरेको हो वा डिभी परेर नेपालबाट आएर खुसीसाथ टेक्सासमा बसोबास गर्दै गरेका एक नेपालीले अनौपचारिक कुराकानीका क्रममा एक दिन भन्दै थिए– ‘यो अमेरिका पनि के भएको होला ? किन यत्रो समय डिभी खुल्ला राखेको हो ? अब त बन्द गरे पनि भयो नि । जो पनि अमेरिका आउन थाल्यो । अति सस्तो भयो अमेरिका ।’ कि यस्तै सोचाइले हो । हाम्रो एकता अमेरिकामा कमजोर देखिएको छ ।
 
Posted on 05-13-15 9:23 PM     [Snapshot: 550]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Facebook bro, I just couldn't agree more :)
 
Posted on 05-13-15 10:43 PM     [Snapshot: 673]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Don't think, sign TPS, if a single Nepali benefit here in USA or Nepal, it is good. So, there is no point to discuss. Nepali all over the world voted Indian Prasant Tamang to make Indian Idol, why people had difficulty to sign TPS which can directly or indirectly benefit Nepali.

Very good facebook, Well said.
Last edited: 13-May-15 10:44 PM

 
Posted on 05-13-15 11:15 PM     [Snapshot: 716]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

kya senti bhako facebook
 
Posted on 05-13-15 11:34 PM     [Snapshot: 737]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Nobody wish to be illegal; it is the circumstances that make them. Many of us struggle hard for that piece of paper. Not everybody is fortunate enough to get it. If I can be of any assistance to my fellow Nepalese who have not visited home for years because of their status by signing a petition, I would do it and it would make me feel happy. Why think unnecessary and judge people.
 
Posted on 05-14-15 12:17 AM     [Snapshot: 789]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हिलारी जिते नि पाइन्छ बुश रुबियो जिते नि पाइन्छ आखिरमा, कोही कोही चै टि पार्टीको गोराहरुभन्दा पनि अजासु डाहाडेहरु रैछ घण्टा जस्तो तर्क गर्दै। मैले त ठोकी दिए अस्ति नै , बिछडिएका एक बच्चा वा बुदि आमैको आउने सकने मुस्कान सम्झिदै ।
 
Posted on 05-14-15 6:43 AM     [Snapshot: 929]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Do they really deserve TPS? . Yesto dukha ko belama ni Nepali awasarbaadi haru lai k ko tps baru kaali ko tp lagao. US le baru humanitarian basis ma nepal ma sabai gumayeka ghar pariwar ra anath baccha haru lai us ma lyaune byawastha milaos. Bhukampa le gharbaar naas bhako nepali jo america ma saran lina parne cha tyasta ko laagi kasaile petition organize/sign garecha ? Moouji awasarbaadi haruho tps paune petition sangai tyasto petition ma ni aawaz uthao na ani manchu. Mero ni kagaz chaina, but i don't support this because of wrong intentions of many crook nepalese. USCIS should do something for the deserving ones though, jasko gharbaar sabai sakyeko cha nepal ma tyastalai chai tps de huncha case by case basis ma, but i doubt yasma ni fataha nepali matra parchan. Nepal ko nikkai maya cha ra nepal aaunai parne cha bhani khurukka pharkiye hunna. Bhukkampa le kasai ko jiwan barbad bhacha kasailai chahi bhukampa bhajayera kaagaz chahiyecha. Khao mero aaloo.


Last edited: 14-May-15 06:50 AM

 
Posted on 05-14-15 8:15 AM     [Snapshot: 1016]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दूधको साछी बिरालो. सबै illegal हरु, हो हो सहि हो भन्न आएछन.

So if I say filing for asylum without any valid reason was wrong thing to do, I am jealous?
If I say I am not going to sign in the Sponsor letter for my friend who wants to get a GC through dubious channel, I am jealous?
If I say appearing for interview for somebody else (many people do it in IT consultancies) is wrong, I am jealous?

Fine, I am jealous. Better jealous than unethical.
 
Posted on 05-14-15 8:30 AM     [Snapshot: 1042]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

There is no disadvantage of TPS for anyone. If 1 minute of your time helps out fellow Nepalis why don't you do it?
 
Posted on 05-14-15 9:03 AM     [Snapshot: 1098]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

यो article यहि BadhiJanne जस्ता नेपालीहरुका लागि लेखिएको हो जसले अरुले गरिखाएको देख्यो भने डाढले मर्दछ ।
 
Posted on 05-14-15 9:14 AM     [Snapshot: 1129]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Baru mero office ko sabai Kyure haru le sign gari sake hami k bhako...Yo Neta Haru ko jasto para na layau, sadhai badbibad matra cha, La La Kta haru sabai jana yo petition afno facebook ra twitter ma post garau, 100K Nepali unite huna sakdainau bhane 28 million Nepali Unite kasari hune ho.

https://petitions.whitehouse.gov/petition/designate-nepal-temporary-protected-status-tps-save-peoples-lives-devastating-earthquake
 



PAGE:   1 2 3 4 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
What are your first memories of when Nepal Television Began?
TPS Re-registration case still pending ..
Basnet or Basnyat ??
nrn citizenship
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Travelling to Nepal - TPS AP- PASSPORT
emergency donation needed
निगुरो थाहा छ ??
ढ्याउ गर्दा दसैँको खसी गनाउच
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
TPS Work Permit/How long your took?
मन भित्र को पत्रै पत्र!
Informatica consultancy share
Travelling on TPS advance travel document to different country...
Are you ready to know the truth?
Thank you for the sajha policy
Nepali doctors future black or white usa ?
Morning dharahara
महँगो अण्डाको पिकल्प : कुखुरा र खोर भाडामा लिने
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters