[Show all top banners]

Fuel Tank
Replies to this thread:

More by Fuel Tank
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

sabikali

instagram
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 चकचके बाँदरको चाकमा डाम

[Please view other pages to see the rest of the postings. Total posts: 37]
PAGE:   1 2 NEXT PAGE
Keywords associated with this thread

कथा Fuel Tank chakchake
[VIEWED 45056 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 2 pages, View Last 20 replies.
Posted on 01-29-15 9:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     7       ?     Liked by
 

सन्दर्भ : फ्ल्याश ब्याक फ्राईडे
*********************************
चकचक गर्नुको कुनै सिमा नै थिएन | जे नगर है भन्यो मलाई त्यहि गर्नु पर्थ्यो | नखा भनेको कुरा खान पर्नी, नजा भनेको ठाउँ मा जान पर्नी अनि जब आमाले परालमा नखेल भन्नुहुन्थ्यो त्यो त मलाई नगरी हुन्थेन| बोरु बेलुका घर आएपछि पिटाई खान पनि तयार तर सरोजको घरमा जब दाईं लागाउनुहुन्थ्यो जाबो गोरुले के पराल मडार्थ्यो होला र ? गोरु भन्दा धेरै मैले पराल मडारीदिन्थें | सबै भन्दा मज्जा त तब आउंथ्यो जब सरोज, प्रवेश, अरुण र मैले भएर परालको ठुलो चांग लगाउँथेम अनि सरोजको घरको दोस्रो तल्ला बाट जानेको जति सबै "जम्प" हान्थेम| उल्टी जम्प , सुल्टी जम्प, दुई पटक घुम्नी जम्प सप्पै|
"ओई तँलाई आमाले आज क्या पिट्नी रे , बोलार ल्या भनेर मलाई पठाउनाको", पालै पालो एउटा खुट्टाले टेक्दै उफ्रिंदै, अनि दुई हात हावामा हल्लाउँदै र नाच्दै दाई मलाई बोलाउन आईपुग्नुभयो |
खै किन हो, मैले पिटाई खाँदा दाईलाई खुप मज्जा आउंथ्यो अनि दाईले पिटाई खाँदा मलाई पनि सार्है सन्तोष लाग्थ्यो | तर दाईले धेरै पिटाई खानुहुन्थेन, नगर भनेको कुरा गर्नुहुन्थेन, त्यै भएर होला | खुशी कै कुरा गर्ने हो भने म भन्दा दाई धेरै नै खुशी हुन पाउनुहुन्थ्यो | दाईले महिनामा एक चोटी जस्तो पिटाई खानुहुन्थ्यो, मैले दिन दिनै | त्यो दिन बिहान बाले नारायणघाटबाट एक सिसि हर्लिक्स किनेर ल्याउनुभाथ्यो | मैले दिउसो सम्म सबै हर्लिक्स सक्दिभ्याथें अनि था पाउनुहुन्छ भनेर मकैको पिठोले भरेर जस्ताको तस्तै , जुन ठाउँको त्यै ठाउँमा अलक्क राखेर परालमा खेल्न आको थिएँ | अब मलाई डर लाग्यो, पक्कै थाहा पाउनुभयो होला भनेर |
म अझै पनि "र" लाई "ल" भन्थें, तोते बोल्थें | अनि साधु पल्टेर के के नै चोखो बन्न खोजें, "किन पिट्नी ले नि अल्कालाई तेसै ?"
"तैंले अस्ति पिच्केरी बनाको आमाले थापाउनुभयो" , त्यति भनेर दाई खुशी हुँदै पालै पालो एउटा खुट्टाले उफ्रिंदै घर फर्कनुभयो |
आमाले सिलाई-कटाईको तालिम लिंदै हुनुहुन्थ्यो, घरमा एउटा लुगा सिलाउने मिसिन थियो | अनि त्यो मिसिनमा तेल हाल्ने सानो बट्टा थियो | अस्ति होलीको दिनमा त्यो बट्टाको तेल जम्मै बारीमा फालेर, पिचकारी बनाएको थिएँ |
"ओइ सलोज, फेली भोली खेलाम्ला है ", मैले जति चकचक गरेपनि मसंगै मेरो बिराममा हातेमालो गर्ने साथी थियो सरोज, उससंग बिदा मागेर पिटाई खान घर तिर लागें |
बाटोमा सोच्दै थिएँ, "यसै पिटाई खानि , उसै पिटाई खानि, बोलु त्यो हल्लिक्सको ठाममा मकैको पिठो लाख्देको पनि अहिल्यै थाहा पाईदे हुन्थ्यो नि "
***************************************************
फ्ल्याश ब्याक फ्राईडे भनेर प्रत्येक शुक्रबारमैले सानोमा गरेका चकचकका सम्झनाहरु सानो कथा बनाएर राख्ने सोच बनाएको छु | बाँकी अर्को शुक्रबार |
 
Posted on 01-29-15 10:39 PM     [Snapshot: 66]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

Nice one bro, I had the flashback too, same story brother ditto, I would say I had 90 percent same experience as you had, wish I could write like you.waiting to read another one tomorrow, you said next on Friday, today is Thursday ;-)
 
Posted on 01-29-15 11:39 PM     [Snapshot: 139]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आलुको झोल ब्रो, थ्यान्क्यु है , :)
अनि एक वर्ष पछि साझामा आउँदा पनि हाम्रो नास ब्रोको कमेन्ट पाउँदा म धन्य भएँ | ल ब्रो अब चै निरन्तर भेटघाट भै रहला है त

 
Posted on 01-30-15 12:29 AM     [Snapshot: 173]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

एह्ह्ह मेरी बास्सै टंके ब्रो / चिन्न्यौ मलाई / तिमी त सार्है निर्दयी पो रैछौ नि गाठे / पोहोर साल आएर झन् तेत्रो पण्डित राखेर न्वारन गरेर पठाएको त, बेपत्तै पो भएछु / बल्ल एक बर्सपछी झुल्कियौ है / ढिलो आए पनि जबर्दस्त को कथा लिएर अयेछौ त्येसैले माफी दिए तिमीलाई /
छोटो, मिठो कथा सुनेर धेरै खुसि लग्यो / तिम्रो कहानी सुन्दा आफ्नो बाल्यकाल को याद आयो नि गाठे / मेरो पनि मामाघर भरतपुर तिरै थियो अनि सानोमा धेरै खेलियो तेस्तो परालमा दाई हाल्दा / लाला अब अर्को चकचक को कहानीको प्रतिछ्य्या मा छु है /
 
Posted on 01-30-15 9:03 AM     [Snapshot: 329]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

पढियो टंके ब्रो सानो बेलाको हर्कत ..... प्राय: धेरै बच्चाबेलाँ यस्तै छुक्छुके चकचके नै हुन्छन ...

म नि सानो छँदा सिरहा र काठमाण्डौ तिर हुर्केको ... कम्ता बदमासी गरिन्न थ्यो र ... ल आज अर्को टुक्रो नि सुन्न पाम्छु भन्ने लागीछ..... लौ है निरास नपारम
 
Posted on 01-30-15 11:08 AM     [Snapshot: 436]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

आफ्नो पालामा हर्लिक्स को सट्टा हर्लिक्सको सिसीमा घिऊ हुन्थ्यो : चम्चाले घ्वाप्प सके सम्म धेरै आउने गरि निकालेर देब्रे हातमा राख्यो अनि बुढी औलाले चिनी अट्ने प्वाल पारेर चिनी थप्यो | घिउ चिनी को स्वाद अझै जिब्रोमा तासिएको छ | तर तेस्को प्रतिफल चै : आउ मासी परेर हैरान तैपनि खान छोडिएको हैन | त्यो परालको मचानमा च्याउ उम्रिएकि उम्रिएनन ? मैले मेरा गुरु पुत्रलाई पल्काको थिए | मिठोको बखान गर्न सक्दिन : खसीको गिदी भन्दा मिठो स्वाद थियो |
बिचरा अबका बालक हरुले क बात तेसरी चक चक गर्न पाउनु |
 
Posted on 01-30-15 4:45 PM     [Snapshot: 629]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पढेर मनपराई दिने सबैलाई धेरै धन्यबाद |
@कर्णाली ब्लुज, ओहो ब्रो? कसरी बिर्सिन सक्छु र , अनुपस्थित पो भा हो त , माया नै मार्या त हैन नि हो ,
@था छैन ब्रो, शुक्रबार भनेर पोस्ट गरेको बिहीबारको राती १० बजेको मात्रै रैछ, यो शुक्रबार यसैलाई मान्दिम, र निराश पार्ने छैन, अर्को शुक्रबार देखि
@गोर्खे, हाम्रो पालामा नि हर्लिक्सको सिसीमा भैंसीको घिउ हुन्थ्यो | अहिल्यै कथा स्पोइल गर्न चाहन्न तर घिउ चोरेर खाको पनि आउँछ कुनै दिन :)
 
Posted on 01-30-15 5:01 PM     [Snapshot: 638]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

रमाइलो जाला जस्तो छ ट्यांकीको अर्को चर्तिकला- महात्म्य....एक एक हप्तामा आउने टिभी सिरिअल जस्तो पो भो ....अलि चाडै गर्न मिल्दैन ??
 
Posted on 01-30-15 10:01 PM     [Snapshot: 759]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

Loved it. Aru jawos.
 
Posted on 01-31-15 2:29 AM     [Snapshot: 837]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

कथा FuelTank ko, अनुभव हामी सबैको !
 
Posted on 02-03-15 10:17 PM     [Snapshot: 1164]     Reply [Subscribe]
Login in to Rate this Post:     3       ?     Liked by
 

भक्ते, किद्दो, सबैको शत्रु, साथै कथा पढेर मनपराई दिनुहुने सबैलाई धन्यबाद :)

चकचके बाँदर शृंखलाको अर्को भाग :
********************************************
घर पछाडी सानो करेसाबारी थियो | पछाडीको ढोकाबाट चर्पी सम्म जाने साँघुरो बाटोले त्यहि करेसाबारीलाई बीचबाट चिरेर दुई टुक्रा बनाएको थियो | जाडोको बेला थियो अनि आमाले करेसाबारीमा बन्दा, काउली, धनियाँ, प्याज, लसुन, खुर्सानी, टमाटरहरु लगाउनुभएको थियो | भरतपुरको महँगो तरकारी किनेर खान अलिकति भनेनी राहत दिन्थ्यो त्यो करेसाबारीले |

चितवनमा कहिल्यै पनि पानीको समस्या त भएन तर अनि सफा पानी बाँड्ने भनेर सरकारले पाईप्लाईन् बिछ्याएको थियो | अनि हाम्रो घरमा पनि त्यो खानेपानीको एउटा धारा थियो | बिहान तिन घण्टा अनि बेलुका तिन घण्टा त्यो धारामा पानी आउंथ्यो | त्यै समय भित्र भान्सामा चाहिने पानी भर्ने, ट्यांकीमा पानी चढाउने , नुहाई-धुवाई आदी सबै पानीको काम गर्नु पर्थ्यो | छन त अर्को ईनार जोडिएको धारा पनि थियो, तर त्यसमा मिहेनत धेरै लाग्थ्यो | अनि सबै पानीका काम बेलुका पानी आउने समयलाई साँचेर राख्थ्यौं |

पानी आउने बेलामा संधै गर्नु पर्ने एउटा बिशेष काम थियो र मलाई असाध्यै मन पर्थ्यो , करेसाबारीमा पानी हाल्ने | खानेपानीको धाराको टुटीमा लगेर पाईप जोडेपछी उता पट्टिबाट पानी आउंथ्यो | खानेपानी संस्थानको ट्यांकी नजिकै थियो हाम्रो घर, त्यै भएर पनि होला धाराबाट कस्तो जोडले पानी आउंथ्यो| अनि त्यो पाईपबाट निस्किने पानीलाई बुडी औंलाले बिथोल्दिए पछी पानी छरिन्थ्यो र करेसाबारीमा बर्सिन्थ्यो | छरिएको पानीको छिटा म तिर पनि आउंथ्यो, तर कहिल्यै त्यसको प्रतिकार गरीन |मलाई त्यस्तो छिटामा रुझ्न मन पर्थ्यो | मेरो ध्यान बिरुवामा पानी हाल्ने भन्दा धेरै पानीमा खेल्ने तिर हुन्थ्यो | तरकारीका बिरुवाहरु, कुनै पानी धेरै भएर जरा निस्किन थालेका हुन्थे, कुनै चै माथी माथी माटो मात्रै भिजेका हुन्थे | कहिले कहिले त पुरै हिलाम्य हुन्थ्यो | मलाई राम्रो संग पानी हाल्न आउंदैन थ्यो |तर पनि मैले नै पानी हाल्थें| संधै | आफैं निर्थ्रुक्क भिजुन्जेल सम्म | काउलीले सेता फूलहरु हालेका थिए, बन्दा गोला गोला भएका थिए, लसुन, प्याज धनियाँहरु गोलीगांठा भन्दा अलि माथि सम्म आईपुगेका थिए |

*********************************
आज स्कुल बिदा थियो तै पनि बिहान चाँडै उठें | आमाले पुजा गर्दै हुनुहुन्थ्यो, बाले रेडियोमा समाचार सुन्दै हुनूह्न्थ्यो अनि दाई चै सुतिरहनु भएको थियो | मलाई चै कुन बेला घरबाट फुस्केर बाहिर जाम्ला र बाटो छेकम्ला भन्ने मात्रै थियो | आज शिवरात्री थियो , हाम्रो पैसा कामाउने दिन |

आमाले टिका लगाईदिनु भयो | “बिहान भात खाने बेला सम्म आईज है |”
मैले हस भनें र घरबाट निस्कें | आजको मेरो दिन एउटा रोमान्चक यात्रा भन्दा कम थिएन | चप्पल राम्रो संग लगाउन पनि आउँदैनथ्यो | दाहिनेको देब्रे खुट्टामा , देब्रेको दाहिने खुट्टामा गरेर उल्टो चप्पल पट्याँस्-पट्याँस् पड्काउँदै घरबाट निस्कें |

“ऊ फियुल ट्यांक पनि आयो” सरोजले आफ्नो आँगनमा जम्मा भएका सबैलाई सुनायो | सबै जना मलाई कुरेर बसेका रैछन | बिजयले डोरी समातेको थियो | प्रवेशले एउटा थालीमा अक्षता र फुल बोकेको थियो अनि त्यसको साईडमा सानो शिवजीको फोटो थियो | अरुण र माईलु पनि संगै थिए | बिजय हाम्रो नाईके थियो | उ हामी सबै भन्दा ठुलो थियो, उमेरमा, उचाईंमा अनी आकारमा | हामी उसको पछि पछि लाग्थ्यौं |

“ह्याँ हैन, ह्याँ त मान्छे नै धेरै आउंदैनन् | चोकमा जानी हो |” बिजयले हामी सबैलाई नजिकैको कुखुरे चोकमा लिएर गयो | चोकको नाम त के हो कुन्नी, त्यहाँ एउटा कुखुराको मासु पसल थियो अनि हामी सबैले कुखुरे चोक भन्थ्यौं |
“उ आयो आयो” उताबाट एउटा साईकल आएको देखेर सरोज करायो | सरोज, प्रवेश र म भएर डोरीको एउटा छेउ समातेर तान्यौं, बिजय अरुण र माईलुले अर्को छेउ | साईकल कुँदाउँदै आयो | अनि हामीहरुमा एकाएक शिव भगवानको भक्ति चड्यो | बिजयले भट्याउँथ्यो , हामी पछी पछी नारा लगाउँथ्यौं |

“शिवरात्री कि ?”
“जय”
“शिवरात्री कि ?”
“जय”
साईकल नजिकै आईसकेथ्यो | अनि हामी झन् झन् चर्को आवाजमा शिवजीको स्तुतीगान गाउँदै थियौं |
“शिवरात्री कि ?”
“जय”
“शिवरात्री कि ?”
“जय”

हामीलाई छल्लाउँदै कटेर जाने कोसिस त गर्दै थियो तर सकेन | साईकललाई समात्यौं | रोकिसकेपछी, त्यो साईकलको दाईले एक रुपैंया निकालेर दिए |

“हुन्न हुन्न एक लुप्याँले हुन्न | दुई लुप्याँ चाहिन्छ | हाम्लाई बच्चा भनेल हेपेको ?” म कडा रुपमा प्रस्तुत भएँ |

“सबै उता बाटो छेक्नेलाई दिंदा दिंदा सकियो, अहिले फर्किंदा दिन्छु हुन्न?” उम्कने प्रयास गर्यो साईकलले |

“हुन्न” बिजय चर्कियो | अहिले सम्म प्रवेशले डोरीको टुप्पो साईकलको चक्काबाट छिराएर २-३ फिर्का लगाईसकेथ्यो | साईकल उम्कने सम्भावना नै थिएन|

यस्तै बहस हुँदा हुँदै उताबाट मोटरसाईकल आयो | मोटरसाईकल ले धेरै पैसा दिन पर्थ्यो | शिब भगवान्ले बनाईदिनुभएको नियम जस्तै थियो यो |
बिजय करायो “ओई यो साईकललाई जान्दे जान्दे” | हामीले त्यस्तै गर्यौं र त्यो साईकललाई जान दियौं | डोरीको दुई टुप्पो बाटो वारी र बाटो पारी समातेर मोटरसाईकलको बाटो छेक्यौं | मलाई मोटरसाईकलले किच्छ कि भनेर सार्है डर लाग्थ्यो | अनि मैले संधै डोरीको टुप्पा नै छोडीदिन्थें |

बिजयले हामी सबैलाई सम्झाउँदै पनि थियो, “मोटरसाईकलले किच्यो भनी त्यो नै जेल जान्छ , नडराओ है” अनि फेरी चिच्याउँथ्यो “शिवरात्री कि ? “

“जय” , हामी घाँटीको नशा फुल्ने गरी जवाफ फर्काउँथ्यौं |

मैले डोरी नछोड्ने संकल्प गरेको थिएँ | मोटरसाईकल नजिकै आईसकेथ्यो | अनि मोटरसाईकलले बेस्सरी “ढुर्रर्रर्रर्रर्र” गर्यो | खै कुन्नी कुन बेला डोरी फाल्दिएँ | डोरी बिजयले मात्रै सामातेको थियो , मोटरसाईकल पर पुगीसकेको थियो |

*************************************

पर बाट उफ्रिंदै र दुकुर्दै दाई मलाई बोलाउन आईसक्नु भएको थियो | कति चाँडै बिहानको भात खानी बेला भै-सकेको रैछ | “आमाले बोलाउन पठाउनु भको, छिट्टो घर हिंड रे”|
“हजुल जानु, म पैसा लेल आउँछु|” मेरो भागमा अहिले सम्म ५-७ रुपयाँ परेको थियो होला तर आजको कार्यक्रम बेग्लै रैछ | पोहोर परार जस्तो पैसा नबाँड्ने रे, यो पटक चै बेलुका त्यो पैसाले हलुवा, तरकारी पकाउने रे, अनि धुनी बाल्ने रे | मैले पनि हुन्छ भनेर घर फर्कें |

*****************************************

साँझ पख आफ्नो पौरखको कमाई खान भनेर निस्कें | सरोजको घर पछाडीको बाटोमा सबै जाना जम्मा भएका थिए | अँध्यारो अँध्यारो भएको थियो | बिजयले त्यो उठेको पैसाले सुजीको पिठो, अलिकती तेल बेसार, मसला के के हो किनेर ल्याएको रैछ | तरकारी चै केहि पनि थिएन|

सरोजले थप्यो “तिम्ले दिनभरी बाटो नछेकेको भ’र तिम्ले लाहुरेको घरबाट तरकारी चोरेर ल्याउनि रे , बिजयले भनेको|”

मैले पहिले हुन्छ भने अनि बल्ल बिस्तारै सोचें | लाहुरे पल्लो गाउँको हिटलर जस्तो थियो | तिन गाउँका भुरा भुरी हरु डराउँथे| उसको घर ओरीपरी अग्लो अग्लो कम्पाउण्ड लगाएको थियो | अनि तालीम पाको कुकुर थियो | त्यो कुकुरले कति सम्मको तालीम पाको थियो हामी कसैलाई पनि थाह थिएन तर एकदिन सरोज आफैंले देखेको रे, बल फाल्यो भने दुगुर्दै गएर बल लिएर आउंथ्यो रे |

मलाई पछुतो लाग्दै आयो , एक मनले त हलुवा सलुवा खान्न जस्तो पनि भयो तर फेरी आफ्नो कमाई| आँटेर लाहुरेको घर तिर हिंडे | लाहुरे कहाँपुग्दा त लाहुरेले अर्कै टोलका भुराभुरीहरुलाई समातेर “कुकुर लगाईदिम” भनेर तर्साउँदै थियो | तिनीहरु पनि चोर्न आएका थिए होलान् सायद | आफुँ बचें |

तरकारी त लैजानु छ जसरी पनि , बिस्तारै अरुको करेसाबारी हेर्दै हिंडे | जहाँ पस्न पनि डर लागेर आउंथ्यो | समाते भने भोली टोल भरी “राधा मेडमको छोरो त चोर रैछ” भनेर हल्ला हुन्छ | अनि आमाले सिम्कानाले मलाई पिट्नुभको सम्झेर जिउ नै झनननन भएर आयो |

म एउटा करेसाबारी भित्र छिरें |सर्लक्कै सप्पै काउली र बन्दा टिपें | दुईहातको अँगालो भरी बनाएँ | यसो फर्किन लाग्दा मेरो चप्पल हिलोमा गड्यो, चिप्लियो अनि त्यहीं हरायो | मैले सोचें “आफ्नै बालीत हो नि, भोली बिहान खोजम्ला”

आफ्नै करेसाको भर्खर फुल्न लागेका बतिला देखि लिएर भर्खर फुल हालेका सबै काउली-बन्दा निमिट्यान्नै बनाएको थिएँ तर पनि मेरो प्रतीक्षामा बसेका सबैलाई बडो गर्वसाथ सुनाएँ “यी मैले तल्काली ल्याछु |”
Last edited: 04-Feb-15 03:57 PM

 
Posted on 02-05-15 8:44 AM     [Snapshot: 1418]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

चप्पल को खेल सुन्न पाइने भईयो |
भोलि पल्ट खुट्टाका डोब हराई सकेका थिए :
चट्टि अर्को बालि लगाउदा भेट्टाईञ्छ होला ?
 
Posted on 02-12-15 1:18 AM     [Snapshot: 1681]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म गोर्खे ब्रो, टिप्पणी को लागी धन्यबाद | भोली दाईले फेला पार्नुभयो चप्पल |

ल है, अर्को हप्ता आयो, अर्को अंक पस्केको छू, आशा छ, मन पराउनुहुनेछ |
**************************************
चकचके बाँदर शृंखलाको तेस्रो अंक
*************************************

मेरो बा कृषि बिकाश बैंकमा जागीर खानुहुन्थ्यो | म अंगुर र जागीरको भिन्नता राम्रो संग बुझ्दैनथें  | जागीर भनेको अंगुर जस्तै साना साना दाना भएको खानेकुरा जस्तो लाग्थ्यो |  अनि मलाई मेरो बा संधै कृषि बिकाश बैंकमा गएर एक्लै मिठो मिठो जागीर खाएको कत्ती मन पर्दैनथ्यो | “कहिले कहिले त अलिकती घल ल्याएल दिए पनि हुनी नि” मन मनै सोच्थें|

कृषि बिकाश बैंकको अगाडीको बाटो पारी हाम्रो स्कुल थियो | दाजु-भाईलाई एउटै स्कुलमा भर्ना गरीदिनुभएको थियो | हामी दाजुभाई संगै बस चढेर स्कुल जान्थ्यौं | हाफ टिफिनमा बाटो काटेर बाको अफिसमा संगै जान्थ्यौं | बाले आफ्नो अफिसको खाजा खाने ठाउँमा हामी दाजु-भाईलाई लगेर खाजा खुवाउनुहुन्थ्यो | खाजा खाएर दाजु-भाई संगै बाटो काटेर स्कुल फर्किन्थ्यौं | अनि स्कुल छुट्टी भएपछी संगै बस चढेर घर आउँथ्यौं | आमाले दाईलाई “भाईलाई एक्लै नछोड है “ भन्नु भएको थियो, त्यै भएर दाईले मलाई स्कुलमा कहिले पनि एक्लै छोड्नुहुन्थेन| चक-चक गर्न खोज्यो भने दाईले मलाई पिट्नुहुन्थ्यो | दाई म भन्दा दुई बर्ष जेठो हुनुहुन्छ र बलमा पनि ठुलो, त्यसैले मैले चुप-चाप सहन्थें |

“बा, आज बेलुका घल आउँदा, अलिकती जागील ल्याईदिनु न है |” एकदिन बालाई भनेको थिएँ| बेलुका घर आउँदा बाले नेबिको गुल्कोज बिस्कुट लिएर आउनुभयो | बाले “यहि हो जागिर” भन्नुहुन्थ्यो होला तर मैले  बिस्कुट भनेर पहिल्यै चिनीसकेको थिएँ | बाले झुक्क्याउने कोशिश पनि गर्नु भएन अनि भन्नु भयो, “सबै अफिसको साथीहरु मिलेर खाँदा आजको जागिर सकियो, अनि तँलाई बिस्कुट किनेर ल्याईदेछु, ला, दाईलाई पनि दे “ | बाले खानेकुरा जहिले पनि दाजुभाई बाँडेर खानुपर्छ भन्नुहुन्थ्यो |
“आँफु चै एक्लै एक्लै जागील खानी, हाम्लाई चै बाँडेल खानु पल्छ ले”, मैले भन्न मात्रै सक्दैनथें |

मलाई बाले खाने गर्नुभएको जागीर हेर्ने र पाएसम्म चाख्ने मन ठुलो थियो |  एक दिन हाफ-टिफिन नहुँदै बाटो काटेर बाको अफिस पुगें | “लौ सानो कृष्ण सर आईपुग्नुभयो |” अफिसको गेटमा बस्ने भिम अंकलले ढोका खोल्दिनुभयो |

म गुरुरु दुकुर्दै बाको कोठामा पुगें | बा कुर्सीमा बसेर अगाडी टेबुलमा के के लेख्दै हुनुहुन्थ्यो | यसो हेर्दा भर्खर जागीर खाएर भ्याएर होमोक गर्न बस्नुभएको जस्तो देखिन्थ्यो | म पनि खाना खाएर भ्याएपछी चकटीमा बसेर त्यसरी नै सानु मिसको होमोक गर्थें | मेरो मन खिन्न भयो | बाले आज पनि खाई सक्नुभएको रैछ र आज पनि मलाई छुट्यो |

एकैछिन् पछी दाई आईपुग्नुभयो | “भाईलाई एक्लै नछोड्नु भनेको हैन, यस्तो चकचके छ, बाटो काट्न राम्रो संग आउँदैन, बिचार गर्न पर्दैन ? ” बाले कडा स्वरमा गाली गर्नुभयो |

दाईले केहि भन्नुभएन , तर खाजा खाएर फर्किएपछी दाईले मलाई बाटोमा दुई लात्ता हान्नुभयो | दाईको रिस पनि मुनासीब नै थियो | मेरो बिठ्ठ्याईंले गर्दा दाईले बिना कारण दोष पाउनुभएको थियो | तर म त्यो बुझ्दैन थिएँ | दाईको लात्ताको प्रतिकार गर्न पनि सक्दैन थिएँ | निरिह र लाचार भएर सहें |********************************************

कान्छा काका बाहिर गएर एक हप्ता अघि फर्किनुभएको थियो | हामीलाई दुईटा घडी ल्याईदिनुभएको थियो | एउटा बत्ती बल्नी पिलपिले घडी, अनि अर्को तिनटा सुई भएको किउ एण्ड किउ घडी | मलाई झिलिमिली बत्ती बल्नी पिलपिले घडी सार्है मन पर्यो, दुर्भाग्य दाईलाई पनि त्यहि घडी मनपर्यो | दाईले जित्नुभयो | दाईको हातमा पिल्पिले घडी बाँधियो, मेरो हातमा बुढो मान्छेको जस्तो बेरस, कालो किउ एंड किउ घडी | मलाई त त्यो नयाँ घडी हेर्न पनि आउंदैनथ्यो अनि कति बजेको पनि थाह हुँदैनथ्यो | मलाई त्यो नयाँ घडी त डटपिनले नाडीमा कोरेको आलु घडी जस्तै लाग्थ्यो, बेकामको | बिस्तारै मलाई आमाले घडी हेर्न सिकाइदिनुभयो |

********************************************

एकदिन हाम्रो कक्षामा राजाराम सर आउनुभयो | अगाडी कालोपाटीमा दुईटा घडी बनाउनुभयो, एउटा साँढे चार बजेको  अनि अर्को पौने १२ बजेको |

“कसले भन्न सक्छ यो कती बजेको भनेर?” सर ले सोध्नुभयो |

“मैले सक्छु सल”, मैले खुशी भएर चिच्याएँ |

“तैंले मेरो नाम त भन्न सक्दैनस, ल मेरो नाम भन् त”

“लाजालाम् सल्“ | मैले “र” लाई “ल” भनेर तोते बोलेको सरलाई सार्है मन पर्थ्यो | कति चोटी मैले होमोक नगर्दा त सरले “मेरो नाम भन्न सकिस भने छोडीदिन्छु” समेत भन्नु हुन्थ्यो अनि मैले सरको पिटाईबाट बच्न असफल प्रयासहरु गरीरहन्थें “लाजालाम् सल्, लाजालाम् सल्”

आजको कुरा बेग्लै थियो |अगाडी कोरीएको घडीमा कती बजेको थियो मलाई थाह थियो | मैले भने, “ चाल बजेल तिस मिनेट गको, अनि अल्को एघाल बजेल पैतालिस् मिनेट गको|”

“ल हिंड् म संग |” सरले मलाई संगै लिएर जानुभयो | म पछी पछी हिंडे |

अर्को कक्षामा पसेर सरले फेरी भन्नुभयो “कती बजेको भन्दे त फेरी |”

“चाल बजेल तिस मिनेट गको, अनि अल्को एघाल बजेल पैतालिस् मिनेट गको|”

सरले कक्षामा भएका सबैतिर हेर्दै भन्नुभयो, “तिमीहरु भन्दा सानो फुच्चेले भन्न सक्छ, तिमीहरु सक्दैनौ ?” अनि मतिर फर्केर भन्नुभयो, “यिनीहरु सबै नजानेर उठेका हुन्, सबैलाई पिट् |” सरले मलाई एउटा छडी पनि दिनुभयो | किरणदाई मात्र बस्नुभएको थियो, अरु सबै उभिनुभएको थियो | मेरो खुशीको सिमा रहेन जब उभिनेहरुको लाईनमा दाई पनि हुनुहुन्थ्यो | कुशल दाई मलाई माया गर्ने दाई,  कुशल दाईलाई बिस्तारै पिटेको जस्तो गरें | शुबाश दाई र प्रफुल दाई मेरा साथीहरु शरद र रोशनको दाई | रोशन र शरदको लागी मैले बदला लिनु थियो , बेस्सरी पिटें | सबैलाई पिट्दै गएँ |

“ओइ बिस्तारै पिट् है” दाईले भन्नुभयो | बाको अफिसबाट फर्किदा बाटोमा लात्ताले हान्नुभएको सम्झिएँ | म दाईको अगाडी लट्ठी लिएर उभिएको थिएँ | म होंचो थिएँ, टाउको माथी फर्काएर दाईलाई हेरें |मेरो खुशी मेरो मुस्कानमा छताछुल्ल भएर पोखियो | मेरो लागी त्यो सन्तुष्टीको मिठो मुस्कान, दाईको लागी डरलाग्दो र भयानक थियो जुन दाईका आँखामा प्रस्ट देखिन्थ्यो | पिटाई खान दाईले हत्केला अगाडी बढाउनुभयो | मलाई त्यो बेला स्वर्गानुभुती भयो | बदला लिने यो अवसर मैले कहाँ गुम्न दिन्थें र ? मैले सकेको बल निकालेर हानें | दाईको पिलपिले घडीको झिलझिले बत्ती झ्याप्प निभ्यो | घडीका साना साना टुक्रा भुईंमा छरीए, दाईको मुटुका टुक्राहरू जस्तै |  

Last edited: 12-Feb-15 09:39 PM

 
Posted on 02-12-15 10:36 AM     [Snapshot: 1808]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

बिचरा दाइ अनि बिचरा घडी ..... टंके ब्रो को संस्मरण रमाईलो रछ . मलाइ त पहिलाको खासै केहि यादै आउँदैन भनु भने अलिअलि आउँछ तर ब्रो ले जसरी शब्दमा कुँदन नै आउँदैन...भन्या क्यार्ने होला ....

लु अर्को हफ्ता फेरी ब्यग्र भएर कुर्रान सुरु मेरो त.... अर्को भाग को पर्तिक्ष्या गर्दै नि ....
 
Posted on 02-12-15 10:48 AM     [Snapshot: 1815]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

अरुलाई कूटन पाउदा स्वर्गीय आनन्द आएको होला : आफुले जहिले पनि देब्रे हात थाप्ने :

बाह्र खरी पढ्दै गरेको बेला कसैले काठको पाटीमा अंगार दलेर सुकाउन राखेको रहेछ | लघुशंका गर्न निस्किएको बेला एउटा अति बाठो चपरचण्डाल छुल्याहाको फेला परिएको थियो |
ए गोर्खे थुकिदे यो पाटीमा भन्यो : दाया बाया केहि नसोची थुकिदिए , अनि तुरुन्तै तेही पाटि लिएर गुरु भा ठाम पुगी पोल लगायो | गुरुले पनि मैले मुख खोल्न नपाउदै गलामा थप्पड हानि हाले | लघुशंका नगरेको तेही छल्कियो | रुदै तेस्ले थुक भनेको हुनाले थुकेको भने पछि उसले पनि त छुल्याहा एता आइज भन्दै एक छडी खायो | धन्न कान तिर परेनछ ! एक साता लाग्यो होला दाम जान |

चप्पल को महात्मा सुनाउने हैन ? 


Last edited: 12-Feb-15 10:49 AM

 
Posted on 02-18-15 12:58 AM     [Snapshot: 2144]     Reply [Subscribe]
Login in to Rate this Post:     2       ?     Liked by
 

थाने ब्रो, मिठा शब्दका लागी धेरै धन्यबाद | 
गोर्खे ब्रो, कति मिठो सम्झना ! केटाकेटीको सम्झना किन मिठो हुँदैन र ? अरु पनि सुन्न पाउँ न है | चप्पलको त के महात्म्य हुनु र? एउटा सानो घटना हो | बरु मेरो काकाको छोरोले नयाँ चप्पल पाईन्छ भनेर आफ्नो चप्पल चुलेसीले काटेर हिलोमा अड्केर च्यातिएको भनेथ्यो | 
कथा पढीदिने सबैलाई आभार |
*************************************
आज मेरो लागी बिशेष दिन हो | मेरो जन्म दिन | त्यसैले शुक्रबारको साटो आज नै यो बिशेष अंक पोस्ट गरेको छु | आजको अंक म कसरी जन्में भन्ने बारेमा |
चकचक र उपध्रो शृंखलाको अंक चार : जन्मदिन बिशेष 
**************************************

आमालाई कुरा लगाउन रुँदै घर फर्किएँ | आमा माथी भान्सामा हुनुहुन्थ्यो |

“आमा मेलो कट्टु नै च्यात्दियो तेल्ले”

आमालाई कामको चटारो थियो, मेरो कुरामा ध्यान दिनुभएन | आमाले देख्नु भएन कि जस्तो लाग्यो | कट्टु खोलेर हातमा लिएं अनि चुल्होको छेउमा गएर फेरी भनें “आमा हेल्नु न, हो याँ निल च्यात्दियो तेल्ले” | आमाले अब पनि नदेखेर सुखै थिएन | आमाले फकाउने मायालु स्वरमा भन्नु भयो, “नांगै बस्न हुन्न, जाउ गएर अर्को कट्टु लगाउ, भोली सिलाईदिम्ला” | त्यो मेरो मन परेको कट्टु थियो |

“नाई अहिल्यै बनाईदिनु न |” म आमाको घुंडा भन्दा अलिकती मात्र अग्लो थिएँ, आमाको सारी समातेर तानें |

आमाले निहुरिएर फकाउनुभयो “जाउ कान्छी, अहिले अर्को कट्टु लाऊ, खाना खाए पछी सिलाइदिन्छु |”

“नाई के नाई के , अहिल्यै, अहिल्यै |” मैले एकोहोरो पिरोलीरहें |

“जा भनेको, अहिले पछी सिलाईदिम्ला“

आमा रिसाउनुभएको चिन्न गार्हो हुँदैनथ्यो | म डरले लुत्रुक्क परेर तल आएँ अर्को कट्टु लगाएँ |

दाई अझै खेलेर फर्किनुभएको थिएन | बा खै काम परेर हो, बाहिर निस्किनुभएको थियो | आमा माथी भान्सामा, तल म एक्लै |

“आमाले नसिलाईदेल के भयो ल ? म आफै सिलाउँछु “ म दृढ भएँ |

आमा लुगा सिलाउने मिसिन अगाडीको अग्लो कुर्सीमा बस्नुह्न्थ्यो | बाँसको चोयाको सानो मुढा थियो | पहिले त्यसमा चढें | अनि कुर्सीमा चढें र बसें | अब कहाँबाट शुरु गर्ने मलाई थाह थिएन | मिसिनको माथि धागोको गोली थियो त्यसको छेउ समातेर तानें | धागोको गोली फिर्र –फिर्र गरेर घुम्यो | मलाई मन पर्यो | फेरी तानें | उ फेरी पनि अघि जस्तै घुम्दै नाच्यो | मलाई झन् रमाईलो लाग्यो | मैले टाउको हल्लाउंदै धागो तान्न लागें | जमिन भन्दा दुई हात जती माथी साना साना दुईटा गोडाहरू हावामा हल्ली रहेका थिए | धागो फिर्र फिर्र गर्दै नाची रहेको थियो अनि मेरो मन पनि त्यहि धागोको गोली संगै फिर्र फिर्र गरेर नाच्दै थियो | मेरा हत्केला र औंलाहरू सबै धागोमा जेल्लियेका थिए तर म निस्पर्वाह थिएँ | जेलिएको औंलाहरू छुटाएँ | अर्को धागोको गोली राखें अनि नचाउन लागें र मेरो मन पनि त्यसै संग फेरी फिर्र फिर्र नाच्न थाल्यो | त्यो पनि सकियो अनि अर्को | अनि अर्को | आमाको लुगा सिलाउने सबै धागाहरू सकिए | अनि आमाको स्वीटर बुन्ने धागो पनि नाच्छ कि जस्तो लाग्यो र तानें | त्यो डल्लो थियो, नाचेन | मलाई मन परेन अनि त्यसै भूईमा मिल्काईदिएँ | अनि बल्ल मलाई डर लाग्न थाल्यो | म ज्ञानी बनेर आफुलाई केहि थाह नभएको जस्तो गरेर किताब लिएर बसें | ज्या, कट्टु त मिसिनमै बिर्सेछु | 

बा बाहिर गएर आई सक्नुभएको थियो | दाई पनि खेलेर फर्किनुभएको थियो | केहि बेर पछी आमा तल आउनुभयो र कोठामा महाप्रलय देख्नुभयो | कोठै भरी धागै धागो | म चै केहि थाह नपाए झैँ गरेर पढीराखेको जस्तो गरेको थिएँ|

“सिलाईदिन्छु त भनेकै थिएँ नि, कस्तो बाँदर रैछ आमाले मलाई हेर्दै गाली गर्नुभयो अनि बा तिर फर्केर भन्नुभयो, “अहँ मैले सक्दै सकिन, यो बाँदरलाई जहाँबाट ल्याको त्यहिँ लगेर छोड्दिनु”

हिजो पनि के हो कुन्नि बिराम गरेको थिएँ | सार्है भएछ कि के हो, बाले मलाई जंगल लगेर छोड्न भनेर साईकल निकाल्नुभयो |

गाली त संधै गर्नुहुन्थ्यो तर बाले साईकल कहिल्यै निकाल्नु हुँदैनथ्यो | मलाई डर लागेर आयो|

“म बाँदल हैन, म हजुल्कै छोलो त हो नि |” तोते बोलीमा आमाको माया खोजें |

अनि आमाले भन्नु भयो, “तँलाई त थाह नै रैन्च , तँलाई त मैले सांचैको जंगलमा छोपेर ल्याको हो |”

घर नजिकैको गणेशथान मन्दिर छेउ ठुलो जंगल थियो | कुरो त मिल्न मिल्न खोज्यो तर मलाई बिस्वास भने लागेन | न्वारानको बेला म आमाको काखमा बसेको फोटो मैले देखेको थिएँ | आफ्नो बिस्वाशलाई अझ दृढ बनाउंदै भनें “अँ होला खुबै, म जन्मेपछि हजुल्को काखमा बसेको फोटो त छ|”

आमालाई रमाईलो लाग्दै आएछ अनि आमाले कथा भन्नुभयो :

“तेरो बा र म भएर गणेशथानको मन्दीर जाँदा, त्यहाँ निर खस्र्याक खुस्रुक गर्यो | के रैछ भनेर हेर्न गको त सानो बाँदरको बच्चा पो रैछ | यसलाई घर लगेर मान्छे बनाउँछु, अनि दाईलाई पनि साथी हुन्छ भनेर तलाईं छोपेर ल्याको | तँलाई  छोप्दा तैले कोपारेको हेर त” | स्याउला टिप्न जाँदा दाउराले कोतरेको डाम देखाउनुभयो आमाले |

आमाले मलाई जंगलमा लगेर छोड्नुभयो भने के गर्ने| मलाई बिस्तारै डर लाग्दै आयो | “ अनि त्यो फोटो नि ?” फोटोको बारेमा फेरी सोधें |

“तँलाई घर ल्याईसकेपछी हजुरआमा र म भएर तातोपानीले सबै रौँ भुत्ल्याको | अनि पुच्छार काटेर मान्छे बनाको | त्यो फोटो त तँलाई मान्छे बनाएपछी बल्ल खिचेको हो | नपत्त्याए आफैंले हेर न त , तेरो पछाडी अझै पुच्छार काटेको डाम नै छ |” आमाले मेरो पछाडी चोरी औंलाले देखाउंदै भन्नुभयो |

म बाँदर नै रैछु भनेर मलाई लगभग बिस्वास लागीसकेको थियो | मैले आफ्नै पछाडी हेर्न सक्दैनथें | दाईको अगाडी गएर कट्टु खोलें अनि पछाडी फर्कें |

“दाई मेलो पुच्छाल्को डाम छ ?”

दाईले पनि पुरै आश्चार्यका साथ उत्तर दिनुभयो “आँईं , यसको त पहिले पुच्छर पो रैछ, कस्तो गोलो डाम|”

म बाँदर रैछु भन्ने कुरामा म बिश्वस्त भएँ | त्यसपछी दाईले के के भन्नु भयो पनि सुनिन | म छाँगाबाट खसें | मेरो सानो दिमागले सोच्न सक्ने जत्रो सानो संसार मेरै आँखा अगाडी टुक्रा टुक्रा भयो | मेरो अगाडी आकाश खस्यो | केहि पनि भनिन, केहि पनि बोलिन | कट्टु माथि तानें र टाँक लगाएँ |

बाले मलाई जुरुक्क बोकेर साईकलको पछाडीको क्यारीयरमा राख्नुभयो र जंगल लगेर छोड्ने तैयारी गर्नुभयो | म मेरो घर छोडेर संधै को लागी जंगल जाँदै थिएँ | बाले मलाई जंगल लगेर छोडे पछी मेरो घर त्यहि जंगल नै थियो | मेरो घर, मेरो बा, मेरी आमा, दाई, सरोज, प्रवेश, अरुण सबैलाई सम्झेर म भक्कान्नीएर रुन थालें अनि साईकलबाट हाम्फालेर भर्यांगमा आएर बसें | म संधै रुने बेलामा आमाले सुन्ने गरेर चिच्याएर रुन्थें तर आज म जति चिच्याएर रोए पनि मेरो रुवाई सुनिदिने मेरी आमा हुनुहुन्थेन | मेरी आमा त जंगलमा एउटा रुख बाट अर्को रुखमा हाम्फाल्दै हुनुहुन्थ्यो होला |

म रोएको देखेपछी आमाले मन थाम्न सक्नुभएन अनि मेरो छेवैमा आएर बस्नुभयो | अनि माया गरेर “कान्छी” भन्नुभयो |

आमाको मायालु स्वर सुनेपछी म झन् चिच्याउँदै रुन लागें |

आमाले फेरी भन्नुभयो ,”किन रोको कान्छी?”

हिक्क हिक्क गर्दै बल्ल बल्ल बोली फूटाएँ |

“अनि जंगलमै छोड्नी भए मलाई किन जंगलबाट ल्याउन पलेको त ? अब त म मेलो बाँदल आमालाई पनि चिन्दिन | बाँदल आमाले पनि मलाई चिन्नुहुन्न | म गल को संग बस्नी ? मलाई त लुख चड्न नि आउंदैन | मेलो बाँदल साथीहलु पनि छैनन् | मेलो लुम पनि छैन, पुछ्छाल पनि छैन, मेलो सबै साथीहलु मान्छे आयो भनेल भाग्चन अनि म को संग खेल्नी नि ई ई ई ई |”

आमा मौन हुनुभयो अनि आमाका आँखाबाट आँशुका धारा छुटे | आमाले मलाई दुई हातले जुरुक्क बोकेर, आकाश तिर फर्काएर आफ्नो काखमा राख्नुभयो | दुई हातले बेरेर कुक्रुक्क पारेर च्याप्नुभयो अनि निधारमा मुईं खानुभयो | आमाका आँखाबाट झरेका आँशु सोझै मेरो गालामा खसे | ति आँशु चिसा थिए तर पनि त्यसबेला मलाई निकै न्यानो भएको थियो | म आमाको काखमा थिएँ |

फेरी मैले आफ्नै तोतेबोली बोलें “आमा म जंगल जान्न है, म चकचक नगली संधै हजुल संगै बस्छु है|”

आमा झन् धेरै रुनुभयो | आमा यति धेरै रुनुभएको कहिल्यै पनि देखिन | अनि आमाले मलाई कहिल्यै पनि जंगल लगेर छोड्नुभएन | 


Last edited: 18-Feb-15 01:53 AM

 
Posted on 02-18-15 6:56 AM     [Snapshot: 2202]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

फुट्या:ब्रो आफु चाही ५-६ बर्सको हुदा बादरको बच्चा समात्ने योजना बनैका थियौ,Usain Bolt लाइ माथ गर्ने गरि नकुदिएको भए ढेडुको पन्जामा परिन्थ्यो |
 
Posted on 02-18-15 8:04 AM     [Snapshot: 2235]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

Tanke bro le bihana bihanai malai pani ruwaunubhayo bhanya, kasto ramro lekhnubhayeko ta, sajha chhirna alchhi laagne bhako thiyo aaba yo chakchake badar le k garchha bhanne lagchha , keep it coming and happy birthday to you
 
Posted on 02-18-15 11:03 AM     [Snapshot: 2311]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

वाह रौसी ट्यांकी
अरु पनि पोख्दै जाम | झल्ली हुने हामि छदैछम नि
 
Posted on 02-19-15 10:44 AM     [Snapshot: 2455]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गोर्खे ब्रो, अलि ठुलो भएपछी हामी चै डांग्रे र ठेउवाको बच्चा छोप्न जान्थेम | ब्रो को गाउँघर तिर ठेउवा पाईन्थ्यो कि पईन्थेन कुन्नि ? डाँफे जस्तै राम्रो हुन्थ्यो तर तेती धेरै रंग हरु चै हुन्थेन | मयुरको जस्तो टल्किनि हरियो पखेटा हुन्थ्यो | अनि गुदेलीले अरुको घरको परेवा नि मारियो |

आलुकोझोल ब्रो , सार्है ठुलो कम्प्लिमेन्ट दिनुभयो |मेरा कथाहरु तपाईको साझा छिर्ने बहाना भए म त धेरै नै फुर्किएको छु | हृदयदेखि नै आभार |

कालीकोपोई ब्रो को मलाई मख्ख पार्ने शब्दहरुका लागी धेरै धेरै धन्यबाद |
Last edited: 19-Feb-15 10:45 AM

 



PAGE:   1 2 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
TPS Re-registration case still pending ..
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
Will MAGA really start shooting people?
मन भित्र को पत्रै पत्र!
Top 10 Anti-vaxxers Who Got Owned by COVID
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
TPS Work Permit/How long your took?
Breathe in. Breathe out.
3 most corrupt politicians in the world
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
शीर्षक जे पनि हुन सक्छ।
Disinformation for profit - scammers cash in on conspiracy theories
someone please tell me TPS is here to stay :(
Travelling to Nepal - TPS AP- PASSPORT
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters