[Show all top banners]

caliber19
Replies to this thread:

More by caliber19
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

lutee_bahun

ThahaChaena
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
  गाजलु ति ठुला ठुला आंखा (कथा)

[Please view other pages to see the rest of the postings. Total posts: 27]
PAGE:   1 2 NEXT PAGE
[VIEWED 21196 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 2 pages, View Last 20 replies.
Posted on 11-02-12 9:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     3       ?     Liked by
 

 गाजलु ति ठुला ठुला आंखा (कथा)
 
 
चित्रकलामा सानै देखी रुची थियो मेरो । बाबा कहिले देवी-दानवको कथा भन्नु हुन्थ्यो, कहिले झन्डै आफुलाई खाएको बाघको र कहिले काहीं, वर्माको युद्ध पनि वर्णन गर्नुहुन्थ्यो । म सबै कुरालाई आफ्नो drawing book मा ऊतार्ने भर्सक कोशीस गर्थें । 
 
 
"हेर् बाबु, एस्तो पो चित्र कोर्नु पर्छ" (बाबाले तस्विर ऊतारेको चित्र देखाउंदै भन्नुभो)। एस्सो हेरें .. गमलामा १०-१२ वटा सुर्यमुखी फुलहरु बनाएको चित्र थियो । एस्तो नाथे त मै बनाइहाल्छु; बाबाले मलाई किन उदाहरण दि'रनु भा'होला भन्ने लाग्याथ्यो त्यो बेला । तर मलाई के था ,महान Van Gogh को महान कृति थियो त्यो । 
 
 
बच्चैदेखी मलाई आंखा औधी मन पर्ने (महिलाको, भन्नै परेन)। जानी नजानी कोरिएका थुप्रै आंखाका चित्रले मेरो कोठा सजी-सजाउ थियो (अस्त -व्य्स्त) भनुम्न । मान्छेहरु किन blue eye को पछी दौडन्थे कुन्नी, मलाई भने hazel eye नै मन पर्थ्यो । कुनै दिन मेरो जीवनमा पनि यस्तै hazel eye भएकी राजकुमारी आऊनेछिन् भन्ने मिठो कल्पना बुन्दै सुत्थें म, हरेक रात । बजारको तल-माथि र क्लासमा भने सबै ठिटीका आंखा रिठ्ठाको डल्लो झैं काला थिए । यो ज्यानलाई फसाद थियो, कां खोज्नु hazel eye वाली ? नौ कक्षा सम्म एक्लई परियो, अरु सबैका GF र BF थिए । ... खै, कस्को सरापले गाई मर्दैन भन्थे, मोज गर्ने गर्दै थिए - आफु चाहीं थुक निल्दै !
 
 
 
१० कक्षाको पहिलो दिन थियो । ऊसो त त्यो 'रूम'ले दिमागमा डेरा पहिले देखिनै जमाएको थियो, senior दाई र senior पट्ठीको रूम भनेर झ्यालबाट कहिले चिहाईन्थ्यो भने; कहिले - स्कूल छोड्नुपर्ने र गुरुबाहरुको अब ऊप्रान्त दन्ड भोग्नु नपर्ने म्याराथुनको रातो रिबन एही हो भनेर हेरिन्थ्यो । जे होस् आज म पनि भर्ती भा'को थें कक्षा १० मा । हाम्रोमा co-education त थियो तर छुट्टा-छुट्टै बसेर .. २'टा row हुन्थे, २-२ वटा desk र चारवटा कुर्सी जोडेर बनाएको । एकातिर कोइलिदेवीहरु बस्थे, अर्कोतिर कोइलादेवहरु .. यो नियम त थिएन स्कूलको तर अघोषीत चलन तेस्तै थ्यो । कोठामा छिरेर एस्सो हेरेको, अगाडिको first र second desk त पढन्ते कोइलादेवहरुले सुरक्षित गरिसक्नु भा'रैछ, तेसो त म पनि 5th भन्दा तल कहिले झरेको थि'न तर आज 3rd desk मै झोला बिसाएं । क्लासमा, धेरै जसो त मै सँग नौ बाट ऊक्लिएका अनुहारहरु थिए तर दशमै गुल्टी बसेका थोर-बहुतको पनि दर्शन प्राप्त भो .. अनी अरु २-४ जना विल्कुलई नयाँ पनि देखिन्थे, शायद बाहिरबाट आएकाथे । घण्टी बज्यो; हामी सबै चौरतिर लागिम् । अहिले त अच्छा-खासा assembly hall छन् धेरै जसो स्कुलमा तर हाम्रालागी तेही चौर थियो, हावा-हुरी र पानी परेको बेलामा हामीलाई माफि हुन्थ्यो, श्रीमान गम्भिर .. र सरस्वती वन्दना गाउनलाई । 
 
 
 
(मलाई यहाँ एउटा कुरा share गर्न मन लागो है !) जतिबेला पनि "श्रीमान गम्भिर" सुनिन्थ्यो, हामी सतर्क मुद्रामा हुन्थेऊं । कक्षा कोठामा, चौरतिर जाँदा-जादै वा स्कुलको गेटमा .. हामी ठिङग ऊभिन्थेउं । गुरुजनहरु पनि एसै गर्नुहुन्थ्यो । मैले यहाँ राजाबादको राग अलाप्न खोजेको होइन, young generation लाई जानकारी मात्र दिंदैछु .. एस्तो पनि हुन्थ्यो हाम्रो बेलामा ... 
 
 
 
हिंड्न यार पछाडि जाउं, गुरुले मेरो झोला तान्दै भन्यो । 
बल्ल-तल्ल त 3rd बेन्च मिल्याछ, यिं बस्न यार । 
पछाडि प्वांट मालहरु आकाछन् के हिन्न (ऊस्ले मेरो कानमा साउती गर्दै भन्यो)
माल भने पछी शिवजिका पनि तीन नेत्र खुल्छन रे ! आफु बबुरो सामान्य मनुज न ठहरीयो .. लागें ऊस्कै पछी झोला च्यापेर । तर ऊस्ले ठाउँ देखायो, कोइलिदेवी पट्टिको last bench ! 
यार यो त केटीको __
छोड्न यार, अन्त कतै ठाउँ मिलेन भन्दिम्ला सरलाई । 
तर ऊता त खाली छ त गुरु ! 
कोही आएर बसी हाल्लानी, बस्न यार - हामी भन्दा अगाडिकी एक 'माललाई' आंखाले ईशारा गर्‍यो । 
यो मन फेरी पग्लियो, तेहीं बसें । हामी केटी पट्टी बसेकाले हो वा ईर्श्याले हो, केही भलाद्मीहरु खास्-खुस गर्दै थे, बाल भो । 
 
 
 
अगाडि एउटा कुर्सी खाली नै थियो, अरुमा तिन्वोटी देवीले आशन जमाउनु भाथ्यो । सबै नया थिए क्यारे अनी छुट्टा-छुट्टै स्कुलबाट आएका, एक-अर्कासँग कुरा नगरि बसेकाथिए । पछाडिबाट ठम्याउन गार्हो थियो कुन चाँही राम्री हो भनेर तर मेहेन्दिले हो कि natural नै हो, side वालिकी, जो ठीक मेरो अगाडि थि, ऊस्को कपाल कफी कलरको थियो .. बास् आफुलाई तेही मन परी । "यो खैरो कपालवाली, मेरी है" - म कुनै मुकाबला गर्ने पक्षमा थिन, गुरुलाई सुट्क्क स्पस्ट पारीदिएं । ऊस्ले पनि हुन्छ भन्ने पारामा टाउको हल्लायो, यो ज्यान स्वप्न नगरिमा मोतिचुरको लड्डु खांदै थियो, गुरुबाको entry भो । पहिलो दिन, पहिलो क्लास । केही introduction वाला नाटक गर्छन् कि भनेको, होइन रेछ । गुरुबा सिधै chapter 1 फलाक्न थाले, ऊस्को नाम नि था भएन ।  
 
 
 
गुरुबाको भाषणमा खास्सै रुची थिएन .. म अरु नै के-के सोच्दैथिएं, ऊस्को scale झर्यो ! ऊठाइ .. र ऊठाउंदा-ऊठाउंदै एउटा NOT INTERESTED लुक पनि दि । यो ज्यानलाई सत्र पर्‍यो ! ऊस्को अंखाको रङ थियो - hazel ! मैले प्रशन्न मुद्रामा गुरुतिर केही भन्न हेरें तर ऊस्ले पहिलेनै केही लेखिसक्या रइछ, कापी मतिर पास गर्‍यो । (हामी हल्ला गर्न नपाउने बातावरणमा एसरिनै कापिमा लेखेर वार्ता गर्थिम्) कापिमा लेखिएको थियो "तेरी आमा पैले नै book भईसक्या रईछे भने !" 
क्रमश: 

 
Posted on 11-02-12 1:52 PM     [Snapshot: 90]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 म मोरो पढ्या ईस्कुल, म र मेरै साथीहरु मात्र त्यस्तो होला जस्तो लाग्थ्यो तर होईन रैछ 
मलाई त मेरै ईस्कुलको मेरै चलचित्र रि गरेर प्ले गर्या जस्तो लाग्यो, 
रमैलो लाग्यो कालीप्रसाद , लेख्दै जाम 
 
Posted on 11-02-12 2:49 PM     [Snapshot: 131]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

  Mulmiz ले भनेको जस्तै, मेरो मात्र हर्कत नभई सबैको येही ताल रहेछ | म नि बच्चा छादा आँखाको धेरै चित्र कोर्ने गर्दा थिए, last bencher नै थिए.| धेरै कुराको याद दिलायो. | धन्यवाद, पुरानो दिनहरु याद दिलाई दिएको मा.| सारै रोमान्चक अर्को भागको प्रतिक्छ्या  मा|
 
Posted on 11-02-12 8:24 PM     [Snapshot: 215]     Reply [Subscribe]
Login in to Rate this Post:     2       ?     Liked by
 

 गाजलु ति ठुला ठुला आंखा (कथा)  भाग २ 
 
 
स्कुले दिन बित्दै थिए, म भने निशा (ऊस्को नाम) सँग नजिकिंदै थें । कसैले यहाँ नाम मात्र भनोस् .. मैले ति सब पापड बेलिसकेकोथें, ऊस्लाई पट्याउन । नोट सारीदिने, HW र CW गरिदिने, चाट्को पैसा तिर्ने .. यि सब सामान्य भईसक्या थे । कैयौं पटक त मैले आफैले बडो मेहेनत गरेर बनाएको आंपको अचार ऊस्लाई दिंदै भन्थें .. ममिले बनाइदिस्या, आंपको अचार भनेसी उ हुरुक्क हुने; trick त खेल्नै पर्‍यो ! म सरासर हिंडे भने ५ मिनेटमै स्कुल पुग्थें, ऊस्को भने आधी घण्टा जस्तो लाग्थ्यो .. तर म ऊल्टो round मारेर ऊस्को घरतिर झुल्किन्थें धेरै जसो .. ऊसङै स्कुल आउनलाई । I love you शब्दको प्रयोग भईसकेको थेन, ऊतिबेला भन्न पनि गाह्रो लाग्ने ! तर मनले ठानेको थियो, हामी एक दुजे कालागी नै बनेका हौं । मैले थुप्रै गितिकथा र कविताहरु लेखेको थिएं त्योबेला, ऊस्को चित्र त कती कोरियो - न भनी साध्ये न गनी साध्ये  
 
 
1st क्लासको सर ढोका बाहिर निक्लिन नपाउंदै बिनुले सोधी "तिम्लाई सब्से धेरै के मन पर्छरे ?" 
के ?
ऊस्ले ईशाराले निशालाई देखाइ अनी ऊस्को आंखाको बारेमा पनि केही भन्ने कोशीस गर्दै थि । आफुलाई खपीनसक्नु भो, अगाडि गएर निशालाई एस्सो हेर्छु त - हेरेको हेरेइ भएं । hazel eye वाली मेरी राज्कुमारीले आज गाजल पनि ला'की रईछ ! उ केही लजाइ, मेरो मानसपटलमा गुलाम अली सा'ब आईपुग्नुभो ... गाजलु ति ठुला ठुला आंखा ... 
त्यो दिन अन्त कतै ध्यान केन्द्रित भएन, खाली ऊस्कै बारेमा सोचिरहें .. मैले त हाम्री छोरी भई भने कस्ती होली भन्ने कल्पना सम्म गरी भ्याएकोथें । गुरुजनहरु मलाई जान्ने शिश्यमै गन्नुहुन्थ्यो तेसैले हत्तपत्त मलाई question गर्नु हुन्थेन, तर त्यो दिन कुन paragraph बाट कुन line को चर्चा हुँदैछ; तेतिमात्र पनि सोधेकोभय - मेरो खटिया खडा थियो । 
 
 
 
अब हिम्चिम अली बढेको थियो, मेरो घरमा आना-जाना पनि सुरु भाथ्यो ऊस्को । यो ज्यानलाई शनिबार भनेपछी तासमा जुट्नै पर्ने .. पलेटी ठटाउंदै म कतै फ्लाश र दैला-पकड्मा जोतिएको हुन्थें; के था' कुनै-कुनै शनिबार उ मेरै घरमा दिदिसँग नाटक सुन्न आउंथी । मलाई सरुभक्तका नाटक साह्रै मन पर्थे तेतिबेला, प्राय: शुरविर पन्डित दाइकै आवाज सुनिन्थ्यो । कहिले काहीं राती एक्लै सोच्थें; म पनि मदन दाई जस्तै हुन पाय ! ऊतिबेला मदन दाश श्रेष्ठ दाई रेडियो नेपालमा, नाटक महासाखाको निर्देसक हुनुहुन्थ्यो क्यारे .. मलाई खुबै डाहा लागेर आउंथ्यो; महिशाशुर र कंस बनेर वहांले अट्टाहस लगाउंदा - अतुलनिय लाग्थ्यो । 
 
 
धेरै नाटक सुनियो तर चियाको चुस्की र ऊस्को खैरो कपाल मुसार्दै नाटक सुन्ने साईत कहिले जुरेन, आफु जुवाडे जो परीयो । 
 
 
निशा आ'की थि, खै कता रबिन्द्र शरकोमा ट्युसन जाने होकी भन्दैथी .. 
अरु केही भनी !!?? 
दिदिले मेरो आंखाको चमक पढिसक्नु भाथ्यो क्यारे भन्नुभो "धेरै तासमा नझुल रे, कहिलेकाँही घरमै बसे नि हुने नि" 
टेस्ट आउनै लागेको थियो, ऊस्ले मेलो-मेसो मिलाइसकिछ । म अब ट्युसन नपढी किन छोड्दो हुँ !
मेरो घर बजारको center मै थियो, तल्लो बजारमा भेला भएर फेरी १५ मिनेट जती हिंड्नु पर्थ्यो रबिन्द्र शरकोमा पुग्नलाई तर who care ? त्यस्तो जाबो १५ मिनेट त ५० चोटि हिंड्न तयार थिएं म । तेसै पनि रातभरी डुल्ने बानी थियो (लगभग १ बजे सम्म), कहिले मेरिवाली - कहिले गुरुकोवाली र कहिले अर्का एक मित्रकी वालीको गल्लीतिर बेफ्वांक्मा चुरोट तान्दै हिंडिन्थ्यो .. । ट्युसन पनि सुरु भो, रमाईलै हुँदै थियो - चाट्को बिल अंझै पनि मेरै नाममा थियो, गुरु कहिले sprite र fanta किन्थ्यो - कहिले rio जुस, केटीहरु पनि कैलेकाहीं चाउमिन खान जाउं भन्थे; आफै pay पनि गर्थे । कहिलेई नसक्कियुन् भन्ने दिनहरु सक्किंदैथे, अनी हाम्रो टेस्ट पनि सक्कियो । 
 
 
टेस्टको result को दिन थियो, म भान्सामा खाना खांदै थें - त्यो दिन अली ढिलै भाथ्यो क्यारे .. तर मलाई केको हतार ! एक त आफुलाई मन पर्ने परीकारहरु पाकेको - बंगुरको मासु, तोरिको साग, टिम्मुरको अचार, हिङ्ले झानेको कालो दाल; यो ज्यान तेसै मस्त थियो । अनी दोस्रो कुरा, मैले result guess पनि गरी सक्याथें । म पक्कै पास हुनेछु, ढुक्क थिएं - 1st 2nd 3rd ... मलाई केही लिनु-दिनु थेन । म खांदै थिएं बिनु र मेरी राजकुमारी अत्तालिंदै छिरे भान्सामा । 
 
 
अरे कांबाट ? किन ? के भो ? भित्र बैठकमा बसन .. 
तिम्ले result हेर्या छैनउ ?
अहं छैन, के भो र !?
गुरुको त नामै छैन .. 
के रे ? seriously ? तिमेरुले आफै हेर्या त हो ? ल-ल हिंड त हेरुम् । हात मात्रै हतार-हतारमा धोएं भनेको त चप्पल पनि हतार मै लाईएछ, देब्रेवाला ममीको परेछ, दाइने चाइं आफ्नो ! दिमागमा तर सब भन्दा ठुलो प्रश्न एही थियो - गुरु कसरी फेल भयो ? 
क्रमश:

 
Posted on 11-03-12 10:36 AM     [Snapshot: 375]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जतिबेला पनि "श्रीमान गम्भिर" सुनिन्थ्यो, हामी सतर्क मुद्रामा हुन्थेऊं । कक्षा कोठामा, चौरतिर जाँदा-जादै वा स्कुलको गेटमा .. हामी ठिङग ऊभिन्थेउं । गुरुजनहरु पनि एसै गर्नुहुन्थ्यो । मैले यहाँ राजाबादको राग अलाप्न खोजेको होइन, young generation लाई जानकारी मात्र दिंदैछु .. एस्तो पनि हुन्थ्यो हाम्रो बेलामा ...

lol we used to do the same.


 
Posted on 11-03-12 7:38 PM     [Snapshot: 513]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वाह !! क्याली (कलि पर्साद हो कि काली पर्साद रे है तिम्रो नाम ;) ) ...... सारै राम्रो लेख्यौ मित्र..... आफ्नै पुराना दिन याद आए.... दुवै भाग साथ् साथ पढे..... अर्को भाग को कुराईमा ......

हुन त मेरो के हुति एस्तो राम्रो लेखक लै सुझाब दिन    तर यो कथाहरुलाइ stories/essays/literatures sectionमा लेख न हुन्न  ? Its easier to track stories for story readers.....


 
Posted on 11-09-12 2:38 PM     [Snapshot: 670]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 mulmiz र koho-koho ! दिन हामी सब्का तेस्तै रेछन, तेस्कारण बधाई हामी सब्लाई । mno पुराना दिन यस्तै थे क्यार्नु ! र थानेको लागि .. हाम्ले तिम्रो कुरा बुजेमSS (हात पनि तेइ शैलिमा जोडेको छु है !)
 
Posted on 11-09-12 2:46 PM     [Snapshot: 672]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

गाजलु ति ठुला ठुला आंखा (कथा) भाग ३ 
 
 
दिमागमा तर सब भन्दा ठुलो प्रश्न एही थियो - गुरु कसरी फेल भयो ? 
 
 
 
स्कुल प्राङगण्मा पुग्नासाथ, हाम्रै circle को अर्को तोरी लाउरे पनि झोक्राइरा'को भेटियो । 
ओेए मुले ! तं पनि __
यार, गुरुको result था'पाईस् ? 
त्यो त था' भो, त्यै भेर दौडिंदै आ'को । तं पनि गैइस् कि क्या हो ? किन नुन खा'को कुख्रा जस्तो ?
म त पास छु तर गुरु ठिस् भएछ .. कां छ त्यो साले, आएन ?
"के गलफत्ती गरिरा' ? principal को मा जुम न छिट्टो" बिनु अधैर्‍य भईसकेकी थि' सायद, पड्की ।
 
 
 
Principal Sir कता-कताबाट मेरो फुपाजु पर्नुहुन्थ्यो तर आज म "नातालाई" बिचमा आउन दिनेवाला थि'न । गुरु हामी जत्तिकै जान्ने student थियो । जब हामी 80 above ल्याएर pass भएकाथियौं भने गुरु कसरी फेल भयो ? Percentage तल-माथी हुन सक्थ्योहोला तर फेल नै त हुन नपर्ने .. हाम्रो calculation एही थियो । 
 
 
 
हामी चार जनाले हेड्सरलाई घेरेर ऊभिएकाथियौं, हेड्सर पनि आफ्नै सुरमा कड्किंदैथे .. 
तेल्ले जांचै दिएन त, हाम्ले पास गर्न मिल्छ ?
जांच कसरी दिंदैन सर ? हामी सब साक्षी छौं, खै mark-sheet देखाउनुस् । 
mark-sheet त सम्बन्धित विध्यार्थी वा अभिभावकलाई मात्र दीईनेछ, तिमीहरुलाई देखाउनु जरुरी छैन । 
सर हामी शिक्षा कार्यालय जानेछौं 
जां जानु छ जाओ, जे गर्नु छ गर, यदी जांच नै नदिएको विधार्थीलाई पास गर्नु पर्छ भन्ने कानुन बनेछ भने म पनि अदालत सम्म जाउंला 
सर, जांच त हामी सँगै बसेर दे'कोहो, तपाईं भन्नुहुन्छ दिएको छैन । 
सिधा कुरा हेर ! discussion ले केही हुनेवाला छैन, मलाई आफ्नो काम गर्न द्याओ । 
सर एउटा फोन गर्न मिल्ला ?
NO n get out ! 
 
 
 
स्कुल गेट्को बाहिर दाहिनेतिर नारान दाइको PCO थियो, हामी तेतातिर जांदै थियौं तर दिमागमा अनेकौ नम्बरह्ररु आफै dial हुंदैथे । 
"य सुनत" (श्रिधर सर, जो हाम्रो लेखा सिक्षक हुनुहुन्थ्यो, बिच्मै रोक्नुभो)
हजुर सर !
तिमेरुको कुरा अलि-अली सुनें, ऊस्को उत्तर पुस्तिका मेरै दराजमा छुटेको रइछ । पास नम्बर हालिदिम्ला म । 
तर हेड्सरले त जांचै __
म कुरा गर्छु नि । (श्रिधर सरले छक्का मार्नुभो ! यहाँ अम्रिकन मित्रहरुलाई भन्दिहालुम, वहांले home run ठोक्नु भो) 
 
 
 
गुरु पनि पास भएको थियो, जिन्दगी फेरी तेइ रफ्तारमा बढ्न थाल्यो । ट्युसन .. गेस पेपर .. ल्याऊनु-छोड्नु आदी ईत्यादी । कहिले काहीं combine study पनि हुन्थ्यो, तर सबै कवाबमा कहीं न कतै बाट हड्डीहरुको ऊपस्थिती पनि भईहाल्थ्यो, यो रोक्न नमिल्ने काण्ड थियो । कैले काहीं सिनेमा हलतिर पनि गैन्थ्यो, तर त्यो बेला romantic सिनेमा लागेपो ! सबै एक्सन प्रधान हुन्थे । उ मतिर किन टांस्सिन आउंथी ! 
अबत भन्न यार, फर्सी धेरै पाक्यो भने .. कुमार दाईको गीत याद होलानी .. (गुरु मलाई धेरै पटक भन्थ्यो)
SLC आउंदैछ यार छोड्न । टाईम छ नि । (मलाई लाग्थ्यो, मैले एदी भन्दी हालें भने फेरी उ पनि "छोरीको बारेमा सोच्ली" .. तेसै त ऊनिहरुलाई पढ्ने मौका कम मिल्छ घरमा)
कुन दिन चिलले मुसो ऊडाउंछ, अनी  था'पाउंछस् । 
गुरु, मलाई एउटा महान हिन्दी डाइलग याद भो; आज्ञा छ कि .. 
ईरसाद .. 
जब् सुरत अच्छी नही हो ना, कम से कम बातें अच्छी कर्नी चाहिये । 
हो-हो, अब line मा आउंदैछस् truth bites के ! मेरी भा' कि भे अहिले सम्म भगाईसक्याहुन्थें । 
कल्ले रोक्या छ बाबु, मैले ! कि पात्रो हेर्दैछस् घुंग्रुलाई भागाऊन ? (गुरुको वाली जो अर्कै स्कूल्मा पढ्थी, ऊस्को कपाल अलि-अली curly थियो, तेसैले ऊस्को न्वारन हाम्ले गर्देकाथिम् .. घुंग्रु ! सापेक्ष्य मत्लव अरु पनि केही निकलिन्छ; नर्तकिहरुले खुट्टामा जो बांध्छन - नेपालीमा चांप भन्छन क्यारे ! वा चांप जस्तै हो)
"मैले नभन्या हो र, तेरी आमा डाक्टर्नी नबने सम्म ब्या' नगर्ने रे" ऊस्को दु:ख एस्तो रेछ । 
लौ ! green signal त दि'सक्या रइछे त घुंग्रुले ! अहिलेनै भागे भईगो नि । तेस्पछी त सँग-संगै ISc - MBBS .. मोजै मोज, तेरो सुड्डो पनि खुश् । (uncle पेशाले डा. होइसिन्थ्यो र छोरोलाई पनि तेइ रुपमा देख्न चाहनुहुन्थ्यो साएद । मैले "पेशा" एस्कारण भनेकोहुं कि जिविकोपार्जन र कर्ममा धेरै भिन्नता छ सायद, पैसाको तुलना हैन यहाँनिर) वाद्विवाद नै गर्ने हो भने त अरु थुप्रै शब्द पनि आइपुग्छन फेरी .. job, कार्य, नोकरी .. तर म दुइटा कुरा देख्छु । एक, मानीस जो आफ्नो स्वार्थकोलागी मात्रै पैसा कमाउंछ । दोश्रो, मानिस जो अरुको स्वार्थ पुर्ती गर्दै पैसा कमाउंछ । 
"य बाबा, मेरो त ल कम्सेकम केही plan छ भनुम्न ! तैंलेत अझैसम्म पनि .. " 
(ऊस्को र मेरो combine study एस्तै हुन्थ्यो, प्राय)
 
 
"भोली तिमेरुनी ट्युसन नजावोन है, आज सरलाई भनुम" मेरी राजकुमारीले मम पसलमा भनी । त्यो बेला त ज्यानै दिन तयार थिएं ... म चुप् । "तिमिहरु पनि ब्रत बस्या छौ र" गुरुले शंका पोख्यो । "तै पनि help त गर्नै पर्छ नि" बिनुले स्पष्टिकरण दि' । 
 
 
भोली, अर्थात स्वस्थानी साङेको दिन । नदिकिनारमा, गोमादेवीहरु जीउभरी के-के दलेर कांडा चपाउनुहुन्थ्यो । एक पटक शाली नदी पनि पुगें आमासँगै । कती भक्ती, श्रधा र विश्वासले गोमादेवीहरु पूजापाठ गर्नुहुन्थ्यो ! र सजिलै डुबुल्की मार्नुहुन्थ्यो, त्यस्तो चिसो पानीमा (तर आफ्नालागी हैन, पतिदेव र परिवारकालागी ।) धन्य नारी ! तर धार्मिक आस्थाबाट मेरो विश्वास ऊठ्दै गयो, जब तिनै गोमादेवीका पतिदेवहरु कतै क्रान्तिका नामले मारिए; कतै जड्बादिका नामले मारिए; कतै पुंजिबादका नामले मारिए भने .. जीवनभर कमैया बनेर कती आँफै मरे । 
 
 
धर्म म पनि मान्छु, नास्तिक हैन म । तर; ढुङ्गाको मुर्ती पूजा गरेर .. ढोगेर .. मन्दिरमा सौ रुप्यां दान गरेर "तथास्तु" मिल्छ भन्ने लाग्दैन मलाई । एसो भनीरंदा मेरो पट्टक्कै यो आसय होइन कि म कसैको आस्थामा चोट पुर्याउं, वहांहरुको आ-आफ्नो छनौट-स्वविवेक र अधिकारको विषय हो यो । in fact हरेक तिजमा सुधा मलाई भोकै कुरिरा'हुन्छे, म पनि भर्सक घर छिटो पुग्छु । "बिचरी दिनभरी भोकै होली " मनमा एही हुन्छ । तर जब म ऊस्लाई पहिलो गास ख्वाउंछु ... ऊस्को आंखामा तैरिरहेका हजार खुशी देखेर, म एसै त्रिप्त हुन्छु । 
 
 
 
 
कती पटक मैले भने, यो सब किन सुधा ?
छोड्नु न धर्म-कर्म भन्ने चिज पनि हुन्छ नि । 
त्यो "चिज" मलाई था' छैन । धर्म मलाई लाग्छ, हाम्रो बांचाइ र सामाजिक अनुशासनसँग गांसिएको हुनुपर्ने हो । 
 
 
 
 
(माफ गर्नुहोला, म कता सप्तरङी माया पिरतिको कुरा गर्दै थें, धर्म व्याख्याता पो हुन पुगिएछ) भोली स्वस्थानी साङेको निम्तो छ निशाकोमा । 
क्रमश: 
Last edited: 09-Nov-12 11:22 PM

 
Posted on 11-09-12 4:34 PM     [Snapshot: 744]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 ".......भोलि  स्वस्थानी साङेको निम्तो छ सुधाकोमा...." भन्दा त झसङ्ग भएर नेपाली क्यालेन्डर पो हेरिछु होकी भनेर..... बिर्सिछु अर्को हफ्ता त तिहार भनेर ...... लौ सुधा भाउजु भनम क्यारे है र सुधाको माया क्यालीलाइ दिपावलीको धेरै शुभकामना.... निहुरमुन्टी लगाएर दस औंला जोडेर पर्नाम पनि हजुर दुबैलाई ( झै धेरै श्रद्धाका साथ) .... 
 
हैन त्यो गाजलु खैरो आँखाबाट कथा कता हिड्य भन्या धर्म-भौबान पो कुरो गर्न थाल्यौ त क्याली... तर मेरो त तिम्रो सोचाई हाम्रा भौबान बारे चै त्यक्कै मिल्दो रैछ है.... बस्ताबमै सत्य भन्यौ नारी धर्ति नै हो .... 
 
मेरो नि इश्कुलां एक फेर हाम्लाई ग्याम हेर्न चैन्जो नालाग्य सुरां हड्ताल (तेती खेर मिनिंग नि था'थेन) गरम भनेर हड्ताल गर्या चाइनि एउटा कथा थो .... भन्न पर्ला कुनै दिन.... 
 
लौ बढी पो पोखियेछ कि क्या हो गाँठे ...... हेत्तेरी राम्रो लेख देख्ने नहुने भन्या बहकि हाल्ने यो मन पनि .....तुत ..........ल फेरी अर्को भागको पर्तिक्ष्यामा छु है ......... 

 
Posted on 11-09-12 11:39 PM     [Snapshot: 823]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 थाने प्रभु ! मेरो अहोभाग्य .. यहाँ जस्तो पाठक-मित्र पाएकोमा ! भाग ३ को last line मा नामको केही गड्बडी भएछ; मैले edit त गरिसंके तर फेरी पनि धन्यवाद यहाँलाई नै र "निहुरमुन्टी" लाएर तिहारको शुभकामना पनि । सुत्ने तर्खर थियो तर गल्तिको सजाय पनि भोग्नै पर्‍यो भन्ने लाग्यो, भाग ४ सुरु गर्दैछु .. 
 
Posted on 11-20-12 12:38 PM     [Snapshot: 989]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 ये प्यारो मित्र क्याली अर्को भाग पस्किने हैन भन्या भोक्लागीसक्यो ह्याँ ....
 
Posted on 11-20-12 4:05 PM     [Snapshot: 1047]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 म त नया भाग आयो भनेर हेरेको.......
 कमेन्ट नगरे पनि पढी रहेको छु है.... अरु थप्दै जाउ....

 
Posted on 11-22-12 12:23 AM     [Snapshot: 1166]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 थानेजी, भोको पेटकोलागी माफि पाम् । गोरु तिहार मात्रै लाग्छ कि भनेको अरु पनि के-के जाती तिहार लागेर, मेलो-मेसो छोडेर म त अन्तै बरालिएछु भन्या ! आज पो तपाईंले पुच्छर निमोठि दिएपछी फेरी ड्याङमा फर्की'यो ! बाह्रमाशेलाई धन्यवाद ।
 
Posted on 11-22-12 12:31 AM     [Snapshot: 1167]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

 गाजलु ति ठुला ठुला आंखा (कथा) भाग ४ 
 
भोली स्वस्थानी साङेको निम्तो छ निशाकोमा । 
 
 
'घर छोड्ने रात' भन्ने मनोबाद पढ्नुपर्थ्यो हाम्ले नेपालीमा, जस्मा आवाशिय विद्यालय जानुपर्ने र अन्ने ऊत्साहले गर्दा लेखकलाई रातभरी निन्द्रा लागेको हुंदैन । आज मलाई तेस्तै भा'थ्यो तर कारण; यो ज्यानको अर्कै थियो । कतिखेर बिहान होला र दौडिम्ला भन्ने भईरह्यो । जान त सयौं पटक गा' हो ऊस्कोमा तर खाली फोकट्मा २टा नमस्कार खेर फालेर आउंथे म (एउटा भेट्दा अर्को छुट्टींदा) । न आन्टिजिले कहिलेइ चिया-कफी सोध्नुभो नत अंकलजिले कहिलेइ आफुसङै सोफामा बस भन्नुभो । तर भोलिको नजारा भिन्नै हुनेवालाथियो ! एक महिना जस्तो पहिलेनै अंकलजी कुनै अर्को जिल्लामा 'तेल लिन' गैसक्नुभाथ्यो, र आन्टीजी पनि आज नदितिर 'तेल लिन' जानेवाला हुनुहुन्थ्यो ! घरमा हुनेवाला थि .. princess hazel eye ! 
 
 
"दाइ चिया" रमा छतमै आईपुगी । म छतमा हुनुको सिधा मत्लब हुन्थ्यो, चुरोट तान्नु । घरका शायद प्राय सबै सदस्यलाई था थियो तर डिस्टर्ब गर्न कोइ आउंदैनथे, यो बैनी बाहेक । 
किन ? आज मेरो टेबुल भाग्यो कि क्या हो कतै ? 
गाथें, तपाईंलाई देखिन .. अनी । हैन कत्ती तान्नु पर्ने हो ब्यान-ब्यानै ! कुन दिन आमालाई भन्दिन्छु .. था होला तेस्पछी । 
रमाss तं कस्की बैनी रेss ?
भो-भो धेरै चेपारो घस्नु पर्या छैन, मैले पो आफ्नै दाई मान्या छु .. तपाईंकोलागी त काम गर्ने केटी त हुम् म । 
तेरो दांत जती सब् हात्मा राख्दिन्छु है अईले .. मैले कैले भने त्यस्तो ? 
था छ दाई, जिस्केको मात्रै । मैले तेती पनि भन्न पाउंदिन त ? 
पाउंछेस् .. तर हेर् रमा, केइ कुरा छ भने बाबा-आमासँग भन् अथवा मलाई भन् तर यो काम गर्ने - साम गर्ने नसुना मलाई; हैन भने आईन्दा राखी पनि नबान् मलाई । (मैले अर्को चुरोट सल्काएं)
ऊss ! फेरी सुरु भो ! मुखबाट एत्तिकै निक्ल्यो दाई, भन्नुस् रिसाएको छैन .. (उ २टै कान समातेर ऊभि')
भो-भो नाटक छोड्, नौटंकी ! तं त फिलिम्को हिरोनी हुनु पर्ने बुझिस् .. खुब चर्तिकला आउंछ तंलाई । 
जाउं त दाई, राजेश हमाललाई भन्दिनुस् न । (हांस्दै मतिर आई रमा)
हे भगवान ! म तंलाई कसरी सम्झाम् । फिलिम्मा लिने त director र producer ले हो । राजेश हमाललाई त अगाडिबाट पैसा दिन्छन्, पछाडिबाट कोर्रा हान्छन् .. अनी नचाउंछन आफ्नै तालमा । हेर्, तं अली ठुलि हो .. लेखा-पढी पनि गर् अनी आँफै बुझ्छेस सब् कुरा । 
खै गिलास दिनुस् ! चिया सक्या भे, म हिरोनी बन्दै गरुम्ला । 
ए रमा सुन्त ! आमा कां हुनुहुन्छ ?
आमा त अघिदेखी के-के फुल प्रशादि मै जुट्नु भा छ । था छ दाई, एस्पाली त दिदी पनि जानुहुने रे !  
तं पनि जान्छेस् कि ? भन्दिम् आमालाई ? 
भो जानु पर्या छैन, पर्सी unit test छ आफ्नो .. को पढ्देवस् .. दाई आज ___
आज माफी दे यार प्लिज, कतै जानु छ मलाई । भोली मज्जाले पढाम्ला तंलाई, ठीक ? आखिर तेरो test पर्सी त रइछ नि । 
क्या हो दाई ! आज 'बिराली' दिदिले कतै बोलाउनु भा'छ र ? 
तं खुरुक्क जा त, एइ लाइटरले खान्छेस् नत्र । 
(ऊस्ले तिर अन्ध्यारोमै मारेकी थि तर 'निशा'नामै लागेकोथ्यो)
 
 
 
आमा र दिदी निक्लिने तरखरमा हुनुहुन्थ्यो, म कोठामा पढे जस्तो गर्दै थें; बोलावट आइपुग्यो । 
हेर्न बाबु हिंजै देखी भनेको यो मोरो किस्नेलाई, अइले त प्याट्रोल छैन भन्छ ! 
आमा .. तेतैबाट जांदैहुनुहुन्छ, बाटोमा भरे भईगोनी - किन बजार ऊचालिर'नुभा ? 
हिंड्न बा तं पनि, बाटोमा केइ भो भने हाम्ले के गर्नु ! 
केइ हुन्न आमा, ढुक्क भएर जानुस् । कृष्ण दाई हुनुहुन्छ त । दाई ! कती छ र पेट्रोल ? म बाइकबाट हाल्दिम् ? 
हैन, पर्दैनहोला बाबु । मैले त कम छ मात्र भन्याथें ___
तं असत्ती नबोल्, हिंजै भन्या हैन मैले .. (आमाको पारो घट्नेवाला देखिन, दिदिलाई ईशारा गरें)
जाम्न आमा पुगिहालिन्छ, केइ हुन्न, ढिला हुन्छ फेरी.. कृष्ण दाई गाडी चलाऊनुस् ल । (दिदिले आमालाई डोर्याउनुभो)
ल आमा स्वस्थानी माताको नाम लिनुस्, जानुस् । केइ पर्‍यो भने मलाई खबर गर्नुस्, म आउंछु, हुन्छ ? 
(घरबाट दुलही बिदा गर्दा अलिक गाह्रो हुंदोहो शायद .. तर मेरी आमा घरबाट निक्लींदा केही न केही रामकाहानी हुन्थ्यो नै, हरेक कुरा perfect चाहिने वहांलाई)
 
 
बल्ल-तल्ल निशाको घरमा पुगियो, करीब १० बजेको थियो विहानको । सेतो कुर्ता सल्वारमा परी जस्तै देखिन्थी उ .. र मुर्छा पार्ने ऊस्का ति आंखा .. खै ! कसरी बयान गरुं म । 
चिया खान्छौ ? 
भो, ब्यानै खाको । 
मेरो हातको खाइ त हेर ! 
(तिम्रै हातको हो भने त जहेर पनि पि'दिम्ला .. मनले मात्र बोल्यो, मुख चुप थियो) बनाउ न त, केही help चाहिन्छ ? 
धन्दा नमान, टन्नै काम छ तिम्रोलागी । 
ज्यालादारी हो भने त ठीक छ, मुफतमा चाइं केइ गरिनेवाला छैन है । 
अरे वा ! अच्छी-खासी दोस्ती भो यो त ! भाडा नै तिर्नुपर्ने भय म तिम्लाई किन बोलाउंथे ? (ऊस्ले आफ्नै सम्झे झैं लाग्यो, मैले चाइं 'छोरी' सम्झें)
ल माते, हात खडा ! आज श्रमदान गर्ने भएं म .. खुश् ? 
अनी हाम्रो gang के गर्दै छन नि ? 
खै मेरो त आज कुरा पनि भा'छैन, होलानी सब्को आ-आफ्नो plan । 
बिनुले केइ त भन्याछैने ? 
निशा .. तिमीसँग कुरा गर्दा त लाग्छ, म कतै अदालतको कठघरामा छु । एती धेरै सवाल-जवाफ; पछी तिमी law लिएर नै पढ है । 
सोच्दै छु, अरु केही ? लौ चिया । 
 
 
आज वैतरणी तरे जत्तिकै भा'थ्यो ! पहिलो पटक बैठक कोठाको त्यो सोफामा बस्ने मौका; अंझ त्यै माथि आफ्नो मनले खाएकी तरुनीसङै चियाको सुर्को तान्दै । TV मा खै के कार्यक्रम पो चल्दैथ्यो, होशै रहेन । आफ्नो दिमागमा भने Queen Victoria र Prince Albert नाच्दै थिय । साँच्चीकै एदी नाचेकाभय, ऊनिहरु ballroom वा morris dance गर्दाहुन् तर आफ्नो नेपाली मन भने कृष्ण बिक्रम थापा कै लोकभाकामा ठुम्किन थाल्यो ... 
"सिन्धुली गढी घुमेर हेर्दा सुन्तलिमै कतिमा राम्रो दरबार मार्यो नि मायाले मार्यो, आजकालको जोबानमा हेर्यो सुन्तलिमै कस्तोपो होला घरबार मार्यो नि मायाले मार्यो ।" 
यो मन ऊडिरह्यो, सपनाको वायुपंखिमा मच्चिंदै - खुशीका बादलहरु जस्तै, गन्तब्यका क्षितिजहरु खोज्दै । 
आज तथ्य र साध्यसँग कुनै सरोकार थिएन, कल्पना र वास्तवीकतामा पनि कुनै साईनो देखिन, अप्राप्य र सम्भाव्यता बिच पनि कुनै सिमा कोरिए जस्तो लागेन । सबै कुरा आज सरल, सजिब र सार्थक लागेकाथिय; सबै कुरा प्यारो, पूर्ण र प्राप्य लागेकाथिय । मायामा मान्छे सत्य भुल्छ या सत्य खोज्छ, म यसै निर्क्योल गर्न सक्दिन तर तर्क र अड्कलबाजिकालागी यो मनमा अब जांगर र ठाउँ नै कां थियो र ? केही कुरा मनमा थियो भने - मात्र उ अनी उस्को साथ । मान्छेको २टा मन हुन्छ भन्थे, हो कि क्या हो जस्तो लाग्यो त्यो दिन । एउटा बिचार  मडारिएर आउंथ्यो - च्याप्प ! समाउं ऊस्को हात र राखिदिउं आफ्नो छातीमा अनी आफ्नो ढुक्ढुकी सुनाउं ऊस्लाई । चन्द्रमाले सागरमा बनाएझैं, ऊस्का ति जदुगरी आँखाको आकर्षणले मेरो मुटुमा बनाएका ज्वार-भाटाहरु महशुस गराउं ऊस्लाई । अंगालोमै बांधु ऊस्लाई र भुलुं संसार एक्छिनलाई । सामुन्द्रिक तटको बालुवामा कोरिंदै गरेका मेरा दिवास्वप्नहरुलाई विलिन पार्न अर्को छाल ऊर्लिएर आईपुग्थ्यो - हैन सम्हालिनु पर्छ । 
 
 
के टोलाइरा' ? चिया चिसो हुन थाल्योहोला । (च्वाट्-च्वाट् ! बिचरो मेरो वायुपंखि सपनाको २टै पखेटा काटिय, बर्लङ्ग यथास्थितिमा बजारियो बबुरो)
हैन यत्तिकै, आज first time यो सोफामा बस्न पा'को तेसैले दङ्ग पर्या नि । 
किन ? कसरी first time भो तिम्रो ? (ऊस्लाई हेक्कै रहेनछ)
खोइत ! तिम्रा बाउ-आमाले कहिलेइ बस् भनेनन्त आजसम्म ? 
तिम्लाई पनि आईस्योस्-बसिस्योस् भनीराख्नु पर्छ र ज्वाँईंसाबलाई जस्तो ! 
किन, ज्वाँईं हुन लायक छैन र म ? (बहुत हिम्मत बटुलेर यती भनें)
केरे ! बेसी हुने हैन ल । ऊस्ले मेरो दाहिने पाखुरामा प्याट्ट हिर्काइ, ऊस्को भावमा अलिकती आश्चर्य झुल्कियो - अलिकती लज्जा पोतियो, ममा भने अलिकती प्रोत्साहन पलायो । 
हाम्रो जोडी त गजब्कै देखिन्छ होलानी, के छ बिचार ? मैले दायां हात ऊस्को कांधमा राख्दै सिधै आँखामा नियालें । 
ह्याss joke नगर है मसँग, खै हात हटाउ । 
अच्छा ल ठीक छ । तिम्रो criteria हरु के-के छन् भनन्त । बा म fit पो भईहाल्छु कि ! 
हैन किन चाइयो तिम्लाई यो सब १२-२७ कुरा ? खुरुक्क त्यो बिस्कुट पनि सक्काउ त, kitchen मा जानु पर्छ एक्छिनमा । 
गजब छ बा ! हाम्लाई भन्दैमा के तिमी घटेर सानी भइहाल्ने हो र ? केटीहरु कस्ता लोग्ने खोज्दारेछन् भनेर पो त, फेरी भोली हाम्ले पनि कतै दर्खास्त फारम भर्नु पर्‍यो भने ति कुराहरु त जानिराख्नु पर्‍यो हैन !
तेसो भय जता आवेदन आव्वाहन गरिएको हुन्छ शोधपुछ केन्द्र पनि तेतै होला, मलाई केको टाउको दुखाई ? 
ओ हो ! help माग्दा पनि अब त टाउको दुख्ने भो है ! तेसोभे' मलाई पनि बस्नु पर्याछैन एस्ती स्वार्थिको घरमा बरु रमालाई पढाईदिय गुन त मान्ली ! मैले घुर्क्याएको नाटक गर्ने कोशीस गरें, तेसो त ऊस्ले 'जा' नै भने पनि म किन जादोहुं र ? 
ल भईगोन्त सरकार sorry, जतिखेर तिम्ले आवेदन फारम भर्नुपर्छ, मलाई भन्नु म help गर्दिम्ला भएन ? 
पक्का ? 
पक्का बाबा पक्का, गाइको मासु खानु । (हुनत यो कसमले अहिले अम्रिकामा खास्सै महत्व राख्दैन तर ऊस्ले तेसै भनेकिथी') 
ल म ढुक्क भएं तेसोभय, यै खुशीमा एउटा चुरोट खाएर आउंछु है त । 
लाज छैन है साथीको घरमा आएर चुरोट ऊडाउन ? बाटोमा त ल ठीक छ भनुम् । 
यि, सट-पेन्ट लाकैछुत !
हा हा very funny (ऊस्ले मुख बिगारी) । ए सुनन, कौशिमा नजाउ है सबैतिरबाट देखिन्छ, फेरी निशाको घरमा को केटो आएर चुरोट तान्दैथ्यो भन्छन् । तल जाउ पछाडिपट्टी । 
हे राम ! एउटा नाथे चुरोट खान पनि एत्रो सास्ती ? भन्दिनुनी मेरो boy friend हो भनेर ! 
चुsssप् फर्केर मात्र त आउन कस्तो कुटाइ भेट्छौ तिम्ले ! 
 
 
 
धेरै हिरो नबन है, ऐले औंला काटिन्छ अनी स्वाद भेट्छौ, बिस्तारै काट । (हामी भान्सामा थेम् । उ केराउ छोडाउंदैथी, म प्याज काट्दै)
हैन क्या यो रातो प्याज त कस्तो पिरो हुने तेइभेर छिट्टै सक्दिम् भनेको । (मैले सुंक्क-सुंक्क गर्दै भनें, ऊस्ले बडो ब्यङ्यपूर्ण हेराइ फ्यांकी मतिर)
कठैssबरा ! बिचsssरा ! कल्ले के गर्‍यो मेरो सानुलाई ? (प्याजतिर देखाउंदै) एल्ले - एल्ले हो ? एल्लाई म पाईss गरिदिन्छु अनी सानुलाई चक्लेट पनि किनिदिन्छु ल । नरोउ बाबा .. (ऊ जिस्किंदैथी मेरो आँखाबाट बर्‍रर आसुँ झरिहाल्यो, तेती भएपछी पुगिहाल्यो ऊस्लाई) ऊ-ऊ ! लौत अब, आसुँ पनि झार्द्या ! हा-हा-हा-हा ssss (कोठै रन्काउंदै हान्स्नथाली)। हे प्रभु ! ऊफ्फ् ! पेटै दुख्यो भन्या ! खै-खै यता हेरत .. ऊस्लाई अझैं जिस्किनु पुगेकोथेन ।  
अरे यार भो अब, पुग्यो त, प्याज काट्दा जस्को आँखाबाट पनि आसुँ आउंछ । 
तेत्रो ठुल्ठुलो ढिक्का चाइं कसैको झर्दैन है ! आन्टिले त kitchen मा पनि खुब help गर्छ भनिसिन्थ्यो त, यै तालले help गर्छौ घरमा पनि ! उ अहिले पनि हांस्दै थि । यस्तै हांसो-मजाकमै काट्कुट र पकाउने कार्यक्रम पनि सकियो । 
भात खाइहाल्ने हो कि चिया बनाम् ? (चिया भनेपछी उ र म जहाँ-जहिले पनि ready तर मलाई भोक पनि लागेको थियो, लगभग १ बजेको हुंदोहो दिनको) 
बिहानदेखी त्यै १ कप चिया र ४ वोटा बिस्कुटमै टार्यौ, फेरी अब चिया ? आफु झन भोकै दौडंदै आको ! 
हे भागवान ! अघी नै भन्नुपर्दैन त लाटा ? स्वस्थानीकोलागी बनाएको तेत्रो खाने कुराहरु थिए, मैले त तिमी घरमै केही खाएर आएकोहोला भनेर - तिम्लाई देखेर त मेरो पारो कहिलेकाँहीं कस्तो तातेर आउंछ भने नि, ल खुरुक्क बस त्यां ! म पस्केर ल्याउंछु । ऊस्ले आदेश दि, म फिल्टर खोलेर जारमा पानी थाप्न लागें ।  
 
 
यो angle लाई किन perpendicular देखाइरनु पर्‍यो ? योसँग एस्लाई alternate देखाइदियो भनेत तेत्तिकै prove भईहाल्छनी । हामी खाना खाइवरी फेरी चियाको सुर्को तान्दै ऊस्को bedroom मा, math को theorem discussion मा जुटेकाथियौं । 
हो त है ! सरले जहिले पनि लामो तरिकाले मात्र सिकाउनुहुन्छ के दिक्कै लाग्ने । 
म भरसक पढाईप्रती केन्द्रित रहेको देखाउने चेष्टा गरिरहें तर मनले मानेपो ! यो मन त आफ्नै कुची र रङहरुसँग खेल्दै गयो, भविश्यको क्यानभाषमा मिठा आकृतिहरु बनाउदै । सबै आकृति मुर्त र मस्त थिय । कल्पनामा मानिस कती कुशल कुचिकार बनिदिन्छ ! रङ्हरुको मिश्रणमा कस्तो राम्रो सामन्जस्यता आइदिन्छ अनी हरेक stroke पनि आफुले चाहेजस्तै कसरी चट्ट मिलिदिन्छ ! एउटा बान्की परेको कलाको जन्म गर्छ यो मनले जहां कुनै त्रुटी छैन, जहाँ कुनै रङ थोपरे जस्तो वा कुनै रङको कमी भय जस्तो लाग्दैन; आहा ! बांचाइको त्रिष्णा पनि यस्तै त्रिप्त भईदिय । 
suppose हाम्ले यांबाट diagonal खिच्यौं भने यो र यो पनि त supplementary हुन्छ, हैन ? (निशाले ह्वार्‍र आगो बाली - मेरो सुन्दर कृति भुस्स खरानी भो)
अं, जसरी पनि X को मान पत्ता लाउने त होनी । (हामी अहिले कुनै अर्को topic मा थेम्)
 
 
दुइधारी तरवारमै रेटिएर बित्यो त्यो दिन । पिरतिले एकातिरबाट रेटिरह्यो, परिस्थितीले अर्कोतिरबाट । अन्तिम कप चिया घरपछाडि आंगनमा ऊभिएरै खाइयो । उ अंझै पनि periodic table को कुरा गर्दैथी, म चुरोट्को धुंवा फुर्‍र ऊडाउंदैथें । अब गोमादेवी आउने बेला पनि हुन लागेको थियो, यो ज्यानलाई घर पुगेर औषधी पनि खानु पर्ने थियो - अलिकती stock त गोजिमै पनि थियो तर ऊस्लाई म कम्पाउन्डर हुँ भन्ने था'थेन, पछी डा. साब बनेपछी मात्र था'पाकी हो । goodbye kiss र hugging को चलन ऊ बेला थिएन, तेसैले ज्यानलाई आश पनि लागेन, ऊस्को कपाल तानेर बाहिरिंदै मैले भनें - ल मोज गर अब । 
 
 
 
SLC पनि अब नजिकिंदै थियो तर मलाई SLC आउनुमा ऊतिसारो रुची र ऊत्सुक्ता थिएन जती सक्किनुमा । मैले ठानेको थिएं, SLC सक्किनसाथ म निशा समक्ष सहिर्दय र खुला प्रस्ताव लिएर जानेछु, मेरो प्रेमको डुंगामा सहयात्री बनिदिन; एउटा सुखद शयरकालागी - जीवनको एउटा स्वर्णिम सुरुवातकालागी । सिनेमातिर थुप्रै देख्या हो "तुम कब आवोगे ..." भन्दै लैला-मज्नु भनाउंदाहरुले क्यालेन्डरमा दिन-बार काटेको ! तेतिसम्म चाइं गरिएन तर थुप्रै अनिदा रातहरु भने काटियो, थुप्रै ऊकुश्मुकुशका पलहरु पनि काटियो । 
 
प्रतिक्षाको फल मिठो हुन्छ भन्छन मान्छेहरु तर प्रतिक्षाको घडी कती लामो र बेचैनिको हुन्छ, त्यो भने भुक्तभोगिहरुलाई मात्र था'हुन्छ । मष्तिस्कमा अनेकौ तर्कनाहरुको मन्थन भईरहने, केही राम्रा - केही नराम्रा, कुनै भयका कुनै भावुकताका । कुहिरोको काग झैं सोचाइहरु यता र ऊती तितर-बितर हुन्छन, निश्साशिंदै । प्रकृया र प्राप्तिका हजार सम्भावनाहरुले ऊसैगरी मुटुमा ढ्याङ्रो ठोकिरहने - गलीएला भन्ने पनि पिर, हराइएला भन्ने पनि पिर, हारिएला भन्ने पनि पिर । आशाको एउटा झिनो त्यान्द्रो समातेर बिचरो मनुज, धन्न यो अथाह जीवनसागरमा तैरने प्रयास गरिरहन्छ । तुफानी रातको भञ्ज्याङबाट एउटा पिल्पिले बत्तिले त्यो माथिको टाकुरी हेर्दै यात्री आँफैलाई सान्त्वना दिन्छ, शायद ऊक्लीहालिन्छ होला । तर खै ! त्यो झिनो त्यान्द्रो निमेषमै चुंडिन के बेर - त्यो पिल्पिले बत्ती झ्याप्पै निभ्न के बेर, किनकी हरेक प्रयास र हरेक सान्त्वनाहरु; सफलतामै तब्दिल कहाँ हुन्छन् र ? 
 
 
जसो तसो SLC दिंदै गैयो, राम्रै पनि हुंदैथियो । एकदिन science को परिक्षाको बेला केन्द्राध्यक्ष भई टोपलेका सज्जनले सबैका गोजी टक्टक्याय, अरुकाबाट त खै के-के निक्ले कुन्नी - आफ्नो गोजीबाट भने औषधी निक्लियो ! खुरुखुरु लेखिरा' विध्यार्थीहरुलाई बिनसित्तिको झन्झट ! मेरो पनि कन्सिरिको रौं ठाडो भो, "सर मैले त एकछिनमा खानुपर्ने, पानी मगाइदिनुहुन्थ्यो कि बरु" भनें । पाले दाइले mineral water को एक बोतल ल्याइपुर्याए, मेरो पालो एउटा गोली र एउटा ट्याब्लेट घुट्क्याइदिएं । एकैछिनमा त झनन्न हुन सुरु भईगो, distillation को चित्र कोर्नुपर्ने; आँफैले बाङो-बाङो देख्न थालें, झन्डै science बिग्रेको !  
 
 
कोही प्रशन्न मुद्रामा निस्किन्थे, कोही प्रश्नपत्र च्यात्दै निस्किन्थे, कोही चिट खोसिदिने गार्डलाई सराप्दै निस्किन्थे भने आफुलाई नसिखाइदिने साथीसँग ठुस्किने पनि हुन्थे कोही । अरुलाई केको चिन्ता, घरज्वाँईंलाई खानकै चिन्ता भनेझैं आफ्नो चिन्ता भने ज्युंकात्युं जिन्दाबाद थियो - कहिले SLC सक्केला भन्ने ! हाम्रो सर्कलमा जस्ले अगाडि सक्काए पनि गेट बाहिरको मम पसलमा कुरेर बस्थिम् । सबै भेला भईसकेपछी, सामान्य चियापान सँगै सामान्य चर्चा पनि चल्थ्यो त्यो दिनको बिषयको बारेमा । तेस्पछी, सबै आ-आफ्नो बाटो । म कम्पाउन्डर भएकोले, निशा सँगै ऊस्कै घरको बाटो भएर जानपाए हुन्थ्यो भन्ने सोच्थें तर गुरु रशायन-शास्त्री पर्‍यो, पारी राधिका दिदिको भट्टीतिर तानेरै छोड्थ्यो । 
छ्या यो भाईहरुत ! यास्याल्सिको बेला पनि कस्तो खानु पर्नेहोला ? ऊनको संधैको तेइ राग हुन्थ्यो । 
हाम्लाई पनि थाछ दिदी यास्याल्सि हो भनेर तर यो पापी आंतलाई थाछैन केरे ! खै छिटो एक हाफ blue riband र २टा भुटन पठाउनुस् माथि, अरु पछी भनुम्ला । हाम्रो दैनिक order करीब एस्तै हुन्थ्यो, दिदी काउन्टरमा बिजी रइछिन् भने त तेती पनि भन्नु पर्थेन । 'माथी' देखाएर ईशारा गरिदिए, ऊन्ले आँफैले जानेर पठाइदिन्थिन् । 
"चुरोट नि होss ?" राधिका दिदी काउन्टरबाटै चिच्याइन् 
"अंs, यास्याल्सिको बेलामा तपाईंका मितबाउले बोक्न दिंदैनन्त" सिंडी ऊक्लिंदै गर्दा गुरु पनि करायो । 
 
 
चुरोट्को धुंवाले कोठा गुम्म परेको थियो, जिन र भुटनमा हामी आ-आफ्नो परीश्रम लडाउंदैथिम् । खस्ला झैं देखिने सिलिङ फ्यान्ले फिर्-फिर् गर्दै घेरिएको धुंवालाई छेउ-किनारा लाउने असफल प्रयास गर्दैथ्यो तर बुढो गोरुको जस्तो काहानी थियो तेस्को पनि, हिंड्नै नसक्नेले जोतोस् कसरी ? 
अनी, के plan बनाछस्त ? घुर्लुक्क गिलास खाली गर्दै गुरुले सोध्यो । 
तं मेरोमा आउंछस् कि म तेरोमा आम्त आज ? मैले प्रतिप्रश्न गरें । 
त्यो कुरा हैन यार, SLC पछीको plan भन्या । 
हेर्न यार मलाई पनि के गरुम - के गरुम भईराछ ! लेटरै दिंदा राम्रो होला कि फोन गरेर भन्दिम् ! 
थुक्क साले ! तेरो दिमागमा त every time तेइ घुमिराछे है ! मैले after SLC को कुरा गरेको मुलेss bridge course पढ्ने हो कि होइन ? पढ्नेभे कता जाने हो, कुन कलेजमा admission लिने हो - त्यो कुरा गर्या बुझिस् ? आफु गर्छु आग्राको कुरा --
ह्या ! टन्नै टाइम छ नि तेस्कोलागी, कल्ले दिमाग खपाइबस्छ ऐलेदेखी नै । 
मेरो बाउले त अस्ती फोनमा सोधिसके तिमेरु कुन कलेज जाने हो भनेर, तेइ भ'र पो तंलाई भन्या । हजुरलाई त तेइ hazel eye बाहेक सबै छु: मतलब रइछ, के गर्नु !       
ल ल सोच्दै गरुम्ला, यो अलिकती पनि भ्याइहाल्त । लाग्नु पर्छ अब, भोली त last exam है ! अलि-अली मातेका मेरा अंखाहरु निकै चौडा र चम्किला पार्दै मैले भनें । 
"बाल भो" मुखभरी भुटनको बुजो चपाउंदै अश्पष्ट स्वरमा उ बर्बरायो । 
क्रमश:

 
Posted on 11-23-12 1:11 PM     [Snapshot: 1294]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 क्याली मित्र त्यो "जी" नभन्नुस हुन्न ..... तेस्को अलिक हकदार छुइन कि शायेद... 

हजुरको लेखाईको अनुपम रसले भोक कम हैन अझै बढ्यो पर्भो .... हजुरको लेखनशैलीले मेरो खोलापारिको दाइको याद दिलायो खै किन हो किन .... यो लेखले त्यो दाइको न्यास्रो अलिक हल्का गर्यो .... कर्मश पछिको कुराइमा उही थाने...

 
Posted on 11-23-12 2:23 PM     [Snapshot: 1309]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 थाने मित्र, सर्व प्रथम त धन्यवाद मेरो कथा एस्तो रुचिकासाथ पढ्दिनुभाकोमा । यदी ऊमेरकै मात्र सिंघौरी खेल्ने हो भने त कुन्नी ! हैन भने वौधिक्ताका हिसाबले त म पनी "हजुर" भन्न लायकको परीन । अनी अर्को कुरा नि मित्र, के विधी अचम्म हुंदैछ हाउ एस्तो ! सुधा तपांइको classmate जस्ती, म परेछु खोलापारे दाई जस्तो - कस्तो सन्जोग हो यो ! 
P.S. अर्को भाग म एकैछिनमा राख्दैछु, फुर्सद मिलाएर पढिदिनुभए आभारी हुनेछु । 

 
Posted on 11-23-12 3:24 PM     [Snapshot: 1328]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

 गाजलु ति ठुला ठुला आंखा (कथा) भाग ५ 
 
"बाल भो" मुखभरी भुटनको बुजो चपाउंदै अश्पष्ट स्वरमा उ बर्बरायो ।
 
 
भोली SLC को अन्तिम दिन थियो, म भने पानी बाहिरको माछो झैं ब्याकुल थिएं । सिरानतिर अढेस लागेर यत्तिकै guide को पानाहरु पल्टाउंदैथें तर दिमागमा न केइ घुसिरहेकोथ्यो नत मैले जबरजस्ती घुसाउने प्रयास गरें । मेरै मानशपटलमा मच्चिएको खैला-बैला जस्तो लाग्थ्यो पानाहरुमा पनि, अक्षरहरु कता-कता भागीरहेका झैं भान् हुन्थे । म अक्षरहरु खोजेर शब्द पनि बनाउन सकेको थिइन झन् शब्दहरु क्रम्बध: पारेर कांबाट अर्थ निकाल्नु ? त्यो भित्ते घडिको कांटाहरु स्वाट्टै घुमेर भोली भईदेनी हुनेनी !
"दाई खाना यिं ल्याइदिने होकी भान्सामा आउनुन्छरे ?" रमा कोठामा छिरी । 
हैन, म आउंछु भन्दे । 
 
 
तंलाई सन्चो छैन कि क्या हो ? आमाले झसङै पार्नुभो । 
ठीक छु त म । किन ? हजुरले कस्तो देख्नुभोर मलाई ? 
भुजा खेलाएर मात्र बस्याछस्त, नखाएर ! मिठो लागेन भने अरु केइ बनाइदिम् ? 
ए, हैन-हैन पर्दैन । अघी होटेलमा कच्याक्कुचुक खाथें, खास्सै भोक लाग्याछैन - तेसैले । 
धेरै किताबमै मात्रै ध्याउन्न पनि दिनु हुन्न के, दिमागलाई अलि-अली फ्रेश पनि राख्नु पर्छ । तेइभेर पनि होला भोक नलाग्या ! बिचरी मेरी गौमातेलाई के था' छोरोको ध्याउन्न केमा छ र किन भोक नलाग्या भनेर ! 
नखाने भए छोड्देन्त, म पछी वाइवाइ बनाएर हटकेसमा पठाइदिन्छु राती भोक लाग्यो भने खाएस् । 
म ऊठ्नै लागेकोथें गुरु आईपुग्यो । ओए ! बल्ल खांदैछस् तं ? 
के खान्थ्यो हेर्न, खेलाई मात्र बस्याछ अघिदेखी । बाबु चिया प्युंछस् तं ? 
चिया थरमसमै भर्दिस्यो आन्टी, म भुजा नै खान्छु । 
मेरो यो छोरो चाइं ज्ञानी छ, अचार कुन खान्छस् बाबु आंपको कि मुलाको ? 
२टै राखिदिनुस्न, यो हन्तकारीले खाइहाल्छ क्यारे ! मलाई त्यो टमाटरकै अचार थपिदिनुस्न बरु अलिकती । 
हो त, टन्न खानुत पर्छ नि यो ऊमेरमा । सबै तैं जस्तो हुन्छन् र ? 
गुरुको लहै-लहैमा मैले पनि भात सक्काएं । 
बाबु, तिमीहरुलाई म प्राउन चिप्स् पनि तारिदिन्छु है । 
हवस् ! भन्दै थरमस र गिलासहरु समातेर हामी कोठातिर लागिम् । 
 
 
मुझे निंद न आए मुझे चैन न आए ... गुरु अब कोइलादेव हुन थाल्यो । 
चुप लाग साले ! म कुरा बुझ्दिन र ? तंलाई ऐले नै किन उदित नारायण हुन पर्‍यो भनेर । टाइम-टाइम कि बात है प्यारे, हामी पनि हेरुम्ला ।
हेरेस्, तर एस्तो दिलफेंक आशिक भएर भातै खान त छोडिन्नहोला । 
घुङ्ग्रुले, घुङ्ग्रु बानेर कत्थक नचाउंदा अनी तेस्पछी देखिन्छ नि तेरो पनि ता-थै-तक-थै । ए सांच्ची ! तेरो किताबहरु खोइ त ? (ऊ संधै आफ्ना किताबहरु study table मै राख्थ्यो, आज देखिन) 
ल्याकोछैन, म त एक्छिनमा जान्छुहोला । 
ओ हो प्रभु ! के खुशीमा दर्शन दिन औतारिनु भोत, एकछिनकोलागी मात्र ? मत अब धन्य हुने भएं त ! 
कोइ-कोइ मायाजालमा भुतुक्कै भएर मर्नै लागेहोलान् भनेर संजीवनी पुर्याउन आको नि ! (दराज खोलेर हाफ blue riband निकाल्यो)
याssर, भर्खर भात खाइयाछ - भोली ब्यान जांच छ ___
तं आज रातभरी पढ्लास् वा सुत्लास् भनेर म पत्याउं !? एकेक् पेग मारुम् अनी माथि चुरोट तान्न जाम्ला के । फेरी तंलाई सबै रित्त्याएस् कस्ले भन्याछ र ? जती खान मन लाग्छ खाएस् । 
चिया खान ल्याको गिलास, ऊस्ले जिनले श्री गणेश गर्‍यो । दुबै गिलासमा आधा भन्दा केही धेरै खन्यायो, दुबैले ठाडो घांटी लायौं र लाग्यौं छत तिर ।    
 
 
भोली त श्री ५ को सरकारलाई डिस्टर्ब गर्न नपाईने होला क्यारे, म राधा दिदिकोमै कुर्नेछु । ऊस्ले yes भनिछे भने खुशी मनाम्ला केरे वर्ना गम ही सही ! 
तेरो पापी मुख् ! अली शुभ-शुभ त बोल् । 
मैले बोलेर र गरेर हुने भए त ऐलेइ कन्यादान गरिदिन्थें नि, क्यार्नु ! खप्परमा जे छ तेइ हुने हो ! 
एकछिन एस्तै भलाकुसारी भए, फेरी एक बाजी घुट्क्याइयो, फेरी एक बाजी छतमा पुगियो तेस्पछी गुरु लाग्यो । 
 
 
बाबा रामदेबको कुन्नी के-के जाती आशनहरु छन् ति बारे मलाई खास्सै ज्ञान छैन तर मेरो आफ्नै विषेश आशन हुन्थ्यो, सोचाशन । सिरानीलाई भित्तोमा ठड्याएर अढेस् लाग्ने अनी सोच्ने ! एउटा हातमा guess paper थियो, अर्को हातमा pen । ओछ्यानभरी अरु पनि पुस्तक र नोटबुकहरु छरिएकाथिए, छेवैको सानो टेबलमा आधा गिलास जती reloaded जिन पनि थियो । 
 
 
भोली लेखाको परिक्षा, तर अहं - syllabus अनुसार यो बैरी मनले पढ्न मानेपो ! भोली के गर्नेहोला, कसरी भन्ने होला, मान्ली कि नमान्ली ? रिसाउनेपो होकी ? एस्तै अवस्थाहरुको जोड-घटाऊले नै वासलात तयार भयो । ऊस्को त्यो कफी कलरको सिल्की कपाल, ति जादुमयी hazel अंखाहरु, सर्लक्क मिलेको नाक, पोटिला गुलाबी ओंठ, बर्षातले धोइएर पहिलो लालिमामा मुस्काएको सुनगाभा जस्तो स्निग्ध त्यो रुप, छुंदा पनि दाग लाग्ला जस्तो ऊस्को शौन्दर्य अनी जंगली मौरिको महले झैं मत्याउने त्यो यौवन - गोश्वारा भौचरमा एस्तै माधुर्यता र अलंकारहरुको नै प्रविष्टी भयो । म. ले. प. को फारम न. यती र ऊति महलमा के-के पर्छन् वास्तै भएन बरु आफ्नै सपनाको महल पो खडा गरियो ! 
 
 
"कत्ती भन्नु यो केटोलाई, रातभरी नपढ् भनेर । हेर त ! अंखा पनि रातो-रातो पारेछ ।" विहान चिया खांदा आमाले फेरी मात्री-स्नेह छताछुल्ल पार्नुभो । आमैलाई के था' यो केटोको अंखा पढाईले हैन अहोरात्र केटी-किर्तनले रातो-रातो पारेको हो भनेर !
छाडिदे बा त्यो चिया, म तंलाई कालो चिया बनाइदिन्छु । रमाss जा त नानी तलबाट तुलसी पत्ता लिएर आइज । 
मनमनै भनें, आमा पनि कां allopathy विज्ञ कम्पाउन्डर छोरोलाई homeopathy को जनम घुट्टी पिलाउने कुरा गर्नुहुन्छ ! यधपी, सुरुसुरु कालो चिया खाएर निक्लें म । 
 
 
प्रश्नपत्र पनि हातमा पर्‍यो । सर्‍रर शिर देखी पुछार सम्म नियालें, अहो ! प्रश्नहरु कती सजिला आएका भन्ने भान भो । लेख्न सुरु त गरें तर आफ्नै हात आज दुश्मन साबित भो, आफुलाई भने एक्कै क्षणमा डाङ-डुङ सबै लेखी सक्काएर कतिखेर फुत्त बाहिर निस्किम्ला भन्ने चटारो हातको ताल हेर्यो कछुवाको चाल ! मनको accelerator घाईं-घाईं र घुईं-घुईं गर्दै थिचिएको थिचियै छ, हातले भने speed लिने चुँ सम्म पनि गर्दैन ! हिंजो-अस्तिकै आफ्नै तालमा लेखिरहेछ ! engine oil को २टा गोली घुट्क्क्याइदिम्की भन्ने सोच्दैथें तर, अतिरिक्त उत्तरपुस्तिका थप्ने म नै पहिलो परेछु; अली राहतको साश आयो । बल्ल-तल्ल सक्काएर निस्कें । अब त मुटुबाट एउटा कांडा निकालेको जस्तो होलाकी भनेको के हुन्थ्यो, झन् अर्को कांडा पनि रोपिए जस्तो पो भो ! निशालाई कुर्नु पर्ने भो ! 
 
 
मम पसलमा पुगेर बस्न पनि भ्याएकोथिन, साउबा साख्खिन आइपुग्नुभो "अब त भाईहरुलाई हाइसंचो भोहोला ?"
(हाइसन्चो भाछ कि सन्चोहराम भाछ तिम्लाई केथा बुढा, भन्न मन लाग्यो) परिक्षा दिएर मात्रै भएन क्यारे अंकल, रिजल्ट पनि त राम्रो आउनु पर्‍यो नि । खै ! चिया ख्वाउनुस् - एउटा सुर्य पनि । 
म चिया-चुरोटमा मन भुलाउंदैथें, केही समय पछी गुरु पनि आइपुग्यो । 
म जाम कि बसम ? 
बस्न यार कोइ त आका' छैनन् । कस्तो गरिस ? 
ठिकै भो, अनी तेरो ? 
गर्न त राम्रै गर्याछु तर हतार-हतारमा handwriting चाइं पत्तुर भाछ । 
एक्-दुइ गर्दै अरु पनि थपिए, सरोकारवालीको पनि सवारी भो । सबै भेला भईसकेपछी फेरी एक राउण्ड चिया जांदै थियो, साउबा पुन: मख्खन दल्न आइपुग्नुभो "आज किन चिया मात्रै त ? आज त झन् मिठो-मिठो, धेरै-धेरै पो खानु पर्ने होन्त ।" 
हो कि बाजे तर तपाईंकोमा धेरै खाइयो क्या, तेसैले आज हामी सबै जना अन्तै गएर खाने प्लान छ । बिनुले भनी । 
के plan छ र ? मैले सात्तो गए झैं गरी निशालाई सोधें । 
आज हामी सबै नेवा: घर जाने भनेको के । ऊस्ले प्रस्ट्याइ । नेवा: घर उबेला गोजी गरम हुनेहरुकालागी चल्तिको र गुणस्तरीय नेवारी रेस्टुराँ मानिन्थ्यो । 
मैले पुलुक्क गुरुतिर हेरें । मुखको चिया साइडतिर भुर्‍रर छरेर फट्किंदै उ हांस्न थाल्यो, अरु चाइं के भो - के भो ? भन्दै सोध्न थाले । के भाथ्यो भन्ने कुरा त कि गुरुलाई था थ्यो कि त एइ पीडितलाई था थ्यो । "अंकल एक बट्टा सुर्य ल्याउनुस्त" मैले चुरोट मगाएं, चियामा पनि एक्कासी के नपुग्या - के नपुग्या जस्तो लाग्यो ! 
 
 
नखरमाउलीहरुले अस्ती देखी नै plan गर्या रइछन् त हाम्लाई पनि थाहा द्याभे हुने, कमसेकम हिंजो राती त्यसरी म छट्पटिने त थिन । 
गुरु तिमेरु जांदै गरोन्त, म पैसा तिरेर आउंछु । 
"ल ल जुम !" मेरो आशय ऊस्ले बुझिसक्याथ्यो, उ अघी लाग्यो, बांकी पछी-पछी निक्लिए । एउटा गोली, एउटा ट्याब्लेट र एउटा क्याप्सुल घुर्लुप्प पारें मैले । 
"के भा छ र भाईलाई ? भन्न त चिया खाएपछी पानी खानुहुन्न भन्छन् केरे ।" साउबा अब त जैसी पनि बन्नुभो ।  
कैले काइं छाती दुख्छ, तेस्कै हो अंकल । (जान्ने हुन्छौ बुढा, मान्छेले ह्यां ट्याब खाइरा'बेला चिया खाएपछी पानी खानु हुन्न भन्ने अर्ती !) 
अरुका त ऊन्मुक्त नै थिए, आफु भने गर्हौं पाइला चाल्दै लागियो नेवा: घरतिर । बेला-बेलामा गुरु कोइलादेव बनिहाल्थ्यो, "जिन्दगीsss कैसी है पहेली हाएss..." 
 
 
नेवा: घरमा खास्सै रमाइलो लागेन, अरु दिन हुंदो हो त म पनि छोएला र बारा मुख मिठ्याउंदै खान्थेंहोला तर त्यो दिन आफुलाई जुठो परेजस्तो भाको ! कहिले बाहिर गएर चुरोट फुक्थें, कहिले भित्र आएर चटामरी खेलाई बस्थें - तर जे भए पनि आफ्नो मनको नैराश्यतालाई मुहारमा आउन देको थिन, बेला-बेलामा ऊनिहरुको गफमा सकृय सहभागीता पनि जनाइदिन्थें । हाम्रो रशायन-शास्त्रीलाई भने पर्नु पिर परेको थियो त्याहां, बिचरो सम्यबजी र sprite मै गुजारा चलाऊंदै थियो । मैले त औषधी खाइसक्या हुनाले ज्यानलाई पौषटिक तत्व प्राप्त भईसक्याथ्यो, उ भने जीवनजलको ब्याकुल्ताले गर्दा बार्-बार घडी हेर्न थालीसकेको थियो । तर क्यार्नु, तेस्को घडीमा जतिसुकै बजोस्न, मुख्य कुरा त नवदुर्गा-भवानिहरु पो सन्तुष्ट हुनुपर्‍यो त !
 
 
बल्ल-बल्ल प्रशन्न हुनुभो शक्तीपिठका ज्युंदा प्रतिनिधिहरु । हामीलाई बिल (चेक) हेर्न पनि दिएनन्, दुइटी लक्ष्मीहरु मिलेर १५ सय राखेर पठाइदिए, पछी कती भेटी फिर्ता लिए कुन्नी ! एक हिसाबले हाम्लाई पनि ठिकै भो नत्र त फेरी "खाया-पिया चारानेका, ग्लास तोडा बारानेका" हुनेवाला थियो । 
ल, को - कताबाट जाने हो त ? 
हामी त सिधै जाने, हुन्न ? 
अंम्ss हामी चाइं माथिबाटै भएर जानुपर्ला । 
२ - २ जना देवीको २टा ग्रुप बन्यो । कहीं-कतै एउटा सानो अंकुरण जिवितै थियो, घर जानेबेला त एक्लै पर्लेकी भन्ने तर निष्ठुरी देवीहरुले तेइमाथी पनि चण्डी नाच नाच्नुभो ! 
अब बांकी रहे एकजना भद्र देवदुत जसलाई मापसे को मा पनि था'थेन, ऊनी आउंथेनन् - हामी कर गर्थेनम्, नत्र फेरी "तिमी डांकाहरुले मेरो छोरोलाई बिगारीदिएउ" भनेर ऊफ्रिने बाउ-आमाहरु हाम्ले टोल-छिमेकमा थुप्रै देख्याथिम् । तेस्कारण, ऊन्लाई पनि बिदा गरेर हामी लागिम् नित्य कर्मथलोतिर ! 
 
 
अब म हरेक क्षण अवसरहरुको खोजिमा हुन्थें, कसरी ऊस्लाई भेट्न सकिएला भनेर । पहिले त आक्कल-झुक्कल फोनमा कुरा पनि हुन्थ्यो पढाई discussion कालागी, अब त्यो बाहाना पनि रहेन । घरमा जाउं, किन आएको भन्नु ! उ घरबाट कहिले-कतिखेर-काहां निस्किन्छे, तेस्को timetable पनि आफुसँग थिएन । बडा बिपत्ती आइलागेकोथियो ! मन भुलाउने केही कुरा थियो भने - राधिका दिदिको भट्टी ! कहिलेकाँहीं त घरको चिया पनि नखाइ हुंइकिन्थेउं हामी बिहानै - सितन केही हुन्थेन, अलि-अली गाजर-कांक्रोका साथमा चाउचाउ सांधेर दिन्थिन बिचरी ! 
 
 
हुनत तेतीबेला आफुलाई संधै शनीवार तर त्यो दिन वास्तवमै कुन्नी केस्को बिदा परेको रहेछ, बाबालाई पुरी र खसिको मासु खाने मुड चलेछ । म वेद प्रकाश शर्माको थ्रिलर ऊपन्यास पढ्दैथें, रमा आइपुगी "दाई मासु किन्न जानु रे" । 
खै त चिया ल्याइनस् ? 
आमाले पकाउंदै हुनुहुन्छ, ऊतै जानुस्न । 
 
 
म bike रोकेर गेटभित्र छिर्नासाथ गुरुको tibetan terrier लाडिदै आइपुग्यो । बडो मायालाग्दो फुच्चे थियो, काखमा लियो भने त ओंठ-मुख चाटेर दिक्कै पनि पार्थ्यो । आन्टिको पूजा भर्खरै सक्यारैछ, "ला प्रशाद, टिका त तं अधर्मिले कैलेइ लाउन्नस् केरे" 
खोइ त्यो ऊठ्या छैन अझैं ? 
कां खेत खन्न जानु छ र तेल्लाई, लडिरा'होला । 
म त मासु लिन जानला' आन्टी, हजुरहरु पनि खाइसिने होलानी ? 
सोध् तेरै साथीलाई । 
गुरुले मुख धोए जस्तो गर्‍यो, आन्टिले चियाकोलागी कर गर्दै हुनुन्थ्यो हामी बत्तीहालेम् । आ-आफुलाई चाहिने भन्दा डेड् केजी मासु हाम्ले बेसी किनेम्, प्लान बनिसकेको थियो - १ केजी राधा दिदिलाई, आधा केजी हामीलाई ! राधा दिदिलाई हाम्रो मासु बनाइदिराख्नुस्, एकछिनमा आइपुग्छौं भन्दै हामी घरतिर हानिएउं । 
 
 
मासु टुक्रा पारेरै ल्याछ है, म एकछिन बाइर गएर आउंछु । (आफुलाई कतिखेर भट्टी पुगुम् भन्ने थ्यो)
तंसंग पढ्ने को केटीले फोन गर्याथी' । (शान्त तलाउमा आमाले ढुंगा हिर्काइदिनुभो)
कस्ले ?? (मेरो मुटु पड्केला जस्तो भो)
खोइ, दिदिले ऊठाकिथी केरे । 
क्रमश:

 
Posted on 11-26-12 11:59 AM     [Snapshot: 1443]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 पढ्दै छु है क्याली बन्धु .... कोइलादेव र शक्तिपीठक जिउँदा प्रतिनिधिको साथमा तपाइको कथा ... एउटा प्रेम-जलनको क्या जीवन्त शाब्दिक चित्रण ....बिचरा त्यो लास्टमा एउटी चै "हलुवामा बालुवा" भैछिन.....Hazel Eyes र तपाइको बिच्चमा..................  दामी गयो यो पाली पनि.... 
 
Posted on 11-30-12 10:34 PM     [Snapshot: 1585]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 waiting for the other parts........
 
Posted on 12-01-12 2:41 PM     [Snapshot: 1658]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 



PAGE:   1 2 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
Lets play Antakshari...........
शीर्षक जे पनि हुन सक्छ।
NRN card pros and cons?
What are your first memories of when Nepal Television Began?
TPS Re-registration
Democrats are so sure Trump will win
is Rato Bangala school cheating?
What Happened to Dual Citizenship Bill
TPS Re-registration case still pending ..
Basnet or Basnyat ??
H1B fraud
nrn citizenship
इन्दिरा जोशीको चिन्ता लौच
Sajha has turned into MAGATs nest
Nas and The Bokas: Coming to a Night Club near you
श्राद्द
सेक्सी कविता - पार्ट २
डलराँ कमाएर ने .रु मा उडांउदा !@#
ChatSansar.com Naya Nepal Chat
Why always Miss Nepal winner is Newari??
Nas and The Bokas: Coming to a Night Club near you
राजदरबार हत्या काण्ड बारे....
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
is Rato Bangala school cheating?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters