crazy_love
Replies to this thread:

More by crazy_love
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 लास्ट् बेन्च!

[Please view other pages to see the rest of the postings. Total posts: 44]
PAGE:   1 2 3 NEXT PAGE
[VIEWED 32309 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 3 pages, View Last 20 replies.
Posted on 05-09-12 1:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     13       ?     Liked by
 

 

फर्स्ट् बेन्चमा बस्नेहरु पढैया हुन्थे, मोटो मोटो चस्मा लाउने, टिचरले खोके पनि नोट टिप्ने, बेस्सरी कुत्कुती लगाएपनि स्क्रुले टाइट पारेको ओठ जस्तो हास्नै नसक्ने, जहिले पनि तनाब जस्तो, जहिले पनि असुरक्षा जस्तो अनुहारहरु! शायद उनिहरु प्रत्येक नयाँ क्लास शुरु हुनु अघि एकरात अघिदेखि फर्स्ट् बेन्च रोक्न आँउथे क्यारे, जुन क्लासमा पनि उनिहरु फर्स्ट् बेन्चमै बस्थे,घोकन्ते बिध्याका अनुयायीहरु किताब नै कन्ठ पार्थे कहिले त! उनिहरु टिचरका प्यारा, स्कुलको प्रेस्टिज र भबिस्यका सुनौला ताराहरु, हामीसङ बोल्न त परैको कुरा देख्दा पनि मुन्टो बटार्थे।

दोस्रो बेन्चको साथी भनौदाँहरु पनि भलदमी बर्गमा पर्थे, उनिहरुको सम्बन्ध पहिलो बेन्च र तेस्रो बेन्च भन्दा पर कसैसङ बिरलै हुन्थ्यो। कहिले कहि काम परे एक दुइ बचन खस्थे, हैन भने एउटै क्लासमा पनि उनिहरु र हाम्रो बिचमा बर्ग बिभाजन थियो, होनहार र बेकारको कहा  कुरा मिल्छ र? त्यसैगरी अरु बेन्चका साथीहरु पनि मन परे हाँस्थे, मन नपरे आँखा तर्थे, बिचरा हामी लास्ट बेन्चका हुतिहाराहरु!

लास्टबेन्चमा बस्नुको आफ्नै ब्यथा थियो, होमवर्क नगर्दा पुरै बेन्च उठ्थ्यो, पाँचै जना उभिदाँ त्यति लाज लाग्दैनथ्यो, पछि त त्यो पनि बानी हुन थाल्यो। जुन टिचरले नि "लास्ट बेन्च" भनेर गाली गर्न थालेपछि हामीलाइ नि गफ गर्ने हाम्रो मात्रै काम होकि झै लाग्थ्यो, पहिले पहिले डर, त्यसपछि कर हुन थालेपछि लास्ट बेन्च धेरै रमाइलो हुन थाल्यो। किताबभित्र कमिक्स् लुकाएर पढ्नुको मज्जा नै अर्कै हुन थाल्यो। टिचरको नाम राख्ने शुभ कार्य नि लास्ट बेन्चमा मज्जाले हुन थाल्यो। पढन्तेहरुको निकनेम पनि मज्जाले फुर्न थाल्यो, कागजको पुच्छर बनाएर अगाडिको बेन्चमा बस्नेलाइ राखिदिने, ताल न बेतालको कुरामा हास्ने। हिसाबको पिरियडभरी बेन्चमाथी उभिएर बाहिर बाहिर हेर्ने, नेपालीको पिरियडमा ब्याग डेस्कमा राखेर सुत्ने सबै कार्यक्रमहरु नियमित रुपमा हुन थाले।

एकदिन ६ क्लासको फर्स्ट् टर्ममा ३-४ बिषयमा रातो चिन्ह लागेपछि क्लासटिचरले लास्ट् बेन्चका हामी सबैको अभिबाबक बोलाउनु भयो। घरपुगेपछि सबैले खाना भन्दा बढी गाली खाए, सबै भन्दा बढी चाहि मिताले खाइछ, त्यसको भाइ पनि उहि दिदी जस्तै लास्ट बेन्च रहेछ, भाइको रिजल्टको गाली पनि उसैले खाइछे। भोलिपल्ट स्कुल आउदा उसको आँखा रातो रातो थियो, रातभरि रोइछे, उसलाइ देखेपछि लास्ट बेन्चलाइ नै केहि केहि भयो, सबैको अनुहार मलिन हुन थाल्यो। टिनाले जिबनमा सबै भन्दा ठुलो कुरा गरी।

"जति पढे पनि टाउकोमा नछिरेपछि हामी मात्रै के गर्ने त?" उसको कुरा हामीलाइ पनि चित्त बुझ्यो। किताब समात्नासाथ कि त निद्रा लाग्छ, कि त पेट दुख्न थाल्छ। तर मिताले चाहि पढ्न खोजेकी पनि हो, एक दुइ चोटि होमवर्क पनि पुरा गरेकी हो। उ अरु भन्दा सिरियस हो लास्ट बेन्चमा। बिचरा बोल्दा खेरि उसको थेगो छ, "अनिखेर--- अनिखेर" भन्दा भन्दै घन्टि बज्छ, टिचरले सोधेको प्रश्नको उत्तर दिनै भ्याउदिन।

"जति पढे पनि बिर्सिन्छ त! अनिखेर---" मीताले रुन्चे मुख लाएर भनी।

"घनले ठोके पनि मेरो त दिमागभित्र केहि पनि छिर्दैन, किताबसङ मेरो ग्रह दशा मिल्दैन जस्तो छ।" टिनाको किताब भन्दा किताबको जिल्दा राम्रा हुन्थे, फिल्मको हिरो हिरोनीको रङीन फोटोहरु हुन्थे।

"यस्तो तालले भएन बाइ! अब त लास्ट बेन्चको नि इज्जत राख्नुपर्‍यो बाइ!" मैले पनि जोशमा आफ्नो धारणा राखे। पाँचजनामा मिता, टिना र मेरो सहमति भयो, अबदेखि टिचरले सोधेको प्रश्नको उत्तर दिने, नबुझेको कुरा सोध्ने, होमवर्क गर्ने, फिल्मको कथा नभन्ने, नेपाली सरको पिरियडमा नसुत्ने, नजानेको कुरा आफु भन्दा जानेसङ सोध्ने। लास्ट बेन्चको दुइ जना हाम्रो यत्रो छलफल हुँदा गज्जबले सपना देख्दै थे, उनिहरुलाइ आकाश खसे पनि चासोको बिषय थिएन।

त्यस दिन हामी हिसाबको पिरियडमा बेन्चमा उठेपनि नेपालीको पिरियडमा सुतेनौ, इङ्लिशकोपिरियडमा पनि ध्यान दिएर बस्यौ, सामाजिक सिक्ष्याको पिरियड आयो, झन सतर्क भएर बस्यौ।

पढाउदा पढाउदैमिसले सोध्नु भयो।

"ल, कसले भन्न सक्छ गवर्मेन्ट(Government) भनेको के हो?"

फर्स्ट् बेन्चका हरु किताब पल्टाउन थाले, सेकन्ड बेन्चकाहरु एक अर्कालाइ सोध्न थाले, तर कोहि उठेर उत्तर दिन सकेनन्, सारा क्लास शुन्य भयो। हामी त झन लास्ट बेन्च भुइतिर मात्र हेर्यौ, त्यतिकैमा मिताले मलाइ बिस्तारै भनी, "मलाइ थाहा छ!" ओहो, यत्रो क्लासमा कसैलाइ नआएको जवाफ मितालाइ थाहा छ, त्यो पनि लास्ट् बेन्चमा बस्नेलाइ, मलाइ खुशी लाग्यो, मैले उस्लाइ हात उठाउ भने, उसले हात उठाइ हाली, मिसले पुलुक्क हेर्न्नु भयो, अचम्म! लास्ट बेन्चको केटिले उत्तर दिने भै आज।

"गवर्मेन्ट् भनेको के हो?" मिसले मितालाइ सोध्नु भयो।

मिता अलि अलि कामी क्यारे, बेन्च हल्लिन थाल्यो, मैले उसलाइ साइडबाट थामे, उसले "अनिखेर--- अनिखेर" मात्र भन्दैथी, सबै भित्र भित्र हास्न थाले।

"भन, भन गवर्मेन्ट भनेको के हो?" मिसले फेरि सोध्नु भयो।"

"गोबर बोक्ने मान्छे!" मिताले एकै सासमा उत्तर दि, सारा क्लासमा ठुलो हाँसोको लहर छुट्यो।

 

 

 

 

 


 

Last edited: 09-May-12 01:46 PM

 
Posted on 05-09-12 1:56 PM     [Snapshot: 53]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

School ko afno bela ko yaad ayo sarai ramailo lagyo . Ramro lekhai
 
Posted on 05-09-12 1:57 PM     [Snapshot: 21]     Reply [Subscribe]
Login in to Rate this Post:     2       ?     Liked by
 

मीताले भनेको कुरो मलाई चै चित्त बुझ्यो है।  हाम्रो government गोबेर बोक्ने मान्छेहरुको जमघट त हो नि, टाउको भरी गोबेर बोकेकाहरु। सानैमा कस्तो चिनेकी।
 
Posted on 05-09-12 2:02 PM     [Snapshot: 92]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

kreji le bhaneko mita le bhaneko ani nakkali le bhaneko sabai chitta bujhyo .. ha ha ha 
 
Posted on 05-09-12 2:16 PM     [Snapshot: 35]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 05-09-12 3:28 PM     [Snapshot: 229]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 05-09-12 3:43 PM     [Snapshot: 252]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 ओहो मैचा के हो, बेपत्ता हुनु भेन नी :)
कस्तो शब्दजाल बुन्न जान्या हो
मिठो लाग्यो :) 
क्रेजीको कथाले मलाई पनि लास्टाँ बस्ने याद आयो 
दिनदिनै गृहकार्य जाँच गर्ने क्रममा म बस्ने लास्ट बेन्चाँ कैले सोध्दैन थ्यो किनकि कैले गर्ने भे पो सोध्ने, जाँच गर्ने 
गुरुबा गुरुमाहरुलाई पनि दिनदिनै सोध्दा सोध्दा दिक्क लाग्दो हो पछि त सोधिदै सोधिएन 

 लास्टाँ: क्रजी मैचा तिमी त्यई म बस्ने लास्ट बेन्चको अगाडीको बेन्चाँ मिता सँग बस्ने डल्ली त होईन है

Last edited: 09-May-12 04:16 PM

 
Posted on 05-09-12 8:27 PM     [Snapshot: 426]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 Hahahahaha...nice one... I was a last bencher too.
 
Posted on 05-09-12 10:05 PM     [Snapshot: 519]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 अतित का कुरा सम्झायौ, खै आफु पनि सधै लास्ट बेन्च मै बसेर आको भएर हो कि सारै घत लाग्यो 
 
Posted on 05-09-12 11:09 PM     [Snapshot: 559]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 लास्ट बेन्च को कुरो आयो ......
 
३ देखी कती कछ्या सम्म कता कता बसीयो थाहा भएन । अली अली भेउ पाउन्छु ... कहिले कता कहिले कता ..... ६, ७, ९, र १० मा रोटेसन गराउने भएर फर्स्ट बेन्च मा नि परियो लास्ट बेन्च मा नि परीयो ....... तर ८ मा भने कहिले फर्स्ट त कहिले सेकेन्ड बेन्च मा बसिन्थ्यो ..... अचम्म को कुरो के भने ८ मा पढ्दा भने कहिले रोटसन भएन ..... अहिले सोच्छु किन रोटेसन भएन भनेर ......... सब भन्दा नपढ्ने नपढ्ने लाई राखेको थियो त्यही भएर रोटेसनको मत्लब हुँदैन भनेर होला ..... सबै कछ्या मा सब भन्दा कम नम्बर लेराएका हरु त्यही सेक्सन मा  बस्थे ..... म कसरी त्येस्मा परे अझै सोची रहन्छु । लु जे भये नि त्यो कछ्या मा फर्स्ट अथवा सेकेन्ड मा किन बसियो भन्दा .......... केटी हरु अर्को पटी साइड को अगाडि तिर बस्थे ..... एती नै काफी थियो आफु पनि अर्को पट्टिको अगाडि बस्नु मा ........ अनी अर्को कुरा ढोका नजिकै हुन्थ्यो फर्स्ट बेन्च । ढोका बाट बाहिर हिंडेका केटी हरु लाई त्एत्तिकै छोड्न नि भएन .... केटी हरु लाई  हेर्दै जिस्काउने, चल्क ले हान्ने, रबर ले हान्ने ( आदी इत्यादी ....) कुरा हरु हाम्रो लागि पहिलो प्राथमिकता थियो अन्तिम बेन्च भन्दा ।
 
फर्स्ट बेन्च बस्न थाले पछी ठुल्दाइ ले भने जस्तै "आधा इन्च बाक्लो, २ इन्च चाक्लो चस्माधारी अचम्मको जन्तु, किताबी फट्यान्ग्रो, लरकीको मामलामा गोज्यान्ग्रो" हुन सकिएन ....... तर केही चाँही पढ्नै पर्ने रहेछ भन्ने प्रेसर चाँही बढ्यो । जुन टिचर आए नि प्रश्न सोधेर कान को रौ तान्थे ........ रौ तान्दा दुखे पनि सहिन्थ्यो ..... बरु पढिन्न थियो ......... तर कुरो अर्कै फर्साद को थियो ..... जस्को लागि फर्स्ट बेन्च मा बसिन्थ्यो ..... तिनी हरु नै मरी मरी हास्थे हामीलाई बेन्च माथि उठाउदा होश या कान को रौ तान्दा ....... अनी त के चहियो र तिनी हरुकै लागि भये नि पढ्न पर्‍यो । अनी त ९ कछ्या मा पुग्दा त सबै सेक्सन को अब्बल स्टुडेन्ट हरु छानेर राखेको सेक्सन मा परीयो । 
 
 
अस्तु । 
 
 
 
 
PS: कान को रौ भन्नाले कान भित्र को नभयी कान माथि को हो भनेर जानकारी गराउन चाहन्छु । 

 
Posted on 05-10-12 4:18 AM     [Snapshot: 685]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

पोखरेली कान्छी,

पोखरेली कान्छी,

स्कुलको यादहरु अबिस्मरणीय रहन्छन् है, धन्यबाद मन पराइदिनु भएकोमा।

नक्कली केटि,
मलाइ अझै पनि government सुन्यो कि मिताको उत्तर याद आँउछ। हे हे!


यो जितेलाइ चाहि खाली मिताले भनेको मात्रै चित्त बुझ्यो होला, मन राख्नै पर्यो भनेर मेरो र नक्कलीको नाम लिएको होला, हैन त?


सबैको सत्रु ज्यु हाँस्नु भएकोमा हामीलाइ पनि खुशी लाग्यो।

adventurer, कमेन्ट्को लागि धन्यबाद!

मुल्मिज,
तिमीले कसरी चिनेको मलाइ? हो त मितासङ बस्ने डल्लीको सङै बस्ने म काली हु। अनि तिमी त्यही लास्टबेन्चको गान्टे त हैनौ है? जिस्केको मात्र है, नरिसाउ नि!

gorkhali4982
लास्ट्बेन्चरहरु पनि कम रहेनछन् है साझामा, लु एउटा network खोल्नु पर्‍यो!

Chyantey लाइ पनि लास्ट् बेन्चरको मेम्बर बनाउनु पर्‍यो, के छ त बिचार?
 
हैन ए रामे, तिमीले रौं सम्बन्धी PHD गरेको छौ कि के हो? रामेलाइ रौंको बारेमा बोल्न ब्यान गर्नु पर्ला साझामा। तिमी त पढन्ते पो रैछौ रामे, लव गर्न के भ्यायौ होला त? हरे!


 
Posted on 05-10-12 8:30 AM     [Snapshot: 791]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो CL, धेरै दिन पछी अर्को धमाका बोकेर आइछौ| आफु चाई प्राय फर्स्ट बेन्चमा बसिन्थ्यो, तर फर्स्ट बेन्चमा बसेनी CL ले भने जस्तो "पढैया हुन्थे, मोटो मोटो चस्मा लाउने, टिचरले खोके पनि नोट टिप्ने, बेस्सरी कुत्कुती लगाएपनि स्क्रुले टाइट पारेको ओठ जस्तो हास्नै नसक्ने, जहिले पनि तनाब जस्तो, जहिले पनि असुरक्षा जस्तो अनुहारहरु" बर्णन चाई हाम्रो लागी अलि मिल्दैन है| ल अरु पनि यस्तै रमाइलो रमाइलो कथाहरु लिएर आउदै गर है|  :-)

 
Posted on 05-10-12 8:52 AM     [Snapshot: 823]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 त्यही भएर अहिले सम्म single and haapy छु चेली । 
 
Posted on 05-10-12 9:04 AM     [Snapshot: 836]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

क्रेजी को यो कथा भने बडा रसिलो. सदा झैँ उच्च स्तरको लेखाइ .

आफू नि जिन्दगीमा कहिलेइ फस बेन्च मा बसिएन. फस बेन्चवाला लाई लास्ट बेन्चमा बसी गर्न पाउने अनेक झिलिमिली कार्य र उपलब्धि बारे के थाहा ?.

हाइट पनि अग्लो भाकोले होला मास्टरले पनि कहिलेइ अघिल्लो बेन्च मा सारिदिएन . नत्र लास्ताँ बस्नु को मज्जा माथि पानी पानी हुन्थ्यो .

 

 


 
Posted on 05-10-12 9:18 AM     [Snapshot: 864]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 हरे कस्तो बेला मा कथा लेखेको होला साथी ले l आज लास्ट फैनल exam छ l  छिटो छिटो सकेर अएर पद्नु पर्ला l तेतिन्जेल सम्मलाई बिदा पाउ होला साथीहरु l अस्तु 
 
KB 

 
Posted on 05-10-12 9:28 AM     [Snapshot: 874]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 आफुलाई याद भएसम्म सधैं लास्ट बेन्चमै बसियो इस्कुल पढ्दा। मास्टरहरुले सोध्दा अथवा होमवर्क जाँच्दा प्राय: फस्ट बेन्चबाट सुरु गर्थे, आफ्नु पालो आउनुभन्दा अगाडिनै घन्टी बजोस भनेर "हे भगवान चाँडै घन्टी बजाइदेउ" भनेर प्रार्थना गर्या झल्झली याद आयो। कहिले भगवानले सुन्थे, कहिले "तेरी मा बज्जे, होमवर्क गर्नी बेलाँ टी. भी. हेरेर बसिस, अहिले मलाई गुहार्छस!" भनेर सोच्दा हुन, दर्हो सिस्नु-पानीको फेला परिन्थ्यो। अम्रिका आइयो, कलेज नि पढि खाइयो, तर यहाँ पनि जिन्दगी फस्ट बेन्चमा बसिएन, सधैं लास्टतिर!
 
इस्कुले दिनहरुको सम्झना दिलाइदिएकोमा क्रेजीलाई धन्यवाद!

 
Posted on 05-10-12 11:01 AM     [Snapshot: 952]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

के गर्नु आफ्नो त badluck नै खराब, लास्ट बेन्च मा बस्यो teacher ले लास्ट बेन्चबाट नै question सोधेर हैरान, एक दिन भएन भनेर first बेन्चा मा वस्या त गुरुआमा ले सधै लास्ट बेन्च बाट कति सोध्नु आज फिर्स्त बेन्च को पालो रे :O

 
Posted on 05-10-12 11:47 AM     [Snapshot: 1017]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नस्टल्जिक!!
आफू चै प्राय सेकेन्ड/थर्ड लास्ट बेन्चमा बसिन्थ्यो। टिचरले धेरैजसो फर्स्ट बेन्च बाट सोद्ने/होमेवोर्क चेक गर्ने सुरु गर्थे, तर हात् साह्रै चिला/रिस उठ्या दिन चै लास्टबाट सुरु गर्थे।  घन्टी बज्न नभ्याए नी ढाड/हात दरो गर्न टाईम हुन्थ्यो अली..

 
Posted on 05-10-12 12:07 PM     [Snapshot: 1025]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 C_माया,
सारै राम्रो लाग्यो लेख.... मेरो बालापनमा लगेर अद्कैदियो एक्कैछिन त ...... म पनि लास्ट-बेन्चर ....जीवनमै कहिले फस्ट-बेन्चमा बसियेना ..... लास्ट-बेन्चको मजै अर्कै थियो ...... पुरै किलास के गर्दै छ पनि देखिन्थ्यो अनि झ्यालबाट सुटुक्क ताप ठोक्न पनि सजिलो ..... एक फेर त मिसले खै के सोधदै हुनुहुन्थ्यो मलाई आएन ...... आवोस पनि कसरि ध्यान कि त फस्ट-बेन्चको केटिमा या झ्याल बाहिर हुन्थ्यो अनि एउटा सेकेन्ड-बेन्चको टपर साथी ले झट्ट उत्तर दिहाल्यो हिरो भएर...... मिस पनि राम्रै पो थियिन.... मेरो मुख बाट खुस्कि हाल्यो "उ पर्यो टपर हामी पर्यौ फ्लापर , हाम्लाई कहाँ आवोचा एस्तो गारो answer अलि सजिलो सोध्नु न " दरो रामधुलाई भेटिया थियो त्यो दिन ....
Good'ol days... Huna ta teti old ni bhaa-chaina taipani bhandiu na good'ol days

 
Last edited: 10-May-12 10:30 PM

 
Posted on 05-10-12 3:12 PM     [Snapshot: 1152]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 hahahahhaa 
 



PAGE:   1 2 3 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
ChatSansar.com Naya Nepal Chat
Basnet or Basnyat ??
TPS Re-registration case still pending ..
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
Do nepalese really need TPS?
कता जादै छ नेपाली समाज ??
Will MAGA really start shooting people?
Democrats are so sure Trump will win
मन भित्र को पत्रै पत्र!
Top 10 Anti-vaxxers Who Got Owned by COVID
I regret not marrying a girl at least for green card. do you think TPS will remain for a long time?
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
TPS Work Permit/How long your took?
Breathe in. Breathe out.
3 most corrupt politicians in the world
Dementia Joe has been selected to become the next President
Nas and The Bokas: Coming to a Night Club near you
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters